बुधबार ४६.७८ अंकले घट्यो नेप्से
काठमाडौँ- बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से ४६. ७८ अंकले घटेर २७९६. ५७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४ सय ५१ कित्ता सेयर खरिद बिक्री हुँदा १३ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार रिडी पावर कम्पनीको भएको छ ।
त्यस्तै, आजको बजारमा सालपा विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीमा आज पोजेटिभ सर्किट लागेको छ।
यता,कालिका पवर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।
