दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।

न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेशसमेत जारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा उनलाई प्रहरीले पक्राउ गरिकएको थियो ।

प्रसाईंका छोरा निराजनले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर गत ९ मंसिरमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

उपनिर्वाचन भ्रष्टाचारविरुद्ध महाभियान : अध्यक्ष दाहाल

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहालले यही मंसिर १६ मा तय भएको स्थानीय तह उपनिर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनको अभियानको रुपमा लिएको उल्लेख गर्दै आफ्नो दलका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।

उनले सामाजिक संजालमार्फत बुधबार भिडियो सम्बोधन गर्दै सुशासनको पक्षमा जनमत जाहेर हुनुपर्ने बताएका छन् ।

‘म अपिल गर्न चाहन्छु, यो अभियानलाई सफल पार्न यो उपनिर्वाचनमार्फत जनताको अभिमतका निम्ति विशेष रुपले अनुरोध गर्न चाहन्छु । किनकि यो उपनिर्वाचनले यथार्थमा नेपाली जनताको भोलिको आम निर्वाचनका लागि पनि नयाँ सन्देश दिनेछ । सुशासनको पक्षमा साँच्चै नेपाली जनता भ्रष्टाचारविरुद्ध रहेको प्रमाणित गर्ने अवसर पनि हो,’ उनले भने, ‘यो निर्वाचनलाई अवसरको रुपमा लिएर देशमा व्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध एउटा नयाँ परिस्थिति सृजना गर्नका निम्ति, राजनीतिक व्यवस्था त परिवर्तन भयो, अवस्था परिवर्तनक कुरा गर्दै आएका छौं । उपनिर्वाचनमार्फत एउटा नयाँ सन्देश दिऔं । देशमा सुशासन पक्षमा सबै खाले बेथितिविरुद्ध अभियान सुरु गरौं ।’

उनले सुशासनको अभियानलाई साथ दिन अपिल गर्दै उपनिर्वाचनमा भ्रष्टाचारविरुद्ध अभियानको रुपमा लिएको जनाएका छन् । ‘यो उपनिर्वाचन पनि मूलतः हाम्रो तर्फबाट भ्रष्टाचारविरुद्ध अभियान बढाउने महासंकल्पका रुपमा, देशमा सुशासन कायम गर्ने, सामाजिक न्यायसहित आर्थिक समृद्धिका पक्षमा हामीले अगाडि बढाइरहेका छौं,’ उनले भनेका छन्, ‘आफ्नो नेतृत्वको सरकारबाट देशमा सुशासनको पक्षमा, भ्रष्टाचारको पक्षमा, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध देशमा आर्थिक संकटबाट मुक्त गर्ने निकै प्रयास गरेको थिएँ । त्यसको परिणाम देशमा सकारात्मक भाव पैदा भएको थियो र छ ।’

एनपिएल उद्घाटन खेलका लागि खुला गरिएको १० हजार टिकट तीन दिनअघि नै ‘सोल्डआउट’

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) आगामी शनिबार सुरू हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आफैँ आयोजना गर्न लागेको टी-२० फ्रेञ्चाइज लिगको चर्चा चुलिएको छ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानका हुने उद्घाटन खेलका लागि क्यानले खुला गरेको १० हजार टिकट तीन दिनअघि बिक्री भएको छ।

विराटनगर किंग्स र जनकपुर बोल्टबीच हुने उद्घाटन खेलका लागि भाइआइपीतर्फ ८ सय टिकट बिक्री भएको क्यानका प्रवक्ता छुम्बी लामाले बताए। खल्ती एपबाट टिकट बिक्री खुला गरिएकोमा साधारण टिकट पनि सबै बिक्री भएको उनको भनाइ छ।

क्यानले अरु दिन भने १३ हजार टिकट बिक्री गर्ने योजना बनाएको छ।

पहिलो दिन साधारणतर्फ ३ सय र भिआइपीतर्फ ७ सय रूपैयाँ टिकट दर तोकिएको थियो। पहिलो दिनमा नै टिकट बिक्रीबाट क्यानले ३३ लाख रूपैयाँ बढी कमाइसकेको छ।

क्यानले अरू दिनका लागि टिकट बिक्री सुरु गरिसकेको छ। अरू दिनको पनि टिकट किन्नेको चाँप बढेको प्रवक्ता लामाले बताए।

लिग खेलको ३ सय र ५ सय टिकट मूल्य तोकिएको छ। लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ। प्लेअफको ५ सय र ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ।

फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य छ।

सिजनल पासको लागि साधारणतर्फ ४४ सय ८० रुपैयाँ र भिआइपीतर्फ ८२ सय ४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ।

मंसिर र १५ देखि पुस ६ गतेसम्म कीर्तिपुर स्थित त्रिवी मैदानमा हुने प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ।

नगरपालिकामा न्यून आय, कर्मचारी धेरै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् ।

भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।

परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।

‘१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको छ,’ परराष्ट्र स्रोतले भन्यो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग १८ मंसिरमा भेट हुनसक्ने परराष्ट्र स्रोतले जानकारी गराएको छ । ‘प्रधानमन्त्री गएको भोलिपल्ट उच्चस्तरीय भेट हुनसक्छ । तर, औपचारिक तालिका आइसकेको छैन,’ परराष्ट्र स्रोतले भन्यो ।

रवि र निकिताको ५० करोड बढी कारोबारको स्रोत खोज्दै प्रहरी

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको मामलामा अनुसन्धान गरिरहेको प्रहरीले कम्तिमा ५० करोड रुपैयाँ बराबर कारोबारको विवरण संकलन गरेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, तीमध्ये केही रकम २०७९ सालको निर्वाचन र पुनः भएको उपनिर्वाचनका समयमा अमेरिकाबाट पठाइएको समेत भेटिएको छ । निर्वाचन आयोगले लामिछानेले उम्मेदवारी दिएको चितवन क्षेत्र नं. २ का लागि खर्च सीमा २९ लाख रुपैयाँ तोकेको थियो ।

 

 

तर, अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार वेग्लै खाताबाट निर्वाचनको समयमा अतिरिक्त खर्च भएको पाइएको छ ।

‘चुनाव प्रचारका समयमा छुट्टै खाता खोलेर कारोबार गरिएको पाइएको छ, त्यसैले त्यतिबेला सीमाभन्दा बढी खर्च भएको थाहा भएनछ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘तर, अहिले निर्वाचन प्रयोजनका लागि चन्दा, सहयोगलगायत त्यही खातामा आउनुपर्नेमा बेग्लै खातामा रकम लिएर कारोबार गरेको भेटिएको छ ।’

 

 

यसबारे अनुसन्धान अधिकृतहरुले निर्वाचन आयोगलाई समेत जानकारी गराएर निर्वाचन कसुरमा छानबिन गर्ने तयारी गरेका थिए । तर, निर्वाचन सम्बन्धी कसुरमा अनुसन्धान गर्न ३ महिनाको हदम्याद भएकाले यस अन्तरगत जाँच अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय, पोखराका एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग बताए ।

‘यद्यपि, उहाँ र पत्नी (निकिता पौडेल) को खातामार्फत भएको शंकास्पद कारोबार जाँच गरिरहेका छौं’, कास्की प्रहरीका एक अधिकृतले भने, ‘त्यसक्रममा कारोबारको स्रोत नखुल्ने थुप्रै विवरणहरु फेला परेका छन् ।’

सहकारी ठगीको मामलामा मात्र अनुसन्धान भएको भए लामिछाने पत्नी निकिता छानबिनको दायरामा आउने थिइनन् । तर, सम्पत्ति शुद्धीकरणको जाँचमा अनुसन्धान अधिकृतहरुले परिवारका सबै सदस्यमाथि छानबिन गर्न पाउने हुँदा पौडेलको कारोबार पनि छानबिनमा परेको हो ।

कास्की प्रहरीका अनुसार, रवि र पत्नीको नाममा शंकास्पद कारोबार देखिएपछि नै मुद्दालाई सम्पत्ति शुद्धीकरणतर्फ लगेर लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति लिइएको छ । सहकारी ठगी र संगठित अपराधमा मात्रै मुद्दा चलेको भए केही दिनअघि नै लामिछानेको मुद्दा अदालतसम्म पुगिसक्ने थियो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसन्धान अधिकृतहरुले जाँचका क्रममा सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको ऋण तिर्न लामिछानेले काटेका चेकहरु पनि बरामद गरेका थिए । त्यसक्रममा यस सम्बन्धी प्रश्नहरु समेत लामिछानेलाई सोधिएको थियो ।

‘चेकहरु फेला परेपछि सम्पत्तिको मामलामा पनि अनुसन्धान गर्नुपर्ने देखियो, त्यसपछि दुवै जनाको खाताको सम्पूर्ण विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार समेत गरेका थियौं’, एक अधिकृतले भने, ‘बैंकबाट पत्र प्राप्त भएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धानले गति लिएको छ ।’

प्रहरीले रविसँगै उनकी पत्नी निकिता पौडेलको खातामा भएको कारोबार रकमलाई पनि शंकास्पद मानेको छ । विदेशबाट आएको रकमलाई भने अनुसन्धान अधिकृतहरुले अस्वभाविक भनेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र रवि लामिछानेमाथि सहकारी ठगीको आरोपमा अनुसन्धान गरिरहेका चार प्रहरी कार्यालय सम्बद्ध स्रोतले हालसम्म करिब ५० करोड रुपैयाँ बराबरको कारोबार भेटिएको अनलाइनखबरलाई बतायो ।

प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पनि अनलाइनखबरसँग कुरा गर्दै रविको खातामा ३५ करोड र निकिताको खातामा १५ करोड रुपैयाँ कारोबार भएकोबारे जाँच भइरहेको पुष्टि गर्‍यो । ‘यो भनेको ग्लोबल आईएमई र कुमारी बैंकको खातामाथि मात्रै अनुसन्धान हुँदै गर्दाको विवरण हो’, स्रोतले भन्यो, ‘थप कारोबारको विवरणबारे पनि जाँच गरिरहेका छौं, त्यसैले यो अंक बढ्न सक्छ ।’

प्रहरीले लामिछानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा म्याद थप गर्न ९ मंसिरमा जिल्ला अदालत कास्कीमा उपस्थित गराएका बेला पनि ग्लोबल आईएमई र कुमारी बैंकको खातामाथि अनुसन्धान भइरहेको ब्रिफिङ गरेको थियो ।

प्रहरीको ब्रिफिङ सुनेपछि कास्कीका न्यायाधीश हिमलाल बेल्बासेले ‘आरोपीहरुको कारोबार रहेको घर जग्गा खरिद बिक्रीको लिखत सम्बन्धी कागज प्रमाण प्राप्त भइ नसकेको’ लगायतका कारण देखाउँदै थप १५ दिन हिरासतमा राख्न अनुमति दिएका थिए ।

‘खासगरी चितवन–२ मा उपनिर्वाचन भएको आसपासको समयमा अमेरिकाबाट निकिता पौडेलको खातामा ठूलो रकम ट्रान्सफर भएको देखिन्छ’ सीआईबी सम्बद्ध स्रोतले भन्यो, ‘उहाँको खातामा आएको रकम विभिन्न व्यक्तिहरुका नाममा ट्रान्सफर भएको देखिएको छ, हामीले त्यसबारेमा अनुसन्धान गरिरहेका छौं ।’

पौडेलको खातामा अस्वभाविक रकम भेटिएपछि अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले गृहमन्त्री रमेश लेखक, महान्यायाधिवक्ताको कार्यालयका अधिकारीहरु, नेपाल राष्ट्र बैंक लगायतलाई ब्रिफिङ गरिसकेका छन् ।

निकिता पौडेल

स्रोतका अनुसार, पौडेलको खातामा अमेरिकाबाट भित्रिएको रकम सम्बन्धमा अमेरिकी अधिकारीहरुसँग पनि कानूनी सहायताका लागि आग्रह गर्नेबारे छलफल भइरहेको छ । अमेरिकाबाट रकम पठाउने व्यक्ति, तिनको आर्थिक अवस्था लगायतका विवरण खुलाउन आग्रहसहित पारस्परिक कानूनी सहायताका लागि कानून मन्त्रालयमार्फत पत्राचार गर्ने तयारी छ ।

महान्याधिवक्ता कार्यालय स्रोतका अनुसार, अहिलेसम्म प्राप्त प्रमाण हेर्दा निकिता पौडेलको कारोबारलाई विस्तृत रुपमा केलाउने र संलग्नहरुको भूमिकाबारे अनुसन्धान गर्न सुझावसहितको निर्देशन दिइएको छ ।

सम्पत्ति शुद्धीकरणको मामलामा अनुसन्धान गरिरहेका अधिकृतहरुले निकिता पौडेलको खातामा आएको रकम पछाडि दुई वटा कारण हुनसक्ने विश्लेषण गरेका छन् । पहिलो, उनीहरुले चितवन–२ को उपनिर्वाचनमा निर्वाचन सहयोगको आवरणमा अमेरिकाबाट ठूलो मात्रामा रकम भित्र्याएको हुनसक्छन् ।

दोस्रो, सहकारीबाटै दुरुपयोग भएको रकम व्यवस्थापन भएर शुद्धीकरणका प्रक्रियामार्फत उनीहरुको खातामा आएको पनि हुनसक्छ ।

‘महान्यायाधीवक्ता कार्यालयले उहाँको खातामा भेटिएको रकमको हकमा अनुसन्धान गरेर छुट्टै मुद्दाको रुपमा अघि बढाउनुपर्ने सुझाव दिएकाले खाता र कारोबारबारे छुट्टै अनुसन्धान भइरहेको छ’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘प्रहरीले पनि सहकारी ठगीमा त्यो कारोबार प्रत्यक्ष नजोडिए अस्वभाविक कारोबारबारे छुट्टै अनुसन्धान गरेर प्रमाणका आधारमा अनुसन्धान टुंगाउने योजना बनाएको थियो ।’

रास्वपा सभापति लामिछानेकी पत्नी निकिता पौडेलले भने आफू र सभापति लामिछानेविरुद्ध अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै त्यस्तो विवरणमा सत्यता नभएको बताइन् । कुनै पनि मुलुकबाट आफूहरुको खातामा रकम नआएको उनको दाबी छ ।

‘निर्वाचनको बेलामा मेरो र उहाँको खातामा रकम आएको भन्ने कुरामा कुनै सत्यता छैन, यो हामीविरुद्धको लाञ्छना र झुठो हल्ला हो’ उनले अनलाइनखबरसँग भनिन्, ‘हाम्रो खातापाता सबै राज्यका निकायले हेरेका छन्, त्यहाँ जे छ, त्यहि हो । हामीले के नै लुकाउनुपर्ने छ र ?’

कुनै अपराध गरेर त्यसबाट सम्पत्ति जोडेको भेटिए सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुन्छ । यसअघि सम्पत्ति शुद्धीकरणको मामिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नै अनुसन्धान गरेर मुद्दा चलाउने गथ्र्यो ।

तर, गएको वर्ष सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन, २०६४ लाई संशोधन गरेर मुख्य कसुरमाथि अनुसन्धान गर्ने निकायले नै सम्बन्धित व्यक्तिमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान र अभियोजन गर्न सक्ने व्यवस्था गरिएको छ ।

लामिछानेमाथि सहकारी ठगीमा संलग्न रहेको आरोप लागिरहेका बेला माओवादी–एमाले–रास्वपा गठबन्धनको सरकारमा उनी उपप्रधान एवं गृहमन्त्री थिए । तत्कालीन प्रतिपक्षी नेपाली कांग्रेसले यो मामलालाई आफ्नो प्रमुख एजेण्डा बनायो र संसदीय समिति गठन गर्न माग गर्दै संसदमा अवरोध जारी राख्यो ।

लामो रस्साकस्सीपछि सहकारी समस्याबारे जाँच गर्न संसदीय समिति गठन गर्न दलहरु तयार भए । त्यसक्रममा एमाले सांसद् सूर्य थापा नेतृत्वको समितिले लामिछानेलाई सहकारीमा बचतकर्ताले राखेको रकम अपचनमा दोषी ठहर गरेको थियो । त्यसक्रममा उनका तत्कालीन साझेदार प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई समेत जिम्मेवार बनाउनुपर्ने भनिएको थियो ।

समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, चितवनको साहारा बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारी (कुमार रम्तेल सचिव रहेको) बाट २२ करोड ४६ लाख ३० हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ । बाँकी रकम विभिन्न व्यक्तिको नाममा ऋण लिएर जम्मा ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेको भेटिएको थियो ।

थापा समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले पूर्वडीआईजी जोशीलाई ६ असोजमा पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा बनस्थलीस्थित पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्दा प्रहरीले अदालतबाट म्याद लिएर लामिछानेलाई ९० दिनसम्म हिरासतमा राख्न सक्छ । –अनलाइन खबरबाट

व्यवस्थापन सङ्कायमा टियु टप गरेका धरणीधर भट्ट सम्मानित (फोटो फिचर )

व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयबाट देशभरिमै उत्कृष्ट हुन सफल धरणीधर भट्टलाई आज सम्मान गरिएको छ । कैलाली बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले उनलाई एक समारोहबिच सम्मान गरेको हो ।

तष्विर : लोक बिस्टको फेसबुकबाट

व्यवस्थापन सङ्कायमा टपर भट्ट सम्मानित

धनगढी, १२ मङ्सिर ।

व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालयबाट देशभरिमै उत्कृष्ट हुन सफल धरणीधर भट्टलाई आज सम्मान गरिएको छ ।

कैलाली बहुमुखी क्याम्पस र स्वतन्त्र विद्यार्थी युनियनले उनलाई एक समारोहबिच सम्मान गरेको हो ।

सम्मान समारोहका प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले भट्टलाई प्रशंसा पत्र सहित सम्मान गरे ।

समारोहका अतिथि पूर्व मन्त्री रमेश धामी, कैलाली बहुमुखी क्याम्पसका प्रमुख तोयराज भट्ट लगायतका अतिथिहरुले विद्यार्थी भट्टलाई बधाई दिए ।

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत भट्टले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बिबिएम) कार्यक्रममा देशभरिमै उत्कृष्ट हुन सफल भएका थिए ।

भट्टले औसत ३.९५ जिपिए ल्याएर त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा देशभरिमै उत्कृष्ट स्थान हासिल गर्न सफल भएको कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा.लोकबहादुर विष्टले जानकारी दिए ।

बिष्टका अनुसार भट्टले पहिलो सेमेस्टरमा ३.८८, दोस्रोमा ३.९६, तेस्रोमा ३.९८, चौथोमा ३.९९, पाँचौंमा ३.९४, छैटौंमा ३.९६, सातौंमा ३.८९ र आठौं सेमेस्टरमा ३.९८ जिपिए प्राप्त गरेका थिए ।

इजरायल र हिजबुल्लाहबीच युद्धविराम

काठमाडौँ,१२ मंसिर ।
अमेरिका र फ्रान्सको मध्यस्थतामा इजरायल र इरान(समर्थित समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौता भएको छ ।

इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीचको युद्धविराम बुधबारदेखि लागू भएको छ । अमेरिका र फ्रान्सको मध्यस्थतामा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा दुवै पक्ष सहमत भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएपछि यो सम्झौता बुधवारदेखि लागू भएको हो ।

यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।

 

यस सम्झौताले इजरायल-लेबनानी सीमामा भएको द्वन्द्वको अन्त्यको मार्ग खोल्छ, जसले गएको वर्ष गाजाका कारण सुरु भएको युद्धबाट हजारौं मानिसहरूको ज्यान लिएको थियो।

 

बाइडेनले मंगलबार ह्वाइटहाउसबाट सम्बोधन गर्दै इजरायली सुरक्षा मन्त्रिपरिषद्ले १०-१ को मतले सम्झौता स्वीकृत गरेको बताए । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीसँग कुरा गरेको र स्थानीय समयअनुसार बिहान ४ बजे युद्ध समाप्त हुने बताए ।

‘यो स्थायी रूपमा शत्रुता अन्त्य गर्नका लागि गरिएको हो’ बाइडेनले भने,’हिजबुल्लाह र अन्य आतंकवादी संगठनहरूको बाँकी हिस्सा इजरायलको सुरक्षालाई फेरि धम्की दिन दिइने छैन।’

बाइडेनका अनुसार, इजरायलले ६० दिनको अवधिमा आफ्नो सेनाहरू क्रमशः फिर्ता लैजानेछ । हिजबुल्लाहले त्यहाँ आफ्नो संरचना फेरि निर्माण गर्न नसकोस् भनेर लेबनानको सेनाले आफ्नो सीमामा रहेको क्षेत्रको नियन्त्रण लिनेछ ।

 

यस्तो छ आजको विदेशी बिनिमय मुद्रादर

काठमाडौँ, १२ मङ्सिर ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार मङ्गलबारको  तुलनामा अमेरिकी डलर, युरो, पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको विनिमय दर बढेको छ भने अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ २३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ०६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ६० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा, बढेको मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २७ पैसा र बिक्रीदर १२ रुपैयाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ५८ र बिक्रीदर चार सय ३९ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ११ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ७० पैसा तय भएको छ । यस्तै, ओमानी रियाल एकको खरिददर तीन सय ४९ रुपैयाँ ७० पैसा र बिक्रीदर तीन सय ५१ रुपैयाँ २६ पैसा तय भएको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुनेछ ।

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखी यसको विस्तार एवं प्रवर्धन गर्न नेपालका नवनियुक्त राजदूत एवं निर्यात व्यवसायीहरुलाई आग्रह गरेकी छन ।

नेपाल सरकारद्वारा हालै नियुक्त राजदूतहरु तथा नेपालका निर्यात व्यवसायीहरुसँग मङ्गलबार परराष्ट्र मन्त्रालयमा भएको अन्तरक्रियामा उनले मुलुकको विकास र राष्ट्रिय समृद्धिको आकांक्षालाई परिपूर्ति गर्न परराष्ट्र मन्त्रालयले नीतिगत रूपमा नै आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको जानकारी गराउँदै आर्थिक कूटनीतिको प्रवर्धनमा लाग्न आग्रह गगरेकी हुन ।

मन्त्री डा। राणाले भने “विविध कारणले नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकिरहेको वर्तमान अवस्थामा विदेशस्थित सबै नेपाली मिसनहरुले आर्थिक कूटनीति प्रवर्धन गर्नुपर्ने जरुरी देखिएको छ । आफू रहेका देशबाट नेपालमा लगानी आकर्षित गर्दै यहाँका सम्भावनाहरुलाई उजागर गरी निर्यात प्रवर्धनमा लाग्नुहोला ।”

उनले नियोगमार्फत हुने आर्थिक कूटनीतिका कार्यक्रमहरुलाई प्रभावकारी र परिणाममुखी बनाउन आग्रह गर्दै यसका लागि नियोगमा पर्याप्त स्रोत साधन एवं जनशक्तिको समेत अभाव रहेकाले यसको वृद्धि गर्नेतर्फ आफू लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री डा। राणाले परराष्ट्र मन्त्रालयका लागि तत्कालै आवश्यक रहेको थप जनशक्ति परिपूर्ति गर्न हालै सङ्गठन तथा व्यवस्थापन सर्भे गरिएको र थपिएको सो जनशक्तिले परराष्ट्र मन्त्रालय र नियोगको कार्यसम्पादनमा चुस्तता र प्रभावकारिता ल्याउने अपेक्षा गरिएको पनि बताए ।

नेपालका निर्यात व्यवसायी एवं उद्यमीहरुले आफ्ना उत्पादनहरुलाई विदेशी बजारमा प्रतिस्पर्धा गर्न सक्नेगरी ‘प्याकेजिङ’ गर्नुपर्ने उनको सुझाव छ ।

मन्त्री डा। राणाले विदेशी बजारमा नेपाली उत्पादनको विशिष्ट पहिचान रहेकाले माग पनि हुने गरेको भन्दै स्तरीय प्याकेजिङसहित निर्यात गर्न सुझाव दिए । मन्त्री डा। राणाले आफ्ना उत्पादनको निर्यातका क्रममा कुनै समस्या भएमा नेपाली मिसनहरुका साथै परराष्ट्र मन्त्रालयसँग समन्वय गर्न निर्यातकर्ताहरुलाई आग्रह गरेकी छन ।

अमेरिकामा मानसिक स्वास्थ्य बिभाग हाँकिरहेकी रेखा

अमेरिकाको केन्टुकीस्थित मानसिक स्वास्थ्य अस्पताल, द रिज बिह्यावियर हेल्थ सिष्टम । त्यही अस्पतालको मानसिक स्वास्थ्य विभागमा टीम लिडरका रुपमा कार्यरत छन्, रेखा जोशी । यो तहको जिम्मेवारी पाउने उनी एक्ली नेपाली हुन् । सात वर्षदेखि जहाँ हरेक दिन भर्ना हुने मानसिक समस्या भएका बिरामीहरुमा आशा जगाईरहेकी हुन्छिन् । बिरामीको अनुहारमा खुशी ल्याउन हरपल प्रयत्न गरिरहेकी हुन्छिन ।

उनी बिरामीसंग साथी झै व्यवहार गर्छिन । ध्यान दिएर उनीहरुका कुरा सुन्छिन । उनीहरुको अनुहार र त्यसको भाव पढ्छिन् । उनीहरुको मनोदशा बुझ्छिन । त्यसका कारणहरु पहिल्याउछन् । किन उ त्यस्तो छ ? उसलाई त्यो अवस्थाबाट बाहिर कसरी निकाल्न सकिन्छ ? उसले के भन्न खोजिरहेको छ ? र, उसको मनोविज्ञान बुझेर व्यबहार गर्छिन । यी सात वर्षमा उनलाई कसैले नराम्रो भनेको सम्झनासम्म छैन । बिभागको सुपरभाईजरले पहिलो महिनामै भनेको सम्झिन्छन्, ‘यु डिड गुड जव रेखा ।’

डा. लक्ष्मीकान्त पन्त सुदूर पहाडका कहलिएका बैद्य थिए । र थिए, समाज सुधारक । ‘बाहुन’ले हलो जोत्न नहुने पुरातन सोचले जकडिएको त्यो युगमा उनी हलो जोत्ने दुस्साहसी थिए । उनी शिक्षामा सबैको पहूँच हुनुपर्छ भन्ने मान्यता राख्थे । तिनै डाक्टरका छोरा थिए, देवकान्त पन्त । जसले प्रहरी निरीक्षकको पद त्यागेर प्राध्यापन रोजे । र रमाए, साहित्य सृजनामा । डोटेली लोकसाहित्यको खोज, अनुसन्धान र त्यसको महत्व उजागरमा आजीवन तल्लिन रहीरहे । तिनै पन्तकी माहिली छोरी हुन्, रेखा जोशी ।

आदिम चेतनामा बाँचेको त्यो युग । शिक्षाको झरो बालेर समय फेर्न हिडेका समाज सुधारक बाजे र बुवा । जसको पद्चाप पछ्याउदै हिडिन उनी । धमनीमा बग्ने रगत । र, रगतसंगै बग्ने परिवर्तनको चेतना । पूर्वजको त्यो चेतना उनको ‘जीन’ मा जन्मजात आएको थियो । बिद्रोही चेत उनीभित्र हुर्किएको थियो, बाल्य वयदेखि । उनी बज्यै त्रिपुरासुन्दरीको सामिप्यतामा हुर्किईन । उनमा आट, धैर्यता, साहस बज्यैले भरिन । जस्तोसुकै परिस्थितिमा पनि हरेश नखान उनलाई बज्यैले नै सिकाएकी हुन् । उनको पहिलो पाठशाला बज्यै हुन् ।

बिरासतमा मिल्ने शासन भन्दा कैयो गुणा श्रेष्ठ हुन्छन, गुणहरु । ती गुणको तागतको शासनको शक्तिसंग के तुलना हुन्थ्यो । कैयौ जुनीसम्म मान्छेले सम्झिरहने चिज भनेकै सद्गुणहरु हुन् ।

क्याप्टेन बेद उप्रेती भन्छन्, पन्तको अन्त न गन्त । उप्रेतीका मावली पन्त हुन् । यो उनको, पन्तहरुको शाखा सन्तान र बिरासत प्रतिको सटिक टिप्पणी हो ।  डोटीको उच्चाकोटका पन्तहरुको ईतिहास, उनीहरुको बिरासत र चेतनाको फैलावट त्यो आदिम युगमा डोटीको त्यो खोँचदेखि काठमाण्डौं खाल्डो हुदै भारतसम्म थियो । जो अहिले आईपुग्दा संसारभरी फैलिएको छ ।

जव सर्जनले अप्रेशनलाई संख्याका रुपमा गणना गर्छ । उसलाई त्यहाँ बिरामीको जीवनसंग मतलव हुदैन । उसलाई टीओ बढाउन (टार्गेट ओभर) संग मतलव हुन्छ । र त, बिरामीको मृत्युमा उसले सहजै भनिदिन्छ, अस्पताल आउने सबै बाँच्छन भन्ने हुन्छ ? तर त्यही मृत्यु हुने केही भित्र उसको प्रियजन परे कस्तो होला ? चिकित्सकले कहिल्यै सोच्दैन । यति सोच्ने भए चिकित्सकले कहिल्यै लापरबाही गर्दैनथ्यो ।

औषधीले मात्र बिरामी ठिक हुदैन । चिकित्सकको सही परामर्श पनि उत्तिकै आवश्यक हुन्छ । नेपाल, जहाँ बिरामीले सबै चिकित्सकसंग आफ्ना समस्या खुलेर राख्न सक्दैन । कतिपयको व्यवहारले यस्तो लाग्छ, चिकित्सक त ठूलो मान्छे पो ! उसंग बिरामीका कुरा सुन्ने समय कहाँ छ ? झर्केर नबोले के को चिकित्सक ? सेतो कोट सादगी र सरलताको प्रतिक हो । तर नेपालमा त्यो कोट लगाउनेहरुले बिरामीको मनोभावना बुझेर उपचार गरेको कमै पाईन्छ । उसले ठानिरहेको हुन्छ, म तिमीभन्दा फरक हुँ । किनकी म डाक्टर हुँ ।

तर अमेरिकामा चिकित्सकले बिरामीलाई भनिरहन पर्दैन, म पनि तिमी जस्तै मान्छे हुँ । चिकित्सकको व्यबहारले त्यो बताईरहेको हुन्छ । बिरामी जाँचिरहदा चिकित्सकको बोली र ब्यबहार बिरामीले जाँचिरहेको हुन्छ । त्यही बोली र व्यवहारले चिकित्सकको जागीरको आयु निर्धारण गर्छ । बिरामीको एउटा गुनासोले चिकित्सकको जागीर चट भईसकेको हुन्छ । तव न चिकित्सक चिकित्सक जस्तो हुन्छ । नेपालमा बिरामीले अलि बढि सोधपुछ गरे चिकित्सकले भनिदिन्छ, तपाईको उपचार हामी गर्न सक्दैनौ । अन्यत्र जानुस ।

अमेरिकामा यति भन्ने चिकित्सकको न सेतो कोट रहन्छ । न त जागीर । खासमा नेपालमा पनि हुनुपर्ने यही हो । तव न चिकित्सक चिकित्सक जस्तो हुन्थ्यो । अस्पताल अस्पताल जस्तो ।

सरकारी कार्यालयमा होस वा अस्पतालमा । नेपालमा मान्छेको ओहोदा र पदका आधारमा व्यवहार गरिन्छ । तर अमेरिकामा मान्छेको पद र ओहोदाले चिकित्सक वा स्वास्थ्यकर्मीको व्यवहार निर्धारण हुदैन ।

बिरामीसंग चिकित्सकको व्यवहार कस्तो छ ? बोली कस्तो छ ? हाकिमसंग राम्रोसंग कुरा गर्ने चिकित्सक र आम कर्मचारीले त्यसैगरी मुस्कान र नम्रतापूर्वक सबै तहका कर्मचारीहरुसंग बोल्नु पर्ने हुन्छ ।  त्यसको पनि मूल्यांकन हुन्छ ।

बिरामीहरुले दिने रिभ्युबाट कर्मचारीहरुले कसरी काम गरिरहेका छन्, थाह पाउन सकिन्छ ।  ‘मान्छेलाई स्मार्ट सिष्टमले बनाउछ’, यो उनको भोगाई हो ।

अमेरिकाको हेल्थ सिष्टम । चिकित्सकको व्यवबहार । यो सबै नजिकबाट हेरिरहेकी उनी बिरामीलाई ग्राहक, अस्पताललाई धन्दा, अनि पैसालाई सबैथोक मान्ने चिकित्सक र आफ्नो देश सम्झेर घोत्लिन्छन्, नेपालमा यस्तो कहिले होला ?

त्यसको अर्थ नेपालका सबै चिकित्सकहरु परम्परागत अभ्यास र सोचमा बाँचेका छन् भन्ने होईन । केही समययता विदेशका राम्रा अभ्यासहरुलाई नेपाली चिकित्सकहरुले पनि अमेरिकाका अनुशरण गर्दै गएका छन् । यो सकारात्मक कुरा हो ।

उनी जुन उमेरमा अहोरात्र बिरामीको सेवामा खटिएकी छन् । नेपालमा उनका उमेर समूहका पुरुष र महिलाहरु ‘रिटायर्ड लाईफ’ बाँचिरहेका छन् । नातिनातिना खेलाएर दिन काटिरहेका छन् ।

उनका लागि उमेर संख्या मात्र हो । महत्वपूर्ण कुरा त मान्छेभित्रको उर्जा हो । सकारात्मक सोच हो । केही नयाँ कर्म गरिरहने हुटुहुटी हो । जो उनीभित्र खाँदिएको छ । यो उमेरमा पनि उनको स्फूर्ती, उर्जा, कामप्रतिको लगाव हरकोहीका लागि प्रेरणाको स्रोत हो । सायद उनीभित्रको आत्मविश्वास डगमगाएको भए उहिल्यै आत्महत्या गरिसक्थिन ।

यस्तो लाग्छ, उनी ‘मुसाफिर’ हुन् । र, उनको जिन्दगी एउटा अविरल यात्रा हो । जसको कुनै स्थायी मुकाम छैन । उनी काठमाण्डौंमा जन्मिईन । बाल्यकाल जहाँ बुवा गए, त्यतै बित्यो । कैलालीको श्रीपुरस्थित शारदा माविमा तीन कक्षासम्म पढिन । चार कक्षा पढ्न पुगिन, काठमाण्डौंस्थित बिजय मेमोरियल माविमा । पाँच कक्षामा भर्ना भईन, धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयमा । जहाँबाट उनले एसएलसीसम्मको पढाई पुरा गरिन । कैलाली बहुमुखी क्याम्पसमा प्रमाण पत्रमा भर्ना भईन । त्यहीबाट स्नातक तहसम्मको पढाई पुरा गरिन । रत्न राज्यबाट एक वर्षे बीएड गरिन । पदमकन्या क्याम्पसबाट प्रथम श्रेणीमा २०१० मा ग्रामिण विकासमा मास्टर्स गरिन । त्यसअघि २००४ मै कुमाउ युनिभर्सिटी समाजशास्त्रमा मास्टर्स गरिसकेकी थिईन

पढाई, जागीर अनि अवसरका लागि उनी ‘मुभ’ भईरहन । शिक्षकबाट शुरु भएको जागीरे जीवनले उनलाई डो¥याउदै काठमाण्डौं पु¥यायो । र, डीभीले अमेरिका ।

आत्महत्याको मोडबाट फर्किएको जीवन

उनका पति नेपाली सेनामा कार्यरत थिए । सरुवा भएर कहिले कता पुग्थे ? कहिले कता ? मुलुकमा माओवादी द्वन्द्व चरमोत्कर्षमा थियो । लडाईमा सेना र माओवादी तर्फ भईरहने क्षतिका समाचारले उनी आतिन्थिन ।

दुई सन्तानलाई हुर्काउदै उनी शिक्षकको जागीर पनि खाईरहेकी थिइन । पेट दुख्ने समस्याले उनी आजित भईन । त्यही दुखाईले उनलाई लाग्थ्यो, अव धेरै बाँच्दिन होला ।

उनले दुखाई सहेर बाँच्नुभन्दा पाशो लगाएर आत्महत्या गर्ने सोचिन । र, पति रामलाई पत्रलाई पठाईन । पत्रमा लेखिदिईन, म आत्महत्या गर्दैछु । म मरेपछि समयमै अर्को बिहा गर्नु । र, छोराहरुलाई राम्रोसंग हुर्काउनु ।

उनी थाहै नपाई डिप्रेशनमा गइसकेकी थिईन । उनका पति त्यो पत्र पढेपछि पुगे, धनगढी । अनि उनलाई उपचारका लागि लिएर गए, लखनऊ । लखनउ मेडिकल कलेजका डा. मामचन्द्र अग्रवालले जव उनको पेट दुखाईको कुरा सुने । र, पढे, उनको अनुहार । तव भनिदिए, समस्या पेटमा होईन । दिमागमा छ ।

डा. अग्रवालले उनलाई यति सरल र मिठो तरिकाले भनिदिए, तिमी ठिक छौ ।

चिकित्सकको मिठो व्यवहार बिरामीका लागि अचुक औषधी हो । एन्टीबायटिकले निको हुन नसकेको दुखाई चिकित्सकको मिठो बोलीको मल्हमले छु मन्तर गरिदिन्छ । उनको हकमा पनि त्यही भयो ।

फर्किदै गर्दा डाक्टरले उनलाई केही सुरुवाल, कुर्ता र सल नपहिरिन सुझ्याए । आवेगमा कही आत्महत्या गर्ने भाव आए उनले सललाई पाशोको रुपमा प्रयोग नगरुन भन्ने मनशायले डाक्टरले यस्तो सुझाव दिएका थिए । धनगढी फर्किएपछि उनले केही समय मेक्सीको मात्र प्रयोग गरिन ।

समय बित्दै गयो । उनी मानसिक रुपमा बलियो हुदै गईन । कुनै दिन बाँच्ने चाहना त्यागेर झण्डै आत्महत्याको बाटो रोजेकी उनी त्यसपछि अरुलाई बाँच्न प्रेरित गर्न थालिन । बिभिन्न कारणले मानसिक समस्यासंग जुधिरहेका महिलाहरुमा आशा जगाईरहिन ।
उनी बिहान पढ्न कलेज जान्थिन । र, दिउँसो पढाउन विद्यालय जान्थिन । एकसाथ उनी विद्यार्थी र शिक्षकको भूमिकामा थिईन । स्नातक पढ्दै गर्दा उनको महेन्द्रनगरका रामदत्त जोशीसंग बिबाह भयो । त्यसपछि थपियो, पत्नीको भूमिका । त्यसपछि थपिए दुई सन्तान । अनि आमाको भूमिका पनि निभाउन थालिन । पञ्चोदय माध्यमिक विद्यालयमा २०४५ देखि २०६० सालसम्म अंग्रेजी र सामाजिक शिक्षा पढाईन ।

परिवार नियोजनमा काउन्सिलरको आवदेन खुलेको थियो । त्यसमा एप्लाई गरेकी उनी जाँचमा पास भईन । पेन्सन आउन पाँच वर्ष बाँकी थियो । शिक्षकको स्थायी जागीर छोडिन । र, राजिनामा दिन काठमाण्डौं पुगिन । र, अछामको काउन्सिलरको नियुक्ति पाईन ।

एकातिर सन्तान । एकातिर पति । अकैतिर जागीर । जहाँ ईच्छा, त्यहाँ उपाय । अछामका लागि नियुक्ति पाएकी उनले साना छोराहरुलाई छोडेर जान सक्ने अवस्था नभएपछि परिवार नियोजन कार्यालय धनगढीबाटै सेवा शुरु गरिन । उनी किशोरीहरुलाई प्रजनन स्वास्थ्य र अधिकारका बारेमा जानकारी दिन्थिन । गाउँगाउँमा गएर यौन शिक्षाका बारेमा पढाउथिन । फोकस ग्रुप डिसकसनको सहजीकरण गर्थिन । यौनिकतामा विषयमा खुलेर कुरा गर्न नसक्ने समाजमा उनी निर्धक्क भएर यौन र यौनिकताका भिन्नताबारे चर्चा गर्थिन । प्रजनन स्वास्थ्यका विषयमा पढाउन हिचकिचाउने शिक्षकलाई उनी पढाउथिन्, यौन शिक्षा ।

एचआईभी एड्सको संक्रमण भयावह रुपमा फैलिदै थियो । उनी त्यसको रोकथामका लागि समाजमा सुरक्षित यौन सम्पर्कको चेतना बाड्थिन । पाठेघर खस्ने समस्याले महिलाहरु आजित थिए । उनी धेरै बच्चा नपाउन र सुत्केरी हुदा धेरै भारी नबोक्न सुझ्याउथिन । समस्या नबल्झिदै चिकित्सक कहाँ जान सल्लाह दिन्थिन । परिवार नियोजनका साधनका बारेमा चर्चा गर्न लजाउने त्यो समयमा कण्डम र पिल्सका कुरा गर्थिन । र, गर्थिन प्रजनन स्वास्थ्यका कुरा । आमाको पेटमा बच्चा कसरी आउछ ? क्रोमोजम र स्पर्मका बारेमा पढाउथिन । कपर टी । पिल्स । बाँझोपनका बारेमा बुझाउथिन् ।

थकित । गलित । अनि हताश महिलाहरुमा उनी उर्जा भर्थिन । निराश महिलाहरुमा आशा जगाउथिन । उनी महिलाको मनोदशा बुझ्थिन । अझ भन्नुपर्दा उनले काउन्सिलरको जागीर मात्र खाईनन । उनले धेरैको जीवन जोगाईन । आत्महत्याको मोडमा पुगेका महिलाहरुलाई पुनर्जीवन दिईन ।

आत्मविश्वासले बनाएको पहिचान

२००० देखि २००४ सम्म परिवार नियोजन संघ कैलाली शाखामा काउन्सिलर पदमा काम गरिन । २००४ देखि २००७ सम्म बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानमा अधिकृत काउन्सिलरको जिम्मेवारी निर्बाह गरिन । उनी २००७ देखि २०१३ सम्म नेपाल परिवार नियोजन संघको केन्द्रीय कार्यालय पुल्चोकमा कार्यक्रम संयोजक थिईन । उनी कहिल्यै कुनै अन्तर्वार्तामा असफल भईनन ।

उनका पति राम नेपाली सेनामा कर्णेल थिए । सैनिक श्रीमती संघ अन्तर्गतको जनसम्पर्क समितिमा पनि काम गरिन । नेपाली सेनाले सेवा सुमन पत्रिका निकाल्थ्यो । सेवा सुमन पत्रिकाका छापिएको उनको फेसनको मनोबिज्ञान लेखले पहिलो पुरस्कार पायो । नेपाली सेना दिवसमा आयोजित समारोहमा उद्घोषकले प्रथम पुरस्कारका लागि बोलाउदा उनी छक्क परिन । नेपाली सेनाका तत्कालीन चीफ रुक्मांगत कटुवालका हातबाट प्रथम पुरस्कार पाएको त्यो दिन उनको मस्तिष्कमा अझै ताजै छ ।
दोस्रो पटक उनले अनुत्तरित प्रश्न लेखिन । तेस्रो पटक तेस्रो लिंगीका बारेमा लेखे । उनी जहिल्यै पुरस्कृत हुन्थिन । त्यसपछि भने उनी प्रतिस्पर्धामा सहभागी भईनन ।

उनी डीभी परेर २०१३ मा अमेरिका आईन । टेक्ससमा तीन महिना बसिन । जागीरसंगै देश छोड्दा नरमाईलो लागेको थियो । ग्रिन कार्ड पाएपछि नेपाल फर्किइन । एक वर्षपछि फेरि अमेरिका आईन । झण्डै दुई वर्ष बिभिन्न क्षेत्रमा काम गरिन । एकदिन द रिज बिह्यावियर हेल्थ सिष्टमको मानसिक स्वास्थ्य बिभागले खोलेको ‘भ्याकेन्सी’मा उनको नजर प¥यो । उनले एप्लाई गरिन । आत्मविश्वासका साथ अन्तर्वार्ता दिईन । त्यही आत्मविश्वासले उनलाई जागीर दिलायो ।

भाषागत कठिनाईले शुरुका केही दिनमा काम गर्न असहज भयो । तर कामप्रतिको लगाव, उनको व्यवहारले छोटो उनी सबैको प्रिय बनिन । सबैले सहयोग गरे । मृत्युलाई पछि छोडेर जिउने कला सिकेकी उनका लागि भाषागत समस्या ठूलो कुरा थिएन ।

एउटा महिला अघि बढ्न परिवारको साथ, सहयोग र प्रोत्साहन आवश्यक छ । उनी भन्छन्, जुन कुरा बिबाहअघि माईतीबाट र बिबाहपछि मेरो पति राम र छोरा बुहारीहरुबाट पाए ।

जीवन जिउने कला

जीवनप्रतिको उनको धारणा छ, स्वस्थ रहनु । खुशी हुनु । सन्तुष्ट हुनु । आनन्दको जीवनलाई आनन्दमय बनाउनु ।
फुड र मुडको सम्बन्ध गजवको हुन्छ । त्यसैले तिम्रो मुड के खाए हेप्पी हुन्छ, त्यही खानु । माईन्डफुल ईटिङ । माईन्डफुल टकिङ । प्रसन्न मुद्रामा खाना खाने । प्रसन्न मुद्रामा कुरा गर्ने । माईन्डफुल वेकिङ अर्थात प्रसन्न मुद्रामा व्युँझिने । जीवनका लागि यी अत्यन्त उपयोगी कुरा हुन् । बिहान व्युँझिने बित्तिकै सम्झिने, आजको दिन म सुन्दर बनाउनेछु । म एक्लो छैन । भगवान मसंग छन् ।

भगवान बुद्ध भन्छन्, जीवन सुखी हुन सम्यक स्वीकृति अपरिहार्य छ । आफ्नो नियन्त्रण नभएको कुरालाई स्वीकार गर । र, तिम्रो बारेमा कसले के सोच्छन्, त्यसमा दुःख नहोउ । अरुले कसरी सोच्छन्, त्यो उसको कुरा हो, जो तिम्रो नियन्त्रणमा छैन । तिमीले के सोच्छौ, त्यो तिम्रो नियन्त्रणमा छ । त्यसैले आफू कसरी खुशी हुने त्यो सोच । र, हर स्वासमा आनन्द लेउ । हर पलको आनन्द लेउ । हरपलाई उत्सवमय मनाउ ।

‘सेल्फ कम्प्यासेन’ अर्को जरुरी कुरा हो । आफूसंग कुरा गर्ने । सेल्फ कन्भरसेसन त झनै आवश्यक छ । आफैसंग संवाद गर्ने । सम्यक वाणी त अझै सबैभन्दा बढि उपयोगी छ । बोलीमा नियन्त्रण गर्न सके आधा समस्या त्यसै समाधान हुन्छन । त्यसैले बोलीमा नियन्त्रण गर ।

आफूलाई जस्तै अरुलाई व्यवहार गर । जुन व्यबहार अरुले गर्दा तिमीलाई मन पर्दैन, त्यो व्यवहार अरुलाई नगर ।
भन्छिन्, ‘ईन्लाईमेण्ट’ बुद्धलाई मात्र हुदैन । हामी सबैलाई हुन्छ । त्यो तर त्यो ‘वेभ’लाई क्याप्चर गर्न सक्दैनौ । अर्काको प्रेममा पर्ने, आफूलाई प्रेम नगर्ने ? उनले जुन दिन आफैलाई प्रश्न गरिन, हु एम आई ? ओशो प्रज्ञामा गएको दिनदेखि उनको सोच्ने तरिका बदलियो । श्री श्री रविशंकरको प्रबचनबाट जीवन जिउने कला सिकिन ।

जीवन कति अनिश्चित छ ? कतिखेर जाने हो, सास ? उनी नोष्टाल्जिक हुन्छन । फेरि सोच्छिन्, जो स्थायी होईन, त्यो गुम्ने भयमा किन बाँच्नु ? जति दिन बाँच्ने आनन्दपूर्वक बाँच्ने ?

पैसाका पछाडि दगुरेर मान्छेले पहिले मनको शान्ति गुमायो । त्यसपछि निन्द्रा । अनि संवेदना । भावना । र, भातृत्व । र, उनी त्यतिबेला आवश्यक पर्ने चिज ठान्छिन्, ध्यान ।

यस्तो लाग्छ, मेरो अगाडि ओशो छन् । र, म ओशोको धाराप्रवाह प्रबचन सुनिरहेको छु । उनी ओशोको कुरा गर्दा ओशो भईदिन्छन । जे काम गर्छिन्, त्यसैमा डुब्छिन । उनी सुख खोज्न भौतारिरहेकाहरुलाई सल्लाह दिन्छिन्, सुख खोजेर मिल्ने चिज होईन् । त्यो त तिमीसंगै छ । पहिले अरुलाई होईन, आफूलाई प्रेम गर । अरुलाई होईन, आफैलाई ‘हग’ गर । र, गर आफ्नै तारिफ । र, भन, म आजको दिन सुन्दर बनाउनेछु । हरपल सदुपयोग गर्नेछु, विशेष ढंगले । र, बाँच्नेछु सुन्दर जीवन ।

अमेरिकामा कतिपय मान्छेलाई पैसा बाहेक केही कुरासंग सरोकार छैन । भावना, सम्बन्ध र समाज, भातृत्वलाई सर्बोपरी ठान्नेहरु यही छन् । र त, घण्टा कुरेर कमाएको त्यही पूँजीको लोभ नगरी सामाजिक कार्यमा लगानी गर्नेहरु पनि छन् । उनी तिनै अपवाद मध्ये पर्छिन । त्यसैले त काम गरेर बचेको समय सामाजिक कार्यमा दिन पछि पर्दिनन । सुदूर पश्चिम समाज केन्टुकी च्याप्टरको सल्लाहकार रहेकी उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) केन्टुकी च्याप्टरको उपाध्यक्षको भूमिकामा पनि कार्यरत छन् । त्यस्तै उनी गैर आवासीय नेपाली संघ(एनआरएनए) केन्टुकी च्याप्टरको उपाध्यक्ष र अन्तर्राष्ट्रिय कलाकार संघ केन्टुकी च्याप्टरको सल्लाहकारको भूमिकामा पनि सक्रिय छन् ।

पञ्चोदयमा उनले पढाएका विद्यार्थीहरु धनगढीमा मात्र नभएर संसारका बिभिन्न देशमा बिभिन्न बिधा र क्षेत्रको नेतृत्वदायी भूमिकामा छन् । म्याडम तपाईले मलाई पढाउनुभएको नि भनेर विद्यार्थीहरुले भन्दा उनी फुरुङ्ग हुन्छिन । संसारका जुनसुकै कुनामा पुगेपनि विद्यार्थीहरुले उनलाई सम्झिन्छन । उनले कमाएका पूँजी त्यही हो ।

जीवनका लागि के आवश्यक ? पैसा वा शान्ति ? धेरैको रेडिमेड जवाफ हुन्छ– पैसा । यसमा उनको फरक मत छ । भन्छिन्, जीवनका लागि शान्ति अपरिहार्य छ ।

त्यसो हो भने देश छोडेर अमेरिका किन हिडेको ? जरुरी छैन, आफूले जिउने जीवनका बारेमा अरुले गर्ने प्रश्नहरुको जवाफ दिईरहनु परोस । उनी प्रश्नमा अल्झिईनन । बस्, आफ्नो बाटो हिडिन् । र, बनाईन एउटा अलग पहिचान ।

इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण

काठमाडौँ, ११ मङ्सिर । गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गरेका छन् ।इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न उनले सङ्ग्रहालयको भ्रमण गरेका हुन् ।

यहाँस्थित इजरायली दूतावासले आज जारी गरेको विज्ञप्तिमा इजरायल–नेपाल सम्बन्ध स्थापनामा दिवङ्गत प्रधानमन्त्री कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गर्दै दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू प्रतिबद्ध रहेको राजदूत बासले बताएको जनाइएको छ । उनलाई सङ्ग्रहालयका अध्यक्ष पर्शुराम पोख्रेलले स्वागत गर्दै नेता कोइरालालाई नौ वर्ष बन्दी बनाइएको सुन्दरीजल जेललाई नै सङ्ग्रहालयका रुपमा विकास गरिएको जानकारी दिए ।

इजरायलका तत्कालीन प्रधानमन्त्री डेभिड बेन्गुरियन र नेता कोइरालाको दूरदर्शी निर्णयले नेपाल र इजरायलबीच इजरायलको अन्तर्राष्ट्रिय सहायता नियोग ‘मसाभ’मार्फत कृषि, शिक्षा, स्वास्थ्यका साथै ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपाली विद्यार्थीले व्यावहारिक कृषि कर्मबारे प्रशिक्षण लिँदै आएका छन् । इजरायल नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य हो । रासस

सन् २०२३ मा विश्वभर झन्डै ८५ हजार महिला तथा बालिकाको हत्या

एजेन्सी । सन् २०२३ मा हरेक दिन औसत एक सय ४० जना महिला तथा बालिका उनका साथी वा परिवारका सदस्यबाट मारिएका प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको महिला विभागले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा हरेक १० मिनेटमा एक जना महिला मारिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनले महिला तथा बालिकाविरुद्धको हिंसाको सबैभन्दा चरम रूप ‘फेमिसाइड’ विश्वव्यापी रूपमा व्याप्त रहेको र महिला र बालिकाका लागि घर नै सबैभन्दा खतरनाक ठाउँ भएको देखाएको छ । ‘फेमिसाइड’ भनेको लैङ्गिक आधारमा हुने हत्या हो जहाँ महिला भएकै आधारमा महिलाको हत्या हुन्छ ।

सन् २०२३ मा विश्वभर झन्डै ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यद्वारा भएको उल्लेख छ ।

प्रतिवेदनका अनुसार गएको वर्ष अफ्रिकामा साझेदार र परिवारसँग सम्बन्धित महिला हत्या सबैभन्दा धेरै भएको छ । त्यसपछि सबैभन्दा धेरै महिलाको हत्या हुनेमा अमेरिका र ओसिनिया रहेका छन् ।

प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जीवितहरुलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै यूएनओडीसीका कार्यकारी निर्देशक घडा फाथी वालीले लैङ्गिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरेका छन ।

 

कंग्रेसकै कार्यक्रममा बोल्दाबोल्दै राहुल गान्धीको माइक काटिएपछि…

दिल्ली : भारतीय संविधान दिवसको ७५औँ वार्षिकोत्सवका अवसरमा दिल्लीको तालकटोरा रंगशालामा भारतीय कंग्रेसको कार्यक्रम भइरहेको थियो।जसमा राहुल गान्धीले सम्बोधन गरिरहेका बेला माइक काटियो। उनको माइक लामो समयसम्म बन्द रह्यो।

तर माइक ठीक भएपछि उनले भने, ‘जति मन लाग्छ माइक अफ गर, तर म बोल्छु।’

राहुल गान्धीले कंग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘दलितको कुरा गर्नासाथ माइक अफ गरिन्छ। तपाईंले मेरो माइक बन्द गरिए पनि म फेरि बोल्छु। म मेरा कुरा पूरा गरेरै छाड्छु।’

संविधान दिवसको अवसरमा उनले संविधानले अहिंसाको बाटो देखाएको बताए।

उनले भने, ‘संविधान सत्य र अहिंसाको पुस्तक हो। संविधानले हिंसालाई अनुमति दिँदैन। जहाँ हाम्रो सरकार आउँछ, त्यहाँ जातीय जनगणना गरिनेछ। यदि पिछडिएका वर्गको हिस्सा बढी छ भने उनीहरूको सहभागिता किन कम?’

उनले अगाडि भने, ‘तपाईंका कम्पनीका मालिक दलित वा ओबीसी  पाउनु हुन्न। म ग्यारेन्टीका साथ भन्छु कि प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान पढेका छैनन्। भारतको हजारौँ वर्षको सोच र २१औँ शताब्दीमा भारतको सामाजिक सशक्तीकरणको सत्यता, अम्बेडकरजी, फुलेजी, भगवान् बुद्ध र गान्धीजी यसभित्र छन्। तपाईं कुनै पनि राज्यमा जानुभयो भने, केरलामा नारायण गुरुजी, कर्नाटकमा बसवन्नाजी, पुणेका शिवाजी महाराज, प्रत्येक राज्यमा तपाईंले दुई-तीन नाम पाउनुहुनेछ, जसको विचार तपाईंले यो पुस्तकमा पाउनुहुनेछ।’

पाकिस्तानको साम्प्रदायिक हिंसामा ८८ जनाको मृत्यु

 काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक हिंसामा ज्यान गुमाउनेको संख्या ८८ पुगेको अस्पताल प्रशासनले जनाएको छ ।

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रुहरू बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायहरू बिच साम्प्रदायिक हिंसा बढाएको छ भने पछिल्ला दिनहरूमा धेरै आक्रमणहरूले मृतकको संख्या अझै बढ्दै गएको छ ।

हाल प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरी दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ ।

नेपालबाट साढे १२ करोडको यार्सागुम्बा निर्यात

काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड भित्रिएको छ ।

सो अवधिमा ३३४ किलो  यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा हङकङमा निर्यात भएको छ । दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रो १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।

यसै गरी ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो यार्सागुम्बा सिङ्गापुर, अमेरिकामा ८३ लाख ६० हजार रुपैयाँको १४ किलो, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, बेलायतमा १९ लाख ९८ हजार  रुपैयाँको १८ किलो र ३ लाख ३५ हजार रुपैयाँको जापानमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ  ।

परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत

परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जान लागेकी हुन् ।

उनले आफ्नो चीन भ्रमणबारे आजै बिहान पूर्वप्रधानमन्त्रीहरूसँगको छलफलमा पनि जानकारी गराएकी थिइन् । परराष्ट्र स्रोतका अनुसार उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन् ।

प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।

तोकियो एनपीएलको टिकट दर

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेल हेर्न आउने दर्शकका लागि टिकट दर तोकिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार टिकटदर सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाअनुसार उद्घाटन दिनको खेलमा सामान्यका लागि ३ सय र भिआइपीका लागि ७ सय तोकिएको छ । लिग खेलका लागि सामान्यतर्फ ३ सय र भिआइपीका लागि ५ सय रुपैयाँ तोकिएको छ ।

प्लेअफका खेल हुने दिन सामान्यतर्फ ५ सय र भिआइपी तर्फका लागि ५ सय र फाइलनका लागि सामान्यतर्फ ५ सय र भिआइपीतर्फ एक हजार टिकट दर तोकिएको छ ।

सिजनल पासका लागि सामान्यतर्फ ४ हजार ४८० र भिआइपीतर्फका लागि ८ हजार २४० रुपैयाँ तोकिएको छ । खल्ती एफमार्फत टिकट खरिद गर्न सकिने क्यानले जनाएको छ ।

आज राति ८ बजेदेखि टिकट ला गरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

अवैध मानव ओसारपसारको मुद्दाबाट उन्मुक्ति पाएका एमाले प्रदेश सांसद अधिकारी रिहा, श्रीमतीको जिम्मा लगाइयो

काठमाडौं : जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अवैध रूपमा मानव ‌ओसारपसारमा संलग्न समूहको प्रभावमा परेर जापानसम्म पुगे पनि अवैध ‌ओसारपसारमा भने संलग्न नदेखिएको निष्कर्ष निकाल्दै कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय गरेसँगै उनी आजै रिहा भएका छन्।

पैसा बुझाएर जापान हिँडेका तीन जनासँग अधिकारीले रकम नलिएको, काठमाडौँमा भेट गरेर सँगै नगएको, अवैध रुपमा जापान लगेकोबारे प्रहरी अधिकारीहरूलाई जानकारी दिएको, परिचय पत्र बनाउन संलग्न नदेखिएको र उनको हस्ताक्षर किर्ते देखिएको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो।

त्यही आधारमा उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। रिसाईसँगै उनलाई श्रीमतीको जिम्मा लगाइएको छ।
सोमबार दर्ता भएको अभियोग पत्रमा अवैध रूपमा जान राजी भएका तीन जनासहित ११ जनालाई भने प्रतिवादी बनाइएको छ। सो घटनामा संलग्न तीन जना भने अझै फरार छन्।

कोशीको कानुन मन्त्री रहेको बेलामा अधिकारी प्रदेश सरकारको मन्त्रीपरिषद्बाट भ्रमण स्वीकृति नै नगराइ काठमाडौँ जान्छु भनेर जापान हिँडेका थिए। तर जापानको अध्यागमनले शङ्का लागेर उनीसहित चार जनालाई नेपाल डिपोर्ट गरेको थियो।

उनीसँगै डिपोर्ट भएका तीन जना प्रहरी हिरासतमा पुगेपछि अधिकारी विवादमा तानिए। उनले मन्त्री पदबाट राजीनामा दिएपछि प्रहरीले अदालतको अनुमति लिएर अनुसन्धानका लागि विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।

कैलालीमा पक्राउ परे ‘डन’ भन्दै अपहरण गरि कुटपिट गर्ने ३ जना

कैलाली । कैलालीमा युवकलाई अपहरण गरि कुटपिट गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनगढीमा दुई जना युवकलाई अपहरण गरी शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा कञ्चनपुर बेलौरी नगरपालिका ५ का १८ बर्षिय युवक, डडेलधुरा अमरगढी नगरपालिका १ का अर्का १८ बर्षिय युवक र कैलाली गोदावरी नगरपालिका अत्तरियाका २४ वर्षीय भूपी खड्का पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

आइतबार धनगढीमा कोठा गरी बस्ने बझाङका मष्टा गाउँपालिका–१ का १८ वर्षीय एक युवक र केदारस्यु गाउँपालिका–६ का १७ वर्षीय अर्का युवालाई पक्राउ परेका तीन युवकले धनगढीस्थित कोठाबाट अपहरण गरेर अर्को घरमा बन्धक बनाएर कुटपिट गरेका थिए । त्यस क्रममा उनीहरूलाई लागू औषध समेत खुवाइएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले जानकारी दिए ।

तीनै जनाले अपहरणमा परेका दुई युवकलाई उल्टो खुकुरी, लाठी र हातले कुटपिट गरेको भिडियो समेत बनाएका थिए । यसअघि उनीहरुको कोठामा प्रवेश गरेर लुगा धुने काममा लगाउने तथा जबरजस्ती खाना चोरेर लैजाने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘ती तीन जनाले धम्क्याउने कुटपिट गर्ने र ज्याजती गर्ने गरेको पाइएको छ। अहिले दुई घटनामा उनीहरुको संलग्नता देखिएको छ ’ कैलालीका प्रहरी प्रमुख प्रहरी निरीक्षक पलले भने, ‘ अन्य घटनाबारे पनि हामी बुझ्दै छौँ । अनुसन्धान जारी छ । उनीहरूमाथि कडा कारबाही हुन्छ।

यस्तै, सोही समूहले एक हप्ता अघि कैलालीको गोदावरी नगरपालिकाको वनखेतका अन्दाजी २२ वर्षीय अर्का एक युवकलाई समेत अपहरण गरेर शिवपुरी जङ्गलमा लगी कुटपिट गरेका खुलेको छ ।

‘शिवपुरी जङ्गलमा बन्धक बनाएर अर्धनग्न पारेर कुटपिट गर्नेमा पनि यहि समूह संलग्न रहेको देखिएको हो ’ प्रहरी प्रमुख पालले भने, ‘डन हौँ भन्दै युवालाई अपहरण गरि बन्धक बनाएर कुटपिट गर्दै लुटपाट गर्ने गरेको पाइएको छ ।’

प्रहरीले खुकुरीसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको मोबाइल समेत चेकजाँच गर्दा कुटपिट गरेको भिडियो भेटिएको प्रहरीले जनाएको छ । तीनै जनालाई आवश्यक कारबाही लागि हिरासत राखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेहरूले युवकहरूलाई कुटपिट गर्ने, अपहरण गर्ने बन्धक बनाउने र भिडियो रेकर्ड गरेर तर्साउने गरेका थिए । यसरी उनीहरुले लागू औषध खुवाउन दबाब दिने गरेको पनि प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए ।

प्रदेश सभाको गतिविधिमा सन्तुष्ट छैनन् सुदूरपश्चिमका सांसद

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको गतिविधिबारे असन्तुष्टि व्यक्त गरेका छन् । धनगढीमा सोमबार आयोजना गरिएको संसदीय खुल्लापन, अवधारण र अध्यास सम्बन्धी छलफल कार्यक्रममा उपस्थित भएका प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको गतिविधि र कामहरू बारे सन्तुष्टि व्यक्त गर्ने कुनै आधार नभएको टिप्पणी गरेका हुन् । कतिपय सांसदहरूले आफ्नै भूमिका पनि प्रभावकारी हुन नसकिरहेको बताएका थिए ।

उनीहरुले थुप्रै आश्वासन जनतालाई बाढेको तर, अहिले ती आश्वासन पुरा गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । केही सांसदहरूले आफूले गरेको काम समेत नदेखिएको भन्दै आफूहरूले तलब भत्ता खान समेत सकस भइरहेको टिप्पणी गरेका थिए ।

‘प्रदेश सभा भित्र जति काम भएपनि पहिलो प्रदेश सभाले गरेको छ । हामी आएपछि केही काम देखिएको छैन। तलब भत्ता खाएको पनि अमिलो लाग्छ’ माओवादी सांसद शिवसिंह ओलीले भने, ‘अहिलेसम्म हामीले एउटा पनि कानुन बनाउन सकेका छैनौँ । जनताले आभास हुनेगरि काम गर्न सकेका छैनौँ । ’

एमाले संसदीय दल उपनेता सन्तोस कुमारी थापा शर्माले कानुन निर्माणलगायतका विषयमा जनताको सहभागिता हुन नसकिरहेको बताएकी थिइन् । सूचना र पारदर्शिता कमजोर रहेको बताउँदै उनले प्रदेश सभाले जति गर्नु पर्ने त्यति गर्न नसकेको बताइन् ।

एमालेकै सांसद धर्मराज पाठकले सांसदका गतिविधिहरूलाई प्रविधिसँग जोड्नु पर्नेमा जोड दिएका थिए । संसद् र संसदीय समिति गतिविधिहरू प्रभावकारी हुन नसकिरहेको समेत उनले बताए । सांसद जानकी ऐर बमले संसदीय गतिविधिलाई नागरिकसम्म पुराउनु पर्ने बताइन् ।

माओवादीका उपनेता अक्कल रावलले संसद् र सांसदको भूमिका कारण प्रदेशमा भ्रष्टाचार मौलाएको बताए । सरकारले विधेयक ल्याउन नसक्दा प्रदेश सभा कामविहीन भएको उनको भनाइ थियो । माओवादी सांसद रमेश धामीले दुई वर्षसम्म पनि जनताले अपेक्षा गरे अनुसारको काम हुन नसकेको स्वीकार गरेका थिए । माओवादी सांसद लक्ष्मि विकले कानुन निर्माणको विषयमा सबै भन्दा कमजोर सुदूरपश्चिम प्रदेश रहेको बताइन् । नागरिक उन्मुक्ति पार्टीका सांसद रामेश्वर चौधरीले प्रदेश सभा स्वायत्त हुँदा पनि भूमिका प्रभावकारी हुन नसकिरहेको भन्दै गुनासो गरेका थिए ।

कार्यक्रममा उपस्थित इन्सेकका खडकराज जोशी र गैरसरकारी संस्था महासङ्घ सुदूरपश्चिममा अध्यक्ष देवी खनालले प्रदेश सभा प्रभावकारी नहुँदा सङ्घीयता प्रति नै प्रश्न उठिरहेको बताएका थिए । कार्यक्रममा संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरूले संसद्मा देखिएको अवस्थाबारे चित्रण गरेका थिए ।

९० को दशकका अभिनेत्री र जेन-जी संस्कृतिबारे मनिषाले पुस्तक लेख्‍ने

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले सन् १९९० देखि २००० सम्मका अभिनेत्री र जेन–जी संस्कृतिबारे कमेडी पुस्तक लेख्ने भएकी छन् । भारतको गोवामा आयोजना भइरहेको इन्टरनेसनल फिल्म फेस्टिभल अफ इन्डियामा उनले यो योजना सुनाएकी हुन् ।

खामोसी, बम्बे, १९४२ : अ लभ स्टोरी जस्ता फिल्मबाट परिचित अभिनेत्री तथा ‘उडान’ र ‘ट्राप्ड’जस्ता फिल्मका लागि चर्चित फिल्ममेकर विक्रमादित्य मोटवानेले सो अवसरमा ‘थिएटर र स्ट्रिमिङ प्लाटफर्मबीचको परिदृश्य’ नामक सत्रमा छलफल समेत गरेका थिए ।

‘अभिनेत्रीको रुपमा सानो होस् वा ठूलो पर्दा, जतिमा काम गरिन्छ, सबैमा इमान्दारिता आवश्यक पर्छ । तयारी, सोचाइ सबै उस्तै छ’ हालसालै सञ्जयलीला भन्सालीको हिट नेटफ्लिक्स श्रृंखला ‘हीरामण्डी : द डायमण्ड बजार’मा शीर्ष भूमिकामा अभिनय गरेकी मनिषाले भनिन् ।

मनिषाले पछिल्लो समय लगातार आफ्ना अन्तर्वार्तामा बलिउडमा आफ्नो संघर्षकालीन समयमा हुने कास्टिङ, अभिनेत्रीलाई लिएर हुने व्यवहारबारे धारणा राख्दै आएकी छन् । उनले लेख्ने भनिएको यो पुस्तकमा यिनै कुरा समेटिने अपेक्षा गरिएको छ ।

प्राइम भिडियोको ‘जुबली’ र नेटफ्लिक्सको ‘सेक्रेड गेम्स’ निर्देशन गरेका मोटवानेले स्ट्रिमिङले थप रचनात्मक स्वतन्त्रता प्रदान गरिरहेको बताए । ‘स्ट्रिमिङको अचम्मको पक्ष यो हो कि तपाईं थिएटरसँग जस्तो ठीक यति समयको फिल्म बनाउनुपर्छ भन्ने मापदण्ड हुँदैन । तपाईंसँग एउटा कथा छ भने जति लामो एपिसोड पनि हुनसक्छ । ५ सिजनका १० घण्टे एपिसोड पनि हुनसक्छ’ उनले भने ।

फिल्म निर्माता मोटवानेको डेब्यु फिचर ‘उडान’लाई कान्समा स्क्रिनिङ गरिएको थियो । विक्रम चन्द्रको सर्वाधिक बिक्री हुने उपन्यासको रूपान्तरण ‘सेक्रेड गेम्स’बाट आफूले श्रृंखलाको ढाँचामा काम गराइको अनुभव सिकेको समेत उनले बताए ।

इन्टरनेसनल फिल्म फेस्टिभल अफ इण्डिया २८ नोभेम्बरसम्म सञ्चालन हुनेछ ।

पाकिस्तानमा प्रहरी र इमरान खानका समर्थकबिच झडप

इस्लामवाद । पाकिस्तानमा पूर्व क्रिकेटर तथा पूर्व प्रधानमन्त्री इमरान खानका समर्थक तथा प्रहरीबिच झडप भएको छ । इस्लामवादमा इमरान खानको समर्थनमा सडकमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो ।

प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा मुडा गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । हिंसात्मक प्रदर्शनपछि अधिकारीहरू राजधानीलाई लकडाउनमा राखेका छन् । निश्चित क्षेत्रमा राजमार्गहरू बन्द गरिएको छ भने फोन सेवा पनि अवरुद्ध गरिएको छ ।

खानले आफ्ना समर्थकको नाममा ‘अन्तिम आह्वान’ जारी गर्दै उनीहरूको माग सम्बोधन नगर्दासम्म राजधानीमै रहन अनुरोध गरेपछि प्रदर्शन सुरु भएको थियो । यतिबेला खान भ्रष्टाचारको लागि तीन वर्षको जेल सजाय भोगिरहेका छन् । तर खानले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।

रिहाइको माग गर्दै इस्लामवादमा खानकी पत्नी बुसरा बिवी पनि सडकमै आएकी छिन् । जनवरीमा खानको साथमा बिवीलाई पनि जेल सजाय दिइएको थियो । तर अक्टोबरको अन्त्यमा उनलाई रिहा गरियो ।

कैलाली बहुमुखी क्याम्पसका धरणीधर बने टियु टपर

धनगढी : कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी धरणीधर भट्ट टीयु टपर बनेका छन्। भट्टले स्नातक तहको वाणिज्य व्यवस्थापन सङ्कायमा त्रिभुवन विश्वविद्यालय टप गरेका हुन्।

भट्टले पहिलो सेमेस्टरमा ३.८८ जिपिए ल्याएका थिए भने दोस्रो सेमेस्टरमा ३.९६, तेस्रो सेमेस्टरमा ३.९८, चौथो सेमेस्टरमा ३।९९, पाँचौँ सेमेस्टरमा ३।९४, छैटौँ सेमेस्टरमा ३.९६, सातौँ सेमेस्टरमा ३.८९ तथा आठौँ सेमेस्टरमा ३.९८ जिपिए ल्याउँदै ओैसत ३.९५ जिपिए ल्याई त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायमा प्रथम स्थानमा प्रथम भएको कैलाली बहुमुखी क्याम्पसले जनाएको छ।

डोटीको शिखर नगरपालिका वडा नम्बर १ कफल्लेकी घर भएका भट्ट विद्यालय तहमा पनि कक्षामा प्रथम हुने विद्यार्थी हुन्। उनले नियमित पढ्ने र पढेको कुरा अभ्यास गर्ने गरेकाले परीक्षामा राम्रो नतिजा आउने गरेको बताएका छन्। भट्टले आफ्नो सफलताको श्रेय आमाबुवा, क्याम्पसका अध्यापक र कैलाली बहुमुखी क्याम्पसलाई दिएका छन्।

त्रिभुवन विश्वविद्यालयकै सर्वोत्कृष्ट अङ्क ल्याएर प्रथम स्थान हासिल गर्नु क्याम्पसका लागि मात्र नभएर समग्र सुदूरपश्चिमकै लागि गौरवमयी विषय भएको कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तोय नाथ भट्टले बताए । उनले कैलाली बहुमुखी क्याम्पसले यस्ता गौरवमयी विषय हासिल गर्दै आएको र आगामी दिनमा अझै राम्रो स्थान हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गर्ने बताए ।

चीनसँग ऋण होइन, अनुदान लिनुपर्छ: देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चीनसँग ऋण लिन नहुने जनाएका छन्।

केपी ओली सरकारको मुख्य दलका सभापति देउवाले चीनसँग ऋण नभई अनुदान लिनुपर्ने पार्टी धारणा रहेको प्रस्ट पारे।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद, सिंहदरबारस्थित कार्यालयमा पूर्वप्रधानमन्त्री तथा पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको सामूहिक छलफलमा अनुपस्थित रहेर धनुषा एक कार्यक्रमका लागि पुगेका छन्। उनले त्यहाँ सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अनुदान मात्रै लिनु पर्नेमा जोड दिए।

यता, सिंहदरबारमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन्।

ओलीले पूर्वप्रधानमन्त्रीसँग भने – चीन भ्रमणमा लोन सम्झौता गर्दिनँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा लोन सम्झौता नगर्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

बैठकपछि प्रधानमन्त्री ओलीको भनाइ उद्दृत गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘प्रधानमन्त्रीज्यूले यसपटकको चीन भ्रमणमा लोनबारे कुनै सम्झौता गर्दिनँ भन्नुभएको छ ।’

तर, बीआरआईसँग लोन लिन्नँ भन्ने नीति बनाउन लागिएको हो भन्ने त्यो नराम्रो हुने खनालको भनाइ छ ।

 

वीआरआईबारे माधवको सुझाव- नेपालको हितको विरुद्धमा छैन, लाभ लिनुपर्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजनवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई वीआरआई नेपालको हितको विरुद्धमा नभएको सुझाएका छन् ।

चीन भ्रमणबारे परामर्श लिनको लागि सिंहदरबारमा भएको छलफलपछि नेपालमा वीआरआई पहिलेदेखि नै लागू भइसकेको बताए ।

उनले भने, ‘वीआरआई नेपालको हितको विरुद्धमा छैन । यसबाट नेपालले लाभ लिनुपर्छ । लाभ लिने विषयमा हामीले सबैसँग सम्बन्ध राख्ने गरेका छौं । वीआरआईसँग त हामी उहिले नै आवद्ध भइरहेका छौं ।’

तर, बीआरआई परियोजनाको विषयमा सत्तारुढ दलहरूबीच मतऐक्यता हुन सकिरहेको छैन । यही विषयले गठबन्धनमा कुनै समस्या नआओस् भनेर दुवै दलको तर्फबाट गठित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ ।

{ Explorez à l’ordinaire avec betify : des récompenses VIP pour des sensations fortes

LÉvasion Digitale Parfaite : Maximisez Vos Gains aux Jeux et aux Paris Sportifs grâce à un code promo betify avantageux, un VIP Club prestigieux et des bonus constants.

À l’ère numérique actuelle, l’univers des casinos en ligne et des paris sportifs connaît une transformation rapide, portée par l’essor des cryptomonnaies. Parmi les plateformes innovantes qui se distinguent, Betify s’impose comme un acteur majeur, offrant une expérience de jeu complète et sécurisée. L’obtention d’un code promo betify peut considérablement améliorer cette expérience, en débloquant des bonus exclusifs et des avantages supplémentaires. Cette plateforme, opérée par Altacore N.V. et dotée d’une licence de Curaçao, se positionne comme une destination de choix pour les amateurs de jeux de hasard et de paris en ligne.

Betify se distingue par son vaste catalogue de jeux, son système de récompenses attractif et un engagement envers la transparence et la sécurité. Avec plus de 3100 titres disponibles, allant des machines à sous classiques aux tables de blackjack en passant par la roulette, il y en a pour tous les goûts. En outre, le VIP club et le cashback hebdomadaire jusqu’à 20% renforcent l’attrait de cette plateforme pour les joueurs fidèles.

Un Catalogue de Jeux Exceptionnel

Betify propose une sélection impressionnante de jeux de casino, issus des meilleurs fournisseurs de logiciels tels que NetEnt, Microgaming et Play’n GO. Parmi les jeux populaires, on retrouve les machines à sous à thèmes variés, les jeux de table classiques comme le blackjack et la roulette, ainsi que des jeux en direct avec des croupiers en temps réel. La diversité et la qualité des jeux garantissent une expérience de jeu immersive et divertissante. Les joueurs pourront profiter de nouvelles sorties régulières et de jeux exclusifs, ce qui maintiendra leur intérêt continuellement éveillé.

Type de Jeu Fournisseur Nombre de Jeux
Machines à Sous NetEnt, Microgaming, Play’n GO 2000+
Jeux de Table Evolution Gaming, Pragmatic Play 200+
Jeux en Direct Evolution Gaming 100+

Les Machines à Sous : Un Univers de Divertissement

Les machines à sous représentent l’une des principales attractions de Betify, offrant une variété infinie de thèmes, de fonctionnalités et de jackpots. Que vous soyez un fan des machines à sous classiques ou des titres plus modernes avec des graphismes sophistiqués et des effets spéciaux, vous trouverez forcément votre bonheur. Les machines à sous progressives, comme celles offrant des jackpots massifs, attirent particulièrement les joueurs à la recherche de gains importants. Il est conseillé pour les nouveaux joueurs de se familiariser avec les règles de base avant de se lancer dans des paris plus importants; débuter avec de plus petits montants permet ainsi une meilleure gestion du risque et une plus longue expérience de jeu. L’utilisation d’un code promo betify peut également permettre de bénéficier de tours gratuits sur certaines machines à sous, afin de tester les jeux sans risque.

De plus, Betify offre régulièrement des promotions spéciales sur les machines à sous, telles que des tournois avec des prix en argent, des bonus de dépôt et des offres de cashback. Ces promotions permettent d’optimiser vos chances de gagner et de prolonger votre expérience de jeu sans vous ruiner.

Les Jeux de Table : Le Plaisir des Jeux Traditionnels

Pour ceux qui préfèrent les jeux de casino traditionnels, Betify propose une large sélection de jeux de table, notamment le blackjack, la roulette, le baccarat et le poker. Ces jeux sont disponibles en plusieurs variantes, avec des règles et des mises différentes, pour satisfaire tous les types de joueurs. Que vous soyez un stratège confirmé ou un débutant hésitant, vous pourrez trouver une table adaptée à votre niveau d’expérience et à votre budget. Les jeux de table de Betify sont réputés pour leur esthétique soignée, leur interface intuitive et leur gameplay fluide. Ils offrent une immersion totale dans l’univers des casinos terrestres, tout en vous permettant de jouer confortablement depuis chez vous. Pour améliorer vos chances de gagner, il est important de bien comprendre les règles de chaque jeu et d’adopter une stratégie appropriée. L’utilisation interne des “Bytes”, la monnaie virtuelle de Betify, peut également offrir des avantages pour maximiser les gains.

Les Jeux en Direct : L’Expérience du Casino Réel

Les jeux en direct de Betify offrent une expérience de jeu unique et immersive, en vous permettant d’interagir avec des croupiers professionnels en temps réel, directement depuis votre ordinateur ou votre appareil mobile. Vous pourrez ainsi profiter de l’ambiance authentique d’un casino terrestre, tout en bénéficiant de la commodité et de la flexibilité du jeu en ligne. Les jeux en direct proposés par Betify comprennent notamment le blackjack en direct, la roulette en direct, le baccarat en direct et le poker en direct. Ces jeux sont diffusés en direct depuis des studios spécialement aménagés, avec des caméras de haute qualité et un son clair. Ils offrent une expérience de jeu réaliste et captivante, qui ravira les joueurs les plus exigeants. De plus, Betify propose régulièrement des promotions spéciales sur les jeux en direct, telles que des bonus de dépôt et des offres de cashback.

Le VIP Club Betify : Des Avantages Exclusifs

Le VIP club Betify est réservé aux joueurs les plus fidèles et les plus dépensiers. Il offre une série d’avantages exclusifs, tels que des bonus personnalisés, un gestionnaire de compte dédié, des retraits plus rapides et des invitations à des événements exclusifs. Il existe plusieurs niveaux de VIP, chacun offrant des avantages de plus en plus importants. Pour accéder au VIP club, il est nécessaire d’atteindre un certain niveau de dépenses et de faire preuve d’une activité régulière sur la plateforme. L’adhésion au VIP club peut considérablement augmenter vos chances de gagner et de profiter pleinement de votre expérience de jeu sur Betify.

  • Bonus Personnalisés : Des cadeaux et des bonus sur mesure en fonction de votre niveau VIP.
  • Gestionnaire de Compte Dédié : Un interlocuteur unique pour répondre à toutes vos questions et vous assister dans vos demandes.
  • Retraits Prioritaires : Des délais de retrait plus rapides pour un accès immédiat à vos gains.
  • Invitations Exclusives : Des invitations à des événements spéciaux et des tournois VIP.

Le Système de Récompenses et les Bonus

Betify propose un système de récompenses généreux, qui permet aux joueurs de gagner des points de fidélité à chaque pari effectué. Ces points peuvent être échangés contre des bonus, des tours gratuits et d’autres récompenses. En outre, Betify offre régulièrement des bonus de dépôt, des bonus sans dépôt et des offres de cashback. Ces bonus peuvent augmenter considérablement votre bankroll et vous donner un avantage supplémentaire. Il est important de lire attentivement les conditions générales de chaque bonus avant de l’accepter, afin de comprendre les exigences de mise et les restrictions éventuelles. La recherche d’un code promo betify à appliquer lors du dépôt peut maximiser vos gains potentiels grâce aux bonus offerts.

  1. Bonus de Bienvenue : Un bonus généreux offert aux nouveaux joueurs lors de leur premier dépôt.
  2. Bonus de Dépôt : Des bonus offerts sur les dépôts suivants, pour récompenser votre fidélité.
  3. Bonus Sans Dépôt : Des bonus offerts gratuitement, sans obligation de dépôt, pour vous permettre de tester la plateforme.
  4. Cashback : Un remboursement d’un pourcentage de vos pertes, pour limiter vos risques et vous donner une seconde chance.

Options de Paiement et Sécurité

Betify propose une large gamme d’options de paiement, notamment les cartes de crédit, les portefeuilles électroniques et les cryptomonnaies. Les dépôts et les retraits sont généralement traités rapidement et en toute sécurité. Betify utilise des technologies de cryptage de pointe pour protéger vos informations personnelles et financières. La plateforme est également soumise à des audits réguliers par des organismes indépendants, afin de garantir sa conformité aux normes de sécurité les plus strictes. La possibilité d’utiliser des cryptomonnaies pour effectuer des transactions offre une plus grande confidentialité et une rapidité accrue. L’utilisation d’un code promo betify est souvent liée à des méthodes de paiement spécifiques, il est donc bon de vérifier les conditions de l’offre.

Méthode de Paiement Délai de Traitement Frais
Carte de Crédit 1-3 jours ouvrables Peuvent varier selon la banque
Portefeuille Électronique Instantané à 24 heures Généralement gratuits
Cryptomonnaies Instantané Frais de transaction du réseau

खोज्नुहोस