मध्यरातमा निवासबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंं प्रकाउ परेका छन् । उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यराति पक्राउ गरिएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार उनलाई पक्राउ गरी काठमाडौँ प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ । उनलाई शान्ति सुरक्षा खल्बलाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आगामी मंसिर ७ गतेदेखि आन्दोलन चर्काउने घोषणा गरेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । सरकारलेसमेत कुनै आन्दोलन नगरी वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न आह्वान गरिरहँदा सुरक्षा खल्बनाउने तरिकाले आन्दोलनको तयारी गरेपछि उनी पक्राउ परेका हुन् ।

प्रसाईंले आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउँदै आएका छन् ।

जेन–जी आन्दोलन भड्काउन उनको भूमिका रहेको आशंका पहिलोदेखि नै सुरक्षाकर्मीले गर्दै आएको छ । जेन–जी आन्दोलनपछि उनी आफ्नो पनि परिवर्तनमा योगदान रहेको भन्दै सैनिक मुख्यालयमा बाक्लो आउजाउ गरेका थिए ।

त्यतिबेला जेन–जी अभियन्ता रक्षा बमले प्रधानसेनापतिले दुर्गा प्रसाईं र रास्वपाका नेताहरूसँग सामूहिक वार्ताँ गर्ने भनेसँगै वार्ता छोडेर बाहिर आएको प्रतिक्रियासमेत दिएकी थिइन् ।

प्रसाईंले पटक पटक मन्त्रिपरिषद् विस्तारका क्रममा आफ्ना मान्छेलाई समेट्न दबाब दिँदै आएकोसमेत स्रोत बताउँछ ।

सुरक्षा संयन्त्रले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेसँगै पछ्याइरहेको थियो । प्रसाईं समूहका तर्फबाट प्रवक्ता माधव खतिवडा २६ बुँदे माग पत्र लिएर गृह मन्त्रालयमा वार्ताका लागिसमेत पुगेका थिए ।

प्रसाईं विवादित व्यक्ति हुन् । उनी आफ्नो स्वार्थ पूर्तिका लागि कहिले माओवादी बने भने कहिले एमाले । पछिल्लो समय उनले राजावादीको नकाब लगाएका छन् ।

उनी यसअघि दुई पटक साइबर कसूर सम्बन्धी र गत वर्षको चैत १५ गते राजावादीहरूको आन्दोलन भड्काउन भूमिका खेलेको भन्दै पक्राउ परेका थिए ।

उनी तीनै वटा मुद्दामा धरौटीमा छुटेका अभियुक्त हुन् ।

 

दुर्गा प्रसाई मध्यरातमा पक्राउ

काठमाडौं,२ मंसिर । प्रहरीले मध्यरातमा दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।

ऋण मिनाहा लगायतका माग राखी आन्दोलनको तयारीमा रहेका प्रसाईलाई प्रहरीले हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा सोमबार मध्यरातमा पक्राउ गरेको हो।

यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।

एसएसपी अधिकारी डिआईजीमा बढुवा सिफारिस

काठमाडौं,१ मंसिर ।

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालयको बढुवा सिफारिस समितिले एसएसपी अधिकारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।

अधिकारी प्रहरी उपरीक्षक(एसपी)बाट प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा हुदा एक नम्बरमा थिए । तर डिआईजीमा पाँच जना बढुवा हुदा यसअघि उनी छुटाईएका थिए ।

सुदूरपश्चिमको अछाम जिल्लामा जन्मिएका अधिकारी कैलाली टीकापुरका स्थायी बासिन्दा हुन् ।

 

एनसेल फाउन्डेसनले एनपीएलका प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं। एनसेल फाउन्डेसनले यो वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री प्रदान घोषणा गरेको छ ।

गत वर्ष एनपीएलसँगको साझेदारीअन्तर्गत दुई हजार ६१२ विद्यार्थी लाभान्वित भएका थिए । यो वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो ।

गत वर्ष एनपीएलका खेलहरूमा कुल ६५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका दुई हजार ६१२ सहित एनसेलले देशभरका नौ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ ।

क्रिकेटदेखि कक्षाकोठासम्मको यो नवीन पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यको अवसरका ढोका खोल्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ ।

विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायत स्टेसनरी सामान समावेश हुन्छन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ । पठनपाठनमा योगदान गर्नेछ ।

“क्रिकेटले हामी सबैलाई जोडेको छ, एनपीएलसँगको यस सहकार्यमार्फत सामुदायिक विद्यालयका विद्यार्थीहरूको उज्यालो भविष्यको लागि यो पहललाई अझै अगाडि बढाउन पाएकोमा हामी धेरै खुसी छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन्, “खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीहरूले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिनेछन् ।”

एनसेलका अनुसार, फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यान्वयन साझेदारलगायतको सहकार्यमा प्रदान गरिनेछ ।

शहीद गौरव जोशीको स्मृतिमा स्टार सिटी कप फुटसल प्रतियोगिता हुने

धनगढी ।  जेन–जी आन्दोलनका शहीद गौरव जोशीको स्मृतिमा धनगढीमा  ‘प्रथम स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ । स्टार सिटी युवा क्लबले आयोजना गर्ने उक्त फुटसल बारे  शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको हो । फुटसल मङ्सिर १० गतेदेखि वाल्मीकि इन्टरनेशनल स्कुलको फुटसल मैदानमा हुने आयोजकले जनाएको छ।  आयोजकका अनुसार धनगढीका सबै वडाहरूको फुटसलमा सहभागिता रहनेछ।

प्रतियोगिताको बिजेताको पुरस्कार १ लाख, उपविजेताको ५० हजार रहनेछ । प्रवेश शुल्क भने ५,५०० तोकिएको छ। उमेर हद नहुने तर खेलाडी सोही वडाका हुनुपर्ने नियम रहेको क्लबले जनाएको छ। क्लबका अध्यक्ष नरेन्द्र शाहले यो प्रतियोगिता आगामी वर्षहरूमा पनि निरन्तर गर्ने प्रतिबद्धता जनाए। उनले फुटसल प्रतियोगिता गौरव जोशीले जेन–जेड आन्दोलनमा निर्वाह गरेको भूमिकाको सम्झना र सम्मान स्वरूप आयोजना गरिएको समेत बताए।

‘गौरव अब सबैको छोरा भइसके’ -बुबा बासुदेव जोशी

पत्रकार सम्मेलनमा बोल्दै शहीद गौरवका बुबा बासुदेव जोशीले राष्ट्रका लागि छोराले ज्यान गुमाउनु परेको पीडा व्यक्त गरे । जोशी भन्छन्, “गौरवको धेरै याद आउँछ। तर उसको योगदानलाई सम्झिएर सबैले सम्मान गर्दै गरेको देख्दा गर्व लाग्छ। मेरो मात्रै होइन, अब गौरव सबैको छोरा भइसकेको छ।”

उनले छोराको स्मृतिमा फुटसल प्रतियोगिता आयोजना हुन लागेकोमा खुसी व्यक्त गर्दै निरन्तर सम्मानको अपेक्षा व्यक्त गरे।


आजदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालन

काठमाण्डाै – सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । गएकाे भदौ २४ गतेको जेनजी आन्दोलनपछि आगजनी भएर आशिंक रूपमा मात्रै सञ्चालन हुँदै आएको अदालत आजदेखि पूर्रूपमा सञ्चालन भएको हो ।

सर्वोच्च अदालतको गएकाे कात्तिक २१ गतेको पूर्ण बैठक (फुल कोर्ट) ले आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका घटनाबाट सुरक्षित मुद्दाहरू तथा अवरुद्ध भएका सबै सेवाको मङ्सिर १ गतेदेखि नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

अवरुद्ध भएका सेवा शुरू हुनुका साथै मुद्दा, पुनरावेदनपत्र, दोहोर्‍याइ पाऔँको निवदेन तथा पुनरावलोकन निवेदनका सबै मुद्दा तथा निवेदनहरू, दर्ता एवम् सुनुवाइ आजदेखि शुरू भएको सर्वोच्च अदालतले जनाएको छ ।

जेनजी आन्दोलनका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । अदालतको सूचना प्रविधि शाखाले सूचना प्रणालीको ‘रिकभर’ (पुनःप्राप्त) गरेको छ ।

दिल्लीबाट शेख हसिनाले भनिन् : मृत्युदण्डको फैसला पक्षपाती र राजनीति प्रेरित

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाएको छ । ढाकामा मृत्युदण्डको फैसला भइरहँदा हसिना भारतमा निर्वासनमा छिन् ।

फैसलामाथि टिप्पणी गर्दै हसिनाले पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण अदालतद्वारा जारी गरिएको बताएकी छन् ।

नयाँ दिल्लीमा इन्डिया टूडेसँगको अन्तर्वार्तामा ७८ वर्षीय हसिनाले आफूमाथि लगाइएका आरोपहरूलाई अस्वीकार गरेकी छन् । फैसला पूर्व निर्धारित निष्कर्ष भएको दाबी गरेकी छन् ।

उनले आफ्नो अनुपस्थितिमा भएको फैसलाको आलोचना गर्दै भनिन्, ‘आईसीटी (अदालत) मा अन्तर्राष्ट्रिय केही छैन, न त यो कुनै पनि हिसाबले निष्पक्ष छ, अवामी लिग (उनको पार्टी) का सदस्यहरूलाई विशेष रूपमा मुद्दा चलाइएको छ, जबकी विपक्षी दलले गरेका कथित हिंसालाई बेवास्ता गरिएको छ ।’

ढाकाको अन्तर्राष्ट्रिय अदालतले हसिनालाई हिंसा भड्काएको, प्रदर्शनकारीहरूलाई मार्ने आदेश जारी गरेको र व्यापक अत्याचार रोक्न असफल भएको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ ।

पूर्वगृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्डको सजाए सुनाइएको छ । जबकी एक तत्कालीन प्रहरी प्रमुखलाई भने सरकारको साक्षी बनेका कारण पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

फैसलालाई अस्वीकार गर्दै हसिनाले भनिन्, ‘विश्वका कुनै पनि साँच्चै सम्मानित वा व्यवसायिक कानुनविद्ले बंगलादेश आईसीटी (अदालत) लाई समर्थन गर्दैनन् ।’ बंगलादेशको अन्तिम निर्वाचित प्रधानमन्त्री (आफू)लाई हटाउन अदालत प्रयोग भएको उनको दाबी छ ।

उनले अन्तरिम सरकारका प्रधानमन्त्री मुहम्मद युनुसलाई असंवैधानिक रूपमा र अतिवादी तत्वहरूको समर्थनमा सत्ता कब्जा गरेको आरोप लगाएकी छन् । गत वर्ष भएको आन्दोलन हिंसात्मक, क्रूर र आततायी भएको भन्दै उनले तत्कालीन सरकारले दमन गरेको आरोपको प्रतिवाद गरेकी छन् । बरु उल्टो शान्तिपूर्ण प्रदर्शनकारीलाई गोली हानी हत्या गरिएको, पत्रकारहरूलाई समेत दुर्व्यवहार र यातना दिइएको आरोप विपक्षीमाथि लगाएकी छन् ।

हसिनाले युनुस सरकारको आदेशमा सेनाले देशभर प्रतिशोधात्मक आक्रमण गरेको, अवामी लिगका नेता तथा कार्यकर्ताहरूको सयौं घर, व्यवसाय र सम्पत्ति नष्ट गरिएको आरोप लगाएकी छन् ।

मानवअधिकार उल्लघंन सम्बन्धी अदालतको फैसलाबारे बोल्दै हसिनाले भनिन्, ‘जुलाई–अगस्टको अशान्ति हाम्रा लागि त्रासदी हो ।’ उनले पूर्वयोजना अनुसार हत्या गरेको आरोप अस्वीकार गरिन् ।

उनले अभियोजकहरूले आफूलाई सामूहिक हिंसामा जोड्ने कुनै पनि पुष्टि हुने प्रमाण पेश गर्न नसकेको दाबी समेत गरिन् । सरकारी कारबाही सुव्यवस्था कायम राख्न घरेलु र अन्तर्राष्ट्रिय कानुन अनुसार नै गरिएको तर्क गरेकी छन् ।

उनले आन्दोलनमा १४०० को मृत्यु भएको संख्या समेत झुटो भएको बताइन् । आफू नेतृत्वमा रहँदा तत्कालीन स्वास्थ्य मन्त्रालयले ६१४ जनालाई शहीद घोषणा गरेर राहत दिने निर्णय भएको दलील पेश गर्दै हसिनाले अहिलेको सरकारको दबाबमा अभियोजनकर्ताहरू बेनामे साक्षीको भर परेको भन्दै आलोचना गरिन् ।

हसिनाले तटस्थ अन्तर्राष्ट्रिय मञ्चमा मुद्दाको सामना गर्न आफू तयार रहेको दोहोर्‍याइन् । उनले भनिन्, ‘म मेरा आरोप लगाउनेहरूलाई उचित अदालतमा सामना गर्न डराउँदिन, जहाँ प्रमाणहरूको निष्पक्ष रूपमा मुल्याकंन र परीक्षण गर्न सकिन्छ ।’

अन्तर्राष्ट्रिय अदालतले निर्दोष ठहर्‍याउने निश्चित भएर अहिलेको अन्तरिम सरकारले निष्पक्ष छानबिन हुन नदिएको हसिनाको दाबी छ ।

बंगलादेशमा आगामी फेब्रुअरी आम निर्वाचन घोषणा गरिएको छ । चुनाव हुन केही महिनाअघि पूर्वप्रधानमन्त्री हसिनामाथि सुनाइएको मृत्युदण्डको फैसलाले त्यहाँ राजनीतिक तनाव बढेको छ । विज्ञहरूले थप अस्थिरताको चेतावनी दिएका छन् ।

काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साविक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन्।

आज दिउँसो ४ बजे सुरु हुने यस खेलसँगै एनपीएलको दोस्रो संस्करण औपचारिक रूपमा प्रारम्भ भएको छ। जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन्।

गत वर्षको च्याम्पियन जनकपुर उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ भने काठमाडौं गोर्खाज विजयी सुरुवात गर्ने दाउमा छ।

यस पटक स्तरोन्नति गरिएको त्रिवि मैदानको फ्लडलाइटमा प्रतियोगिताका अधिकांश खेलहरू हुनेछन्। प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।

मतदाता नामावली सूचीमा नाम दर्ता गर्नेहरुको संख्या ५ लाख २८ हजार नाघ्यो

काठमाडौँ – मतदाता नामावली सूचीमा नयाँ नाम दर्ता गर्नेहरुको संख्या ५ लाख २८ हजार ६ सय नाघेको छ ।

निर्वाचन आयोगका अनुसार आयोगका कार्यालयहरुमा भौतिक रुपमा उपस्थित भएर ३ लाख ३ हजार ६२ जनाले नाम दर्ता गरिसकेका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत २ लाख २५ हजार ५ सय ७५ जनाले दर्ता गरिसकेका छन् ।

आयोगले कात्तिक ३० सम्म अवधि तोकेकोमा ५ दिन थप गरेको थियो । जसअनुसार मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ ।

जेन–जी आन्दोलनपछि गठित सरकारले २१ फागुनका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । जसका लागि सरकारले १२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु गरेको थियो ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय, मानवता विरुद्धका अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

गत वर्ष जुलाई–अगस्टमा भएको विद्रोहका क्रममा मानवीय अपराध गरेको आरोप शेख हसिनामाथि लगाइएको थियो। भारतमा निर्वासनमा बसेकी हसिनाको अनुपस्थितिमै उनीविरुद्ध मुद्दा चलाइएको थियो।

४५३ पृष्ठको फैसलाको प्रतिलिपि पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारले यो फैसला छ भागमा सुनाइने जानकारी दिए।

बंगलादेश टेलिभिजनले उक्त फैसलाको घोषणा प्रत्यक्ष प्रसारण गरेको थियो ।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो।

गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला सोमबार सुनाइएको हो ।

इन्टरनेसनल क्राइम ट्रिब्यूनलले हसिनामाथि लागेका मानवता विरुद्धको अपराधका ५ आरोपहरूमाथि सुनुवाइ गर्दै फैसला सुनाएको हो ।

यसमा हत्या, अपराध रोक्न नसक्नु र मानवता विरुद्धको अपराध सबैभन्दा महत्त्वपूर्ण छन्।

हसिनाको फैसलालाई लिएर देशभर हिंसा जारी छ। सरकारले उच्च सतर्कता (हाई अलर्ट) को घोषणा गरेको छ। ढाकामा १५,००० प्रहरी परिचालन गरिएको छ। उनीहरूलाई हिंसात्मक प्रदर्शनकारीहरूमाथि गोली चलाउने आदेश दिइएको छ।

शनिबार अबेर रातिदेखि आइतबार बिहानसम्म ढाकामा दुईवटा बसमा आगजनी गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । फैसलापछि हिंसा अझ बढ्ने आशंकालाई ध्यानमा राख्दै देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ।

फैसला आउनुअघि नै हसिनाले आफूविरुद्धका आरोपहरू झूटो भएको र यस्ता फैसलाहरूलाई आफूले पर्वाह नगर्ने बताएकी थिइन्।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) को निर्णयअघि आफ्ना समर्थकहरूलाई पठाएको अडियो सन्देशमा अवामी लीग नेतृ हसिनाले नोबेल विजेता मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले आफूको पार्टीलाई समाप्त गर्ने षड्यन्त्र गरिरहेको बताइन् ।
‘यति सजिलो छैन, अवामी लीग जरा–जरा गाउँबाट उठेको पार्टी हो, कुनै सत्ता हत्याराको खल्तीबाट जन्मिएको होइन,’ ७८ वर्षीया हसिनाले बंगालीमा भनेकी छिन्।

हसिनाले बंगलादेशमा विरोधका योजनाहरूमा आफ्ना समर्थकहरूले स्वस्फूर्तरूपमा प्रतिक्रिया दिएको दाबी गरिन्।

‘उनीहरूले हामीलाई विश्वास दिएका छन्। यो भ्रष्ट, उग्रवादी र हत्यारा युनुस र उसका सहयोगीहरूलाई बंगलादेश कसरी फेरिन्छ भनेर जनताले देखाउनेछन्; न्याय जनता स्वयं गर्छन्,’ उनले भनिन्।

एनपीएलमा २३ सय बढी प्रहरी परिचालन हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

मंसिर २८ गतेसम्म चल्ने एनपीएलको सुरक्षार्थ १९०० प्रहरी परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

दोस्रो संस्करणको एनपीएल आजदेखि सुरु हुँदैछ । पहिलो खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोखार्जबिच दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

दिन र रातमा दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् ।

एनपीएलका लागि १७ सयभन्दा बढी प्रहरी परिचालन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन खेलका लागि काठमाडौं प्रहरीले १७ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र त्यस वरपरको सुरक्षा व्यवस्था कडा पार्न यो जनशक्ति खटाइएको हो, जसमध्ये १२ सय २३ जना प्रहरी खेल मैदानको प्रत्यक्ष सुरक्षामा केन्द्रित छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार खेल स्थलको भित्री तथा बाहिरी सुरक्षाका लागि मात्रै १२ सय २३ जनाको ‘डेडिकेटेड’ प्रहरी टोली खटिएको छ।

यसबाहेक खेलाडीको आवास, आवतजावत, ट्राफिक व्यवस्थापन, अपराध अनुसन्धान तथा सूचना संकलन जस्ता कार्यका लागि थप ५ देखि ७ सयको संख्यामा अतिरिक्त जनशक्ति परिचालन गरिएको छ।

‘खेल खेल्ने ठाउँमै हामीले १२ सय २३ जना प्रहरीको डिप्लोयमेन्ट गरेका छौँ,’ परिसरका सूचना अधिकारी पवनकुमार भट्टराईले उकेरासँग भने, ‘त्यसबाहेक खेलाडी बस्ने ठाउँ, आवतजावत, ट्राफिक व्यवस्थापन र अन्य निगरानीका लागि थपिएको जनशक्तिसहित समग्र संख्या धेरै हुन आउँछ।’

उद्घाटन खेलका लागि सबै टिकट बिक्री भइसकेकाले सम्भावित भीड र सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले यति ठूलो संख्यामा जनशक्ति परिचालन गरेको हो। नेपाली क्रिकेटप्रति दर्शकको बढ्दो क्रेजका कारण मैदानमा ठूलो भीड हुने अनुमान छ।

यसै सन्दर्भमा प्रहरीले एक सूचना जारी गर्दै टिकट नभएका दर्शकलाई मैदान वरपर भिडभाड नगर्नसमेत अनुरोध गरेको छ।

‘आजको सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी प्राप्त भएकोले टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भिडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौँ’, प्रहरीको सूचनामा भनिएको छ।

टिकट नभएका समर्थकहरू मैदान बाहिर जम्मा हुँदा सुरक्षा व्यवस्थापनमा कठिनाइ हुने र अनावश्यक भीड बढ्ने भएकाले प्रहरीले सबैलाई घर वा अन्य स्थानबाटै खेलको मज्जा लिन आग्रह गरेको छ।

शेख हसिना विरुद्धको फैसला सुनाउन सुरु, बांग्लादेशमा सुरक्षा कडा

एजेन्सी- बांग्लादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसलाअघि सोमबार राजधानी ढाका तथा देशका विभिन्न स्थानहरूमा कडा सुरक्षा व्यवस्था लागू गरेको छ।

सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी विद्रोहमा सयौँको हत्या गरी १५ वर्षे शासन अन्त्य गरेको आरोपमा भारतमा निर्वासित हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सोमबार दिउँसो ११ बजे (स्थानीय समय) बाट फैसला सुनाउन सुरु गरेको हो। ४५३ पृष्ठको फैसलामा छ भाग छन्, जसमा विद्रोहका समयका भिडियो प्रमाण, मानवअधिकार प्रतिवेदन र हसिनाको टेलिफोन कुराकानी बजाइएको छ।

अभियोजन पक्षले हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्ड दिन माग गरेको छ। तर पूर्व प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल-मामुन साक्षी बनेकाले सजाय सिफारिस भएको छैन। संयुक्त राष्ट्र संघको फेब्रुअरी प्रतिवेदनअनुसार घटनामा १४ सय जनासम्म मारिएका थिए। उता, अन्तरिम सरकारले ८०० भन्दा बढी मृत्यु र १४ हजार घाइते पुष्टि भनेको छ।

जवाफमा हसिनाको अवामी लिगले न्यायाधिकरणलाई ‘कंगारु अदालत’ भन्दै देशव्यापी बन्दको आह्वान गरेको छ। राजधानी ढाकासहित अन्य स्थानमा अर्धसैनिक सीमा रक्षक तथा प्रहरी तैनाथ छन्। गत हप्ताको बन्दपछि बम विस्फोट र आगजनी बढेपछि प्रहरी प्रमुख शेख मोहम्मद सज्जत अलीले आगो लगाउने वा बम प्रहार गर्नेहरूलाई ‘देख्ने बित्तिकै गोली हान्ने’ आदेश जारी गरेका छन्।

गत हप्तामा मात्र ५० भन्दा बढी आगजनी र बम धमाकाका घटना भएका थिए, जसमा दुई जनाको मृत्यु भयो।

ढाका महानगरीय प्रहरीका अनुसार ढाकामा लगभग १५ हजार प्रहरी तैनाथ गरिएको छ। हसिना विरुद्धको मुद्दाको फैसला प्रत्यक्ष हेर्न ढाका विश्वविद्यालयको विद्यार्थी-शिक्षक केन्द्रमा ठूलो स्क्रिन राखिएको छ। त्यहाँ धेरै मानिसहरू भेला भएका छन्। बांग्लादेश टेलिभिजनले फैसलाको प्रत्यक्ष प्रसारण गरिरहेको छ।

फैसलाको तयारीमा अवामी लिगले पुनः बन्द आह्वान गरेको छ। हसिनाले अडियो सन्देशमार्फत समर्थकहरूलाई ‘फैसलाबाट नर्भस नहुन’ भनेकी छन्। सर्वोच्च अदालतले सेना मुख्यालयलाई न्यायाधिकरण वरिपरि सैन्य तैनाथीको अनुरोध गरेको छ।

हसिना गत अगस्ट ५ मा अपदस्थ भएपछि भारत पुगेकी थिइन्। अन्तरिम सरकार प्रमुख प्रोफेसर मुहम्मद युनुसले उनलाई कानूनी सजाय दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले फेब्रुअरीमा निर्वाचन हुने बताए पनि अवामी लिगलाई सहभागी हुन नदिने तयारी छ।

‘जेरी अन टप’ को कमाइ १२ करोड

काठमाडौं । अनमोल केसी स्टार र फिल्म ‘जेरी अन टप’ अहिले पनि केही हलमा प्रदर्शन भैरहेको छ । यो फिल्मले अहिलेसम्म घरेलु बक्सअफिसमा १२ करोडभन्दा धेरै कमाइ गरेको छ ।

पछिल्लो शनिबारसम्म सुयोग गुरुङ निर्देशित फिल्मले १२ करोड ७ लाख ३४ हजार ३४६ नेरु ग्रस कमाएको छ ।

चलचित्र विकास बोर्डले सिनेपाः बक्सअफिसको कमाइ सोमबार सार्वजनिक गरेको छ ।

फिल्मले सोही अवधिसम्म ३ लाख ८५ हजार ९२८ वटा टिकट बेचेको छ ।

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता

काठमाडौं । राजदूत फिर्ता बोलाउने निर्णय यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्च अदालतको पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको रिट निवेदनको पेसी यही मंसिर ७ गतेलाई तोकिएको छ ।

जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णयक असोज ३० गते गरेको थियो ।

त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न कात्तिक १६ गते अन्तरिम आदेश दिएको थियो ।

तर त्यसको भोलिपल्टै प्रधानमन्त्री कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयले राजदूत फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो । सो निर्देशनपछि राजदूतहरू मन्त्रालयमा हाजिर गरी फर्किने गरेका छन् ।

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको मुद्दाको फैसला आउँनु नै अघि बंगलादेशमा हिंसात्मक घटना बढ्दै

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको फैसला आउँनु भन्दा पहिले आज देशभर हिंसा भड्किएको छ । विभिन्न ठाउँमा गाडीमा आगजनी, तोडफोड र रुख ढालेर सडक अवरुद्ध गरिएका टाइम्स अफ इन्डियाले जनाएको छ ।

बढ्दो तनाव रोक्न अन्तरिम सरकारले सेना, प्रहरी र सीमा सुरक्षा बल परिचालन गरेको छ भने ढाका प्रहरीलाई आवश्यकता परे गोली चलाउन आदेश दिइएको खबरमा उल्लेख छ । अस्ति शनिवार रातिदेखि शुरू भएको हिंसा फैसला पछि अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

सरकारी वकिलले हसिनाविरुद्ध हत्या, अपराध रोक्न असफलता र मानवताविरुद्ध अपराधसहित पाँच गम्भीर आरोपमा मुद्दा दायर गर्दै मृत्युदण्ड माग गरेका छन् । अदालतले हसिनासहित पूर्वगृहमन्त्री असदुज्जमान खान कमाल र तत्कालीन आईजीपी चौधरी अब्दुल्लाह अल मामूनको मुद्दामा फैसला सुनाउँदैछ ।

साउदीमा बस दुर्घटना, ४२ भारतीयको मृत्यु

एजेन्सी साउदी अरवमा बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ । सोमबार मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा हैदराबादका २० महिला र ११ बालबालिकाको ज्यान गएको हो। अन्य पनि भारतीय भएको जनाईएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए अनुसार, मृत्यु हुने सबै भारतीय हुन्। उनीहरूमध्ये धेरैजसो यात्रु हैदराबादबाट तीर्थयात्रा जाँदै थिए।

यो दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिकै भारतीय समयअनुसार राति करिब १ः३० बजे भएको थियो। त्यस समयमा धेरै यात्रुहरू सुतिरहेका थिए, जसले गर्दा ठोक्किएपछि बसमा आगो लाग्दा मानवीय क्षति बढेको हो ।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावासको लगातार सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग समन्वय गरेर पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न निर्देशन दिएका छन्।

एनजीओ र आईएनजीओले दल र उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुन नपाउने

काठमाडौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ) राजनीतिक दल र उम्मेदवारको पक्ष/विपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।

निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था छ । प्रतिनिधि सभाको चुनाव अगामी फागुन २१ गते हुँदैछ । उक्त चुनावका लागि तयार आचारसंहितामा गैरसरकारी संस्था वा विकास साझेदार संस्था, सम्बद्ध पदाधिकारी तथा कर्मचारीले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था आचारसंहिताको बुँदा नम्बर १२ मा छ ।गैरसरकारी संस्था वा विकास साझेदार संस्था तथा त्यस्तो संस्थासँग सम्बन्धित पदाधिकारी तथा कर्मचारीले पालना गर्नु पर्ने आचरणलाई ९ वटा बुँदामा समेटिएको छ ।

यी हुन पालना गर्नुपर्ने ९ बुँदा –

(क) राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने,

(ख) कुनै योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, सम्भाव्यता अध्ययन गर्ने वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न नहुने,

(ग) कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा आफ्ना सवारी साधन, भवन वा अन्य सामग्री प्रयोग गर्न दिन, कार्यक्रम वा सभा वा सम्मेलन गर्न वा प्रचारप्रसारको प्रायोजन गर्न नहुने,

(घ) निर्वाचन शिक्षा सम्बन्धी प्रचारप्रसार बाहेक कुनै राजनीतिक प्रकृतिको कार्यक्रम गर्न नहुने,

(ङ) निर्वाचन वा मतदाता शिक्षालाई प्रभावित गर्ने उद्देश्यले कुनै सहयोग, पुरस्कार, सामग्री प्राप्त गर्न नहुने,

(च) कुनै पनि स्रोत नखुलेको रकम प्राप्त गर्न नहुने,

(छ) कार्यालयमा निर्वाचन सम्बन्धी शिक्षामूलक सूचना सामग्री टाँस्न तथा प्रयोग गर्न बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारका सामग्री टाँस्न वा राख नहुने, प्रारम्भि

(ज) आफू वा आफू सम्बद्ध संस्थाको तर्फबाट कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नहुने,

(झ) सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा प्रतिक्रिया दिन वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने ।

राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाण्डौ – निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आउँदो पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाका १८ सदस्यको चुनाव माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

युवाहरुका लागि १३ वटा विधामा नि:शुल्क रोजगारमुलक तालिम सञ्चालन हुने

काठमाडौं । नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद्‍ले युवाहरुका लागि विभिन्न १३ वटा विधामा रोजगारमुलक सीप विकास तालिम सञ्चालन गर्ने भएको छ। परिषद्‍ले सातै प्रदेशमा ३९० घण्टे तालिम सञ्चालन गर्ने भएको हो ।

परिषद्‍द्वारा प्रकाशित सूचनामा प्लम्बर, सिलाइकटाइ, असिष्टेन्ट ब्युटिसियन, विल्डिङ् इलेक्ट्रिसियन, वारिष्टा, कुक, सिकर्मी तथा डकर्मी मेसिनको तालम सञ्चालन गर्ने जनाइएको छ। यसैगरी सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता, मोटरसाइकल सर्भिस मेकानिक, विल्डिङ् पेन्टर, बारवर, मन्टेश्वरी र बेकरी सम्वन्धि तालिम दिइने जनाइएको छ ।

परिषद्को आ. व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न बिषय क्षेत्रमा युवाहरुका लागि रोजगारमूलक सिप बिकास तालिम सञ्चालन गर्न लागिएको कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। युवाहरुलाई तालिम सक्ने वित्तिकै स्वरोजगारीमा जोड्न यस खालको तालिम आयोजना गरिएको बस्नेतले बताए ।

तालिममा सहभागी हुनका लागि इच्छुक युवाहरुले २०८२ मंसिर १५ गतेभित्र गुगल फर्म क्लिक गरी आवेदन फारम भर्नुपर्नेछ। आवेदक मध्येवाट छनोट भएकालाई तालिममा सहभागी गराइने र तालिम पश्चात् सीप परीक्षणसमेत गराइने प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनाए ।

टीयू क्रिकेट मैदान वरपर भीडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं । नेपाल प्रहरीले टीयू क्रिकेट मैदान वरपर भीडभाड नगरिदिन आग्रह गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको आजको सम्पूर्ण टिकटहरू सकिएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । प्रहरीले सूचना नै निकालेर भनेको छ, ‘टिकट नभएका महानुभावहरू उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापन गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

एनपीएलको दोस्रो संस्करण आजदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेल साँझ ४ बजेदेखि  काठमाडौं गोर्खाज र साविक विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दैछन् । टीयूमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो ।

निर्वाचन सुरक्षार्थ सवा ३ लाख सुरक्षाकर्मी, १ लाख ३० हजार म्यादी

काठमाडौँ — सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा करिब सवा ३ लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको समितिको बैठकले २१ फागुनका लागि तय भएको निर्वाचन सुरक्षामा करिब ३ लाख १४ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । यसका लागि करिब १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ ।

गृह मन्त्रालय स्रोतका अनुसार निर्वाचन सुरक्षार्थ नेपाली सेनाका करिब ७९ हजार, नेपाल प्रहरीका करिब ७२ हजार, सशस्त्र प्रहरीका ३३ हजार र म्यादी प्रहरी १ लाख ३० हजार जनशक्ति परिचालन गरिनेछ ।

निर्वाचन आयोगबाट मतदाता नामावली, मतदानस्थल र मतदान केन्द्रको अन्तिम टुंगो लागिसकेपछि परिचालन हुने सुरक्षाकर्मीको संख्यामा केही थपघट हुने र अहिलेलाई सवा तीन लाखको हाराहारीमा खटाउने गरी निर्वाचन सुरक्षा कार्ययोजना स्वीकृत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचन र बदलिँदो चुनौतीलाई आधार बनाएर आगामी निर्वाचन सुरक्षा योजना तर्जुमा भएको जानकारी दिए । सुरक्षा समिति बैठकले आइतबार निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना–२०८२’ स्वीकृत गर्दै सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरीलाई परिचालन गर्ने निर्णय गरेको हो । सुरक्षा समितिबाट सुरक्षा कार्ययोजना स्वीकृत भएसँगै अब सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नुपर्ने छ । सेना परिचालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्बाट निर्णय गराएर राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ ।

क्रिकेट महोत्सव नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि शुरु

काठमाडौं १ मंसिर ।  नेपाली क्रिकेटको महोत्सव मानिने नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आज (सोमबार)बाट सुरु हुँदै छ । २७ दिन अर्थात् २७ मंसिरसम्म खेल हुनेछ । यसपालिको ‘एनपिएल’ यसकारण पनि थप आकर्षण छ कि लिग हुने त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बदलिएको छ भने पहिलोपटक ‘फ्लड लाइट’मा प्रतियोगिता हुँदै छ । ३२ मध्ये २३ खेल रातमा हुँदै छन् ।

सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार ‘फ्लड लाइट’को स्विच थिचेर रंगशाला राष्ट्रिय खेलकुद परिषद्मार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई हस्तान्तरण गरेका छन् । सरकारले ४२ करोड १९ लाख ९१ हजार लागतमा ६ पोलमा लाइट जडान गरेको हो ।

एनपिएलमा संघीय संरचनाअनुसार सातै प्रदेशको प्रतिनिधित्व छ । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट पहिलो संस्करणको डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट दुई टोली काठमाडौं गोर्खाज र चितवन राइनोज, गण्डकीबाट पोखरा एभेन्जर्स, लुम्बिनीबाट लुम्बिनी लायन्स, सुदूरपश्चिमबाट गत वर्ष उपविजेता बनेको सुदूरपश्चिम रोयल्स र कर्णाली प्रदेशबाट कर्णाली याक्स सहभागी हुँदै छन् ।

स्वदेशी मात्रै होइन, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आयोजना गर्ने टी–२० विश्वकप र एकदिवसीय विश्वकप जितेकादेखि चर्चित क्रिकेट लिग खेलिसकेका विदेशी खेलाडी एनपिएलका लागि त्रिवि रंगशालामा उत्रिँदै छन् । ठुला घरानाले लगानी गरेको एनपिएलमा हरेक फ्रेन्चाइज टोलीले १० देखि १५ करोडसम्म खर्च गर्दै छन् । पहिलो संस्करणमा एक सय करोड भ्यालु बनाएको क्यान दोस्रो संस्करण अझै ब्रान्ड बढाउने योजनामा छ । यो प्रतियोगितामा नेपाली खेलाडीले दुई लाखदेखि २० लाखसम्म कमाउनेछन् । सहभागी सबै टोलीले आफ्ना १६ खेलाडीसहित अफिसियललाई पाँचतारे होटेलको सुविधा दिएर राखेका छन् । प्रतियोगिताले नेपालमा पर्यटन प्रवद्र्धन हुने र अर्थतन्त्र सुधार्न टेको बन्ने अपेक्षा गरिएको छ ।

क्यान सचिव पारस खड्काले एनपिएल राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको बताए । ‘क्रिकेटको माध्यमबाट हामीले राम्रो म्यासेज दिएका छौँ । मेरो विचारमा राज्यले माथिल्लो लेभलमा सोचेर हेर्नुपर्छ । राज्यलाई प्रतिनिधित्व गर्ने खेल बनिसकेको छ,’ उनले भने, ‘अब एनपिएल घरेलु क्रिकेट मात्र नभएर अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । यो प्रतियोगितालाई साथ सहयोग चाहिन्छ । एनपिएलमा स्थानीय खेलाडीले पनि आर्थिक रूपमा फाइदा लिनेछन् ।’

मनिषको पहिलो गीत ‘बन्दीपुर बजारमा’ सार्वजनिक

कोलोराडो, १५ नोभेम्बर ।

गायक मनिष विश्वकर्माको ‘बन्दीपुर बजारमा’ बोलको गीतको म्युजिक भिडिओ शनिवार अमेरिकाको कोलोराडोमा सार्वजनिक गरिएको छ । मनिषको यो पहिलो म्युजिक भिडिओ हो ।

मनिष तनुहँको बन्दीपुरमा जन्मिए । उनको बालापन त्यही बित्यो । एक दशकअघि अवसरले उनलाई अमेरिका पु¥यायो । उनको शरीर अमेरिकामा रहेपनि मन मुटुमा बन्दीपुर थियो ।

मनिषलाई बन्दीपुरको सुन्दरता, संस्कृति र आफ्नोपनले अमेरिकामा पछ्याईरह्यो । संगीतमा उनको लगाव थियो । मनमा बन्दीपुरको प्रेम । बन्दीपुरको त्यही प्रेम गीतमा छचल्कियो । र, बन्यो एउटा सुन्दर गीत–‘बन्दीपुर बजारमा’।

त्यसपछि उनी पुगे, संगीतकार राजन भक्त श्रेष्ठको कोलोराडोको थ्रोन्टनस्थित मिष्टिक भाईभ्स स्टुडियो । जहाँ उनले आफ्नै स्वरमा गीत रेकर्ड गरे । जसमा श्रेष्ठले मिठो संगीत भरे ।

यस पटक दशैंमा बन्दीपुर  पुगेका मनिषले नेपाल छोड्नु अघि हतारमा म्युजिक भिडिओका लागि कलाकार खोजे । र, दुई दिनमै गीतको छायांकन गरे । र, अमेरिका फर्किए ।

उनी त्यसपछि चुपचाप बसेनन् । आफैले भिडिओ सम्पादन गरे । र ‘बन्दीपुर बजारमा’ लाई पूर्णता दिए ।

र, झण्डै दुई महिनाको पखाईपछि मनिषले शनिवार साँझ ७ : ३० बजे थ्रोन्टनमा आफन्त, शुभेच्छुक र साथीभाईहरुका माझमा म्युजिक भिडियो सार्वजनिक गरे ।

मन, मुटु र नजरबाट कहिल्यै ओझेल नहुने बन्दीपुर झै हृदयमा सुटुक्क पसेकी एउटी युवतीको प्रेममा परेका छन्, एक युवक । र, उनी थानीमाईलाई चमत्कार गर्न भाकल गर्छन् । ‘बन्दीपुर बजारमा’ गीत त्यही युवकको प्रेम कथा हो । ।

उनको जीवनको सहयात्री रविना घिमिरे विश्वकर्माले निर्माण गरेको गीतको छायांकन, सम्पादन र निर्देशन मनिषले गरेका हुन् । म्युजिक भिडिओका दृष्यहरु तनहुँको बन्दीपुर बजार र त्यसैको सेरोफेरोमा छायांकन गरिएका हुन् ।

‘बन्दीपुर बजारमा’ म्युजिक भिडिओको सहायक निर्देशन तथा उत्पादन प्रमुखको भूमिका बिबेक बिकेले निर्वाह गरे । जसमा दिप्शन माजकोटी, कृपा गुरुङ र सुष्मिता बयलकोटीको अभिनय रहेको छ । मेकअपमा पनि कृपा र सुष्मिताले नै साथ दिएकी छन् ।

शनिवार म्युजिक भिडिओ सार्वजनिक भएपछि मनिषले सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

उनले गीतको म्युजिक भिडिओ हेरेर सुझाव, सल्लाह र प्रतिक्रिया दिन दर्शक तथा स्रोताहरुलाई आग्रह गरे ।

डिम्ब तस्करी प्रकरणमा ‘क्लिनचिट’ दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस

काठमाडौँ  : नाबालिकाको डिम्ब निकाली महँगो मूल्यमा बिक्री गरेको अभियोगमा मुद्दा नचलाउने भन होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई उन्मुक्ति दिने भनि महान्यायाधिवक्ता कार्यालयबाट भएको निर्णय बदर माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ ।

कानुनका विद्यार्थीहरु उपेन्द्र राउत र आयुष मिश्रले आइतबार रिट पेस गरेका हुन् । रिटमा महान्यायाधिवक्ता सविता भण्डारी बराललाई पदमुक्त गर्नसमेत माग गरिएको छ । रिटमा बरालको प्रत्यक्ष स्वार्थ बाझिने मुद्दामा दबाब दिएर निर्णय गराएको जिकिर गरिएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार रिट पेस भएको र दर्ता हुने वा नहुने बारे अध्ययन भइरहेको बताए । उनले सोमबार निर्णय हुन सक्ने बताए ।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले होपका सञ्चालक डा। स्वस्ति शर्मा, डा। मलिनी चौधरी, प्रत्यूषा बराल र डा। असीम अधिकारीलाई पक्राउ गरेको थियो । उनीहरू पछि हाजिरी जमानतमा छुटेका थिए ।

महान्यायाधिवक्ता कार्यालयले असोज ३१ मा नायब महान्यायाधिवक्ताको तहबाट जिल्ला सरकारी वकिल कार्यालय हुँदै उच्चबाट आएको मुद्दा नचल्ने फाइल सदर गरेको थियो ।

उक्त निर्णयले संविधान, फौजदारी कानुन र पीडितको न्याय प्राप्त गर्ने हकलाई अवरुद्ध र नियन्त्रण गर्नुका साथै भविष्यमा समेत यस प्रकारको पत्र जारी गरि फौजदारी न्याय प्रणालीलाई कमजोर बनाइ प्रभावित गराउन सक्ने कार्य हुन सक्ने सम्भावना समेत रहने जिकिर रिटमा गरिएको छ ।महान्यायाधिवक्ताको ज्यादतीले पूर्वप्रधानन्यायाधीशको सरकारमाथि नैतिक प्रश्न
महान्यायाधिवक्ताको ज्यादतीले पूर्वप्रधानन्यायाधीशको सरकारमाथि नैतिक प्रश्न

विपक्षी कार्यालयलाई जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा न्यायको लागि याचना गर्न सक्ने हुँदा व्यक्ति विशेषले धारण गरेको पदको बेवास्ता गरी, अनुसन्धान नगर्नु, मुद्दा नचलाउनु भन्ने जस्ता आदेश सम्पूर्ण विपक्षीलाई सम्प्रेषण नगर्नु र आफ्ना मातहतका अनुसन्धान गर्ने निकायलाई मेडिकल नेगलिजेन्स जस्ता कसुरमा कसैले कुनै व्यक्ति उपर जाहेरी, सूचना, प्रतिवेदन पेस गर्छ भने सो व्यक्ति उपर निर्बाध रूपमा अनुसन्धान गर्नु गराउनु भनी परमादेशको आदेश माग रिटमा गरिएको छ ।

ुनायब महान्यायाधिवक्ताको निर्णय व्यहोराुको निर्णय विपक्षी कार्यालयबाट भएको हुँदा महान्यायाधिवक्ताले पदको दुरुपयोग गरी आफूले संविधान अन्तर्गत धारण गरेको जिम्मेवारीबाट विमुख भई अनुसन्धान प्रक्रियामा प्रत्यक्ष रुपमा सामेल भई अनुसन्धान तहकिकातमा अनुचित प्रभाव पारेको र भविष्यमा समेत पार्न सक्ने गम्भीर सम्भावना रहेको हुँदा, संविधानको धारा १५७ को उपधारा ४९ख० बमोजिम प्रधानमन्त्री तथा मन्त्री परिषद्को सिफारसमा राष्ट्रपतिबाट महान्यायाधिवक्तालाई पदमुक्त गर्नुपर्ने माग रिटमा गरिएको छ ।

होप फर्टिलिटी डिम्ब तस्करी मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णय किन विवादित बन्यो रु पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
होप फर्टिलिटी डिम्ब तस्करी मुद्दामा महान्यायाधिवक्ता सविता भण्डारीले गरेको निर्णय किन विवादित बन्यो रु पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्
३ भदौमा जारी भएको थियो डिम्ब निकाल्न कार्य रोक्नु भन्दै अन्तरिम आदेश

सर्वोच्च अदालतले ३ भदौमा महिला तथा किशोरीहरूबाट डिम्ब ननिकाल्न र भण्डारण नगर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले डिम्ब निष्कासन तथा भण्डारणको कार्य रोकेर सरकारको नियमन र निगरानी प्रभावकारी बनाउन आदेशमा भनिएको थियो ।

अधिवक्ताहरू निरब ज्ञवाली, ध्रुव भण्डारी र अंकिता त्रिपाठीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, नेपाल प्रहरीलगायतलाई विपक्षी बनाउँदै १ भदौमा रिट दायर गरेका थिए ।

बबरमहलस्थित होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक प्रालिले अवैध रूपमा किशोरीहरूको डिम्ब निकालेर बिक्री वितरण गरेको विषय सार्वजनिक भएपछि यस सम्बन्धमा सर्वोच्च अदालतमा रिट परेको हो ।

भदौ २३ र २४ मा ७८ अर्बको क्षति, ५५ जिल्लामा तोडफोड

गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा ७८ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको देखिएको छ।

यसअघि निजी क्षेत्रको मात्रै ९० अर्ब रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको थियो। ठूलो रकमको क्षति भएको सरकारी आकलन थियो।

नेपाल चेम्बरले राखेको छलफलमा अर्थमन्त्री रामेश्वर खनालले दिएको तथ्यांक अनुसार ७८ अर्ब रुपैयाँको क्षति देखिएको हो।

उनका अनुसार क्षति धेरै ठूलो नभए पनि करिब ५५ जिल्लाका विभिन्न १९ सय ५७ इकाईहरूमा क्षति भएको तथ्याङ्क छ। जसमध्ये निजी क्षेत्रको ४१९ इकाई मात्र रहेको र यसको मूल्याङ्कन ३६ अर्ब बराबरको देखिएको छ।

बाँकी करिब १५०० इकाई सङ्घीय, प्रादेशिक वा स्थानीय तहको क्षति रहेको छ, जसमा ५१४ वटा त स्थानीय तहमा मात्रै क्षति भएको थियो। सबै क्षतिको कुल मूल्याङ्कन करिब ७८ अर्ब ५१ करोड बराबरको देखिएको छ।

अर्थमन्त्रीले अर्थतन्त्रको लाभ, वृद्धि, रोजगारी सिर्जना गर्न र विदेशिने युवालाई नेपालभित्रै रोजगारी वा व्यवसायमा लगाउनका लागि प्रस्तुत गरिएका सुझावहरू आफूले पक्कै पनि ग्रहण गरेको बताए।

तर, उनले कार्यान्वयनमा जान सक्ने सुझावहरू सरकारको अहिलेको तीनवटा क्षेत्राधिकार (म्यान्डेट) को सिमाभित्र रहेर मात्र गरिने स्पष्ट पारे।

उनले कार्यान्वयनका लागि कानुनी उपकरण (ऐन) नभएसम्म सुझाव मन पर्दापर्दै र सदिक्षा हुँदाहुँदै पनि सरकारको वर्तमान क्षेत्राधिकारको अधिनमा रहेर काम गर्न नसकिने उल्लेख गरे।यसबारे उनले भने, ‘कतिपय कुराहरू कार्यान्वयन गर्नका लागि कानूनी उपकरण चाहिने भएकाले कानुन नभएसम्म कार्यान्वयन गर्न नसकिने पनि हुन सक्छ।

’यसबारे उनले भने, ‘कतिपय कुराहरू कार्यान्वयन गर्नका लागि कानूनी उपकरण चाहिने भएकाले कानुन नभएसम्म कार्यान्वयन गर्न नसकिने पनि हुन सक्छ।’

दोस्रो महिला कबड्डी विश्वकप खेल्दै नेपाल

काठमाडौँ । नेपालले सोमबारदेखि बङ्गलादेशमा हुने दोस्रो महिला कबड्डी विश्वकप खेल्ने भएको छ ।

विश्वकपमा सहभागिता जनाउन नेपाली टोली बङ्गलादेश प्रस्थान गरिसकेको छ । नेपाली टोलीलाई शनिबार केबी साम नेपाल कबड्डी लिग (एनकेएलल) ले ट्रयाकसुटलगायत खेल सामाग्रीसमेत प्रदान गरेको थियो ।

नोभेम्बर २५ तारिखसम्म सञ्चालन हुने विश्वकपमा आयोजक बङ्गलादेशसँगै साविक विजेता भारत र नेपाल, इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले प्रतिस्पर्धा गर्दै छन् । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ तारिख खेल्ने छ ।

नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् ।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा जयन्ती बडु उपकप्तान छिन् । अन्य खेलाडीमा गङ्गा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मीना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारू र उरुसा शाक्य रहेका छन् ।

टोलीको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा छन् ।

खोज्नुहोस