एमालेमा सुदूरपश्चिमबाट एक पदाधिकारी सहित २७ केन्द्रीय सदस्य निर्वाचित
धनगढी, ३ पुस ।
नेकपा एमालेको ११ औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेशबाट १ पदाधिकारीसहित २७ केन्द्रित सदस्य निर्वाचित भएका छन् ।
उपमहासचिवमा लेखराज भट्ट सर्वाधिक मत ल्याएर बिजयी भए । भट्ट सुदूरपश्चिमबाट एमालेको केन्द्रीय समितिमा निर्बाचित एक मात्र पदाधिकारी हुन् ।
सुदूरपश्चिमबाट निर्वाचित भट्ट सहित अधिकांश केन्द्रीय सदस्य ओली प्यानलका उम्मेदवार हुन् । ईश्वर पोखरेल प्यानलका कर्ण बहादुर थापाले भने केन्द्रीय सदस्य पदमा बाजी मारे ।
केन्द्रीय सदस्यमा गणेश सिंह ठगुन्ना, निरु पाल, लीला भण्डारी, दामोदर भण्डारी, चक्र बहादुर मल्ल, झपट रावल लगायत २६ जना निर्वाचित भए ।
सुदूरपश्चिमका संसद् तथा पुर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्व प्रतिनिधिसभा सदस्य नारदमुनि राना, विघटित प्रतिनिधिसभा सदस्य तारा लामा तामाङ, बहालवाला प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा पाताल लगायतका नेताहरु पराजित भए ।
विजय हुने नेताहरू :
लेखराज भट्ट (उप महासचिव) कैलाली
कर्ण बहादुर थापा (केन्द्रीय सदस्य) बाजुरा
गणेश सिंह ठगुन्ना (केन्द्रीय सदस्य) दार्चुला
निरु देवी पाल (केन्द्रीय सदस्य) कञ्चनपुर
लीला भण्डारी (केन्द्रीय सदस्य) कैलाली
झपट बहादुर रावल (केन्द्रीय सदस्य) कैलाली
पठान सिंह बोहरा(केन्द्रीय सदस्य) डडेल्धुरा
लाल बहादुर थापा(केन्द्रीय सदस्य) बाजुरा
कृपाराम राना (केन्द्रीय सदस्य) कञ्चनपुर
झपट ब.बोहरा (केन्द्रीय सदस्य) अछाम
लिलाधर भट्ट (केन्द्रीय सदस्य) बैतडी
गौरीशङ्कर चौधरी (केन्द्रीय सदस्य) कैलाली
सन्तोष शर्मा थापा (केन्द्रीय सदस्य) कैलाली
कमला ओली (केन्द्रीय सदस्य) कैलाली
अफिलाल ओखेडा (केन्द्रीय सदस्य) बझाङ
यज्ञ बोगटी (केन्द्रीय सदस्य) अछाम
आशा बि.क. (केन्द्रीय सदस्य) बझाङ
कमला बोहरा(केन्द्रीय सदस्य) कञ्चनपुर
दामोदर भण्डारी (केन्द्रीय सदस्य) बैतडी
सहदेव बोगटी(केन्द्रीय सदस्य) बाजुरा
ऐन बहादुर महर(केन्द्रीय सदस्य) बझाङ
चक्र मल्ल(केन्द्रीय सदस्य) डोटी
नरेश रोकाया (केन्द्रीय सदस्य) बाजुरा
भागरती सिंह (केन्द्रीय सदस्य) बझाङ
गोविन्द गिरी(केन्द्रीय सदस्य) बैतडी
ईश्वर प्रसाद खरेल (लेखा आयोग सचिव) कञ्चनपुर
पवित्रा तिमिल्सेना (अनुशासन आयोग सदस्य)कैलाली
