गौरामय बन्यो न्यूयोर्क, देउडा गायक जोशीले सबैलाई बनाए मन्त्रमुग्ध

न्यूयोर्क,(अमेरिका), ३१ अगष्ट ।
विगतका वर्ष झै यस पटक पनि अमेरिकाको न्यूयोर्कमा  गौरा पर्व धुमधामसंग मनाईएको छ ।

सुदूर पश्चिम नेपाली समाज अमेरिका न्यूयोर्कको आयोजनामा शनिवार न्यूयोर्कको दिव्यधाममा गौरा पर्व धुमधामसंग मनाईएको हो ।

गौरा पर्वका अवसरमा गौरी पूजा, दुबधागो अभिषेक, गौरादेवी र महेश्वर नृत्य, प्रसाद वितरण, गौरा सेलाउने लगायतका कार्य बिधि पूर्वक गरिए ।

गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा सुदूर पश्चिमका चर्चित देउडा गायक नन्दकृष्ण जोशीको प्रस्तुतीले कार्यक्रम देउडामय भयो । जोशीको देउडाले सबैलाई मन्त्रमुग्ध बनायो ।

कार्यक्रममा गौरा पर्व संयोजक रैभान महराले सुदूर पश्चिमको मौलिक बाजा दाईना दमाउ बजाएर सबैलाई आकर्षित गरे ।

कार्यक्रममा न्यूयोर्कका बिभिन्न भागबाट गौरा पर्वमा सहभागी भएका सुदूरपश्चिमेलीसंगै अन्य समुदायका व्यक्तिहरुले देउडा खेलेर भरपुर मनोरञ्जन लिए ।

कार्यक्रमका प्रमुख अतिथि न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत दधिराम भण्डारीले प्रवासमा आफ्नो मौलिक पर्व गौराको संरक्षण र सम्बद्र्धनका लागि सुदूर पश्चिम समाज अमेरिका, न्यूयोर्कले कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गरे ।

समाजका अध्यक्ष दान सिंह बिष्टले गौरा पर्वमा सम्पूर्ण सहभागी र सहयोगी संघसंस्था र व्यक्तिलाई धन्यवाद दिए ।

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि सुदूरपश्चिमका चर्चित देउडा गायक नन्दकृष्ण जोशी, सुदूर पश्चिम नेपाली समाज अमेरिकाका अगुवा जीवन बम,  रिजउड नेपाली सोसाईटीका अध्यक्ष राजेश भट्ट र गैर आवासीय नेपाली संघ अमेरिकाकी सचिव लक्ष्मी थापाले शुभकामना मन्तव्य व्यक्त गरिन् ।

कार्यक्रममा प्रशंसा समूह नेपालका मोहन सिंह ऐतवाल, बरिष्ठ लोक गायक नविन ढुंगेल, बिमल डांगी र आभ्या ढुंगेलको उपस्थिति रहेको थियो ।

सुदूर पश्चिम नेपाली समाज अमेरिका, न्यूयोर्कका अध्यक्ष बिष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन गौरा संयोजक रैभान महराले गरेका थिए । कार्यक्रममा समाजकी सह- कोषाध्यक्ष सुनी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

टेक्सासको अष्टिनमा गौरा पर्व धुमधामसंग मनाईयो

अष्टिन,(टेक्सास), ३१ अगष्ट ।
टेक्सासको अष्टिनमा गौरा पर्व शनिवार धुमधामसंग मनाईएको छ ।

सुदूर पश्चिम नेपाली समाज टेक्सास र ग्रेटर अष्टिन नेपाली सोसाईटीको आयोजनामा अष्टिनको पशुपतीनाथ मन्दिरमा गौरा पर्व धुमधामसंग मनाईएको हो ।

गौरा पर्वका अवसरमा गौरी पूजा, दुबधागो अभिषेक, गौरादेवी र महेश्वर नृत्य, प्रसाद वितरण, गौरा सेलाउने लगायतका कार्य बिधि पूर्वक गरिए ।

गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा सुदूर पश्चिमकी चर्चित गायिका रेखा जोशी र नेपाल आईडल रवि ओडको सांगितिक प्रस्तुतिले पशुपतीनाथ मन्दिर क्षेत्र देउडा मय भयो । गायिका जोशीको ‘सुन हौ कि चाँदी हौ’ बोलको गीतले सबैलाई मन्त्रमुग्ध बनायो ।

टेक्सासका बिभिन्न भागबाट गौरा पर्वमा सहभागी भएका सुदूरपश्चिमेलीसंगै अन्य समुदायका व्यक्तिहरुले देउडा खेलेर भरपुर मनोरञ्जन लिए ।

सुदूर पश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुदूर पश्चिम समाजका अगुवा तथा पदम ठकुराठीले स्वागत मन्तव्य व्यक्त गरे ।

गौरा पर्वको माहत्म्यमाथि सुदूरपश्चिम समाजका अगुवा केशव जोशीले चर्चा गरे ।

कार्यक्रममा ग्रेटर अष्टिन नेपाली सोसाईटीका अध्यक्ष विदूर खतिवडा र पूर्व अध्यक्ष भोजराज भट्टले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन गौरा पर्व संयोजक सुरेन्द्र प्रसाद अवस्थीले गरेका थिए ।


चीनमा प्रधानमन्त्री ओली र मोदीबीच भेट

काठमाडौँ — चीनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनमा भेट भएको छ ।सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ मा भाग लिन चीन पुगेका ओलीले आइतबार मोदीलाई भेटेका हुन् ।

मोदीले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट ओलीसँग भेट भएको तस्बिर सार्वजिनक गरेका छन् ।

कैलाली उद्योग वाणिज्य संघ निर्वाचन : १८ बुँदे प्रतिवद्धता सहित स्वाँरले घोषणा गरे प्यानल

कैलाली ।  आगामी भदौ २८ गते हुने कैलाली उद्योग वाणिज्य संघको नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष पदका उम्मेदवार रुपेश स्वाँरले आफ्नो प्यानल सार्वजनिक गरेका छन् ।

आईतबार धनगढीमा आयोजित कार्यक्रममा स्वाँरले विभिन्न पदका उम्मेदवारसहितको टिम प्रस्तुत गर्दै संघलाई व्यवस्थित, पारदर्शी र व्यवसायमैत्री बनाउन १८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन । स्वाँर नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्षमा केशवराज जोशी, उद्योग उपाध्यक्षमा लक्ष्मणराज पन्त, वाणिज्य उपाध्यक्षमा राधिका कुमारी चौधरी, एशोसियट उपाध्यक्षमा अनिलकुमार भुजनिया, बस्तुगत उपाध्यक्षमा सिद्धराज पनेरु, महासचिवमा सुरेश पाण्डेय, सचिवमा प्रकाशकुमार चन्द र कोषाध्यक्षमा तिलक बहादुर बोहरा छन् ।
त्यस्तै, सदस्य तर्फ रुपेश खड्का, अम्बिका भण्डारी, मिलन कुँवर, प्रेम बहादुर धामी, भरत बहादुर थापा, नेत्र प्रसाद तिवारी, देव राज जोशी, तेज बम, शुभ शंकर ठाकुर, दिपक राठोर, अमर चोखाल, प्रमिला पाठक र मञ्जु भट्ट रहनेछन् ।

स्वाँर प्यानलले सार्वजनिक गरेका मुख्य प्रतिवद्धता व्यवसायीका कानुनी र प्रशासनिक समस्या समाधान, युवा उद्यमीलाई सहयोगका लागि कोष, विपद व्यवस्थापन कोष स्थापना, सीमापार अवैध व्यापार नियन्त्रण, आयात–निर्यात सहज बनाउन नाकामा हेल्पडेस्क, धनगढीका बजारमा रात्रीकालीन व्यवसाय सुरु गर्ने पहल, घरबहालसम्बन्धी कानुनी व्यवस्था, लगानी सम्मेलन आयोजना, गुनासो सम्बोधन संयन्त्र र औद्योगिक पूर्वाधार विकासलाई प्राथमिकता दिने घोषणा पत्रमा उल्लेख छ ।

सुदूरपश्चिम महोत्सवलाई व्यवस्थित गर्दै स्थानीय उत्पादन, कला–संस्कृति र आर्थिक समृद्धिमा टेवा पु¥याउने योजना पनि स्वाँरको प्रतिवद्धतामा समेटिएको छ ।

निजामती विधेयकको विवादित विषय टुंगो लगाउन छलफल सुरु

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा राष्ट्रिय सभाको संसदीय समितिमा दफाबार छलफल सकिएपछि विवादित विषयमाथि टुंगो लगाउन अन्तिम छलफल सुरु भएको छ ।

आइतबार बिहान ८ बजेदेखि सुरु भएको बैठकले मध्यान्ह १२ बजे दफाबार छलफल टुंग्याएपछि समितिमा विवादित र टुंगो नलागेका विषय टुंगो लगाउनका लागि दिउँसो ३ बजेटबाट बैठक सुरु भएको हो ।

दिउँसो २ बजेका लागि बैठक बोलाइएको भए पनि समितिका सदस्य ढिलोगरी बैठकमा आएपछि करिव १ घण्टापछि ३ बजेबाट विधेयकमाथि विवादित भएका र टुंगो लाग्न नसकेका विषयमा छलफल सुरु भएको हो ।

विवादित विषय टुंगो लगाइसकेपछि विधेकको प्रतिवेदन तयार गरिने र प्रतिवेदनमाथी समितिको बैठकमा छलफल हुनेछ ।

सुदूरपश्चिममा हाइड्रोमा लगानी गर्न मुख्यमन्त्री शाहको आह्वान

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा पर्याप्त ऊर्जाको सम्भावना रहेको भन्दै हाइड्रोमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गरेका छन् ।

मंसिर १ र २ गते कैलालीको धनगढीमा हुन लागको विकास तथा लगानी सम्मेलनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहले नयाँ लगानीकर्ताहरूलाई प्रदेशमा लगानी गर्न आग्रह गरेका हुन् । उनले हाइड्रोका लागि लाइसेन्स लिएका लगानीकर्ताहरूलाई समेत तत्काल काम सुरु गर्न आह्वान गरे ।

मुख्यमन्त्री शाहले भने, ’सुदूरपश्चिममा पर्याप्त ऊर्जाको सम्भावना छ । नयाँ लगानीकर्ताहरूलाई त्यहाँ लगानी लगाउन आह्वान गर्दछु । लाइसेन्स लिनुभएकाले पनि तत्काल लगानी गर्नु पर्छ ।’

उनले सुदूरपश्चिममा आयोजना हुन लागेको लगानी सम्मेलन सुदूरपश्चिम प्रदेश मात्र नभई मुलुककै विकासको कोसेढुंगा बन्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गरिरहेको भन्दै उहाँले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

मुख्यमन्त्री शाहले थप भने, ’सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाइरहेका छौँ । लगानीमैत्री नीतिका लागि केही कानुन संशोधनको पनि तयारीमा छौँ । विभिन्न समस्याका बीच पनि हामी प्रदेशको समृद्धि र विकासका लागि लागिरहेका छौँ । तपाईँहरूको साथको अपेक्षा गर्दछौँ ।’

अन्तरक्रिया कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री दिपक खड्काले पनि मुलुकमा लगानीमैत्री वातावरण बनिरहेको बताए । उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गर्दै लगानी भित्र्याउने तयारी गरिरहेको स्पष्ट पारे ।

मन्त्री खड्काले भने, ’कानुनमा केही समस्या छन् । हामी ती समस्याहरू समाधान गर्न लागिरहेका छौँ । पहिलो चरणमा जग्गा र वनको समस्या हल गर्ने तयारी भइरहेको छ । लगानीकर्ताले लगानी गर्दा जग्गा विवादले समस्या हुने गरेका छन् । त्यसलाई मुवाज्जा दिने, मुद्दा दर्ता गरेर काम रोक्ने प्रवृत्ति अन्त्य गर्ने गरी कानुन बनाउन लागिरहेका छौँ ।’

उनले थपे, ’स्टे अर्डर दिने अनि काम रोक्ने प्रवृत्ति गलत हो । हामीले ती विषयलाई नीतिगत रूपमै सुधार गर्ने पक्षमा छौँ ।’

उनका अनुसार सुदूरपश्चिममा पर्याप्त स्रोत हुँदा पनि प्रयोग हुन सकेको छैन । नीतिगत सुधारपछि सुदूरपश्चिमको ऊर्जाले प्रदेश मात्र नभई देशको समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

ट्रान्समिसन लाइनका कारण ऊर्जामा लगानी गर्न समस्या भइरहेको गुनासो आएको भन्दै मन्त्री खड्काले दुई वर्षभित्रै उक्त समस्या समाधान गर्ने दाबी गरे ।

निजी क्षेत्रलाई विद्युत् बिक्री गर्ने व्यवस्था मिलाइने उल्लेख गर्दै उनले भने, ’निजी क्षेत्रलाई ३० मेगावाटसम्म लगानीकर्ताले बेच्न सक्ने व्यवस्था गर्दै छौँ । यसपछि लगानीकर्ताको लगानी सुरक्षित हुनेछ र उत्पादित विद्युत् जसलाई पनि बेच्न सकिनेछ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव डा. कमल पोख्रेलले प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी गराए ।

लगानी तथा विकास सम्मेलनका परियोजना विज्ञ दिलीप भट्टले सुदूरपश्चिममा लगानीको अवस्था, चुनौती र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे ।

छलफलमा ऊर्जा क्षेत्रमा लगानी गरिरहेका तथा लगानीका लागि लाइसेन्स लिएका दुई दर्जनभन्दा बढी लगानीकर्ताको उपस्थिति थियो । उनीहरूले सरकारको नीतिका कारण लगानीमा कठिनाइ भएको भन्दै लगानीमैत्री नीति बनाउन आग्रह गरे ।

लगानीकर्ताले ऊर्जा प्रवद्र्धनका लागि ट्रान्समिसन लाइनको क्षमता बढाउन, प्रसारण पूर्वाधार निर्माण गर्न, जग्गा तथा वनको समस्या समाधान गर्न, काम छिटो गर्न सकिने वातावरण बनाउन सरकारसँग सुझाव दिएका थिए ।

उनीहरूले कर्णाली र सुदूरपश्चिममा देशको आधा जलविद्युत सम्भावना रहेको भन्दै अब भारत मात्र नभई चीनमा पनि विद्युत् बिक्री गर्नुपर्नेमा जोड दिए । दोधरा–चाँदनी बन्दरगाह निर्माण भइरहेको उल्लेख गर्दै त्यसले सुदूरपश्चिमको समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रम प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप सुनारले सहजीकरण गर्नुभयो । उहाँले पनि सबै लगानीकर्तालाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरे  ।

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौं । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भियतनामका समकक्षी फाम मिन चिङबीच भेटवार्ता गरेका छन् ।

आइतबार शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका लागि चीनमा रहेका प्रधानमन्त्री ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री चिङबीच चीनको थियानजिनमा दुईपक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

उनीहरुबीच दुई पक्षीय आपसी हित र सम्बन्धबारे छलफल भएको बताइएको छ ।

आसामसँग चौथो म्याच खेल्दै नेपाल ‘ए’, एक खेलअगावै सिरिज जित्ने मौका

काठ्माण्डौँ ।  भारत भ्रमणमा रहेको नेपाल ‘ए’ क्रिकेट टिमले आइतबार चौथो म्याच खेल्दैछ ।

नेपाल र आसामबीचको खेल ५ः४५ देखि सुरु हुनेछ । सिरिजमा अहिले नेपाल ‘ए’ २–१ ले अघि छ । यदि आजको खेल जित्न सके नेपालले सिरिज एक म्याचअगावै आफ्नो पक्षमा पार्नेछ ।

पहिलो खेलमा १५ रनको हार बेहोरेको नेपालले त्यसपछिको दुई खेलमा भने नेपालले लगातार जित निकाल्यो । तेस्रो खेलमा ९६ रनको जित निकालेको नेपालले चौथो टी–२० मा आसामलाई ९ रनले हरायो ।

नेपाल ‘ए’ आज पनि उत्कृष्ट प्रदर्शन गरेर जित यात्रा जारी राख्ने सोचमा छ । शनिबारको खेलमा ब्याटिङतर्फ सन्दीप जोराले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ४८ बलमा चार छक्का र ६ चौकासहित सर्वाधिक ७४ रन बनाए । यस्तै, आदि आलमले १६ बलमा चार छक्का र एक चौकासहित ३५ रनको आक्रामक पारी खेले ।

उनीहरू आज पनि सोही प्रदर्शन दोहोर्याउँदै नेपाललाई एक खेल अगावै सिरिज दिलाउन चाहन्छन् ।

बंगलादेशसँग दोस्रो खेलमा पनि नेपाल पराजित

काठमाडौं। बंगलादेशसँगको लगातार दोस्रो हारसँगै नेपालले साफ महिला यु–१७ च्याम्पियनसिपको उपाधि यात्राबाट बाहिरिएको छ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार सम्पन्न खेलमा नेपाल ४–१ ले पराजित भएको हो।

जितसँगै बंगलादेशले ४ खेलबाट ९ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको भारतको पनि ९ अंक छ। नेपालको भने ४ खेलबाट ३ अंक मात्रै छ। नेपाल पहिलो खेलमा भारतसँग ८–० ले पराजित भएको थियो।

भुटानसँग २–१ को पुनरागमन जित निकाले पनि बंगलादेशसँग पहिलो लेगमा ३–० ले पराजित हुन पुगेको थियो।

कोलकाताबाट अबको १० दिनमा मल आइपुग्छ : कृषिमन्त्री

कपिलवस्तु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन्।

चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल साता/दशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए। अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।

मन्त्री अधिकारीले जिल्लाको खेतीयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए। ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ, ठूलो भूभागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ’, उनले भने ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

यस्तै, सोही पार्टीका जिल्ला उपसभापति उमाकान्त खनालले आगामी वर्षदेखि किसानलाई मल, बीउलगायत सामग्री वर्षायाम अगावै उपलब्ध गराउने योजनामा काम गर्न सुझाव दिए।

अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्नुस् : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न सरोकारवाला निकायलाई समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको राजस्व चुहावट नियन्त्रण समन्वय समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय प्रशासन, भन्सार कार्यालय, तीन वटै सुरक्षा संयन्त्रसहित सरोकारवाला सबै निकायबिच एकापसमा समन्वय र सहकार्य गरी अवैध चोरीपैठारी र निकासी रोक्न निर्देशन दिए ।

“राजस्व चुहावट नियन्त्रणका लागि सबै सरोकारवाला निकायबिच आपसी समन्वय गरेर अघि बढ्नका लागि अनुरोध गर्दछु”, उनले भने,“एक निकायले अर्को निकायलाई दोषारोपण गरेर नभई समन्वयसहित सहकार्य गर्न जरुरी छ ।”

गृहमन्त्री लेखकले सीमा क्षेत्रमा हुने अवैध चोरी तस्कर र अन्य आपराधिक गतिविधि न्यूनीकरणका लागि आवश्यक पहलकदमी गर्न अनुरोध गरे ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन उत्साहजनक भएको बताए ।

“अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहजनक ढङ्गले वृद्धि भएको छ । चालु आवमा पनि लक्ष्यअनुसारको सङ्कलन हुने अपेक्षा छ”, उनले भने, “चोरी तस्करी नियन्त्रणका लागि सम्बद्ध सबै निकायले हातेमालो गरेर अघि बढ्नुपर्ने हुन्छ ।”

पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयका प्रमुख हरिप्रसाद शर्माले सुरक्षा निकायले बिलबिजक बिना तस्करीका मालवस्तु ओसार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए ।

“भारतीय नागरिकले नेपालका कम आयआर्जन भएका नागरिकको नागरिकताको दुरुपयोग गरी विभिन्न ‘फर्म’हरू दर्ता गरी सोहीमार्फत तस्करी गर्ने प्रवृत्ति देखिएको छ”, उनले भने,“राजस्व चुहावट नियन्त्रणका लागि सबै निकायबिच समन्वय हुन आवश्यक छ ।”

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको शान्ति सुरक्षा र राजस्व चुहावट नियन्त्रणका लागि सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेसनल प्याब्सनले शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रपति पौडेललाई बुझायो लिखित धारणा

काठमाडौँ । विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी लिखित धारणा बुझाएका छन्।

शीतल निवासमा भएको भेटमा नेसनल प्याब्सन पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष तथा कम्पनीमा दर्ता भएर सञ्चालनमा रहेका संस्थागत विद्यालयसम्बन्धी प्रावधान व्यवहारिक नभएको भन्दै पुनर्विचार आवश्यक रहेको बताएका हुन्।

पूर्ण छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था लागू भए शुल्क वृद्धि भई श्रमजीवी अभिभावकलाई थप बोझ पर्ने र मध्यम आय भएका परिवारका बालबालिकाले विद्यालय छोड्नुपर्ने अवस्था सिर्जना हुने तर्कसहित उक्त प्रावधान पुनः परिमार्जन गर्नुपर्ने धारणा नेसनल प्याब्सनले प्रस्तुत गरेको छ। त्यस्तै पूर्व–प्राथमिक तहलाई दुई वर्षमा सीमित गर्ने व्यवस्था अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको भन्दै यसलाई तीन वर्ष कायम गर्नुपर्नेमा जोड दिइएको थियो।

सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रावधान व्यवहारिक नभएकाले यसलाई ऐच्छिक बनाउनुपर्ने सुझाव समेत पेस गरिएको थियो। साथै कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई निरन्तरता दिनुपर्ने, तहगत अनुमति दिने व्यवस्था मिलाउनुपर्ने, शिक्षक तलब–भत्तामा विद्यमान ६०÷४० को प्रणाली निरन्तरता दिनुपर्ने तथा छात्रवृत्ति वितरण गर्दा शुल्कमा प्रत्यक्ष असर नपर्ने व्यवस्था गर्नुपर्ने माग पनि राखिएको थियो।

यस अवसरमा नेसनल प्याब्सनले कृत्रिम बुद्धिमत्ता जस्ता विषयलाई विद्यालय तहमै समावेश गरी नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्नुपर्ने दृष्टिकोण पनि राष्ट्रपतिको समक्ष प्रस्तुत गरेको थियो।

यसअघि, शिक्षा विधेयकका जटिल प्रावधान र सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा नेसनल प्याब्सन पदाधिकारीहरूले सम्बन्धित मन्त्रीहरू रघुजी पन्त र शरदसिंह भण्डारीलाई समेत भेटी लिखित सुझाव बुझाएका थिए। मन्त्रीहरूले आफ्नो तर्फबाट सकारात्मक प्रतिबद्धता व्यक्त गरेको कुरा पनि राष्ट्रपतिलाई जानकारी गराइएको थियो।

नेसनल प्याब्सनले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा मान्यता दिनुपर्ने, आफूहरू विद्यालय बन्द–हड्तालको पक्षमा नरहेको र लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐन विद्यार्थी, अभिभावक, लगानीकर्ता तथा समग्र शिक्षा क्षेत्रकै लागि ऐतिहासिक कोसेढुङ्गा सावित होस् भन्ने अपेक्षा पनि व्यक्त गरेको छ।

उक्त भेटमा नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष गीता क्षेत्री राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, उपाध्यक्ष तिलक चौहान, निवर्तमान महासचिव पारसमणि दाहाल, उपमहासचिव कृष्ण पौडेल र काठमाडौँ जिल्ला सदस्य विजय न्यौपानेको सहभागिता थियो।

गायक दुर्गेश थापा डेनीम नेशनको ब्राण्ड एम्बेस्डर नियुक्त

काठ्माण्डौँ । शनिबार आयोजित एक विशेष कार्यक्रममा विगत ८ वर्ष देखि नेपाली बजारमा स्थापित उत्कृष्ट नेपाली ब्राण्ड डेनीम नेशनले चर्चित नेपाली गायक दुर्गेश थापालाई ब्राण्ड एम्बेस्डरको रूपमा नियुक्त गरेको छ ।

गायक थापाले विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डहरूका सामु डेनीम नेशनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र पहिलेदेखि नै यसको नियमित उपभोक्ता भएको ब्राण्डमा आफू नै आबद्ध हुन पाउँदा खुसी लागेको बताए । अब ‘नेपाली बजारमा ३डी – दुस्मन, दुर्गेश र डेनीम नेशन आयो है’ भने ।

उक्त कार्यक्रममा डेनीम नेशनका अध्यक्ष सुशील वेलबासेले डेनीम नेशनको हाल सम्मको यात्रा तथा नेपाली बजारमा खट्किएको गुणस्तरको अभावलाई चिर्न आफूले कुनै कसर नराखेको हुनाले आज बजारमा एक स्थापित नाम भैसकेको  र चर्चित गायक दुर्गेश थापालाई ब्राण्ड एम्बेस्डरको रूपमा पाउँदा गौरव महसुस गरेको बताए । आगामी दिनहरूमा गायक थापा र डेनीम नेशनको सहकार्यले अझ उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने वाचा पनि गरे ।

काठमाडौंको सोल्टी होटलमा आयोजित उक्त कार्यक्रमबाट गायक दुर्गेश थापा तथा उनको क्रियटिभ टिम र डेनीम नेशनको संयुक्त पहलमा डेनीम नेशनलाई नेपालको नं १ ब्रण्ड बनाउनुका साथै देश विदेशमा पनि यसको पहिचान बडाउने सहमति भएको छ ।

यो सहकार्यले नेपाली संगीत र उदाउँदो नेपाली ब्राण्ड दुवैलाई उकास्ने अपेक्षा गरिएको छ, जसले थापाको बढ्दो लोकप्रियता र नेपालमा उत्कृष्ट उत्पादनहरूको मागलाई फाइदा पुर्‍याउनेछ ।

डा. गोविन्द केसी फेरि अनसनमा, तीन दिन बस्ने

कैलाली – चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार र आम नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न माग गर्दै प्रा.डा. गोविन्द केसीले फेरि अनसन सुरु गरेका छन्। आइतबारदेखि कैलालीमा बसेर उनले तीन दिने सत्याग्रह प्रारम्भ गरेको घोषणा गरेका हुन्।
डा. केसीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको आरोप लगाइएको छ। उनले यो कदम चिकित्सा शिक्षा ऐनको मर्मविपरीत भएको भन्दै आलोचना गरेका छन्।
उनले भनेका छन्,`विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेताहरू र माफियाको झोला मात्र भरिन्छ, तर शिक्षाको गुणस्तरमा ह्रास आउँछ, जसको प्रत्यक्ष असर आम नेपालीको स्वास्थ्य सेवामा पर्छ।´
डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल तत्काल खोल्नुपर्ने, कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।
उनले लिपुलेकमा भइरहेको सीमा मिचाइको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका छन्। साथै, युक्रेनमाथि रुसको आक्रमण र गाजामाथि इजरायलको आक्रमणबिरुद्ध पनि आवाज उठाउँदै युद्ध रोक्नुपर्ने माग गरेका छन्।
सत्याग्रहको घोषणा गर्दै डा. केसीले भनेका छन्, गलत रुपमा गरिएको निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्छ र पूर्व सम्झौताहरू तत्काल कार्यान्वयन हुनुपर्छ। अन्यथा स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गम्भीर संकट आउनेछ।´

बिजुली माग्दै सुदूरपश्चिमवासी : दिउँसै लालटिन बालेर काठमाडौंमा गरे प्रदर्शन

अछाम : बिजुली माग गर्दै सुदूरपश्चिमका युवाहरूले काठमाडौंमा प्रर्दशन गरेका छन् । काठमाडौंको माइतिघर मण्डलामा बोलन्या थलीको संयोजकत्वमा युवाहरूले दिउँसै लालटिन बालेर शान्तिपूर्ण प्रर्दशन गरेका हुन् । अछामलगायत सुदूरपश्चिमका धेरै गाउँहरूमा लालटिन बाल्नुपर्ने बाध्यता रहेको भन्दै दबाबमुलक प्रदर्शन गरिएको हो । युवाहरू सुदूरपश्चिमी भाषामा लेखिएको प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएका थिए।

उनीहरूले अधुरा पोलहरूका तार जोड,चार हजार परिवारको उज्यालोको अधिकार खोल,अछाम अँध्यारो भयोलगायतका प्ले कार्ड प्रर्दशन गरेका थिए । ठेकेदारको लापरवाही र विद्युत प्राधिकरणको गैरजिम्मेवारी पनका कारण भइरहेका काम समेत अलपत्र परेको उनीहरूको आरोप छ । तुर्माखाँद गाउँपालिकाको भुलु रहफ,ढकारी गाउँपालिकाको बलाता, ढुंगाचाल्ना, कमलबजार नगरपालिकाकाका  क्वाल्लेख,जामा,फल्टानेलगायत विकट गाउँमा विद्युत पुग्न नसकेको र लालटिनकै साहारामा बस्नु परेको स्थानीय कमलबजार नगरपालिका स्थानीय महेश जैशीले बताए ।

बोलन्या थलीका संयोजक यादव जोशीले सरकार र विधुत प्राधिकरण बिजुली  बेचेर अर्बौं फाइदामा गयौं भन्दै खुशी मनाउँदा सुदूरपश्चिमका बासिन्दा अँध्यारोमा रात काट्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए । अछाम,दार्चुला,डडेल्धुरालगायतका जिल्लाका विकट बस्तीमा बिजुलीका लागि सरकारलाई लालटिन बालेर खोज्दै प्रदर्शन गरेको उनले बताए ।

विद्युत प्राधिकरण अछाम केन्द्रका प्रमुख हिक्मतबहादुर बिसीका अनुसार अहिले अछाममा ७० प्रतिशत पूर्ण विधुतिकरणको काम सम्पन्न भएको र बाँकी ठेक्कामार्फत् विधुतिकरणको काम जारी रहेको बताए । उनले हाल ठेक्का मार्फत् भइरहेका काम सम्पन्न भएपनि ९५ प्रतिशत मात्र विधुतिकरणको काम हुने बताए ।

बिसीका अनुसार अझै पनि ६ देखि ७ हजार घरधुरी बिजुलीबाट बञ्चित छन्। विद्युतिकरणका लागि ठेक्का भएका ठाउँमा वर्षाको समय भएकाले भनेको गतिमा कामहरू हुन नसकेको उनले बताए ।

राष्ट्रकवि घिमिरेको नाममा २७ लाखको अक्षयकोष स्थापना

काठ्माण्डौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले २७ लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

मर्स्याङ्दी वाङ्‍मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो ।

अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले १६ लाख र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गरेका हुन् ।

प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिए ।

यसअघि कोषमा १६ लाख रुपैयाँ मौज्दात थियो ।

सामसङको नयाँ फोन ग्यालेक्सी ए१७ फाइभजी नेपालमा, २९ हजारमाथि पर्ने फोनमा यस्ता छन् सुविधा

काठमाडौँ । सामसङले नेपालमा ए सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७ फाइभजी सार्वजनिक गरेको छ । ६.७ इन्चको ९० हर्ज रिफ्रेश रेटसहितको सुपर एमोलेड डिस्प्ले, पातलो र हलुका डिजाइन र लिनियर ग्रुप गरिएको क्यामेरा सेटअपसहितको यो फोन बजारमा आएको हो ।

फोनमा ५० मेगापिक्सेल ओआईएस सहितको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा- वाइड र २ मेगापिक्सेल म्याक्रो लेन्स रहेको छ ।  यसमा जेमनाई इन्टिग्रेसन, जेमनाई लाइभ र सर्कल टु सर्च जस्ता दैनिक जीवनलाई सहज र स्मार्ट बनाउने एआई टुलहरू पनि प्रयोग गर्न सकिन्छ ।

यो फोन एन्ड्रोइड १५ मा आधारित छ र यसमा वनयूआई ७ रहेको छ । फोनमा एक्सिनस १३३० चिपसेट समावेश छ । ५,००० एमएएच क्षमताको ब्याट्री रहेको यो फोनले २५ वाटको चार्जिङ सपोर्ट गर्छ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित ग्यालेक्सी ए १७ फाइभजी मार्फत आफूहरूले नेपाली उपभोक्तालाई अझ स्मार्ट, सहज र व्यक्तिगत अनुभव दिने लक्ष्य राखेका बताए । “प्रिमियम डिभाइसमा मात्र सीमित इनोभेसनमा सबैको पहुँच स्थापित हुन सकोस् भन्ने हाम्रो विश्वास हो । ए १७ ले एआई सञ्चालित प्रविधिलाई हरेक दिनको जीवनमा उपलब्ध गराउने दिशामा नयाँ कदम चालेको छ,” उनले भने ।

यसमा गोरिल्ला ग्लास भिक्टस र आईपी ५४ डस्ट तथा स्प्ल्यास रेजिस्टेन्स जस्ता सुरक्षा फिचरहरू छन् । साथै यसमा छ वर्षको सुरक्षा अपडेट र ६ ओटा ओएस अपग्रेडको समेत कम्पनीले सुनिश्चितता दिएको छ ।

ग्यालेक्सी ए १७ फाइभजी मार्फत सामसङले नेपालमा आफ्नो मिड-रेन्ज पोर्टफोलियोलाई अझ मजबुत बनाउन खोजेको छ । यसलाई उपभोक्ताका लागि एआई इनोभेसन, स्टायल, परफर्मेन्स, टिकाउपन र पहुँचका हिसाबले उत्कृष्ट संयोजनको रूपमा प्रस्तुत गरिएको छ ।

फोनको मूल्यको कुरा गर्नु पर्दा ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्ट भएको ग्यालेक्सी ए १७ फाइभजीलाई ३४ हजार ९९९ रुपैयाँ छ । त्यस्तै ८ जीबी र्‍याम तथा १२८ जीबी भेरियन्टको ३० हजार ९९९ रुपैयाँ र ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएकोलाई २८ हजार ९९९ रुपैयाँ पर्नेछ । फोन ग्रिन, सिल्भर र ब्ल्याक गरी तीन ओटा कलर भेरियन्टमा उपलब्ध छ ।

नेपाल पत्रकार महासङ्घ र सञ्चार मन्त्रालयबिच ४ बुँदे सहमति

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबिच ४ बुँदे सहमति भएको छ । आइतबार मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो ।

मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने,अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ को दफा ६ मा दर्ता भएका अनलाइन सञ्चार माध्यमले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना (पौष महिना भित्र) नवीकरण गराउनुपर्ने व्यवस्था भएको सन्दर्भमा अर्को व्यवस्था नभएसम्म प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डले अनलाइन सञ्चारमाध्यम सूचीकरणको कार्य यथावत् राख्न मन्त्रालयबाट पत्राचार गर्ने लगायत रहेका छन् ।

निजामती विधेयकमाथि एकसरो छलफल सकियो, अवकाशको उमेर हदबारे अनौपचारिक छलफल चल्दै

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमाथिको एकसरो छलफल सकिएको छ ।

आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म समितिको बैठक बसेको थियो । विधेयकमा १४७ वटा दफा रहेका छन् । सबै दफामाथि एकसरो छलफल सकिएको छ । कतिपय मिल्न बाँकी रहेका विषयमा अनौपचारिक छलफल चलिरहेको छ ।

मिल्न बाँकी विषयमा मिलाएर प्रतिवेदन तयार पारेर दिउँसो २ बजे पुन: समितिको बैकक बस्ने गरी पहिलो बैठक स्थगित भएको छ ।

मिल्न बाँकी विषयमा अवकाशको उमेरहद कार्यान्वयनको विषय समेत रहेको छ । हाल अवकाशको उमेर ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुर्‍याउनेमा सबै सहमत छन् । तर, यसको कार्यान्वयनको विषयमा भने कुरा मिल्न बाँकी छ ।

प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित चएर लागू भएको वर्ष ५८ वर्ष नै कायम रहने, अर्को वर्ष ५९ र त्यसपछिको वर्षमा ६० वर्ष लागू हुने गरी विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको छ ।

तर, सरकारले विधेयक ऐनमा रुपान्तरित चएर लागू भएको वर्ष नै ५९ वर्ष लागू गर्ने र अर्को वर्ष ६० वर्षको उमेर हद लागू गर्ने गरी प्रावधान राख्ने प्रस्ताव गरेको छ । यो विषयमा समितिमा कुरा मिल्न बाँकी छ ।

निजामती कर्मचारीका लागि राजीनामा दिएपछि वा अवकाश भएपछि दुई वर्ष कुलिङ अफ पिरियड लागू हुने विषयमा सहमति जुटिसकेको छ । यसअनुसार ऐन बन्दा सरकारी कर्मचारीले सेवाबाट अलग भएको दुई वर्षसम्म सरकारी, कुटनीतिक, संवैधानिक र अन्य नियुक्ति पाउने छैनन् ।

बैंक नोट वाहेकका सबै सरकारी कागजपत्र नेपालमै छाप्ने तयारी

काठमाडौं । सरकारले बैंक नोट वाहेकका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ।सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारसँग जोडिएका सबै स्टिकरहरु, हुलाक टिकट, लालपुर्जा लगायतका सबै कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको बताएका हुन् ।

आइतबार अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै उनले भने, ‘अवदेखी बैंक नोट वाहेक सबै चिजहरु हुलाक टिकट, स्मार्ट कार्डहरुदेखि लिएर हाम्रो लालपूर्जादेखि लिएर सिटिजनसिप,राष्ट्रिय परिचय पत्र, पासवर्डको कुरा गरौं । सरकारसँग जोडिएका सबै स्टिकरहरु हाम्रो सुरक्षण मुद्रण केन्द्रमा नै छापिन्छ । यही प्रिन्ट गर्छौ । यो बर्षदेखि बन्द गरेका छौ, गएको बर्षसम्म हुलाक टिकट विदेशमा छापिन्थ्यो जुन वेलादेखि हुलाक टिकटको प्रयोग हुन्थ्यो ।’

उनले यस वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनकशिक्षा सामाग्री केन्द्रलाई छाप्न दिएको बताए । ‘यो वर्ष कर्मचारी व्यवस्थापनको अभावका कारण जनकशिक्षा सामाग्री मार्फत भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा छाप्न दिएका छौ । हाम्रो कर्मचारीको व्यवस्थापन हुन अव एक हप्ता लाग्छ यो कर्मचारीको व्यवस्थापन भएपछि सबै सुरक्षण मुद्रण केन्द्रमा नै छापिने जानकारी गराउछु,’ उनले भने ।

बैंक नोटको लागि छुट्टै मेसिनको आवश्यकता पर्ने भन्दै बैंक नोट खदिर गर्नुपर्ने बताए । उनले हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराएर मात्र डकुमेन्टहरु छाप्नुपर्ने बताए ।

‘परराष्ट्रमन्त्रालयले ६४ लाख पासवर्ड छाप्नुपर्ने भन्यो । त्यो हामीलाई ६ महिला अगाडि नै जानकारी गराउनुपर्छ ।  हरेक मन्त्रालय, विभाग र सरकारसँग जोडिएको संगठनहरुले सुरक्षण मुद्रण केन्द्रसँग जोडिएका डकुमेन्टहरु छाप्नको लागि सुरक्षण मुद्रण ऐन अनुसार सुचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्छ,’ उनले भने ।

ट्रान्सफर्मर घोटाला प्रकरणको सुनुवाइ आज पेसीमा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई नै बदनाम गराउने गरी भएको कमसल ट्रान्सफर्मर घोटाला काण्डको सुनुवाइका लागि आज पेसी तोकिएको छ । भदौ १२ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासमा  हेर्दाहेर्दैमा राखेर सुनुवाइ हुँदै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले तत्कालीन समयमा दुई चरणमा मुद्दा दायर गरेको थियो ।

अख्तियारले विशेष अदालतमा सुरुमा तत्कालीन कार्यकारी निर्देशक डा जीवेन्द्र झा र तत्कालीन महाप्रबन्धकहरू रामेश्वर यादव, युगलकिशोर साहसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

दोस्रो चरणमा अख्तियारले विदेशी एजेन्ट र प्राधिकरणका अन्य कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दामा कमसल ट्रान्सफर्मर आयात गर्दै राज्यलाई ५० करोड बराबर नोक्सान पुर्याएको दाबीसहित उक्त रकम असुल हुनुपर्ने माग गरेको थियो ।

ट्रान्सफर्मर खरिदमा अनियमितता पाइएपछि अख्तियारले प्राधिकरणका कर्मचारी र सप्लायर्स कम्पनीका गरी ६० जनाविरुद्ध २०७० भदौ ९ र २८ गते चार थान मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो ।

उक्त मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले २०७३ चैत १७ गते प्राधिकरणका उच्च नेतृत्व र विदेशीसहित २५ लाई दोषी ठहर गर्दै उनीहरूबाट ४६ करोड असुल्न आदेश गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणको ‘बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड’ मा प्राधिकरणका तत्कालीन दुई प्रमुख कार्यकारी निर्देशकसहित २० कर्मचारी दोषी ठहर भएका थिए । यसैगरी ट्रान्सफर्मर सप्लाइ गर्ने चिनियाँ र थाई कम्पनीका पाँच जना पनि दोषी ठहर भएका थिए । विशेषले दोषी ठहर भएकाहरूबाट ४६ करोड ३० लाख रुपैयाँ बढी जरिवानास्वरुप असुल्न भनेको थियो । भारत, चीन र थाइल्यान्डबाट ल्याइएका ट्रान्सफर्मर धमाधम पड्कन थालेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

को–को दोषी ठहर भएका थिए ?

विशेष अदालतले तत्कालीन कार्यकारी निर्देशक यादवलाई एक लाख ३५ हजार जरिवाना र ३ वर्ष ५ महिना कैद सजाय, अर्का कार्यकारी निर्देशक झालाई ८० हजार रुपैयाँ जरिवाना र १ वर्ष २ महिना कैद हुने फैसला सुनाएको थियो । न्यायाधीशहरू मोहनरमण भट्टराई, नरेन्द्रकुमार शिवाकोटी र महेशकुमार पुडासैनीको इजलासले विगोसहित जरिवाना असुल गर्नुपर्ने फैसला गरेको थियो ।

विशेषले कार्यकारी निर्देशक यादवलाई पहिलो मुद्दामा १ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना, दोस्रो मुद्दामा ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना, तेस्रो मुद्दामा ७ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना तथा चौथो मुद्दामा १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अर्का कार्यकारी निर्देशक झालाई पहिलो मुद्दामा ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना, दोस्रो मुद्दामा ४ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना तथा तेस्रो मुद्दामा ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अदालतले एउटा मुद्दामा भने झालाई सफाइ दिएको थियो ।

त्यस्तै विशेषले युगलकिशोर साहलाई ९५ हजार रुपैयाँ जरिवाना र एक वर्ष ७ महिना कैद, कैलाशप्रसाद अटललाई ३० हजार रुपैयाँ जरिवाना र ८ महिना कैद तथा चिरञ्जीवी शर्मा पौडेललाई ४ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

ट्रान्सफर्मर काण्डमा दोषी हुने अन्य कर्मचारीमा मदनराज चापागाईं, प्रज्वल पाण्डे, सेन्धु यादव, भरतकुमार साह, सुरेन्द्र पनेरु, सुरेन्द्रराज जोशी, शेखरकुमार दत्त, मनोज बराल, विदुर पौडेल, सुरजप्रसाद साह, रामबिजुल मण्डल, विनोदकुमार स्वर्णकार, निमेशकुमार पोखरेल, अष्टरत्न शाक्य र त्रिपुरारीप्रसाद सिंह थिए । उनीहरूलाई विशेषले जनही ३ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

विशेष अदालतले ट्रान्सफर्मर सप्लाई गर्ने चिनियाँ र थाइ कम्पनीका पाँच जनालाई पनि दोषी ठहर गरेको थियो । विशेषले लि दाओ जिउलाई २१ करोड ४५ लाख २ हजार ३ सय ७४ रुपैयाँ जरिवाना, हु झेङ जिङलाई २ वर्ष कैद र हु जी क्युलाई एक वर्ष कैद फैसला सुनाएको थियो । विशेषले अन्य विदेशीहरू ह्यु योङलाई एक वर्ष कैद र ५ करोड ८७ लाख ७९ हजार ६ सय तीन रुपैयाँ जरिवाना, ओउ याङलाई ५ करोड ८७ लाख ७९ हजार ६ सय ३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

विशेषले थाइल्याण्डबाट ट्रान्सफर्मर सप्लाई गर्ने सप्लायर्स प्रेपाटललाई पनि दोषी ठहर गर्दै १२ करोड ९८ लाख ४१ हजार ९ सय ३३ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

विशेष अदालतले २१ कर्मचारीलाई भने सफाइ दिएको थियो । सफाइ पाउने प्राधिकरणका कर्मचारीमा टीकाराम बिसी, हरिशबहादुर पाल, सुरेशकुमार कटुवाल, सुशीलप्रसाद खनाल, नारायणप्रसाद चौधरी, सरोज श्रेष्ठ, महेशप्रसाद आचार्य, देव शर्मा पौडेल, कृष्णबहादुर थापा, कृष्णबहादुर केसी, भरत रुपाखेती, प्रमोद रिजाल, अर्जुनकुमार चौहान, हरिबहादुर गसी, भविविक्रम थापा, महेशकुमार कार्की, विनोदकुमार मानन्धर, डिल्लीरमण दाहाल थिए ।

त्यसैगरी नेपाली एजेन्ट राजनबहादुर भट्ट र अमर राजभण्डारीलाई पनि विशेषले सफाइ दिएको थियो । सप्लायर विदेशी जुई टान र नेपाली मणिनाथ ढकाललाई सफाइ दिने फैसला सुनाइएको थियो ।

साफ यू-१७ महिला च्याम्पियनसिप: नेपालले अन्तिम खेल खेल्दै

काठ्माण्डौँ । साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग अन्तिम खेल खेल्दै छ।

आइतबार भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा खेल बेलुका ५:४६ बजेदेखि हुनेछ। नेपाल यसअघि नै साफ यू- १७ महिला च्याम्पियनसिपकाे हाेडबाट बाहिरिसकेकाे छ।

नेपालले भुटानसँग खेल्दै आज साफकाे यात्रा टुंगाउने छ।

जारी प्रतियोगिता राउन्ड राेविनकाे आधारमा भएकाे हाे। जसमा नेपालले हालसम्म खेलेकाे ५ खेलमा एउटा खेलमा मात्र जित हासिल गरेकाे छ। जसमा नेपालले भुटानलाई मात्र हराउन सक्यो।

नेपाल आज पुन:भुटानलाई हराउने दाउसहित मैदान उत्रिने छ। यसअघि भारतले एक खेल अगाडि नै उपाधि जितिसकेकाे छ।

वैज्ञानिकले बनाए बर्ड फ्लू पत्ता लगाउने विशेष एआई उपकरण

काठमाडौं : बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जाले विश्वभर चिन्ता बढाएको छ। यो मुख्यतया चराहरूमा फैलिन्छ भने कहिलेकाहीँ मानिसलाई पनि असर गर्छ। यसको सबैभन्दा ठुलो समस्या भनेको लक्षण सामान्य फ्लू जस्तै देखिनु हो। यस्तै ज्वरो, खोकी, चिसो वा घाँटी दुख्ने पनि हो। यही कारणले गर्दा यसलाई प्रारम्भिक चरणमा पहिचान गर्न गाह्रो हुन्छ।

यदि समयमै पहिचान गरी उपचार गरिएन भने यसले गम्भीर रूप लिन सक्छ। यसले श्वासप्रश्वासमा समस्या र निमोनिया पनि निम्त्याउन सक्छ।

तर अब बर्ड फ्लू (एभियन फ्लू) जस्ता खतरनाक रोगहरू छिटो पहिचान गर्न सकिनेछ। अमेरिकी वैज्ञानिकहरूले एउटा नयाँ आनुवंशिक कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण सिर्जना गरेका छन्। यसले बर्ड फ्लूको संक्रमणलाई छिटो पत्ता लगाउँछ। यो भाइरसलाई एभियन इन्फ्लुएन्जा वा बर्ड फ्लू भनिन्छ। यो अन्य जनावरमा पनि फैलिन सक्छ।

वैज्ञानिकहरूले गरे अनुसन्धान
अमेरिकाको मिनेसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनमा यो उपकरणले बर्ड फ्लूबाट संक्रमित बिरामीको पहिचान गर्ने पत्ता लगाएका छन्। टोलीले जनवरी २०२४ मा शहरी, उपनगरीय र ग्रामीण क्षेत्रका आपत्कालीन विभागमा बिरामीहरूले गरेका १३,४९४ भ्रमणको विश्लेषण गरेको थियो। यी बिरामीमा बर्ड फ्लू संक्रमणका लक्षणहरूसँग मेल खाने तीव्र श्वासप्रश्वास रोगहरू (जस्तै खोकी, ज्वरो, चिसो) वा कन्जन्क्टिवाइटिस भएको पाइयो।

१४ बिरामीमा पुष्टि 
यो उपकरणले दुर्लभ अवस्थामा पनि बर्ड फ्लूको संक्रमण पहिचान गर्न सक्षम थियो। यस अवधिमा ७६ जनाको पहिचान गरिएको थियो। अनुसन्धानकर्ताहरूले गरेको गहन समीक्षा पछि १४ जना बिरामीको पुष्टि भयो। यसले हालै बर्ड फ्लू भएको थाहा पाएका जनावरहरूसँग सम्पर्कमा आएका थिए। यसमा जंगली चराहरू र पशुधनलाई समेटिएका थिए। यी बिरामीको विशेषताको आधारमा उपकरणले संक्रमण पुष्टि गरेन तर लक्षणहरू पहिचान गर्न सफल भयो।

