हतारमा कुनै पनि निर्णय लिने छैन : सन्यासबारे रोनाल्डो
काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले सन्तुष्ट भावका साथ विश्वकपबाट बिदा भएको बताएका छन् ।
स्पेनसँगको हारपछि उनले विश्वकपबाट बाहिरिनु पर्दा आफु दुःखी भएको बताए ।
‘यसरी विश्वकपबाट बाहिरिनु पर्दा म दुःखी छु । मैले आफ्नो सबैथोक सुम्पिएँ । मैले आफ्नो उत्कृष्ट प्रदर्शन दिएँ र म सफा मन (सन्तुष्ट भाव) का साथ बिदा हुँदैछु,’ उनले भने ।
सन्यासबारे रोनाल्डोले हतारमा कुनै पनि निर्णय नलिने स्पष्ट पारे । उनले भने, ‘हो यो मेरो अन्तिम विश्वकप थियो, तर अब मसँग विचार गर्न र परिवारसँग समय बिताउने मौका हुनेछ । म हतारमा कुनै पनि निर्णय लिने छैन ।’
