रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतको आदेश
काठमाडौँ,३ पुस। उच्च अदालत, बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार थुनामुक्त गर्न आदेश दिएको छ ।
उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।अदालतको यो आदेशपछि उनी सशर्त थुनामुक्त हुदैछन् ।
सहकारी ठगी प्रकरणमा हाल नख्खु कारागारमा रहेका लामिछाने आवश्यक कागजी प्रक्रिया टुंग्याउन भोलि बिहान फ्लाइटमार्फत भैरहवा जानेछन् ।
कार्यालय समय गुज्रिसकेकोले आज सम्पूर्ण प्रकृया पुरा हुन सकेन् । यद्दपि केही कागजी प्रकृया बाँकी रहेकोले उनी शुक्रवार(भोलि) थुनामुक्त हुनेछन् ।
