नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट निर्वाचित
काठमाण्डौं, ३ पुस ।
नेकपा (एमाले) को ११औ राष्ट्रिय महाधिवेशनबाट लेखराज भट्ट उपमहासचिव पदमा निर्वाचित भएका छन् । सर्बाधिक मत(१४५२) ल्याएर भट्ट निर्वाचित भएका हुन् । उनी सहित योगेश भट्टराई र रघुबीर महासेठ निर्वाचित भए ।
उनी सुदूरपश्चिम प्रदेशबाट एमालेमा पदाधिकारीमा निर्वाचित हुने एक्लो नेता हुन् । सुदूरपश्चिमबाट भट्ट सहित २७ जना नेता निर्वाचित भएका छन् ।
माओवादी पृष्ठभूमिका भट्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता टुटेपछि पनि नेकपा एमालेमै बसेका थिए ।
उनी कैलालीको क्षेत्र नम्बर चारबाट एक पटक प्रतिनिधि सभा र एक पटक संबिधान सभामा निर्वाचित भएका थिए ।
