महाकाली नदीको टापुमा फसेका रामबहादुर सिंहको सकुशल उद्धार

द एभरेष्ट पोष्ट
१२ साउन २०८३ १३:०२
महाकाली नदीको टापुमा फसेका रामबहादुर सिंहको सकुशल उद्धार

कञ्चनपुर: कञ्चनपुरको महाकाली नदीको बीच टापुमा फसेका एक पुरुषको सुरक्षाकर्मी र स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी नगरपालिका वडा नम्बर ०४, मालिका टोल बस्ने करिब ४५ वर्षीय रामबहादुर सिंह महाकाली नदीको टापुमा फसेको खबर सोमबार बिहान ९:१५ बजे प्राप्त भएको थियो।

खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी नायव निरीक्षक (प्र.नि.) को कमाण्डमा १० जनाको टोली उद्धार सामग्रीसहित खटिएको थियो। साथै, सशस्त्र प्रहरी गुल्म देविस्यान कञ्चनपुरबाट पनि सशस्त्र प्रहरी नायव निरीक्षक (स.प्र.नि.) को कमाण्डमा १० जनाको उद्धार टोली घटनास्थलतर्फ पठाइएको थियो।

बिहान ९:३० बजे घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको संयुक्त टोलीले तीव्र उद्धार कार्य अघि बढाउँदै सिंहलाई सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस