मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

द एभरेष्ट पोष्ट
१८ मंसिर २०८२ ७:१४
मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

जनकपुरधाम १७ बुधबार ।  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गरी उनले बुधबार २ बजे विश्वासको मत लिने वातावरण बनाइदिन आफूले प्रदेश सभालाई पत्र पठाएको जानकारी दिए । प्रदेश सभा सचिवालयले बिहान ८ बजेका लागि बैठक आह्वान गरेको छ । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन मंगलबार परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

आफूलाई अदालतको आदेश औपचारिक रूपमा प्राप्त नभएको बताउँदै उनले प्रदेश सभा र प्रदेश प्रमुख कार्यालयबाट आफैँले जानकारी लिएर विश्वासको मतका लागि प्रक्रिया अगाडि बढाउन प्रदेश सभालाई पत्रचार गरेको बताए । विश्वासको मत पाउनेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको उनले बताए । विगतमा एमालेले मुख्यमन्त्री बनाउन धेरै दललाई सहयोग गरेको र सोही आधारमा आफूलाई ती दलहरूले विश्वासको मतमा सहयोग गर्ने उनले दाबी गरे ।

मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारले अहिलेसम्म गरेको कामहरूको समेत जानकारी गराए । स्नातक गरी बेरोजगार रहेका युवालाई मासिक दुई हजार जीवन निर्वाह भत्ता, दलित, मुस्लिम तथा पछाडि परेका युवालाई उच्च शिक्षाका लागि एक लाखको छात्रवृत्ति, प्रदेशमा रोजगारी अभिवृद्धिका लागि बन्द रहेका उद्योग कलकारखाना सञ्चालनमा ल्याउनेलगायत निर्णय गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस