यु-२० महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ – साफ यु-२० महिला च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ

जुलाई ११ देखि जुलाई २१ सम्म बंगलादेशको ढाकामा भएको प्रतियोगितामा सहभागी नेपाली यु–२० महिला फुटबल टोली मंगलबार दिउँसो काठमाडौँ आइपुगेको हो।

सोमबार उपाधिका लागि निर्णायक खेलमा बंगलादेशसँग ४–० गोलले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भएको थियो।

बेलायतकी पूर्वसांसदले खुलाइन् १० वर्षसम्म शोषणमा परेको कुरा

एजेन्सी : बेलायतकी पूर्वसांसद केट निभेटनले आफ्ना पूर्व पति तथा पूर्वसांसद एन्ड्रयु ग्रिफिथ्समाथि १० वर्षसम्म यौन शोषण र घरेलु हिंसा गरेको गम्भीर आरोप लगाएकी छन्। बेलायती टिभी च्यानल आईटिभी१मा प्रसारित वृत्तचित्र ‘ब्रेकिङ द साइलेन्स : केटको स्टोरी’ मा उनले आफ्नो वैवाहिक जीवनमा भोगेका भयानक अनुभवहरू खुलासा गरेकी हुन्।

केटले वृत्तचित्रमा बताएअनुसार ग्रिफिथ्सले उनलाई सुतिरहेको बेला बारम्बार बलात्कार गरेका थिए। भावुक हुँदै उनले भनेकी छन्, म सुतिरहेको बेला उसले मसँग जबरजस्ती यौनसम्पर्क गर्थ्यो। कहिलेकाहीँ म सहन्थें, तर कहिलेकाहीँ म रुन्थें। त्यसपछि रिसाएर उसले मलाई ओछ्यानबाट लात हानेर निकाल्थ्यो। म रुन्थें, डराउँथें, तर उसले भन्थ्यो–कसैले तिमीलाई विश्वास गर्दैन, म सांसद हुँ, प्रहरी पनि मसँग छ।’

केट र ग्रिफिथ्सको विवाह सन् २०१३ मा भएको थियो। तर ५ वर्षपछि सन् २०१८ मा उनीहरू अलग भएका थिए। केटले एक हृदयविदारक घटनाको उल्लेख पनि गरेकी छिन्। उनकी दुई हप्ताकी छोरी रोइरहेकी थिइन्, ग्रिफिथ्सले संसद जान तयारी गर्दै बच्चालाई ‘चुप लाग, हरामी’ भन्दै कराएका थिए। यो घटनाले उनको मनमा गहिरो चोट पुगेको उनले बताएकी छन्।

केटले समाजमा रहेको गलत धारणालाई चुनौती दिँदै भनेकी छिन्, ‘मानिसहरू सोच्छन् कि घरेलु हिंसा केवल गरिब वर्गमा हुन्छ, तर यो जोसुकैलाई हुन सक्छ। मध्यम वर्गका मानिसहरूमा पनि यस्ता घटना हुन्छन्।’ सन् २०२१ मा बेलायतको पारिवारिक अदालतले ग्रिफिथ्सले केटमाथि बलात्कार र बारम्बार शारीरिक हिंसा गरेको ठहर गरेको थियो।

अदालतले ग्रिफिथ्सले केटलाई मानसिक यातना दिएको कुरा पनि स्वीकार गरेको छ। तर केटले अलग भएपछि पनि ग्रिफिथ्सले कानुनी प्रणालीको दुरुपयोग गर्दै उनलाई ५ वर्षसम्म सताइरहेको बताएकी छिन्। उनले भनेकी छन्, ‘हजारौं महिलाहरूले यस्तै पीडा भोग्छन्। तर अदालतले पनि उनीहरूलाई पूर्ण सुरक्षा दिन सक्दैन।’

आईटिभी१ र आईटिभीएक्स मा प्रसारित ‘ब्रेकिङ द साइलेन्स : केटको स्टोरी’ ले केटको व्यक्तिगत कथामात्र होइन, बेलायतका पारिवारिक अदालतहरूले हरेक वर्ष ३० हजारभन्दा बढी घरेलु हिंसाका मुद्दाहरूमा गर्ने कमजोर निर्णयहरूलाई पनि बाहिर ल्याएको छ।

‘परपुरुषसँगको सम्बन्धकै कारण श्रीमान‍्को हत्या’

कञ्चनपुर : लालझाडी गाउँपालिका–४ सिगलपट्टीका रामरेशर रानाको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कञ्चनपुरका अनुसार मृतक रानाकी श्रीमतीको परपुरुषसँगको सम्बन्धका कारण हत्या भएको हो ।

वैशाख १७ मा राना घरनजिकै मृत अवस्थामा भेटिएका थिए । भारत उत्तराखण्डको चम्पावतमा ज्याला मजदुरीको काम गर्ने राना घटना हुनुभन्दा १५ दिनअघि मात्रै घर फर्केका थिए । जिल्ला प्रहरीले सोमबार घटना विवरण सार्वजनिक गरेको हो ।

जिल्ला अदालत कञ्चनपुरले असार २६ मा बेलौरी नगरपालिका–४ का पुन्ना रानालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ भने मृतककी श्रीमती माया चौधरी र उनकी छिमेकी मानमती चौधरीलाई एक/एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि धरौटी बुझाउन नसकेर उनीहरू कारागार चलान भएका छन् ।

‘घटना मृतककी श्रीमतीको अनैतिक सम्बन्धका कारण भएको देखिएको छ,’ जिल्ला प्रहरीका एसपी खडकबहादुर खत्रीले भने, ‘मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा उक्त कुरा खुलेको हो ।’ उनका अनुसार मृतकका आफन्तले पुन्नासँगै माया र मानमतीका नाममा किटानी जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार बेलौरी–४ का राना ट्रयाक्टरमा लोड अनलोडको काम गर्थे । बेलौरीबाट बालुवा लिन लालभाडी हुँदै कृष्णपुर नगगरपालिकाको वाणीसम्म आउजाउ गरिरहन्थे । त्यही क्रममा २०८१ मा रानाको मृतककी श्रीमती मायासँग भेट भयो । फोन नम्बर पनि साटासाट भयो । त्यसपछि उनीहरूबीच नियमित रूपमा फोनमा र प्रत्यक्ष भेटघाट भइरहन्थ्यो ।

आरोपित पुन्नाले प्रहरीसमक्ष दिएको बयान अनुसार २०८१ चैततिर पुन्नाको भेट मायाकी छिमेकी मानमतीसँग पनि बेलौरीमै भयो । उनीसँग पनि नियमित रूपमा भेटघाट हुन थाल्यो । रानाले मानमतीलाई आफूले प्रयोग गरिरहेको सिमकार्ड पनि दिए ।

वैशाख १६ गते पुन्ना बेलौरीबाट मानमतीको घर हुँदै राति मायाको घरमा पुगे । रामरेशर र मायाका स–साना दुई छोरी र एक छोरा छन् । मायाका श्रीमान् कामका लागि दिपायल गएको थाहा पाएपछि पुन्नाले राति त्यहीँ बस्ने निधो गरे । केहीबेरमा मायाका श्रीमान् रामरेशर घरमा पुगे । उनले ढोका ढक्ढक्याउँदा मायाले खोलिन् । त्यसपछि रामरेशर र मायाबीच झगडा हुन थाल्यो । दुवैले एकअर्कालाई हातपात गर्न थाले, त्यसैबीचमा पुन्नाले बाँसको चिर्पटले रामरेशरमाथि प्रहार गर्दा उनको मृत्यु भएको प्रहरीसमक्ष बयान दिएका छन् । त्यसपछि माया, मानमती र पुन्ना मिलेर शवलाई सडक छेउमै फालेको पुन्नाले बयान दिएको प्रहरीले जनाएको छ ।

भ्रष्टाचारीलाई प्रधानमन्त्रीले गाला मुसारेर मन्त्रिपरिषद्‍मा राखेका छन् : सांसद आलेमगर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै उलने भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरु र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको र मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी गरे।

‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिनँ भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ,’ मगरले भने, ‘किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ। भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्मननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ। र थेग्न नसक्नेपछि निलम्वन गर्नुहुन्छ। एक जना मन्त्रीलाई निकाल्नुभयो। अर्को एक जना पाइपलाईनमा हुनुहुन्छ। उहाँलाई जोगाउने लाइफलाइन छ कि छैन?’

