त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा त्रिभुवन विश्वविद्यालयका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जलेको छ ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुका अनुसार स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो ।
‘तीन वटा सेन्टरको जलेको छ,’ परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले भने, ‘उत्तरपुस्तका जलेका कारण पुन परीक्षाको सूचना निकाल्दै छौं ।’
उत्तरपुस्तिकाहरू प्रहरी चौकीमा राखिएको थियो । चौकी जलेसँगै उक्त पुस्तिकाहरू पनि जलेको हो ।