कोलम्बियामा सेनाको विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६६ पुग्यो
कोलम्बिया : कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ। वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ जना सेनाका कर्मचारी र ११ जना चालक दलका सदस्य रहेको जानकारी दिएको बीबीसीमा उल्लेख छ।
सेना ढुवानी गर्न प्रयोग गरिएको अमेरिकी निर्मित C-130 हर्कुलस विमान पुटुमायो प्रान्तको प्यूर्टो लेगुइजामो शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो।
उक्त क्षेत्रमा पठाइएका आपतकालीन कर्मचारीहरूले भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन्। दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ।
कोलम्बियाली रक्षामन्त्री पेड्रो सान्चेजले लकहिड मार्टिनद्वारा निर्मित हर्कुलस सी-१३० यातायात विमान सुरक्षा बलका सैनिकहरू बोकेर प्योर्टो लेगुइजामोबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको बताए। सान्चेजले विमानमा आगो लागेपछि बोर्डमा बोकेको गोला बारुद विस्फोट भएर थप क्षति भएको हो। सैन्य स्रोतका अनुसार ५८ सैनिकको मृत्यु भएको छ। छ जना वायुसेनाका कर्मचारी र दुई जना प्रहरी अधिकारी पनि छन्।
स्थानीय मिडियाले घटनास्थलबाट धुवाँको मुस्लो निस्किरहेको र सैनिकहरू बोकेका ट्रकहरू त्यस क्षेत्रमा गइरहेको तस्बिर र भिडियो सार्वजनिक गरेका छन्।
