सङ्घीय निजामति सेवा तहगत संरचनामा राख्ने सहमति

काठमाडौँ, फागुन १ गते । प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामति सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा उक्त सहमति गरेको हो ।

हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा सङ्घीय निजामति विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ । कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले बताए ।

सङ्घीय निजामति विधेयकलाई संसदको यही अधिवेशनभित्र पास गर्नेगरी समितिले दफावार छलफल चलाएको छ ।

यसैगरी, समितिले समितिमा परेका उजुरीहरुबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिमा प्राप्त उजुरीहरुको अध्ययन गर्न नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी सभापति खतिवडाले दिए ।

उहाँकाअनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र वार्टीबाट डा। चन्दा कार्की, नेकपा ९माओवादी केन्द्र० बाट दुर्गा राई, नेकपा (एमाले) बाट मेनुकाकुमारी पोख्रेल र नेपाली कांग्रेसबाट सरिता राई सदस्य रहेका छन्।

उपसमितिले समितिमा प्राप्त उजुरीहरुको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउने सभापति खतिवडाको भनाइ छ ।

नेसपा प्रथम महाधिवेशन: बाबुरामले ६८२ मत पाउँदा नेत्रको ७१

काठमाडौं।         नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को काठमाडौं भएको प्रथम महाधिवेशनमा मतगणना जारी छ ।

जारी मतगणनामा अध्यक्षका प्रत्यासी डा.बाबुराम भट्टराईले ६८२ मत पाउँदा नेत्र चापागाईंले ७१ मत पाएका छन् ।

यस्तै गणना भएको मतमध्ये उपाध्यक्षका प्रत्यासी ईश्वर रिजालले ३७४ मत पाएका छन् भने डा. जनक शाहले ३२२ मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार अब अनलाइन मतदान भएका केही मत गन्न बाँकी छ ।

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

एजेन्सी– भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन्।

पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ।

सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मीर दुई छिमेकी देशबीच विभाजित छ।

दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध र थुप्रै साना लडाइँ लडेका छन्।

पाकिस्तानी सरकारी प्रसारक पिटिभीले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको घटनामा त्यस देशका दुई सैनिक र दुई सर्वसाधारण घाइते भएको जनाएको छ।

अज्ञात भारतीय सुरक्षा अधिकारीहरूले प्रसारणकर्ता एनडिटिभीलाई पाकिस्तानी सेनाले बिना कुनै उक्साहट गोली चलाएपछि भारतीय सेनाले जवाफमा गोली चलाएको बताएका छन्।

एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्‍यो। भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जवाफ दिएनन्।

यो घटना त्यस क्षेत्रमा दुई दिनअघि एक विस्फोटक उपकरणबाट दुई भारतीय सैनिक मारिएको घटनापछि भएको हो।

सन् २००३ मा दुवै छिमेकीले हस्ताक्षर गरेको सीमा युद्धविराम सम्झौता त्यसयताका दशकहरूमा मोटामोटी कायम रहेको छ तर दुवैले एक अर्कालाई यसको उल्लङ्घन गरेको बारम्बार आरोप लगाउँछन्।

गत महिना भारतीय सेनाले भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दा काश्मीर सीमामा आफ्ना सैनिकहरूले दुई विद्रोही लडाकूलाई मारेको बताएको थियो।

धेरै विद्रोही समूहले मुस्लिम बहुल क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै त्यस क्षेत्रमा तैनाथ भारतीय सेनासँग लडेका छन्।

द्वन्द्वमा दशौँ हजार मानिसको मृत्यु भएको छ। तीमध्ये अधिकांश सर्वसाधारण छन्।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आंशिक स्वायत्तता रद्द गरेर नयाँदिल्लीबाट क्षेत्रको प्रत्यक्ष नियन्त्रण लागू गरेपछि लडाइँ घटेको छ।

तर गत वर्ष तीन वर्षमा ५० भन्दा बढी सैनिकको ज्यान लिने घातक विद्रोही आक्रमणहरूको शृङ्खलापछि दक्षिणी पहाडी क्षेत्रहरूमा हजारौँ थप सैनिक तैनाथ गरिएका थियो।

भारतले नियमित रूपमा पाकिस्तानलाई भारतीय सेनामाथि आक्रमण गर्न विद्रोहीहरूलाई साझा सीमा पार गराएर पठाएको आरोप लगाउँछ।

पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आफूले काश्मीरको आत्मनिर्णयको सङ्घर्षलाई मात्र समर्थन गर्ने बताउँछ।

म्यान्मारका ‘स्क्याम सेन्टर’बाट नेपालीसहित २५० भन्दा बढी विदेशी कामदार मुक्त

काठमाडौं । दूरसञ्चारसम्बन्धी ठगी धन्धा गर्न म्यान्मारको करेन प्रान्तमा सञ्चालित विभिन्न ‘स्क्याम सेन्टर’ मा कार्यरत २० देशका २५० जनाभन्दा बढी कामदार मुक्त भएका छन्।

म्यान्मारको एउटा स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको हो। उनीहरू सबै जनालाई थाईल्यान्ड ल्याइएको छ।

मुक्त हुनेहरू अफ्रिका र नेपालसहित विभिन्न एशियाली देशका नागरिक हुन्। तीमध्ये २२१ पुरुष र ३९ महिला छन्।

उनीहरू मानव तस्करीमा परेका हुन् कि भनेर पत्ता लगाउने प्रयत्न भइरहेको बताइएको छ।

अहिले थाईल्यान्ड पुग्नेमा इथियोपिया, केन्या, बुरुन्डी, नाइजिरिया, तान्जानिया, घाना, क्याम्बोडिया, फिलिपिन्स, मलेशिया, नेपाल, भारत, पाकिस्तान, बाङ्ग्लादेश, श्रीलङ्का, चीन, इन्डोनेशिया, ताइवान, यूगान्डा, लाओस, र ब्रजिलका नागरिक छन्।

गत साता चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट हुँदा थाई प्रधानमन्त्री पेतोङ्ताङ चिनवातले म्यान्मारसँगको सीमामा सञ्चालित ठगी केन्द्रहरू बन्द गर्न प्रतिबद्धता व्यक्त गरेकी थिइन्।

 

थाई सरकारले थाई भूमिबाट हुने बिजुली र ऊर्जा आपूर्ति रोकिदिएको थियो। थाईल्यान्डलाई कामदार र पैसा ओसार्ने क्रममा ‘ट्रान्सिट’ का रूपमा प्रयोग गर्न नदिन ब्याङ्किङ र भिसासम्बन्धी नियममा कडाइ गरेको थियो।

केही विपक्षी सांसदहरूले विगत दुई वर्षदेखि नै यस्तो कडाइ गर्न माग गर्दै आएका थिए।

म्यान्मारको एउटा सशस्त्र समूहले थाई सेनालाई हस्तान्तरण गरेका विदेशी नागरिकहरू

तस्बिर स्रोत,Thai News Pix

विदेशी कामदारहरू कसरी पुग्छन्

स्क्याम सेन्टरहरूले विदेशी कामदारहरूलाई राम्रो तलबको लोभ देखाएर तथा म्यान्मारमा नभई थाईल्यान्डमा र स्क्याम सेन्टरमा नभई अन्यत्र काम गर्ने भनेर पनि ल्याएका हुन्छन्।

त्यस्ता केन्द्रहरू सञ्चालन गर्ने स्क्यामरहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसलाई साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन्।

उनीहरूले अन्लाइनमा “पिग बुचरिङ” भनिने प्रेम ठगी, क्रिप्टो ठगी, गैर कानुनी जुवा र कालो धनसम्बन्धी काम गर्न बाध्य पार्छन्।

केही विदेशहरू त्यस्तो काम गर्न तयार हुन्छन्। तर कैयौँलाई त्यहाँ बस्न बाध्य पारिन्छ र परिवारबाट ठूलो मात्रामा फिरौती ल्याए मात्र छोड्ने भनिन्छ। कुनै हिसाबले छोडेर भागेकाहरूलाई यातना दिइएको बताइन्छ।

यसरी उद्धार गरिएका विदेशी कामदारहरू डेमोक्र्याटिक करेन बेनभोलन्ट आर्मी (डीकेबीए)ले थाई सेनालाई हस्तान्तरण गरेको हो। डीकेबीए उक्त राज्यमा सक्रिय सशस्त्र समूहमध्ये एउटा हो।

सशस्त्र समूहहरूले स्क्याम व्यवसायीहरूलाई ठाउँ उपलब्ध गराएको र संरक्षण प्रदान गरेको अनि त्यहाँ काम गर्न बाध्य पारिएका र मानव तस्करीमा परेका मानिसहरूले भोग्नुपरेको यातनालाई बेवास्ता गरेको आरोप खेप्नुपरेको छ।

म्यान्मारमा सञ्चालित स्क्याम सेन्टरबाट मुक्त गरिएका विदेशी नागरिहरू

तस्बिर स्रोत,Thai News Pix

तस्बिरको क्याप्शन,स्क्यामरहरूले अङ्ग्रेजी र चिनियाँ भाषा जान्ने मानिसहरूलाई यस्ता साइबर ठगीका लागि उपयोग गर्ने उद्देश्यले भर्ना गर्छन्

म्यान्मार सन् १९४८ मा स्वतन्त्र भएदेखि नै त्यहाँको सरकारले करेन राज्यमा आफ्नो नियन्त्रण कायम राख्न सकेको छैन।

थाईल्यान्डको विशेष अनुसन्धान विभागले करेन न्याश्नल आर्मी नामक एउटा सशस्त्र समूहका तीन कमान्डरहरूविरुद्ध मङ्गलवार पक्राउपुर्जी जारी गरेको थियो।

तीमध्ये एक सअ चित थू हुन् जसले चिनियाँ कम्पनीसँग सन् २०१७ मा श्वे कोक्को भन्ने सहर स्थापना गर्न एउटा सहमति गरेका थिए। यो नयाँ सहरमा विशेष गरी ठगी धन्दाबाट आर्जित पैसा लगानी भएको ठानिन्छ।

सहर निर्माण गरेको कम्पनी यताईको निमन्त्रणामा बीबीसीले श्वे कोक्को भ्रमण गरेको छ। उक्त कम्पनीले अब त्यहाँ स्क्याम सेन्टरहरू नभएको दाबी गरेको छ।

उक्त सहरमा चिनियाँ, बर्मेली र अङ्ग्रेजी भाषामा जबरजस्ती काममा लगाउन नपाइने र अन्लाइन व्यवसायीहरूलाई तुरुन्त अन्यन्त्र जान भनिएका ठूलाठूला बिलबोर्ड छन्।

तर स्थानीय मानिसहरूले हामीलाई त्यहाँ ठगी धन्धा अहिले पनि चलिरहेको बताए। हामीले त्यस्तै काम गरिरहेका एक कामदारसँग कुराकानी गरेका छौँ।

थाईल्यान्ड र चीनको दबावपछि सअ चित थू र डीकेबीएले आफ्ना क्षेत्रबाट ठगी व्यवसायीहरूलाई निष्कासन गर्ने बताएका थिए।

डीकेबीए कमान्डरले एक थाई सांसदलाई मङ्गलवार सम्पर्क गरेर २६० कामदारलाई हस्तान्तरण गर्न चाहेको बताएका थिए। -बीबीसी 

 

उर्जामन्त्री खड्का र भारतका जलशक्ति मन्त्रीबीच भेट

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ।‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्लीमा रहेका मन्त्री खड्काले बिहीबार भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन्।
भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको (विस्तृत परियोजना प्रतिवेदन) डीपीआर चाँडो सकेरर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए।यस क्रममा टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर यसका लागि सञ्चालन कार्यविधि सञ्चालन प्रक्रियालाई चाँडै अन्तिम रुप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ।

यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने छलफल भएको र यसका लागि औपचारिक पत्राचार सम्बन्धित अधिकारीले गर्नेछन्।

यसैगरी सप्तकोशी बहुउदेश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ। उर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताएका थिए। भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दिपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए भने भारतीय उच्च अधिकारीको समेत सहभागिता रहेको थियो।

कैलालीको जानकीमा गहुँको उत्पादन अनुसार अनुदान

कैलाली : कैलालीको जानकी गाउँपालिका–४ का शेरबहादुर थारुले गत वर्ष १० कट्टा जग्गामा २० क्वीन्टल गहुँ उत्पादन गरे। गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि  खेतीमा निकै मिहिनेत गरेका उनले यसवर्ष त्यही जग्गामा २५ क्वीन्टल उत्पादन गर्ने लक्ष्य लिएका छन्। गतवर्ष शेरबहादुरले उत्पादनका आधारमा रु छ हजार ४०० अनुदान पाएका थिए।

‘कुनै झन्झट छैन, गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिनुहुन्छ, खेतमै पुगेर गहुँको तौल गरेर उत्पादनका आधारमा खातामा पैसा आउँछ’, उनी भन्छन्,’यसले किसानलाई मेहनेती बनाएको छ, उत्पादनमा पनि प्रतिस्पर्धा बढाएको छ ।’

सोही वडाका सन्तलाल कठरिया पनि गाउँपालिकाको कृषि अनुदानबाट निकै प्रभावित भएका छन्। गाउँपालिकाले उपलब्ध गराएको अनुदान रकमले खेतीका लागि आवश्यक मलखाद खरिद गर्न पुगेको उनी बताउँछन्। किसानलाई उत्पादनमा आधारित अनुदानले प्रोत्साहित गरेको उनको बुझाइ छ । ‘अनुदान पाउन कति कठिन छ त्यो सबैलाई थाहा भएको कुरा हो, सामान्य व्यक्ति सायद सरकारले वितरण गर्ने अनुदानको पहुँचमा पुग्न सकेको छैन’, उनले भने,’यहाँ न कसैको शक्ति लाग्,। न पहुँचमा नै हुनुपर्छ, उत्पादन भयो भने अनुदान रकम खातामा आउँछ ।’

किसान मोतीलाल चौधरीले गत वर्ष दुई बिघा पाँच कट्टामा गहुँखेती गरे। उक्त जग्गामा मोतीलालले ९० क्वीन्टल गहुँ उत्पादन गरे। उत्पादनका आधारमा उनले गाउँपालिकाबाट रु ४१ हजार अनुदान प्राप्त गरेको बताए। ‘गत वर्षभन्दा यस वर्ष बढी मेहनत गरेर तीन बिघामा गहुँखेती गरेको छु, अनुदान पनि बढ्ने छ’, उनले भने,’पाएको अनुदानले बीउ र मलखादका लागि पुग्छ ।’

यस्तै किसान सविता कठरियाले चार बिघा क्षेत्रफलमा गहुँखेती गरेकी छिन्।  उनी उत्पादनका आधारमा अनुदान पाउनेभन्दा पनि गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिँदा बढी खुसी छिन्। उनले अनुदानका साथमा प्राविधिक सहयोग पनि पाइरहेकी छिन्। ‘हामी गाउँपालिकाको कामबाट निकै उत्साहित छौँ, बालीमा रोग लाग्दा समयमा उपचार पाएका छौँ, उत्पादन राम्रो हुँदा नगद अनुदान पाएका छौँ’, उनले भनिन्,’गहुँ जस्तै अन्य बालीमा पनि अनुदान दिन सक्यो भने कृषि प्रति अझै आकर्षण बढ्दै जाने देखिन्छ ।’

गत वर्ष गाउँपालिकाले ६५ किसानलाई झण्डै रु नौ लाख अनुदान दिएको थियो । अनुदानका लागि ७२ जनाले आवेदन दिएका थिए । यस वर्ष त्यो सङ्ख्या बढेर  २०५ पुगेको कृषि शाखा प्रमुख लालविर चौधरी बताउँछन्। उनका अनुसार किसानले खेती गरेको जग्गाको क्षेत्रफल नापजाँच गरेर बाली काटेपछि उत्पादनका आधारमा अनुदान रकम वितरण गर्ने गरिँदै आएको छ ।

‘गाउँपालिकाबाट प्राविधिकलाई किसानको खेतमै खटाएर त्यसको लागत ल्याउने काम गर्छौं, त्यसैका आधारमा किसानलाई अनुदान रकम दिने गरेका छौँ’, उनी भन्छन्,’किसान यसबाट उत्साहित भएको हामीले पाएका छौँ, फेरि वास्तविक किसानले अनुदान पाएका छन् ।’ यसवर्ष गाउँपालिकाले अनुदानका लागि रु १४ लाख बजेट विनियोजन गरेको छ ।

उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गर्न गाउँपालिकाले कार्यविधि नै ल्याएको छ । कार्यविधिअनुसार अहिले गहुँ बालीमा दिइँदै आएको अनुदान अन्य बालीमा पनि विस्तार गर्दै लैजाने गाउँपालिकाको तयारी छ । ‘बीउ तथा मलखाद वितरण गरेर त्यसबाट कसले कति उत्पादन गर्न सक्यो त्यसको लेखाजोखा नहुने भएपछि नयाँ तरिका अपनाएका हौं’, गाउँपालिका अध्यक्ष गणेश चौधरीले भने,’यसले किसानलाई उत्पादनसँग जोडेको छ भने किसान आफै उत्पादनका लागि प्रतिस्पर्धी बन्नुभएको छ ।’ उनका अनुसार किसानले खेतीमा राम्रो मेहनत गर्दै आएका छन् ।

गाउँपालिकाले कृषि जस्तै शिक्षामा पनि नतिजाको आधारमा विद्यालयलाई अनुदान दिन थालेको छ । कक्षा ५, ८ र १० का विद्यार्थीको वार्षिक परिक्षाको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेसँगै विद्यालयबीचमा पनि प्रतिस्पर्धा हुन थालेको छ । यो कार्यक्रमले शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ ।

काठमाडौं विश्वकै दोस्रो प्रदूषित सहर बन्यो

काठमाडौं : वायु प्रदूषणको हिसाबले काठमाडौं विश्वकै दाेस्राे स्थानमा प्रदुषित सहरको  सूचीमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई बिहान ११: १२ बजे १८३ पुगेको छ ।

पाकिस्तानको कराची २२४ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ । दोस्रो स्थानमा नेपालको काठमाडाैं शहर रहँदा तेस्राे स्थामा चीन उहान रहेको छ । १५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।

बिथोलिएको माओवादी आमसभा

०५७ साल जेठ दोस्रो साता । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को भ्रातृ संगठन अखिल क्रान्तिकारी किसान महासंघको आमसभाको मौखिक निमन्त्रणा प्राप्त भयो । २०५२ साल फागुन १ गते ‘जनयुद्ध’का नाममा सशस्त्र संघर्ष शुरू गरेको माओवादीले त्यतिबेला कैलालीमा आफ्नो संगठन आक्रामक रूपमा विस्तार गरिरहेको थियो । माओवादी पार्टी भूमिगत भए पनि उसका भ्रातृ संगठनहरूले प्रहरीबाट जोगिएर खुला कार्यक्रमहरू गरिरहेका थिए । कैलालीका ग्रामीण बस्तीहरूमा सरकारका विरुद्ध भित्ते–लेखन शुरू भइसकेको थियो । ‘सामन्ती र सुराकी’ उनीहरूको टार्गेटमा थिए ।

धनगढीमा औंलामा गन्न सकिने पत्रकार थियौं । सुदूरपश्चिममा पत्रकारिता बामे सर्दै थियो । कान्तिपुर, हिमालय टाइम्स, नयाँ सडक, रेडियो नेपाल, गोरखापत्र, नेपाल टेलिभिजन, रासस, नेपाल समाचार पत्र लगायत पत्रिकाका रिपोर्टर धनगढीमा कार्यरत थिए । जसले स्थानीय स्तरमा समेत प्रकाशन गर्थे । धनगढीबाट सेती समाचार प्रकाशित हुँदै आएको थियो । त्यसपछि थपियो, नेपाल टाइम्स दैनिक । मातृ सन्देश साप्ताहिक पनि प्रकाशित हुन थाल्यो । कञ्चनपुरको महेन्द्रनगरबाट फारवेष्ट टाइम्स, अभियान र नयाँ मुलुक दैनिक र महाकाली साप्ताहिक प्रकाशित हुन्थ्यो ।

माओवादीले संगठित रूपमा कुनै विशाल आमसभा गरिसकेको थिएन । माओवादीले कैलाली र चुरेको जंगल क्षेत्रमा सेना तयार गरिरहेको र उनीहरूलाई तालिम दिइरहेको सूचनाहरू प्राप्त भइरहन्थे । त्यसले देश ठूलो युद्धको भड्खालोमा पर्ने भय व्याप्त थियो । को माओवादी ? को सरकारको सुराकी ? थाहा हुँदैनथ्यो । सेनाका सुराकी र माओवादी हामीभित्र पहिचान लुकाएर काम गरिरहेका छन् भन्ने भान हुन्थ्यो ।

त्यसैले पत्रकारहरू दुवै पक्षको निगरानीमा थिए । दुवै पक्षको तारो थिए । यद्यपि उनीहरूका लागि आफ्नो सूचना जनतामाझ पु¥याउन पत्रकारहरूको सहारा लिनुपर्ने एक प्रकारको बाध्यता थियो । हामीलाई माओवादीले आमसभाको रिपोर्टिङ गर्न त्यही बेला खबर पठायो । म त्यतिबेला सेती समाचार दैनिकमा संवाददाताका रूपमा काम गर्थें । त्यसका साथै नयाँ सडक राष्ट्रिय दैनिकका लागि धनगढीबाट रिपोर्टिङ गर्थें ।

माओवादीको आमसभामा जानु जोखिमपूर्ण थियो । पहिलो कुरा त आमसभा कहाँ हुँदैछ ? कहिले र कुन समयमा हुँदैछ ?जानकारी दिइएको थिएन । आमसभामा प्रहरी पुगे जे पनि हुन सक्ने डर थियो । शेरबहादुर बस्नेत स्थानीय साप्ताहिक पत्रिकासँग एक गैरसरकारी संस्थाको मुखपत्र सामाजिक रूपान्तरणको सम्पादन गर्थे । उनीसँग कुरा भयो । हामी दुवै जनाबीच आमसभामा जान सहमति भयो । र, हामी १३ जेठ २०५७ को साँझ साइकलमा फूलवारीतर्फ हान्नियौं । हामी पालैपालो साइकल चलाएर राति फूलवारी पुग्यौं । त्यो माओवादीको आधार इलाका थियो । फूलवारीको बहुलियामा प्रहरी चौकी थियो । प्रहरी गस्तीमा भने निस्किंदैनथे । माओवादीहरू निर्वाध रूपमा  आफ्ना कार्यक्रमहरू गर्थे ।

राति पत्रकार बस्नेतका दाइको घरमा खाना खायौ  । त्यतिबेलासम्म स्थानीय माओवादी कार्यकर्ताहरू हाम्रो सम्पर्कमा आइसकेका थिए । र, माओवादी पार्टीभित्र पनि दुई जना पत्रकार फूलवारी पुगेको खबर पुगिसकेको थियो । खाना खाएपछि एक जना माओवादी कार्यकर्ता हामीलाई लिन आए । र, त्यहाँबाट एउटा विद्यालयमा पु¥याए । त्यो, फूलबारी माध्यमिक विद्यालय थियो । हामीभन्दा पहिले त्यहाँ माओवादी नेता र कार्यकर्ताहरूसँगै सर्वसाधारणहरू जम्मा भइसकेका थिए ।

चकमन्न अँध्यारो रात । माओवादीहरू । नयाँ ठाउँ । डर । कानेखुशी गरेर संवाद गरिरहेका व्यक्तिहरू । जोरले बोल्न अनुमति थिएन । टर्च बाल्न वा उज्यालो निषेध थियो । मोबाइल आइसकेको थिएन । जे भन्छन्, त्यो सुन्नु । बस्, चुपचाप बस्नु । कहाँ लैजाँदै छन् ? कसैलाई सोध्ने अनुमति थिएन ? र, त्यहाँ उपस्थित अधिकांशलाई त त्यो पनि थाहा थिएन, कहाँ आम सभा हुँदैछ ? कहाँ लैजाँदै छन् ! अन्धकार थियो । र, हामी चुपचाप थियौं । ‘कमरेड अनु’ त्यो भीडमा अलि बढी नै सम्बोधन गरिएको नाम थियो । उनी फूलबारी एरिया इञ्चार्ज थिइन् । र, त्यो भीडलाई त्यहाँबाट गन्तव्यतर्फ पठाउने जिम्मेवारी उनको काँधमा थियो । झन्डै २०/२१ वर्षकी एक युवती त्यो भीडको नेतृत्व गरिरहेकी थिइन् ।

माओवादी पार्टीमा अनु उपनामले चिनिने लीला भण्डारी त्यही कमाण्डर थिइन्, जो माओवादी शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधान सभाको निर्वाचनमा कैलालीको क्षेत्र नम्बर ५ बाट अत्यधिक मतले निर्वाचित भएकी थिइन् । मध्यराति हामीलाई माओवादी कार्यकर्ता र सर्वसाधारणहरूसँगै ट्याक्टरमा राखियो । र, त्यहाँबाट हामी चढेको ट्याक्टर हिंड्यो । हाम्रो पछाडि अर्को ट्याक्टर थियो । एउटा ट्याक्टरलाई अर्कोले पछ्याइरहेको थियो । चालक आफूखुशी ट्याक्टर चलाउन पाइरहेका थिएनन् । चालक छेउमा बसिरहेका माओवादी कार्यकर्ताले जता भन्यो, चालकले त्यतै लगिरहेका थिए ।

मध्यरात । उबडखाबड बाटो । अहिले जस्तो कल्भर्ट र पुल बनिसकेका थिएनन् । बस्तीहरूमा विद्युत् जडान भइसकेको थिएन । अन्धकार थिए, बस्तीहरू । र, सडक अत्यन्त खराब । धुलाम्य सडक । धुलोमा ट्याक्टर फस्थ्यो । त्यहाँबाट ट्याक्टर निस्किंदा, पहिले धुलो उड्थ्यो, अनि ट्याक्टर । ट्याक्टरमा बसेकाहरू धुलोले ढाकिन्थे । कता लैजाँदैछन् ? कसलाई सोध्ने ? बताउने पनि त कोही थिएन । सबै हामी जस्तै थिए, जसलाई कहाँ जाँदैछौं भन्ने सूचना नै दिइएको थिएन । रातभरि ट्याक्टरहरू कुदिरहे । कतिखेर जंगल । कतिखेर बस्तीमा ट्याक्टर गुडिरहेका हुन्थे । मेरो जीवनको यो पहिलो यात्रा थियो, कैलालीका ग्रामीण बस्तीहरूको ।

माओवादीको आमसभाको रिपोर्टिङ गर्न पाइने उत्कट इच्छाले डरलाई मनभित्रै दबाएर हामी धुलो खाएर चुपचाप ट्याक्टरको यात्रा गरिरहेका थियौं । भोक, प्यास र पीडा सुनाउनु कसलाई ? सुन्ने को ? जता लग्यो, त्यतै जानु हाम्रो बाध्यता थियो । माओवादीका केन्द्रीय नेताहरू हेर्न पाइने, उनीहरूका विचार र भाषण सुन्न पाइने लालसा थियो । त्यसले धुलो र उबडखाबड सडकमा खेप्नु परेका सास्ती र डरलाई ओझेलमा पारेको थियो । त्यसमाथि यसरी राति त कहिल्यै ट्याक्टरमा यात्रा गरेकै थिएन । कहाँ पुग्यौं ? कुन बस्तीमा छौं ? कुन जंगलको बाटो हो ? त्यो थाहा हुने कुरै भएन । बस्, यत्ति थाहा थियो, भोलि हुने आमसभामा लैजाँदैछन् । बिहान चार बजेतिर एउटा जंगलको मध्यभागको खुला चौरमा हामीलाई ट्याक्टरबाट झर्न लगाइयो ।

न ओढ्ने । न बिछ्याउनलाई केही । बिहानको चार बजिसकेको थियो । थकित अनि गलित थियौं । भोक उस्तै लागेको थियो । पानीसम्म पिउन पाएका थिएनौं । त्यस्तो अवस्थामा सुत्नु कसरी ? नसुतौं, रातभरि जाग्राम बसे भोलि अनिंदोले असर गर्ने । डर कहाँ गयो ? भोक कहाँ हरायो ? तिर्खा सम्झेर कति छट्पटिनु ? त्यही खुला चौरमा हामी निदायौं ।

झिसमिसमै निद्रा खुल्यो । मुश्किलले एक/डेढ घण्टा निदायौं । भोक लागेको थियो । बिहान माओवादी कार्यकर्ताहरूले केही खानेकुरा दिए । त्यहाँ नजिकै तरभुजा खेती थियो । तरभुजा खायौ । बिहान मात्र थाहा भयो, हामी हसुलियाको मझरामा थियौं ।त्यहाँबाट फेरि शुरू भयो, अर्को दिनको यात्रा । बिहान करीब नौ बजे ट्याक्टरमा चढेर हामी मझराबाट हिंड्यौ । सबै माओवादीका हातमा हतियार थिएनन् । केहीसँग साना हतियार र केहीसँग भरुवा बन्दुकहरू थिए । माओवादी अर्ध–भूमिगत थिए । माओवादीका मुख्य नेताहरू सार्वजनिक मञ्चहरूमा देखिंदैनथे । तर भ्रातृ संगठनका नेता र कार्यकर्ताहरू भने खुलेयाम हिंड्थे । उनीहरू परिचय भने दिंदैनथे ।

ट्याक्टरहरू धुलो उडाउँदै अघि बढे । हामी पूर्ववत् ट्याक्टरमा चुपचाप बसिरह्यौं । एउटा माओवादी नेताको सिमाना कटेपछि अगाडिको बाटो देखाउने जिम्मा अर्को एरिया इञ्चार्जको हुन्थ्यो । र, उसले ट्याक्टरलाई बाटो बताउँथ्यो । यसरी माओवादीका एरिया इञ्चार्जहरूले आ–आफ्नो एरिया पार गराउँथे । उनीहरूलाई पनि थाहा थिएन कि कहाँ आमसभा हुँदैछ ? बस्, उनीहरूको जिम्मेवारी हुन्थ्यो, आफ्नो एरिया सुरक्षित रूपमा पार गराउनु । ट्याक्टरले थुपै्र बस्ती र जंगल पार गरिसकेको थियो । तर आमसभा हुने ठाउँको पत्तो थिएन ।

तीन घण्टाको यात्रापछि पहलवानपुरको बनवर्सा पुग्यौं । आमसभा स्थल त्यही थियो । हामीभन्दा पहिले नै दर्जनौं ट्याक्टरहरू त्यहाँ पुगिसकेका थिए । कैलालीका विभिन्न भागबाट हजारौंको संख्यामा सर्वसाधारणहरू ट्याक्टरमा त्यहाँ पुगेका थिए । र, आमसभा शुरू भइसकेपछि पनि ट्याक्टरहरू आउने क्रम रोकिएको थिएन । तर पछि भने ठाउँठाउँमा प्रहरीले ट्याक्टरहरू आमसभा स्थल जानबाट रोकेको खबर आयो । सबै ट्याक्टरहरू त्यहाँ आउन नपाई बाटोबाटै फर्के ।

आमसभा, अखिल नेपाल क्रान्तिकारी किसान महासंघको आयोजनामा हुँदै थियो । कार्यक्रमका अध्यक्ष थिए, अखिल क्रान्तिकारी किसान संघका जिल्ला अध्यक्ष खुशीराम चौधरी । तिनै खुशीराम यतिबेला नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सभा सदस्य छन् । आमसभालाई माओवादीका सुप्रिम कमाण्डर पुष्पकमल दाहालले सम्बोधन गर्ने भनिएको थियो । उनी अन्तिम समयमा आमसभामा उपस्थित हुन सकेनन् ।

उनी अनुपस्थित भए पनि आमसभालाई सम्बोधन गर्न किसान महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, माओवादीको सेती महाकाली ब्युरोकी इञ्चार्ज पम्फा भुसाल, लेखराज भट्ट ‘राकेश’, दामा शर्मा, माया भाट र जनार्दन शर्मा ‘प्रभाकर’ आएका थिए ।आमसभाको मञ्चको पछाडिपट्टि कन्द्रा नदी थियो । र, नदी पारि जंगल । आमसभा स्थलको अगाडि थियो, नदी बगरको ठूलो खुला चौर । र, चौरमा आउने तीनतिर बाटा थिए । दिउँसो त्यहाँ आमसभा शुरू भयो ।

मञ्चमा माओवादीका नेताहरूले आसन ग्रहण गरिसकेका थिए । र, स्वागत मन्तव्य सकिएसँगै माओवादी नेताले सम्बोधन गर्न थालेका थिए, त्यही बेला तीनतिरबाट प्रहरीका गाडीहरू आमसभास्थल भित्र प्रवेश गरे । त्यसपछि भने सर्वसाधारण र माओवादी कार्यकर्ताहरू तितरवितर हुन थाले । कार्यक्रम सञ्चालकले मञ्चबाट नभाग्न सहभागीहरूलाई आग्रह गरिरहेका थिए । प्रहरीको प्रवेशपछि आमसभाका सहभागीहरू आतंकित भइसकेका थिए ।

त्यहाँ टीकापुर र धनगढीबाट थुप्रै पत्रकारहरू पुगेका थिए । मञ्चको अगाडि रहेका पत्रकारहरू पनि प्रहरी आमसभास्थलभित्र प्रवेश गरेपछि अप्रिय घटना हुनसक्ने भयले त्यहाँबाट बाहिर निस्किए । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक तिलक श्रेष्ठ अगाडिको गाडीमा थिए । यो पंक्तिकारसँगै थिए, पत्रकार हेमन्त पौडेल । उनले हामीलाई चिन्थे । गोली चल्न सक्ने संकेत दिएका उनले त्यहाँबाट निस्किन सुझाव दिए । हामी आमसभा स्थल छोडेर पहलवानपुर जाने बाटोतिर लाग्यौं ।

हामी भीडमा थियौं । त्यो भीडमा थिए, माओवादी समर्थक र कार्यकर्ताहरू । हुन त, त्यसभित्र सर्वसाधारणहरू पनि थिए, जसलाई माओवादीले जोरजबर्जस्ती र करकापमा ल्याएका थिए । तर गोलीले भीडभित्रका हामीलाई चिन्ने कुरै भएन । त्यसैले भीडबाट अलग हुनु उचित ठान्यौं ।

आमसभास्थल वरिपरि माओवादीका थुप्रै सुरक्षा घेरा थिए । नेताहरूलाई सुरक्षा दिने विशेष टीम थियो । हुन त, माओवादीले आमसभा स्थलमा आउने सबै बाटाहरूमा आफ्नो सुराकी राखेका थिए । जसले सूचना दिन नपाउँदै प्रहरी आमसभा स्थल पुगेको थियो । माओवादीले पनि अनुमान गरेको थिएन कि, यति चाँडो, यस्तो विकट ठाउँमा प्रहरी यति सजिलै पुग्नेछ । प्रहरीको उपस्थिति माओवादीका लागि अनपेक्षित थियो ।

माओवादीहरूसँग हतियार नभएको त होइन, तर प्रहरीसँग भिडन्त गर्ने पक्षमा माओवादी थिएन । किनकि दोहोरो भिडन्त भए ठूलो मानवीय क्षति हुनसक्ने उसको पूर्वानुमान थियो । त्यही कारण हुनसक्छ, माओवादीले प्रत्याक्रमण गरेन । प्रहरीले शुरूमा भीड तितरवितर गर्न अश्रुग्याँस प्रहार ग¥यो । अश्रुग्याँसले सहभागीहरूका आँखा पोल्न थाल्यो । प्रहरी त्यत्तिमै रोकिएन । उसले अश्रुग्याँसका गोला भीडमा बर्साइरह्यो । त्यसपछि भने आमसभाका सहभागीहरूको भागाभाग भयो । भागदौडका क्रममा भीडमा कति मान्छे च्यापिए । कति घाइते भए । सबैलाई ज्यान प्यारो । आमसभा पूरै बिथोलियो ।

प्रहरीले अश्रुग्याँसपछि गोली चलायो । गोली लागेर एक जनाको आमसभा स्थलमै मृत्यु भयो । मृत्यु हुने चौमालाका बलबहादुर चौधरी थिए । पछि माओवादीले उनलाई शहीद घोषणा ग¥यो । प्रहरीको गोलीले भयंकर उपनामले चिनिने माओवादी नेताको कान छेड्यो । उनी आमसभाका गम्भीर घाइते हुनेमध्ये एक थिए । प्रहरी आक्रमणमा मुश्किलले जोगिएका कैलालीको घोडाघोडी नगरपालिका–८ दीपनगर बस्ने भयंकरको गोलीले चुँडेको त्यो कान छैन । भागदौडमा कति घाइते भए त्यसको त लेखाजोखा नै भएन ।

प्रहरीले गोली प्रहार गर्न थालेपछि केन्द्रीय नेताहरूको सुरक्षामा खटिएका माओवादीका लडाकुहरूले पिठ्युँमा राखेर कन्द्रा नदी तारेर जंगलमा सुरक्षित पु¥याए । अरू माओवादी नेताहरूले त्यतिबेलासम्म आमसभास्थल छोडिसकेका थिए । प्रहरीले आक्रमण गरे पनि माओवादीबाट प्रत्याक्रमण नहुँदा ठूलो क्षति हुनबाट जोगियो । हामी त्यहाँबाट निस्किएर पहलवानपुरस्थित पूर्व पश्चिम राजमार्ग पुग्यौं । हामी फर्किंदै गर्दा माओवादीका समर्थकहरू काठका पुलहरू भत्काएर प्रहरीको बाटो अवरुद्ध गरिरहेका थिए । भयानक त्रासदी व्यहोरेका हामीहरू मृत्युको मुखबाट जोगिएर साँझ धनगढी पुग्यौं ।

यसअघि कैलालीमा माओवादी र प्रहरीका बीच भिडन्तका केही छिटपुट घटना भएका थिए । माओवादीले आफ्ना निहत्था कार्यकर्तालाई नियन्त्रणमा लिई प्रहरीले हत्या गरेको आरोप लगाउँथ्यो । २०५५ सालको फागुनमा बलियाको कौवापुरमा प्रहरीको आक्रमणमा भीमबहादुर भाट सहित दुई जना माओवादी कार्यकर्ता मारिएका थिए । सो घटनामा सुराकी गरेको आरोपमा माओवादीले तरुण दलका नेता लोकराज ढकाललाई कौवापुरमा मारे । त्यस्तै बालुवा खोलामा माओवादी कार्यकर्ता भानु आचार्य प्रहरी आक्रमणमा मारिएका थिए । ढकाल कैलालीमा माओवादीको आक्रमणमा मारिने नेपाली कांग्रेसका पहिलो कार्यकर्ता   थिए ।

(पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकबाट)

पत्रकार उपाध्यायको द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकको दोस्रो संस्करणको विमोचन

काठमाण्डौं, ३० माघ ।
पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकको दोस्रो संस्करणको बुधवार काठमाण्डौंमा बिमोचन गरिएको छ ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, बरिष्ठ मानवअधिकारकर्मी मन्दिरा शर्मा, मानव अधिकार पत्रकार संघका अध्यक्ष तथा लेखक घनश्याम खड्का, द्वन्द्व पीडित पत्रकार नगेन्द्र उपाध्यायले उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकको बुधवार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा विमोचन गरेका हुन् ।

महासंघकी अध्यक्ष शर्माले उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक पत्रकारहरुले पढ्नै पर्ने दस्तावेज भएको बताईन् ।

उनले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा नेपाली समाज र पत्रकारहरुले भोगेको अवस्था पुस्तकमा समेटिएको बताईन् ।
पत्रकार उपाध्यायले द्वन्द्वको १० वर्षमा नेपाली पत्रकारहरुले भोगेको पीडा, प्रताडता, संघर्ष र युद्ध पत्रकारिताको अनुभवलाई पुस्तकमा उतारेको बताए ।

२४ शीर्षक तथा पाँच परिशिष्टमा बिभाजित पुस्तकमा द्वन्द्वको अवधिमा हत्या, बेपत्ता, र प्रताडता भोगेका पत्रकारहरुको अवस्था, प्रेस स्वतन्त्रता उल्लंघनका घट्ना, द्वन्द्वको अवधिमा सुरक्षाफौज र विद्रोहीद्धारा भएका जघन्य अपराधका घट्नाहरुका बारे चित्रण गरिएको उपाध्यायले बताए ।

उपाध्यायद्धारा लिखित द्वन्द्व पत्रकारिताको एक दशक पुस्तकको पहिलो संस्करणको २०८१ भदौ १० गते पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व मन्त्री लेखराज भट्ट र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरुले काठमाण्डौंमा बिमोचन गरेका थिए ।

महाकुम्भमा ५० करोड श्रद्धालुले लगाए डुबुल्की

प्रयागराज: भारतको प्रयागराजमा जारी महाकुम्भमा मंगलवारसम्ममा ५० करोड श्रद्धालु भक्तजनहरुले डुबुल्की लगाएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बताएका छन् ।
उत्तर प्रदेशको जनसंख्या २५ करोड भए पनि मंगलवारसम्म महाकुम्भमा ५० करोड भक्तजनले डुबुल्कू लगाएको मुख्यमन्त्रीको भनाइ छ । ‘यो नयाँ उत्तर प्रदेश हो । २५ करोडको जनसंख्या छ, र हिजो सम्ममा ५० करोड मानिसहरुले प्रयागराजमा डुबल्की लगाइसकेका छन् ।’

बुधवार बागपतमा आयोजित एक समारोहमा मुख्यमन्त्री योगी भन्दै दिए– ‘आज माघी पूर्णिकाको अवसरमा करोडौं मानिसहरु प्रयागराज महाकुम्भमा डुबुल्कि लगाइरहेका छन् ।’ त्यसक्रममा उनले घुमाउरो शैलीमा प्रयोगराजमा डुबुल्की लगाइसकेका केही राजनीतिक दलका नेताहरुले बाहिर आएर डुबुल्की नलगाउन जनतालाई सुझाव दिएको बारेमा तिखो व्यङ्ग्य गरेका थिए ।


जनतालाई मुस्कानका साथ छिटो सेवा दिनुस् : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो रूपमा सेवा दिन निजामति कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्राही जनताको मर्का बुझेर कुनै दुःख नदिई मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गरे ।

‘तपाईंहरूले सरकारी कर्मचारीका रूपमा यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्ष रूपमा सेवा दिनुपर्छ । चुनाव आउँदा मत दिन पाउने र कर्मचारीको हकहितका लागि अन्तर्राष्ट्रिय श्रम संगठनको सिद्धान्त बमोजिम मर्यादामा रहेर संगठन गर्न पाउने हक तपाईंहरूलाई छ । अहिले सबैका आवाज सुन्ने सरकार रहेकाले तपाईंहरूलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्था छैन ।’

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘समयमा सेवा दिने कुरामा तपाईंहरू चुक्नु हुँदैन । अहिले भएकोभन्दा अझ परिस्कृत सेवा दिनुपर्छ । यस संगठनका कुनै पनि मान्छे भ्रष्टाचार र अनियमिततामा मुछिनुहुन्न । यस्तो होस् कि तपाईंबाट सरक्क सेवा पाएको मान्छेले खुसी भएर तपाईंलाई निजामती संगठनको मान्छे रहेछ भन्ने स्वतः चिनोस् र धन्यवाद देओस् ।’

प्रधानमन्त्री ओलीले विगतमा आफ्नै दलका नेताका कारण आफू सरकारबाट बाहिर जानुपरेको तर आफूले जनताको समर्थनबाट मूल ढोकाबाट सरकारका आउने उद्घोष गरेकोमा त्यसअनुसार सरकारको नेतृत्वमा आएको उल्लेख गरे । उनले संसद्मा थोरै सिट भएर पनि ठूला दललाई पालैपालो बार्गेनिङ गरेर सत्तामा रहिरहन्छु भन्नेहरूबाट चेतेर एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भएको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले सरकारमाथि घेराबन्दी भएर पनि कुनै समस्या नरहेकाले ढुक्कका साथ काम गर्न आग्रह गर्दै आगामी निर्वाचनसम्म यही सत्ता समीकरण रहने पुनः स्पष्ट गरे । उनले २ दलको सहमति बमोजिम २०८३ असारमा आफूले राजीनामा गरेर कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने जनाए ।

प्रधानमन्त्री ओलीले विपक्षीले सरकार आजै ढल्यो, भोलि ढल्यो भनेर गीत गाए पनि सरकार विकास, निर्माण र सुशासनका मार्गमा सुस्पष्टताका साथ अगाडि बढ्ने बताउँदै स्थायी सरकारका रूपमा रहेको कर्मचारी वर्गले विश्वासका साथ देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको झण्डा माथि उठाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले देशको लोकतान्त्रिक प्रणालीलाई ध्वस्त पार्ने अराजक तत्वहरूले कुनै गतिविधि गर्न थालेमा भने देश, संविधान र लोकतन्त्रको हितका लड्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानूनी रिक्तताका लागि संघीय संसद्मा विधेयक ल्याउने जानकारी दिँदै कुनै दल विभाजन गर्ने सौख र आवश्यकता आफूहरूलाई नरहेको स्पष्ट गरेका छन् ।

 

प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुर्व्यवहार घटनामा दोषी जोसुकै भए पनि छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवलाई निर्देशन दिएका छन्।

आज बिहान गृह मन्त्रालयमा प्रहरी प्रमुख कुँवरसहित उच्च पदस्थ प्रहरी अधिकारीलाई बोलाएर मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने क्रममा प्रहरीमाथि भइरहेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीलाई छानबिन गरी दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउन निर्देशन दिए।

मुलुकका केही स्थानमा केही दिनयता सुरक्षाकर्मीमाथि नै कुटपिट र दुर्व्यवहार भइरहेका घटना सार्वजनिक भइरहेकोप्रति सचेतता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न प्रहरी थप सक्रिय भएर लाग्नुपर्नेमा मन्त्री लेखकको जोड थियो।

‘घटनामा संलग्न जोसुकै संलग्न भए पनि कानुनी प्रक्रियाबाट कारबाही गर्न निर्देशन दिएको छु’, मन्त्री लेखकले भने।

 

युएसएआईडीका प्रमुख निरीक्षक बर्खास्त

वासिङ्टन– अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआईडी) का प्रमुख निरीक्षक पौल मार्टिनलाई मंगलबार बर्खास्त गरिएको छ। युएसएआईडीका एक अधिकारीका अनुसार, ट्रम्प प्रशासनले एजेन्सी बन्द गर्ने प्रयास गरेको भन्दै आलोचनात्मक प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट उनलाई बर्खास्त गरिएको हो।

मार्टिन सन् २०२३ को डिसेम्बरदेखि युएसएआईडीका महानिरीक्षकका रूपमा कार्यरत थिए। यो पद अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्ने पद हो। युएसएआईडी अधिकारीका अनुसार मार्टिनलाई “पदबाट हटाइएको” छ। अधिकारीले आफ्नो नाम नखुलाउने सर्तमा यो संवेदनशील विषयमा बोलेका हुन्।

मार्टिनलाई राष्ट्रपति कर्मचारी कार्यालयका उपनिर्देशक ट्रेन्ट मोर्स बाट इमेल मार्फत बर्खास्त गरिएको जानकारी दिइएको थियो। इमेल अनुसार मार्टिनको युएसएआईडी महानिरीक्षक पद “तत्काल प्रभाव” बाट समाप्त गरिएको उल्लेख थियो।

उनको बर्खास्तीको कुनै कारण दिइएको छैन र ह्वाइट हाउसले पनि यस विषयमा कुनै टिप्पणी गरेको छैन।

सोमबार, युएसएआईडी निरीक्षक कार्यालयले सार्वजनिक गरेको एक प्रतिवेदनमा ट्रम्प प्रशासनले युएसएआईडी विघटन गर्ने प्रयासले ८.२ डलर अर्बको खर्च नभएको सहायता रकमको निगरानी गर्न कठिन बनाएको बताइएको थियो।

रिपोर्ट अनुसार स्टाफ कटौती र काम रोक्ने आदेशका कारण करदाताको रकमबाट प्रदान गरिने सहायता लक्षित व्यक्तिसम्म पुग्न गाह्रो भएको छ।

जनवरी २० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश अमेरिकी विदेशी सहायता रोक्ने आदेश दिएपछि, बिलियन डलर बराबरका युएसएआईडी कार्यक्रमहरू विश्वभर ठप्प भए। ट्रम्पले यो निर्णय आफ्नो “अमेरिका पहिलो” नीति अनुसार सहायता सुनिश्चित गर्न गरेको बताएका छन्।

राष्ट्रपति ट्रम्पले मंगलबार युएसएआईडी लाई “अयोग्य र भ्रष्ट” भन्दै आलोचना गरे। उनले एजेन्सीको आकार घटाउने जिम्मा अर्बपति इलोन मस्कलाई दिएका छन्। युएसएआईडी मा १०,००० भन्दा बढी कर्मचारी थिए, तर अहिले ६०० भन्दा केही बढीलाई मात्र काममा राखिएको छ, बाँकीलाई बर्खास्त वा बिदामा पठाइएको छ।

गत हप्ता, ट्रम्प प्रशासनले युएसएआईडीका अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा पठाउने कदम चालेको थियो, तर शुक्रबार न्यायाधीशले यो निर्णय रोक्ने आदेश दिए।

सन् २०२३ मा, अमेरिकाले ७२ डलर अर्ब सहायता प्रदान गरेको थियो, जसमा द्वन्द्वग्रस्त क्षेत्रमा महिला स्वास्थ्य, स्वच्छ पानी, एचआईभी/एड्स उपचार, ऊर्जा सुरक्षा, र भ्रष्टाचार विरोधी कार्यक्रमहरू समेटिएका थिए। सन् २०२४ मा, संयुक्त राष्ट्रसंघले ट्र्याक गरेको कुल मानवीय सहयोगको ४२% अमेरिका एक्लैले प्रदान गरेको थियो।

यो सहायता अमेरिकी संघीय बजेटको १% भन्दा कम भए पनि, यसलाई विगतदेखि नै वैश्विक साझेदारी निर्माण, कूटनीति मजबुत पार्ने, र विकासशील राष्ट्रहरूमा चीन तथा रुसको प्रभाव रोक्न महत्वपूर्ण मानिएको छ।

सुदूर पश्चिममा हस्पिटालिटी मिट सम्पन्न

धनगढी : हेडवय एजुकेशन फाउण्डेशनले सोमवार धनगढीको सौंराई स्वायरमा सुदुरपश्चिम एजुकेश्नल हस्पिटालिटी मिट सम्पन्न गरेको छ ।  हस्पिटालिटी मिटमा ५०० जना भन्दा बढी हस्पिटालिटी क्षेत्रका बिज्ञ,कलेज संचालक तथा बिद्यार्थीहरुसंग अन्तरक्रिया गर्दै मिट सम्पन्न भएको हो ।

हस्पिटालिटी क्षेत्रका विज्ञ,शैक्षिक संस्था,बिद्यार्थी र सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर सुदूरपश्चिममा  हस्पिटालिटी क्षेत्रको प्रर्बद्धन गर्ने उद्देश्यले मिट आयोजना गरिएको हो ।  सुदूरपश्चिम एजुकेशनल हस्पिटालिटी मिट नामक कार्यक्रम मार्फत जनशक्ति उत्पादन गरी बढ्दो बेरोजगारी समस्या समाधान गर्न उक्त कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बेदान्त बिद्यापिठका संचालक एवं सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रको जग बसाल्ने  दुर्गा जोशी, कैलाली बहुमुखी क्याम्पसका बिएचएम कोर्डिनेटर नरेन्द्र शाहले  आफूहरुले खेलेको भुमिकाका कारण यस क्षेत्रले गति लिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामाजिक विकास मन्त्री मेघराज खड्काले सुदूर पश्चिम प्रदेशमा हस्पिटालिटी क्षेत्रको धेरै सम्भावना रहेकोले शैक्षिक संस्थाहरुले गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने धारण व्यक्त गरे ।

ईन्टरनेशनल फाइभ स्टार चेन होटलका विज्ञहरु आईएचजि होटलका कलस्टर लर्निङ एण्ड क्वालिटी मेनेजर भिलास खत्री,द सोल्टी होटलका कलस्टर डाइरेक्टर अफ लर्निङ एण्ड डेभलपमेण्ट रुपेश श्रेष्ठ,ताज होटलका कलस्टर डाइरेक्टर अफ हुमन रिसोर्स लोमश कार्की,मेरिट होटलकी कलस्टर डाइरेक्टर अफ लर्निङ एण्ड डेभलपमेण्ट अञ्जना खड्का,सिद्धार्थ हस्पिटालिटिका कर्पोरेट एसोसियट डाइरेक्टर अफ हुमन सिसोर्स ब्रिजेश गुप्ताले हस्पिटालिटी क्षेत्रको विकासको सम्भावनालाई सार्थक बनाउने उपायबारे प्रस्तुति राख्ने थिए ।

सुदूरपश्चिम प्रदेशमा हस्पिटालिटी क्षेत्रको सम्भावना र अबसरबारे उनीहरुले आफ्ना अनुभव व्यक्त गर्दै आफूहरुले गरेको योगदानको चर्चा गर्दै बिद्याथीहरुलाई हौसला दिएका थिए । हस्पिटालिटी अध्ययन गरिरहेका विद्यार्थीसंग विज्ञहरुले प्रस्तुतीका क्रममा अन्तरक्रिया समेत गरेका थिए ।

विज्ञहरुले सुदूरपश्चिमका विद्यार्थीको हस्पिटालिटी इन्डस्टि प्लेटफर्ममा सुदूरपश्चिमका कलेजहरुसंग एमओयु समेत गरेका छन् ।  कार्यक्रमको अध्यक्षता हेडवय एजुकेशन फाउण्डेशन र हवटुर इन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक श्रावण अवस्थीले गरेका थिए ।

हस्पिटालिटी क्षेत्रमा देशभरमै पहिलो पटक धनगढीमा यो कार्यक्रमको सुरुवात गरिएको र आगामी दिनमा पनि हस्पिटालिटी कलेज र इन्डस्टि पार्टनरमा सहकार्य गर्न आफु सधै तयार रहेको उनले बताए ।

एलिना चौहानले गरिन सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहान र उनका श्रीमान विष्णु सापकोटाबीच कानुनीरूपमै सम्बन्धविच्छेद भएको छ।

मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेको हो।

न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धविच्छेदको फैसला गरेको अदालतका सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

गायिका एलिनाले माघ दोस्रो साता सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्।

झापाकी एलिना र बागलुङका विष्णुबीच गत वैशाखमा विवाह भएको थियो।

सम्बन्धविच्छेदको मुद्दा टुंगो लागेपछि एलिनाले विष्णुलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन्।

उनले भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेको बताएकी छन्। जुन नहुँदा आफूहरूको सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको उनको भनाइ छ।

एलिना लेख्छिन्,– 
प्रिय विष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरू अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्। 

हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।

आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु। तिमीलाई बाँकी जीवनको धेरै–धेरै शुभकामना विष्णु।

विपिन जोशीको रिहाइबारे सदनमा जानकारी गराउन माग

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले हमासको गिरफ्तारीमा रहेको विपिन जोशी रिहाइको कार्य प्रगतिबारे सदनमा जानकारी गराउन माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि सरकारले के प्रयास गरेको छ, कति कोसिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए।

उनले भने, ‘इजरायल र हमासबीच जुन युद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे। दुई समूहबीच सम्झौता भयो। युद्ध बिराम भयो। कयौं देशका मान्छेहरु हमासको गिरफ्तारीमा परेका रिहाई भए तर कन्चनपुरको विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन। यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउन पर्दैन? उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा सुनिन्छ। यसले सरकारको जिम्मेवारी पूरा हुँदैन। रिहाइका लागि सरकारले के प्रयास गरेको छ, कति कोसिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्छ।’

केपीजस्तो जाली,झेली, बेइमानी कोही छैन – प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धन सरकार भ्रष्टाचारी बचाउन बनेको बताएका छन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, ‘सरकारतिर हाम्रो ध्यान छैन । जति चलोस्, चलोस्, ०८४ पछिसम्म गएपनि हामीलाई टेन्सन छैन ।’

यद्यपि सरकार नै अपारदर्शी, असंवैधानिक, अप्राकृतिक र भ्रष्टाचारीलाई बचाउने उद्देश्यले बनेको दाबी गर्दै उनले पार्टी मुखदर्शक नबन्ने प्रस्ट पारे ।

साथै प्रचण्डले केपी ओली बेइमानी भएको र सुशासन भत्काउन लागि परेको पनि बताए । उनले भने, ‘बरु शेरबहादुरजी इमान्दार हुनुहुन्छ, केपीजस्तो जाली झेली, बेइमानी कोही छैन । मलाई स्वर्ग र नर्क जाने कुरा गरेर ढाँटे ।’

 

अमेरिकामा फेरि ठोकिए दुई विमान

एजेन्सी । अमेरिकामा एकपछि अर्को विमान दुर्घटना भइरहेका छन्।  यस क्रममा सोमबार एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा दुई निजी विमान एकापसमा ठोकिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा कम्तीमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट ​​बाहिर निस्केर पार्किङमा रहेको एउटा निजी जेटसँग ठोकिएको हो।

स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको बताए। चार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

अमेरिकामा २ हप्ताभित्र यो चौथोपटक विमान दुर्घटना भएको हो।

गत जनवरी २९ मा मात्र वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमानसँग आकासमै ठोकिँदा ६७ जनाको मृत्यु भएको थियो।

यसको दुई दिनपछि फिलाडेल्फियामा उडान भरेको केही समयपछि मेडिकल विमान खस्दा ७ जनाको मृत्यु भयो भने कम्तीमा २४ जना घाइते भए।

यस्तै गत हप्ता अलास्कामा एउटा सानो यात्रुवाहक विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भयो।

संसारकै सुन्दर पुरुष बने ‘बीटीएस’ गायक भी

काठमाडौं । के-पप ब्याण्डका सदस्य भी अर्थात किम तेह्युङ ‘विश्वका सबैभन्दा सुन्दर पुरुष’ घोषित भएका छन् । टेक्नो-स्पोर्ट्सले यसवर्षका सुन्दर पुरुषको सूची सार्वजनिक गरेको छ ।

उल्लेखनीय कुरा के हो भने, गायक भीले हलिउड स्टार ब्राड पिट, बलिउड स्टार ऋतिक रोशनजस्ता विश्व मनोरञ्जन क्षेत्रका व्यक्तिलाई पनि उछिनेका छन् ।

भीको लोकप्रियता नेपालसहित विश्वब्यापी छ । जेन-जी पुस्तामा उनको क्रेज अभूतपूर्व छ । उनी एकैसाथ गायक, गीतकार र अभिनेता पनि हुन् । सन् २०१३ मा बीटीएसमा जोडिएका भीले ‘स्टिग्मा’ नामक एकल गीत पनि ल्याएका छन् ।

सूचीको दोस्रो स्थानमा हलिउड स्टार ब्राड पिट छन् । दुईपटक अस्कर अवार्ड जितेका अभिनेता पिटलाई पिपल म्यागजिनले ‘जीवित सेक्सी पुरुष’को उपाधि दिइसकेको छ । तेस्रो स्थानमा रोबर्ट प्याटिन्सन छन् जो हलिउड ब्लकबस्टर र स्वतन्त्र फिल्ममा अभिनय गरेबापत परिचित छन् ।

चौंथो स्थानमा क्यानडेली अभिनेता तथा मोडल नोह मिल्स छन् । पाँचौ स्थानमा चर्चित बलिउड अभिनेता ऋतिक रोशन छन् । छैटौंमा हालैमात्र क्यानडाको प्रधानमन्त्रीबाट राजिनामा दिएका नेता जस्टिन ट्रुडो छन् ।

त्यसपछि सूचीमा क्रमशः हलिउड अभिनेता क्रिस इभान्स, हेनरी क्याभिल, टम क्रूज, ब्राड्ली कुपर छन् । टेक्नो स्पोर्ट्सले वर्षेनी यो सूची सार्वजनिक गर्दै आएको छ ।

पत्रकार महासंघ बझाङका अध्यक्ष माथि चक्कु प्रहार

काठमाडौँ, २९ माघः नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहलाई होटलमा बोलाएर कुटपिट भएको छ। सोमबार बेलुकी १० बजे बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० स्थित चैनपुरको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कदै गरेका बेला आफूलाई मष्टा गाउँपालिका–४ का विनोद कठायत लगायतका समूहले कुरा गर्नु छ भनी होटलमा बोलाएर कुटपिट गरेको सिंहको भनाइ छ।

भोलि कुरा गरौलाभन्दा पनि जबर्जस्ती अपरहण शैलीमा कोठा लगेर चुकुल लगाइ आफूमाथि सो समूहले अन्धाधुन्ध चक्कु प्रहार र कुटपिट गरेको पत्रकार सिंहले बताएका छन्। चक्कु प्रहारबाट पत्रकार सिंहको निधारमा तीन टाका लगाइएको छ। सिंहको जिल्ला अस्पताल बझाङमा उपचार गरिएको थियो।

नेपाल पत्रकार महासंघले पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको महासचिव रामप्रसाद दाहालले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनी कारबाहीका लागि महासंघले प्रशासनको ध्यानाकर्षण गराएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

 

खाने तेल र घिउको मूल्य बढ्यो

काठमाडौं, २९ माघ । पछिल्लो समय बजारमा खाने तेल र घिउको मूल्यमा वृद्धि भएको छ । अहिले तेल तथा घिउको मूल्य प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म वृद्धि भएको  हो  । बजारमा तेल र घिउको मूल्यमा भएको अस्वाभाविक वृद्धिले सरकारी निगरानी र नियन्त्रणको अभावलाई उजागर गरिरहेको छ।

दशैँ–तिहारजस्ता महान चाडपर्वमा समेत मूल्य नबढेको तेल–घिउको मूल्य पछिल्लो केही महिनामा ह्वात्तै वृद्धि भएको छ । अहिले सूर्यमुखी र भटमास तेलको मूल्य प्रतिलिटर २५० देखि २७० रुपैयाँसम्म पुगेका छ । यसअघि उक्त तेलको मूल्य २१० देखि २२० रुपैयाँ प्रतिलिटरसम्म थियो । तोरीको तेलको मूल्य पनि अत्यधिक बढेर ३२५ रुपैयाँभन्दा बढी भएको छ ।

यस्तो छ एक महिनाको मूल्य वृद्धिको अवस्था

खुद्रा व्यापार संघको तथ्यांकअनुसार तेल तथा घिउको मूल्यमा १५ दिनमै ५ देखि १० रुपैयाँले वृृद्धि भएको हो । गत माघ १ गते प्रतिलिटर ४०० रुपैयाँ पर्ने भुटेको तोरीको तेल प्रतिलिटर १० रुपैयाँले बढेर ४१० रुपैयाँ कायम भएको छ । सोही अवधिमा सूर्यमुखी र भटमासको तेलमा ५–५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ । खुद्रा व्यापार संघका अनुसार दशैँ र तिहारजस्ता चाडपर्वको समयमा तेल र घिउको मूल्य स्थिर थियो, तर पछिल्लो दुई महिनामा बजारमा घिउ र तेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ ।

सामान्यतया, तोरीको तेल, सूर्यमुखी तेल र भटमास तेलको मूल्यमा क्रमशः ५ देखि १० रुपैयाँको वृद्धि भएको छ । यसबाहेक, सरकारी व्यापार कम्पनीमा पनि तेल र घिउको मूल्य उच्च स्तरमा रहेको छ । सरकारी व्यापार कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा भटमास तेल २५० देखि २६० रुपैयाँ, सूर्यमुखी तेल २८० देखि ४०० रुपैयाँ र तोरीको तेल २६० देखि ४२५ रुपैयाँमा बिक्री भइरहेको छ ।

विगत केही महिनामा तेलको मूल्यमा बारम्बार वृद्धि भइरहेको छ, जसका कारण उपभोक्ताहरूको बजेटमा दबाव परेको छ । भारतमा निर्यातको वृद्धि र आपूर्ति शृङ्खलामा भएको परिवर्तनका कारण तेलको मूल्यमा वृद्ध‍ि भएको नेपाल तेल उत्पादक संघले जनाएको छ ।

यसको बावजुद, सरकारको तर्फबाट भने यस विषयमा हालसम्म कुनै स्पष्ट कदम उठाइएको छैन । उपभोक्ताहरुले भने तेल र घिउको मूल्यमा आएको अस्वाभाविक वृद्धि प्रति सरकारबाट तत्काल प्रतिक्रिया र नियमनको अपेक्षा गरेका छन् ।

 

पत्रकार उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रह विमोचन

धनगढी, २९ माघ।

पत्रकार दीर्घराज उपाध्यायको ‘आमा म आउँदैछु’ कविता सङ्ग्रहको आज धनगढीमा विमोचन गरिएको छ ।

मंगलवार धनगढीमा आयोजित विमोचन समारोहमा साहित्यकार डा नवराज लम्साल, सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्त, सुदूरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठक, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, ऐश्वर्य प्रकाशनका अध्यक्ष गणेश जोशीले संयुक्त रुपमा कविता सङ्ग्रहको विमोचन गरे ।

प्रमुख अतिथि साहित्यकार लम्सालले कवि उपाध्यायले कोरोना महामारी र द्वन्द्वको क्रममा देखिएका आक्रोस र पीडा कविता सङ्ग्रह समेटिएको बताए । उनले कविता सङ्ग्रह आर्थिक विकास र परिवर्तनका लागि शङ्खघोष हुन सक्ने बताए ।

लम्सालले धनगढीमा हुर्किएर पनि देश विदेश नियाल्न सक्ने कलममा तागत भएको व्यक्ति उपाध्याय रहेको बताए । कवि लम्सालले धनगढीमा सामान्य अवस्थाबाट पत्रकारिता सुरु गरेका उपाध्यायले आफूलाई परिष्कृत गर्दै बृहत्तर पहिचान बनाएकोमा धनगढीबासीले गर्व गर्नुपर्ने बताए ।

अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय उपाध्यायले समाचारमा लेख्न र समेट्न नसकिएका मर्मस्पर्शी विषयवस्तुहरुलाई कविताका उतारेको बताए ।

उपाध्यायका कवितामा देश प्रेम छ । समाजका कुरीति, बिसंगतीहरुमाथि उनले तिखो प्रहार गरेका छन्, मदनपुरस्कार बिजेता लम्सालले भने, कवि उपाध्यायले कवितामा बिचार मात्र लेखेका छैनन् । हृदय लेखेका छन् । र, समाजको चेत र चेतना लेखेका छन् ।

त्यस्तै, सुदूरपश्चिम क्याम्पसका पूर्व रजिष्ट्रार डा। पन्तले पत्रकारिताका माध्यमबाट सुदूर पश्चिमको विकास र समृद्धिका सवालमा सधै कलम चलाउदै आएका उपाध्यायले कोभिडमा नागरिकको जीवन रक्षाका लागि गरेको मानवीय कार्य प्रशंनीय भएको  बताए ।

प्रा.डा. पन्तले उपाध्यायको कवितामा प्रेम, सद्भाव र समाजमा भएका विकृतिाथि चोटिलो प्रहार गरिएको बताए । पुस्तकमाथि टिप्पणी गर्दै कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक सीताराम भट्टले उपाध्यायका कवितामा कोभिडमा नागरिकले भोगेको पीडा, राज्यको अकर्मयण्यता, राजनीतिका बिसंगतीसंगै प्रेम समेटिएको बताए ।

उनले अढाई दशकदेखि पत्रकारितामा सक्रिय उपाध्यायले पत्रकारितासंगै साहित्य र सामाजिक कार्य मार्फत सुदूर पश्चिममा ठूलो योगदान पुर्याएको चर्चा गरे ।

उनले नेपाली साहित्यमा उपाध्यायको कृति एउटा गतिलो सम्पत्तीका रुपमा दर्ज हुने बताए । समालोचक भटट्ले यहि समाजमा घटित घटनाक्रमहरुलाई उपाध्यायले कवितामा उतारेको बताए ।

उनले राजनिती गर्नेहरुले समाजका लागि भन्दा आफू र परिवारकाको स्वार्थका लागि काम गरिरहेकोले त्यो आक्रोश एउटा कविमनले कविता मार्फत चित्रण गरकोे बताएका छन ।

पत्रकार उपाध्यायले गत भदौमा द्वन्द्व पत्रकारिताको एक दशक नामक कृति बजारमा ल्याएका थिए । उपाध्यायको यो चौथो कृति हो । यसअघि उनको एउटा कविता संग्रह, एउटा गजल संग्रह र द्वन्द्व पत्रकारिताको एक दशक पुस्तक प्रकाशित छ ।

उपाध्यायले मुलुकले भोगेका विपत्ति, नागरिकका पीडा, बिकृत राजनीति, समय र परिवेशबाट उद्देलित भएर कवितामा भावनाहरु प्रस्फुटित भएको बताए ।

उनले कोभिड महामारी र द्वन्द्वको क्रममा मुलुक र नागरिकले भोगेको व्यथा पनि कवितामा उतारेको बताए ।

ऐश्वर्य प्रकाशन प्रा।लिका अध्यक्ष गणेश प्रसाद जोशीले उपाध्यायद्धारा लिखित एउटा ओजिलो साहित्यिक कृति प्रकाशन गर्न पाउदा खुशी व्यक्त गरे ।

जोशीको अध्यक्षतामा सम्पन्न विमोचन समारोहमा बरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर र वरिष्ठ पत्रकार टीकाराम यात्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । विमोचन कार्यक्रममा लेखक, साहित्यकार, राजनीतिकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

A High-RTP Adventure Awaits – Will You Guide A Determined Hen Along the Risky Trail of the Chicken Road slot and Claim Golden Egg Rewards with a 98% Return to Player plus Increasing Levels of Risk for Solo Players?

Fortune Favors the Bold: Guide Your Feathered Friend to Golden Wins on Chicken Road – 98% Payout!

Embarking on a thrilling adventure with a feathered friend, Chicken Road presents a unique and engaging casino-style game developed by InOut Games. With a remarkably high Return to Player (RTP) of 98%, this single-player experience challenges you to guide a determined chicken along a perilous path towards a golden egg, strategically avoiding hazards and collecting valuable bonuses. Players can select from four difficulty levels – easy, medium, hard, and hardcore – each escalating the potential rewards while simultaneously amplifying the risk of a less-than-golden outcome. This game offers a compelling blend of luck and skill, appealing to players seeking a fresh take on simple, yet rewarding gameplay.

Understanding the Gameplay Mechanics

At its core, Chicken Road is a game of navigation and calculated risk. The objective is straightforward: lead your chicken safely across the titular road, dodging obstacles such as speeding vehicles, falling objects, and treacherous terrain. Successfully navigating these perils allows you to collect power-ups, which can range from temporary invincibility to score multipliers. The strategic use of these bonuses is key to maximizing your winnings and reaching the coveted golden egg at the end of the road.

The simplicity of the controls contributes significantly to the game’s accessibility. Players typically use basic directional inputs to steer their chicken, making it easy to pick up and play for individuals of all skill levels. However, mastering the game requires understanding the patterns of the obstacles and learning to anticipate their movements, adding a layer of depth for experienced gamers.

The choice of difficulty level dramatically alters the experience. Easier settings provide a more forgiving environment, ideal for newcomers or those seeking a casual gaming session. Hardcore mode, on the other hand, demands precision and quick reflexes, presenting a formidable challenge even for seasoned players.

Difficulty Levels and Risk-Reward Balance

Chicken Road’s distinct difficulty levels aren’t merely cosmetic changes; they fundamentally impact the gameplay and the potential returns. The ‘Easy’ setting introduces fewer obstacles, moves them slower, and increases the likelihood of bonus appearances, offering a gentle introduction for beginners. ‘Medium’ presents a noticeable step up, requiring more attentive navigation and strategic use of power-ups.

Stepping into ‘Hard’ mode drastically increases the speed and frequency of obstacles, demanding pinpoint precision. However, it also significantly boosts the potential payouts. Finally, ‘Hardcore’ mode is a true test of skill, presenting an unrelenting gauntlet of challenges with extremely high rewards, but also the constant threat of immediate failure. The escalating risk-reward factor is a key component of the game’s appeal.

Understanding this balance is crucial for optimizing your gameplay. Choosing a difficulty level that aligns with your skillset and risk tolerance will maximize your enjoyment and potential winnings.

Difficulty Obstacle Speed Bonus Frequency Payout Multiplier
Easy Slow High 1x
Medium Moderate Medium 1.5x
Hard Fast Low 2x
Hardcore Very Fast Very Low 3x

The Role of Bonuses in Strategic Gameplay

Bonuses in Chicken Road are not just shiny collectibles; they’re integral to strategic success. Each bonus offers a unique advantage, ranging from temporary invincibility shields that allow you to plow through obstacles without consequence, to score multipliers that exponentially increase your earnings. The skillful use of these power-ups can dramatically alter the course of a game.

Some bonuses are defensive, protecting your chicken from harm, while others are offensive, actively increasing your score. Learning to identify which bonus is most effective in a given situation is a key skill for mastering the game. For example, using an invincibility shield when approaching a particularly difficult section of the road can be the difference between success and failure.

The availability of bonuses is influenced by both the difficulty level and the player’s performance. Generally, higher difficulty levels offer fewer bonuses, placing a greater emphasis on skill and precision. However, consistently successful gameplay can increase the frequency of bonus appearances, rewarding skillful players.

Analyzing the 98% RTP and Its Impact

A key draw of Chicken Road is its exceptionally high Return to Player (RTP) of 98%. This figure represents the percentage of all wagered money that the game is statistically expected to return to players over a long period of time. A 98% RTP is significantly higher than the average RTP found in many other casino-style games, making Chicken Road an attractive option for players seeking favorable odds.

However, it’s important to understand that RTP is a theoretical value calculated over millions of plays. Individual gaming sessions can deviate significantly from the average RTP, with some players experiencing substantial wins while others may encounter losses. The randomness inherent in the game ensures that results are unpredictable in the short term.

Despite this inherent variability, the high RTP provides players with a greater level of confidence, knowing that the game is designed to offer a fair and rewarding experience over the long run. This contributes to the game’s overall appeal and encourages continued play.

  • High RTP: Offers a significantly better return compared to many other casino games.
  • Long-Term Advantage: Provides players with a favorable statistical edge over time.
  • Randomness: Individual sessions will vary; RTP is based on long-term play.

Tips and Strategies for Maximizing Your Winnings

While luck plays a role in Chicken Road, mastering certain strategies can significantly improve your chances of success. Firstly, observe the patterns of the obstacles. Most obstacles follow predictable paths, allowing you to anticipate their movements and plan your route accordingly. Secondly, master the timing of your turns. Quick, precise movements are crucial for avoiding collisions, especially on higher difficulty levels.

Prioritize collecting bonuses whenever possible. Even seemingly minor bonuses can provide a critical advantage in challenging situations. Practice identifying which bonuses are most effective in different scenarios and learn how to utilize them strategically. Finally, don’t be afraid to experiment with different difficulty levels to find the one that best suits your skillset and risk tolerance.

Consistent practice is key to achieving mastery in Chicken Road. The more you play, the better you’ll become at anticipating obstacles, timing your movements, and utilizing bonuses effectively. Remember, even a small improvement in your skills can lead to significant gains over time.

  1. Observe obstacle patterns. Predict movements to plan your route.
  2. Master timing. Execute quick, precise turns to avoid collisions.
  3. Prioritize bonuses. Strategically utilize power-ups for advantages.
  4. Practice consistently. Improve skills with regular gameplay.
Bonus Type Effect Strategic Use
Invincibility Shield Temporary immunity from obstacles. Use during challenging sections with dense obstacles.
Score Multiplier Increases the score earned for a limited time. Activate when navigating sections with frequent bonus opportunities.
Speed Boost Temporarily increases the chicken’s speed. Use cautiously; can make it harder to avoid obstacles.

Chicken Road offers a simple yet captivating gameplay loop that has attracted a dedicated following. The combination of strategic elements, a high RTP, and a charming theme makes it a standout title in the casual casino-style game space. Whether you’re a seasoned gamer or a newcomer to the world of online gaming, Chicken Road is well worth exploring. The engaging mechanics and potential for rewarding gameplay make it a truly unique and enjoyable experience.

सिबाईसी अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाद्यि

धनगढी । धनगढीमा जारि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिबाईसी अत्तरियाले जितेको छ । फेण्ड्स क्लब डडेल्धुरालाई ३४ रनको फराकिलो अन्तरले हराउँदै सिबाईसीले उपाधि जितेको हो ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा अत्तरियाले डडेल्धुरालाई ११९ रनको लक्ष्य दिएको थियो । डडेल्धुराले ११९ रनको लक्ष्य पछ्याउने क्रममा १८ ओभरमा अलआउट हुँदै ८४ रन मात्र बनायो।

डडेल्धुराका गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाएका थिए, जबकि कुशल भुर्तेलले २० रन र अशोक धामीले ११ रन बनाए। अन्य ब्याट्सम्यानले दोहरो अंकको रन बनाउन सकेनन्।

अत्तरियाका साहब आलम र दीपेश कँडेलले समान ३(३ विकेट लिए, भने कमल गुप्ता र विवेक यादवले समान २(२ विकेट लिए।

अत्तरियाले टस जितेर पहिले ब्याटिङ गरेको थियो र २० ओभरमा ११८ रन बनायो, जसमा रसिद खानले ३१ रन बनाएका थिए। सन्तोष कार्की र शङ्कर रानाले समान २० रन बनाएका थिए। डडेल्धुराका लागि अभिषेक गौतमले ४ विकेट लिए, भने अजय चौहान र कुशल भुर्तेलले एक(एक विकेट लिए।

यो प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।

बझाङको साईपालमा एभरेष्ट बैंकको शाखा उद्घाटन

धनगढी, २८ माघ ।
बैकिङ सुविधाबाट बञ्चित देशको एक मात्र गाँउपालिका बझाङको साईपालमा सोमवार एभरेष्ट बैंकको शाखा उद्घाटन भएको छ । योसंगै मुलुकका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ । दुई वर्षअघि नै ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना भएपनि साईपाल गाउँपालिकामा भने हुन सकेको थिएन् ।

एभरेष्ट बैंकको शाखा उद्घाटन गर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद प्रमुख अतिथिका रुपमा हेलिकप्टरमा साईपाल पुगे ।

सोमवार विहान साईपालको धलौनमा एभरेष्ट बैंकको शाखा उद्घाटन गर्दै गभर्नर अधिकारीले साईपालमा एभरेष्ट बैंकको शाखा स्थापनाको घडीलाई ऐतिहासिक अवसरका रुपमा लिएको   बताए ।

यो मेरा लागि र साईपालका जनताका लागि ऐतिहासिक अवसर हो, गभर्नर अधिकारीले भने, साईपालमा बैंकको शाखा स्थापनासंगै नेपालका विकट स्थानहरूमा वित्तीय पहूँच विस्तार गर्ने सरकारको लक्ष्य पुरा भएको छ ।

गभर्नर अधिकारीले स्थानीय नागरिकहरूलाई खाता खोलेर बैंक मार्फत कारोवार गर्न आग्रह गरे ।
एभरेष्ट बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले देशकै विकट र बैकिङ सुविधाबाट बञ्चित साईपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा स्थापना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे ।

अध्यक्ष बैद्यले साईपालमा शाखा सञ्चालन गर्नु चुनौतीपूर्ण भएपनि त्यो चुनौती स्वीकार गर्दै एभरेष्ट बैंकले शाखा स्थापना गरेको बताए ।

‘यो मेरो र एभरेष्ट बैंकका लागि महत्वपूर्ण अवसर हो’, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘जहाँ कुनै बैंकले सेवा विस्तार गर्न सकेको थिएन, त्यहाँ एभरेष्ट बैंक पुगेको छ । यो हाम्रा लागि गर्वको कुरा हो ।’

उनले बैंकको शाखाको उद्घाटनमा सहभागी भएकोमा गभर्नर अधिकारी लगायत, सम्पूर्ण अतिथि र स्थानीय बासिन्दालाई धन्यवाद दिए ।

साईपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले बैंकको शाखा स्थापना गरेकोमा एभरेष्ट बैंकका अध्यक्ष र गभर्नरलाई धन्यवाद दिए ।

अध्यक्ष बोहराले एभरेष्ट बैंकको शाखा स्थापनाले साईपालका जनताको आर्थिक विकास र समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साईपाल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नरेन्द्र धामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रमुख अतिथि गभर्नर अधिकारी र एभरेष्ट बैंकको टीमलाई स्थानीय बासिन्दाले बाजागाजा, मागल, सगुन सहित स्वागत गरेका थिए । धलौन माविका विद्यार्थीहरुले मौलिक पोशाकमा शाखा उद्घाटन कार्यक्रममा देउडा सहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा छ सय भन्दा बढि स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

सडक सञ्जालमा नजोडिएको देशकै दुर्गम साईपाल गाउँपालिका चीनको स्वशासित प्रान्त तिब्बतको नजिकको हिमाली पालिका हो । सुदूर पश्चिममा एभरेष्ट बैंकको यो १४ औं शाखा हो । देशभरी १३१ शाखा रहेका छन् ।

राष्ट्र बैंक धनगढीका प्रमुख केशव बहादुर केसी, एभरेष्ट बैंक प्रादेशिक कार्यालय धनगढीका प्रमुख उज्वल पोखरेल लगायतको टीम बझाङको तल्कोटबाट झण्डै एक दिनको पैदल यात्रा गरी साईपालको धलौन पुगेको थियो । काठमाण्डौंबाट आएको गभर्नर सहितको टीम सुर्खेतबाट आज बिहान हेलिकप्टरमा साईपाल पुगेको हो ।

बैंकको शाखा उद्घाट्नपछि गभर्नर अधिकारी सहितको टीम सुर्खेत हुदै काठमाण्डौं फर्किएको   छ ।

ओली सरकारको गलत कामलाई गलत भन्न सक्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको गलत कार्यलाई गलत भन्न सक्नुपर्ने बताएका छन् ।

‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्रीहरुले ओली सरकारको गलत कार्य जनतामा ल्याउनुपर्ने कोइरालाले बताए ।

उनले भने, “सभापतिज्युसँग कुरा गर्दा पटक-पटक कुरा गर्दा उहाँले ओलीजीलाई किन गलत भन्ने, केही नबोल्ने, एमालेलाई किन भन्ने, केही पनि नबोल्ने ? भन्नुभयो । त्यसरी हुँदैन । गलतलाई गलत भन्न सक्नुपर्छ ।”

गलतलाई गलत भन्न नसके काङग्रेस समाप्त हुने उनको भनाइ छ । साथै, उनले अध्यादेशबाट देश चल्नु भएको निरङ्कुशताको प्रस्थानबिन्दु भएको बताएका छन् ।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं- अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई प्रहरीले अत्याचार गरेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको छ ।

प्रहरी लगाएर राम र रौनियारमाथि ज्यादति गरेकाले गृहमन्त्री लेखकले तत्काल राजीनामा दिनुपर्ने मागसहित सोमबार काठमाडौंमा प्रदर्शन भएको हो ।

नेत्रविक्रम चन्द विप्लवनिकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

श्रमिक समुदायमाथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसाविरुद्ध विरोध सभामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसहित नाराजुलुसमेत लगाइएको छ।
सोमबार श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिको कार्यालयनजिकै विरोध सभा गरिएको हो ।

यसअघि शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरूले उक्त प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा मागिएको थियो ।

सांसद नारायणी शर्माले उमेर पुगेका बयस्क नागरिकलाई आफ्नो फैसला गर्ने अधिकार रहेको बताउँदै गृहमन्त्रीको निर्देशनमा प्रहरीले गरेको ज्यादतीको निन्दा गरेकी थिइन् । तर, गृहमन्त्री लेखकले भने आफूले प्रहरीलाई कुनै निर्देशन नदिएको जिकिर गरिरहेका छन् ।

अब कोर्ट म्यारिज र डिभोर्स पनि अनलाइनबाटै !

काठमाडौं । अब त यस्ता समय आइसक्यो, अनलाइनबाट नपाइने सेवा कमै होलान् । राइड बुक गर्ने, खाना अर्डर गर्नेदेखि लिएर कानुनी परामर्श लिने जस्ता काम अनलाइनबाटै पाउन सकिन्छ । कानुनी सेवाको कुरा गर्दा कोर्ट म्यारिज (अदालती विवाह) देखि सम्बन्ध विच्छेदसम्मका कानुनी सेवाहरू पनि अनलाइनमार्फत सम्भव भइसकेका छन् । यस्तै कुनै किसिमका कानुनी झमेला परेमा यसको बारेमा पनि अनलाइनबाट नै सेवा लिन सकिन्छ।

काठमाडौंको अनामनगर, घट्टेकुलो चोकमा रहेको प्राइम लिगल कन्सल्ट एन्ड रिसर्च सेन्टरले यी सबै सेवा दिँदै आएको छ । कम्पनीले अदालती विवाहका लागि कोर्ट म्यारिज नेपाल डटकम नामक छुट्टै वेबसाइट नै सञ्चालनमा ल्याएको छ ।

कोर्ट म्यारिजका लागि सबैभन्दा पहिला अदालतको समय लिनुपर्ने हुन्छ । यसका लागि वेबसाइटबाट नेपालका ७७ ओटै जिल्ला अदालतको ‘अपोइनमेन्ट’ लिन सक्छन् । त्यस्तै नेपालमा लामो समयदेखि बसोबास गर्दै आएका विदेशी नागरिकले कुन कुन सर्तमा नेपालमा अदालती विवाह गर्न पाउँछन् भन्ने जस्ता जानकारी पनि यही वेबसाइटमा उपलब्ध छन् ।

प्राइम लिगल कन्सल्ट एन्ड रिसर्च सेन्टरको सह संस्थापक एटनी एट ल अल्पना भण्डारीका अनुसार अदालतमा समय लिने अपोइनमेन्टको काम अनलाइनबाटै लिन सकिन्छ । उनी भन्छिन्, “विवाहका लागि त अदालतमा व्यक्ति स्वयम् नै उपस्थित हुनुपर्छ ।” तर अनलाइनमार्फत कस्ता(कस्ता डकुमेन्ट आवश्यक हुन्छ भनेर जानकारी लिन सकिने भएकाले सहजता हुने गरेको उनले बताइन्।

यस्तै यदि वैवाहिक जीवनमा केही समस्या आएमा कम्पनीले सम्बन्ध विच्छेदको सेवा पनि अनलाइनबाट नै दिने गरेको छ । यसका लागि प्राइम लिगल कन्सल्टले डिभोर्स नेपाल डटकम नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।

यो वेबसाइटबाट डिभोर्सको प्रकृतिअनुसारका वकिल छान्न सकिन्छ । घरेलु हिंसा, सम्पत्ती बाँडफाड, बालबच्चाको कस्टडी, बालबच्चाको लालनपालन खर्च लगायतका आदिको आधारमा सो कुरा तय गर्न सकिन्छ ।

भण्डारी भन्छिन्, “अनलाइनबाट आफ्नो मुद्दाको बारेमा केही जानकारी वा सुझाव लिन सकिन्छ । तर, अदालतमा गएर बहस नै गर्ने भएकाले सबै काम अनलाइनबाट हुन भने सम्भव छैन । कुनैकुनै प्रकृतिका सम्बन्ध विच्छेदका मुद्दा अनलाइनबाट नै टुङ्गिएका पनि छन् । तर सबै केसमा यस्तै हुन्छ भन्न सकिँदैन ।”

यस्तै कम्पनीले आर्थिक कारोबारसँग जोडिएका मुद्दाका लागि कर्पोरेट लयर्स नेपाल नामक वेबसाइट सुरु गरेको छ । कम्पनी दर्ता, बौद्धिक सम्पत्ति, आप्रवासन, प्रत्यक्ष विदेशी लगानी, कर, जलविद्युत्, रियल इस्टेट, बैंकिङ, श्रम, सम्झौता लगायतका कारोबारसँग जोडिएका विषयमा कानुनी परामर्श तथा सेवा यसबाट उपलब्ध हुने गरेका छन् ।

भण्डारी भन्छिन्, “हामी नागरिकलाई चाहिएका सबै किसिमका कानुनी सेवा उपलब्ध गराउँछौँ । विवाहदेखि डिभोर्ससम्मका सेवाहरू उपलब्ध गराउनुको मतलब यो होइन की हामी विवाहित जोडिलाई सम्बन्ध विच्छेदका लागि सल्लाह दिन्छौँ । हामीले जस्ता समस्या र विषय लिएर सल्लाह लिन आउनेहरूलाई यसरी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर सल्लाह दिने हो ।”

प्राइम लिगल कन्सल्ट एन्ड रिसर्च सेन्टरलाई अल्पना भण्डारी र अमृत शर्माले सन् २०१२ मा स्थापना गरेका थिए । यस कम्पनीमा अल्पना प्रमुख कार्यकारी अधिकारी (सीईओ) को रूपमा कार्यरत छिन् ।

काठमाडौं विश्वविद्यालयको स्कुल अफ लबाट एलएलबी पूरा गरेपछि सन् २०१२ मा उनीहरूले कम्पनी सुरुवात गरेका थिए । कम्पनी दर्ता भएसँगै भण्डारी थप अध्ययनका लागि उनी विदेश पुगिन् । उनले अमेरिकाको वासिङ्टन डीसीमा रहेको अमेरिकन युनिभर्सिटीमा अन्तर्राष्ट्रिय कानुन अध्ययन विषयमा एलएलएम पूरा गरिन् । यस्तै उनले टर्कीको स्तानबुलमा रहेको बिल्जी युनिभर्सिटिमा पनि अध्ययन गरिन् ।

उनीसँग स्विजरल्यान्ड, नर्वे, फिनल्यान्डमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव पनि छ । उनी अमेरिकाको न्युयोर्कमा रहेर काम गर्ने संस्था ह्युमन राइट्स वाचमा पनि संलग्न रहिन् ।उता अध्ययन र काम चलिरहँदा नेपालमा प्राइम लिगल कन्सल्ट पनि चलिरहेकै थियो । कम्पनीको सुरुवात गर्दा नै अनलाइनमार्फत कानुनी सेवा दिनुपर्छ भन्ने विचार आए पनि समय अभावले अनलाइनमार्फत सेवा सुरु गरिहाल्ने अवस्था भने थिएन ।

उनी भन्छिन्, “अनलाइनमार्फत नै सेवा दिनुपर्छ भन्ने सोचाइ त पहिले नै थियो । तर पढाइसँगसँगै अन्य काममा पनि व्यस्त भएँ । धेरै समय नेपाल बाहिर भएकाले त्यो काम सुरु गर्न सकिएको थिएन । तर कम्पनी सुरु गर्दा नै हिमालयन होस्टमा डोमेन दर्ता गरिसकेका थियौँ । “ २०१७ तिरबाट भने अनलाइनमार्फत सेवा दिनका लागि कन्टेन्टहरू राख्न थालिएको उनले बताइन् ।

तर उनी नेपालमा नै काम गर्ने भनेर फर्किएपछि भने अनलाइनबाट सेवा दिने कामले गति लिन थाल्यो । कोभिड(१९ को महामारी सुरु हुनुभन्दा केही समयअघि सन् २०१९ मा उनी नेपाल फर्किइन् । नेपाल आएको केही समयमा नै लकडाउन लाग्यो र घरमै बस्नुपर्ने अवस्था आयो । त्यही बेलामा अनलाइनमा राम्रोसँग ध्यान दिन पाएको उनले बताइन् ।

उनी भन्छिन्, “कोभिडपछि धेरै समय फुर्सदमा नै बित्यो । त्यो बेलामा भने अनलाइनलाई राम्रो बनाउने समय पाइयो । कोभिडपछि अनलाइनमार्फत जोडिने ग्राहक पनि बढ्न थाले ।”

कोभिडयता भने अनलाइनमार्फत नै कानुनी परामर्श र सेवा लिने क्रम बढ्न थालेको अनुभव उनको छ । उनी भन्छिन्, “सिधै अफिसमा आएर कानुनी परामर्श लिने व्यक्तिहरू पनि हुनुहुन्छ । तर अधिकांश भने अनलाइनमा बुझेर आफ्नो केसको बारेमा थप प्रक्रियाका लागि अफिसमा आउनुहुन्छ ।”

हाल प्राइम लिगल कन्सल्टबाट सेवा लिनेमध्ये ९० प्रतिशत अनलाइनमार्फत जोडिने गरेको उनले बताइन् । उनी भन्छिन्, “हामीले हजार भन्दा बढी व्यक्तिको मुद्दा लडिसकेका छौँ । तीमध्ये अधिकांश अनलाइनमार्फत जोडिनुभएको हो ।” ग्राहकलाई चाहिने सेवा अनुसार विशेषज्ञता भएका वकिलहरू कम्पनीमा जोडिने क्रमसमेत चलिरहने उनले सुनाइन् ।

अनलाइनमार्फत कानुनी प्रक्रियाका विषयमा जानकारी पाउन सजिलो भएको उनी सुनाउँछिन् । “अहिले अनलाइनमार्फत कुन वकिललाई हायर गर्ने भनेर उनीहरूको ब्याकग्राउन्ड हेर्न सकिन्छ । फोन गरेर वा अनलाइनबाट पनि परामर्श लिन सकिने भएको छ ।”

तर पूर्णरूपमा अनलाइनबाट नै सेवा लिने अवस्था भने नरहेको उनले सुनाइन् । उनी भन्छिन्, “केही परामर्श लिएपनि सबै कानुनी प्रक्रियाका लागि अदालतमा अनिवार्य उपस्थित हुनुपर्ने हुन्छ ।”

कतिपय अवस्थामा भने अनलाइनबाट गर्न सकिने काममा पनि विश्वास नभएकाले सेवाग्राही फर्ममा नै भिजिटका लागि आइपुग्ने गरेका छन् । उनी भन्छिन, “अनलाइनबाट ठगी हुनसक्छ भनेर पनि अफिसमै आउनुहुन्छ । आफूले सर्भिस लिएपछि मन परेर अरूलाई पनि यहीँ आउन सुझाव दिने धेरै हुनुहुन्छ ।” ‘माउथ-टु-माउथ मार्केटिङ’ ले धेरै फाइदा गरेको उनले सुनाइन् ।

यस्तै अनलाइन सर्भिस लिन खोज्ने तर भुक्तानी गर्न नचाहने सेवाग्राहीका कारण भने केही समस्या भएको उनको भनाइ छ । “अनलाइनबाट केही परामर्श त दिन सकिन्छ । तर, हामी निजी कम्पनी भएकाले सबै सेवा निस्शुल्क दिन सक्दैनौँ । यसका लागि निश्चित शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । केही यस्ता व्यक्ति पनि हुन्छन्, जो कानुनी सेवा निस्शुल्क लिन चाहन्छन् ।”

शुल्कका विषयमा कुरा नमिल्दा कम्पनी र सेवाका बारेमा नकारात्मक रिभ्यु दिने भएकाले समस्यामा समेत पर्ने गरेको उनले बताइन् । भण्डारी भन्छिन्, “रिसाएर नकारात्मक रिभ्यु दिँदा कम्पनीको बारेमा नराम्रो बुझाइ पर्छ । पहिलेदेखि नै हाम्रो सर्भिस लिनुभएका व्यक्तिलाई त फरक पर्दैन । तर अनलाइनमा नै देखेर सेवा लिन आउनेमा अविश्वास सिर्जना हुनसक्छ ।”

प्राइम लिगल कन्सल्टमा विशेषगरी अमेरिका, क्यानडा, युरोपमा रहेका नेपालीहरूले अनलाइनमार्फत कानुनी उपचार खोज्छन् । “नेपाल आउनुभन्दा पहिले नै अनलाइनबाटै परामर्श लिने र कानुनी प्रक्रिया सुरु गर्ने अवस्था बनिसकेको छ । तर अनलाइनमा नै नकारात्मक रिभ्यु देखेमा विश्वासभन्दा पनि सर्भिसमा शङ्का लाग्छ ।” – टेकपानाबाट

 

खोज्नुहोस