सगरमाथा आरोहणका लागि आधार शिविरमा नेपाली काँग्रेसका महामन्त्री शर्मा

काठमाण्डौं, २ जेठ ।
सगरमाथा आरोहणका लागि नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा आधार शिविर पुगेका छन् ।
यद्दपि उनले समय र प्रशिक्षणको अभावमा यस पटक सगरमाथाको फाईनल यात्रा तय गर्न नसकिने संकेत गरेका छन् ।
आधार शिविरमा रहेका शर्मा सगरमाथा आरोहणका लागि प्रशिक्षण लिईरहेका छन् । उनले सगरमाथा आरोहणका लागि आधार शिविरसम्मको यात्रालाई सेमीफाईनल भनेका छन् । काठमाण्डौंबाट सेमीफाईनल यात्रा गर्ने भनेर हिडेको हूँ, उनी भन्छन्, फाईनल अझै बाँकी छ । त्यसका लागि प्रशिक्षण लिईरहेको छु ।
६ हजार १ सय ४५ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेर सगरमाथा चढ्न पाउने मापदण्डमा पुरा गरेको शर्माले बताएका छन् ,उनी भन्छन्, मसंग सगरमाथा चढ्ने अनुमती पत्र छ । तर सगरमाथा चढिसकेको छैन ।
द एभरेष्ट पोष्टसंगको कुराकानीमा सगरमाथा आरोहणका लागि चाहिने आवश्यक प्रशिक्षण र समय भने आफ्ना लागि पर्याप्त नभएको बताए ।
उनले सगरमाथा आरोहणका लागि सामान्यतया आरोहीलाई ४२ दिनको प्याकेज बनाउने गरिएपनि आफूले त्यति समय दिन नसकेको बताए ।
सगरमाथा दिवसका दिन मे २९ (जेठ १५) मा आरोहरण क्लोज गरिने र सो अबधिभित्र सगरमाथा आरोहण गरिसक्नु पर्ने छ, शर्माले भने, यद्यपि शिखर नजिक पुगेकाहरुले त्यसको केहिदिनसम्म पनि आरोहण गर्न पाउँछन् ।
उनले आफू केहीदिनयता मात्र आधार शिविर भएकोले समय र आरोहणका लागि पर्याप्त समय नभएको बताएका छन् ।
म यतिबेला बेसक्याम्पमा छु । अहिलेलाई यत्तिमात्र भनौं सगरमाथा बेसक्याम्प पुग्दैमा सगरमाथा पुगिन्न, उनले भनेका छन्, इच्छाएका कुरा हासिल गर्न सो बमोजिमको योग्यता पनि हुनुपर्छ । अहिले नै मसँग त्यसका लागि पर्याप्त योग्यता छैन ।
उनले सगरमाथा आरोहणका लागि शुभकामना प्रदान गर्नेहरु प्रति आभार व्यक्त गरेका छन् ।