बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल हुन नदिने दाबी गरेका छन् ।

शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।‘सावधान, नेकपा एमाले छ, एमाले यो धर्तीमा छ । युवा संघ छ । कांग्रेस छ, लोकतान्त्रिक दलहरू छन् । हामी लोकतन्त्र मार्न दिँदैनौं । हामी संविधान जलाउन दिँदैनौं,’ बस्नेतले भने, ‘हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं ।’

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को खेल सफल हुन नदिने समेत जिकिर गरे । ‘हामी नेपालको राष्ट्रियता अपहरण गरेर संयुक्त राष्ट्रसंघका सेनादेखि विदेशीको रणभूमि बन्न दिँदैनौं । हामी जेनजी पुस्तालाई अन्तर्राष्ट्रिय एजेन्ट बनेर उनीहरूको फन्टमा सञ्चालित समूहबाट युवाबाट युवालाई अपराधिक र आतंकवादी बनाउने बालेनहरूको खेललाई सफल हुन दिँदैनौं,’ बस्नेतले भने ।

साथै, उनले प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिइसकेपछि सिंहदरबार, संसद्, सर्वोच्च अदालत लगायतका भवनहरूमा आगजनी भएको भन्दै देशलाई एम्बुसमा पार्न खोजिएको आरोप लगाए ।

‘उहाँले जेनजी आन्दोलनको भावना बुझेर २४ गते राजीनामा दिनुभयो । २१ जनाको हत्या भयो । एम्बुलेन्सबाट गोली चलाइएको छ । स्कुल ड्रेस लगाएकाले गोली हानेका छन् । नेपाल प्रहरीसँग मिल्छाजुल्दा हतियार बरामद भएको छ,’ बस्नेतले भने, ‘१४ हजार बढी कैदी भगाइएको छ । हजारौं प्रहरीका हतियार लुटिएका छन् । केपी ओलीले राजीनामा दिनु अघिसम्म सिंहदरबार जलेको थिएन, सर्वोच्च जलेको थिएन, संसद् जलेको थिएन । जब उहाँले राजीनामा दिनुभयो त्यसपछि जलाइयो । नेपाललाई एम्बुसमा पार्न खोजियो ।’

गृहले भन्यो: निर्वाचनको प्रारम्भिक कार्य सुरु भो, भेला अरुलाई असर नगर्ने गरी गर्नू

काठमाडौं । सरकारले बैठक तथा सभा सम्मेलन अरुलाई असर नगर्नेगरी सञ्चालन गर्न सुझाएको छ ।   गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनपछि निर्वाचनको प्रारम्भिक कार्य सुरु भएको जनाउँदै समाजमा शान्ति स्थापनार्थ भूमिका खेल्न आग्रह गरिएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भएको छ । निर्वाचनको प्रारम्भिक कार्य सुरु भएको छ । यो अवस्थामा सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रम गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने गरी गर्न सबैमा अनुरोध छ ।’

मेरो हातमा केही पनि नरहेको थाहा पाएपछि राजीनामा दिएँ: ओली

काठमाडौँ : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना हातमा केही पनि नरहेको थाहा पाएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

शनिबार भक्तपुरस्थित गुण्डुमा युवा संघले आयोजना गरेको दशैं विषेश शुभकामना कार्यक्रममा उनले२३ र २४ भदौको घटानाबारे जानकारी गराउँदै यस्तो बताएका हुन्। ‘जब मेरो हातमा केही पनि रहेन भन्ने थाहा पाएपछि मैले राजीनामा गरेको हुँ। त्यसपछि तोडफोड, आगजनी अनेक घटनाहरू घटे’, ओलीले भने।

उनले २३ गते गोली कसरी चल्यो भन्नेमा आफू आश्चार्यमा रहेको बताएका छन्। ‘गोली कसरी चल्यो? गोली चल्ने तहमा कसरी पुग्यो मैले सोधेको छु’, उनले भने ‘पछि मैले सुने १४ जनाको निधन भइसक्यो।’

उनले गोली प्रहरीले खुट्टा मुनी हान्नुपर्ने भए पनि टाउको र छातीमा ताकिताकि हानिएको भन्दै त्यसबाट पनि आफू आश्चार्यमा रहेको बताए। ‘मैले सुनेको छु टोउकोमा गोली लागेको छ। म सोच्दैछु यस्तो किन भइरहेको छ। कसरी रोक्न सकिन्छ यस कुरालाई मैले भन्दैछु’ उनले अगाडि भने ‘देशमा रक्तपात नहोस् भनेर म सोच्दैछु। जसले त्यो उप्रदो मच्चाउँछ त्यसले केपी ओली दोषी भन्ने। त्यस घटनाप्रति म स्तब्ध भएको हुँ।’

भोलीपल्ट २४ भदौका दिनपनि अघिल्लो दिनजस्तो घटना नहोस भन्नेमा सचेत रहेको भए पनि त्यसो हुन नसकेको ओलीको दु:खेसो छ।  भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएपछि साढे ११ बजेतिर राजीनामा दिएको उनले बताए।

यस्तै ओलीले सरकारको विभिन्न हल्ला सुनेको र पासपोर्ट रोक्ने कुरा पनि सुनेको भन्दै आफूलाई के ठानेको भन्दै प्रश्न गरे।

‘म सुनिरहेको छु सरकार विभिन्न प्रकारको हल्ला गरिरहेको छ। पासपोर्ट रोक्ने। के ठानेको छ?’, सरकारलाई प्रश्न गरे ‘यो हाँहुको सरकारलाई देश जिम्मा लागाइदिएर हामी विदेश भाग्छौँ? के सोच्या छ? हामीले यो देश बनाउनुपर्ने छ। फेरि पनि हामीले यो देशलाई संवैधानिक लोकतान्त्रिक मुलधारमा ल्याउँछौँ।’

 

विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी

काठमाडौं । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन् ।

संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत १० वटा विषगत समिति रहेका छन् । संयुक्त दुई वटा समितिको सभापतिमा समेत प्रतिनिधि सभा सदस्य नै थिए । उनीहरू सबैले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले समेत गाडी फिर्ता गरेका छन् । कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जलेको छ ।

गच भदौ २४ गते सिंहदरवारमा आगलागी हुँदा कांग्रेस र एमालेको संसदीय दलको कार्यालय समेत जलेको थियो । त्यसबेला कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी सचिवालय परिसरमै थियो ।

सरकारले मितव्ययिता अपनाउने भनेर पूर्व राजनीतिक पदाधिकारीहरूको समेत गाडी फिर्ता गराउने भनेको छ । त्यसअनुसार संसद सचिवालयले समेत पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष लगायतको गाडी फिर्ताका लागि पहल लिँदैछ ।

नाकामा कुकुरबाट जाँच

कञ्चनपुर : दसैंका लागि भारतबाट घर फर्किनेको चाप बढेसँगै नाकामा जाँचका लागि कुकुर परिचालन गरिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट ल्याइएका कुकुरबाट जाँच गरिएको हो ।

‘नाकामा भीडभाड बढेको छ, त्यही भएर कुकुर परिचालन गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले भने, ‘आवश्यकताअनुसार फेरि पनि कुकुर परिचालन गरिने छ ।’

केनाइन शाखाबाट प्रदेशका सबै नाकाहरुमा जाँच हुने भएकाले एकै नाकामा नियमित रुपमा कुकुर राख्न नसकिने उनले बताए ।

विगतका वर्षमा पनि दसैं र तिहारका बेला जाँचका लागि कुकुर परिचालन गरिएको थियो । प्रहरीले नाकामा नागरिक सहायता कक्ष पनि सञ्चालन गरेको छ । भारतबाट भर फर्किने यात्रुको विवरणसँगै समस्यामा परेकाहरुलाई सहयोग गर्न नागरिक सहायता कक्ष सञ्चालन गरेको हो ।

चार लाख ६० हजारले छाडे उपत्यका

काठमाडौं ११ असोज। दसैँ नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने बढेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १ असोजदेखि १० असोज साँझसम्म चार लाख ६० हजार पाँच सयले सडकमार्ग भएर उपत्यका छाडेका छन् । ६ असोजदेखि उपत्यका छाड्ने यात्रुको संख्या बढ्न थालेको हो ।

बिहीबार ५६ हजार ९०६ यात्रुले उपत्यका छाडेकामा शुक्रबार झन्डै ६० हजार यात्रु बाहिरिएका छन् । अहिले काठमाडौं उपत्यकासँग जोडिएका सबै सडकमा सवारीसाधनको चाप बढेको छ । शनिबारबाट संख्या अझ बढ्ने आकलन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनका अनुसार सडक अस्तव्यस्त हुँदा केही दिन यात्रुहरूले निकै सास्ती खेप्नुपरे पनि बिहीबार साँझदेखि भने राजमार्ग सहज भएका कारण बाहिरिनेको संख्या थप बढ्दो छ ।

हाल उपत्यकाका चारैतिरका नाकाका झोला बोकेर घर फर्कन बस कुर्ने यात्रुको भिडभाड देखिन्छ । अन्य समयमा विभिन्न कामकाजले उपत्यका आउनेहरूको संख्या बढे पनि चाडबाडको वेला भने उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढ्ने गर्छ । उपत्यकाको कलंकी, बल्खु, जडीबुटी, जगाती, चाबहिल, नयाँ बसपार्क, बालाजु, माछापोखरीलगायत स्थानमा घर फर्कने यात्रुहरूको बाक्लो उपस्थिति हुने गरेको छ । दसैँको वेला १५ लाखभन्दा बढी मानिसले उपत्यका छाड्ने गर्छन् । ट्राफिक प्रहरीले बसपार्कसहितका क्षेत्रमा सहायता कक्ष पनि राखेको छ ।

नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै

काठमाडौं ११ असोज। नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२०आई सिरिजअन्तर्गत पहिलो खेल आज हुँदैछ ।

यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।

नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फर्म्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलोपटक हो ।

खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताए ।

‘आफ्नो बेस्ट क्रिकेट खेल्यो भने जित्न सकिन्छ, टिममा सबैजना सकारात्मक हुनुहुन्छ र मनोबल पनि उच्च छ, हामी शृंखला जित्न सक्छौं भन्ने छ’ उनले भनेका छन् ।

त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए ।

होसेनले टिममा युवा खेलाडीहरू धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए । ‘पेपरमा को कस्तो छ भन्ने कुराले त्यति फरक पार्दैन, जसले राम्रो खेल जित्छ उसले जित्छ’ उनले भने ।

वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा रहेको हुँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर पनि छ । वेस्ट इन्डिजले सन् २०२५ मा खेलेका १२ खेलमध्ये २ खेल मात्र जितेको छ ।

यता नेपालको प्रदर्शन भने मिश्रित छ । नेपालले २०२५ मा कूल ८ खेल खेलेको छ जहाँ नेपालले ४ खेल जित्दा ३ खेलमा पराजित (एक सुपर ओभरसहित) भएको छ भने एक खेल नतिजाविहीन छ ।

नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार र तेस्रो खेल बिहीबार हुनेछ ।

धनगढीमा बेपत्ता बालिका मृत फेला

धनगढी ११ असोज। धनगढीमा बेपत्ता भएकी बालिका मृत भेटिएकी छन् ।

बिहीबार साँझ बेपत्ता भएकी धनगढी उपमहानगरपालिका-३ चटकपुर बस्ने ११ वर्षीया सुमित्रा राना शुक्रबार साँझ मोहना नदीमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले रानाको शव नदीमा डुबेको अवस्थामा फेला परेको बताए ।

निर्वस्त्र अवस्थामा भेटिएको शव भन्दा करिब दुई सय मिटरको दूरीमा उनका कपडा भेटिएका छन् ।

उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

परिवारले घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।

Breaking Boundaries: Dr. Dharam Raj Upadhyay’s Global Impact in AI, Data Science, and Healthcare IT

The Everest Post Correspondent

Dr. Dharam Raj Upadhyay is an accomplished technology executive, researcher, and healthcare IT strategist, with more than a decade of experience in data science, analytics, digital health systems, and enterprise-level project leadership. Currently serving as IT Specialist, Data management and analytics  at the U.S. Food & Drug Administration (FDA) in Silver Spring, Maryland, he leads critical programs that strengthen healthcare data modernization, electronic medical record (EMR) systems, and data security infrastructure across one of the world’s most important healthcare regulatory agencies.

His career journey reflects a remarkable transformation—from a remote village in Nepal with limited access to education, to holding senior leadership positions in some of the largest healthcare organizations in the United States. He stands today as a role model for aspiring professionals in both developing and developed countries, demonstrating how perseverance, education, and innovation can break barriers of geography and circumstance.

Early Life & Education

Dr. Upadhyay was born in Bajhang, Nepal, a mountainous district where schools were scarce, resources limited, and opportunities often reserved only for those with privilege. In his childhood, he and his peers often walked several hours each day to reach their classrooms, carrying with them not just books but also the determination to rise above limitations. His parents instilled in him the values of discipline, integrity, and persistence, which became guiding principles throughout his life.

He completed his early schooling in Bajhang before moving to Kailali for higher studies. He graduated from Kailali Multiple Campus and Siddhanath Science Campus with a master’s in science (Unfinished).  To support his studies, he worked as a mathematics teacher, a role that helped him refine his communication skills and reinforced his passion for knowledge-sharing and leadership.

In 2013, driven by his ambition to explore opportunities beyond borders, he moved to the United States through the Diversity Visa (DV) Program. Like many first-generation immigrants, he began with modest jobs, working in retail and part-time employment to support himself. At the same time, he pursued further education with unshakable determination.

His academic achievements in the U.S. are both broad and impressive:

  • PhD in Data Science & Advanced Analytics in Modern Healthcare Systems, University of the Cumberlands, Kentucky (2024) – where his research focused on how AI and predictive analytics can transform patient care and clinical decision-making.
  • Master’s in business administration, Ashford University, Arizona (2022) – emphasizing organizational leadership and strategic management.
  • Ms/MsIT in Computer Science & Information Technology, University of Phoenix – building his technical expertise in modern computing.
  • Master’s in project management, American Academy of Project Management, Denver – strengthening his ability to lead large-scale initiatives.

Training and Certifications

      Top Universities

  • Information and Communication Technology (ICT) Accessibility:  Georgia Institute of Technology (GIT).
  • Data Science R Basics:  Harvard University
  • Organizational leadership- Harvard University
  • Technical Fundamentals of Generative AI- Stanford University

      Government Organization.

  • Clinical review and Approval: Health & Human Services/Food and Drug Administration
  • Biological product review: Food & Drug Administration/ Central of Biologics evaluation & Research

Other Organizations(100+ certifications)

  • AWS Data Insight Modules
  • Azure Databricks (ADB) and Azure Data Factory
  • FDA/CBER Application reviewer and approval
  • FDA/CBER Application Lifecycle
  • CBER Hive Scientific Series: An analysis of Single
  • DP 203 Azure Data Engineering
  • DP 900 Azure Data Fundamentals
  • EPIC Cogito and Clinical Data Models
  • Google Cloud Data Insight- Google Cloud Services (12 modules)
  • Informatica MDM administration- Informatica co-operation
  • Informatica MDM Hierarchy Manager- Informatica co-operation
  • Informatica MDM multi-Domain edition 10.1 – Informatica Co-operation
  • Information management system (IMS) – University of Phoenix
  • Information Technology Infrastructure Library (ITIL) – BEYOND20
  • Master Project Manager (MPM)- American Academy of Project Management

Professional Career

Dr. Upadhyay’s career trajectory in the U.S. is an inspiring story of determination and upward mobility. Beginning from entry-level positions, he steadily climbed the professional ladder, taking on increasingly complex and high-impact roles across major healthcare organizations:

  • City of Hope Cancer Center, California
    At one of the nation’s leading cancer treatment and research institutions, Dr. Upadhyay advanced to become Director of Data Management & Analytics. He was instrumental in building robust data pipelines, streamlining clinical data processes, and supporting research initiatives that depend heavily on reliable and secure information systems. His work contributed to accelerating cancer research outcomes and improving patient care delivery.
  • Hackensack Meridian Health, New Jersey
    At New Jersey’s largest healthcare network, comprising 23 hospitals, Dr. Upadhyay served as Director of Data Management & Analytics. He led enterprise-wide projects valued at over $25 million, developed integrated data strategies, and implemented advanced reporting systems that allowed leadership to make evidence-based decisions. His contributions strengthened patient record systems, reduced inefficiencies, and improved collaboration across multiple facilities.
  • UnitedHealth Group, Minnesota
    In his role as Director of Data Management & Analytics at UnitedHealth Group, a Fortune 5 company, Dr. Upadhyay was responsible for managing projects worth $30 million. He introduced innovative data management processes that saved the organization over $10 million annually, proving his ability to combine strategic vision with operational efficiency. He managed and mentored a team of more than 100 professionals, fostering a culture of innovation, accountability, and excellence.
  • Food & Drug Administration (FDA), Maryland
    Today, Dr. Upadhyay serves as IT Specialist, data architecture and analytics at the FDA, where his role has direct national impact. He leads efforts in modernizing review, approval systems, improving data security frameworks, and driving analytics that support regulatory oversight and public health decision-making. His work ensures that the FDA remains at the forefront of data-driven healthcare policy and innovation, safeguarding millions of lives through reliable systems and cutting-edge technology.

Areas of Expertise

Dr. Upadhyay’s expertise lies at the intersection of healthcare, technology, Artificial/Machine learning (AI/ML) and leadership, where he has successfully led transformative projects in some of the largest healthcare systems in the United States. His knowledge and skills span:

  • Healthcare IT & Data Science – Designing and executing digital transformation strategies that optimize healthcare delivery and patient outcomes.
  • Electronic Medical Records (EMR) Systems – Implementation, integration, and optimization of Epic, Cerner, Allscripts, and Meditech platforms for hospitals and health networks.
  • Artificial Intelligence (AI) & Machine Learning (ML) in Healthcare – Applying AI/ML to develop predictive models for disease progression, patient risk stratification, hospital readmission forecasting, and clinical decision support systems. Leveraging natural language processing (NLP) for unstructured medical data, and deploying machine learning algorithms to accelerate diagnostics, drug discovery, and personalized treatment pathways.
  • Advanced Analytics & Predictive Modeling – Building robust data frameworks and advanced statistical models that enable evidence-based decision-making at both clinical and organizational levels.
  • Data Governance, Compliance & Security – Implementing HIPAA-compliant data strategies, ensuring privacy protection, and establishing secure data infrastructures for healthcare institutions.
  • Enterprise Project Leadership – Directing multi-million-dollar, large-scale technology projects while leading cross-functional teams of 100+ professionals.
  • Change Management & Organizational Transformation – Driving adoption of new technologies, aligning teams, and ensuring smooth transitions with minimal disruption to healthcare delivery. 

Leadership & Recognition

Beyond his executive roles, Dr. Upadhyay is a recognized thought leader and mentor. He actively participates in international professional organizations and holds membership on several prestigious boards, including:

  • Advisory Board of Healthcare Society – contributing to shaping global healthcare policy discussions.
  • The National Society of Leadership and Success – mentoring future leaders across industries.
  • Golden Key International Honor Society – recognizing his academic excellence and leadership contributions.
  • Alpha Beta Gamma Honor Society – Recognized for outstanding academic achievement and leadership in business and professional studies.
  • Beta Gamma Sigma Honor Society – International honor society acknowledging excellence in business education and leadership among top scholars worldwide.

He is frequently invited to speak at conferences, summits, and academic institutions, where he shares insights on AI in healthcare, EMR modernization, and data-driven decision-making. His professional philosophy emphasizes resilience: “Success is not defined by where one starts but by the courage to persist, the discipline to work hard, and the vision to create meaningful change.”

Personal Vision

Dr. Upadhyay’s personal journey—from walking miles daily to attend school in rural Nepal to becoming a senior leader in U.S. federal healthcare—represents the transformative power of persistence, education, and adaptability.

Looking forward, he envisions applying his global expertise to advance healthcare data systems in Nepal and other developing nations. His goal is to help build modern, secure, and AI-driven healthcare platforms that bridge the gap between developing and developed countries. He strongly believes that technology should not only solve problems for advanced economies but should also be adapted to serve communities with limited infrastructure.

Above all, Dr. Upadhyay sees his success as a collective responsibility: to inspire the next generation, to mentor young professionals, and to demonstrate that with the right mindset and work ethic, boundaries of geography, economics, and circumstance can be transcended.

Blogs/Publications/interviews:

होण्डाले ल्यायो चाडपर्व लक्षित “आकर्षक मेघा अफर”

धनगढी १० असोज । हिन्दुहरुको महान चाड बिजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा सुदूरपश्चिममा सबै भन्दा बढी बिक्री हुने होण्डाले चाडपर्व लक्षित मेघा अफर ल्याएको छ ।


होण्डाले ग्राहकहरुलाई यो दशैँ घरघरमा लाखौँको उपहार भन्दै मेघा अफर ल्याएको हो । साथै होण्डा बाईक खरीद गर्दा  स्क्रयाच कुपनमा १ लाख सम्मको उपहार र   हरेक हप्ता थप १ जनालाई १ लाख रुपैया, थाईल्याण्ड भ्रमण अथवा ५५ ईन्चको एलइडी टि.भी लगायतको विशेष आकर्षक अफर सार्वजनिक गरेको छ ।

ग्राहकलाई दीर्घकालीन सुविधा दिने उद्देश्यले बाईक खरीद गर्दा ‘लाइफटाइम फ्री सर्भिस’ विशेष प्याकेज समेत ल्याइएको होण्डा बाईकको आधिकारीक विक्रेता किशान अटोमोबाईल्स अत्तरियाका निर्देशक मशकुर अहमदले जानकारी दिए। कम्पनीले सजिलो वित्तीय योजना, १ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण किस्ता सुविधा र पुरानो सवारी सजिलै साटन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ ‘एनआरएनए’ का अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

मन्त्रालयमा आज भएको भेटमा एनआरएनका तर्फबाट अध्यक्ष डा केसीले संविधान संशोधनमार्फत गैरआवासीय नेपालीलाई पूर्ण अधिकारसहितको नागरिकता, मताधिकारको सुनिश्चितता, लगानी सुरक्षाको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटनलगायत क्षेत्रमा सीप र ज्ञान हस्तान्तरणका लागि नीतिगत व्यवस्था गर्न आग्रह गरे ।

त्यसैगरी वैदेशिक रोजगारमा जाने श्रमिकहरूको सामाजिक सुरक्षा र उनीहरूको सीप तथा पुँजीलाई स्वदेशमै उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न सहजीकरण गर्नुपर्ने एनआरएनएको माग थियो । एनआरएनएले जेनजी प्रदर्शनपश्चात गठित अन्तरिम सरकार सफल हुनेमा गैरआवासीय नेपालीहरू विश्वस्त रहेको उल्लेख गर्दै, मुलुकको समृद्धिका लागि सहकार्य गर्न आफूहरु सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेको छ ।

भेटमा एनआरएनएका सल्लाहकार टिबी कार्की, पूर्व आइसिसी सदस्य सन्तोष भट्टराई, राष्ट्रिय समन्वय परिषद् इजरायलका पूर्व अध्यक्ष दीपक ओली, कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलगायतको उपस्थिति थियो ।

पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र

काठमाडौं । सेवानिवृत्ति राजनीतिक तथा प्रशासनिक पदाधिकारीले कानून विपरीत लिइरहेको सुविधा खोस्न अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको छ ।

प्रचलित कानून बमोजिम बाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थले गृहलाई भनेको हो । ५ असोजमा मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्न विभिन्न निर्णय गरेको थियो ।

सोही निर्णय कार्यान्वयन गर्ने क्रममा अर्थले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । यसअघि अर्थले चालु खर्चमा व्यापक कटौती गर्ने निर्णय गरिसकेको छ ।

साथै, पूँजीगततर्फ खुद्रे आयोजना रोक्का गर्ने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ । सो निर्णयबाट बच्ने रकम निर्वाचन, पुनर्निर्माण र राहतमा उपयोग गरिने छ । अर्थको खर्च कटौतीबाट १ खर्ब २० अर्ब रुपैयाँ हाराहारी रकम बच्ने अनुमान गरिएको छ ।

मिराज ढुंगानाले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं । जेन–जी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो पुस्ताको मागबारे ध्यानाकर्षण गराएका छन् । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर ढुंगानाले प्रधानमन्त्री कार्कीलाई भेटेका हुन् ।

गत भदौ २३ गते जेन–जी पुस्तालाई भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरु प्रदर्शनको आह्वान गरेका उनी त्यसयता निकै समय भूमिगतजस्तै भए ।

भदौ २३ र २४ गतेका दुवै आन्दोलनमा सहभागी नभएको हालै सार्वजनिक अभिव्यक्ति दिएका उनको आन्दोलनपछि जेन–जीको प्रतिनिधिको रुपमा सुदन गुरुङको सक्रियता देखिएपछि ढुंगानाको खोजी भइरहेको थियो ।

प्रदर्शनमा आए विरोध गर्ने, कालो झण्डा देखाउने बताएपछि आफू प्रदर्शनमा सहभागी नभएको उनले प्रष्टीकरण दिएका छन् ।

आन्दोलन र त्यसको केही दिनसम्म निस्क्रिय देखिएका ढुंगाना पुनः सक्रिय हुन थालेका छन् । सोही क्रममा उनले प्रधानमन्त्री कार्कीलाई भेटेर जेन–जी पुस्ताको मागबारे ध्यानाकर्षण गराएका हुन् ।

पूर्व राजनीतिक नेता तथा कर्मचारीको सुविधा कटौती : सवारी र सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन

काठमाडौँ । नेपाल सरकारले अनुत्पादक खर्च कटौती गर्दै मितव्ययिता कायम गर्ने उद्देश्यले सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई दिएको सुविधा कटौती गरेको छ ।

मन्त्रिपरिषद् बैठकले असोज ५ गते गरेको निर्णयअनुसार सेवा निवृत्त भइसकेका पूर्व राजनीतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई सवारी र सुरक्षाकर्मी फिर्ता गराउन अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई कार्यान्वयनका लागि पत्राचार गरेको छ । सरकारको निर्णय अनुसार अबदेखि पूर्व पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गरिने भएको छ ।

कानुन बमोजिम बाहेक उपलब्ध गराइएका सवारी साधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मीहरू तत्काल फिर्ता गर्नुपर्नेछ । त्यस्तै गैर कानुनी रूपमा उपलब्ध गराइएका अन्य सेवा सुविधाहरू पनि स्थगन गरिनेछ । सरकारले यो निर्णय अनुत्पादक खर्च कटौती गरी राज्यको ढुकुटीमा मितव्ययिता कायम गर्नका लागि लिएको जनाएको छ ।

अर्थ मन्त्रालयले शुक्रबार गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै मन्त्रिपरिषद्को उक्त निर्णयलाई शीघ्र कार्यान्वयन गर्न/गराउन निर्देशन दिएको छ ।

यो कदमले राज्यको स्रोत साधनको दुरुपयोग रोक्न र सरकारी खर्चलाई थप पारदर्शी तथा जिम्मेवार बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

गृह र रक्षा मन्त्रालयले अब आफ्नो क्षेत्राधिकारभित्रका पूर्व पदाधिकारीहरूलाई दिइएका अतिरिक्त सुविधा फिर्ता लिने प्रक्रिया अघि बढाउनेछन् ।

p

खर्च कटौती

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला १९ निर्णयहरु

काठमाडौं : सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा सारेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको हो ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिकीकरण गर्दै सरकारका प्रवक्ता समेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले नेपाल सरकार ९कार्य विभाजन० (तेस्रो संशोध) नियमावली, २०८२ स्वीकृत गरेको जानकारी दिएका हुन् ।

यस्ता छन् मन्त्रिपरिषद्का १९ वटा निर्णयहरु

१) नेपाल सरकार ९कार्य विभाजन० ९तेस्रो संशोधन० नियमावली, २०८२ स्वीकृत गर्ने । जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको ।

२) विश्वव्यापी आवधिक पुनरावलोकन ९चौथो चक्र० को राष्ट्रिय प्रतिवेदन स्वीकृत गर्ने र उक्त प्रतिवेदन परराष्ट्र मन्त्रालयमार्फत संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्मा पेश गर्ने ।

३) संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गर्ने ।

४) सुदूरपश्चिम नेपालमा वन तथा पर्वतीय परिस्थितिक प्रणाली पुनःस्थापना परियोजनाको कार्यान्वयनको लागि विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत् प्राप्त हुने २२ लाख ४२ हजार ४ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

५) मध्य नेपालमा धानमा आधारित खेती तथा खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण परियोजनाको लागि विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमार्फत् प्राप्त हुने ८७ लाख ८ सय ७० अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने।

६) स्थानीय जलवायु अनुकुलनशील जीवनयापन सुविधा कार्यक्रम कार्यान्वयनको लागि संयुक्त राष्ट्र संघीय पूँजी विकास कोषबाट प्राप्त हुने ४१ लाख ९० हजार अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने ।

७) राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थानलगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्नेसम्बन्धी पूर्वसचिव श्री रामुप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने ।

८) अर्को व्यवस्था नभएसम्मको लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्री जनकराज शर्मालाई जिम्मेवारी तोक्ने ।

९) २०८२ भदौ २३ र २४ को प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका परिवारलाई ९ भाग्नेक्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दी वाहेक० प्रति परिवार १० लाखका दरले आर्थिक सहायता र काजकिरिया खर्च, खाना खर्च र यातायात खर्च वापत ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने ।

१०) छ महानगरपालिका र एघार उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्थासम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।

११) नेपाली सेनातर्फ दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, नौ जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने, तीन जना सहायक रथीको सरुवा गर्ने ।

१२) सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

१३) सञ्चार तथा सूचना प्रविधि अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनको लागि सूचना तथा प्रसारण विभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोक्ने ।
१४) सञ्चार तथा सूचना प्रविधि सुरक्षण मुद्रण सम्बन्धी नियमावली, २०८२ स्वीकृत गर्ने ।

१५ ) सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।

१६ ) नेपाल इन्जिनियरिङ सेवा समूहीकरण ९क्लष्टर० तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव९प्रा।० श्री चिरञ्जिवी चटौतलाई बढुवा गर्ने ।

१७ ) नेपाल प्रशासन सेवा समूहीकरण ९क्लष्टर० तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव श्री कृष्णप्रसाद काप्रीलाई बढुवा गर्ने ।

१८ ) नेपाल सरकार, मन्त्रिपरिषद्का राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, विधेयक समिति र सामाजिक समिति गठन गर्ने ।

१९ ) नेपाल विविध सेवा, राजपत्राङ्कित प्रथम श्रेणी ९ सूचना प्रविधि० सहसचिवहरू डा। राम गोविन्द अर्याल र श्री रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्ने ।

 

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठ्माण्डौ- सरकारले नेपाल सरकार कार्य विभाजन तेस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

असोज ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्य क्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको बताए।

सरकारले विश्वव्यापी आवधिक पुनरावलोकन चौथो चक्रको राष्ट्रिय प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ।

उक्त प्रतिवेदन परराष्ट्र मन्त्रालय मार्फत् संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा पेस गर्ने निर्णय गरेको छ।

संयुक्त राज्य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिवको भ्रमण स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।

सुदूरपश्चिम नेपालमा वन तथा पर्वतीय पारिस्थितिक प्रणाली पुनर्स्थापना परियोजनाको कार्यान्वयको लागि विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने २२ लाख ४२ हजार ४ सय ८३ अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ।

मध्य नेपालमा धानमा आधारित खेती तथा खाद्य प्रणालीको जलवायु उत्थानशील रूपान्तरण परियोजनाको लागि विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनमार्फत प्राप्त हुने ८७ लाख ८ सय ७० अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।

सरकारले स्थानीय जलवायु अनुकूलनशील जीवनयापन सुविधा कार्यक्रम कार्यान्वयका लागि संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोषबाट प्राप्त हुने ४१ लाख ९० हजार अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

राज्य कोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमीक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी पूर्वसचिव रामुप्रसाद गौडेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्यावधि ४५ दिन थप गर्ने निर्णय गरेको छ।

प्रवक्ता खरेलका अनुसार सरकारले अर्को व्यवस्था नभएसम्मको लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्मालाई जिम्मेवारी तोकेको छ।

६ महानगरपालिका र ११ उपमहानगरपालिका क्षेत्रमा एक पटकमा तीन करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्था सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ।

नेपाली सेनातर्फ दुई जना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, ९ जना महासेनानीको सहायक रथीमा बढुवा गर्ने, तीन जना सहायक रथीको सरुवा गर्ने निर्णय गरेको छ। त्यस्तै, सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ।

सरकारले नेपाल इन्जिनियरिङ सेवा समूहीकरण क्लष्टरतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव चिरञ्जीवी चटुथलाई बढुवा गरेको छ।

नेपाल प्रशासन सेवा समूहीकरण क्लष्टरतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा सहसचिव कृष्णप्रसाद काप्रीलाई बढुवा गरेको छ।

नेपाल सरकार मन्त्रिपरिषद्का राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, विदेश समिति, सामाजिक समिति गठन गरेको छ।

नेपाल विविध सेवा राजपत्राङ्कित प्रथम श्रेणी सूचना प्रविधि सहसचिवहरू डा. रामगाविन्द अर्याल, रमेश शर्मा पौडेलको राजीनामा स्वीकृत गरेको छ।

‘हवाई टिकटकाे भाडा नबढाउनु’ : नागरिक उड्डयन प्राधिकरण

काठमाण्डाै – सरकारले दशैँ, तिहारलगायतका चाडपर्वमा हवाई टिकटको भाडा नबढाउन सबै सेवा प्रदायक संस्थालाई आग्रह गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सबै सेवा प्रदायक निकायलाई चाडपर्वको बेला पारेर हवाई भाडादर बढाउने काम नगर्न सचेत गराइएको बताएका छन । अहिलेको विषम अवस्था, सडकको जोखिमलगायतको मौका छोपेर हवाई टिकटको भाडा महँगो भएको गुनासो आएको भन्दै सरकारले तोकेको अधिकतम मूल्यभन्दा कम मूल्यमा हवाई टिकट बिक्री गरी यात्रुलाई राहत दिन सबै पक्षलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

हवाई टिकटको न्यूनतमदेखि अधिकतमसम्मको मूल्य कानूनमा नै व्यवस्था गरिएको छ । त्यसमा अधिकतम मूल्यभन्दा कम मूल्यमा टिकट बिक्री गर्न सेवा प्रदायक संस्थालाई भनिएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी प्राधिकरणले चाडपर्वमा हवाई यात्रुको सुविधालाई ध्यानमा राखेर अतिरिक्त उडानको व्यवस्था पनि गरेको छ । नेपालमा दैनिक १० हजार यात्रुले आन्तरिक उडान गर्ने गरेको तथ्याङ्क छ ।

प्राधिकरणका सूचना अधिकारी भुलले दशैँ, तिहारजस्ता पर्वमा त्यो सङ्ख्या बढेर दैनिक १८ हजारसम्म यात्रु हुने गरेकाले अतिरिक्त उडानको पनि व्यवस्था गरिएको बताए ।

रामेछापमा भूकम्पको धक्का महसुस

काठमाडौ‌ । रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, दिउँसो दुई बजेर १४ मिनेटमा रामेछापको भटौली आसपासमा केन्द्रविन्दु भई ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यसअघि यही असोज १ गतेका दिन पूर्वीरुकुम र बाग्लुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

काठमाडौँ  : जेन-जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्दै जाँदा संलग्न देखिएमा त्यस्ता व्यक्तिको पासपोर्ट रोक्का र विदेश भ्रमणमा रोक लगाउने उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनामा संलग्न भएको आशंका भएका र केही प्राथमिक रुपमा प्राप्त प्रमाणका आधारमा यस्तो निर्णय हुने बताए । ‘३ महिनाको म्यान्डेट प्राप्त भएको आयोगले मुद्दा चलाउँदै दोषीलाई कारबाही सिफारिस गर्नेछ,’ उनले भने ।

यसअघिका छानबिन आयोग मल्लिक आयोग र रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै उनले अहिलेको प्रतिवेदन गोप्य पनि नरहने र दोषीलाई कारबाही पनि हुने दाबी गरे । ‘यो आयोग गठन हुँदा नै मैले सरकारसँग दुईवटा कुरा प्रस्ट सँग राखेको छु,’ कार्कीले भने, ‘एक, यो आयोगको प्रतिवेदन कार्यान्वयन हुनुपर्ने र दोस्रो आयोगको प्रतिवेदन गोप्य राख्न नपाइने ।’ आयोगको प्रतिवेदन गोप्य राख्ने काम भयो भने आफैले सार्वजनिक गर्ने कार्कीले स्पष्ट पारे ।

उनले सरकारमा रहेका र सत्ता गठनबन्धनमा रहेका सबै नेतामाथि अनुसन्धान हुने दाबी गरे । सुरुमा फिल्डमा खटिएका प्रहरी, त्यसपछि आदेश दिने अनि सरकारमा रहेकाहरुलाई क्रमश: बयानमा बोलाउने उनको भनाइ छ । यसरी आयोगले छानबिन गर्दा कुनै पनि पूर्वाग्रह वा हस्तक्षेप नगर्ने उनले दाबी गरे ।

‘कसैप्रति नियोजित रुपमा अनुसन्धान हुनेछैन । कसैलाई अनुसन्धानबाट बाहिर पनि राखिँदैन,’ कार्कीले भने, ‘यो आयोगले पाएको अधिकार क्षेत्रभित्र रहेर ठूला वा साना सबैमाथि अनुसन्धान हुन्छ ।’

आयोगसँग दक्ष जनशक्ति नभएका कारण अनुसन्धानमा समस्या हुने देखिएको भन्दै कार्कीले सरकारसँग त्यसका लागि जनशक्ति माग गरिएको जानकारी दिए ।

जल तथा मौसम विभागमा कार्यालय खडा गरेको आयोगले काम सुरु गरिसकेको भन्दै कार्कीले दसैं बिदा सकिएपछि रफ्तारमा काम हुने दाबी गरे । आफूले कसैलाई कुनै आधारमा पक्षपात वा भेदभाव नगर्ने, अनुसन्धानको दायरामा ल्याउन कसैलाई उन्मुक्ति पनि नदिने उनको दाबी छ ।

प्रचण्डको राजीनामाको माग बालेन र सुदन गुरुङको हो, जेनजीको होइन : लिलामणि पोख्रेल

 काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोख्रेलले प्रचण्डको राजीनामाको माग बालेन शाह र सुदन गुरुङहरूको भएको बताएका छन् ।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार जारी केन्द्रीय समितिको बैठकमा बोल्दै उनले भनेका छन्, ‘राजीनामाको माग बालेन र सुदन गुरुङहरूको हो, जेनजी होइनन् त्यसैले त्यो पूरा हुँदैन ।’

पोख्रेलले पनि अध्यक्ष प्रचण्डकै प्रस्ताव अनुसार आगामी मंसिरमा विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन् । प्रचण्डलाई संयोजक तोकेर महाधिवेशनमा जानुपर्ने प्रस्तावमा समर्थन जनाएका छन् ।

पोख्रेल अगाडि बोल्ने अधिकांश नेताहरूले प्रचण्डको प्रस्तावमा समर्थन जनाएका छन् ।

माओवादी केन्द्रका सचिव राम कार्कीले भने अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् ।

तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरू भङ्ग गरौ’ कार्कीको प्रस्ताव छ ।

अन्य नेताहरू नन्दकिशोर पुन, वर्षमन पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव पनि बोलेका छन् ।

नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पूर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

महासमिति बनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

बिमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्माले लिए शपथ

काठमाडौं । नेपाल बिमा प्राधिकरणको नवनियुक्त अध्यक्ष जनकराज शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठककाे निर्णयबाट नियुक्त भएका शर्माले आज अर्थमन्त्री रामेश्वर खनालसमक्ष शपथ लिएका हुन् । आजै कार्यभार सम्हाल्नेछन्।

आन्दोलनमा क्षति भाेगेका व्यवसायीले पुससम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको असामान्य परिस्थितिका कारण क्षति भएका उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा ऋणीले पुस मसान्तसम्म कर्जा पुनर्तालीकीकरण तथा पुनर्संरचनाको सुविधा पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेको छ । पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जा असार मसान्तसम्मको वर्गअनुसार नै कायम राख्न भनिएको छ ।

‘उपर्युक्त बमोजिम पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ’ निर्देशनमा भनिएको छ ।

जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग जोडिएका (फरवार्ड/ब्याकवार्ड लिङकेज) ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले प्रभावको यकिन गरी बुझाउनुपर्ने ब्याजको न्यूनतम ५ प्रतिशत रकम असुल उपर गरी पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न पाउने छन् ।

भारतसँगकाे मैत्रीपूर्ण फुटबलका लागि नेपालकाे प्रारम्भिक टाेली घाेषणा

काठमाण्डाै – भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली महिला प्रारम्भिक टोली घोषणा भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक नवीन न्यौपानेले आज ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली महिला टोलीले आउँदो कात्तिक ९ गते सिक्किममा भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

न्यौपाने हिजो मात्रै राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्मका लागि न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

यसअघि एएफसी एशियन कप छनोटका क्रममा नयाँ प्रशिक्षक नियुक्त भएका प्याट्रिक डे वाइल्डले प्रतियोगितालगत्तै जिम्मेवारी छाडेपछि महिला फुटबल टोली प्रशिक्षकविहीन बनेको थियो ।

यस्तो छ नेपाली टोली–

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी
डिफेन्डर : निषा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी, सजनी थोकर, हीराकुमार भुजेल, नेहाकुमारी चौधरी
मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिम राउत, दीपा शाही, तुलसा बोहरा, सेनु परियार, सुक्रिया मिया
फरवार्ड : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी

रास्वपाका संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का संस्थापक केन्द्रीय सदस्य डा.प्रभात अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले शुक्रबार पदबाट राजीनामा दिएको सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए ।

‘प्रभातजीले आज राजीनामा दिनुभएको हो । तर के कारणले राजीनामा दिएको भन्ने कुरा खुलेको छैन’, बोहराले भने । यसअघि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वसहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी थिइन् ।

 

 

 

शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेनजी आन्दोलनका घाइते

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन् । शुक्रबार सञ्चारमन्त्री खरेलले त्रिवि शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेटेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् ।

आन्दोलनकै उपलब्धिस्वरूप तत्कालीन केपी शर्मा ओली सरकार पतन भएको थियो । अन्तरिम सरकारकी प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएकी छन् ।

कार्की मन्त्रिपरिषद्‌मा सञ्चारमन्त्रीको रूपमा खरेल नियुक्त भएका छन् । मन्त्री नियुक्त भएको केही दिनपछि उनले शुक्रबार जेनजी आन्दोलनका घाइतेहरूसँग भेट गरेर उनीहरूको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् । उनले घाइतेहरूको स्वास्थ्यलाभको कामनासमेत गरे ।

घाइतेहरूसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले घाइतेहरूको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेनजीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए ।

प्रचण्ड, नारायणकाजी र जनार्दनको प्रस्तावको विपक्षमा उभिए राम कार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्की अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको प्रस्तावको विपक्षमा उभिएका छन् ।

केन्द्रीय समितिको बैठकमा बोल्दै उनले प्रस्तुत तीन वटै प्रस्ताव भन्दा फरक ढंगले जानुपर्ने बताए । ‘प्रदेश अध्यक्ष राखौं र सयोजन समिति बनाएर महाधिवेशनमा जाऔं । बाँकी सबै कमिटिहरु भङग गरौ’ कार्कीको प्रस्ताव छ ।

बाँकी बोल्ने नेताहरूले भने अध्यक्ष प्रचण्डको प्रतिवेदनको समर्थन गरेका छन् । हालसम्म पदाधिकारीतर्फबाट नेताहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, मातृका यादव बोलेका छन् ।

उपत्यका विशेष प्रदेश, लुम्बिनी प्रदेशको निष्कर्ष पनि प्रस्तुत भइसकेको छ । नेता रहिश साहका अनुसार लुम्बिनी प्रदेशबाट अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई पुर्ण समर्थन गरिएको छ । महाधिवेशन मंसिरमै गर्नुपर्छ भन्ने मतमा सबै सहमत छन् । मसिंरमा कहिले गर्ने गते तोकेर जानुपर्ने सुझाव प्रस्तुत भएको छ ।

महासमिति बकनाएर संयोजक प्रचण्डलाई नै तोकेर महाधिवेशनमा जानुपर्ने सुझाव प्रस्तुत भएको छ । उपत्यका विशेष प्रदेशले पनि प्रचण्डकै नेतृत्वमा महाधिवेशनमा जाने निष्कर्ष सुनाएको छ । ‘आत्मालोचना गर्ने, नातागोतावाद तोड्ने प्रतिवद्धता भने सबैले गर्नुपर्ने’ सुझाव प्रस्तुत भएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा बिहीबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए ।

प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका छन् ।

उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका छन् । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रुपान्तरित भएर रहने उनको प्रस्ताव छ ।

तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम चलिरहेको छ । समुहगत छलफल सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरेर बैठक सक्ने तयारी छ।

नेपालकै पहिलो सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक

काठमाडौँ ।  नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले नेपालकै पहिलो एआई प्रविधिद्वारा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म ‘ग्लोबल डायरी’ सार्वजनिक गरिएको छ । नेपालमै विकास गरिएको यस सामाजिक प्लेटफर्मले डिजिटल रूपान्तरण, व्यावसायिक सशक्तीकरण र समावेशी प्राविधिक विकासलाई एकैसाथ अघि बढाउने महत्वाकाङ्क्षासहित औपचारिक यात्रा सुरु गरेको हो ।

व्यवसाय, व्यक्तित्व र सरकारी निकायलाई सशक्त बनाउने उद्देश्यले तयार पारिएको यस प्लेटफर्ममा सम्पर्क, व्यापार र अवसरहरूलाई एउटै प्लेटफर्ममा समेटिएको छ । नेपाली आइटी विज्ञ युवाले आफ्नै लगानी र ज्ञानको उपयोग गर्दै सिर्जना गरेको यस प्लेटफर्ममा एआई सञ्चालित बुद्धिमत्तासँग, ग्लोबल डायरी विश्वसनीय जडान, सस्तो डिजिटल उपस्थिति र दिगो वृद्धि सुनिश्चित गरिएको ग्लोबल डायरीका प्रमुख कार्यकारी अधिकृत भगवानदास अग्रहरि बताउछन ।

उनका अनुसार ग्लोबल डायरी नेपालको माटोमै बनाइएको भए तापनि यसको उद्देश्य, कार्यशैली र पहुँच भने अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार गरिएको छ । यस प्लेटफर्मले व्यक्तिगत प्रयोगकर्ता, व्यावसायिक संस्था तथा सरकारी निकायलाई एउटै डिजिटल संरचनामा जोडेर सम्पर्क, व्यापार, सेवा तथा अवसरलाई सजिलै पहुँचयोग्य बनाउने उद्देश्य बोकेको छ ।

नेपालको टुक्रिएको डिजिटल संरचनालाई सम्बोधन गर्दै एउटै एआई–सञ्चालित बहुपक्षीय प्लेटफर्ममार्फत सबै पक्षलाई सशक्त बनाउने लक्ष्यसहित ग्लोबल डायरीको निर्माण गरिएको उनको भनाइ छ ।

नेपालको टुक्रिएको डिजिटल प्रणालीलाई समाधान गर्नु र व्यक्तिहरू, व्यवसायहरू तथा सरकारी निकायलाई एउटै कृत्रिम बुद्धिमत्ता (एआई) चालित डिजिटल मञ्चमार्फत सशक्त बनाउनु ग्लोबल डायरी निर्माणको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष शेखर अर्यालले जानकारी दिए ।

उनका अनुसार विभिन्न डिजिटल उपकरणमा छरिएका जानकारीको सट्टा, ग्लोबल डायरीमा प्रयोगकर्ताले आफ्नो परिचय, व्यवसाय पृष्ठ र व्यावसायिक विवरण सहजै व्यवस्थापन गर्न सक्छन् । ग्लोबल डायरीलाई सस्तो र विस्तारयोग्य ९स्केलेबल० बनाइएको छ, जसले साना व्यवसाय र व्यक्तिहरूलाई पनि आधुनिक डिजिटल उपकरणहरू प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।

व्यक्तिहरूले आफ्नो सीप, उपलब्धिहरूको सङ्कलन ९पोर्टफोलियो०, उपलब्धि तथा सेवाहरू प्रस्तुत गर्न सक्छन्, जसले नेटवर्क विस्तार, रोजगारी, र स्वतन्त्र पेसागत ९फ्रिलान्स० अवसरहरू बढाउने हुँदा यसले प्रयोगकर्ताको सशक्तीकरण गर्ने बताइएको छ ।

साना व्यवसाय, नवउद्यम (स्टार्टअप) तथा ठूला कम्पनीहरूले विपणन उपकरण, विश्लेषणात्मक सुविधा, ग्राहक संलग्नता प्रणाली, र भर्ती (हायरिङ) मञ्चमार्फत प्रभावकारी रूपमा विस्तार गर्नसक्ने अध्यक्ष अर्याल बताउछन । साथै, देशमै विकास गरिएको डिजिटल मञ्चका रूपमा, यसले नेपालमा आधारित आवश्यकता, मापदण्ड र राष्ट्रियस्तरको डेटा सुरक्षालाई प्राथमिकता दिने उनले जानकारी दिए।

परम्परागत डिजिटल मञ्चले नेपाली प्रयोगकर्ता, व्यवसाय र सरकारी निकायलाई पर्ने वास्तविक समस्या समाधान गर्न सक्दैनन् तर ग्लोबल डायरीले भने देशभरका व्यक्तिहरू र व्यवसायलाई एउटै डिजिटल मञ्चमा जोडेर डिजिटल समावेशिता तथा नवप्रवर्तनको मार्ग खोल्नेछ । यसले करिब ६० प्रतिशतसम्म डिजिटल खर्च घटाउने, स्थानीय रोजगारीका अवसर, व्यक्तिगत रुचिअनुसारको खोज र भरपर्दो सम्पर्कको पहुँच बढाउने मात्र नभई केन्द्रीय व्यावसायिक तथ्याङ्क, डिजिटल समावेशीकरणमा सहयोग र विदेशी डिजिटल मञ्चमा जाने वार्षिक १५० मिलियन अमेरिकी डलरभन्दा बढीको विज्ञापन खर्च रोक्ने उनको दाबी छ ।

यस प्लेटफर्मले स्थानीयस्तरमै विकास र विश्व बजारसम्म पुग्ने क्षमता राख्नेछ । यस्तै सस्तो र सबैलाई समेट्ने खालको तथा केबल सुविधा दिने मात्र नभई वास्तविक समस्या समाधान गर्ने, समुदाय–केन्द्रित विकासलाई अगाडि बढाउने माध्यमका रुपमा लिइएको संस्थाले जनाएको छ । यसमा अन्य सामाजिक सञ्जालमा जस्तै व्यक्तिहरूले आफ्नो सीप, अनुभव, उपलब्धि र पोर्टफोलियो सजिलै प्रदर्शन गर्न सक्छन् भने साना व्यवसायदेखि ठूला कम्पनीसम्म आफ्ना सेवा र उत्पादनहरू डिजिटल रूपमा प्रस्तुत गर्न सक्छन् ।

यस प्लेटफर्ममा एआई–चालित सुझाव प्रणाली भएकाले नेटवर्किङ, रोजगारी वा व्यवसाय वृद्धि लागि उपयुक्त अवसरहरू सिफारिस गर्न, व्यक्तिहरू, व्यवसाय र सरकारी निकायलाई एउटै प्लेटफर्ममा जोड्ने सुविधा प्राप्त गर्न सकिनुका साथै व्यवसायहरूका लागि डिजिटल मार्केटिङ, विज्ञापन, र ग्राहक संलग्नता उपकरण, व्यवसाय र व्यक्तिगत प्रोफाइलको प्रदर्शन, पहुँच र प्रभाव मूल्याङ्कन गर्ने सुविधा पनि प्राप्त गर्न सकिन्छ । सजिलै सम्पर्क, प्रोफाइल र सेवा साझा गर्न क्युआर कोड आदानप्रदान गर्न, व्यवसाय र व्यक्तिहरूले आफ्ना सेवा वा उत्पादनहरू सूचीबद्ध गर्न, नयाँ अवसर, समाचार वा सूचना सही समयमा प्राप्त हुने सुविधा उपलब्ध हुन सक्दछ । रासस

ट्रम्पको नयाँ शुल्क घोषणा: औषधि, ठूला ट्रक र फर्निचरमा कर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गरेका छन्।

गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो ।

अक्टोबर १ देखि सुरु हुने नयाँ नीतिअनुसार अमेरिकामा उत्पादन नभएका ब्रान्डेड वा प्याटेन्टेड औषधि उत्पादनमा सतप्रतिशत प्रतिशत भन्सार शुल्क लगाइनेछ ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत घोषणा भने, “जबसम्म कुनै कम्पनीले अमेरिकाभित्र औषधि कारखाना निर्माण गर्दैन, त्यस्तो उत्पादनमा कर अनिवार्य हुनेछ।”

यस कदमको कडा आलोचना अस्ट्रेलियाबाट आएको छ । सन् २०२४ मा मात्रै अस्ट्रेलियाले अमेरिकामा करिब एक अर्ब ३५ करोड डलर मूल्यका औषधि निर्यात गरेको संयुक्त राष्ट्रसङ्घको कमट्रेड डाटाबेसले देखाउँछ ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार प्रतिक्रिया दिँदै भने, “उच्च दरहरूले अमेरिकी उपभोक्तालाई हानि पुर्‍याउँछन्, यद्यपि अस्ट्रेलियाली निर्यातकर्ताले स्वतन्त्र व्यापारबाट लाभ उठाइरहेका छन् ।”

औषधिपछि ट्रम्पले ट्रक उद्योगलाई लक्षित गरेका छन् । उनले भने, “पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रक र अन्य अमेरिकी उत्पादकलाई सहयोग गर्न हामी विश्वका अन्य देशमा बनेका सबै भारी ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लगाउँछौँ ।”

यसले स्विडेनको भोल्भो र जर्मनीको डेमलर (फ्रेटलाइनर, वेस्टर्न स्टार ब्रान्ड) जस्ता विदेशी कम्पनीलाई प्रत्यक्ष असर पुर्‍याउनेछ । युरोपमा सेयर बजार खुल्दा दुवै कम्पनीको मूल्य तीव्र रूपमा घटेको छ।

राष्ट्रपतिले यो कदमलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोड्दै यस वर्षको सुरुमा सुरु गरिएको धारा २३२ अनुसन्धानलाई आधार बनाए। उक्त प्रावधानले राष्ट्रपतिलाई आयातले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको ठहरिएमा भन्सार शुल्क वा प्रतिबन्ध लगाउने अधिकार दिन्छ । ट्रम्पले यसलाई बारम्बार प्रयोग गर्दै अमेरिकी उत्पादनलाई मजबुत बनाउन खोजेका छन्।

यसै क्रममा, ट्रम्पले घर नवीकरणका सामानलाई पनि करको दायरामा ल्याएका छन् । उनले घोषणा गरे, “अक्टोबर १ देखि सबै किचन क्याबिनेट, बाथरुम भ्यानिटी र सम्बन्धित उत्पादनमा ५० प्रतिशत करका साथै साथै अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइनेछ।”

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०२२ मा फर्निचरको कुल बिक्रीमध्ये ६० प्रतिशत आयातमा आधारित थियो। यसमा ८६ प्रतिशत काठको फर्निचर र ४२ प्रतिशत अपहोल्स्टर्ड फर्निचर बाहिरबाट आयात भएको थियो। घोषणापछि आयातमा निर्भर वेफेयर र विलियम्स सोनोमा जस्ता खुद्रा कम्पनीहरूको सेयर तत्काल घटेको छ ।

खोज्नुहोस