अमेरिकी उपराष्ट्रपतिले भने– रुसलाई धनी हुनबाट रोक्न भारतमाथि कर लगाइएको हो

काठमाडौं : अमेरिकी उपराष्ट्रपति जेडी भान्सले एक अन्तर्वार्तामा भारतमाथि लगाइएको करको बारेमा बोलेका छन्।

उनले भारतमाथि थप भन्सार लगाएर रुसमाथि गम्भीर आर्थिक दबाब परेको बताए।

ʻराष्ट्रपतिले बलियो आर्थिक दबाब दिएका छन्। रुसलाई तेल व्यवसायबाट धनी हुनबाट रोक्न भारतमा दोस्रो शुल्क लगाइएको हो,ʼ उपाध्यक्ष जेडी भान्सले एनबीसी न्यूजसँग भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले हत्या र युद्ध बन्द गर्‍यो भने विश्वव्यापी अर्थतन्त्रमा पुनः एकीकृत गर्न सकिने स्पष्ट पारेको उनले बताए।

जेडी भान्सले भने, ʻतर रुसले युद्ध रोकेन भने उसले अलग्गै बस्नु पर्नेछ। राष्ट्रपति ट्रम्पले यो युद्ध रोक्न रुसमाथि यति धेरै आर्थिक दबाब दिएका छन्। जति बाइडेनले तीन वर्षमा गर्न सकेनन्।ʼ

यसै महिना ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाएका थिए।

उनले भारतमाथि थप २५ प्रतिशत भन्सार शुल्क लगाए। भारतले युक्रेनविरुद्धको युद्धमा रुसबाट तेल र हतियार खरिद गरेर सहयोग गरिरहेको भन्दै ट्रम्पले भारतमाथि कर लगाएका हुन्। नयाँ कर अगस्ट २७ देखि लागू हुनेछ।

सेनाले सम्पन्न गर्‍यो साढे दुई करोडमा २२ शीघ्र प्रभावी आयोजना

काठमाडौँ- नेपाली सेनाले आर्थिक वर्ष २०८१/८२ मा संविधानप्रदत्त जिम्मेवारीका अतिरिक्त कम समयमा न्यूनतम लगानी गरी बढीभन्दा बढी जनसमुदाय प्रत्यक्षरूपमा लाभान्वित गराउने उद्देश्यले विभिन्न २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ।

सांस्कृतिक तथा पुरातात्विक महत्त्वका संरचनाको मर्मत सम्भार गरी इतिहास एवं संस्कृतिको संरक्षण र समुदायको आवश्यकतामा प्रत्यक्ष टेवा पुर्‍याउन रु दुई करोड ५६ लाखको लागतमा ती आयोजना सम्पन्न गरिएको नेपाली सेनाका सहायकरथी एवम् प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

गतवर्ष उपत्यका पृतनाअन्तर्गत एक, पूर्वी, मध्यपूर्वी, मध्य, पश्चिम, मध्य पश्चिम, उत्तर पश्चिम र सुदूरपश्चिम पृतनाअन्तर्गत तीन/तीन वटा शीध्र प्रभावी आयोजना कार्यान्वयनमा ल्याएको थियो।

इतिहाससँगै स्थानीय संस्कृतिको जगेर्ना तथा नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्वका विभिन्न मठमन्दिर, कोटगढी र दरबारको मर्मत–सम्भार गरिएको छ।

सेनाले पुरातत्व विभागसँगको समन्वयबाट परम्परागत निर्माण सामग्रीको प्रयोग गरी बाजुरा स्थित ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्वको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ।

गत वर्ष सेनाले उदयपुरस्थित चौदण्डी गढी, ओखलढुङ्गाको तलुवागढी, चितवनको उपरदाङ्ग गढी, नुवाकोटको बेलकोट गढी, लमजुङको पुरानकोट, सुर्खेतको बयलकाँडा गढी, डडेलधुराको अमरगढी र पाल्पाको माथागढी तथा गुल्मीको मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको प्रवक्ता बस्नेतले जानकारी दिए।

त्यसैगरी सामाजिक मूल्य र मान्यतालाई अक्षुण्ण राखी एकताभाव जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्वकाविभिन्न सम्पदाको जगेर्ना गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरिएको छ।

चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्ध स्थलमा ट्रसघर, पर्वतको कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरिएको छ।

महिला तथा विकट क्षेत्रका छात्र/छात्राको विद्यालय पहुँचमा सहजता पुर्‍याउने उद्देश्यले छात्रा शौचालय निर्माण गरिएको छ। सेनाले महोत्तरीको सोनम गाउँपालिकास्थित सरस्वती जनता माविमा छात्रालाई लक्षित गरी चार कोठे छात्रा शौचालय तथा दैलेखको दुल्लु नगरपालिका स्थित तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रका लागि सेड घर निर्माण गरेको छ।

यस्तै ‘एक पालिका, एक हेलिप्याड’को नीतिमा सहयोग पुर्‍याउने लक्ष्यका साथ मुगुको मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ। यसले जटिल प्रसूति समस्यामा पर्न सक्ने सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार एवं विपद् तथा विभिन्न दुर्घटनाका दौरान आकस्मिक उद्धार कार्यमा समेत सहज बनाउने विश्वास गरिएको छ।

डडेलधुरा र डोटीका स्थानीयलाई खानेपानीको सहज पहुँच पुर्‍याउन पिउने पानी ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा धाराको जडान गरिएको छ। पर्यटन तथा पर्यावरणलाई टेवा पुर्‍याउने उद्देश्यले काठमाडौँको नारायणहिटी सङ्ग्रहालय परिसरमा रहेको झिल पोखरीको मर्मत सम्भारका साथै बाराको कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माणको कार्य सुरु गरिएको पनि सेनाले जानकारी दिएको छ।

गत आवमा सम्पन्न भएका शीघ्र प्रभावी आयोजना सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको पनि सेनाले जनाएको छ। शीघ्र प्रभावी आयोजनाको कार्यान्वयनबाट स्थानीय जनतामा आफ्नो टोल तथा सहरको विकास निर्माण सरसफाइलगायत सौन्दर्यीकरणमा अपनत्व जागृत गराउनुका साथै जनसमुदायमा राष्ट्रिय एकताको भावना समेत अभिवृद्धि हुने विश्वास लिएको छ।

शिक्षक महासंघ आजदेखि पुनः आन्दोलनमा, माग पूरा नभई सडकबाट नफर्कने अडान

काडमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक, २०८० मा आफ्ना माग सम्बोधन नभएको भन्दै आज (भदौ ९)देखि देशव्यापी आन्दोलन सुरु गर्ने भएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा शिक्षकको सेवा सुविधा, स्थायित्व र अधिकारलाई कमजोर बनाइएको आरोप लगाए ।

गएको वैशाखमा शिक्षकले एक महिनासम्म आन्दोलन गरेका थिए । सरकारसित नौबुँदे सहमतिपछि आन्दोलन रोकिएको थियो । तर, यही भदौ ६ गते प्रतिनिधिसभामा पेस गरिएको उक्त विधेयकमा ती सहमति कार्यान्वयन नभएकाले महासंघ पुनः आन्दोलनमा होमिएको अध्यक्ष सुवेदीले बताए ।

महासंघले ०७५, ०७८, ०८० र २०८१/८२ मा सरकारसँगका सहमति लागु गर्न, अस्थायी शिक्षकका निम्ति ७५% आन्तरिक र २५% खुला पदपूर्ति (हालको ६०%–४०% को सट्टा), आवधिक बढुवा, म्याद सकिएको अध्यापन अनुमतिपत्रको नवीकरण, विद्यालय कर्मचारीको तलब र पद, बालकक्षा शिक्षकको सेवा, संस्थागत विद्यालयका शिक्षकको सुरक्षा, द्वन्द्वपीडित शिक्षकको उपदान र शिक्षक दरबन्दी स्थानीय तहमा हस्तान्तरणको विरोध गरेको छ ।

सुवेदीले आन्दोलनको पहिलो चरणमा भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण गराइने बताए ।

भदौ ११ देखि २० गतेसम्म राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्ट धर्ना दिइने उनले जानकारी दिए ।

भदौ २१ गतेदेखि दोस्रो चरणको कडा आन्दोलन (धर्ना, अवरोध र विरोध प्रदर्शन) थालिने महासंघले जनाएको छ ।

सुवेदीले आफूहरूको आन्दोलन विद्यार्थीको गुणस्तरीय शिक्षा र शिक्षकको सम्मानका निम्ति भन्दै माग पूरा नगरिएसम्म सडकबाट नफर्कने बताए ।

बदलिँदो तीज : अनलाइनमा व्यापार, हलमा भोज

कैलाली : तीज पर्व नजिकिँदा धनगढीसहित सुदूरपश्चिमका बजार रंगीचंगी र भीडभाडले भरिभराउ हुन्थे । सुनचाँदी पसलदेखि साडी–सुट, कस्मेटिकदेखि बुटिकसम्म ग्राहकको चहलपहलले बजार चलायमान देखिन्थ्यो । तर, यस वर्ष तीज आउन एक दिन मात्र बाँकी हुँदा पनि बजार सुनसान छ ।

तीजको मौसममा खानसमेत भ्याइनभ्याइ हुने व्यापारीहरू फुर्सदिला छन् । बिहानदेखि साँझसम्म ग्राहकको पर्खाइमा बस्छन् तर अपेक्षित व्यापार हुँदैन । आएका ग्राहक मोबाइलमा फोटो देखाउँदै भन्छन्, ‘अनलाइनमा देखाएजस्तो सामान छैन ?’ सबै व्यापारीसँग अनलाइन देखाए जस्तो सामान हुँदैन । ‘भयो अब अनलाइन अर्डर गर्छु’ भन्दै ग्राहक फर्किन्छन् । यसको प्रत्यक्ष असर व्यापारीहरूलाई परेको छ ।

धनगढीमा ३६ वर्षदेखि साडी, सुटको व्यापार गर्दै आएका एक व्यापारीले बजारमा यस्तो गिरावट कहिल्यै नभोगेको सुनाए । दैनिक ४० हजारसम्मको कपडा बिक्री गरेका उनलाई अहिले दिनमा ५–७ हजार कटाउन पनि मुस्किल परेको छ । मुख्य बजारमा दुई सटर लिएका उनले मासिक ४५ हजार भाडा तिर्नुपर्छ । तर, व्यापार घाटामा छ । कोरोना महामारीपछि लयमा फर्किरहेको बजार अहिले फेरि सुस्ताएको उनले बताए । मुख्य सिजनमै व्यापारमा आएको भारी गिरावटले व्यवसायी निराश छन् । बजार क्षेत्रका व्यापारी सटर भाडासमेत उठाउन नसकेको गुनासो गर्छन् ।

सुनचाँदी व्यवसाय झनै सुस्त

उसो त कोरोनापछि व्यापार व्यवसाय घाटा गएको र अपेक्षित मुनाफा नपाएको सबैजसो व्यापारीको गुनासो छ । केही वर्षयता सुन व्यवसायमा निरन्तर झनै गिरावट आएको व्यापारीहरू बताउँछन् । सरकारले कर बढाएको र मूल्य बढेका कारण सुन खरिद गर्ने ग्राहक निकै घटेका उनीहरूको भनाइ छ ।

धनगढीको हुलाकरोडस्थित न्यू पशुपति सुनचाँदी गहना पसलका सञ्चालक विवेक सोप सुनचाँदी खपत हुने मुख्य सिजनमै व्यापार घटेको बताउँछन् । उनका अनुसार तीजको समयमा भरिभराउ हुने सुन पसलमा यो वर्ष छिटपुट ग्राहक मात्रै आउने गरेका छन् । ‘पहिले दैनिक भीड हुन्थ्यो ग्राहकको यो वर्ष निकै घटेको छ । अहिले सिजनमै दिनमा ६–७ जना ग्राहक मुस्किलले आउँछन् । सुनको मूल्य सुनेर ग्राहक तर्सन्छन्, अनलाइन व्यापारले पनि असर गरेको छ,’ उनले भने ।

अनलाइनमार्फत केही अर्डर आउने गरे पनि पसलमा खासै ग्राहक नआउने धनगढीका अर्का सुन व्यवसायीले सुनाए । सुन कारोबारमा आएको यो गिरावटको मुख्य कारण सुनमा लागेको विलासिता कर भएको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवर बताउँछन् ।

अनलाइनमा सर्दै किनमेल

पछिल्लो समय अनलाइन व्यापारले पनि भौतिक बजारलाई ठूलो चुनौती दिएको छ । ग्राहकले मोबाइलमार्फत सजिलै सामान हेरेर अर्डर गर्न थालेपछि पसलमा चहलपहल घट्न थालेको हो ।

धनगढी एलएनचोकस्थित सल्मा बुटिककी सञ्चालक सल्मा कुँवर बजारमा व्यापार सुस्ताउनुको प्रमुख कारण अनलाइन कारोबारलाई मान्छिन् । तीजको समयमा उच्च व्यापार हुने उनको बुटिक अहिले घाटामा छ । तीजका बेला पहिले दैनिक १ सय ५० सम्म ग्राहक आउने बुटिकमा अहिले २५–३० मात्र आउँछन् । त्यसमध्ये पनि हेर्ने बढी किन्ने कम । मासिक ८५ हजार सटर भाडा उठाउनै मुस्किल परेको उनले बताइन् ।

ग्राहकहरू बजार आउनुको सट्टा घरबाटै सपिङ गर्न थालेपछि व्यापार कम भएको उनले बताइन् । भरपर्दो अनलाइन माध्यमबाहेक अन्यमा ठगी हुने सम्भावना उच्च रहे पनि ग्राहकहरुले अनलाइन अर्डर नै गर्छन् । ‘अनलाइनमा देखाउने एउटा पठाउने अर्को हुन्छ, स्क्याम हुने सम्भावना पनि बढी हुन्छ । तर, ग्राहकले सजिलो ठानेर अनलाइन सपिङ नै गर्छन्,’ सल्मा भन्छिन् । उनको बुटिकमा पनि दिनमा ५–६ वटा अनलाइन अर्डर आउने गर्छ । भौतिक बजारलाई अनलाइनले ठूलो असर पारेको सबैजसो व्यापारी बताउँछन् ।

धनगढी बजारको व्यापार सुस्ताउनुको अर्को कारण खुला सीमा नाका पनि हो । धनगढीमा भारतीय सामान सजिलै प्रवेश हुन्छ । व्यापारीहरूका अनुसार भारतीय सामान सस्तो हुने तर गुणस्तरमा कमी हुने गर्छ । तर ग्राहकले सस्तो सामानलाई प्राथमिकता दिने हुँदा स्थानीय व्यापार प्रभावित भएको छ । सँगै भारतबाट सामान बोकेर आएका व्यापारी टोलटोलमै लगेर बेच्ने गरेको गुनासो एक व्यापारीले गरे । ‘हामीले भन्सार तिर्नुपर्छ, उनीहरूले सहजै टोलटोलमै सामान पुर्‍याउँछन् । त्यसको असर हामीलाई पर्छ,’ उनले सुनाए ।

धनगढीमा भारतीय बजार बनगौँवा र गौरीफन्टा र सुणा बजारको प्रत्यक्ष असर पर्ने गरेको छ । सस्तोमा पाइने कारण कैलाली, कञ्चनपुरका अधिकांश मानिस भारतीय बजार जाने गर्छन् । सीमाबाट १ सयभन्दा बढीको सामान ल्याए भन्सार लाग्ने भए पनि घर खर्चको लागि ल्याइने सामानको भन्सार शुल्क लिइँदैन । यसकारण राजश्व संकलन र स्थानीय बजार असर परेको उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष कुँवर बताउँछन् ।

यसलाई रोक्न सीमा नाकामा कडाइ गर्नुपर्ने उनले बताए । ‘एउटै मान्छेले घरखर्चका लागि भन्दै दिनमा दसौंपटक सामान ओसार्छ । उसलाई भन्सार लाग्दैन । व्यापारीका लागि कडा छ । यसले गर्दा मार्केटलाई असर परेको छ,’ उनले भने ।

हराउँदै तीजको मौलिकता

पहिले तीज नजिकिँदा घर–घरमा तयारी, गीत–संगीत र सामूहिक नाचगानले गाउँबस्ती गुञ्जायमान हुन्थ्यो । तर अहिले त्यो परम्परा क्रमशः हराउँदै गएको छ । अब तीजको चहलपहल घर आँगनमा नभई होटल–रेस्टुरेन्टका हलमा सरेको देखिन्छ ।

धनगढी पुष्पलाल चोककी ६० वर्षीया बेलु बैस्य तीजको मौलिकता हराउँदै गएकोमा दुःख व्यक्त गर्छिन् । भन्छिन्, ‘हाम्रो पालामा सबै दिदी–बैनी स्कुलको मैदान वा ठूलो चौरमा भेला भई नाचगान गर्थ्यौं । अहिले भने तीज मनाउन होटलमा कार्यक्रम हुन्छ । पहिलेको जस्तो रौनक हराएको छ, बरु बेथिति मात्र बढेको छ ।’ बैस्यका अनुसार पहिले तीज दिदी–बहिनीबीच भेटघाट, दुख–सुख साटासाट र आत्मीयता बाँड्ने अवसर हो । तर अहिले त्यो संस्कार पनि बदलिँदै गएको उनले बताइन् । ‘पहिला दिदी–बैनी भेट हुँदा दुख–सुखका कुरा हुन्थे । अहिले त भेटघाट हुँदा कसले कति गहना लगायो, कसले कति महँगो सारी लगायो भन्ने मात्र हुन्छ । तीजलाई देखासिकी र प्रतिस्पर्धाको पर्व बनाइयो,’ बैस्य भन्छिन् ।

Beyond Limits – Experience 7,000+ Games, Sports & Live Casino Action with LuckyStar Casino – With Limitless Casino Action with INR & Crypto Deposits

Ignite Your Gameplay: Secure Access & Limitless Entertainment with a lucky star casino login – Plus, Claim Up to 500% Bonuses & Daily Cashback Rewards.

Looking for a thrilling online casino experience? The process of luckystar casino login unlocks a world of entertainment, offering a diverse range of games and exciting opportunities to win. This platform isn’t just about games; it’s about secure access, generous rewards, and a player-centric approach that sets it apart. From the moment you create an account to the instant you log in, you’ll discover a meticulously crafted experience designed for both seasoned players and newcomers alike.

This casino is regulated and licensed, ensuring fair play and security. With a vast library surpassing 7,000 games, from classic slots to immersive live casino experiences and the thrill of sports betting, there’s always something to capture your attention. Convenient deposit methods, including INR, popular cryptocurrencies, and local payment options, add to the platform’s accessibility, while enticing welcome bonuses and daily cashback rewards reinforce their commitment to player satisfaction.

Unveiling the Gaming Variety at LuckyStar Casino

LuckyStar Casino truly stands out due to its impressively large game selection. Players aren’t limited to the usual suspects; the library is constantly updated with new releases, ensuring a fresh and engaging experience. Classic slot machines, themed video slots, table games like blackjack and roulette, and captivating live dealer games are all readily available. The platform also caters to fans of faster-paced action with its dedicated crash games section. Furthermore, the inclusion of sports betting adds another layer of excitement for those who enjoy wagering on their favorite teams and events. This variety ensures that every player, regardless of their preference, will find something they enjoy.

Game Category Number of Games Key Features
Slots 4500+ Variety of themes, progressive jackpots, bonus rounds
Live Casino 300+ Real-time dealers, immersive experience, classic table games
Crash Games 50+ Fast-paced, high-risk/reward gameplay
Sports Betting Numerous Markets Wide range of sports, competitive odds, live betting options

Exploring the Slot Game Selection

The slot game collection at LuckyStar Casino is particularly noteworthy given its sheer size and diversity. From timeless three-reel classics to modern five-reel video slots brimming with bonus features, there’s a game to suit every taste. Many slots incorporate visually stunning graphics, captivating sound effects, and immersive storylines, drawing players into a world of fantasy and fortune. Progressive jackpot slots, which offer the chance to win life-changing sums of money, are also prominently featured. With a constant stream of new releases being added, players can be assured of a continually evolving and exciting gaming experience. The ability to try many games in demo mode allows players to familiarize themselves with the gameplay before risking real money.

The Immersive World of Live Casino Games

The live casino section at LuckyStar Casino elevates the online gaming experience to a new level of realism and engagement. Players can interact with professional, live dealers in real-time via HD video streaming, recreating the atmosphere of a land-based casino from the comfort of their own homes. Popular table games such as blackjack, roulette, baccarat, and poker are all available, with various table limits to accommodate players of all budgets. The interactive nature of live dealer games adds a social element, allowing players to chat with the dealer and other players at the table. This creates a more immersive and enjoyable experience. Game shows featuring exciting twists on classic television formats are also included, offering a fresh and innovative take on live casino gaming.

Deposit and Withdrawal Options: Convenience and Security

LuckyStar Casino understands the importance of providing convenient and secure banking options to its players. The platform supports a wide range of deposit methods, including Indian Rupees (INR), various cryptocurrencies like Bitcoin, Ethereum, and Litecoin, as well as popular local payment options. This flexibility caters to a diverse player base and ensures that everyone can easily fund their accounts. Withdrawals are processed quickly and efficiently, with funds typically credited back to the player’s chosen payment method within a reasonable timeframe. The casino employs robust security measures, including encryption technology, to protect all financial transactions and ensure player peace of mind. This focus on convenience and security sets LuckyStar Casino apart as a trustworthy and reliable online gambling destination.

  • Cryptocurrencies Accepted: Bitcoin, Ethereum, Litecoin, Tether
  • Local Payment Methods: UPI, PayTM, PhonePe
  • Fiat Currencies: INR
  • Withdrawal Processing Time: Within 24-48 hours, depending on the method

Understanding the Bonus and Reward System

One of the most attractive aspects of LuckyStar Casino is its generous bonus and rewards system. New players are greeted with a substantial welcome bonus package, often providing a match bonus on their first four deposits, potentially reaching up to 500%. This provides players with extra funds to explore the platform’s extensive game library and increase their chances of winning. In addition to the welcome bonus, LuckyStar Casino also offers daily cashback rewards, providing players with a percentage of their losses back as a bonus. Regular promotions, tournaments, and VIP programs further enhance the player experience and reward loyalty. It’s crucial to always read the terms and conditions associated with any bonus offer to understand the wagering requirements and other restrictions.

Navigating the Sports Betting Section

For sports enthusiasts, LuckyStar Casino’s dedicated sports betting section provides an exciting platform to wager on a wide range of sporting events. From popular sports like football, basketball, and tennis to niche sports and esports, there’s something for every fan. The platform offers a variety of betting markets, including pre-match betting, live betting, and accumulators. Competitive odds are consistently offered, maximizing potential winnings. The user-friendly interface makes it easy to navigate the sports betting section and place bets quickly and efficiently. Live streaming of select sporting events further enhances the experience, allowing players to watch the action unfold in real-time as they place their wagers. The sports betting section provides a thrilling and rewarding experience for both casual and seasoned sports bettors.

Security and Licensing: A Safe and Reliable Platform

When choosing an online casino, security and licensing are paramount considerations. LuckyStar Casino operates under a valid license issued by the Curacao eGaming Authority, a reputable regulatory body that ensures fair play and responsible gambling practices. The platform employs advanced security measures, including SSL encryption technology, to protect all player data and financial transactions. This safeguards sensitive information from unauthorized access. Regular audits are conducted to verify the fairness of the games and the integrity of the platform. Furthermore, LuckyStar Casino is committed to responsible gambling and provides resources for players who may be struggling with problem gambling. Players can set deposit limits, wagering limits, and self-exclude themselves from the platform if needed. This commitment to player safety and security makes LuckyStar Casino a trustworthy and reliable online gaming destination.

Security Feature Description Benefit to Player
SSL Encryption Protects data transmission between player and casino Safeguards personal and financial information
Curacao License Ensures fair play and regulatory compliance Provides a secure and trustworthy gaming environment
Regular Audits Verifies game fairness and platform integrity Guarantees random and unbiased game results
  1. Account Verification: A necessary step to ensure secure withdrawals.
  2. Two-Factor Authentication: Added security layer for account protection.
  3. Responsible Gambling Tools: Deposit limits, wagering limits, self-exclusion.
  4. Secure Payment Gateways: Encrypted transactions for financial safety.

