रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथग्रहण गरेका छन् । पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराएका हुन् ।
चितवनमा भएको पहिलो महाधिवेशनले ९९ केन्द्रीय सदस्य चयन गरेको थियो । सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्रीमा विपिन आचार्य निर्वाचिन भएका थिए ।
त्यस्तै, सहमहामन्त्रीमा हरि ढकाल, असिम शाह र निशा डाँगी निर्वाचित भएका थिए । १९ मध्ये वरिष्ठ नेतासहित ११ पदाधिकारी मनोनीत हुनेछन् । ५१ केन्द्रीय समिति मनोनीत हुने विधानको व्यवस्था छ ।
शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टीअंकित चिनो वितरण गरे । रास्वपाको महाधिवेशन असार ७ देखि १२ गतेसम्म चितवनमा चलेको थियो ।
