सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौं– पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री मानेटसँग कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण विषयहरूमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।

भेटमा सभामुख घिमिरेले बुद्ध जन्मस्थल लुम्बिनी र कम्बोडियाको अंगकोरबाट हिन्दू तथा बौद्ध सम्पदालाई प्रवर्द्धन गर्न प्रत्यक्ष हवाई सेवा सुरु गर्नुपर्नेमा जोड दिए। यसले धार्मिक पर्यटन र सांस्कृतिक आदानप्रदानलाई थप प्रोत्साहन गर्ने सभामुखको विश्वास छ। नेपाल र कम्बोडियाबीच २०७५ मा नै हवाई सम्झौता भएको थियो।

भेटमा दुवै देशका नागरिकबीच अनुभव आदानप्रदानका कार्यक्रमलाई बढावा दिनेबारे छलफल भएको थियो। सभामुख घिमिरेले नेपाल भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्रीलाई औपचारिक निमन्त्रणासमेत दिए।

प्रधानमन्त्री मानेटले साना राष्ट्रको सहकार्यका लागि सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद् ९आईपीटीपी०को अन्तर–संसदीयसभा उत्कृष्ट मञ्च भएको बताए। उनले उपयुक्त समय मिलाएर नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे।

ल्अभिि द्द
भेटलाई दुई देश बीचको आर्थिक, सांस्कृतिक र कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ। सभामुख घिमिरेले आइतबार साँझ नै माथिल्लो सदन सिनेटका अध्यक्ष सेनसँग भेट गरेका छन्।

कम्बोडिया पिपल्स पार्टी मुख्यालयमा भएको भेटका क्रममा दुवै पक्षले दुई देशका विधायिका बीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको थियो। यस्तै दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने, संसदीय अभ्यास, क्षेत्रीय सहयोग र साझा चासोका विषयमा सहकार्यको सम्भावनाबारे समेत छलफल भएको सभामुखको घिमिरेको सचिवालयले जनाएको छ।

सभामुखले नेपाली शान्ति प्रक्रियाको अद्वितीय सफलताको अनुभव बाँड्दै दुवै देशले साझा हितका क्षेत्रमा थप समझदारी र साझेदारी गर्न सक्ने धारणा राखेका थियो। उनले शनिबार साँझ कम्बोडियाको राष्ट्रियसभाका अध्यक्ष सम्देच मोहा रथसपिथिका थिपादेई खुऔन सुदारीसँग समेत भेट गरेका थिए।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम : ४८ अर्ब रकम खर्च भैसक्दा पनि उपलब्धि निराशाजनक

काठमाडौं । राज्यले अर्बौं खर्च गरेको भएपनि प्रधानमन्त्री रोजगार कार्यक्रम अपेक्षित परिणाम दिन असफल भएको छ। २०८१/८२ आर्थिक वर्षको साउनदेखि मङ्सिर ७ गतेसम्म, बेरोजगारी सूचीमा रहेका ७ लाख ९७ हजार ७२५ जना व्यक्तिहरूबाट केवल ४८७ जना मात्र रोजगारीमा संलग्न भएका छन्।

सरकारले यस वर्ष  ६ अर्ब ९५ लाख रुपैयाँ विनियोजन गरेर ६० हजारलाई न्यूनतम एक सय दिनको रोजगारी दिने लक्ष्य राखेको थियो। तर छोटो अवधिको रोजगारी र दिगो रोजगारको अभावले युवाहरूलाई आकर्षित गर्न सकेको छैन। सरकारले बारम्बार कार्यक्रममा सुधारको घोषणा गरे पनि, यसको कार्यान्वयनमा चुनौतीहरू देखिएका छन्।

कार्यक्रमको चार महिनामा ६ करोड ७३ लाख ३० हजार ९१६ रुपैयाँ खर्च गरिएको छ, जुन अपेक्षाप्रति कम हाे। सरकारी अधिकारीहरूको भनाइ अनुसार, हालका केही महिनामा कार्यक्रमको प्रगति कम देखिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहप्रवक्ता वसन्तबहादुर बोहोरा आगामी फागुन महिनामा लक्ष्यको ५० प्रतिशत पूरा गर्ने दाबी गर्छन्।

कार्यक्रमको उद्देश्य बेरोजगारलाई तालिमसहित रोजगारी उपलब्ध गराउनु थियो। पहिलो चार महिनामा खर्च रकम अपेक्षाकृत कम भएको गोरखापत्रमा खबर छ। आलोचकहरूको भनाइ अनुसार, यो कार्यक्रम प्रायः वर्षायामको सिजनमा सञ्चालन गरिन्छ र त्यसको प्रभाव छोटो अवधिका लागि मात्र सीमित रहन्छ।

वि.सं. २०७५ फागुन १ गतेदेखि सुरु भएको यो कार्यक्रमका आव २०८०/८१ सम्ममा ४८ अर्ब ७१ करोड खर्च भइसकेकाे छ।

एनपीएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष सहयोग पुग्ने बताएका छन् ।

आज ऐतिहासिक धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गर्दै उनले लिगका लागि सरकारले सक्दो सहयोग र प्रोत्साहन गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि सरकार सधैँ खेलाडीको साथमा रहेको बताए । उनले एनपीएलले नेपाली क्रिकेटमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गर्नुभयो । “क्रिकेट हाम्रो पुस्ताको सपना र गौरवको विषय पनि हो ।

यस लिगको माध्यमबाट नेपाली क्रिकेटमा नयाँ आयाम थप्न सकियोस्”,प्रधानमन्त्री ओलीले भने,“सरकार यहाँहरूकै साथमा छ । व्यक्तिगत रूपमा म सरकारमा हुँदा वा नहुँदा जहिल्यै पनि मेरो रुचि र अपनत्व रहनेछ । सहभागी खेलाडी सबैलाई जितको शुुभकामना दिन चाहन्छु ।”

उनले यस खेलमार्फत युवा प्रतिभाको उजागर र नेपालीले अवसर पाएमा केही गर्छ भन्ने मान्यतालाई स्थापित होस् भन्ने कामनासमेत गरे ।

 

चीन भ्रमणमा जानु अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आज चीन भ्रमणको तयारीका बारेमा छलफल गर्दै छन् । केही समयपछि हुन लागेको उत्तरी छिमेकी मुलुक चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्न लागेका हुन।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले बिहान ११ बजे पूर्व प्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायतसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको जनाएको छ।

सो छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने छ। प्रधानमन्त्री ओलीले मङ्सिर १७ देखि पाँच दिने चीन भ्रमणमा जाँदै छन्।

हात्ती आउने डरले घरमा बस्दैनन् लालझाडीबासी

कञ्चनपुर । जङगली हात्तीले घर भत्काएपछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ ।

बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनले भने, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् ।

“हात्तीले झण्डै ज्यान नै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ”, ठगीकी श्रीमती पार्वतीले भनिन्, “मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पुरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर पेटको शल्यक्रिया गरेर आएका श्रीमान्लाई बोक्दै भाग्यौँ, ज्यान जोगियो ।”

घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताइन् ।

कडारा परिवारजस्तै छिमेकमा बस्ने हरिलाल टमटा र राज टमटाको घर पनि हात्तीले भत्काइदिएको छ । आँगनमा रहेको पानी पिउनका लागि गाडिएको नल्कासँगै दुवै टमटा परिवारको घरभित्र रहेको अन्न हात्तीले खाइदिएको छ ।

घर भत्काएपछि बेघर बनेका तीनवटै परिवार निकै चिन्तित छन् । अन्न सबै हात्तीले खाइदिए पछि परिवारको साँझ बिहानको छाक टार्नका लागि अरूकहाँ हात थाप्नुपर्ने अवस्था सिर्जना भएको राज टमटाले बताए । गाई, गोरु, भैँसी बाख्रालगायतलाई पनि हात्तीले क्षति पुगाउने डर भएकाले खेतमै बाध्नुपरेको उनले गुनासो गरे ।

“पहिला पनि हात्ती आउथे, खेतमा रहेको बालीनालीमा थोरै क्षति गरी जान्थे, घरनै भत्काएको थिएन”, हरिलालले भने, “हाल हात्तीले उखुबारीमा व्यापक नोक्सानी गर्दै घरनै भत्काए ।” उखुबाली जोगाउनका लागि फलामको तार तानेर विद्युतीय करेन्ट छाड्दा हात्तीले बारीभित्र पस्न नसकेको झोकमा घर भत्काएको उनको भनाइ रहेको छ ।

हात्ती नियन्त्रण गरी घरमै सुरक्षित रुपमा बस्ने वातावरण सिर्जना गरिदिनका लागि तीनवटै पीडित परिवारले सम्बन्धित निकायसँग आग्रह गरेका छन् । गाउँपालिकाको वडा नं ३ र ४ मा गरी हात्तीले स्थानीय किसानको झण्डै ५० बिघा बढी जग्गामा लगाइएको उखुखेतीमा क्षति पुगाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भए पनि निकुञ्ज कार्यालयले नियन्त्रणका लागि कुनै पनि प्रयास नगरेकोप्रति गाउँपालिकाका जनप्रतिनिधिले असन्तुष्टि व्यक्त गरेका छन् ।

स्थानिय बासिन्दाले व्याकहोलोडेर र ट्रयाक्टरको सहायताले दिउँसै आउने हात्ती भगाउने कार्य गर्दै आएका छन । नजिकैको वन क्षेत्र (खर्रानाला) मा दुईवटा हात्तीले छावा पाएकाले भदौ महिनादेखि हालसम्म हात्तीको बथान लालझाडी गाउँपालिका नजिकको वन क्षेत्रका बस्दै आएको छ ।

उखुबाली जोगाउन कुरुवा बसेका खल्लाजाँइका रामदल रानालाई गत महिना हात्तीको बथानले ज्यान लिइसकेको छ । हात्ती दैनिक कहिले साँझ, कहिले दिउसै उखबारीमा पस्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ । हात्तीले थप मानविय क्षति पु¥याउने डरले स्थानीय बासिन्दाले गाउँपालिका क्षेत्रमा रातिका बेला हिँडडुल गर्ने कार्यमा रोक लगाएका छन् ।

लालझाडी सव डिभिजन वन कार्यालयका प्रमुख करुणाकर जोशीले वन संरक्षणको कार्य छाडेर एक महिनादेखि कार्यालयका रहेका सात जना कर्मचारीले स्थानीय बासिन्दासँगै खटिएर हात्ती धपाउने कार्यमा संलग्न हुनुपरेको बताए । “रात दिन नभनी हात्ती धपाउने कार्यमा खटिएका छौँ”, उनले भने, “हात्तीले सबैभन्दा बढी वडा नं ४ का किसानको उखुबालीमा क्षति गरेको छ ।”

हात्तीबाट सर्वसाधारणलाई जोगाउनका लागि जनचेतना जगाउने कार्यसँगै थप मानवीय क्षति हुन नदिनका लागि सडकमा बत्तीको व्यवस्था गर्ने, साइरन बजाउने, ट्रयाक्टरको हर्न बजाउने कार्यमा पनि लाग्दै आएको उनको भनाइ रहेको छ । उनका अनुसार छावासहितको हात्तीको सङ्ख्या २४ रहेको छ ।

फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन

 फिलिपिन्सको राजधानी मनिलाको एक आवासीय समुदायमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा दुई हजार व्यक्ति घरविहीन भएका स्थानीय अधिकारीले बताएका छन्।

मनिला सिटी फायर डिपार्टमेन्टका अग्निनियन्त्रक अलेजान्ड्रो रामोसले पत्रकारहरुलाई बताएअनुसार मनिलामा बिहान भएको आगलागीबाट करिब एक हजार घरटहरा जलेर नष्ट भएका छन् ।

फिलिपिन्सको वायु सेनाले ‘मनिला बे’ क्षेत्रमा अवैध बसोवास गर्नेहरूको जलिरहेको वस्तीको आगो निभाउन पानीको प्रयोग गर्न हेलिकप्टरहरू पठाएको थियो। फिलिपिन्सको तटरक्षक बलले पनि आगो नियन्त्रणमा लिन चारवटा दमकल पठाएको जनाएको छ ।

आगो नियन्त्रणमा लिन करिब ३० वटा दमकल घटनास्थलमा जम्मा भएका थिए । यद्यपि, खाडीबाट आएको तीव्र बतासका कारण आगोको तीव्र फैलावट भएको रामोसले बताउनुभयो । उहाँका अनुसार, साँघुरो सडकका कारण आगो नियन्त्रणमा थियो ।

आगलागीपछि भागेका बासिन्दाहरू सडकमा जम्मा भएका कारण पनि अग्निनियन्त्रकलाई बस्तीभित्र पस्न गाह्रो भएको थियो ।

मनिला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयले स्थानीय समयअनुसार दिउँसो २ बजे आगलागी भएको घोषणा गरेको हो । अहिलेसम्म कुनै हताहत भएको खबर प्राप्त नभए पनि आगो निभाउने क्रममा केही अग्निनियन्त्रकहरू घाइते भएका छन्।

आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गाजामा इजरायलले गर्‍यो एक हजार भन्दा बढी डाक्टर र नर्सको हत्या

गाजा । इजरायलले गाजामा एक हजार भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको छ । सन् २०२३ अगस्त ७ मा शुरु भएको हमास–इजरायलको युद्धमा एक हजार भन्दा बढी डाक्टर र नर्सहरुको हत्या गरेको हो ।

लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

काठमाडौँ, १० मङ्सिर : इजरायली सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहयोगी येचिएल लेइटरलाई संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूतमा मनोनीत गरेको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी प्रशासनमा इजरायलका लागि अमेरिकी राजदूतका लागि कट्टर राष्ट्रवादी नेता माइक हकाबीलाई नियुक्त गरेपछि यो घोषणा गरिएको हो ।

“सरकारले संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा येचिएल लेइटरको नियुक्तिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेतन्याहूका पूर्व सल्लाहकार ६५ वर्षीय लेइटर अमेरिकी मुलका इजरायली हुनुहुन्छ र हाल कब्जा गरिएको वेस्ट बैङ्कका बासिन्दा हुनुहुन्छ ।

अमेरिकी रिपब्लिकन पार्टीनिकट लेइटर सन् १९९० को दशकमा वेस्ट बैंकमा इजरायली बसोवास गर्नेहरूको प्रतिनिधित्व गर्ने छाता समूह येशा काउन्सिलका नेतामध्ये एक हुनुहुन्थ्यो ।

उहाँ नेतन्याहूको लिकुड पार्टीका सदस्य पनि हनुहुन्छ र हाल इजरायली थिंक ट्यांकको रणनीतिक सल्लाहकारको रूपमा काम गर्नुहुन्छ ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजापट्टी आक्रमण सशक्त बनाएपछि भएको झडपका क्रममा लेइटरका छोरा मोशेको सन् २०२३ को नोभेम्बरमा गाजा पट्टीमा मृत्यु भएको थियो ।

छोराको जन्मदिनमा साउँदद्धारा विद्यार्थी र शिक्षकलाई ट्«याकसुट प्रदान

दार्चुला, १० मंसि ।
अमेरिकाको भर्जिनिया राज्यको रेष्टन टाउनका गजेन्द्र साउँदले छोरा सविनको पहिलो जन्मदिनको अवसरमा आफ्नो जन्मथलो दार्चुलाको लेकम गाउँपालिका– १ सर्मोलीस्थित प्राथमिक विद्यालयमा सहयोग गरेका छन् ।

उनले लेकमस्थित केदारनाथ आधारभूत प्राथमिक विद्यालयमा अध्ययनतरत ६० विद्यार्थी, पाँच शिक्षक र एक जना परिचर सहित ६६ जनालाई ट्«याकसुट सहयोग गरेका हुन् । सोही अवसरमा विद्यार्थीहरुलाई चकलेट समेत प्रदान गरिएको थियो ।

साउँदले केक काटेर छोराको जन्मदिनमा पाटी दिएर खर्च गर्नुभन्दा आफ्नो जन्मथलोका विद्यार्थीहरुलाई न्यानो लुगा सहयोग गर्नु उचित लागेर विद्यालयका सम्पूर्ण शिक्षकसंगै विद्यार्थीहरुलाई ट्«याकसुट र चकलेट प्रदान गरेको बताए ।

उनका बुवा केशव सिंह साउँद, आमा धना साउँद र दाई करन साउँदले आईतवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थी र शिक्षकलाई सहयोग सहयोग सामग्री हस्तान्तरण गरे ।

जनताका असली डाक्टर विएस बोहरा

देशकै सिमान्त जिल्ला दार्चुला । र दार्चुलाको पनि सिमान्त वस्ती, व्यास । व्यासका पछाडि कहिले गाँउ पञ्चायत जोडियो । कहिले गाँउ विकास समिति । र अहिले जोडिएको छ,गाँउपालिका । व्यासी सौका जातीको थातथलो व्यासको परिचय भने फेरिएको छैन । उस्तै छ, व्यास । अनि उस्तै छ, छाङरु । त्यही व्यासको छाङरुमा २०१६ साल भदौ ११ गते कृष्णजन्माष्टिको दिन सौका जातीमा जन्मिएका हुन्, बिसन सिंह बोहरा ।


बुवा रायमल सिंह बोहरा र आमा बीरमा देवी बोहराका माहिला सन्तानका रुपमा जन्मिएका उनका चार दाजुभाई र दुई दिदी थिए । उनका बुवा व्यापारी थिए । भारतका सामान तिब्बत लगेर बेच्थे । फर्किदा तिब्बतबाट पश्मिना ल्याएर नेपालमा बेच्थे । बुवा व्यापारमा संलग्न भएकोले उनको परिवारको आर्थिक अवस्था राम्रो थियो । पाँच कक्षामा पढाई छाडेर व्यापारमा लागेका उनका बुवालाई छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेत थियो ।

बुवाको त्यही चेतले उनले विद्यालय जाने अवसर पाए । सात वर्षको उमेरमा उनी गाँउकै प्राथमिक भाषा पाठशालामा भर्ना भए । त्यहाँबाट पाँच कक्षा उत्तीर्ण भएपछि उनलाई बुवाले पढाउनकै लागि काठमाण्डौं लगे । उनलाई अहिले पनि त्यो दिन याद छ । उनलाई काठमाण्डौं पु¥याउन उनका बुवासंगै आमा पनि गएकी थिईन । र गाँउबाट ठूलै समूह व्यासबाट काठमाण्डौं लागेको थियो । भारतको बाटो भएर बिरगञ्जबाट नेपाल पसेको उनको बुवाको त्यो समूह छ दिनमा काठमाण्डौं पुगेको थियो ।

काठमाण्डौंको प्रचण्ड मेमोरियल स्कुलमा कक्षा ६ मा भर्ना गरेर बुवा आमा फर्किदा उनी निकै रोएका थिए । ११ वर्षका उनलाई छोडेर फर्किदा आमा पनि निकै रोएकी थिईन । उनी आमाबुवासंगै दार्चुला फर्किन चाहन्थे । उनलाई त्यहाँ पढ्ने पटक्कै मन थिएन ।

उनी दार्चुलाको व्यासबाट काठमाण्डौंको बोर्डिङमा पढ्ने पहिलो विद्यार्थी थिए । उनका लागि काठमाण्डौं नयाँ ठाउ थियो । चिनेजानेका मान्छे थिएनन । न उनले त्यहाँको भाषा बुझ्थे । न उनको भाषा अरुले बुझ्थे । त्यहाँ घुलमिल हुन र भाषा बुझ्न उनलाई छ महिना लाग्यो । भागेर घर जान पनि सक्दैनथे । न उनलाई घरजाने बाटो थाह थियो । न त एक्लै घर जान संभव थियो । उनले ८ कक्षासम्म प्रचण्ड मेमोरियल स्कुल पढे । त्यहीबेला स्कुल बन्द भयो । त्यसपछि उनी फर्पिङको त्रिभुवन आदर्श माविमा नौ कक्षामा भर्ना भए । त्यहीबाट उनी अर्को वर्ष प्रथम श्रेणीमा उत्तीर्ण भए ।

पढाईमा अब्बल उनी विद्यालयका मेधावी छात्र थिए । अतिरिक्त क्रियाकलापमा पनि अब्बल । उनी अनुशासित थिए । अनुशासनमा उत्कृष्ट विद्यार्थीको अवार्ड पाएपछि खुशी हुदै उनले दाई गोपाललाई सुनाए । जवाफमा दाईले भनेको कुरा अहिलेपनि सम्झिन्छन्,यो अवार्ड त धेरै सोझो विद्यार्थीले पाउछ । तिमी धेरै सोझो भयौ ।

उनी त्यहाँ पढ्दै गर्दा उनका दाई गोपाल भारतबाट पढाई सकेर नेपाली सेनाको लेफिट्नेण्ट भईसकेका थिए । त्यसपछि भने काठमाण्डौंमा दाई नै उनका साथी र अभिभावक भए । वर्षदिनमा अढाई महिनाको हिउदे विदा हुन्थ्यो । विदामा उनी दाईसंगै दार्चुला आउथे ।

विदा सकेर काठमाण्डौं फर्किने समय नजिकिदै गर्दा सकभर घर छोड्न नपाए हुन्थ्यो भन्ने लाग्थ्यो । र घर छाड्नुपर्दा उनी रुन्थे । बुवाआमाको निर्णयका अगाडि उनको बालहठको सुनुवाई हुन्थेन । अनि आँशु पुछ्दै उनी काठमाण्डौं लाग्थे ।


एसएलसी दिदासम्म उनको केही योजना थिएन । कुनै सपना थिएन । बुवा चाहन्थे, छोरा पढेर गाँउमै फर्कियोस र व्यापार गरोस । हो, उनलाई गाँउ छेउमा भारतीय सेनाको क्याम्पमा सेनाका डाक्टरहरुको मान,सम्मान र शान देख्दा कता कता डाक्टर हुन पाए हुन्थ्यो भन्ने लाग्थ्यो । व्यासमा स्वास्थ्यचौकी र डाक्टर थिएनन । उपचारका लागि सदरमुकाम खंलगा जान संभव हुन्थेन । र कोही बिरामी भए भारतीय डाक्टरको भर पर्नु पथ्र्यो ।

एसएलसीमा राम्रो नतिजा आएपछि उनी भर्ना भए, अमृत साईन्स क्याम्पस । र उनले विषय छाने, बायोलोजी । उनको एउटै उद्देश्य थियो, पढ्नु । पढ्नु । अनि पढ्नु । त्यो बाहेक उनका अन्य कुनै नीजि सपना र ईच्छा थिएनन । एसएलसीमा झै आईएस्सीमा राम्रो अंक ल्याएर उत्तीर्ण भए । बीएस्सीको पढाई शुरु गरे । त्यही बेला उनले कोलम्बो प्लानको छात्रबृतिका लागि परीक्षा दिए । यता पढाईलाई पनि जारी राखे । कोलम्बो प्लान अन्तर्गत नौ जनालाई एमवीवीएस अध्ययनका लागि छात्रबृति दिईन्थ्यो । जसमध्ये दुर्गम क्षेत्रका लागि दुई वटा कोटा छुट्याईएको थियो । उनले दुर्गम कोटा अन्तर्गत परीक्षा दिएका थिए । दुई वटा कोटामा पनि अत्यन्त प्रतिस्पर्धा हुन्थ्यो । छानिन त्यति सजिलो थिए ।

बीएस्सी प्रथम वर्षमा पढ्दै थिए । कोलम्बो प्लानको छात्रबृतिको नतिजा आयो । छनौट हुनेमा उनको नाम पनि थियो । उनको खुशीको सीमा नै रहेन । यतिधेरै खुशी उनी कहिल्यै भएका थिएन । एउटा नतिजाले घर छोड्दाको पीडा सबै बिर्सिए ।
र त्यही छात्रबृतिले उनको जीवनको गन्तव्य क्लियर भयो । अव डाक्टर बन्ने । छात्रबृति पाएको केही दिनपछि उनी एमवीवीएस अध्ययन गर्न भारतको पट्ना पुगे ।

उनी एमवीवीएसको अन्तिम वर्षको पढाई पुरा गर्दै थिए । त्यहीबेला उनले बुवा सिकिस्त बिरामी भएको खवर पाए । विदा लिएर बुवालाई भेट्न घर पुगे । त्यहाँ पुग्दा उनका बुवाको मृत्यु भईसकेको थियो । उनले त्यहाँ पुगेपछि थाह पाए, उनी पट्नामै छदा बुवाको मृत्यु भईसकेको थियो । तर उनी बुवाको मृत्युको खवरले नआत्तिउन भनेर उनलाई परिवारजनले बिरामी भएको खवर गरेर बोलाएका रहेछन् ।

त्यही वर्ष उनले एमवीवीएसको पढाई पुरा गरे । पटना मेडिकल कलेजमा एक वर्षे ईन्टर्नशीप पनि पुरा गरे । उनको नयाँ परिचय बन्यो, डा.बीएस बोहरा । र बने, व्यासी सौका जातीको पहिलो डाक्टर । एमवीवीएस उत्तीर्ण हुदा उनी छात्रबृतिका लागि छानिएको दिनभन्दा पनि अझ बढि खुशी भएका थिए । तर उनी डाक्टर भएको उनका बुवाले भने हेर्न पाएनन ।

एमवीवीसको पढाई पुरा गरेपछि उनलाई सर्जरीमा पोष्ट ग्राजयुट गर्ने तिब्र ईच्छा थियो । ईन्टर्नशीप र केही समय मेडिकल अफिसर भएर काम गरे । त्यहीबेला पोष्ट ग्राजुयटको तयारी गरे । र दरभंगा मेडिकल कलेजमा उनले एमएस (मास्टर अफ सर्जरी)को परीक्षा दिए ।

परीक्षा दिएर उनी काठमाण्डौं आए । त्यसको केही महिनापछि उनको ठेगानामा एउटा चिठ्ठी आयो । दरभंगा मेडिकल कलेजले पठाएको त्यो त्यो चिठ्ठीले उनको एमएस गर्ने सपना पुरा ग¥यो । उनी एमएसको छात्रबृतिमा छानिएको जानकारी पत्र थियो,त्योे ।

यो उनको जीवनको तेस्रो अवस्मरणीय क्षण थियो । गीताको सारले भन्छ, कर्म गर । फलको आशा नगर । त्यसको अर्थ के फलको आशा नै नगर्नु भनेको हो त गीताले ? पक्कै होईन । कर्म गरेपछि फल अवस्य पाईन्छ भन्ने त्यसको सार हो । जस्तो कर्म ग¥यो, त्यस्तै फल पाईन्छ ।

डा.वीएस बोहराको जीवनमा पनि यही कुरा लागु भयो । उनले बस, कर्म गरे । र त्यसको फल पनि प्राप्त गरिरहे ।

एमएसको छात्रबृति पाएपछि उनको ठूलो ईच्छा पुरा भयो । र उनी जीवनको सबैभन्दा ठूलो सपना पुरा गर्ने अठोट लिएर दरभंगा मेडिकल कलेज लगे । २०४६ सालमा एमएसको पढाई सकेर उनी फेरि काठमाण्डौं फर्किए । त्यही वर्ष खुलेको लोकसेवाको परीक्षा दिए । पास त भए । तर २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका कारण उनले नियुक्ति पाउन छ महिना लाग्यो । र नियुक्ति पत्र पाएसंगै उनको जीवनको नयाँ अध्यायको थालनी भयो–चिकित्सा सेवा ।

उनको पहिलो पोष्टिङ कञ्चनपुरको महाकाली अञ्चल अस्पताल भयो । त्यहाँ पाँच वर्ष उनले सेवा गरे । उनी त्यहाँ छदै बर्न एण्ड प्लाष्टिक सर्जरी सम्बन्धि एक वर्षे तालिमका लागि छानिए । त्योसंगै उनको सरुवा भयो, बीर अस्पताल काठमाण्डौं । उनी त्यसपछि तालिमका लागि पुगे, चण्डीगढ । पीजीआईमा आठ महिना तालिम लिए । र थप चार महिना तालिमका लागि उनी चण्डीगढबाट दिल्लीको सफदरगञ्ज अस्पताल पुगे ।

एक वर्षको तालिस सकेर भारतबाट पुनः काठमाण्डौं फर्केर उनले बीर अस्पतालमा सेवा शुरु गरे । बीर अस्पतालमा पाँच वर्ष रहदा उनले बर्न डिपार्टमेण्टमा काम गरे । बढुवासंगै त्यहाँबाट सरुवा भएपछि उनी पुगे, झापाको मेची अञ्चल अस्पताल । उनको दक्षता र ज्ञान काम लाग्ने बर्न युनिट त्यहाँ थिएन । न त सर्जिकल टीम नै । शुरुमा त, उनलाई त्यहाँ गएर के गर्ने भन्ने लागेको थियो । तर पनि उनले आफ्नो दक्षता, ज्ञान र सीपलाई बिरामीहरुको उपचारमा प्रयोग गरे । त्यहाँ रहदा थुप्रै खुँडे र आगोले जलेकाहरुको उपचार गरे । झापा रहदाको एउटा घट्नाले उनलाई अहिले पनि तर्साउछ । उनी आफ्नो कोठामा सुतेका थिए । राती भुकम्प गयो । उनको कोठाको छत खस्यो । उनी मुस्किलले बाँचे । उनलाई चोटपटक त लागेन । तर धेरै दिन उनलाई त्यो घट्नाले लखेटिरह्यो । डराईरह्यो । केही दिन त उनले काम नै गर्न सकेनन ।

मेची अञ्चल अस्पतालमा सरुवा भएको छ महिनापछि तत्कालिन स्वास्थ्यमन्त्री डा. रामवरण यादवले उनलाई बिराटनगरस्थित कोशी अञ्चल अस्पताल खटाए । डा. नागेन्द्र बस्नेत कुटिएको घट्ना आलै थियो । उनी अस्पताल भित्रै निर्घात कुटिएर गम्भीर घाईते भएका थिए । बिरामीको उपचारका लागि सरुवा गरिएका डा.बोहराले घाइते डाक्टरकै उपचारबाट त्यहाँ सेवा शुरु गरे । बिराटनगर राजनीतिको केन्द्र थियो । र कोशी अञ्चल अस्पताल सबै नेताहरुको चासो । जहाँ उनले पाँच वर्ष बिताए । जति असहज परिस्थिति भएपनि उनले सहजढंगले बिरामीको सेवा गरे ।

आफ्नो दक्षता, बिज्ञता र सीप अनुसार सेवा दिन नपाएकोमा उनी आफ्नै कामसंग सन्तुष्ट हुन सकेका थिएनन । उनले एक वर्ष विदा लिए । र त्यो अबधिमा बिभिन्न जिल्लामा ४० भन्दा बढि क्याम्प गरे । सयौंको संख्यामा खुँडे, आगोले पोलेका, हात,खुट्टा खुम्चिएकाहरुको उपचार गरे । खुँडे भएकै कारण अपहेलित भएकाहरुको जीवनमा उनले खुशी भरे । बाँच्ने चाहना नभएकाहरुलाई चाहना दिए । र दिए, उनीहरुको अनुहारमा मुस्कान । उनीहरुको त्यही मुस्कानले डा.बोहराले आफूलाई त्यस्ता बिरामीहरुको सेवामा समर्पित गरिरहे ।

२०६१ सालमा डा. बोहराको बिराटनगरबाट सेती अञ्चल अस्पताल धनगढीमा सरुवा भयो । जतिबेला डा. गणेश बहादुर सिंह, डा. बिधाननिधि पौडेल र डा.हेमराज पाण्डेय सहित तीन जना डाक्टर थिए । न सर्जिकल टीम थियो । न त बेहोस गर्ने डाक्टर । न त आवश्यक उपकरण नै । त्यसका बाबजुद पनि उनले आफ्नो बिशेषज्ञतालाई बिरामीको जीवन जोगाउन पुरै प्रयोग गरे । उनी धनगढी सरुवा भएर आएपछि नै सर्जरी हुन थाल्यो । अप्रशेनहरु हुन थाले । सानोभन्दा सानो शल्यक्रियाका लागि बाहिर जानुपर्ने यस क्षेत्रका बिरामीको बाध्यताको धेरैहदसम्म समाधान भयो । उनले अप्रेशन गरी सयौको ज्यान जोगाए ।

बिगत डेढ दशकमा सेती अञ्चल अस्पतालको डाक्टरहरुको दरबन्दी थपिएसंगै सेवा सुबिधा पनि थपिए । सर्जिकल टीम तयार भयो । र थपियो, आईसियु सुबिधा । र केही जटिल अप्रेशन बाहेक थुप्रै अप्रेशन सेवा दिन सकेकोमा डा. बोहरा सन्तुष्टी व्यक्त गर्छन । तर अझै थुप्रै सेवा सञ्चालन गरेर उपचारका लागि सुदूर पश्चिम प्रदेशका बिरामी अन्यत्र जानु नपर्ने अवस्था सृजना भएमात्र पूर्ण रुपमा सन्तुष्ट हुन सकिने बताउछन् । त्यसका लागि डाक्टरहरु आफ्नो पेशा र जिम्मेवारी प्रति ईमान्दार र समर्पित हुन आवश्यक ठान्छन्, उनी । उनी संघिय सरकार र प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्यमा सबैको सहज पहुँच बनाउन बिशेष ध्यान दिनुपर्ने ठान्छन ।

उनले सेती प्रादेशिक अस्पतालमा १५ वर्ष लामो सेवा पछि २०७६ भदौमा उनले ६० वर्षको उमेरमा अवकाश पाए । जागीरे जीवनबाट अवकाश पाएको गएको भदौमा पाँच वर्ष पुग्यो । । भयो, अव पुग्यो, कति सेवा गर्नु ? उनको मनमा यो सोच कहिल्यै आएन । त्यसैले त जागीरबाट अवकाश पाएपनि उनले बिरामीको उपचार गर्ने नित्यकर्मबाट भने अवकाश लिएका छैनन । भन्छन्, शरीरले साथ दिएसम्म बिरामीको सेवा गरिरहनेछु ।

डा. बोहरा कुशल सर्जन मात्र होईनन । उनी हरपल बिरामीको सेवामा खटिरहने जिम्मेवार डाक्टर पनि हुन् । उनलाई लिएर आलोचना गरेको वा उनले आफ्नो ड्युटी राम्रो संग निर्वाह गरेनन भनेर कहिल्यै सुनिएन । चिकित्सकमाथि अस्पतालका बिरामी आफ्नो निजी क्लिनिक र निजी अस्पतालमा लैजाने गरेको आरोप लाग्दै आएको छ । डा.बोहरा ड्युटी अबधिमा क्लिनिक पसेनन । कतिसम्म भने, उनले क्लिनिकमा आएका गरीव बिरामीलाई अप्रेशन गर्न जहिल्यै सरकारी अस्पताल पठाए । डा. बोहरा भने अपवाद थिए । क्लिनिकलाई लिएर उनले कहिल्यै चिन्ता गरेनन । उनको जहिल्यै एउटै चिन्ता रह्यो,समाजले सम्मान गर्ने चिकित्सक पेशा कही सेवामुखी भन्दा व्यवसायीमुखी त भईरहेको छैन ।

सन १९९० मा भारतको पिथौरागढको चौदासबाट सौका जातीकी मदाल्सा ह्यांकीसंग मागी बिबाह गरेका उनका एक छोरा उज्ज्वल छन् । छोराले पनि उनकै मार्ग पछ्याएका छन् । उनका छोरा एमवीवीएसको पढाई सकेर बिरामीको सेवा गरिरहेका छन् । उनकी पत्नी भारतको हल्द्धानीमा युनियन बैंकमा सिनियर अफिसर छन् । कहिलेकाही उनलाई लाग्छ, परिवारलाई समय दिन पाएन । उनी फेरि सोच्छन्, जनताको सेवा गर्न सबैले कहाँ पाउछ ? त्यही सेवाका कारण सम्मानपूर्वक बाँच्न पाएको छु । आर्थिक अभावका कारण सन्तानले पढ्नबाट बञ्चित हुनुपरेको छैन । यही सम्झेर उनी चित्त बुझाउछन् । र आफूभित्र असन्तुष्टिलाई हुर्कन दिदैन ।

व्यासबाट सदरमुकाम खलंगा आउन चार दिन लाग्छ । खंलगा आउन भारत टेक्नैपर्छ । भारत छेउमै जोडिएको । तिब्बत भने डेढ दिनको पैदल दूरीमा छ । यही कारण अहिलेपनि व्यासका अधिकांश वासिन्दाको तिब्बत र भारतसंग सोझो सम्पर्क र सम्बन्ध छ । हिउपर्न थाले पछि छ महिनाका लागि सपरिवार खलंगा सर्छन, व्यासी समुदाय ।

जति दुर्गम भएपनि आफ्नो थाँतथलोको माया कसलाई हुदैन । डा.बोहराका मनमा पनि अथाह माया छ, आफ्नो जन्मथलोप्रति । बाल्यकाल र पुरै जीवन बाहिर अध्ययन र सेवाका सिलसिलामा बाहिर बिताउनु परेपनि उनले अपी हिमालको काखमा रहेको गाँउ, अपी हिमाल, त्यो छांगा, त्यो सुसेलिदै बग्ने महाकाली र तिंकर नदी अझै बिर्सेका छैनन । र त भन्छन्, फर्केर त्यही जाने मन छ ।

डा. बोहरा आठ वर्ष अघि सौका जातीको वार्षिक साधारण सभामा सहभागी हुन हेलिकोप्टरमा व्यास पुगेका थिए । हेलिकोप्टरबाट झरेका के थिए, उनी निकै भावविह्वल भए । वर्षौपछि गाँउमा पाईला टेकेका उनले आँशु थाम्न सकेनन । झण्डै एकघण्टासम्म उनका आँखाबाट आँशु झरिरहयो । गाँउको मायाले त्यसरी रुने उनी एक्ला थिएनन । नेपाल र भारतका बिभिन्न ठाउबाट आएका सौका जातीका महिला पुरुष सबैका आँखाबाट आँशु झरिरहेका थिए ।

शल्यक्रिया गर्ने डाक्टरका आँखामा आशु ? कसैले यस्तो भन्लान भन्ने पीर भएन । आँखिर डाक्टर भित्र पनि त मन हुन्छ ।
सायद कसैले प्रश्न गरेको भए उनले यही जवाफ दिन्थे ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १० मंसिर ।

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर हेरफेर गरेको गरेको छ ।

आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको   छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ९६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १३  पैसा र बिक्रीदर एक सय रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९१ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८७ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३१ पैसा,साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६० पैसा र बिक्रीदर नौ रुपैयाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २१ पैसा र बिक्रीदर १२ रुपैयाँ २७ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ  ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ र बिक्रीदर चार सय ३९ रुपैयाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ २० पैसा तय भएको छ ।

यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ५० रुपैयाँ १८ पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ ७४ पैसा तय भएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।

प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौँ, १० मंसिर ।
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजीे) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो ।

बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईद्धारा जारी बिज्ञप्तिका अनुसार डिआईजी बढुवामा सिफारिस हुने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विक रहेका छन् ।

उनीहरुलाई आइतबार बढुवा समितिको बैठकले निर्णय गरी बढुवाका लागि सिफारिस गरेको हो ।

दुई कार्यकाल उपाध्यक्ष भएकी सीता जो भारतमा भाँडा माझ्थिन्

भानुभक्त आचार्य बाजुरा ।

२०५९ सालदेखि ०६४ सालसम्म भारतको दिल्लीमा अरूको भाडा धुने, भात पकाउने काम गरेकी सीतालाई त्यो बेला नेपाली मै फर्किएर केही नयाँ गर्ने योजना नआएको भने होइन । तर, आर्थिक सङ्कटले थलिएको हुँदा दुई छाक टार्न र दुई जोर लगाउन नै उनले दैनिक रूपमा अरूको घरमा काम गर्न बाध्य भइन् ।

त्यो बेला सिताले भाडा र लुगा धोएर, खाना पकाएर एक हजार पाँच सयदेखि तीन हजार रुपियाँ सम्म पारिश्रमिक पाउँथिन् । उनका श्रीमान् पनि उनीसँगै मजदुरी गर्थे । उनको काम अरूको गाडी धुने त्यसबापत पैसा लिने थियो । यसरी दुवै जनाको रकम मासिक करिब २५/३० हजार हुन्थ्यो । तर, सीतालाई त्यतिमै समय बिताउनु थिएन । विवाह भएको दोस्रो वर्ष श्रम गर्न भारत पसेका श्रीमान्लाई उनले फेरि आफ्नै गाउँ फकिएर केही नयाँ गर्न सल्लाह लिइन् ।

‘घर फर्किने रहर नभएको त होइन तर, यहाँ आएर के गर्ने भन्ने चिन्ताले साउने गरेको थियो’ ती दिन सम्झिँदै उनले भनिन्, ‘भारतबाट चाँडै नेपाल फर्किएर केही गर्ने सपना थियो । तर, त्यो सपना पुरा गर्न हामीसँग पर्याप्त पैसा थिएन। ’

सीता विवाह भएकै दोस्रो वर्ष उनीहरू भारत लागेका थिए । त्यहाँ उनीहरूले पाँच वर्ष बिताए ।
‘यहाँ बस्न सकिँदैन भनेर भारत गयौँ । भारतको दिल्ली गएर भाडा धुने ,लुगा धुने काम गरे । श्रीमानने गाडी धुने काम गर्नुभयो । पाँच वर्ष त्यही बित्यो । अब धेरै समय बिताउनु हुँदैन भन्दै नेपाल फर्कियौँ’ उनले फेरि विगत सम्झिन् ।

जसोतसो थापा दम्पती भारतबाट घर फर्किए ।मिलेर सानो व्यापार सुरु गरे । श्रीमानले व्यापार चलाउन थाले सीताको चासो व्यापारसँगै राजनीति तर्फ पनि लाग्दै गयो ।

सीता सानै हुँदा बुवा बिते । आमाले हुर्काइन् । उनीमा पढ्ने रुचि हुँदा हुँदै पनि त्यो बेला छोरीलाई पढाउन हुँदैन भन्ने अज्ञानको सिकार पनि आमा भइन् । तर, दाजुहरूको कारणले उनले पढ्न पाइन् । आफ्नो सपना साकार गर्न पाइन् ।

२०६९ सालमा नेकपा एमाले बाजुरा जिल्लाको वैकल्पिक जिल्ला कमिटी सदस्य रहेकी सीता त्यो भन्दा पहिले विद्यार्थी अवस्थामा अखिलमा सक्रिय थिइन् । विद्यार्थी राजनीतिबाटै प्रखर वक्ता रहेकी उनलाई एमालेले २०७४ मा पहिलो पटक गौमुल गाउँपालिकाको उपाध्यक्षमा टिकट दियो ।

उनले सहजै जित हात पारिन् । दोस्रो पटक २०७९ मा पनि उनको जितको बाधक कोही बन्न सकेनन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदा पनि सीताको लोकप्रिय मत आयो । यहाँका अध्यक्ष हरि बहादुर रोकाया पनि पहिलो र दोस्रो कार्यकाल निर्वाचित भएका हुन् ।

जनता र पार्टी दुवैले विश्वास गरेको हुँदा आफू दोस्रो कार्यकालमा पनि लोकप्रिय मतसहित विजय भएको उनलाई लाग्छ । ‘पहिलो कार्यकालमा घोषणा पत्र अनुसार काम गरेको थिए पार्टी र जनता दुवैले त्यसको राम्रो मूल्याङ्कन गर्नुभएको रहेछ दोस्रो पटक पनि टिकट पाए र जिते,’ उनले भनिन् । विगतको बाँकी काम पुरा गर्नु नै पहिलो लक्ष्य रहेको उनी बताउँछिन् ।

आफ्नो कार्यकालमा महिला सहभागिता निकै उत्साहपूर्ण अवस्थामा रहेको उनको दाबी छ ।

‘उपभोक्ता समितिमा ५० प्रतिशत महिला सहभागिता गरेका छौँ’ उनले भनिन् ‘एक घर एक महिला क्याप्टेन, एक टोल एक महिला समूह, एक वडा एक महिला अधिकार मञ्च बनाउने उनको नीति जिल्लामै प्रभावकारी बनेको छ।’

कुसंस्कारको अन्त्य गरेको, मदिरा व्यवस्थापन गरेको उनी सफल काम मान्छिन् । मदिरा व्यवस्थापनले ७५ प्रतिशत झैझगडा र घरेलु हिंसा कम भएको उनलाई लाग्छ । गाउँपालिकामा सुरु गरेको स्वास्थ्य शिविरबाट थुप्रैले स्वास्थ्य लाभ लिएका छन् ।

विद्यालयमा किशोरी मैत्री वातावरण बनाइएको छ । पहिले महिनावारी हुँदा विद्यालयमा नजाने किशोरीहरू अहिले विद्यालय छोड्दैनन् ।

‘विद्यालय मै अहिले सेनेटरी प्याड पाइन्छ ।अभिभावक शिक्षा मार्फत महिनावारीमा पनि विद्यालय जान लाग्नुपर्छ भनेर लागिरहेका छौँ त्यसले विद्यार्थीको संख्यामा कमी आएको छैन’ उनले भनिन् ।

सीता उपाध्यक्षको उम्मेदवार बन्दा पहिलो वर्षको घोषणा पत्रमा १९ बुँदा थिए । ती मध्ये महत्त्वपूर्ण योजनाहरू सुरु गरे पनि धेरै काम गर्न नसकेको उनलाई लाग्छ ।

‘पहिलो कार्यकालमा धेरै कुरा गर्न सकेका छैनौँ । त्यसलाई निरन्तरता दिने लक्ष्य रहेको छ । सबै वडाहरूमा सडक पुराउने जोड्ने लक्ष्य छ । अर्को समुदायलाई सकारात्मक सोचको विकार गर्नु छ । सुशासन, स्वास्थ्य शिक्षा र विकासलाई जोड दिएका छौँ’ उनले भनिन् ‘विद्यालयको शिक्षामा सुधार गर्ने लक्ष्य छ । पहिले शून्य थियो अहिले ५० भएको छ अब १०० बनाउनु छ ।

प्रदेश र संघीय सरकारले उचित सहयोग नगरेको उनी बताउँछिन् । महिलालाई राजनीति गर्न सहज नभएको उनलाई लाग्छ ।

‘महिलालाई राजनीति गर्न सकस छ । पितृसत्तात्मक सोच छ । मैले त्यो चुनौती चिर्दै गइरहेको छु । महिला इमानदार हुन्छन् महिलाले नेतृत्व गरेका स्थानीय तहमा पनि राम्रो भएको छ ’ उनी भन्छिन्, ‘संविधानमा व्यवस्था नभएको भए उपाध्यक्ष पदमा पनि महिलाको उपस्थिति रहँदैन थियो होला ।’

राजनीतिमा लागेपछि परिवारलाई पर्याप्त समय दिन नसकिरहेको उनलाई लाग्छ । भारतमा भाडा माझ्ने कामदेखि दोस्रो पटक उपाध्यक्ष निर्वाचित हुँदासम्म परिवार, पार्टी र जनताको साथ आफूलाई पर्याप्त भएको उनी बताउँछिन् ।

‘समाज बनाउने जिम्मेवारी हुँदा परिवारको जिम्मेवारीमा कमजोर भएको आभास हुन्छ तर, घरपरिवार र समाज जनता र पार्टीले धेरै विश्वास गर्नु भएको छ मैले त्यही विश्वास अनुसार जिम्मेवारी पुरा गर्दै गइरहेको छु ’ उनले भनिन् ।

दुई कार्यकाल उपाध्यक्ष भइसकेकी सीतालाई अब अध्यक्ष बन्ने रहर छ । ‘दुई कार्यकाल काम गरेको अनुभव र सीपले पनि अब नेतृत्वको जिम्मेवारी पाए अध्यक्षको जिम्मेवारी सहजै सम्हाल्न सक्छु जस्तो लाग्छ ’ उनले भने, ‘त्यसको लागि मेरो जनता र पार्टीले विश्वास गर्नुपर्छ ।’

सीता शी लिड्स आइकनमा पनि परेकी छन् । देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरूसहित २७ जना महिला जनप्रतिनिधि सर्टलिस्ट भएका थिए त्यसमा उनको पनि नाम समावेश छ ।

गहुँ छर्न मल नपाएर किसान समस्यामा

खेतबारीमा गहुँ छर्ने वेला रासायनिक मल नपाएपछि स्थानीय किसानहरू समस्यामा परेका छन् । मागअनुसार आपूर्ति हुन नसक्दा कैलालीमा अहिले डिएपी मलको अभाव भएको छ । कतिपय किसान खेतबारी खनजोत गरेर ठिक्क पारे पनि मल पाउने आसमा गहुँ छर्न पर्खिरहेका घोडाघोडी नगरपालिका साढेपानीका छेदालाल चौधरीले बताए । साढे तीन बिघामा खेती गर्दै आएका उनले गहुँ छर्ने वेला हाल्नुपर्ने डिएपी मलको पर्खाइमा रहेको बताए ।

गत असोजमा लगेको ९० बोरा डिएपी मल सकिएपछि कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीसँग थप मल माग गरेको उनले बताए । यहाँ मल नपाएपछि सीमा नाकानजिकका किसान सीमावर्ती भारतीय क्षेत्रबाट लुकीछिपी मल ल्याउने गरेका छन् । सीमावर्ती कैलारी गाउँपालिकाको हसुलियाका एक किसानले भारतबाट दुई बोरा मल ल्याएर तोरी छरेको बताए । ‘गाउँको सहकारी धाउँदा मल पाइएन । पारिबाट ल्याएर तोरी छरेँ,’ उनले भने । सरकारी अनुदानको मल बिक्री गर्दै आएको कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रबन्धक नवलसिंह बोगटीले गहुँ छर्ने वेला आवश्यक पर्ने डिएपी मल मागअनुसार वितरण गर्न नसकिएको बताए । हिउँदे बालीका लागि यहाँ करिब सात हजार मेट्रिकटन डिएपी मल आवश्यक पर्ने कार्यालयको अनुमान छ । कार्यालयले साउनयता तीन हजार दुई सय ३४ मेट्रिकटन डिएपी मात्र बिक्री गरेको छ ।

हाल एक सय १९ मेट्रिकटन डिएपी मौज्दात रहेकोमा त्यसले माग धान्न नसक्ने बोगटीको भनाइ छ । विक्रेताहरूले आवश्यकताअनुसार मल नपाएको गुनासो गरिरहेको उनले स्वीकार गरे । कृषि सामग्रीले कैलालीमा चार सय १२ सहकारी तथा एग्रोभेटमार्फत मल बिक्री गर्दै आएको छ ।

‘अहिले साल्ट टे«डिङमा पनि मल छैन । तर, साउनयता साल्ट टे«डिङले पनि केही मात्रामा मल बिक्री गरेकाले अहिले करिब ८० प्रतिशत किसानले डिएपी मल पाएको अनुमान छ,’ कृषि सामग्रीका प्रदेश प्रबन्धक बोगटीले भने । अब थप मल यो महिनाको अन्त्यतिर आउने उनले बताए । त्यतिवेलासम्म किसानले गहुँ छरिसक्नुपर्छ ।

युरियाको भने तत्काल अभाव नरहेको कृषि सामग्रीले जनाएको छ । कृषि सामग्रीसँग अहिले एक हजार आठ सय ७३ मेट्रिकटन युरिया मौज्दात छ । कृषि ज्ञानकेन्द्रका अनुसार कैलालीमा करिब ३५ हजार हेक्टरमा गहँु खेती हुने गरेको छ ।

सुन र चाँदी सस्तिने भो

काठमाडौँ । सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए ।  गत बजेटमा भारतले सुनको भन्सार दर घटाएसँगै नेपालमा पनि घटाउन दबाब बढ्दै आएको थियो । भन्सार दर नघटाउँदा नेपालमा सुनचाँदी भारतबाट तस्करी समेत हुँदै आएको पाइएको थियो ।

मन्त्रिपरिषद्बाट प्रमाणित भएर आएको निर्णय भन्सार विभागलाई पठाइएको छ, अब भोलिदेखि आयात हुने सुनमा भन्सार घट्नेछ । भन्सार दर घटेसँगै अब सुन र चाँदीको मूल्य समेत घट्नेछ ।

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएका छन ।कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद ९आइपिटिपी० को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए। उनले नेपालका तर्फबाट शान्ति, सहिष्णुताको सन्देश, द्वन्द्व व्यवस्थापन र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायलाई महत्त्वपूर्ण पाठ दिनसक्ने धारणा व्यक्त गरे ।

सभामुख घिमिरेले सन् २००६ मा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई द्वन्द्वबाट शान्तितर्फको यात्रा ऐतिहासिक मोडका रूपमा रहेको बताए । “शान्ति सम्झौताले नेपालको संविधानसभामार्फत सङ्घीयता, समावेशी संरचना र प्रगतिशील शासन प्रणालीको मार्गप्रशस्त गरेको छ”, उनले भने ।

जलवायु परिवर्तन र साइबर खतराहरूलाई वर्तमान विश्वका प्रमुख चुनौतीका रूपमा चित्रित गर्दै सभामुख घिमिरेले साइबर सुरक्षाका लागि बहुपक्षीय दृष्टिकोण र अन्तर्राष्ट्रिय सहकार्यको खाँचो औँल्याए ।

शान्ति भनेको केवल युद्धको अनुपस्थिति नभई न्याय, समानता र अवसरको उपस्थिति पनि हो भन्ने कुरामा सभामुखले जोड दिए । समाजका सबै तहलाई समेटेर शान्ति निर्माणका संरचना विकास गर्न नेपालले देखाएको उदाहरणलाई उहाँले विश्वसामु प्रस्तुत गरे ।

सभामुखले सहिष्णुता, शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि नेपाल सरकार, संसद् र नागरिक समाजको प्रतिबद्धता पुनःदोहर्‍याउँदै सबै राष्ट्रहरूलाई सहकार्य र समझदारीबाट अघि बढ्न आह्वान गरे । “शान्ति उपहार होइनस यो एउटा लक्ष्य हो”, उनले भने, “शान्तिको प्रवर्द्धनका लागि सामूहिक एकता र सृजनशील प्रयास आवश्यक छ ।”

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार अस्ट्रेलियाको राजदूतमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

बेपत्ता इजरायली यहुदी धर्मगुरुको युएईमा भेटियो शव

आबुधावी । युएईमा बेपत्ता भएका एक इजरायली यहुदी रब्बी धर्मगुरुको शव फेला परेको छ । प्रधानमन्त्री बेन्जािमन  नेतन्याहुको कार्यालयले यस सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ । संयुक्त अरब इमिरेट्समा बेपत्ता भएका इजरायली–मोल्दोभा रब्बीको शव चार दिनपछि फेला परेको विज्ञप्तिमा भनिएको छ । उनी बिहीबार बेपत्ता भएका थिए ।

यहुदी विरोधी आतङ्कवादी घटनामा उनको मृत्यु भएको नेतन्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा बताइएको छ । उनको मृत्युको लागि जिम्मेवार अपराधीहरूलाई आफूले न्यायको कठघरामा ल्याउन हरसम्भव कदम चाल्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यद्यपि, यस विषयमा युएईबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । रिपोर्टका अनुसार २८ वर्षीय जाभी कोगन दुबईमा किराना पसल चलाउँथे ।

अहिलेसम्म युएई सरकारले यो आरोपबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । तर, युएईको सरकारी समाचार एजेन्सीले  डब्ल्यूएएमले भने कोगन बेपत्ता भएको स्वीकार गरेको थियो । तर उनीसँग इजरायली नागरिकता भए नभएको केही पनि भनेको थिएन । युएईको आन्तरिक मन्त्रालयले चाँहि कोगन बेपत्ता भएपछि अधिकारीहरूले उनको खोजी र बेपत्ता मामिलामा छानबिन सुरु गरेको भनेर भनेको थियो ।

अपराधीलाई सजाय मिल्नेमा इजरायली राष्ट्रपति विश्वस्त

इजरायलका राष्ट्रपति इसहाक हर्जाेगले पनि यस विषयमा आफ्नो प्रतिक्रिया दिएका छन् । कोगनको हत्याको निन्दा गर्दै उनले युएईका अधिकारीहरूलाई यस मामिलामा तत्कालै कदम चाल्नका लागि धन्यवाद दिएका थिए । साथै अपराधीलाई कानुनी कठघरामा ल्याउन अथक प्रयास गरिनेमा आफू ढुक्क भएको पनि उनले बताएका थिए ।

कोगन चबाड लुबाविच आन्दोलनसँग सम्बन्धित थिए । यो न्यूयोर्क शहरको क्राउन हाइट्सको अति रुढीवादी यहुदी धर्मको प्रमुख शाखा हो । यसका शाखाहरू अलग अलग देशमा चबाड हाउस भनेर चिनिन्छ ।

पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु

पाकिस्तान : पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा तीन दिनदेखि चलेको साम्प्रदायिक भिडन्तमा कम्तीमा ८२ जनाको मृत्यु हुनुका साथै १५६ जना घाइते भएका एक स्थानीय अधिकारीले आइतबार बताएका छन् । पाकिस्तान सुन्नी बहुल देश हो तर अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा शिया समुदायको बाहुल्यता छ र यो समुदाय दशकौँदेखि शुन्नी बहुसङ्ख्यक पाकिस्तानीको निशाना हुने गरेको छ ।

गत हप्ता प्रहरीको सुरक्षामा यात्रा गरिरहेका शिया मुसलमानका दुई छुट्टाछुट्टै समूहमाथि गत बिहीबार आक्रमण हुँदा कम्तीमा ४३ जनाको मृत्यु हुनुका साथै दुई दिनसम्म सशस्त्र झडप भएको थियो ।

“नोभेम्बर २१, २२ र २३ मा भएको झडप र प्रहरीका गाडीलाई लक्षित गरी गरिएका आक्रमणमा परी ८२ जनाको मृत्यु भएको छ भने १५६ जना घाइते भएका छन्,’ स्थानीय प्रशासनका एक अधिकारीले नाम नबताउने शर्तमा भने।

“मृत्यु हुनेमा १६ जना सुन्नी र ६६ जना शिया समुदायका व्यक्ति रहेका छन्,” उनले एएफपीसँग भने। शनिबार रातिसम्म पनि हल्का र गह्रौं हतियारसहित गोली हानाहान जारी रहेपछि करिब ३०० परिवार घर छोडी भागेका थिए ।

स्थानीय प्रशासनका एक अधिकारीले भने, “कुर्रममा मोबाइल नेटवर्क बन्द गरिएको छ र मुख्य राजमार्गमा यातायात अवरुद्ध छ।” सन् २०१८ मा खैबर पख्तुनख्वामा गाभिएसम्म अर्धस्वायत्त संघीय प्रशासित जनजातीय क्षेत्रको हिस्सा रहेको कुर्रममा प्रहरीले नियमित रूपमा हिंसा रोक्न संघर्ष गर्दै आएको छ ।

प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डलले शनिबार शिया समुदायसँग वार्ता गरेको थियो र आइतबारपछि सुन्नी समुदायलाई भेट्ने कार्यक्रम रहेको छ। प्रान्तीय राजधानी पेशावरका एक सुरक्षा अधिकारीले एएफपीलाई बताएअनुसार वार्ताकारको हेलिकप्टर त्यस क्षेत्रमा आइपुग्दा आक्रमण भएको थियो। प्रान्तीय कानून मन्त्री आफताब आलम अफ्रिदीले आइतबार भने, “आज हाम्रो प्राथमिकता दुवै पक्षबीच युद्धविरामको मध्यस्थता गर्नु हो । एक पटक यो हासिल भएपछि, हामी अन्तर्निहित मुद्दाहरू सम्बोधन गर्न सुरु गर्न सक्दछौं ।”

गत महिना कुर्रममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको थियो । यसअघि जुलाई र सेप्टेम्बरमा भएको झडपमा दर्जनौं मानिसको मृत्यु भएको थियो र युद्धविरामको आह्वान गरिएको जिरगा वा आदिवासी परिषद्पछि मात्र टुङ्गिएको थियो । पाकिस्तानको मानव अधिकार आयोगका अनुसार जुलाईदेखि अक्टोबरसम्म साम्प्रदायिक झडपमा परी ७९ जनाको मृत्यु भएको छ । यसैबीच, पाकिस्तानको दोस्रो ठूलो शहर लाहोर र देशको व्यापारिक केन्द्र कराँचीमा शुक्रबार सयौं मानिसले हिंसाको विरोधमा प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् ।

कांग्रेस केन्द्रीय समिति सदस्य रहेका श्रेष्ठलाई देउवाले पार्टी विधानको धारा २१ को उपधारा ४ बमोजिम नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ ।

पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ गत प्रतिनिधि सभाको निर्वाचन चितवन २ बाट पराजित भएका थिए ।

congress

सिड्नीमा ‘नेपाल फेस्टिभल’, मुख्यमन्त्री मिन्सले भने- एकता र सद्भाव नेपालीबाट सिक्नुपर्छ

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा ‘नेपाल फेस्टिभल-२०२४’ आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हरेक दुई वर्षमा फेस्टिभल आयोजना गर्दै आएको छ ।

यस पटकको ‘नेपाल फेस्टिभल’ सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा आयोजना गरियो । हजारौं नेपाली राष्ट्रिय झण्डा फहराउँदै ढाकाटोपी, दौरा-सुरूवाल र साडीमा सजिएर परेडमा सहभागी भए । त्यस अवसरमा नेपाली बाजा र झाँकी सहित परेड पनि निकालिएको थियो ।

नेपाली कला-संस्कृतिलाई पर्यटनको माध्यमबाट चिनाउने उद्देश्यले नेपाल फेस्टिभल आयोजना गरिएको गैरआवासीय नेपाली संघ न्यु साउथ वेल्स राज्यका सचिव कल्याण खड्काले बताए । टाउन हलबाट सुरु भएको सांस्कृतिक परेडका कारण इतिहासमै पहिलो पटक सिड्नीका केही सडकको आवागमन नै ठप्प भएको थियो । प्रहरीको स्कर्टिङमा भएको परेडले धेरै सिड्नीवासीको ध्यान तानेको थियो ।

फेस्टिभलमा पहिलोपटक सिड्नी न्यू साउथ वेल्स राज्यका मुख्यमन्त्री क्रिस मिन्स सहभागी भए । मुख्यमन्त्री मिन्ससँगै विपक्षी लिबरल पार्टीका प्रमुख मार्क स्पिकम्यान समेत सहभागी थिए । कार्यक्रममा न्यु साउथ वेल्सका बहुसांस्कृतिक मन्त्री स्टीभ काम्पर समेत नेपाल फेस्टिभलमा सहभागी भएका थिए ।

मुख्यमन्त्री मिन्सले हजारौं सहभागी भएको नेपाल फेस्टिभलमा आफू सहभागी हुन पाउँदा खुसी लागेको बताए । ‘एकता र सद्भाव के हो नेपालीहरूबाट सिक्नुपर्छ’ उनले भने ।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन अस्ट्रेलियाका नेपाली कलाकारका साथै एक्स ब्याण्ड, आस्था राउत र हेमन्त शर्माले साङ्गीतिक मनोरञ्जन दिएका थिए । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाल फेस्टिभलले यहाँ रहेका नेपालीलाई एकापसमा जोड्न भूमिका खेलेको बताए ।

बिहान १० बजेदेखि राति १० बजेसम्म चलेको फेस्टिभलमा नेपाली खाना, नेपालीहरुले सञ्चालक गरेका व्यवसायका साथै अस्ट्रेलियाका व्यावसायिक संघसंस्थाले सहभागिता जनाएका थिए । फेस्टिभलमा नेपाल हाउस मुख्य आकर्षणको केन्द्र बनेको थियो, जसमा काठमाडौंको धरहरा, पशुपतिनाथ मन्दिर, बौद्ध स्तुपा लगायतको प्रतिमा स्थापना गरिएको थियो ।

इजरायली हमलामा परी गाजामा १९ जनाको मृत्यु

काठमाडौँ, ९ कात्तिक : गाजामा शनिबार भएको इजरायली हमलामा कम्तीमा छ जना बालबालिका सहित १९ जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ ।

एजेन्सीका प्रवक्ता महमुद बासलले गाजा पट्टीमा इजरायली हवाई आक्रमणले निम्त्याएको नरसंहारमा १९ जनाको मृत्यु भएको र ४० जनाभन्दा  बढी घाइते भएको जानकारी दिएका छन् ।

आक्रमणले उत्तरी गाजाको जेइतुनको घरमा प्रहार गर्दा तीन जना बालबालिका सहित सात जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको जनाइएको छ । एएफपिटिभीको फुटेजमा मानिसहरूले अन्धकारमा टर्च तथा मोबाइल फोन प्रयोग गरेर भग्नावशेषमा खोज तलास गरिरहेको देखाएको छ ।

खान युनूस सहरमा भएको आक्रमणमा तीन बालकसहित छ जनाको मृत्यु भएको तथा २६  जना विस्थापित भएको बासलले बताएका थिए । गाजा पट्टीको नुसेइराटमा एउटा घरमा भएको आक्रमणमा चार जनाको मृत्यु भएको तथा दक्षिणी सिमानाको रफाहमा भएको ट्यांक फायरमा दुई जनाको मृत्यु भएको उनले जनाएका छन् ।

चार सय वर्ष पुरानो नेपाल-लद्दाख सम्बन्ध

२०८१ असार दोस्रो साता हामी लद्दाख भ्रमणमा थियौ । धनगढीबाट गाडीमा सात घण्टामा भारतको राजधानी दिल्ली पुगेका हामीहरुसंग लद्दाख जान दुई वटा बिकल्प थिए । पहिलो, एक घण्टा लामो दिल्ली–लद्दाख हवाई यात्रा । दोस्रो, २० घण्टा लामो झण्डै एक हजार लामो किमी सडक यात्रा । हामीले पहिलो विकल्प रोज्यौ । र, दोस्रो दिन बिहानै हामी लद्दाख पुग्यौ । ‘हाई अल्टिच्यूड’ले स्वास्थ्यमा समस्या उत्पन्न हुने ‘गाईड’को सुझावले त्यो दिन आराम गरेर बितायौं । साँझ होटल नजिकैको मुख्य बजार घुम्न निस्कियौ ।

भ्रमणको तेस्रो दिन हाम्रो चालक थिए, थिन्लेस नामग्याल । उनी हाम्रो गाईड पनि थिए । हामी बसेको सोकर रिट्रट होटलले हामीलाई घुमाउने जिम्मा थिन्लेसलाई दिएको थियो ।

हामी नेपाली भएको थाह पाएपछि उनले पहिलो भेटमै भने, ‘लेहस्थित शे गुम्बामा पाँच सय वर्ष अघि नेपाली कालिगडहरुले बनाएको बुद्धको विशाल मूर्ति छ ।’

चौथो दिन पेङ्गाग तालबाट फर्किदै गर्दा हामीले बुद्धको मूर्ति रहेको शे गुम्बा जाने निधौ ग¥यौ । लेह सदरमुकामबाट झण्डै १५ किमीको दूरीमा लेह–मनाली सडक किनारको बायाँ पट्टी एउटा पुरानो दरबार छ । र, त्योसंगै जोडिएको छ, शे गुम्बा । त्यही गुम्बामा छ, शाक्यमुनी बुद्धको भीमकाय मूर्ति ।

ढल्दै गरेको दरबारका भग्नावशेष बाँकी छन् । तर, छेउमै रहेको गुम्बा भने प्राचिन ईतिहास बोकेर उभिएको छ । यो त्यही गुम्बा हो, जोसंग नेपालको साईनो जोडिएको छ ।

२६ फिट अग्लो शाक्यमुनी बुद्धको यो मूर्ति बनाउन आठ किलो सुन र एक सय २० किलो तामा प्रयोग गरिएको बताईन्छ ।

सन् १६५५ मा राजा देल्दन नामग्यालले पिता राजा सेंगे नामग्यालको सम्झनामा यो मूर्ति बनाउन नेपालबाट कालिगडहरु झिकाएका थिए, गुम्बाका भिक्षु जिग्देनले भने, लद्दाखको यो दोस्रो ठूलो मूर्ति हो । जसलाई बनाउन दुई दशकभन्दा बढि समय लागेको थियो ।

लद्दाखका राजाको आग्रहमा नेपालका तत्कालीन राजाले शाक्यमुनी बुद्धको मूर्ति बनाउन ३० जना कालिगडलाई लद्दाख पठाएका थिए ।

मूर्ति बनाएपछि उनीहरु फर्केनन । राजाले उनीहरुलाई जग्गा र सम्पत्ती दिएर लद्दाखमै राखे । मुख्य कालिगडका लागि दरवार छेउमै घर बनाए । र, खेतीपातीका लागि नजिकैको गाउँमा जमीन दिए । २८ जनालाई लद्दाखबाट ३५ किमी दूरीमा रहेको चिलिङ गाउँमा बसाए । र, एक परिवारलाई चेम्डेमा राखे ।

शे गुम्बाको अवलोकनपछि बुद्धको त्यो विशाल मूर्ति बनाउने कालिगडका सन्तानलाई भेट्ने हुटहुटीले हामीलाई लेहको मुख्य बजार तर्फ डो¥यायो ।

मुख्य बजारको पश्चिम पट्टि सामसुङको शोरुमको अघिल्तिर एउटा सानो गल्लीभित्र पस्यौ । भित्री गल्लीमा रहेको सुन पसल ‘फाईन आर्ट्स गोल्ड स्मिथ’ मा हामीलाई एक जना कुरिरहेका थिए, उनी थिए, ५२ वर्षीय फुञ्चुक दोर्जे । उनीसंग मोबाईलमा भएको कुराकानी र उनले बताएको बाटो पछ्याएर हामी त्यहाँ पुगेका थियौ । सुन पसलमा दुई जना थिए । एकजनाले हामीलाई भित्र बोलाए । साँघुरो पसलमा बस्ने ठाँउ थिएन । उनले त्यहाँबाट हामीमाई एउटा कफि सपमा लिएर गए । हामी उनको कुरा सुन्न उत्सुक थियौ । आफूलाई मुख्य कालिगडको सन्तान बताउने दोर्जेले कुराकानीको शुरुवातमै भने, हाम्रो पुर्खालाई लद्दाखी राजाले शाक्यमूनी बुद्धको मूर्ति बनाउन झण्डै चार सय वर्षअघि नेपालबाट झिकाएका थिए । मूर्ति बनाएपछि उहाँहरु नेपाल फर्किनुभएन । यतै बस्नुभयो ।

फुन्चुक नेपालको सोलु जिल्ला आफ्नो पुख्र्यौली थलो रहेको अनुमान गर्छन । तर सोधीखोजी गर्न सोलु जान भने पाएका छैनन् । सन् १९९० मा उनी सानै थिए । त्यही बेला हजुरबुवा र बुवासंग नेपाल गएको सम्झना बाहेक उनीसंग नेपालको अरु कुनै सम्झना छैन ।

उनका बाजेको नाम सरकारी ढड्डामा पम्बर सुनार लेखिएको थियो । उनका बुवाले दोर्जे लेख्न थाले । र, उनी पनि दोर्जे भए ।

स्थानीय भाषामा नेपालबाट आएका परिवारलाई ‘सेरगर’ भन्छन । सेरगरको अर्थ हो, सुनार । सायद मूर्ति बनाउने भएकोले हाम्रो थर सुनार लेखियो । तर हाम्रो परिवारमा कसैले सुनारको काम भने गरेको थिएन, उनी भन्छन्, तर मैले यसैलाई पेशा बनाए ।

यो पसल मेरो होईन, साथीको हो, उनले सुनाए । पसलमा सघाए वाफत साथीले पैसा दिन्छ । त्यसैले गुजारा चलेको छ ।

उनका साथी मुस्लिम हुन् । दोर्जे आफूलाई हिन्दु मान्छन । तर, लद्दाखमा उनी बौद्धमार्गीका रुपमा चिनिन्छन । बौद्ध धर्मकी अनुयायी उनकी छोरी दलाई लामाको संगतमा भिक्षु भईन ।

उनी सबैभन्दा पहिले गणेशको पूजा गर्छन । त्यसपछि बुद्धको । आफ्ना पुर्खाहरु हिन्दु भएको उनको भनाई छ । नेपालबाट मेरो हजुरबुवा साथमा गणेशको मूर्ति लिएर आउनुभएको थियो, दोर्जे भन्छन, हजुरबुवापछिको पुस्ता बौद्ध परिवेशमा हुर्कियो । र, हामी बौद्धमार्गी भयौ । यद्दपि मेरो पहिलो धर्म हिन्दु हो । त्यसपछि मात्र हामी बौद्धिष्ट हौ ।

उनी गणेश भगवानलाई आफ्नो कुलदेवता मान्छन । गणेश कृपाले आप्mनो पुर्खाले लद्दाखमा नाम कमाएको उनको विश्वास छ । बौद्धिष्टहरु चौरी गाईको मासु खान्छन । उनी भने खादैनन । टुर गाईड हुदा उनलाई ट्राभल एजेन्सीका सञ्चालकले झुक्याएर गाईको मासु खुवाएछन् । त्यो थाह पाएपछि उनी ट्राभल एजेन्सीका सञ्चालकसंग निकै रिसाए । त्यसपछि उनलाई सञ्चो भएन । त्योसंगै घरमा गाईको मृत्यु भयो । गाईको मासु खाएकोले त्यस्तो अनिष्ट भएको उनको बुझाई छ ।

सेनामा कार्यरत उनका बुवा सिकिस्त बिरामी भएर चण्डिगढ अस्पतालमा भर्ना गरिएका थिए । घरपरिवारलाई उनी बाँच्ने आशा थिएन । चिकित्सकले पनि घर लैजान सुझाव दिएका थिए । गणेश भगवानप्रतिको अगाध विश्वास व्यक्त गर्दै दोर्जेले भने, घरमा गणेशको पूजाआराधना गरेको एक हप्तामा त बुवा सञ्चो भएर  आउनुभयो ।

सबैले हामीलाई भन्छन्, तिम्रो पुर्खालाई लद्दाखका राजा नामग्यालले मूर्ति बनाउन नेपालबाट ल्याएको हो । उनी भन्छन्, तर हामी कहाँबाट आयौ । हाम्रो पुख्र्यौली थलो कहाँ हो ? हाम्रा पुर्खाहरु कहाँ बस्छन् ? अहिलेसम्म यकिन भएको छैन ।

नेपाली भनेपछि हुरुक्क हुने दोर्जेले नेपाली मूलकी महिलासंग विवाह गरे । उनकी पत्नी प्रष्टसंग नेपाली  बोल्छिन् ।

पुर्खाको थाँतथलो पत्ता लगाउन नेपाल जान मन त छ । तर मसंग पैसा छैन । उनले आफैभित्र दबाएको धोको सुनाउदै भने, त्यही कारण पुर्खाको थाँतथलो पत्ता लगाउने ईच्छा दबाएर बसेको छु ।

भारतका लागि लड्ने गोर्खाली गाथा

३ मे सन् १९९९ मा तीन महिना, तीन हप्ता, दुई दिनसम्म भारत र पाकिस्तानबीच भएको कारगील युद्धमा दुबै तर्फ ठूलो क्षति भयो । अन्तिममा युद्ध भारतले जित्यो ।

त्यसअघि सन् १९६२ मा चीनसंग भएको लडाईमा भारतले क्षति व्यहो¥यो । र, अक्साई भू-भाग चीनको अधिनमा पुग्यो । त्यसपछि पनि चीन र पाकिस्तानी सीमानामा थुप्रै घट्नाहरु भए ।

यी दुईटै लडाईमा भारतका तर्फबाट गोर्खालीले बीरतापूर्वक लडे । सयौंले ज्यान गुमाए । गोर्खा राईफल्समा कार्यरत मेजर धनसिंह थापा तीनै मध्येका एक थिए । २० अक्टोबर १९६२ मा तीन वटा मोर्चामा चीनीया फौजलाई रिजंगलामा परास्त गरेका थापा चीनीया फौजको नियन्त्रणमा नआए सम्म लडे । चीनीया फौज विरुद्ध अदम्य साहसका साथ लडे वाफत परमबीर चक्र पाएका थापाको वीरताको गाथा लेहबाट १० किमीको दूरीमा रहेको ‘हल अफ फेम’ मा लेखिएको छ । उनलाई लडाईको मोर्चामा साथ दिने सुवेदार थिए, ट्वाईसी (सेकेण्ड ईञ्चार्ज) मीन बहादुर गुरुङ । गुरुङले एलएमजी प्रहार गरी थुप्रै चीनीया सैनिकलाई ढाले । त्यही क्रममा गुरुङ चीनीया फौजद्धारा प्रहार गरिएको रकेट लञ्चरले बंकरभित्र पुरिए । उनी त्यहाँबाट समेत निस्किएर चीनीया फौज विरुद्ध जाई लागे । र, चीनीय फौजतर्फ ठूलो क्षति पु¥याए । र, अन्त्यमा चीनीया फौजको आक्रमणबाट गुरुङ शहीद भए ।

लडाईपछि थापालाई लेफ्टिनेन्ट कर्णेलमा बढुवा गरेको भारत सरकारले उनलाई परमबीर चक्र प्रदान ग¥यो । त्योसंगै भारत सरकारले उनको सम्मानमा पेङ्गाग तालको उत्तरी किनारमा रहेको पोष्टको नाम धनसिंह थापा पोष्ट राख्यो ।

सन १९४८ देखि हालसम्म पाकिस्तान र चीनसंग भएका बिभिन्न लडाई र झडपमा बीरताका साथ लड्ने भारतीय फौजका बहादुर सिपाहीको गाथा लेखिएको छ । जहाँ थापासंगै चीन र पाकिस्तानसंगको लडाईमा बहादुरीका साथ लडेका गोर्खालीहरुको गाथा पनि अंकित छ ।

सन १९४८ मा भारतीय सेनाका नेतृत्व गर्दै पहिलो पटक मनाली हुदै लेख पुगेका गोरखा राईफल्सका मेजर हरी चन्दले १८ हजार फिटको उचाईमा पाकिस्तानी फौजलाई परास्त गर्दै लेहमा भारतको झण्डा फह¥याए । यसअघि यति हिमाली क्षेत्रमा लडाईको अनुभव नभएको भारतीय सेनाले चन्दको नेतृत्वमा सफलता हात पा¥यो । र, लेहबाट पाकिस्तानी फौजलाई पछि हट्न बाध्य बनायो । पाकिस्तानी फौजसंगको लडाईमा बीरगति प्राप्त गरेका उनलाई मरणोपरान्त लेफ्टिेन्ट कर्णेलमा बढुवा गर्दै भारत सरकारले उनको पराक्रमको कदर गर्दै महाबीर चक्र प्रदान ग¥यो । उनको तस्वीर सहित बीरताको गाथा पनि ‘हल अफ फेम’ मा स्वर्णाक्षरले लेखिएको छ ।

त्यही लहरमा २१ अक्टोबर १९६२ मा लद्दाखको श्रीजाप पोष्टमा चीनीया फौजद्धारा गरिएको आक्रमणमा भारतीय फौजलाई जोगाए वाफत महाबीर चक्र पाउने गोरखा राईफल्सका नायक रबि लाल थापाको बहादुरीको गाथा लेखिएको छ । उनले श्रीजाप पोष्टपछि अर्को पोष्टमा कार्यरत भारतीय फौजलाई समेत चीनीया आक्रमणबाट कुशलता र बहादुरीका साथ जोगाएका थिए । अन्तिममा आफ्नो फौजलाई चीनीया आक्रमणबाट जोगाउन थापा डुंगाबाट पेगांग ताल पार गराईरहेका थिए । त्यहीबेला चीनीया फौजले आक्रमण गरी ध्वस्त गरिदिए । त्यसका बाबजद पनि उनी आफ्ना साथीहरुलाई जोगाउन सफल भए । त्यस वाफत भारत सरकारले उनलाई महाबीर चक्र प्रदान गरेको थियो ।

त्यसैगरी पाकिस्तान र चीनको सीमानामा बिभिन्न समयमा भएको लडाईमा अदम्य साहसका साथ सीमा रक्षाका लागि लडे वाफत महाबीर चक्र प्राप्त गर्ने मेजर राजेश सिंह अधिकारी, नायक प्रेम बहादुर गुरुङ, लान्स हवलदार नर बहादुर आले लगायत गोर्खालीहरुको बीरताको गाथा ‘हल अफ फेम’मा राखिएको छ ।

‘हल अफ फेम’ मा कुँदिएका तस्वीर र त्योसंगै लेखिएको बीर गाथाले लद्दाखसंग नेपालीहरुको साईनो गौरवपूर्ण पाईन्छ । भारत सरकारले जसको बहादुरी र अदम्य साहसको उच्च सम्मान गरेको महशुस हुन्छ ।

रेष्टुरेण्टदेखि ¥याफ्ङि, जहाँ तही नेपाली

लेहको सबैभन्दा व्यस्त द तिब्बतीयन किचेनमा राति १२ बजेसम्म विदेशी पर्यटकको भीड थेगिनसक्नु छ । सयजनाको क्षमता रहेको रेष्टुरेण्टमा साँझ नपर्दै टेबुल बुक गर्नुपर्छ । अन्यथा बस्ने ठाँउ पाईदैन ।

दिउँसो १२ः३० बजे खुल्ने द तिब्बतीयन किचेनमा म्यानजेरदेखि सेफ, वेटर सबै नेपाली छन् । जहाँ ३६ जना नेपाली कार्यरत छन् । जसको म्यानेजर हुन्, बुटवलका ज्ञान बहादुर राना ।

खानाका परिकारहरु र तिनको स्वादका कारण हाम्रो रेष्टुरेण्ट विदेशी पर्यटकको पहिलो रोजाईमा पर्छ, म्यानजेर राना भन्छन्, राति १२ बजेसम्म त हामीलाई काम गर्न भ्याई नभ्याई हुन्छ ।

जति ग्राहकहरु टेबुलमा परिकार खाईरहेका हुन्छन । त्योभन्दा पनि टेबलको पखाईमा बसिरहेका हुन्छ । साँझ छिप्पिदै गएपछि द तिब्बतीयन किचेनमा ग्राहकको भीड पनि बाक्लिदै जान्छ । उनी भन्छन्, त्यसैले दिउँसै ग्राहकहरुले आफ्नो लागि टेबल ‘बुक’ गर्छन ।

लेहको मुख्य भागमा रहेको द तिब्बतीयन किचेन मात्र होईन, चीन नजिकको भारतको अन्तिम बस्ती मेरकको ग्राण्ड हिमालय होटलको म्यानेजरदेखि वेटरसम्मको भूमिकामा नेपाली युवाहरु कार्यरत छन् ।

दाङ तुलसीपुरका २४ वर्षीय अनन्त पुन मगर होटल म्यानेजरको भूमिकामा छन् । बुवाआमासंग दुई वर्षको हुदा भारत आएका अनन्त त्यसयता भारतमै छन् । हेटौडाका बिनोद पौडेल होटलको मेन सेफ हुन् । प्युठानका २३ वर्षीय योगी बुढामगर, बागलुङका बिकास थापा र हेटौडाका सुदीप लामा पनि त्यही होटलमा काम गर्छन । छ महिना हिऊँले ढाकिने मेरकमा ईन्टरनेट र टेलिफोन सुबिधा छैन । कहिलेकाही सेनाले छोड्ने ईन्टरनेट सेवा लिन क्याम्प वरीपरी त्यहाँ कार्यरत व्यक्तिहरु झुम्मिन्छन ।

होटलमा ईन्टरनेट सेवा नभएकोमा आश्चर्यचकित भएका हामीहरुलाई म्यानेजर मगरको सोझो जवाफ थियो, हामीले यो अवस्था सधै झेल्छौ । एक दिन त तपाईहरु पनि झेल्नुहोस ।

हिऊँदमा मेरकका होटलहरु बन्द हुन्छन । स्थानीय बाहेक सबैले बस्ती छोड्छन । नेपालीहरु पनि कोही लेह, कोही हिमाञ्चल झर्छन । छुट्टीका छ महिनामध्ये एक/डेढ महिना घरमा बिताउने हेटौडाका पौडेल बाँकी समय गोवामा सेफको काम गर्छन ।

लद्दाखको जीवनको अभिन्न हिस्सा बनेका छन्, नेपालीहरु । २५ वर्षदेखि लेहमा कार्यरत नुवाकोटका रण बहादुर पाण्डेयले सुनाए, नेपाली नभए लद्दाखको जीवन चल्दैन भन्ने त होईन, तर नेपाली बिनाको कुनै व्यवसाय र क्षेत्र नै छैन ।

लद्दाखको निर्माणाधीन बौद्ध स्तुपाका कारिगरदेखि मिस्त्री नेपालीहरु छन् । मुख्य मिस्त्री ईटहरीका पदम बहादुर तामाङ हुन् । उनी भन्छन्, यसको निर्माणमा संलग्न अधिकांश नेपाली छन् ।

बेकरी व्यवसायी पाण्डेयले भनेको कुरा रेष्टुरेण्टदेखि ¥याफ्टिङसम्म नेपालीको उपस्थितिले पनि पुष्टि हुन्छ ।
लेह–पेगांग लेक सडक खण्ड अन्तर्गत पर्ने दुरबुकमा भेटिए, दुई नेपाली युवा सिद्धिलाल र सुजित परियार । जुम्लाका उनीहरु त्यहाँ सिलाजित, सुगन्धित तेल र जडिबुटी बेचिरहेका थिए । सिद्धीलालले सुनाए, लद्दाखमा हामीजस्तै जडिबुटी बेच्ने १५ जना छौ ।

यसैगरी हरेक वर्ष उनीहरु जडिबुटी बेच्न लद्दाख आईपुग्छन । र, दशैंमा खर्च जुटाएर घर फर्किन्छन ।

लद्दाखमा भारतको सीमा सुरक्षा गर्ने सैनिकदेखि अन्तिम सीमासम्म जोखिम मोलेर ¥याफ्टिङ गर्नेहरु नेपाली भेटिए ।

लद्दाखको लामो नदी झास्करमा ¥याफ्टिङ गर्नेहरु झण्डै शत प्रतिशत नेपाली युवाहरु छन् । चितवन राप्तीका मिलन पाठक २०२२ देखि हरेक वर्ष तीन महिना ¥याफ्टिङका लागि लद्दाख आईपुग्छन । भन्छन्, नेपालमा बर्खा शुरु भएपछि अफ सिजन शुरु हुन्छ । अनि यता आउछौ ।

अरुबेला काली गण्डकी, भोटेकोशी, त्रिशुलीमा व्यस्त रहने नेपाली युवाहरु तीन महिना भने झास्करको ¥याफ्टिङमा रमाउछन् ।

चितवन जुगेडीका हिमाल तेस्रो पटक भयो, ¥याफ्टिङका लागि लद्दाख आएको । धरानका शुक्र, धादिङका बिक्रम, पहिलो पटक गोरखाका विकास थापालाई पनि लद्दाखमा तीन महिना ¥याफ्टिङ गर्दा हुने आम्दानीले हरेक वर्ष तान्छ । र त, उनीहरु नेपालमा अफ सिजन शुरु भएपछि लद्दाख हानिन्छन ।

झास्कर र ईन्डस नदीको संगममा भेटिए, एक हुल युवा । उनीहरु सबै ¥याफ्टिङ व्यवसायमा संलग्न थिए । दुबै नदीको संगम भएकोले होला त्यो ठाँउलाई संगम भनेर चिनिन्छ ।

झास्कर नदी उद्गमस्थलबाट बगेर संगम पुग्दा दुई सय किमी तय गर्छ । ¥याफ्टिङका लागि यो नदी प्रमुख गन्तव्य हो । पाठक भन्छन्, हामी एक दिनको प्याकेजमा ३५ किमीमाथिबाट ¥याफ्टिङ गर्छौ । आधा दिनको प्याकेज १४ किमीको छ । र, बच्चाहरु सहित दुई घण्टाको प्याकेज ८ किमीमाथिबाट थाल्छौ । बेलाबेला झास्कर नदीमा एक्सपेडिसन पनि गर्छौ ।

पाठकले जुन र जुलाईमा लद्दाखमा पर्यटक ओईरिने भएकोले यो समयमा ¥याफ्टिङमा राम्रो आम्दानी हुने सुनाए । भन्छन्, हरेक वर्ष तीन महिना लद्दाखमा ¥याफ्टिङ गर्ने नियमित सेड्युल नै भईसक्यो ।

ईन्डस नदीको उद्गम लद्दाख नजिकैको हिम श्रृंखला हुन् । ¥याफ्टिङका लागि ईन्डस नदी खासै महत्व राख्दैन । तर झास्कर नदीमा भने तीन महिना (जुन, जुलाई र अगष्ट) नेपाली युवाहरुलाई ¥याफ्टिङ गर्न भ्याई नभ्याई हुन्छ । पाठक भन्छन्, हिउँदमा पूर्णत जम्ने झास्कर नदीमा त्यो समयमा हिउँमाथि टे«किङ र स्केटिङको छुट्टै रमाईलो हुन्छ । त्यतिबेला भने यहाँ हाम्रो काम हुदैन ।

लद्दाख र मुस्ताङबीचका समानता

नेपालको हिमाल पारीको जिल्ला मुस्ताङ र भारतको लद्दाखबीच धेरै समानता छन् । यहाँको भू बनोट, धर्म, संस्कृति र परम्परा समान छन् । लेह लद्दाखमा बौद्धमार्गीको बाहुल्यता छ । जहाँ प्राचिन गुम्बा र दरबारहरु छन् ।
मुस्ताङ झै लद्दाख हिमश्रृंखलाले घेरिएको छ । यहाँका अधिकांश भूभाग ६ महिनाभन्दा बढि समय हिऊँले ढाकिन्छन । अझ कतिपय भू भाग यस्ता छन्, जहाँ बाह्रै महिना हिऊँ रहन्छ । लद्दाखको एउटा भूगोल लेह । यही सानो उपत्यका लद्दाखको राजधानी हो ।

क्षेत्रफलका तुलनामा नेपालको मुस्ताङ र लद्दाख दुबै भूगोलमा जनसंख्या थोरै छ । लद्दाख भारतको केन्द्र शासित प्रदेश हो । जसको उत्तरमा काराकोरम पहाड र दक्षिणमा हिमालय श्रृंखला छ । यो भारतको सबैभन्दा कम जनसंख्या भएको केन्द्र शासित भूभाग हो । यसको पूर्वमा तिब्बत स्वायत्त राज्य छ । जसको दक्षिणमा भारतको हिमाञ्चल प्रदेश र पश्चिममा केन्द्र शासित जम्मु कश्मिर र पाकिस्तान अधिनस्थ गिलगित बल्तिस्तान  छ ।

सुदूर उत्तरमा काराकोरम पर्वत श्रृंखलासंग जोडिएको अक्साई भूभाग, जो चीनको नियन्त्रणमा छ, त्यसमाथि भारतले दावी गर्दै आएको छ । जुन भू भाग सन् १९६२ को लडाईपछि चीनको अधिनमा रहन पुग्यो ।

लद्दाख पहिले जम्मु कस्मिरको हिस्सा थियो । ३१ अक्टोबर २०१९ मा भारतको संसदले जम्मु तथा कश्मिर पुर्नगठन अधिनियम पारित ग¥यो, यो संगै धारा ३७० हटाई यसलाई केन्द्र शासित प्रदेश बनाईयो ।

लद्दाख अन्तर्गत दुई वटा जिल्ला छन् । लेह र कारगिल । र, एउटा लोकसभा सिट । लद्दाखको कुल क्षेत्रफल १,६६,६९८ बर्ग किमी छ । जसमध्ये दुई तिहाई भूभाग चीन र पाकिस्तानको अधिनमा छ । भारतको अधिनमा ५९,१४६ वर्ग किमी छ । लद्दाखको जनसंख्या २,७४,२८९ छ । जसमध्ये ठूलो हिस्सा कारगीलमा छ ।

सन् १९९९ मे ३ मा पाकिस्तानसंग भएको कारगील युद्ध र त्यसअघि १९६२ अक्टोबर २० देखि २१ नोभेम्बरसम्म चीनसंग भएको एक महिना लामो लडाईपछि भारतले लद्दाखसंग जोडिएको अक्साई गुमायो । र, त्यसपछि भारतले लद्दाखमा ठूलो संख्यामा सुरक्षाबल तैनाथ ग¥यो । लद्दाखका सडकमा सुरक्षाबलका गाडीहरु कुद्नु सामान्य मानिन्छ ।

बेलाबेलामा सीमा क्षेत्रमा हुने झडपका घट्नाले लद्दाखको शान्ति सुरक्षामा भने असर गर्दैन । त्यसकारण पनि वर्षेनी लद्दाखमा हजारौको संख्यामा पर्यटकहरु निर्धक्क भएर जाने गर्छन । यो संख्या हरेक वर्ष बढ्दो छ । चीन र भारतमा फैलिएको १३४ किमी लामो पेङ्गग तालमा सन् २००९ मा  ‘थ्रि ईडियट’ र २०१२ मा ‘जब तक है जान’ फिल्म छायांकन भएपछि भने लद्दाखमा भारतीय पर्यटकहरुको भीड थेगी नसक्नु छ ।

लद्दाखमा हरेक वर्ष लाखौंको संख्यामा पर्यटक भित्रिन्छन । त्यसको मुख्य कारण, हो यहाँको सुन्दरता । मनमोहक लेह । सुन्दर हिमालहरु । बिछट्टै आकर्षक पेङ्गग ताल । जति हेरे पनि हेरीरहु लाग्ने यहाँका मनोरम दृष्यहरु । अद्धितीय कलात्मक प्राचिन गुम्बा र दरबारहरु यहाँका थप आकर्षणहरु हुन् ।

सुरक्षाका दृष्टिकोणले अत्यन्त सम्वेदनशील भारतको सबैभन्दा विकट भूगोल लद्दाखमा पर्यटकहरु ओईरिने मुख्य कारण हो, ‘कनेक्टिभिटी’ । राजधानी दिल्ली, हिमाञ्चल र जम्मु कश्मिरसंगको हवाई र सडक सुविधा यति सहज र भरपर्दो छ कि, जसले पनि लद्दाखको यात्रा सजिलै गर्न सक्छ ।

अझ जोखिम मोलेर मोटरसाईकलको रोमाञ्चकारी यात्रा गर्नेहरु लद्दाखको सुन्दरताका अगाडि सबै कुरा बिर्सिन्छन ।

१७ हजार पाँच सय फिट उचाईमा रहेको चाङला पासको यात्राका क्रममा ‘हाई अल्टिच्यूड’ का कारण स्वास्थ्यमा आउन सक्ने समस्यालाई भने नजरअन्दाज गर्न मिल्दैन । त्यसका लागि सावधानी र सजगता अपनाउनै पर्ने हुन्छ ।

लद्दाख जादा अपनाउनु पर्ने साबधानी (कहिले जाने ? कसरी जाने ?)

लद्दाख भ्रमणका लागि सबैभन्दा उपर्युक्त समय हो, जुन र जुलाई । झण्डै छ महिना हिउँले ढाकिने लद्दाख जाने थुप्रै बाटा छन् । पहिलो दिल्लीबाट चण्डीगढ–मनाली हुदै लद्दाख जोड्ने एउटा रुट छ । अर्को, दिल्लीबाट श्रीनगर हुदै पनि लद्दाख जान सकिन्छ । सडक मार्ग भएर दिल्लीबाट झण्डै एक हजार किमी लामो यात्रा तय गर्नुपर्छ । र, यो यात्रा तय गर्न २० घण्टा लाग्छ ।

दिल्लीबाट लद्दाखसंग सोझो हवाई सुबिधा पनि छ । हवाई जहाजमा झण्डै एक घण्टा १० मिनेटमा दिल्लीबाट लद्दाख पुग्न सकिन्छ । हवाई यात्राको भाडा न्यूनतम पाँच हजार देखि २० हजार भारतीय रुपैयासम्म लाग्ने गर्छ । जुन जुलाईमा पर्यटकको अत्याधिक भीड हुने भएकोले पहिले टिकट काटे सस्तोमा मिल्छ । तत्काल टिकट काटे महंगो हुन्छ ।

लद्दाखमा एक रातको प्रति कोठाको दुई हजार देखि २० हजार भारतीय रुपैया भन्दा बढि पर्ने होटलहरु छन् । कस्तो होटलमा बस्ने त्यो आफ्नो बजेटमा भर पर्ने कुरा भयो । लेह उपत्यकामा घुमाउने गाडीको सुबिधा छ । भाडा भने गाडी अनुसार पर्छ । सामान्यतया तीन हजार पाँच सय देखि सात हजार भारतीय रुपैयामा भाडा तिरेर गाडी भाडामा लिन सकिन्छ । तर लद्दाखमा गाडीमा एसी चलाए वाफत प्रति किमी नौ रुपैया अतिरिक्त तिर्नुपर्ने अनौठो नियम छ ।

हाई अल्टिच्यूडका कारण स्वास्थ्यमा समस्या आउने भएकोले लद्दाख पुगेको पहिलो दिन होटलमै आराम गरेर बस्नु उचित हुन्छ ।

जुन र जुलाईमा जादा न्यानो लुगा र ज्याकेटहरु नलैजादा हुन्छ । यो समयमा लद्दाखमा दिउँसोको तापक्रम २४ डिग्री सेल्सियससम्म हुने गर्छ । दिउँसो गर्मी भएपनि राति र बिहान भने हल्का जाडो हुन्छ ।

लेह लद्दाखबाट झण्डै १७५ किमीको दूरीमा रहेको पेगांग ताल एउटा जानै पर्ने ठाउँ हो । पेगांग ताल किनारमा रहेका होटलहरुमा खानबस्नको राम्रो सुबिधा छ । जहाँ थ्रि ईडियट र जब तक है जान फिल्म छायांकन भएको थियो । १७ हजार पाँच सय फिटको उचाईमा रहेको चाङला पास पार गरेर जानु पर्ने भएकोले स्वास्थ्यमा कसै कसैलाई समस्या हुनसक्छ । लेह–पेगांग जोड्ने सडक पक्की छ । चौडा छ । त्यस कारण पेगांगको गाडीको यात्रा सहज छ । पेगांग ताल क्षेत्रमा ईन्टरनेट र टेलिफोनको सेवा छैन । यहाँ मोवाईलको नेटवर्कले काम गर्दैन । त्यसकारण यहाँ बस्दा सञ्चार सुबिधाबाट भने बञ्चित हुनुपर्छ ।

लद्दाखमा बाहिरको पोष्टपेड मोवाईलले मात्र काम गर्छ । अन्य मोवाईलले यहाँ काम गर्दैन । र, यहाँका लागि छुट्टै सीम लिनुपर्छ । जसका लागि राहदानी वा भारतीय राशन कार्ड अनिवार्य छ ।

लेहबाट अन्यत्र जानु परे परमिट लिनुपर्छ । र, हरेक भूगोलका लागि  सरकारी पास अनिवार्य छ । सरकारी पास बिना पर्यटकहरु आफूखुशी कहीकतै जान पाउदैनन ।

लेह उपत्यकामा पनि घुम्न लायक थुप्रै ठाउँहरु छन् । प्राचिन गुम्बा र दरबारहरु यसका आकर्षण हुन् । जसमध्य नेपाली कालिगडहरुले चार सय वर्ष पहिले निर्माण गरेको शे गुम्बा हेर्नै पर्ने एक हो । लेहबाट ३० किमीको दूरीमा रहेको संगम, जहाँ ईन्डस र झास्कर नदी मिल्छन्, यो ठाउँ पनि पर्यटकको एक गन्तव्य हो । झास्कर नदीमा ¥याफ्टिङको सुबिधा छ ।

गर्मीका कारण लेहको सडक दिउँसो सुनसान हुन्छ । तर जव साँझ हुन्छ । तव सडकमा मान्छेहरुको भीड उर्लिन्छ । साँझ छिप्पिदै जादा लेह बत्तीको उज्यालोले झिलिमली हुन्छ । मुख्य बजारमा राति ११ बजेसम्म मान्छेको भीड थेगी नसक्नुहुन्छ ।

पखाला चल्नु, टाउको दुख्नु, नाकबाट रगत आउनु सामान्य जस्तै मानिन्छ । हाई अल्टिच्यूडका कारण बाहिरबाट आउने अधिकांश पर्यटकले यस्ता स्वास्थ्य समस्या झेलिरहेका हुन्छन् । त्यसैले पहिले नै सजग, सचेत र साबधानी अपनाउन आवश्यक छ ।

धेरै सामान लैजादा ब्याग बिमानस्थलमै छुट्ने संभावना हुन्छ । किनकी जहाजले ठूला लगेज लद्दाखमा छोड्ने गरेको छ । ती सामान दिल्ली आईपुग्न एक हप्तासम्म लाग्न सक्छ ।

लद्दाखको बसाईका लागि पाँचदेखि सात दिन आवश्यक हुन्छ । र, समूहमा जादा कम खर्च हुन्छ । पाँच दिनको बसाई र दिल्ली–लद्दाख–दिल्ली हवाई यात्राका लागि प्रतिव्यक्ति न्यूनतम ४० देखि ५० हजार भारतीय रुपैया खर्च लाग्छ

 

चीनले किन धमाधम दिँदैछ फ्री भिसा?

काठमाडौँ- चीनले विगत एक वर्षमा ३८ देशका नागरिकलाई फ्री भिसा (बिना भिसा) प्रवेश गर्न अनुमति दिएको छ। कोभिड-१९अघि यस्तो सुविधा तीन देशलाई मात्र उपलब्ध थियो। चीनले यो सुविधा धेरै देशलाई किन दिइरहेको छ त?

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लिन जियानले छिट्टै अन्य ९ देशका नागरिकलाई बिना भिसा चीन प्रवेशका लागि अनुमति दिइने बताएका छन्। यसै महिनाको अन्त्य अर्थात् ३० नोभेम्बरबाट बुल्गेरिया, रोमानिया, माल्टा, क्रोएसिया, मोन्टेनेग्रो, नर्थ म्यासेडोनिया, एस्टोनिया, लाट्भिया र जापानका नागरिक भिसा बिना नै चीन पुग्न सक्नेछन्।

प्रवक्ता लिनको यस्तो जानकारीसँगै एक वर्षमा बिना भिसा चीन प्रवेशको सुविधा पाउने मुलुकको संख्या ३८ पुगेको छ। कोभिड महामारीअघि यस्तो सुविधा तीन देशहरूलाई मात्र उपलब्ध थियो। त्यो सुविधा पनि कोरोना भाइरस फैलिन थालेपछि बन्द गरिएको थियो।

यति मात्रै होइन, चीनले बिना भिसा बस्न पाउने समय सीमा पनि बढाएको छ।  चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता लिनले समाचार एजेन्सी एपीसँग भनेका छन्, ‘चीनमा भिसा बिना बस्न पाउने अधिकतम समय सीमा ३० दिन पुर्‍याइएको छ।’ यसअघि यस्तो सुविधा १५ दिनका लागि थियो। यो कदमलाई पर्यटनबाट हुने आम्दानी बढाउने र अर्थतन्त्र सुधार गर्ने प्रयासका रूपमा हेरिएको छ। चिनियाँ अधिकारीहरूका अनुसार व्यापारिक सम्बन्ध विस्तारका लागि यात्रा सहज बनाउनु पनि यसको उद्देश्य हो।

आपसी सम्पर्क बढाउँदा चीनको छवि उज्यालो हुने विश्वास अधिकारीहरूको छ। पछिल्ला दिनमा चीन विशेष गरी जनस्तरमा अन्य देशका नागरिकसँग मेलमिलाप बढाएर आपसी सम्बन्ध सुधार्न र आफ्नो देशको छवि उज्यालो बनाउन प्रयासरत छ। यस क्रममा व्यापारीहरू मात्रै होइन, विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, पत्रकार र अन्य पेसागत व्यक्तिहरूबीच आपसी सम्पर्कलाई प्रोत्साहन गर्ने नीति चीनले लिएको छ।

कोभिड-१९ महामारीका बेला लागू गरिएको यात्रा प्रतिबन्ध चीनले अन्य धेरै देशको तुलनामा ढिलो गरी हटाएको थियो। चीनले क्रमशः कोभिडभन्दा अघि नै सुविधा पाएका देशहरूलाई पुन: यस्तो सुविधा दिन थालेको थियो। बिना भिसा यात्राका लागि जुलाई २०२३ मा ब्रुनाई र सिंगापुरलाई पुनः यस्तो सुविधा प्रदान गरिएको थियो। त्यसपछि डिसेम्बर २०२३ देखि जर्मनी, फ्रान्स, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकलाई फ्री भिसामा चीन प्रवेश अनुमति दिइएको हो।

चीनको परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर विभागलाई उधृत गर्दै यस वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म चीन भ्रमण गर्ने ८२ लाख विदेशी पर्यटकमध्ये ४९ लाखले भिसा बिना प्रवेश गरेको त्यहाँको सरकारी समाचार एजेन्सी सिन्हवाले उल्लेख गरेको छ।

चीनले सिंगापुर, थाइल्यान्ड र कजाकस्तानजस्ता ६ देशसँग आपसी भिसा फ्री सम्झौतामा हस्ताक्षर गरेको चिनियाँ  परराष्ट्र मन्त्रालयका अधिकारी तोङ स्युएजुनलाई उधृत गर्दै सरकारी समाचार संस्था ग्लोबल टाइम्सले उल्लेख गरेको छ। तोङले चिनियाँ र विदेशी व्यापारीका लागि यात्रा सहज बनाउन थप पहल गरिने बताए। यसैगरी चीनले २९ देशका लागि एकतर्फी भिसाफ्री नीति लागू गरेको छ, जसमा फ्रान्स र जर्मनी पनि समावेश छन्।

चीनको वाणिज्य मन्त्रालयले बिहीबार विदेशी व्यापारलाई समर्थन गर्नका लागि विभिन्न नीति सार्वजनिक गरेको छ। जसमा थप देशहरूसँग भिसा फ्री सम्झौता गर्नु, चीनको एकतर्फी भिसाफ्री नीतिमा समावेश हुने देशहरूको दायरा क्रमिक रूपमा विस्तार गर्नु, ट्रान्जिट भिसाफ्री नीतिको दायरा बढाउनु, भिसामा बसाइ अवधि विस्तार गर्नु लगायत छन्।

आर्थिक विकास र व्यापार प्रोत्साहन, वैश्विक प्रतिस्पर्धा, पर्यटन क्षेत्रको विकास, व्यापार र कूटनीतिक सम्बन्ध सुधार र आन्तरिक अर्थव्यवस्थालाई सबल बनाउन चीनले यस्तो नीति अवलम्बन गरेको बताइएको छ। –एपीको सहयोगमा

परराष्ट्रमन्त्री राणाको जापान भ्रमण रद्द, चीन जाने अनिश्चित

काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण रद्द भएको छ । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री राणा मंसिर १० गते जापान जाने कार्यक्रम तय भएको थियो । मंसिर ११ गते स्वास्थ्य परीक्षण गराएर मन्त्री राणाको उतैबाट मंसिर १४ गते चीनतर्फ जाने कार्यक्रम बनेको थियो ।

तर मन्त्री राणाले हाललाई जापानमा स्वास्थ्य उपचारलाई स्थगन गरेर जनवरी ५ पछि सारेको उनको सचिवालयले जानकारी दिएको छ । यद्यपी उनले जापान भ्रमण रद्द गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आशन्न चीन भ्रमणको तयारी स्वरुप बेइजिङ जाने पनि अनिश्चित बनेको छ । मन्त्री राणा छुट्टै चीन भ्रमण जान अनिच्छुक देखिएको स्रोतले जानकारी दियो । उनले प्रधानमन्त्रीसंगै चीन जान रुची देखाएको बताइन्छ ।

प्रधानमन्त्री ओली मंसिर १७ गतेदेखि २१ गतेसम्मे चीन भ्रमणमा जाँदै छन् । तर अहिलेसम्म नेपालले प्रधानमन्त्रीको भ्रमणको औपचारिक मिति घोषणा गरेको छैन । मंसिर १७ गतेको मिति चीनले प्रस्ताव गरेको हो ।

यति मात्र होइन, प्रधानमन्त्री ओलीको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी नै छ । विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भ्रमण स्वीकृत गर्ने एजेन्डा भए पनि चीनको बीआरआई योजनका विषयमा सत्तारुढ एमाले र कांग्रेसबीच समान धारणाा नबनेका कारण बैठकले भ्रमण स्वीकृत नगरेको हो ।

परराष्ट्रमन्त्री राणाको मंसिर १५ गते चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता हुने कार्यतालिका छ । तर , प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा नेपालले उठाउने एजेन्डा अहिलेसम्म नटुंगिएले मन्त्री राणाको चीन भ्रमण अनिश्चित बनेको हो ।

‘प्रधानमन्त्रीको भ्रमणको एजेन्डा नै नटुंगिएपछि मन्त्री राणा के गर्न जानुहुन्छ’, मन्त्री राणा निकट स्रोतले भन्यो । सरकारको एजेन्डा नै नभएपछि मन्त्री राणा प्रधानमन्त्री ओलीको भ्रमणको तयारी स्वरूप चीन जाने कार्यक्रम अनिश्चित बनेको हो ।

मन्त्री राणा बेइजिङ पुगेको भोलिपल्ट चिनियाँ समकक्षीसँग भेटवार्ता हुने भएपनि चिनियाँ प्रधानमन्त्री ली छियाङ र राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता हुने वा नहुने पनि निश्चित छैन । परराष्ट्रमन्त्री राणाले गत भदौ पहिलो हप्ता भारत भ्रमण गरेकी थिइन्। संयोगवस त्यो भ्रमणपनि स्वास्थ्य परीक्षणकै सिलसिलामा भएको थियो।

स्वास्थ्य परीक्षणका लागि नयाँदिल्ली जाने भएपछि मन्त्री राणालाई भारतले औपचारिक भ्रमणकै निम्तो दिएको थियो । त्यसक्रममा भारतीय समकक्षी एस. जयशंकरका अलावा प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गरेकी थिइन् ।

 

कोप-२९ को निर्णय : गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने

बाकु । विश्वका धनी देशहरूले गरिब देशहरूलाई ३ खर्ब डलर दिने वाचा गरेका छन् । जलवायु परिवर्तनको तयारी र यसको असरबाट बच्नका लागि सो रकम उपलब्ध गराइने सहमतिसहिते कोप२९ समाप्त भएको छ । अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप२९ मा ३३ घण्टा ढिलो वार्ता सुरु भएको थियो ।

वार्ता लगभग निष्फल भइसकेको थियो । तर अन्त्यमा केही सहमति जुट्यो । यात्रा निकै कठिन रहेपनि आफूहरू सम्झौतामा पुग्न सकेको जलवायु परिवर्तन हेर्ने यूएनको निकायका प्रमुख सिमन स्टेइलले भनेका छन् । तर जैविक इन्धनको प्रयोग कम गर्दै जाने भनेर गएको वर्षको मागमा सबै सदस्य देशहरूलाई एकजुट गराउन भने वार्ता असफल भयो ।

शनिबार मध्याहन्न भएको वार्ताबाट विकासशिल देशका साथसाथै जलवायु परिवर्तनको सबैभन्दा धेरै मारमा पर्ने देशहरू पनि बाहिरिए । विश्वभर खनिज इन्धनको प्रयोग कम गर्दै लैजाने भन्ने भाषा अति नै कमजोर भएको भन्दै स्वीट्जरल्यान्ड, मालदिभ्स, क्यानडा र अस्ट्रेलियाले  विरोध गरेका थिए । यसबारे निर्णय सन् २०२५ को जलवायु वार्तासम्म स्थगित भएको छ ।

मुस्ताङमा खुदा गवाहको सम्झना

५ अक्टोवर १९९१ । स्थान : मुस्ताङको जोमसोम बिमानस्थल । सर्वसाधारणको थेगी नसक्नु भीड । सदरमुकाम जोमसोममा यतिबिधि मान्छेको घुईचो यसअघि कहिल्यै थिएन । हिमाल पारीको जिल्ला मुस्ताङका बिकट बस्तीहरुबाट मान्छेहरु जोमसोम बिमानस्थल पुगेका थिए । मध्य दिनमा मान्छे नै उडाउने जोमसोमको हावाको बेग । हावाको बेगभन्दा जोरले फैलिएको अमिताभ बच्चन आउने खवर । हो  यो त्यही दिन थियो, ५ अक्टोवर १९९१  ।


हिन्दी फिल्मका सुपरस्टार अमिताभ नेपाल वायु सेवा निगमको जहाजबाट बिमानस्थलमा के ओर्लिएका थिए । फ्यानहरुबाट घेरिए । स्थानीयले उनको  फुलमालाले भव्य स्वागत गरे । अमिताभ अफगानिस्तानमा सुटिङ हुन नसकेको खुदा गवाह फिल्मको सुटिङका लागि फिल्मका अन्य कलाकारसंगै जोमसोम पुगेका थिए ।

त्यस दिन विष्णुराज हिराचनको खुट्टा खुशीले भुईमा थिएनन । अमिताभ बच्चन जोमसोम आउदा सबैभन्दा खुशी थिए उनी । किनकी फिल्म सुटिङका लागि भारतबाट आएको ९६ जनाको जम्बो टोली मध्ये फिल्मका मुख्य कलाकारहरुको वासस्थान हिराचनले चलाएको ओम्स होम थियो । सुटिङ युनिटका सदस्यहरु एउटा होटलमा नअटेर ८ वटा होटलमा बसेका थिए ।

२०३३ सालमा मार्फा गाँउमा खोलेको निलगिरी भ्यू होटललाई उनले २०३७ सालमा जोमसोममा सार्दा उनले त्यसको नाम समेत फेरेका थिए । निलगिरी भ्यू अव ओम्स होममा परिणत भएको थियो । अमिताभ आउनु भन्दा एक महिना अघि खुदा गवाह फिल्मका निर्देशक मुकुल आनन्द र निर्माता नसिर अहमद जोमसोम पुगेका थिए, सुटिङ स्थल र होटल हेर्न । हिराचनको होटलमा मुख्य कलाकारहरु राख्ने तय गरेपछि निर्देशक मुकुल आनन्दले होटलमा सुबिधा थप गर्न हिराचनलाई सल्लाह दिएका थिए । निर्माता र निर्देशकको सल्लाहमा हिराचनले अमिताभ बस्ने कोठामा ट्वाईलेथ बाथरुमको व्यवस्था गरे । गिजर राखे । कोठामा कारपेट बिछ्याए ।


हिराचनका लागि यो दुर्लभ अवसर थियो । उनी यो दुर्लभ अवसरलाई सफल बनाउन दिलोज्यानले लागेका थिए ।अमिताभ बच्चन जस्को दर्शनका लागि उनी आउनुभन्दा पहिल्यै नै मान्छेको लाईन लाग्थ्यो । भारतका सबैभन्दा ख्यातीप्राप्त तीनै कलाकार आफ्नो होटलमा बस्न आउनु हिराचनका लागि सपना जस्तै थियो ।

तर त्यो सपना खुदा गवाह फिल्मले सुटिङले पुरा गरेको थियो । अमिताभका लागि १०५ नम्बरको पुरै रुप रंग फेरिएको थियो । हिराचनले अहिले पनि बिर्सेका छैनन, अमिताभ जोमसोम आउदा उनले ११ वटा अटैची र व्याग पनि साथमा लिएर आएका थिए । जसको तौल साढे पाँच क्वीन्टल भन्दा बढि थियो । उनले आफ्ना सहयोगी र सामान राख्न तीन वटा रुम लिएका थिए ।

मेकअपम्यान दीपक र बडीगार्ड प्रविण जैन उनी सुत्ने रुमको पछाडि पट्टि बाहिरको रुममा बस्थे । फिल्मकी हिरोईन श्रीदेवीले दुई वटा रुम लिएकी थिईन । उनी १०१ नम्बरमा सुित्थन । १०२ नम्बरको बाथरुम प्रयोग गर्थिन । फिल्मका अर्का कलाकार डेनी डेङ्जोप्पालाई हिराचनले १०३ नम्बर रुम दिएका थिए । १०४ नम्बरमा नागार्जुन बस्थे । निर्देशक मुकुल आनन्द १०६ मा बसे । आफ्नी आमा सहित आएकी शिल्पा शिरोडकरका लागि १०७ नम्बरको रुम व्यबस्था गरिएको थियो । १०८ नम्बर रुममा किरण कुमार र जीवन भुषण बस्थे ।


फिल्मको सुटिङ शुरु भयो । निर्देशक मुकुल फिल्म कसरी राम्रो बनाउने भन्ने ध्यानमा थिए । हिराचन भने अमिताभ बच्चन लगायतका कलाकारको बसाईलाई कसरी सफल बनाउने भन्नेमा तल्लिन थिए । उनले खाना बनाउने कुक पोखराको फिस्टेल लजबाट ल्याएका थिए ।

सुटिङका लागि मुस्ताङका ८० भन्दा बढि घोडा भाडामा लिइएका थिए । बिहानै जोमसोमबाट घोडामा चढेर कलाकारहरु सुटिङ स्थलतर्फ लाग्थे । हिराचनले अमिताभ लगायतका मुख्य कलाकारहरुका लागि खाना होटलमा बनाएर सुटिङ स्थलमै पु¥याउथे । मुकुल आनन्दले सुटिङका लागि जोमसोम रोज्नु र मुख्य कलाकारहरु बस्ने होटलमा ओम्स होम रोज्नुमा नेपाली चलचित्र साईनोका निर्माता मालती राईका श्रीमान सुधिर राईको हात थियो । सुधिर राई तत्कालिन वायु सेवा निगमका क्याप्टेन थिए । लामा ट्राभल्सका सञ्चालक समेत रहेका राईको डेनीसंग राम्रो सम्बन्ध थियो । हिराचनका निकट मित्र थिए, राई ।


अफगानिस्तानको पठानको प्रेम कथामा आधारित खुदा गवाहको सुटिङ अफगानिस्तानमै गर्ने तय भएको थियो । र केही भाग सुटिङ पनि भयो । तर अफगानिस्तानमा द्धन्द चर्किदै गएपछि फिल्मको सुटिङ रोकियो । त्यसपछि निर्देशकले भारतको राजस्थान रोजे । राजस्थान पनि फिल्मको कथा अनुसार पूर्ण रुपमा उपर्युक्त नपाएपछि निर्देशक मुकुल त्यस्तो ठाँउको खोजीमा थिए, जहाँ खुदा गवाहको बाँकी अंश सुटिङ गर्न सकियोस ।

यसैबीच डेनी र सुधिर राईबीच भेट हुन्छ । डेनीले राईलाई फिल्म सुटिङका लागि अफगानिस्तानको जस्तो भू बनोट भएको ठाँउका बारेमा जिज्ञासा राख्छन । राईले त्यस्तो स्थान मुस्ताङमा रहेको बताउछन । राईले दिएको जानकारीका आधारमा निर्देशक मुकुल र निर्माता नसिर  सुटिङ स्थल हेर्न मुस्ताङ पुग्छन । दुवैलाई मुस्ताङ मन पर्छ । फिल्म सुटिङ मुस्ताङमै गर्ने निधो गरेर मुम्बई फिर्ता हुन्छन । जसको एक महिनापछि उनीहरु फिल्मको पुरै टीम सहित मुस्ताङ आउछन् । खुदा गवाह सुटिङ भएको २१ वर्षपछि ६८ वर्षिय हिराचनले निर्माता र निर्देशकको रोजाईमा मुस्ताङ पर्नुको भेद खोल्दै भने, मुस्ताङका लागि यो एउटा महत्वपूर्ण अवसर थियो ।

तीन घण्टा १३ मिनेट लामो खुदा गवाह फिल्ममा ४० मिनेट लामो दृष्य मुस्ताङमा छायांकन भएको छ । जसमा बिछडा यार मिलादे ओ रव्वा र तु नजा मेरे बादशाह बोलका दुई वटा गीत र फिल्मको क्लाईमेक्स दृष्यको छायांकन समेटिएको छ । डेनी र अलि खाँनको लडाईको दृष्य पनि जोमसोम मै लिइएको छ । यसबाहेक पनि थुप्रै दृष्यहरु मुस्ताङका समेटिएका छन् ।


क्लाईमेक्स दृष्यमा १० हजार भेडा च्यांग्राको बथानको बीचमा अरवी घोडामा अमिताभ चढेर भिलेनसंग लडेको दृष्य देखाईनु पर्ने फिल्मको कथा थियो । उक्त दृष्यका लागि चार वटा अरवी घोडा राजस्थानबाट गाडीमा राखेर पोखरा ल्याइएका थिए । तर ती घोडा मुस्ताङ लैजान खोज्दा उल्लेरीको उकालो चढेर अघि बढ्न सकेनन । घोडाहरु घोरेपानी नपुग्दै फिर्ता भए ।

पछि क्लाईमेक्स दृष्यमा निर्माताले अमिताभका लागि मुस्ताङी घोडाको व्यबस्था गरे । द्धन्द निर्देशक टिनु आनन्द उक्त दृष्यका लागि अरवी घोडा नै हुनुपर्ने अडानमा थिए । अरवी घोडाको व्यवस्था गर्न नसकेपछि द्धन्द निर्देशक टिनुले निर्माता नसीर अहमदलाई पिटेको हिराचन अहिले पनि बिर्सेका छैनन ।

स्टारको बोली हुकुम जस्तै हुन्थ्यो । भनेको कुरा निर्माताले पु¥याउनु पथ्र्यो । उनी सम्झिन्छन, अमिताभ बच्चनका लागि कथाले मागेको अरवी घोडा उपलब्ध गराउन नसक्दा निर्माता कुटिनु प¥यो ।

खुदा गवाह सुटिङका थुप्रै अवस्मरणीय अनुभवहरु छन्, हिराचनसंग । फिल्ममा भिलेन डरलाग्दो र रुखो देखिएपनि वास्तविक जीवनमा निकै सहज र सरल पाएको हिराचनको अनुभव छ । फिल्ममा खुंखार गुण्डाको अभिनय गर्ने डेनी उनीसंग निकै निकट रहे, सुटिङ अबधिभर । नेपाली भाषी डेनी उनलाई दाई भनेर सम्बोधन गर्थे ।

अमिताभ र डेनी पनि निकै मिल्थे । उनीहरु दुबै जना टेबुल टेनिसका सौखिन थिए । दुबैबीच टेबुल टेनिसमा कडा प्रतिस्पर्धा हुन्थ्यो । अमिताभले डेनीलाई कहिल्यै टेबुलटेनिसको प्रतिस्पर्धामा नजितेको हिराचनलाई अझै सम्झना छ । हिराचन पनि टेबुल टेनिसका खेलाडी थिए । एक दिन डेनीले अमिताभ र हिराचनबीच प्रतिस्पर्धा गराए । प्रतिस्पर्धा जारी थियो । नेपालका पूर्व प्रधानमन्त्री स्वर्गीय विपी कोईराला पुत्र डा. सशांक कोईराला जोमसोम आएको जानकारी खवर आएपछि अमिताभ खेल छाडेर उनलाई भेट्न निस्किए । जस कारण जीत र हारको टुंगो लाग्न सकेन ।


अमिताभ र डेनी सुटिङ सकेर रातिपख प्रायजसो मदिरा पिउथे । अमिताभ ह्विस्की पिउथे । डेनी ह्वाईट रम । डेनीले एक दिन हिराचनलाई आफूसंगै लगे । त्यो रात अमिताभ, डेनी र हिराचनलेसंगै बसेर पिए । आफ्नो होटलमा सुपरस्टार अमिताभ र हिन्दी फिल्मका चर्चित कलाकार बस्दा पनि उनीहरुसंग नजिक हुने हिराचनले कहिल्यै प्रयत्न गरेनन । अमिताभ र अन्य कलाकारहरु उनका लागि अतिथि थिए । त्यो भन्दा बढि उनले सम्बन्ध बनाउन चाहेनन । अमिताभका धेरै कुरा हिराचन अहिले पनि बिर्सेका छैनन । अमिताभ कम बोल्थे । अमिताभ सहयोगी थिए ।

अमिताभ खुदा गवाहको सुटिङ सकेर मुम्बई फर्किनु भन्दा अघिल्लो दिन मुक्तिनाथ गएका थिए । जोमसोमबाट घोडामा मुक्तिनाथ गएका उनले त्यहाँ केही पनि खाएनछन । अमिताभले केही नखादा उनको टिम चिन्तित भएको थियो ।

मुक्तिनाथबाट फर्केपछि त्यहाँ खाना वा अन्य केही खानेकुरा नखानुको अमिताभले हिराचनसंग भेद खोले । मुक्तिनाथ उनी बसेको होटलको शौचालय यति धेरै दुर्गन्धित थियो कि त्यहाँ भित्र पस्नै नसक्ने अबस्था थियो । खाना वा अन्य केही खाए शौचालय जानुपर्ने भएकोले उनले त्यहाँ केही पनि नखाएको हिराचनलाई सुनाए ।


जोमसोमबाट मुक्तिनाथको प्रबेशद्धार रानी पौवासम्म अमिताभ घोडामा गए । त्यहाँबाट मुक्तिनाथ मन्दिर जान उकालो चढ्नु पर्ने । उकालोमा चढ्दा थाकेकाहरुलाई बस्न बेञ्च थिएन । अमिताभले पनि त्यसको पीडा खेपे ।

मुम्बई फर्किनुअघिको राति हिराचनलाई अमिताभले आफ्नो कोठामा बोलाए । अमिताभले १० हजार भारतीय रुपैया हिराचनको हातमा थमाएर मुक्तिनाथ उक्लिने बाटोमा बेञ्चको व्यबस्था गरिदिन आग्रह गरे । अमिताभकै आग्रहमा हिराचनले उकालोमा चार वटा बेञ्चको व्यबस्था गरे । जुन बेञ्च अहिले पनि छन् । अमिताभसंगको यो घट्ना पनि हिराचन सम्झिरहन्छन । अमिताभको मुक्तिनाथ यात्राको अर्को रोचक प्रसंग छ । अमिताभ बस्ने होटलमा उनलाई सुत्न मिल्ने खटिया थिएन । उनी त्यहाँ दुईटा खटिया जोडेर सुतेका थिए ।

११ अक्टोवर २०११ पनि हिराचनका लागि अविस्मरणीय बनेको छ । यो अमिताभ बच्चनको जन्म दिन थियो । जन्मदिन मनाउन अमिताभ पत्नी जया भादुडी र उनका अनन्य मित्र भारतीय नेता अमर सिंह मुम्बईबाट जोमसोम आएका थिए । जया भादुडीले मुम्बईबाटै जन्मदिनको केक ल्याएर आएकी थिईन । हिराचनले राति ओम्स होममै अमिताभको जन्मदिनको पार्टीको व्यवस्थापन गरे । सोही दिन निर्देशक मुकुल आनन्दको पनि जन्मदिन परेकोले दुबैले एक अर्कालाई केक खुवाएर बधाई तथा शुभकामना साटासाट गरे ।

अमिताभ खुदा गवाहको सुटिङका क्रममा झण्डै तीन हप्ता मुस्ताङ बसे । उनकी पत्नी र मित्र अमर सिंह भने अमिताभको जन्म दिन मनाएर दुई दिनपछि मुस्ताङबाट मुम्बई फिर्ता भए । अमिताभलाई मुस्ताङमा एउटा कुराले चकित बनाएको बनाएको थियो । उनी सुटिङका लागि भारतका बिभिन्न ठाँउ जादा होस वा बिदेश जादा फ्यानहरुको घेराउमा पर्थे । कतिपय ठाँउमा काम गर्नै नसक्ने गरी उनी फ्यानहरुबाट घेरिन्थे । सुटिङ अगाडि बढाउन प्रहरीले फ्यानहरुलाई हटाउन बल प्रयोग गर्नुपथ्र्यो । तर जोमसोम बजारमा निस्कदा अमिताभ एक्लै हुन्थे । फ्यानहरुले वास्तै नगरेको देखेर आफू चकित भएको जोमसोम बसाईकै क्रममा अमिताभले हिराचनलाई सुनाएका थिए ।

खुदा गवाहकी हिरोईन श्रीदेवीको व्यबहारले हिराचनका नजरमा उनी घमण्डी लाग्छन । श्रीदेवी १०१ नम्बर रुममा सुत्थिन । उनले रुममा रहेको खटिया हटाउन लगाएर भुईमा बिस्तरा लगाएकी थिईन ।

श्रीदेवी मिनरल वाटरले मुख धुन्थिन । खानेकुरा पनि मिनरल वाटरले धुन्थिन । उनले सुटिङ अबधि भर मिनरल वाटरको मात्र प्रयोग गरिन । यो कुराले पनि हिराचनका नजरमा श्रीदेवीको छवि घमण्डी नायिकाका रुपमा रह्यो । श्रीदेवीको अर्को बिशेषता थियो – उनलाई कोठा बाहिर निस्किएपछि छाता ओढ्नै पर्ने । घोडा माथि चढ्दा पनि छाता ओढ्नुपर्ने । एक पटक छाताले चम्किएर घोडा उफ्रिएपछि श्रीदेवी भुईमा लड्नि । त्यसपछि भने उनले घोडा चढ्दा छाता ओढ्न छाडिन ।

खुदा गवाहका लागि जोमसोमलाई छनौट गरेर फर्केपछि निर्देशक मुकुल आनन्द र निर्माता नसिर अहमदले अमिताभलाई सरप्राईज दिन जोमसोममा होटल नभएकोले टेण्टमै सुत्नु पर्ने र ट्वाईलेट पनि टेण्ट भित्रै बनाईने बताएका थिए । निर्माता र निर्देशकले सुटिङका लागि मुस्ताङ उड्नुअघि अमिताभसंग गरेको सम्झौतामा पनि टेण्टमै बस्नु पर्ने उल्लेख गरिएको थियो । जोमसोममा अट्याच्ड ट्वाईलेट बाथरुम पाउदा अमिताभ दंग परेका थिए । उनले मुस्ताङमा त्यस्तो व्यवस्थाको कल्पना गरेका थिएन । जुन कुरा अमिताभले हिराचनलाई सुनाएका थिए ।

खुदा गवाहको सुटिङ भएको २२ वर्ष बित्यो । तर त्यसका धेरै कुरा अहिले पनि विष्णुराजसंग ताजै छन् । ओम्स होमको स्तरोन्नती भएको छ । फिल्म सुटिङ हुदा ओम्समा अट्याच ट्वाइलेट बाथरुम भएका चार वटा रुम मात्र थिए । अहिले ओम्समा २५ वटा रुम छन् । जसमध्ये अधिकांशमा ट्वाईलेट बाथरुम छन् । अमिताभ र अन्य कलाकारहरु बसेको रुमको मूल्य अहिलेपनि पाँच सयदेखि हजार रुपैया भन्दा बढि छैन ।

वर्षेनी हजारौ भारतीय हिन्दु धर्मावलम्बीहरु मुक्तिनाथ मन्दिर दर्शनका लागि आउछन । कतिपय ओम्समै बस्छन । तर उनीहरु मध्ये १० प्रतिशतलाई मात्र अमिताभ ओम्समा बसेको जानकारी हुन्छ । हिराचन अमिताभ वा श्रीदेवी बसेको रुम भनेर प्रचार गर्न रुचाउदैनन । उनी स्टारको नाम बिक्री गर्न चाहदैनन । ओम्सकै नामबाट आफ्नो व्यवसाय चलाउन चाहन्छन । ओम्स प्रबेशद्धारको भित्तामा अमिताभ र डेनीसंग उभिएर खिचेका दुई छुट्टाछुट्टै तस्वीर झुण्ड्याइएका छन् । हिराचन ती फोटोहरु पनि आफ्नो छोरीले झुण्डाएको सुनाउछन् ।

अमिताभले मुम्बई फिर्ता हुदा हिराचनलाई आफ्नो नम्बर दिएर मुम्बई आउदा आफूलाई सम्पर्क गर्न भनेका थिए । छोराछोरीलाई भारत पढाउनु परेमा आफूलाई भन्न पनि अमिताभले आग्रह गरेका थिए । तर सुटिङ सकेर फर्किएपछि अमिताभसंग उनको अहिलेसम्म सम्पर्क भएको छैन । अब भने भारत जादा अमिताभलाई भेट्ने बताउछन्, हिराचन । अहिलेसम्म भेट्ने काम नै परेन, हिराचन भन्छन्, अब भारत गए भने अमिताभलाई सम्पर्क गर्छु । ९० को दशकमा सुटिङ निर्मित खुदा गवाहबाट निर्देशक मुकुल आनन्दले निकै अपेक्षा गरेका थिए । बक्स अफिसमा यो फिल्म सुपर हिट हुने मुकुलको विश्वास थियो ।


बादशाह खान (अमिताभ) र बेनजिर (श्रीदेवी) को प्रेम कथामा आधारित खुदा गवाह फिल्म निर्देशक मुकुल आनन्दले बनाएको समकालीन अर्को फिल्म हम झै चर्चित हुन नसकेपनि मुकुलले खुदा गवाह फिल्मकै निर्देशन गरे वाफत फिल्म फेयर अवार्डमा उत्कृष्ट निर्देशकको उपाधी हात पार्न सफल भए । उनको फिल्मले उत्कृष्ट सहयोगी कलाकार, उत्कृष्ट एक्सन र उत्कृष्ट ध्वनीको अवार्ड समेत हात पारेको थियो ।

नेपाल र नेपालीलाई माया अनि सम्मान गर्ने मुकुल आनन्दले फेरि पनि नेपालमा आफूले अन्य फिल्म सुटिङ गर्ने ईच्छा व्यक्त गरेका थिए, हिराचनसंग । खुदा गवाह सुटिङ भएको एकवर्षपछि मुकुल आनन्द टाईमेक्स घडीको बिज्ञापन बनाउन नेपाल आए । त्यसको दुई वर्षपछि मुकुल आनन्द बिते । केही वर्षअघि श्रीदेवीको निधन भयो । मुकुल र श्रीदेवी बितेपनि खुदा गवाह सुटिङ गरेर मुस्ताङलाई चिनाउने उनीहरु  मुस्ताङीका हृदयमा भने जीवितै छन् ।

सभामुख घिमिरेलाई कम्बोडियन संसदले दियो ‘गार्ड अफ अनर’

काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ दिएको छ ।

नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले गार्ड अफ अनर दिएको हो ।

सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । भ्रमणका क्रममा सभामुख घिमिरेले कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

 

 

सभामुख घिमिरेले भेटमा नेपालको शान्ति प्रक्रियासँगै समावेशी र प्रगतिशील संरचना निर्माण भएको बताए ।

नेपालमा सन् २००६ मा भएको विस्तृत शान्ति सम्झौताले स्थायित्व ल्याउनुका साथै संविधानसभाबाट संघीयतासहितको समावेशी र प्रगतिशील संरचना बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।

सभामुख घिमिरेले कम्बोडियाले सामाजिक–आर्थिक विकास गरेकोमा खुसी व्यक्त गरे ।

सभामुख घिमिरेले नेपाल सरकार र कम्बोडिया सरकारबीच सम्पन्न हवाई सेवा सम्झौताले जनताबीचको सम्पर्कलाई थप वृद्धि गर्ने विश्वास पनि व्यक्त गरे ।

सभामुख घिमिरेले आइतबार बिहान प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग भेट गरे ।

पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका हुन् ।

भ्रमणका क्रममा सभामुख घिमिरेले सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११ ओ पूर्ण सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामुख घिमिरे मंसिर ११ गते स्वदेश फसर्कनेछन् ।

खोज्नुहोस