१ हजार दरका ४३ करोड थान नोट छाप्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाईको लागि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले तोकेका पूर्वयोग्यता पुरा गरी छनोट भएको ६ वटा कम्पनीले उक्त प्रतिस्पर्धामा भाग लिन पाउने आह्वान गरेको बोलपत्रमा उल्लेख छ ।

१ हजार रुपैयाँ दरको नोट डिजाइन, छपाई र आपूर्ति तथा वितरणको लागि केन्द्रीय बैंकले बोलपत्र आह्वान गरेको हो । २०८१ फागुनमा प्रकाशित भएको पूर्वयोग्यता पुरा गरेका ६ कम्पनीले मात्रै प्रतिस्पर्धामा सहभागी हुन पाउने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

बोलपत्रप प्रक्रियामा सहभागी हुनेले एकपटक आर्थिक प्रस्ताव र प्राविधिक प्रस्तावको शिलबन्दी बोलपत्र पेश गर्न सक्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

बोलपत्र पेश गर्ने कम्पनीले बोलपत्र कागजात खरिद गर्न नेपाली रुपैयाँ २० हजार वा १४४ अमेरिकी डलर, १२३ युरो वा १०७ पाउन्ड स्टर्लिङ भुक्ताती गर्नुपर्ने हुन्छ । १० अक्टोबर २०२५ भित्र बोलपत्र पेश गरि सक्नुपर्ने सूचनामा उल्लेख छ । पेश गरिएका बोलपत्र २०२५ अक्टोबर १० तारिखमा नै खोलिने सूचनामा उल्लेख छ । बोलपत्र १२० दिनसम्म मान्य हुने र धरौटीका लागि ६ करोड ४० लाख रुपैयाँ धरौटी राख्नुपर्ने हुन्छ ।

नेपाली नोट छाप्न पूर्व योग्यता पुरा गर्ने कम्पनीहरू चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् रहेका छन् । यीमध्ये एउटा कम्पनीले राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा सहभागी हुन पाउँछन् ।

हरितालिका तीज : पशुपतिमा भक्तजनकाे घुइँचाे

काठमाण्डाै – हरितालिका तीजका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेकाे छ ।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका ४ वटै ढोका नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो । अहिलेसम्म लाइनमा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

यसैबीच तीजको दिन आज पशुपतिमा पुग्ने भक्तजनको सहजताका लागि पशुपतिमा क्षेत्र विकास कोषले विभिन्न सुविधा दिएको छ । पहिलो पटक गर्मी र उकुसमुकुसबाट केही शीतलता प्रदान गर्न यसपालि कृत्रिम वाटर ड्रपलेट (पानी वाष्पीकरण) गराइएको छ ।

पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने ४ वटा लाइनको व्यवस्था गरिएको छ ।

नाडा अटो शोमा जिनपिङको लिङ्बक्स ईसी ०१ कार सयभन्दा बढि बुकिङ

काठमाडौं ।

काठमाडौंकाे भृकुटीमण्डपमा आईतबार सम्पन्न अटोमोबाइल मेला ‘नाडा अटो शो २०२५’ मा लञ्च भएकाे विद्युतीय गाडी (ईभी) ब्रान्ड जिनपिङकाे लिङ्बक्स ईसी ०१ कार १०० बढी बुकिङ भएकाे छ ।

ठाकुर माेटर्सका अध्यक्ष हरिशंकर ठाकुरले १०० बढी कार बुकिङ भइसकेकाे र अर्कोहप्ता थप परिस्कृत माेडलमा नेपाली बजारमा कार आइसकेपछी माग उल्लेख्य बढ्ने विश्वास व्यक्त गरे ।

ठाकुर माेटर्सका अध्यक्ष ठाकुरले ग्राहकबाट पाएकाे विश्वास र प्रतिक्रियाले आफूहरु उत्साहित भएकाे बताए ।

ग्राहकले मेलामा कम मुल्यमा स्तरीय कार खाेजिरहेकाे र जिनपिङकाे लिङ्बक्स ईसी०१ कारले त्याे चाहना पुरा गरेकाे ठाकुरकाे भनाइ छ ।

सस्तो मूल्य, धेरै रेन्ज , आकर्षक डिजाइन र अत्याधुनिक फिचरका साथ नेपाली बजारमा भित्र्याएको याे गाडी नाडा शो सुरु भएको दिन देखिनै धेरैकाे आकर्षण बनेकाे थियाे ।

लिङ्बक्स ईसी०१ नेपालमा उपलब्ध अहिलेसम्मकै किफायती मूल्यमा पाइने, सबैभन्दा बढी रेन्ज दिने ईभी कारको रूपमा रहेको छ । जसका कारण मेलामा आएका धेेरै अवलोकनकर्ताकाे राेजाइमा लिङ्बक्स परेकाे हाे ।

यो ईभी कार दुई मोडेलमा उपलब्ध छ । बेस मोडेलमा १९.२६ किलोवाटको ब्याट्री छ, जसले करिब २४० किलोमिटर रेन्ज दिन्छ । यस्तै, प्रिमियम मोडेलमा ३१.४५ किलोवाटको ब्याट्री दिइएको छ, जसको दाबी गरिएको रेन्ज ३४० किलोमिटर छ। दुवै मोडेलमा समान ३५ किलोवाटको मोटर छ । गाडीमा एलएफपी प्रविधिको ब्याट्री राखिएकाे छ । याे ब्याट्री सुरक्षित र टिकाउ मानिन्छ ।

‘फाइभ डोर’ सुविधासहितकाे यो कारमा १२ फिट लम्बाइ, ५ फिट चौडाइ, ५.५ फिट उचाइ र ८ फिटको ह्वीलबेस छ । गाडीमा एसी र डीसी दुवै चार्जिङकाे सुविधा छ ।

२०० एमएमको ग्राउन्ड क्लियरेन्स भएकाे याे गाडी नेपालका जस्ताेसुकै उकालो, खाल्डाखुल्डी सडकहरूमा गुड्न सक्ने क्षमता राख्छ ।

कम्पनीले गाडीकाे बेस मोडेलको मूल्य १९ लाख ९९ हजार रुपैयाँ राखेकाे छ भने प्रिमियम मोडेलको मूल्य २४ लाख ९९ हजार रुपैयाँ ताेकेकाे छ ।

तर नाडामा बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष छुट दिएको छ। जसअनुसार, बेस मोडेल १८ लाख ९९ हजार, र प्रिमियम मोडेल २३ लाख ४९ हजारमा उपलब्ध छ ।

रुबी हत्या : रिक्सामा लगेका थिए शवसहितको सुटेकस, गौरमा भेटियो चप्पल

काठमाडौं ।  रौतहटको माधवनारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या गौर नगरपालिका–५ स्थित एक घरमा भएको खुलेको छ । सो घरमा डेरागरी बसेका माधवपुरका लक्ष्मण पासवानले हत्यापछि उनको शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरी स्रोतका अनुसार, उक्त शव ठेगान लगाउन पासवानले गौरको कबिर चोकबाट ई–रिक्सा बुक गरेका थिए । उक्त ई–रिक्सामा शवसहितको सुटकेस बोकेर पासवान बरहवा पुल पारी पुगेका थिए । पुल पारी पुगेपछि ई–रिक्साको पाङ्ग्रा बिग्रिएको थियो । सो क्रममा चालकले अर्को ई–रिक्सा बोलाउने प्रयास गरे ।

रिक्सा चालक राजकुमार महरा अहिले प्रहरीको नियन्त्रणमा छन् । महराले प्रहरीलाई बताए अनुसार, सुटकेस बोकेका ती व्यक्तिले अर्को रिक्सामा जान इंकार गरे । त्यसपछि पासवान सुटकेस लिएर पैदल नै अघि बढेको जानकारी रिक्सा चालक महराले प्रहरीलाई बयानका क्रममा भनेका छन् । सोही अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, गौर–५ को बालमन्दिर पछाडि रहेको एक घरमा रुबीको चप्पल लगायतका सामग्रीहरू पनि फेला परेका छन् ।

प्रहरी स्रोतका अनुसार, उक्त घटना घटेको दिनदेखि नै पासवान सम्पर्कविहीन छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बालेनले १५ करोड ‘टोकन मनी’ लिएको कवाड व्यवसायीको आरोप

काठमाडौँ । कवाड व्यवसायी समाज नेपालले विभिन्न पाँचबुँदे माग राख्दै आन्दोलनमा उत्रिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् । संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादति र संरचना भत्काउने कार्य तत्काल रोकिनुपर्ने, ज्यादतिमा संलग्न काठमाडौं महानगर प्रहरीलाई कानूनी कारबाही गर्नुपर्ने उनीहरुको माग छ ।

यसैगरी, कवाड व्यवसायी, संकलक र मजदुरको जिउ-धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौं महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग छ । कवाड व्यवसायी ओमप्रकाश सिंहले काठमाडौँ महानगरविरुद्ध अब निर्णायक आन्दोलन गर्ने बताए । उनले भने, ‘अब हामी पछाडि हट्ने छैनौँ । अब हामी कि त बालेनलाई बाध्य बनाउँछौँ । कि गर्छौँ, कि मर्छौं भनेर लागिपरेका छौँ । हाम्रो आन्दोलन अब सफल भएरमात्रै टुङ्गिनेछ ।’

कवाड आन्दोलन संघर्ष समिति संयोजक रामकेवल गुप्ताले कवाड व्यवसायीलाई हटाउन काठमाडौँ महानगरका मेयर बालेन साहले १५ करोड रुपैयाँ टोकन मनी थापेको आरोप लगाए । उनले आफूहरु संवैधानिक अधिकार र सरकारको कानूनभित्र बसेर कर तिरिरहेको बताए ।

उनले काठमाडौँका मेयर बालेनले आफूहरुको पेशा व्यवसाय सकाएको बताउँदै अब बालेन र महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई पनि सकाउने बताए ।

‘हामीले काठमाडौँको मेयरलाई सम्मान दिएको हो । सम्मान दिँदा-दिँदा हामी नै सकिन लाग्यौँ । हामी सकिने हो भने बालेन तिमीलाई पनि सकाउने हो । तिमीलाई राजु पाण्डेलाई यही टोलीले सकाउँछौँ । महानगरमा छिरेर तल रोडमा घिसार्ने छौँ । हामी सकिन लागेका छौँ । तिमीलाई पनि सकाउँछौँ । कवाड व्यवसायीले जहाँ भेट्छ, त्यही हान्छौँ ।’

कवाड व्यवसायी कृष्ण यादवले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने बताए ।

 

घाइते थप सात कैदीबन्दी स्थानान्तरण

धनगढी । कैलाली कारागार प्रशासनले झडपमा परेर घाइते भएका थप सात कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको छ । कारागारले आज चार जनालाई डडेल्धुरा कारागार र तीन जनालाई डोटी कारागारमा स्थानान्तरण गरेको हो । कारागारले यसअघि, तीन जनालाई कञ्चनपुर, एक जनालाई नवलपरासी र तीन जनालाई काठमाण्डौं स्थानान्तरण गरेको थियो ।

हालसम्म १४ कैदीबन्दीलाई स्थानान्तरण गरिसकेको कारागारका जेलर प्रकाश ढुङ्गानाले जानकारी दिए । उनले थप अरु पनि कैदीबन्दी स्थानान्तरणको प्रक्रियामा रहेको बताए । गत साउन २३ गते मध्यराति ब्लक ए मा रहेका कैदीले ब्लक बी का कैदीमाथि आक्रमण गर्दा एक कैदीबन्दीको मृत्यु भएको थियो भने ४८ जना घाइते भएका थिए ।

घाइते कैदीबन्दीलाई सेती प्रादेशिक अस्पतालले उपचार पश्चात डिस्चार्ज गरिसकेको छ । डिस्चार्ज गरिएका सबै कैदीबन्दीलाई कारागारमा नपठाइ कोरोना अस्पतालमा राखिएको छ ।

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

काठमाडौँ — नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो ।

विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुरु गर्न माग गर्दै २०८२ भदौ ११ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । भदौ १३ गतेदेखि भने कालो व्यानर राखेर सूचना तथा प्रशारण विभागमा धर्ना दिने निर्णय गरेको छ ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको साउन २० गतेदेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ । सरकारले सञ्चार माध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक हक हनन् गरेको महासंघको भनाइ छ ।

अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नवीकरण गर्न पाएका छैनन् । नवीकरण नभएकै कारण चाडपर्वको मुखमा विज्ञापनसम्बन्धी कारोबारमा समेत असहजता सिर्जना भएको छ ।

बैठकमा महासंघकी अध्यक्ष निर्मला शर्माले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुरु हुनुपर्ने माग गरिन् । उपाध्यक्ष उमिदप्रसाद बागचन्दले सरकारले एकपछि अर्को कानुन बनाएर नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा नियन्त्रण गर्ने प्रयास गरिरहेको बताए ।

महासचिव रामप्रसाद दाहालले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण रोकेर सरकारले असंवैधानिक कार्य गरेको बताए । सरकारको यस्तो हर्कतले नागरिकको संवैधानिक हक अवरुद्ध भएको उनको भनाइ छ । सरकारले तत्काल दर्ता र नवीकरणको काम सुचारु नगरे महासंघले आन्दोलन चर्काउने उनले बताए ।

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै

काठमाडौं– नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को गृहकार्य सुरु गरेको छ ।

क्रेडिट रेटिङको तयारीका लागि आज अर्थ मन्त्रालयमा बसेको बैठकमा तयारी राम्रोसँग गर्ने र नेपालले हासिल गरेका उपलब्धिहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले एक वर्षमा उल्लेखनीय प्रगति गरेको सन्देश जाने गरी तयारी गर्न निर्देशन दिए ।

बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत्लगायतमा हासिल भएका उपलब्धिहरूलाई प्राथमिकता दिनेबारे छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, सदस्य डा प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायत थिए।

बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले ‘क्रेडिट रेटिङ’सम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्ने गर्छ । सोभरेन क्रेडिट रेटिङका लागि अवस्था बुझ्न फिचको टोली नेपाल आउने कार्यक्रम छ । गत वर्ष फिचले गरेको सोभरेन क्रेडिट रेटिङमा नेपालले ‘बिबी माइनस’ पाएको थियो ।

खेल कूटनीतिमा पहल गर्दै नेपाल : जापानी टोलीसँग खेलकुदमन्त्रीको भेटघाट

काठमाडौं । नेपालमा खेल कूटनीतिलाई नयाँ उचाईमा पुर्‍याउने पहल स्वरुप विभिन्न विदेशी खेल पदाधिकारीसँग युवा तथा खेलकुद मन्त्री तेजुलाल चाैधरीले भेट गरेका छन् ।

केही दिनअघि मात्र अमेरिकी पारा खेलाडीहरूको टोलीसँग भेटघाट सम्पन्न गरेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सोमबार जापान पारा फेडरेसनका पौडी प्रशिक्षक मसातो साकाई र यामानो काजुमोरीसँग मन्त्रालयमा भेट गरेका छन् ।

नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठसहितको उपस्थितिमा सम्पन्न कार्यक्रममा मन्त्री चौधरीले अन्तर्राष्ट्रिय प्रशिक्षकलाई स्वागत गर्दै नेपाल पारा खेलाडीहरूको साहस र प्रतिबद्धतालाई राष्ट्रिय गौरवको रूपमा व्याख्या गरे। उनले नेपालका एक मात्र ओलम्पिक र पारा ओलम्पिक पदक विजेता पलेशा गोवर्धनको योगदान स्मरण गर्दै भने, ‘पलेशाले दिएको पदक हाम्रो गौरव हो। उहाँको उपलब्धिले देखाउँछ, दृढता र परिश्रम भए नेपाल पारा खेलाडीले विश्वमञ्चमा पुनः झण्डा फहराउन सक्छन्। पारा खेलाडीहरू नेपालको अभिमान हुन्।’

कार्यक्रममा राष्ट्रिय एन्टी–डोपिङ एजेन्सी (नाडा) नेपालका संस्थापक प्रमुख तथा एसियाली पारा ओलम्पिक कमिटीको मेडिकल तथा खेल विज्ञान समितिका सदस्य डा. अशिम भण्डारीले खेलाडीहरूको स्वास्थ्य, वैज्ञानिक तालिम र एन्टी–डोपिङ पालना अपरिहार्य रहेको उल्लेख गर्दै भने, ‘नेपाल अब केवल सहभागी मात्र होइन, पदक जित्ने राष्ट्रका रूपमा अघि बढ्दैछ। अन्तर्राष्ट्रिय सहकार्यले नेपाली पारा खेलाडीहरूको क्षमतालाई उजागर गर्नेछ।’

भेटघाटले नेपाल–जापान सहकार्यलाई अझ मजबुत बनाउँदै २०२६ पारा खेललाई लक्षित गर्ने साझा प्रतिबद्धता जाहेर गरेको छ।

पोखरामा माइक्रोबस दुर्घटना, २३ जना घाइते

 पोखरा- पोखरा–१३ आर्वास्थित मडकेल्नाको ओरालोमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग१ख ४०२७ नम्बरको बस मडकेल्नामा दुर्घटनाग्रस्त हुँदा चालकसहित २३ जना घाइते भएका हुन्। स्थानीय रबि बरालका अनुसार यात्रु लिएर काहुँखोलातर्फ आउँदै गरेको बस  मडकेल्नाको ओरालोमा सडकको दायाँतर्फको भित्तामा ठोकिएको थिए।

घाइते सबैलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो। दुर्घटनाका घाइतेमध्ये टङ्कप्रसाद देवकोटा र जमुना बरालको अवस्था मध्यम रहेको छभने अन्य सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले दिएको छ।

घाइतेमध्ये ११ जना उपचारपछि घर फर्किसकेका छन्। ‘डिस्चार्ज’ हुनेहरूमा चालक ४२ वर्षीय तेजबहादुर मगर, ४६ वर्षीय चन्द्रबहादुर आले, १५ वर्षीया सिम्रन बराल, ४४ वर्षीया मनमाया सुनार, २५ वर्षीया कविता पाण्डे, १० वर्षीय एञ्जल परियार, ४० वर्षीया नानुमाया परियार, २३ वर्षीया रचना बराल, ६ वर्षीय दिव्यान बराल, ४६ वर्षीय शरद बराल र ७० वर्षीय पदमराज बराल रहेका छन्।

अस्पतालमा उपचाररत अन्य घाइतेहरूमा पोखरा–१३ कै २० वर्षीया अञ्जली परियार, ३२ वर्षीया अनिता सापकोटा, ६५ वर्षीया अम्बिका ढकाल, ३० वर्षीया सुष्मा परियार, ९ वर्षीया सुप्रिया परियार, ६५ वर्षीया मनशोभा परियार, ५२ वर्षीया कोपिला बराल, ६२ वर्षीय टङ्कप्रसाद देवकोटा, ३२ वर्षीय मधु अधिकारी, ३७ वर्षीय चन्द्र पराजुली, ३४ वर्षीया पार्वती बराल र ५५ वर्षीया जमुना बराल रहेका छन्।

सुदूरपश्चिममा ६४ उजुरीमाथि विस्तृत अनुसन्धान गर्दै अख्तियार

कञ्चनपुर।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ।महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्चिममा विभिन्न उजुरीमाथि छानबिन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो।

आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज भट्टले गत आर्थिक वर्षमा अख्तियार दुरुपयोग तथाअनियमितसम्बन्धी एक हजार ६९६ उजुरी परेको बताए।

उनका अनुसार त्यसमा ४८९ उजुरी अघिल्लो आवको जिम्मेवारी सरेर आएका हुन् भने एक हजार १९८ नयाँ दर्ता भएका हुन्।आयोगको महेन्द्रनगरस्थित कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी ४०४ उजुरी कैलालीका छन् भने सबैभन्दा कम डडेलधुराका ११० उजुरी परेका छन्।

त्यस्तै दर्ता भएका उजुरीमा कञ्चनपुरका २४६, अछामका २१०, बाजुराका १९५, बझाङका ११७, अछामका २१०, डोटीका १०४, बैतडीका १६१ र दार्चुलाका १४९ उजुरी रहेको कार्यालयको तथ्याङ्क छ।

आयोगमा परेका उजुरीमध्ये करिब ५० प्रतिशत उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको सूचना अधिकारी भट्टको भनाइ छ।

त्यस्तैगरी अछाम र बैतडीका १३र१३ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको छ भने बाजुरा, बझाङ र कञ्चनपुरमा समान छरछ वटा उजुरीउपर विस्तृत अनुसन्धान चलिरहेको आयोगले जनाएको छ।

त्यस्तै कैलालीका नौ, दार्चुलाका सात, डोटीका तीन र डडेल्धुराको एक उजुरीमाथि पनि विस्तृत अनुसन्धान हुँदैछ।

विस्तृत अनुसन्धानपछि अनियमितता पुष्टि भए आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नेछ।

आयोगमा पर्ने अधिकांश उजुरी आशङ्का, व्यक्तिगत टकराबका कारण पनि आउने गरेको आवश्यक प्रमाण नभेटिँदा आयोगले स्क्रिनिङ्क र प्रारम्भिक अनुसन्धानबाटै फर्छ्योट गर्ने गरेको छ।

आयोगले गत आवमा दर्ता भएका उजुरीमध्ये एक हजार २३४ उजुरी फर्छ्योट गरिएको छ।

स्क्रिनिङ्गबाट ४८१, प्रारम्भिक छानबिनबाट ७५३ उजुरी फर्छ्योट गरिएको आयोगको कञ्चनपुर कार्यालयले जनाएको छ।साथै आयोगले ७३५ उजुरी तामेलिमा पठाएको छ भने दुई उजुरी सुझावसहित तामेली, २६० उजुरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई लेखि पठाएको र १७२ उजुरी अन्यमा गाभिएको छन्।

गृह मन्त्रालयले एक वर्षमा साढे सात लाख थान नागरिकता वितरण छाडे, साढे १३ हजारले लिए अंगीकृत नागरिकता

मन्त्रालयले एक वर्षमा साढे सात लाख थान नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा सात लाख ४१ हजार १२५ थान नागरिकता ७७ जिल्ला प्रशासन कार्यालयबाट वितरण गरिएको हो ।

गह मन्त्रालयका अनुसार, ०८१ साउन १ गतेदेखि ०८२ असार मसान्तसम्मको अवधिमा वंशजका आधारमा सात लाख २४ हजार ७०४ वटा, वैवाहिक अंगीकृतका आधारमा १३ हजार ७८० वटा र प्रतिलिपि ९८ वटा नागरिकता वितरण गरिएको छ ।

गत आर्थिक वर्षको पछिल्लो तीन महिना अर्थात् २०८२ वैशाखदेखि असार महिनासम्म वंशजको आधारमा दुई लाख ३६ हजार ९२५ र वैवाहिक अंगीकृतका आधारमा चार हजार ११ वटा नागरिकता वितरण भएको गृहको तथ्यांकले देखाउँछ ।

गत आर्थिक वर्ष दुई हजार ५४३ थान गैरआवासीय नागरिकता वितरण गरिएको थियो ।

गत वर्ष विभिन्न जिल्ला प्रशासन कार्यालयमा नागरिकतासम्बन्धी २८८ वटा उजुरी परेका थिए । परेका उजुरीमध्ये २१२ वटा फर्छ्योट गरिएको थियो ।

गृह मन्त्रालयका अनुसार, गत आर्थिक वर्ष ०८१/०८२ मा चार हजार ८१५ वटा नागरिकता रद्द/बदर गरिएको थियो । उक्त समयमा ११९ जनाले नेपाली नागरिकता परित्याग गरेका थिए ।

रुबीको हत्यारानजिक पुग्यो प्रहरी, सुटकेस लैजाने ई-रिक्सा चालक नियन्त्रणमा

रौतहट —  रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवा  कि २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी शव लुकाउन प्रयोग भएको ई-रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्ति गौर बजारका ई-रिक्सा चालक लक्ष्मण महरा हुन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई-रिक्सा ५ सयमा भाडामा लिएका थिए ।

गगापिप्रा गाउँसम्म सुटकेस लैजान हत्याराले ई-रिक्सा भाडामा लिएको प्रहरीको भनाइ छ । मुडलवा गेटनजिक पुगेपछि ई-रिक्साको चक्कामा समस्या आएको थियो । त्यसपछि ई-रिक्सालाई फिर्ता पठाइ सुटकेस सडकमै राखेर भागेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । रुबीको हत्याराको व्यापक खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए ।

शनिबार राति रुबीलाई आफ्नो डेरामा बोलाएर हत्या गरेको प्रहरीको भनाइ छ । ‘हत्या गर्नेको लगभग पहिचान भइसकेको छ,’ एक प्रहरी अधिकृतले भने । शनिबार साँझ करिब ६ बजे आमा मिथिलादेवी साहलाई फोन गरेर केही सामान ल्याउनु छ भन्दै रुबी गौर बजार गएकी थिइन् । रुबी त्यसपछि बेपत्ता भइन् । त्यस राति उनी घर फर्किइनन् ।

राति शंकास्पद अवस्थामा गौर नगरपालिका–९ मुडवलवा गेटस्थित सडकमा बेवारिसे सुटकेस फेला परेको थियो । स्थानीय प्रहरीलाई खबर गरेको थियो । राति शंकास्पद लागेपछि प्रहरीले सुटकेस खोलेन । आइतबार बिहान प्रहरी टोलीले खानतलासी गर्दा रुबीको शव फेला परेको थियो ।

जिल्ला अदालतमा बिगो बुझाउँदा पनि छाड्न अस्वीकार गरेपछि उच्च अदालत पुगे रवि लामिछाने

काठ्माण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेको भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका छन्।

सुप्रिम बचत तथा ऋण सहकारीको ठगी प्रकरणमा लामिछानेले आफ्नो दायित्वमा पर्ने दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको धरौटी रकम बुझाएर छाड्न माग गर्दै निवेदन दिएका थिए। तर उक्त निवेदनलाई जिल्ला अदालत रूपन्देहीले बदर गरेको छ।

उक्त निवेदनलाई बदर गर्ने आदेश चित्त नबुझेको भन्दै उच्च अदालतमा निवेदन दर्ता भएको सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

‘उहाँले बिगो रकम सहित जिल्लाको आदेश चित्त नबुझेको भनेर निवेदन दिनुभएको छ। निवेदन दर्ता भएको छ। पेसीको मिति यकिन भइसकेको छैन,’ उनले भने।

साउन २६ गते जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले रवि लामिछानेले बुझाएको बिगो रकम यकिन नै भइनसकेको भन्दै निवेदन अस्वीकार गरेको थियो।

‘सहकारी ऐन, २०७४ र संगठित अपराध ऐन, २०७० अनुसार सजाय हुन अभियोग दाबी माग गरिएको, लामिछाने उपर बिगो यकिन भई नसकेको, उक्त मुद्दामा हाल साक्षी बुझ्ने लगायत थप प्रमाण बुझ्ने कार्य बाँकी रहेको अवस्थामा हाल निवेदकले माग गरेको मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१ समेतको अवस्था विद्यमान रहेको मिसिल संलग्न कागज प्रमाण नदेखिएकाले निजलाई बैंक ग्यारेन्टी लिई तारेखमा राख्ने अवस्था नदेखिएको,’ अदालतको आदेशमा भनिएको छ।

लामिछानेले थुनामुक्त गर्न माग गरी गत साउन १९ गते जिल्ला अदालतमा बैंक ग्यारेन्टीसहित निवेदन दिएका थिए।

सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो।

लामिछानेले बिगो बमोजिमको दुई करोड ७४ लाख ८४ हजार रूपैयाँ रकम शुभचिन्तक र शुभेच्छुकमार्फत प्राप्त गरेको निवेदनमा उल्लेख गरेका थिए।

उनले निवेदन झुटा आरोप र अपराधको स्वीकारोक्ति नभएको पनि उनले बताएका थिए।

‘मेरो यो निवेदन, म माथि लागेको झुटा आरोप र अपराधको स्वीकारोक्ति कदापी होइन,’ निवेदनमा भनिएको छ।

जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले २०८१ माघ १३ गते एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।

त्यसविरूद्ध उच्च अदालत गएका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

लामिछानेकी श्रीमती निकिता पौडेलले वैशाख ७ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।सर्वोच्चले उच्चको आदेश ठिक भएको ठहर गर्दै थुनामै राख्न आदेश दिएको थियो।

वामदेवले खोजे सिधै जनतामा पुग्ने जिम्मेवारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले सिधै जनतामा पुग्ने जिम्मेवारी खोजेको बताएका छन् । सोमबार ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादी पार्टीका भित्री कुरा आफूलाई थाहा नभएको भन्दै आफूले जिम्मेवारी खोजेको बताएका हुन् ।

उनले भने, ‘मैले जनतामा सिधै गइहाल्ने जिम्मेवारी खोजेको हुँ । जनतामा सिधै जाने माध्यम के हुन सक्छ र समाजवादी पार्टीमा त्यस्तो के छ सबै थाहा छैन । त्यसको पहिचान खोजिरहेको छु ।’

नेता गौतमले समाजवादीका नेताहरु काठमाडौँ केन्द्रित भएको भन्दै पार्टीले प्रत्येक सदस्यले एउटा जिम्मेवारी वहन गर्नदिनुपर्ने बताए ।

‘काठमाडौं उपत्यका भित्र समाजवादीका नेताहरु छन् । थल्लो तहमा त निश्चय पनि नेताहरु छैनन् । तल्लो तहमा नेता छैन भन्ने मलाई लागेको पनि छ । त्यसैले पार्टीको प्रत्येक सदस्यले एउटा न एउटा जिम्मेवारी वहन गर्नुपर्छ,’ उनले भने ।

यस्तै उनले कम्युनिष्ट पार्टीका सदस्यले जिम्मेवारी बहन गर्न नसक्ने भए त्यो नक्कली कम्युनिष्ट हुने बताए ।

 

सिडेनको अधिवेशन भदौ १४ मा, देउवा र शेखर-गगन पक्षबीच प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को अधिवेशन भदौ १४ गते हुने भएको छ।

अध्यक्षमा रविभुषण झा र धनेन्द्र केसीबीच प्रतिस्पर्धा हुने भएको छ। उनीहरूले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धाको तयारी गरेका छन्।

रविभुषण सभापति शेरबहादुर देउवानिकट मानिन्छन् भने धनेन्द्र नेता शेखर कोइराला र प्रदीप पौडेलनिकट छन्। धनेन्द्रको प्यानलबाट महासचिवमा भूपेन्द्र श्रेष्ठ छन्, उनी महामन्त्री गगन थापानिकट छन्।

रविभुषण प्यानलबाट महासचिवमा सुदर्शन शर्मा छन्। शर्मा उपप्रधानमन्त्री प्रकाशमान सिंहनिकट मानिन्छन्। साथै उनी नेविसंघ केन्द्रीय सदस्यसमेत छन्। त्यसबेला उनी शेखर समूहबाट केन्द्रीय सदस्य भएका थिए।

गौर प्रादेशिक अस्पतालको टोली हैजा फैलिएको क्षेत्रमा परिचालित

वीरगञ्ज– वीरगञ्ज महानगर आसपासमा देखिएको झाडापखाला र हैजा नियन्त्रणका लागि प्रादेशिक अस्पताल गौर रौतहटबाट दुई जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली यहाँ आइपुगेको छ ।

गत शुक्रबारदेखि वीरगञ्ज महानगर आसपास क्षेत्रमा झाडापखाला र हैजाका बिरामी देखापरेसँगै आज गौर प्रादेशिक अस्पतालका डा परशुराम यादव र डा विष्णुकुमार साह नेतृत्वको स्वास्थ्यकर्मीको टोली वीरगञ्जको नारायणी अस्पतालमा आइपुगेको हो ।

प्रादेशिक अस्पताल गौरका अध्यक्ष मोहम्मद अनवर हासमीले वीरगञ्जमा झाडापखाला र हैजाका बिरामी देखापरेपछि आवश्यक सहयोग चिकित्सकसहितको टोली वीरगञ्ज पठाइएको जानकारी दिए।

‘दुई जना चिकित्सक र तीन जना हेल्थ असिस्टेन्टसहितको टोली पठाएका छौँ’, उनले भने, ‘चिकित्सकसहित स्वास्थ्यकर्मीको टोलीले वीरगञ्ज आसपास क्षेत्रमा फैलिएको झाडापखाला र हैजा नियन्त्रणमा सहयोग गर्नुका साथै बिरामीको उपचारका लागि समन्वय गर्नुहुने छ ।’

वीरगञ्जमा अहिलेसम्म ७९ जना हैजाका बिरामी भेटिएका छन्भने झाडापखालाजन्य लक्षण देखिएका एक सय तीन जना यहाँका विभिन्न अस्पतालमा उपचाररत छन् ।

एसपीजी अटोमोबाइल्सले सार्वजनिक गर्‍यो आईकार भी–२३

काठमाडौं । नेपालमा ओमोडा एन्ड जेइकोको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भी–२३’ सार्वजनिक गरेको छ । सोमबार एसपीजीले ‘आइकार भी–२३’ सार्वजनिक गरेको हो ।

ओमोडा एन्ड जेइको र आइकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ’चेरी ग्रुप’ को हिस्सा हो । जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ । चेरीले विश्वका ८० भन्दाबढी मुलुक र क्षेत्रहरूमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।

आइकार भी–२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ ’बेन्चमार्क’ स्थापित गरेको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो–क्लासिक एसयूभी टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । यसमा १०० किलोवाटको सिङ्गल मोटर सेटअप रहेको छ, जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ । यस एसयुभीको लम्बाइ ४२२० मिलिमिटर, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ मिलिमिटर र विलबेस २७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ ।

नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै भी–२३ ६ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ । यसको क्याबिनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ । अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ ।

यस एसयूभीको भित्र विशेष रूपमा डिजाइन गरिएका ‘मेकानिकल नबहरू (डायलहरू)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरूलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ । यो एसयूभीको ७० प्रतिशतभन्दा बढी भाग, हाइ–स्ट्रेन्थ–स्टिलको प्रयोग गरी हाइ– रिजिडिटी बडीमा निर्मित रहेको छ । भी–२३ ले ’इन्टरप्राइज ग्रेड ब्याट्री सेफ्टि’ मापदण्ड पालना गरेको छ, जसले ष्ऋब्ग्च् को टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

कार्यक्रममा सहभागीहरूले गाडीको ’इन्टेलिजेन्ट टेक विशेषताहरूको प्रत्यक्ष अनुभव गरेका थिएभने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए । ओमोडा एन्ड जेइकोकोसमेत आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले नेपाली ग्राहकहरूका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुरÞ्याउने लक्ष्य राखेको छ ।

आइकार एक नयाँ पुस्ताको विद्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो । यसको पहिलो मोडल भी–२३ नेपालमा समेत छिट्टै सार्वजनिक हुँदैछ । जसले रगेड एडभेन्चर रेडी क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्दै एसयूभी श्रेणीमा नयाँ परिभाषा दिने विश्वास गरिएको छ ।

जिल्ला अदालतको आदेशविरूद्ध रविको निवेदन उच्च अदालतमा दर्ता

काठ्माण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले रूपन्देही जिल्ला अदालतको आदेशविरूद्ध उच्च अदालतमा दिएको निवेदन दर्ता भएको छ।
उच्च अदालत बुटवलमा आज दर्ता भएको निवेदनमा सुनुवाइका लागि यसै भदौ ११ गते पेसी तोकिएको छ ।

जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेले बिगो जम्मा गर्दा पनि रिहा गर्न अस्वीकार गरेपछि रवि उच्च अदालत गएका हुन् । जिल्ला अदालतको कुनै पनि आदेश चित्त नबुझे त्यसविरूद्ध उच्च अदालत जान पाइने कानुनी व्यवस्था छ ।

लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए । उक्त निवेदनमा साउन २६ गते जिल्ला अदालतले मागबमोजिम नहुने भनेको थियो ।

लामिछानेले सहकारीको रकम हिनामिना गरेको भनेको बिगो दाबी बराबरको बैंक ग्यारेन्टी बुझाइसकेकाले यो मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेका छन् । उनले अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक ग्यारेन्टी निवेदनसँगै बुझाइसकेका छन् । लामिछानेले आफ्नो भागको बिगो बराबरको रकम दाखिला गरिसकेकाले रिहा गर्न माग गर्दै जिल्ला अदालत रूपन्देहीमा गत साउन १९ गते निवेदन दिएका थिए ।

सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेको थियो ।

उनी हाल ललितपुरको नख्खु कारागारमा छन् । उनका विरूद्ध कास्की, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा छन्। कास्कीमा सहकारी ठगी र संगठित अपराधका अलावा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ। सम्पत्ति शुद्धीकरण मुद्दाकै कारण उनको सांसद पनि निलम्बनमा परेको छ।

रविले बिगो रकम नै बुझाइसकेपछि अब उनलाई थुनामै राखिरहनु न्यायोचित नहुने भन्दै संसददेखि विभिन्न वरिष्ठ कानुनविद् र संविधानहरूले धारणा व्यक्त गरिरहेका छन् । रविविरूद्धको अभियोग पनि वित्तीय कारोबारसँग सम्बन्धति भएकाले यो जमानतयोग्य हुने उनीहरूको तर्क छ ।

शाकिब अल हसनले बनाए टी-२० क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान

काठ्माण्डौँ । बंगलादेशका अलराउन्डर शाकिब अल हसनले टी-२० क्रिकेटका ऐतिहासिक उपलब्धि हासिल गरेक छन्।

उनले टी-२० क्रिकेटमा ५०० विकेटको कोशेढुगा पार गरेका हुन्। उनी टी-२० क्रिकेटका ५०० विकेट र ७ हजार रन पूरा गर्ने एक मात्र खेलाडी भएका छन्।

सिपिएल २०२५ मा आफ्नो टिम एन्टिगुवा एन्ड बारबुडा फल्कन्सबाट सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध खेल्दा शाकिब यो कीर्तिमानबाट मात्र एक विकेट टाढा थिए।

खेलको १५ औं ओभरमा बलिङ गर्न आएका उनले तेस्रो बलमै यो उपलब्धि लगभग हासिल गरेका थिए। जेडन सिल्सले बाउन्ड्रीमा उत्कृष्ट क्याच लिएका थिए, तर रिप्लेमा उनको खुट्टाले बाउन्ड्रीको डोरी छोएको देखिएपछि त्यसलाई छक्का दिइयो।

तर शाकिबले सोही ओभरमा अर्को मौका पाए।  उनले मोहम्मद रिजवानलाई आफ्नै बलिङमा क्याच आउट गर्दै टी-२० इतिहासमा ५०० विकेट लिने पाँचौं बलर बने। त्यसपछि आफ्नो अर्को ओभरमा थप दुई विकेट लिँदै उनले खेल ५०२ विकेटसहित पूरा गरे।

यो उपलब्धिसँगै शाकिब टी-२० क्रिकेटमा ५०० वा सोभन्दा बढी विकेट लिने बलरहरूको विशेष क्लबमा सामेल भएका छन्। यो सूचीमा राशिद खान (६६०), ड्वेन ब्राभो (६३१), सुनिल नारायण (५९०) र इमरान ताहिर (५५४) जस्ता खेलाडीहरू छन्।

तर शाकिबलाई अरूभन्दा फरक बनाउने कुरा उनको उत्कृष्ट अलराउन्ड क्षमता हो। उनी टी-२० इतिहासमा ७००० रन र ५०० विकेटको ‘डबल’ पूरा गर्ने एकमात्र खेलाडी बनेका छन्। यो अविश्वसनीय कीर्तिमानको सबैभन्दा नजिक ड्वेन ब्राभो पुगेका थिए, जसले आफ्नो करियर ६९७० रन र ६३१ विकेटमा टुङ्ग्याए। त्यस्तै, ९३६१ रन बनाएका आन्द्रे रसेल पनि ५०० विकेटको कोशेढुङ्गा नजिक छन्, जसले अहिलेसम्म ४८७ विकेट लिएका छन्।

शाकिबले टी-२० मा ९ पटक ‘प्लेयर अफ द सिरिज’ को अवार्ड जितेका छन्, जुन विश्व क्रिकेटमा सबैभन्दा धेरै हो। उनले विराट कोहली (८) र वानिन्दु हसरंगा (७) लाई पछि पारेका छन्।

स्पिनरहरूमध्ये टी-२० मा सबैभन्दा धेरै पटक (पाँच पटक) पाँच विकेट लिने कीर्तिमान पनि शाकिबकै नाममा छ। समग्रमा भने उनी डेभिड भिजे (७ पटक) पछि दोस्रो स्थानमा छन्।

२०१३ को सिपिएलमा उनले मात्र ६ रन दिएर ६ विकेट लिएका थिए। उनी अजन्था मेन्डिसपछि  टी-२० मा दुई पटक ६ विकेट लिने दोस्रो बलर पनि हुन्।

विकेट लिनुबाहेक शाकिब किफायती बलिङका लागि पनि चिनिन्छन्। उनले बलिङ गरेका ४३४ टी-२० पारीमध्ये १८१ पटक प्रति बल एक रन वा सोभन्दा कम दिएका छन्। यो मामिलामा उनी विश्वका उत्कृष्ट बलरहरूमध्ये चौथो स्थानमा पर्छन्।

स्वास्थ्यमन्त्री पौडेल हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगञ्ज जाँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्थलगत अनुगमनका लागि हैजा प्रभावित क्षेत्र वीरगञ्ज जाने भएका छन् ।

समुदायस्तरमै हैजा फैलिएपछि उनी दिउँसो २ बजे वीरगञ्ज जान लागेका हुन् । यसअघि खानेपानी मन्त्री हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका थिए । स्वास्थ्य सेवा विभागको टोली सहित मन्त्री यादव वीरगञ्ज पुगेका थिए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत हैजाका बिरामीहरूको स्वास्थ्य अवस्था, अस्पतालले दिइरहेको स्वा प्रवाहबारे अनुगमन गर्नेछन् ।

यसैगरी मन्त्री पौडेलले हैजा प्रकोप रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयासबारे वीरगञ्ज महानगरपालिकाका मेयर लगायत अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।

शुक्रबारयता वीरगञ्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १६१ जना झाडापखलाका बिरामीमध्य ७१ जनामा हैजा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

एकीकृत समाजवादी विकृतिविरुद्धको विद्रोह हो : माधव नेपाल

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताबीचको विभेद र अधिकारको केन्द्रीकरणजस्ता विकृतिविरुद्ध विद्रोहमार्फत् पार्टी गठन भएको बताएका छन् ।

सोमबार ‘पार्टी पुनर्गठन दिवस २०८२’को शुभकामना दिँदै उनले एकीकृत पार्टी गठनलाई समाजवादी दक्षिणपन्थी नीति, व्यक्तिवाद, अहंकारवाद, स्वेच्छाचारिताविरुद्धको विद्रोह भनेका छन् ।

एकीकृत समाजवादीले स्थापनाकालमै कम्युनिस्ट आन्दोलनभित्र देखिएका विचलनलाई अन्त्य गर्दै आन्दोलनलाई शुद्धिकरण, एकीकरण र सशक्तीकरण गर्ने ऐतिहासिक जिम्मेवारी लिएको अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख छ ।

एकीकृत समाजवादीले सदैव जनताको पक्षमा अडिग रहँदै समाजवादउन्मुख लोकतन्त्रलाई मजबुत पार्ने, समतामूलक समाज निर्माण गर्ने र गरिब, किसान तथा उत्पीडित वर्गको अधिकारलाई संस्थागत गर्ने संकल्प बोकेको नेपालको भनाइ छ

।‘यद्यपि अहिले पनि नेपालको कम्युनिस्ट आन्दोलनमा अनेकौँ विकृति र विसंगति विद्यमान छन्, जसका विरुद्ध केबल नेता–कार्यकर्तालाई मात्र होइन, व्यापक जनतालाई समेत सचेत एवम् गोलबन्द गर्दै आन्दोलनलाई अझ प्रगतिशील, जनमुखी र एकीकृत बनाउने दृढ अठोटका साथ समाज रूपान्तरणको बाटोमा अघि बढ्नुपर्ने ऐतिहासिक आवश्यकता रहेको छ,’ उनले भनेका छन् ।

स्वर्णप्राशन थोपा अभियान स्थगित गर्न नेपासको आग्रह

काठमाडौं । बालबालिकालाई स्वर्णविन्दुका थोपा खुवाएर सरकारले सुरु गरेको ‘राष्ट्रिय स्वर्ण विन्दु प्राशन’ कार्यक्रमप्रति नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) ले असहमति प्रकट गरेको छ ।

बालबालिकाका विशेषज्ञ चिकित्सकहरूको छाता संगठन नेपासले वैज्ञानिक प्रमाणको अभाव र बाल–सुरक्षामा जोखिम र नियामक अस्पष्टता भएको भन्दै अभियान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।

५ गते धनगढीमा पुगेर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बालबालिकालाई स्वर्ण विन्दुका थोपा खुवाएर कार्यक्रम सुरु गरेका थिए ।

६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै सरकारले निर्देशिका जारी गरेर पहिलो चरणमा देशका २५ आयुर्वेदिक चिकित्सालयबाट स्वर्ण विन्दु खुवाउने कार्यक्रम सुरु गरेको हो।

सरकारको यो कार्यक्रमप्रति नेपासले असहमति प्रकट गरेको हो ।

क्लिनिकल परीक्षण र वैज्ञानिक प्रमाणबिना नै बालबालिकाको ‘प्रतिरक्षा प्रणालीको वृद्धि’ हुने भन्दै अभियान चलाउनु बालबालिकाको स्वास्थ्यमाथिको खेलबाड हो,’ नेपासका अध्यक्ष डा. अरुणकुमार न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

सोसाइटीले अभियानमा प्रयोग गरिएको पदार्थ औषधि व्यवस्था विभाग  मा दर्ता भए/नभएको, उत्पादनको ब्याच नम्बर, वैधता र गुणस्तर प्रमाणित गर्ने ‘सर्टिफिकेट अफ एनालाइसिस’ जस्ता आधारभूत जानकारी सार्वजनिक नगरिएकोमा पनि आपत्ति जनाएको छ ।

यी विवरणहरूको अभावमा अभियानको पारदर्शिता र सुरक्षामाथि प्रश्न उठेको नेपासको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म उपलब्ध वैज्ञानिक प्रमाण, बाल सुरक्षा, गुणस्तर र जोखिम तथा नियामक स्पष्टता अपर्याप्त देखिएका हुँदा शिशुहरूमा स्वर्णकल्पबाट प्रतिरक्षा प्रणालीको वृद्धि हुने आधारको अभाव र दर्ता व्याच परीक्षण सार्वजनिक नभएका कारण यो सरकारी अभियानप्रति नेपासको सहमति नरहेको जानकारी गराउँदछौँ ।’

नेपासले वैज्ञानिक प्रमाण, बाल सुरक्षा र नियामक पारदर्शिता नआएसम्म उक्त अभियान स्थगित गर्न पनि आग्रह गरेको छ।

सोसाइटीले शिशुहरूमा स्वर्णकल्प सेवनबाट प्रतिरक्षा प्रणाली बढ्छ भन्ने दाबीको वैज्ञानिक आधार नभएको र सो पदार्थमा हेभी मेटल (सुन) को सम्भावित जोखिम रहेको उल्लेख गरेको छ ।

साथै, नेपालमा गरिएका बजार सर्वेक्षणमा केही आयुर्वेदिक उत्पादनहरूमा सिसा (लेड), पारो (मक्र्युरी), आर्सेनिक जस्ता विषालु तत्व पाइएको तथ्य प्रस्तुत गर्दै यसले बाल स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने चेतावनी दिएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने

काठमाडौँ  । रिक्त राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ। साेमबार सभामुख देवराज घिमिरेले भदौ ११ गते सभापतिको निर्वाचन हुने समय तालिका सार्वजनिक गरेका हुन् ।

सभामुखको निर्देशनमा संघीय संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले सूचना निकालेर भदौ ११ गते सभापतिको निर्वाचन हुने जानकारी गराएका छन्।

बेलायतमा कुलमानले भने- उज्यालो नेपाल अभियानमा साथ दिनुस्

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा साथ दिन बेलायतवासी नेपालीलाई आह्वान गरेका छन् ।   लन्डन नजिकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औँ नेपाली मेलालाई सम्बोधन गर्दै घिसिङले बत्तीको उज्यालोले मात्रै नभएर नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताए । उनले उक्त अभियानमा साथ र सहयोग गर्न सबैलाई आग्रह पनि गरे ।

खाडी मुलुकहरू साथै अमेरिका र युरोपका विभिन्न मुलुकहरूको भ्रमण गरेर बेलायत आइपुगेका घिसिङले २०७२ सालको संविधानमा एनआरएन नागरिकताको प्रावधान रहे पनि दश वर्षसम्म कानुन बन्न नसकेकाले त्यो कार्यान्वयनमा आउन नसकेको बताए । ‘अब थप ढिला नगरीकन यसलाई छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउनु पर्छ,’ उनले भने ।

घिसिङले सगरमाथा, भगवान् गौतम बुद्ध र गोर्खाजले नेपाललाई संसारभरि चिनाएको बताउँदै गोर्खा सैनिकहरूको माग जति सक्दो चाँडो पुरा गर्न आग्रह पनि गरे । ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने मूल मर्म अनुरूप वंशजको नागरिकताको निरन्तरताको विषयमा आफ्नो पूर्ण समर्थन रहेको उनले बताए । भर्खरै गरिएको एक अध्ययनले नेपालीहरुले पठाएको एक डलरले नेपालको अर्थतन्त्रमा दुई डलर भन्दा पनि बढी योगदान गरिरहेको देखाएको जनाउँदै घिसिङले संसारभरि रहेका प्रवासी नेपालीहरू नेपालको ठूलो एसेट (सम्पत्ति) भएको बताए  हो ।

एनआरएनलाई नेपाली सरह नेपालमा लगानी गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे । उनले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन पनि आग्रह गरे ।  बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाल बाहिर यति ठूलो संख्यामा नेपालीहरू भेला भएर उत्सव मनाएको देख्दा आफू अत्यन्तै खुसी भएको बताए ।

उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा  नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताए । उनले नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे ।   तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन महासचिव डा विशाल गुरुङले गरेका थिए ।

उक्त मेलामा ४२ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए । मेलाको उद्घाटन  तमु धिं युकेका पदाधिकारी तथा पाहुनाहरूले मैन बत्ती बालेर संयुक्त रूपमा गरेका थिए ।

वीरगञ्जमा समुदायस्तरमै हैजा फैलियो, ७९ जना सङ्क्रमित

वीरगञ्ज- वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने पत्ता लाग्न सकेको छैन। गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन्।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला परेको जानकारी दिए। ‘आइतबार बेलुका ८:०० बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए,’ उनले भने, ‘सोमबार बिहानसम्म थप आठ जना हैजाका सङ्क्रमित भेटिएका छन्।’

‘हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन,’ उनले भने, ‘विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायत गरिरहेका छन्। सम्भवत: आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ।’

नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए। ‘नारायणी अस्पतालमा हैजाको उपचारको लागि शय्या र जनशक्ति दुवैको अभाव देखिएको छ,’ उनले भने, ‘अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगेको छैन। अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगेको छैन।’

प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्न नसकिने प्रकृतिको रहेको गुनासो गरे। ‘हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ। सर्पदंशको बिगबिगी छ। ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ,’ उनले भने, ‘भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ। तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन।’

प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत: आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए। नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन्। त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा नौ जना, भवानी अस्पतालमा तीन जना कलेरा सङ्क्रमित बिरामी भेटिएका छन्।

त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्पताल, मङ्गलम प्याथोलोजीमा दुई–दुई जनाको दरले आठ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेटिएका छन्। थप आठ जना बिरामी सोमबार बिहानको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन।

एएफसी महिला च्याम्पियन्स लिग छनोट : नासाफसँग खेल्दै एपीएफ

काठमाडौं । एएफसी महिला च्याम्पियन लिग छनोट चरण अन्तर्गत समूह बी को आफ्नो पहिलो खेलमा नेपालको च्याम्पियन एपीएफ क्लबले आज उज्वेकिस्तानको पीएफसी नासाफसँग खेल्दैछ ।

खेल उज्वेकिस्तानको क्वार्सीस्थित मार्काजिय स्टेडियममा नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुनेछ । एपीएफले अनुभवी विगंर अनिता बस्नतेको कप्तानीमा खेल्दैछ ।

यसै समूहमा रहेका थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेरबीच पनि आजै खेल हुनेछ ।

गत वर्ष पनि छनोट चरणमा नेपाल र नासाफ एकै समूहमा थिए, जहाँ नासाफसँग एपीएफ १-० ले पराजित भएको थियो ।

जोर्डनी क्लब इत्तिहाडमा अनुबन्ध भएकी मिडफिल्डर प्रीति राई भने यसपटक एपीएफको टिममा छैनन् ।

प्रीति सम्मिलित इत्तिहाडले समूह सी को छनोट खेलमा सिंगापुरको लायन सिटीसँग प्रतिस्पर्धा गर्दैछ ।

भियतनामकी उपराष्ट्रपति र राष्ट्रपति पौडेलबिच भेटवार्ता

काठमाडौँ। नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र राष्ट्रपति रामचन्द्र पौडेल बिच शिष्टाचार भेटवार्ता भएको छ । उपराष्ट्रपति सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमबार बिहान शीतलनिवास पुगेकी हुन् ।

उपराष्ट्रपति सुआन उपराष्ट्रपति राम सहाय यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि शनिबार यहाँ आइपुगेकी हुन् । उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी सोमबार नै स्वदेश फिर्ता हुने तालिका छ ।

खोज्नुहोस