विपिन जोशीको जीवनबारे केही जानकारी छैन : राजदूत पण्डित

द एभरेष्ट पोष्ट
२३ असोज २०८२ ११:२५
विपिन जोशीको जीवनबारे केही जानकारी छैन : राजदूत पण्डित

काठमाडौं। इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि नेपालका युवक विपिन जोशीको अवस्था सार्वजनिक हुने आशा पलाएको छ । तर उनको अवस्था कस्तो छ भनेर अहिलेसम्म स्पष्ट जानकारी आइसकेको छैन ।

नेपालका लागि इजरायलका राजदूत धनप्रसाद पण्डित इजरायलका अधिकारीहरुसँग आफू निरन्तर सम्पर्कमा रहेको र विपिनको अवस्था बुझ्ने कोसिस गरिरहेको बताउँछन् । तर अहिलेसम्म ठोस जानकारी केही नपाएको उनले बताए ।

बिहीबार बिहान राजदूत पण्डितले भने, ‘विपिनको बारे धेरैले सोधिरहनु भएको छ तर अहिलेसम्म उनको जीवनको बारेमा केही जानकारी छैन ।’

परराष्ट्र मन्त्रालयका कर्मचारीहरु पनि विपिनको अवस्था पत्ता लगाउने कोसिस भइरहेको तर थाहा हुन नसकेको बताउँछन् । मन्त्रालयका एक कर्मचारी विपिनको ‘जुनसुकै अवस्था’को सूचना आउनसक्ने बताउँछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस