हल्लाका पछाडि नेपाली मिडिया, तथ्यको जाँच नगरेर भट्टले देश छोडेको हल्ला

द एभरेष्ट पोष्ट
३ जेठ २०८२ ४:१३
हल्लाका पछाडि नेपाली मिडिया, तथ्यको जाँच नगरेर भट्टले देश छोडेको हल्ला

काठमाण्डौं, १ जेठ ।
अमेरिकाको ओहायोमा अध्ययनरत छोरीको दिक्षान्त समारोहमा सहभागी हुन सपरिवार नेपालबाट उडेका डा. गुणाकर भट्टले देश छोडेको हल्ला फैलाएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि कार्यकारी निर्देशक पदबाट राजिनामा दिएका भट्ट गभर्नर नबन्ने भएपछि देश छोडेको भ्रामक समाचार प्रकाशित भएका थिए ।

छोरीको दिक्षान्त समारोहमा सहभागी हुन पूर्व निर्धारित कार्यक्रम अनुसार डा. भट्ट पत्नी गीता भट्ट सहित अमेरिकाको ओहायोका लागि उडेका हुन् । भट्ट यतिबेला अमेरिकाको सिनसिनाटीमा रहेका छन् । छोरीको दिक्षान्त कार्यक्रममा सहभागी भएपछि डा. भट्ट नेपाल फर्किने छन् । भट्टले पूर्व निर्धारित कार्यक्रम अनुसार अमेरिका आएको र एक सातापछि नेपाल फर्किने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच भट्टलाई गभर्नर बनाउने सहमती भएपनि उनको राजिनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेपछि काँगे्रसले विश्व पौडेललाई अघि सारेको थियो । गभर्नर नबन्ने पक्का भएपछि निराश भएर डा. भट्टले सधैका लागि देश छोडेको भ्रामक समाचारहरु प्रकाशित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस