चुनावका लागि हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
काठमाण्डौ : नेपालका लागि चीनका राजदूत छन सङले चुनाव सफलतापूर्वक सम्पन्न गर्न चीनबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गगरेका छन् । विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकसँगको छलफलमा उहाँले वर्तमान अन्तरिम सरकारसँग निकट सम्पर्क र समन्वयमा काम गरिरहेको बताए ।
वर्तमान सरकारको ‘म्यान्डेट’ नै अबको चुनाव सम्पन्न गराउनु भएकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको राजदूत सङले उल्लेख गर्नुभयो । चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको नेपाललगायत सबै छिमेकीका निम्ति आर्थिक विकासको ढोका खोल्ने जानकारी दिँदै चिनियाँ राजदूतले नेपालको आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए ।
बिआरआई परियोजनामा प्रगति भएको अबको चुनावपछि बन्ने सरकारबाट ती परियोजना द्रुतगतिमा कार्यान्वयन हुन सक्छन् भन्ने विश्वास राखेको उहाँले बताए ।