यो अध्ययन क्लिनिकल संक्रामक रोग जर्नलमा प्रकाशित भएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार यो आनुवंशिक एआईले सार्वजनिक स्वास्थ्य पूर्वाधारमा उच्च जोखिमका केस पहिचान गर्न मद्दत गर्न सक्छ। यस्तै संक्रमण फैलिनबाट रोक्न मद्दत गर्न सक्छ। उनले बर्ड फ्लू जस्ता भाइरसप्रति सतर्क रहनुपर्ने र सुरक्षाका लागि प्रारम्भिक लक्षणमा नजर राख्नु पर्ने बताए। यो अध्ययन क्लिनिकल संक्रामक रोग जर्नलमा प्रकाशित भएको छ।

बर्ड फ्लू कति छ घातक ?  
बर्ड फ्लू वा एभियन इन्फ्लुएन्जा एक भाइरल रोग हो। यो मुख्यतया चरामा र विशेष गरी जलचर चराहरूमा फैलिन्छ। भाइरसले मानिसलाई असर गर्न सक्छ। तर यो दुर्लभ अवस्थामा र सामान्यतया संक्रमित चराहरूसँग प्रत्यक्ष सम्पर्क मार्फत हुन्छ। बर्ड फ्लूका धेरै प्रकार छन्। केही चराहरूका लागि धेरै खतरनाक (अत्यधिक रोगजनक) र केही कम खतरनाक छन्। बर्ड फ्लूका लक्षण सामान्य फ्लू जस्तै ज्वरो, खोकी वा घाँटी दुख्ने हुन्छ।  यस्तै मांसपेशी र जोर्नी दुख्ने, आँखा जल्ने। गम्भीर अवस्थामा निमोनिया र सास फेर्न गाह्रो हुन सक्छ।

प्रधानमन्त्री ओलीले गरे चीनको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

काठ्माण्डौँ । सांघाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज हुवइगाउँस्थित धान उत्पादनको विशेष क्षेत्र (राइस कोर प्लान्टिङ एरिया) को भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीले हुवाइगाउँ भिलेजस्थित सो क्षेत्रमा जेडी ९३९ धानको बीउ उत्पादन तथा कृषि, पर्यटन र शिक्षालाई जोड्दै थालिएका नमूना कार्यबारे जानकारी लिएका हुन् ।

अवलोकनमा प्रधानमन्त्री ओलीका साथ प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवंं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत छन सङलगायत सहभागी रहेका थिए ।

नेपाल राष्ट्र बैंकले ५५ अर्ब निक्षेप उठाउँदै

काठमाडौं। नेपालको वित्तीय प्रणालीमा अधिक तरलता कायमै रहेपछि नेपाल राष्ट्र बैंकले आज (आइतबार) २१ दिनका लागि ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधामार्फत बजारबाट तरलता खिच्दै आएको छ।

राष्ट्र बैंकले बोलकबोल मार्फत निक्षेप उठाउन लागेको हो। यस बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलन रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई प्राथमिकता दिइनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ। आज बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज २०८२ असोज ५ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकको खुला बजार कारोबार सम्बन्धी कार्यविधिअनुसार, वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन गर्न र बजार ब्याजदरलाई व्यवस्थित गर्न यो उपकरण प्रयोग गरिँदै आएको छ। हाल कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइन

काठ्माण्डौँ । नेपाल राष्ट्र बैंकले दशैंका लागि यही भदौ २९ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिने भएको हो ।

दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसका साथै, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ÷संस्थालाई सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

पद्मश्री साहित्य छालबाटोलाई, शर्मालाई पद्मश्री साधना र सुवेदीलाई पद्मश्री गौरव पुरस्कार

काठमाण्डौं, १५ भदौ ।
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’ लाई दिने निर्णय गरेको ।

त्यस्तै प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मा र पद्मश्री गौरव पुरस्कार डा. अभि सुवेदीले दिने निर्णय गरेको छ ।

पुरस्कार चयन समितिको सिफारिसको निर्णय अनुसार बालबाटोलाई पद्मश्री साहित्य, शर्मालाई पद्मश्री साधना र सुवेदीलाई पद्मश्री गौरव पुरस्कार दिन लागिएको खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्य क्षेत्रका उत्कृष्ट कृति र साहित्यमा योगदान पुर्याउने साहित्यकारलाई तीन वटा बिधामा पद्मश्री पुरस्कार प्रदान गर्दै आएको छ ।

पुरस्कार चयन समितिले प्रतिष्ठानलाई प्राप्त २०८१ सालमा प्रकाशित नेपाली साहित्यका २०३ वटा पुस्तकमध्ये गत असार १५ गते विस्तारित सूची र साउन १५ गते उत्कृष्ट संक्षिप्त सूची प्रकाशित गरेको थियो । ती कृतिमध्ये पुरस्कार चयन समितिको सिफारिस अनुसार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई वि।सं। २०८१ को ‘पद्मश्री साहित्य पुरस्कार’ अर्पण गर्ने निर्णय गरिएको अध्यक्ष लामिछानेले बताएका छन् ।

भुसालको ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा सुरक्षा, स्थानीय बस्ती, जलवायु परिवर्तन, वन्यजन्तु, जलविद्युत् र विस्थापनजस्ता गम्भीर विषयलाई नियात्रामार्फत् जीवन्त रूपमा समेटेको छ ।

प्रत्येक वर्ष नेपाली साहित्य, संगीत र कलाको क्षेत्रमा दीर्घसाधना गरेर उत्कृष्ट योगदान पुर्याएका दीर्घसाधकलाई प्रदान गरिने पद्मश्री साधना सम्मान यस वर्ष नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको छ । आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित रमा शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन् ।

त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएवापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ यस वर्ष प्रा. डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

नेपाली र अङ्ग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा. डा.अभि सुवेदीका करिब तीन दर्जन कृति प्रकाशित छन् । उनी साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय छन् ।

एनआरएनए युगान्डाकी अध्यक्ष अर्यालले जितिन मिसेज इन्डिया वर्ल्ड वाइड २०२५ को ताज

मुम्बई, ३० अगष्ट ।

भारतको मुम्बईमा आयोजित मिसेज इन्डिया वर्ल्ड वाईड २०२५ को ताज रमा अर्यालले जितेकी  छन् ।

श्री साई इन्टरमेन्ट प्रालिद्धारा आयोजित प्रतिष्ठित अन्तर्राष्ट्रिय  सौन्दर्य प्रतियोगिततामा युगाण्डाबाट सहभागी ३४ वर्षीया अर्यालले १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै मिसेज इन्डिया वर्ल्ड वाईड २०२५ को ताज पहिरिएकी हुन् ।

मिसेज इन्डिया विश्वव्यापी सौन्दर्य प्रतियोगिता मात्र नभई विवाहित महिलाहरुको आत्मविश्वास, नेतृत्व क्षमता, सांस्कृतिक सचेतना, कला र सामाजिक योगदानमा नेतृत्व विश्वव्यापी रुपमा पहिचान गराउने प्रतियोगिता हो ।

अमेरिकाको एभेनेइच युनिभर्सिटीबाट हालै मानार्थ डाक्टरको उपाधी प्राप्त अर्याल युगान्डाको  कम्पालामा व्यवसायमा संलग्न छिन् । व्यवसायसंगै सामाजिक कार्यमा पनि संलग्न अर्याल गैरआवासीय नेपाली संघ युगाण्डाको अध्यक्ष समेत हुन् ।

प्रतियोगिताको फाईनलमा नेपालको राष्ट्रिय झण्डा उचाल्दै अर्यालले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको शीर उचो पारेकी छिन् ।

खोज्नुहोस