राष्ट्रिय एआई केन्द्र सञ्चार मन्त्रालयमा स्थापना
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रको उद्घाटन गरे ।
त्यस क्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालको लागि एआई क्षेत्रका लागि ठूलो फड्को हुने बताए ।
एआई काउन्सिल गठन भएको र एआई नीति आइसकेको अवस्थामा अब नेपाल डिजिटल युगको बाटोमा अघि बढेको उनको भनाइ छ ।
मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठेका सुशासन, भ्रष्टाचारमुक्त देश, रोजगारी लगायतका विषयलाई एआईले समेट्ने बताए ।
उनले सरकारको सारथी र जनताको उद्देश्य प्राप्तका लागि एआईलाई प्रयोग गरिने जिकिर गरे ।