LuckyStar Casino offers a compelling package of entertainment, security, and rewards. The platform’s extensive game selection, convenient banking options, generous bonuses, and commitment to player safety make it a standout choice for both new and experienced online casino players. By choosing LuckyStar Casino, you’re not just joining a gaming platform; you’re becoming part of a vibrant community where excitement, and potential winnings await.

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी  : अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई शुभकामना सन्देश पठाएका छन्‌ ।

युक्रेनले आइतबार स्वतन्त्रताको ३४औँ वर्षगाँठ मनाउँदै गर्दा अमेरिकी राष्ट्रपति पुटिनले जेलेन्स्कीलाई शुभकामना पत्र पठाएका हुन्‌ । पत्रमा ट्रम्पले युक्रेनी जनताको साहसले धेरैलाई प्रेरणा दिएको उल्लेख गर्दै अब अर्थहीन हत्याको अन्त्य गर्ने समय भएको लेखेका छन्‌ ।

पत्रमा ट्रम्पले लेखेका छन्‌, ‘युक्रेनका जनतामा अटूट भावना छ, तपाईंको देशको साहसले धेरैलाई प्रेरणा दिन्छ। यो महत्त्वपूर्ण दिन मनाउँदै गर्दा संयुक्त राज्य अमेरिकाले तपाईंको लडाइँलाई सम्मान गर्दछ, तपाईंको बलिदानको सम्मान गर्दछ, एक स्वतन्त्र राष्ट्रको रूपमा तपाईंको भविष्यमा विश्वास गर्दछ भनेर जान्नुहोस् ।’

अमेरिकाले रक्तपात अन्त्य गर्ने र युक्रेनको सार्वभौमिकता र मर्यादाको रक्षा गर्ने दिगो, दिगो शान्तितर्फ डोऱ्याउने वार्तालापको समाधानलाई समर्थन गर्ने पनि ट्रम्पले पत्रमा उल्लेख गरेका छन्‌ । पत्रको प्रत्युत्तरमा जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद दिँदै आफूहरूले यो युद्ध समाप्त गर्न सक्ने जनाएका छन्‌ ।

सन्‌ १९९१ अगष्ट २४ का दिन युक्रेनले तत्कालीन सोभियन सङ्घबाट आफू अलग भएको घोषणा गरेको थियो ।

परराष्ट्रमन्त्री डा. राणासँग विपिन जोशीका आमा र बहिनीको भेटवार्ता

काठमाण्डु : इजरायलमा रहँदा हमास समूहले नियन्त्रणमा लिएका विपिन जोशीका आमा र र बहिनीले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

आईतबार विपिनकी आमा र बहिनीले परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरेका मन्त्री राणाले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । उनले फेसबूकमा लेखेकी छन्, ‘हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीकी आमा र बहिनीसँग आज परराष्ट्र मन्त्रालयमा भेटेर कुराकानी गरें । उहाँहरूले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह पनि गर्नुभयो । परराष्ट्र मन्त्रालयको पहल तथा नेपालस्थित इजरायली राजदूतावासको समन्वय एवं सहयोगमा विपिनकी आमा र बहिनी विपिनको अवस्था बुझ्न र इजरायल सरकारलाई अपिल गर्न इजरायल जानुभएको थियो ।’

इजरायलबाट फर्केपछि आईतबार आफूसँग भेटवार्ता भएको र विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका उनले बताइन् । उनले लेखेकी छन्, ‘मैले उहाँहरूलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी पनि दिएँ । उहाँहरूको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्नेछ ।’

यसअघि विपिनकी आमा र बहिनीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शनिबार भेटवार्ता गरेका थिए ।

 

स्वतन्त्रता दिवसमा जेलेन्स्कीको सन्देश: युक्रेन पीडित होइन, लडाकु हो

एजेन्सी ।  युक्रेनले आइतबार स्वतन्त्रता दिवस मनाइरहेको छ। यस अवसरमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सहयोगीहरूको सहयोगमा युक्रेनमा दिगो शान्ति स्थापना हुने विश्वास गरेका छन्।

जेलेन्स्कीले भनेका छन्, ‘युक्रेन पीडित होइन, बरु लडाकु हो।’ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसहित विश्वका विभिन्न नेताहरूले युक्रेनलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।

जेलेन्स्कीले एक्समा एउटा पत्र पोस्ट गरेका छन्, जसमा ट्रम्पले युक्रेनको साहसले धेरैलाई प्रेरणा दिएको र आफू वार्ताबाट रुस-युक्रेन युद्ध समाधानको समर्थनमा रहेको बताएका छन्।

साथै जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद दिँदै लेखेका छन्, ‘युक्रेनको स्वतन्त्रता दिवसमा हार्दिक बधाईका लागि धन्यवाद। हामी विश्वास गर्छौं- सँगै काम गरेर हामी यो युद्ध अन्त्य गर्न सक्छौँ।’

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाण्डाै : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट भएको हो ।

नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति सुआन शुक्रवार नेपाल आउनुभएको हो ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र सुआनबीच भेट भएको थियो । उहाँ भ्रमण पूरा गरेर भाेलि स्वदेश फर्कने तालिका छ ।

 

एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार

एजेन्सी। एलन मस्कको स्पेसएक्स आइतबार आफ्नो स्टारसिप मेगारकेटको अर्को परीक्षणका लागि तयार भइरहेको छ । हालैका असफलताहरूले यसको व्यवहार्यतामाथि प्रश्न उठाइरहेका बेला यो उडानलाई निकै महत्त्वपूर्ण मानिएको छ।

विश्वकै सबैभन्दा शक्तिशाली प्रक्षेपण वाहन दक्षिणी टेक्सासको स्टारबेसबाट स्थानीय समय साँझ ६ः३० बजे (२३३० जीएमटी) १०औँ उडानका लागि प्रस्थान गर्ने योजना छ ।

यस मिसनको लक्ष्य रकेटलाई परीक्षणहरूको शृङ्खलाबाट गुजार्दै विश्वको आधा बाटो उडाएर अन्ततः हिन्द महासागरमा खसाल्ने हो । यस पटक भने कम्पनीले प्रक्षेपण टावरको विशाल ‘चपस्टिक’ हात प्रयोग गरी बुस्टर समात्ने प्रयास नगर्ने बताइएको छ ।

स्टारसिप मस्कको मङ्गल ग्रह उपनिवेश योजनाको केन्द्र हो । नासाले पनि यसलाई संशोधित संस्करणमार्फत आर्टेमिस चन्द्र ल्यान्डरको रूपमा प्रयोग गर्ने तयारी गरेको छ ।

तर सन् २०२५ मा भएका सबै तीन परीक्षण उडानहरू दुई पटक क्यारिबियन टापु नजिक र एक पटक अन्तरिक्ष पुगेपछि माथिल्लो चरण विस्फोटमा समाप्त भएका छन् । यसै वर्ष, ‘स्टाटिक फायर’ परीक्षणमा जमिनमै अर्को माथिल्लो चरण विस्फोट भएको थियो ।

स्पेसएक्सले अपनाएको ‘फेल फास्ट, लर्न फास्ट’ संस्कृतिले कम्पनीलाई फाल्कन रकेट परिवारमार्फत प्रक्षेपण उद्योगमा अग्रणी बनाएको थियो । तर स्टारसिपका लगातार अवरोधहरूले यसै किसिमको सफलता दोहोर्‍याउन सक्ने क्षमतामा शङ्का उत्पन्न गरेको छ ।

बाब बढ्दै 

एनालाइसिस मेसनका अन्तरिक्ष विज्ञ डलास कासाबोस्कीले भने, “यो मिसनमा निकै दबाब छ । धेरै परीक्षण भए तर अझै भरपर्दो साबित भएको छैन-असफलताहरू नै बढी छन् ।” पूर्व इन्जिनियर एवं विश्लेषक विल लकेटले भने, “भारी पेलोड परीक्षणको कमीले स्टारसिपको अवधारणामै समस्या देखाउँछ ।”

उनका अनुसार, स्पेसएक्सले पुनः प्रयोगयोग्य बनाउन हल्का बनाइएका स्टारसिपहरू आवश्यकताभन्दा कमजोर भएका छन्, जसले हालैका परीक्षणहरूमा संरचनात्मक असफलता निम्त्याएको हो ।

यसैबीच, ‘के एलन मस्कको स्टारसिप बर्बाद भयो ?’ जस्ता हेडलाइनहरूले ध्यान तानेका छन् । मस्कले कम्पनीको भविष्य नै स्टारसिपमा लगानी गर्नुभएको छ र अन्ततः हालका रकेट तथा अन्तरिक्ष यानलाई अवकास दिन चाहन्छन् ।

दशौँ परीक्षण सफल भए पनि, प्रणालीलाई पूर्ण पुनः प्रयोगयोग्य बनाउने, कक्षामा सुपर-कुल्ड इन्धन भर्ने र गहिरो अन्तरिक्ष मिसन सम्भव बनाउन अझै ठूलो प्राविधिक चुनौती बाँकी छ ।

यद्यपि स्पेसएक्सले प्रक्षेपणको आवृत्ति बढाउँदैछ । वातावरणीय समूहहरूको आलोचनाका बीच फ्लोरिडामा नयाँ प्रक्षेपण र अवतरण सुविधा निर्माण पनि भइरहेको छ ।

उपसभामुख राना जोडिएको विषयमा सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उपसभामुख इन्दिरा राना जोडिएको बालबालिकाको अवैध ओसारपसार विषयको अनुसन्धान थालेको छ ।

राना प्रमुख रहेको तत्कालीन प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थामार्फत केही बालबालिका अवैध रूपमा विदेशी नागरिकलाई धर्मपुत्रका रूपमा दिएको खुलेपछि सीआईबीले चासो राखेको हो ।

सीआईबी प्रमुख एआईजी चन्द्रकुवेर खापुङले विभिन्न माध्यममार्फत बालबालिको अवैध ओसारपसारबारे सार्वजनिक भएपछि चासो राखेको बताए ।

उनले भने, “विभिन्न माध्यममार्फत पीए नेपालमार्फत बालबालिकाको अवैध ओसारपसारबारेका कुरा आएका छन् । यसबारे भएको के हो भनेर चासो राखेका छौँ । हामी हेर्दैछौँ ।’’

युट्युब, टिकटक र फेसबुक भिडियोबाट साढे तीन अर्ब नेपाल भित्रियो

काठमाडौं । नेपालीले युट्युब, टिकटक र फेसबुकबाट साढे तीन अर्ब कमाइ गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालीहरूले सामाजिक सञ्जालमा भिडियो कन्टेन्ट बनाएर पोस्ट गरी तीन अर्ब ५३ करोड तीन लाख रुपैयाँ कमाएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पछिल्ला दिनमा कन्टेन्ट क्रियटरहरू बढेका छन् । उनीहरूले सामाजिक सञ्जालमा भिडियो बनाएर नै लाखौँ रुपैयाँ आर्जन गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले पनि यस्तो कमाइको तथ्यांक राख्न थालेको छ ।

त्यसैगरी विदेशीलाई अडियो तथा भिडियोको काम दिएर देशबाट ७८ करोड ९० लाख रुपैयाँबाहिर पठाइएको छ ।

नेपालीले विदेशी भिडियो तथा अडियो सेवा लिएबापत यो रकम अन्य देशमा पठाउने गरेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्यो, बाह्य सूचकहरू पनि हालसम्मकै उच्च

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरू सकारात्मक बन्दै गएको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत आव २०८१/८२ मा आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३ दशमलव ६७ प्रतिशत थियो । त्यस्तै, वार्षिक औसत मुद्रास्फीति ४ दशमलव ०६ प्रतिशत थियो । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार गत आवमा सोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा थियो । त्यस्तै, आयात १३ दशमलव ३ प्रतिशतले र निर्यात ८१ दशमलव ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १ दशमलव २ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो ।

आव २०८१/८२ मा कुल १७ खर्ब २३ अर्ब २७ करोडबराबर विप्रेषण भित्रिएको छ । अघिल्लो आवको तुलनामा यस आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो । गत असार महिनाको विप्रेषण आप्रवाह मात्रै १ खर्ब ८९ अर्ब ११ करोड छ ।

त्यसैगरी, २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव २ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तसम्ममा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोडबराबर हो । उक्त सञ्चितिले १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचकहरू सुधार हुँदै जाँदा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेको छ ।

त्यसैगरी, आव २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२ दशमलव ५ प्रतिशतले बढेको छ । अघिल्लो आव यस्तो मुद्राप्रदाय १२ दशमलव ९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १२ दशमलव ६ प्रतिशतले वृद्धि भई रू ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा आठ दशमलव ४ प्रतिशतले वृद्धि भई ५४ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक १८ अंकले घट्यो, यी कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अंकले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो । आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ८८, विकास बैंक एक दशमलव ६९, वित्त शून्य दशमलव ५३, होटल तथा पर्यटन शून्य दशमलव ६८ र जलविद्युत् एक दशमलव १९ प्रतिशतले घटेको छ ।

त्यस्तै, लगानी शून्य दशमलव ७८, जीवन बिमा शून्य दशमलव ४४, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फण्ड शून्य दशमलव १६, निर्जीवन बिमा शून्य दशमलव ५०, व्यापार शून्य दशमलव १९ र अन्य समूह शून्य दशमलव १० प्रतिशतले घटेको छ ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव २९ प्रतिशतले घटेको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको रू एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ बराबरको १२ लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच भएको छ ।

भारतमा सिरिज खेल्दै नेपाल ‘ए’ टोली

काठमाडौँ । नेपालको ‘ए’ टोलीले भारतमा पाँच खेलको टी–२० सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार नेपालले भारतको गुवाहटीमा अगस्ट २६ देखि सेप्टेम्बर ३ तारिखसम्म सिरिज खेल्न लागेको हो । भारतको आसाम प्रदेशसँग सिरिज खेल्ने तय भएको क्यानले जनाएको छ ।

क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ । नेपालको मुख्य टोली भने अहिले टप एन्ड टी–२० सिरिजका लागि अष्ट्रेलियामा छ । नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको छ ।

भारत भ्रणका लागि क्यानले घोषणा गरेको खेलाडीहरुमा कप्तान साहसहित शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री हुनुहुन्छ ।

ओलीले भने– देउवा तयार नहुँदा मन्त्री फेर्न सकिएन, भदौ दोस्रो सातासम्म कुरौँ

काठ्माण्डौँ । प्रधानन्त्री केपी शर्मा ओलीले कार्यक्षमता राम्रो नभएका मन्त्री फेर्न खोजेको धेरै समय भए पनि सत्ता सहयात्री दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नचाहेकोले ढिला भएको बताएका छन्।

आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाई नयाँ नियुक्तिका लागि नाम लिएर बालुवाटार पुगेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राईसँग ओलीले देउवा तयार नभएकैले मन्त्री फेरबदल रोकिएको दाबी गरे।

ओलीले भनेका कुरा राईले आफ्ना पार्टीका नेतालाई ब्रिफिङ गरेका छन्।

ओली सरकारमा जसपाबाट अहिले प्रदीप यादव खानेपानी मन्त्री र नवलकिशोर साह महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री छन्। जसपाले उनीहरू दुवैलाई फिर्ता बोलाएर खानेपानीमा वीरेन्द्र महतो र महिला बालबालिकामा रञ्जु ठाकुरलाई पठाउने निर्णय गरिसकेको छ।

जसपा पदाधिकारी बैठकले मन्त्री हेरफेर गर्ने निर्णय गर्दै नाम चयन गर्ने जिम्मा अध्यक्ष राईलाई दिएको थियो।

सोही अनुसार नाम सूची बोकेर गत साता बालुवाटार पुगेका अध्यक्ष राईलाई प्रधानमन्त्री ओलीले कम्तीमा भदौको दोस्रो हप्तासम्म पर्खिन भनेका छन्।

‘कांग्रेसको पनि मन्त्री फेर्नुपर्नेछ, पर्फमेन्स नै दिन सकेका छैनन् कांग्रेसका मन्त्रीले, यसबारे सभापति शेरबहादुर देवाजीलाई पनि भनेको हो,’ प्रधानमन्त्री ओलीले राईसँग भने, ‘तर, शेरबहादुर देउवाजी मन्त्री फेर्न तयार हुनुभएन। उहाँले फलानालाई हटाए शेखर रिसाउलान्, अर्काे हटाए गगन रिसाउलान्, अझ अर्काे हटाए शंशाक, कृष्ण सिटौला रिसाउलान्, अब सबैका मान्छेलाई राखिएको छ, हटाउँदा बेकार रिसाउँछ भनेर भनेकोले मैले अहिले छुँदिनँ।’

यद्यपि, अझै पनि कांग्रेस सभापति देउवालाई मनाएर अहिलेका मन्त्रीहरूमध्ये अधिकांश परिवर्तन गर्न आफ्नो प्रयास रहेको पनि प्रधानमन्त्री ओलीले बताए।

‘कांग्रेसले नाम दिए सकेसम्म भदौको पहिलो हप्ताभित्र गर्छु,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै राईले पार्टीका नेतासँग भने,  ‘यदि कांग्रेसले नाम नदिए पनि भदौको दोस्रो हप्ता जसपा र लोसपाका मन्त्री फेरबदल गरिदिन्छु।’

लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री छन्।

प्रधानमन्त्री ओलीले ढिलाइ गरेपछि जसपाको शनिबार (भदौ ७) बसेको पदाधिकारी बैठकले मन्त्री हेरफेर गर्ने यसअघिकै निर्णय कार्यान्वयनका लागि ताकिता गरेको छ।

अघिल्लो वर्ष २०८१ असार ३१ गते एक वर्षको लागि भनेर मन्त्री पठाइएको र त्यही निर्णय कार्यान्वयन गर्ने उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिए।

‘हामीले सरकारलाई समर्थन गरेर मन्त्री पठाउँदा गत वर्षकै निर्णय थियो– एक वर्षका लागि मन्त्रीहरूलाई काम गर्न दिने,’ बस्नेतले नेपालखबरसँग भने, ‘एक वर्ष पुगेपछि आर्थिक वर्षको सुरुमै अरु सांसदलाई सरकारमा पठाउने पूर्ववत् निर्णय कार्यान्वयन गर्ने निर्णय भएको हो।’

अध्यक्ष राईले प्रधानमन्त्रीलाई नाम पनि दिइसकेको उनले बताए।

‘मन्त्री बन्ने दुई जनाको नाम प्रधानमन्त्रीलाई धेरै अगाडि दिइसकेका छौँ, सरकारलाई दिएको समर्थन जारी छ,’ बस्नेतले थपे, ‘नाम दिएकैलाई प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्नुहुन्छ।’

२०८१ असार ३१ गते मन्त्री पठाउँदा नै एक वर्षको अवधि सकिएपछि फिर्ता आउनुपर्ने निर्णय भएकोले अहिले गएका मन्त्रीहरू समेत जानकार रहेको उनी बताउँछन्।

हिजो (शनिबार) को बैठक पुरानो निर्णय कार्यान्वयनको लागि मात्र बसेको उनको भनाइ छ।

नेताहरूका अनुसार, नयाँ मन्त्री पठाउने विषयमा अध्यक्ष राईले जेठदेखि नै सांसदहरूसँग छलफल गरेका थिए।

‘पार्टीले दिएको अधिकारको प्रयोग गर्दै अध्यक्षज्यूले सबै सांसदसँग छलफल गरेर नयाँ टिम पठाउने निर्णय गर्नुभएको हो,’ सांसद ठाकुरले भनिन्, ‘प्रधानमन्त्रीलाई पाँचपटक भेटेर पार्टीमा समस्या हुन्छ भन्दै छिटो मन्त्री फेर्न आग्रह पनि गर्नुभएको हो। तर किन ढिलाइ गर्नुभएको हो, बुझ्न सकिएन।’

कांग्रेस र एमालेसहित साना ६ दलको समर्थनमा केपी शर्मा ओली नेतृत्वको सरकार २०८१ असार ३१ गते गठन भएको हो।
प्रधानमन्त्री ओलीले पनि आफ्ना मन्त्रीलाई एक वर्षको लागि मात्र नियुक्त गरेको भन्दै राम्रो काम गर्न निर्देशन दिएका थिए।
ओली सरकारले १३ महिना पूरा गरिसकेको छ।

विदेशी मुद्रा सञ्चितिमा नयाँ रेकर्ड, साढे १९ अर्ब डलर पुग्यो

काठमाडौं । गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भएको छ । गत असारसम्म यस्तो सञ्चिति ३१.२ प्रतिशत बढेर २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । गत ०८२ असार मसान्तमा २७.७ प्रतिशत वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३०.६ प्रतिशत वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३६.६ प्रतिशत बढेर दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम छ । ०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ‍०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत छन् ।

कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामग्रीमा ल्याउने तयारीमा छाैँ : मन्त्री पन्त

काठ्माण्डौँ । शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् ।

आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखि चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् ।

‘अहिले प्रचलन के छ भने एक कक्षादेखि चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरू किताब चाहिँ जनक शिक्षा सामग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौँ । एक, दुई, तीन, चारमा चार कक्षा चाहिँ सरकारमा ल्याऔँ । एक, दुई, तीन चाहिँ उनीहरूको नघटाइ दिऊँ,’ मन्त्री पन्तले भने ।

उनले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरूले मेसिनको आपूर्ति गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिनेसमेत बताए ।

जसपाका दुई मन्त्री फेरिँदै

काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । पार्टीको यसअघि बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकारमा मन्त्री रहेका प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने र डा.वीरेन्द्र महतो र रञ्जु झालाई मन्त्रीमा पठाउने निर्णय भएको हो।

यस वर्षको गौरा पर्व १५ भदौमा मनाइने

यस वर्षको गौरा पर्व यही भदौ १५ गते मनाइने भएको छ । अठोला पञ्चाङ्गका पञ्चाङ्कार ज्योतिष डिल्लीराज जोशीद्वारा हस्ताक्षरित प्रकाशित विज्ञप्तिमा भदौ १२ देखि सुरु भई १५ गते मुख्य दिनका रुपमा मनाइने जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘गौरा पर्व पर्वतराज हिमालय पुत्री पार्वतीको कठोर तपस्याले सफलता प्राप्त गरेको सुखद उपलक्ष्यमा वैदिक कालदेखि मनाइँदै आएको हाम्रो मौलिक सांस्कृतिक पर्व हो, गौरा पर्वमा व्रतालु नारीहरूको प्रमुख भूमिका रहेको हुन्छ ।’

विज्ञप्तिमा उल्लेख भए अनुसार भदौ १२ गते भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ७ः१० बजेसम्म सिंह लग्न र अपरान्ह ३ः५४ बजेसम्म पञ्चमी तिथि रहेको छ तथा यसैदिन बिरुडा (पञ्च अनाज)भिजाउने बिरुडा पञ्चमी पनि रहेको छ । यस्तै भदौ १३ गते बिरुडा धुने षष्ठीतिथि साँझ ५ः५४ बजेसम्म रहेको छ ।

यसै दिनमा बिरुडा धुने र नोला(पानीको धारामा) गोरा पुजिने गरिन्छ । भदौ १४ गते गौरा सप्‍तमी र अमुक्ताभरण सप्तमी साँझ ७ः५७ बजेसम्म रहेको छ । यसैदिन गौरा भित्र्याउने, गौरा र दुबधागो पुजन रहेको छ । भदौ १५ गते दुर्वाष्टमी व्रत, गौरा पर्वको मुख्य दिन अठ्वाली अनुराधा नक्षत्र अपरान्ह ३ः५६ बजेसम्म रहेको जनाइएको छ ।

अठोला पञ्चाङ्गका अनुसार नयाँ सृष्टि, माया–प्रेमाकर्षण, शान्ति, धैर्यता, पारिवारिक मिलन, सामाजिक–सद्भाव, हर्ष र बन्धुत्वको सन्देश बोकेको यो पर्वमा मनस्विनी, शिवशक्ति माँ गौरीको तपलाई अनुसरण गरी महिला पवित्र रही, चार दिनसम्म निराहार व्रत बसी, गौरी– महेश्वरको प्रतिमा बनाई मङ्गलामुखी बाणी (सगुना) र बिरुडाको प्रसादले इच्छित फल प्राप्तिका लागि गौरी–महेश्वरको ध्यानमग्न भई पूजा–आराधना गर्ने गर्दछन् ।

महिलाले यस वर्ष दुबधागो उत्तराभिमुख भई लगाउँदा शुभ रहेको छ । आफ्नो अनुकूलता र चलनअनुसार गोराः सेलाइने (समापन) छ । यसवर्ष गौरा पर्व भाद्र शुक्ल पक्षमा परेको हुँदा नौली गोरिया (नवविवाहिता नारी)ले उज्याली गोराः मा दुबधागो लाउन पाउने हुँदा गौरा पर्व थप उल्लासमय हुनेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा पञ्चतन्मात्राज्ञमा माँ गौरीको कृपादृष्टि बनिरहोस् भन्ने कामना गर्दै, अमूल्य निधि र वैभवका रूपमा रहेका हाम्रा धार्मिक र सांस्कृतिक पर्व हरितालिका तीज, गणेश चतुर्थी, ऋषिपञ्चमी र गौरापर्वको सुखद उपलक्ष्यमा व्रतालु महिला दिदीबहिनी, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइको सुस्वास्थ, सुख, शान्ति र समृद्धिको हृदयतः मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।’

महाधिवेशन प्रभावित पार्ने खालका क्रियाकलाप नगर्न लिङ्देनलाई राणाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री धवलशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनलाई प्रभावित पार्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री राणाले आगामी मंसिरमा पार्टीको महाधिवेशन गर्ने समय आएकाले त्यसलाई प्रभावित गर्ने कुनैपनि काम नगर्न पार्टी नेतृत्वलाई आग्रह गरे हो ।

महाधिवेशन समयमा निष्पक्ष रूपमा हुनुपर्ने उल्लेख गर्दै राणाले सवै पक्षलाई बाधा अवरोध नपारि सहज रूपमा महाधिवेशन प्रतिनिधि छनोट गर्न दिनुपर्ने बताए ।

राणाले महाधिवेशनको मुखमा एकलौटी रूपमा नेता कार्यकतालाई हटाउने र स्पष्टीकरण माग्ने कार्यले देशभरका राप्रपा कार्यकर्ता चिन्तित रहेको धारणा राखे । उनले पार्टी विधि विधानविपरीत नेतृत्वले एकपक्षीय ढंगले निर्णय गर्दा केहि समस्या देखिएको जिकिर गरे ।

त्यस्तै उनले कुनै हालतमा राप्रपालाई फुट्न नदिने स्पष्ट पार्नुभयो । नेतृत्वका विषयमा केही फरक मत भएपनि पार्टी फुटाएर अघि बढ्ने सोच आफूहरूको नरहेको राणाले प्रष्टीकरण दिए ।

महामन्त्री राणाले अध्यक्ष पार्टीको अभिभावक रहेकाले सबैलाई मिलाएर अघि बढ्न खोजे सबै कुरा मिल्ने तर एकलौटी निर्णय गरे मान्य नहुने चेतावनी दिए । उनले आगामी महाधिवेशनको मिति तोक्न ढिलाइ गर्न नहुनेमा समेत जोड दिए ।

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक, आइतबार ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं– बैंकिङ प्रणालीमा लगानीयोग्य रकम फालाफाल भएको छ । आइतबार (भदौ ८ गते) तरलता व्यवस्थापन गर्नेका लागि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

केन्द्रीय बैंकले २१ दिनका लागि बोलकबोल माध्यमबाट दिउसो ३ बजेट ५० अर्ब रुपैयाँ खिच्ने भएको हो । ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान हुनुपर्ने राष्ट्र बैंकले बताएको छ ।

यूएईमा नेपालीको पिडा : कोहीको सडकमा बास,कोही अलपत्र

काठमाडौँ । आकर्षक रोजगारीको प्रलोभनमा परेर संयुक्त अरब इमिरेट्स पुगेर अलपत्र परेका ८ नेपालीको उद्धार गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी यूएईको पहलमा ८ जना नेपाली श्रमिकलाई उद्धार गरी नेपाल पठाइएको हो।

एनआरएनएका अनुसार उद्धार गरिएकाहरुमा कृष्णप्रसाद मराइज, लिला बहादुर तामाङ, अमन तामाङ, राजन बस्नेत, सबिन विक, हेमबहादुर सुनार र राज विक रहेका छन्। उनीहरुले सम्झौता अनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै एनआरएनए एनसीसी यूएई अध्यक्ष विकास शाहीलाई निवेदन दिएका थिए।

नेपालबाट म्यानपावर मार्फत यूएई पुगेका उनीहरू सुरुमै सम्झौता अनुसारको काम तथा सुविधा नपाएर पछि काम र तलब समेत नपाउने, साथै बस्न र खानसमेत नपाएर सडकमा दिन बिताउन बाध्य भएको यथार्थ बुझिएपछि बुझेपछि एनआरएनले उद्धारका लागि पहल गरेको थियो।

एनआरएनए अध्यक्ष शाही, उपाध्यक्ष तथा राहत उद्धार समिति संयोजक भीम मल्ल ठकुरीको समन्वयमा पिडित भनिएकाहरुको अबस्था र बास्तबिकता बुझि संस्थाले सहयोग गर्ने निर्णय गरेअनुसार उद्धार गरेको एनआरएन यूएईका प्रवक्ता रुद्र थापाले जानकारी दिए। उद्धार अन्तर्गत ४ जनाको हवाई टिकट एनआरएनएले नै व्यवस्था गरेको थियो भने बाँकी ३ जनाको टिकट समाजसेवी सबिन तामाङको सहयोगमा जुटाइएको थियो।

यस्तै, एक वर्षअघि युएई पुगेका झापाका डम्बर बहादुर कार्कीलाई पनि उद्धार गरी एनआरएनएले स्वदेश फर्काएको छ। कार्की चार महिनाअघि कम्पनी बन्द भएपछि मालिक सम्पर्कविहीन भएपछि अलपत्र परेका थिए । बसोबास र खाद्यान्नको समस्या भोगिरहेका उनलाई नेपाल फर्किने टिकटको अभावले थप कठिनाइ भएपछि एनआरएनएमा निवेदन दिएका थिए।

निवेदन अनुसार उनको अवस्थाको जानकारी लिएपछि एनआरएनए सह-कोषाध्यक्ष नवराज ढुङ्गानाज्यूले आफ्नो जन्मदिनको अवसरमा नेपाल फर्किनको लागि आवश्यक हवाई टिकट उपलब्ध गराएका थिए।

त्यसपछि उनलाई पनि नेपाल फर्काईएको प्रवक्ता थापाले बताए। एनआरएनएले पछिल्लो समय दलालको प्रलोभनमा परेर युएई पुगेर अलपत्र तथा भोकभोकै परेका नेपालीहरुको पिडामा मलम लगाउदै आइरहेको छ।

गृहमन्त्री भन्छन्– संविधान असफल भए अकल्पनीय द्वन्द्व सुरु हुन्छ

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन् । आइतबार (भदौ ८) काठमाडौमा आयोजित एक कार्यक्रममा उनले वर्तमान संविधान असफल भए देशमा अकल्पनीय द्वन्द्व सुरु हुने बताए ।

संविधान निर्माणका निम्ति २० वर्ष लागेको उनले स्मरण गरे । यो असफल भए अर्को २० वर्षमा पनि संविधान बनाउन नसकिने उनले जिकिर गरे । संविधानको रक्षा, यसको सुदृढीकरण, समयसापेक्ष संशोधन आजको आवश्यकता भएको उनको भनाइ थियो ।

समय र समाजको विकासको गतिअनुसार संविधान पनि परिमार्जन गर्नुपर्ने उनले बताए । समयसापेक्ष संविधान संशोधनका निम्ति वर्तमान सरकार गठनको बेला नेपाली (कांग्रेस) र नेकपा (एमाले)ले सहमति गरेको पनि उनले उल्लेख गरे । सरकार गठनको एक वर्षमा पनि संविधान संशोधनको कार्य सुरु गर्न नसकिएको उनले स्वीकार गरे ।

उपराष्ट्रपति यादव र सुआनबीच वार्ता : एयर कनेक्टिभिटी र पर्यटन प्रवर्द्धन गर्ने सहमति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र उनका भियतनामी समकक्षी भो थी आन्ह सुआनबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ ।

आइतबार (भदौ ८) बिहान काठमाडौंको होटेल याक एन्ड यतीमा भएको भेटवार्तामा व्यापार, लगानी, जलविद्युत्, पर्यटन र सांस्कृतिक सहकार्यका विषयमा छलफल गरिएको बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

वार्तामा नेपाल–भियतनाम सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले बताए । दुवै पक्षबाट मित्रता, सद्भावना र द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए ।

भेटवार्तामा उच्च तहमा भ्रमण आदानप्रदान, सांस्कृतिक र धार्मिक सहकार्य, पर्यटन प्रवर्द्धनका निम्ति एयर कनेक्टिभिटी, व्यापार, लगानी र डिजिटल रूपान्तरणका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल गरिएको अधिकारीले बताए ।

भियतनामको तीव्र आर्थिक वृद्धि नेपालका निम्ति सिकाइको अवसर भएको उनले उल्लेख गरे । दुवै देशले जलवायु परिवर्तन र वातावरणीय चुनौतीको सामनाका निम्ति सहकार्य गर्ने सहमति पनि भएको उनले जानकारी दिए ।

उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार (भदौ ७) काठमाडौं आइपुगेकी सुआनको यो भ्रमण नेपाल र भियतनाम कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा भएको हो । भियतनामबाट नेपालको यो पहिलो उच्चस्तरीय भ्रमण समेत हो ।

एसिया कपका लागि राशिदको कप्तानीमा अफगानिस्तानको टोली घोषणा

८ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि अफगानिस्तानले १७ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको नेतृत्व स्टार खेलाडी राशिद खानले गर्नेछन्।

अफगानिस्तानले पहिलो खेल सेप्टेम्बर ९ मा हङकङसँग खेल्नेछ। एसिया कप सुरु हुनु अघि अफगान टोलीले अगस्ट २९ देखि यूएई र पाकिस्तानसँगको टी–२० त्रिकोणात्मक सिरिज खेलेर तयारी गर्नेछ।

यसअघि सन् २०२४ को टी–२० विश्वकपमा न्यूजिल्यान्ड र अष्ट्रेलियाजस्ता टोलीलाई हराउँदै सेमिफाइनलसम्म पुगेको अफगानिस्तान यसपटक पनि बलियो प्रदर्शन गर्ने लक्ष्यमा छ।

राशिद खानसहित मोहम्मद नाबी, करिम जनत र गुलबदिन नैबजस्ता अनुभवी खेलाडी टोलीमा छन् भने रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानजस्ता युवा ब्याटरले शीर्षक्रम बलियो बनाउने अपेक्षा गरिएको छ।

एसिया कप सेप्टेम्बर ९ देखि यूएईमा सुरु हुँदैछ ।

अफगानिस्तानको टोली: रशिद खान (कप्तान), रहमानुल्लाह गुरबाज, इब्राहिम जादरान, डारविश रसुली, सेडिकुल्लाह अटल, अजमतुल्लाह ओमरजई, करिम जनत, मोहम्मद नाबी, गुलबादिन नैब, शरफुद्दिन अशरफ, मोहम्मद इशाक, मुजीबुर् रहमान, अल्लाह गजनफर, नूर अहमद, फारिद मलिक, नभीन उल हक, फजलहक फारुकी

नेपालको ‘ए’ क्रिकेट टोलीका कान्छा स्पिनर घोषणा

काठ्माण्डौँ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपालको ‘ए’ क्रिकेट टोली घोषणा गर्‍यो। भारतको आसाम स्टेट टोलीसँग पाँच खेलको टी-२० सिरिजका लागि क्यानले पछिल्लो एक वर्षपछि नयाँ ‘ए’ टोली घोषणा गरेको हो। यो टोली यसै साता भारत जाने कार्यक्रम छ।

टोलीमा रहेका सबैभन्दा कान्छा खेलाडी युवराज खत्रीले पहिलो पटक सिनियर खेलाडी सम्मिलित प्रतियोगितामा भाग लिँदैछन्।

१७ वर्षीय स्पिनर युवराजलाई नेपाली क्रिकेटको ‘भविष्य’ को रूपमा लिने गरिन्छ। युवराजले सिनियर टोलीमा पहिलोपटक स्थान बनाए पनि उनले १६ वर्षकै उमेरमा उमेर समूहका प्रतियोगितामा भने उत्कृष्ट खेल्दै सबैको ध्यान खिचेका थिए।

उनले सुदूरपश्चिमको यू-१९ टोली हुँदै नेपालको यू-१९ राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेलिसकेका छन्।

यो सिजन उनले नेपाल प्रिमियर लिग (एनपिएल) पनि खेल्दैछन्। सानै उमेरमा उनलाई भित्र्याउन ५ वटा एनपिएल टोलीले बोली लगाएका थिए।

उनी यो सिजनको अक्सनका लागि ‘बी’ श्रेणीमा थिए।

नेपालको यू-१९ टोलीबाट एसिया कप र विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी सबै टोलीको नजरमा थिए।

यस्तै सिनियर टोलीका प्रशिक्षक स्टुअर्ट लको आँखामा परेका स्पिनर हुन्, युवराज।

पछिल्ला दुईवटा बन्द प्रशिक्षणमा लले उनलाई स्थान दिइसकेका छन्। अन्तिम टोलीमा नपरेका उनलाई अहिले नेपालको ‘ए’ टोलीमा स्थान दिइएको हो।

अछाम जिल्लाको चौरपाटीका युवराज सानै उमेरमा क्रिकेटप्रति मोहित थिए। घरैमा हातले बनाएको ब्याट र मोजाको बलले क्रिकेटको यात्रा सुरू गरेका युवराजलाई उनका दाइ जीवनले ८ वर्षको उमेरमा क्रिकेट सिकाउन काठमाडौं ल्याएका थिए।

काठमाडौंको एन्जल हार्ट्स एकेडेमीमा भर्ना भएर पढाइ र क्रिकेट सँगै अघि बढाएपछि उनको क्रिकेट करिअरले पनि गति लिन थालेको हो। सुरुमा काठमाडौं जिल्लाबाट क्रिकेट घरेलु खेलेका उनले पछि सुदूरपश्चिम प्रदेशबाट घरेलु उमेर समूहका क्रिकेट खेले।

त्यसपछि नेपालको उमेर समूहको टोलीमा परेका युवराजले गत वर्ष मुलपानीमा भएको यू-१९ विश्वकपमा छनोटमा उत्कृष्ट खेल देखाए। त्यतिबेला नेपाली यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचनले युवराजलाई नेपाली टोलीको ‘ट्रम्प कार्ड’ भनेका थिए।

उमेर समूहबाट सिनियर टोलीको बन्द प्रशिक्षणसम्मको यात्रा गरेका युवराजलाई एनपिएलले थप एक्सपोजर दिने  विश्वास गरिएको छ।

उनलाई भित्र्याउन सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, विराटनगर र चितवनले बोली लगाएका थिए। लक्की ‘ड्र’ मार्फत् युवराज कर्णालीमा १० लाख रूपैयाँमा आबद्ध भए।

एनपिएलअघि नेपालको ‘ए’ टोलीबाट भारत भ्रमण गर्दा उनलाई थप अनुभवी हुने मौका मिल्नेछ।

नाडा अटो शो २०२५: पाँच दिनमै १ लाख ४९ हजारले गरे अवलोकन

काठमाडौं : ‘नाडा अटो शो’ ले यस वर्ष ऐतिहासिक उपलब्धि हासिल गरेको छ। पाँच दिनमा १ लाख ४९ हजार ८ सय ८१ जनाले शो अवलोकन गरेका छन्। जसले आम जनताको नवप्रविधि र अटोमोबाइलप्रति चासो र उत्साह प्रष्ट गरेको छ।

शोको पाँचौं दिन नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, तातोपानी भन्सार कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडाल, सिजी होल्डिङ्सका अध्यक्ष अरुणकुमार चौधरी र कलाकार सन्दीप क्षेत्रीले प्रदर्शनी अवलोकन गरेका थिए।

त्यसै दिन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सडक र यातायातसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। साथै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा ‘मेड इन नेपाल’ विषयमा पनि अन्तरक्रिया कार्यक्रम भएको थियो।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षले भने, ‘यस उपलब्धिले हाम्रो अपेक्षामा वृद्धि गरेको छ र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य-उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउने हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।’

खोज्नुहोस