प्रश्नपत्र ‘लिक’ प्रकरणमा स्ववियुले माग्यो त्रिवि डिनको राजीनामा

द एभरेष्ट पोष्ट
१० साउन २०८३ १४:४४
प्रश्नपत्र ‘लिक’ प्रकरणमा स्ववियुले माग्यो त्रिवि डिनको राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षाकै समयमा प्रश्नपत्र बाहिरिएको घटनामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले व्यवस्थापन संकायका डिन र परीक्षा हेर्ने सहायक डिनको राजीनामा माग गरेको छ ।

प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै स्ववियुले उनीहरूको राजीनामा माग गरेको हो ।

“परीक्षाको निष्पक्षता र विश्वविद्यालयको गरिमामाथि प्रश्न उठ्ने काम भएकोले उहाँहरूले राजीनामा दिनुपर्छ,” स्ववियु सभापति दीपक जोशीले बाह्रखरीसँग भने, “घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ साथै संकाय डिनले र परीक्षा हेर्ने सहायक डिनले पनि नैतिक रूपमा राजीनामा दिनुपर्छ ।”

विश्वविद्यालयको गरिमामै आँच आउने काम भएको उनको तर्क छ ।

प्रश्नपत्र लिक प्रकणमा प्रहरी आजै दुईजनालाई पक्राउ गरिसकेको छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यस विषयमा छानबिन गर्न समिति पनि गठन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस