कञ्चनपुर र कैलालीबाट ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ
धनगढी : सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाबाट एकैदिन ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरबाट चार र कैलालीबाट एक जना पक्राउ परेका हुन् ।
उनीहरूलाई प्रहरीले बिहीबार बेलुकी छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीबाट ३० ग्राम ९३० मिलिग्राम हेरोइनसहित चार जनालाई बिहीबार साँझ पक्राउ परेका छन।
पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, वेदकोट नगरपालिका–७ दैजीका ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन् ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुरबाट १५० मिलिग्राम हेरोइनसहित स्थानीय २३ वर्षीय ललित रानाक्षेत्रीलाई बिहीबार साँझ प्रहरीले जनाएको छ ।