एलन मस्कले ल्याए बालबालिकाको एआई बेबी ग्रोक

एजेन्सी । एनी, रुडी तथा भ्यालेन्टाइनजस्ता आफ्ना बोल्ड र विवादास्पद एआई मित्रहरु लञ्च गरेर चर्चामा आएका एलन मस्कले एउटा नितान्त फरक दिशामा कदम बढाउँदैछन् ।

आफूले अब बालबालिकाका लागि सुरक्षित तथा उपयुक्त एआई च्याटबट लञ्च गर्ने मस्कले घोषणा गरेका छन्। उक्त बाल च्याटबटको नाम बेबी ग्रोक हुनेछ।

एआई च्याटबट ग्रोकका विद्यमान एआई पात्रहरुलाई लिएर सोसल मिडियामा चर्को आलोचना भईरहेको बेला मस्कको यस्तो घोषणा सार्वजनिक भएको हो ।

यद्यपि मस्कले बेबी ग्रोकका विषयमा अहिले धेरै जानकारी शेयर गरेका छैनन् । तथापि के कुरा प्रष्ट छ भने उनको बेबी ग्रोक बालबालिका मैत्री एआई च्याटबट संस्करण हुनेछ र यसमा कुनै अश्लील भाषा तथा आपत्तीजनक कुराहरुको सम्भावना रहनेछैन ।

यो कदमलाई एक प्रकारले मस्कको ड्यामेज कन्ट्रोलको रुपमा लिईइएको छ। किनकि ग्रोकको विद्यमान आम संस्करणले अश्लीलतायुक्त संवादका कारण विवाद सिर्जना गरेको छ।

ग्रोकका विद्यमान एआई पात्रहरु : लज्जा र विवादको कहानी

एनी (Ani) : यो एक एनिमे शैलीको स्त्रीलिंगी च्याटबट हो जसले गोथिक कर्सेन लगाउँछ अनि कुराकानीका क्रममा निकै अन्तरंग तथा अश्लील संवादमा प्रस्तुत हुन्छ। रिपोर्ट अनुसार प्रयोगकर्ताले एनीसँग धेरै कुराकानी गर्न थालेसँगै यो भर्चुअल भित्री वस्त जस्ता रुपरेखामा प्रकट हुन थाल्छ ।

रुडी (Rudi) : एक रेड पाण्डाको रुपमा बनाईएको रुडीको विशेषता दुई भागमा विभाजित छ। एकातर्फ यसले हाँसोठट्टा गर्दछ र प्रेमिल छ भने अर्कोतर्फ गालीगलौज गर्ने तथा रिसाहा खालको छ।

भ्यालेन्टाइन (Valentine) : यो एआई पात्र क्रिस्चियन ग्रे तथा एडवार्ड कुलन जस्ता काल्पनिक तर विवादास्पद पुरुष पात्रहरुबाट प्रेरित छ। यसले भावनात्मक नियन्त्रण तथा विषाक्त सम्बन्धलाई ग्लामराइज्ड गर्दछ।

विज्ञहरुका अनुसार ग्रोकका यी सबै पात्रहरुले युवा तथा बालबालिकाहरुलाई गलत सन्देश दिने जोखिम छ। जसबाट मनोरन्जक तथा जिम्मेवार एआई डिजाइनका सीमाहरु धूमील बन्दछन् ।

सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताएका छन् ।

मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको यस रणनीतिले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने उनले बताए

नेपालको १६औं योजनासँग तालमेल गरिएको भन्दै यसले आर्थिक रूपान्तरणमा भूमिका खेल्ने उनले बताए । यो रणनीतिले निजी क्षेत्रको विकास, कृषिको आधुनिकीरणमा ध्यान दिएको उनको भनाइ छ ।

रणनीति कार्यान्वयनले गुणस्तरीय रोजगारी सिर्जना गर्ने उनको विश्वास छ । जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित मुलुक भएको भन्दै उनले यी क्षेत्रमा प्राप्त हुने सहयोगले दिगो भविष्य निर्माणमा सहयोग गर्ने समेत बताए ।

नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकता दिएको भन्दै सरकारका तर्फबाट सुशासन र संस्थागत सुदृढीकरणमा काम गरिने उनले बताए । भ्रष्टाचार नियन्त्रणमा ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरे ।

सरकारले एडीबी र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने भन्दै लगानी भित्र्याउने काममा रहेका अवरोध हटाइने बताए । प्रक्रिया सहजीकरण गरिने, पारदर्शिता कायम गरिने भन्दै उनले समग्रमा यस रणनीतिले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए ।

तत्काल मन्त्रिपरिषद हेरफेर हुँदैन : मन्त्री पाण्डे

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तत्काल मन्त्रिपरिषद् हेरफेरको कुरा नभएको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले मन्त्री हेरफेरको कुरा नभई कामलाई प्रभावकारी रूपमा अघि बढाउने कुरा भएको बताए।

उनले भने, ‘मन्त्री हेरफेरको कुरा हल्ला हो, सत्ता साझेदार दलहरूमा यस विषयमा कुरा भएको छैन।’ अहिले बाहिर हल्ला सुनेको भन्दै उनले कांग्रेस सभापति र प्रधानमन्त्रीबाट त्यस्तो कुरा नआएको बताए।

सरकार एक वर्ष अझै जाने बताउँदै उनले सत्ता गठबन्धन विसं २०८४ सम्म रहने बताए। बाहिरी हल्लाको कुनै सत्यता नरहेको उनको भनाइ थियो। उनले भने, ‘प्रधानमन्त्रीले तीव्रताका साथ काम गर्न निर्देशन दिनुभएको भएको छ।’

फरक प्रसङ्गमा बोल्दै मन्त्री पाण्डेले भरतपुर विमानस्थल विस्तारमा केही जटिलता रहेको बताए। उनले भने, ‘सरोकारवाला पक्ष, सेना लगायतसँग हामीले छलफल गरिरहेका छौँ, यस पटक नागरिक उड्डयन प्राधिकरणको बजेटमा समावेश गरेर विस्तारको काम अघि बढ्छ।’

कोरोनापछि नेपाल आउने पर्यटक घटेकामा पछिल्ला दिनमा यो सङ्ख्या बढ्दै गएको उनले बताए।

निवर्तमान मन्त्री गुप्तासँग आज सोधपुछ गर्दै अख्तियार

काठमाडौं । घुस प्रकरणमा मुछिएर राजीनामा दिएका निवर्तमानमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पनि सोधपुछ थालेको छ ।

अनुसन्धान अधिकृतको टोलीले घुस अडियो वारे गुप्तासँग सोधपुछ गर्नुका उनको अनुसन्धानका थप केही प्रक्रिया अघि बढाउने योजना बनाएको हो । सोमबार उनीसँग बयान लिने भनिएपछि अख्तियारले त्यसलाई मंगलबार सारेको हो ।

अख्तियारले उनको अडियोको नमुना परीक्षण गर्ने योजना बनाएको छ । स्रोतका अनुसार, मंगलबार मात्रै उनको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोसँग त्यसको परीक्षण हुनेछ ।

गतसाता कास्कीका प्रमुख मालपोत अधिकृतको सरुवावारे विचौलिया भनिएका एक व्यक्ति र मन्त्री गुप्ता विचको संवाद बाहिरिएको थियो । चौतर्फी दवाव परेपछि उनले राजिनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया

बंगलादेशमा विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी

काठमाडौं : बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको अनलाइन समाचार पोर्टल ढाका ट्रिब्युनका अनुसार उत्तरा क्षेत्रको माइलस्टोन विद्यालय तथा कलेजको भवनमा ठोक्किएको हो । अधिकारीका अनुसार मृतकमध्ये २५ जना केटाकेटी छन् ।

अर्का एक जना विमान चालक र एक जना शिक्षक रहेको जनाइएको छ । घटनामा परी घाइते भएका अरु ७८ जनाको उपचार भइरहेको छ । हालसम्म २० जनाको शव परिवारको जिम्मा लगाइएको छ । बंगलादेशी सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले दिएको जानकारीअनुसार सोमबार दिउँसो १ बजेर ६ मिनेट जाँदा वायुसेनाको एफटी–७बीजीआई लडाकु विमानले कुर्मितोला हवाई आधारबाट उडान भरेको थियो । उडान भरेको १२ मिनेटपछि उक्त विमान दुईतले विद्यालय भवनमा बजारिएको थियो ।

मेसिनरी समस्याका कारण दुर्घटना भएको प्रारम्भीक जानकारी दिइएको छ । सोमबार विमान दुर्घटना भएपछि बंगलादेशको अन्तरिम सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । सरकारले मंगलबार सबै सरकारी, अर्धसरकारीे, स्वायत्त संस्था तथा शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।

राष्ट्रपति पौडेलले गरे भू-ढकान नक्सा सार्वजनिक

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेशनल ल्यान्ड कभर म्याप सार्वजनिक गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक कार्यक्रममा मंगलबार उनले राष्ट्रिय भू– ढकान नक्सा (२०२०– २०२२) सार्वजनिक गरेका हुन् ।

वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्वारा प्रकाशित सो भू क्षेत्र नक्सा केन्द्रका निर्देशक डा. राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताए ।

उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए ।

सार्वजनिक भएको सो नक्सामा उल्लेख भए अनुसार देशभर जंगलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।

लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं– लुम्बिनी लायन्सले मंगलबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । यो लोगो केवल एक ग्राफिक चिन्ह मात्र होइन, यसले टिमको इतिहास, भावना र राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गर्दछ ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर बहादुर जिसीले भने, ‘यो लोगोले क्रिकेट मैदानमा हाम्रो टिमको शक्ति मात्र होइन, लुम्बिनीको गौरवको पनि पहिचान दिलाउँछ । बुद्धको भूमि लुम्बिनीबाट जन्मिएको यो टिम मैदानमा गर्जन्छ र नेपाललाई विश्वसामु चिनाउँछ ।’

उनले थप थपे, ‘लुम्बिनी लायन्सले खेल, संस्कृति र राष्ट्रिय गर्वलाई एउटै प्रतीकमा समेटेको छ ।’

नयाँ लोगोमा भगवान बुद्धको जन्मस्थल मायादेवी मन्दिर, सम्राट अशोकद्वारा ई.पु. २४९ मा स्थापना गरिएको ऐतिहासिक अशोक स्तम्भ, नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्त्वहरू समावेश गरिएको छ । सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गर्दछ ।

वि.सं. २०८१ मा स्थापना भएको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगमा फ्रेन्चाइज टिम उर्जा र उत्साहका साथ प्रस्तुत हुन तयार छ । नयाँ लोगोको माध्यमबाट नेपाली पहिचान र बुद्धको शान्ति सन्देश बोकेर नेपाली क्रिकेटमा नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ ।

साउदीको जुवेल सहरमा ९४ जना नेपाली अलपत्र

साउदी अरब : वैदेशिक रोजगारीको क्रममा साउदी अरबियाको जुबेल सहर पुगेका ९४ जना नेपाली कामदार अलपत्र परेका छन्। नेपालमा रहेको सेन्टल क्यापिटल सर्भिस मेनपावर नामक मेनपावरबाट उनीहरू गत २०२३ नोभेम्बर डिसेम्बरमा साउदी अरबियाको अब्दुला अमिर अल्सारण क्याटरिङ कम्पनीमा लेवर कामदारको रुपमा साउदी पुगेका थिए।

अलपत्र परेका कामदार मध्यका एक पीडितले विगत ६ महिनादेखि आफूहरूलाई कम्पनीले बिना काममा राखेको बताए। उनले भने,’हामीहरूलाई काममा लगाएको छैन। केवल खान बस्न दिएता पनि बिना तलब बस्नुपर्दाको पीडा अलग्गै रहेको छ।

उनले आफूहरूलाई सम्बन्धित कम्पनीले बिना काममा राखेको सम्बन्धित मेनपावरलाई जानकारी गराउँदा मेनपावरले चाँडै नै समस्या समाधान आश्वासन दिएपनि विगत छ महिनादेखि बिना तलबमा आफूहरू बस्दै आएको बताए।

नेपालबाट आउँदा सम्बन्धित म्यानपावरले कम्पनी सिधा भिजा भनेता पनि साउदी अरब आएपछि सप्लायर कम्पनीमा परेको थाहा पाएको उनको भनाइ छ। नेपालमा म्यानपावर कम्पनीले हजार प्लस ३०० रियल तलब र आठ घण्टा ड्युटी हुने बताएको थियो। तर साउदी अरब आएपछि आठ घण्टा नभई दैनिक १० घण्टा गर्नुपरेको र व्यक्ति १ लाख ५० हजार देखि ३ लाख नेपाली रुपैयाँसम्म लिएको पीडितहरूले बताएका छन्।

पीडितहरूले सम्बन्धित मेनपावर र कम्पनीले आफूहरूका समस्या नसुनेपछि साउदी लेबर कोटमा केस दर्ता गरेका थिए। त्यसपछि सम्बन्धित कम्पनीले हाल लिएको पासपोर्ट फिर्ता दिएको र सम्बन्धित कम्पनीले काम लगाउने आश्वासन दिँदै खाना बस्नको व्यवस्था मात्र गरेको उनीहरूको भनाइ छ।

उनीहरूले साउदी अकामा आइडी कार्डको मिति सकिए लगत्तै आफूहरू अलपत्र परेको बताए। हाल सो कम्पनीमा विभिन्न सहरमा गरी २०० जना भन्दा बढी नेपालीहरू रहेका छन् । सम्बन्धित कम्पनीले साउदीको जुबेल सहरमा विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरूलाई विभिन्न काम लगाउने तर तलब नदिने गरेको खुलेको छ।

पीडितहरूले हाल अलपत्र परेका नेपालीहरूको विगत ११ महिनादेखि साउदी आइडी कार्डको मिति सकिएको र खाना बस्न समेत समस्या रहेको बताएका छन्। पीडितहरूले आफूहरूको उद्दारका गत १२ जुलाईमा रासपा साउदी टिमलाई जानकारी दिएलगतै दूतावास, वैदेशिक रोजगार विभाग ,हेल्लो सरकारसँग इमेलमार्फत् लिखितरुपमा निवेदन दिएका थिए। नेपाली दूतावासले जानकारी पाए लगत्तै सम्बन्धित मेनपावर कम्पनी र सम्बन्धित निकायसँग छलफल अघि बढाएको छ।

प्रधानमन्त्री र चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्षबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार भेटेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुईपक्षीय चार समझदारी र विगतमा दुई मुलुकबीच उच्चस्तरीय भ्रमणका अवसरमा भएका विकास सहकार्यका सम्झौताको कार्यान्वयनलगायत विषयमा कुरा भएको छ ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो र मित्रवत् सम्बन्धको चर्चा गर्दै नेपाल एक चीन नीति प्रतिबद्ध रहेको दोहोर्‍याए । उनले हालैको आकस्मिक बाढीका कारण ध्वस्त रसुवागढी नाकामा आवश्यक संरचना निर्माणमा चीनले दिएको प्राथमिकताका लागि धन्यवाद दिए ।

नेपाली पक्षबाट पनि आवश्यक तदारुकता दिइएको उनले बताए । उनले नेपाललाई भूपरिवेष्टितबाट भूजडित बनाउन चीनसँगको किमाथांकालगागत अन्य नाका सञ्चालन र ‘बेल्ट एण्ड रोड इनिसियटिभ फ्रेमवर्क’ अन्तर्गतका परियोजनाको सञ्चालन बिनाअवरोध अघि बढ्नुपर्नेमा जोड दिए ।

भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपालका लागि चीनका राजदूत चेन सोङ र परराष्ट्र मन्त्रालयका उच्चाधिकारी उपस्थित थिए ।

प्रतिनिधिमण्डलले सोमबार विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र आगामी दिनमा सञ्चालन हुने परियोजनाबारे उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको थियो । त्यही अवसरमा चार परियोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

बीपीको चिन्तन देशकै लागि मार्गदर्शन बनेको छ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको चिन्तन देशकै लागि मार्गदर्शन भएको बताएका छन् । बीपीको ४३औं स्मृति दिवसको अवसरमा मंगलबार बसुन्धारामा आयोजित कार्यक्रममा देउवाले बीपीको विचार र चिन्तन आज पनि उत्तिकै सान्दर्भिक भएको बताएका हुन् ।

‘बीपीको सिंगो जीवन आन्दोलन र मुलुकको निम्ति त्यागमा गुज्रियो । उहाँले विकास गर्नुभएको मान्यता कांग्रेसमात्रै होइन देशकै लागि ठूलो मार्गदर्शन हो,’ देउवाले भने, ‘राष्ट्रिय एकता, सामाजिक सद्भाव राजनीतिक स्वार्थभन्दा ठूलो हो भन्ने सन्देश उहाँले दिनुभएको छ । त्यो आज पनि उत्तिकै सान्दर्भिक छ ।’

तत्कालीन, निरंकुश पञ्चायतविरुद्ध संघर्ष गरेर बीपी नेपाल फर्किएको भन्दै देउवाले असहज परिस्थितिमा लोकतन्त्रप्रति निर्भिक उभिएका बिपीबाट सिक्नुपर्ने उनको भनाइ छ ।

‘पञ्चायतविरुद्ध संघर्ष चलिरहँदा उहाँ नेपाल फकिनुभयो । उहाँविरुद्ध ८ वटा ज्यान मुद्दा लगाइएको थियो । संगीन आरोपको पर्वाह नगरी ३३ सालमा मेलमिलापको नीति लिएर स्वदेश फर्किनभयो,’ देउवाले भने, ‘राजनीति अहिलेजस्तो सहज थिएन । कठिन दिन गुजार्दै नेपाल आजको दिनसम्म आइपुगेको हो । उहाँको बलियो कांग्रेस भए मात्रै देश बलियो हुन्छ भन्ने मार्गदर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।’

बीपीको राजनीतिक मात्रै नभएर साहित्यिक योगदान पनि उत्तिकै रहेको देउवाले बताए ।

वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित अख्तियारको नियन्त्रणमा

धनगढी, ५ साउन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति जारी गरी यादवलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।

चुरे गाउँपालिका वडा नम्बर–६ कैलालीस्थित ग्वाँसी सामुदायिक वनको घाटगद्दी गरेको काठ व्यवस्थापन गर्ने क्रममा सेवाग्राहीसँग घूस डिल गरेको जानकारी पाएपछि निगरानीमा राखिएका यादवलाई सोमबार बेलुका घूस सहित रंगेहात नियन्त्रणमा लिईएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाएका छन् ।

पौडेलका अनुसार कञ्चनपुरबाट खटिएको आयोगको टोलीले यादवलाई घूस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

यादवलाई कञ्चनपुरबाट काठमाडौं ल्याएर थप अनुसन्धान गरिने आयोगले जनाएको छ।

ध्वस्त भएको बाजुराको बाम्का बजारको पुनर्निर्माण

बाजुराः भीषण आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको पुनर्निर्माण भएको छ। स्थानीय, प्रदेश तथा सङ्घीय सरकार र विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा बाम्का बजारको पुनर्निर्माण गरिएको हो।

बाजुराको मुख्य व्यापारी केन्द्रका रूपमा चिनिँदै आएको बुढीगङ्गा नगरपालिका–५, बाम्बास्थित बाम्का बजारमा टिनका टहरा ठडिए पनि त्यसमा सामान अझै राख्न सकिएको छैन। जेठ २३ गते नवदुर्गा होटेलमा सिलिन्डर ग्यास पट्किएर भएको आगलागीमा झन्डै ३६ भन्दा बढी पसल र होटेल जलेर नष्ट भएका थिए। टहरा ठडिए पनि पसल र होटेल पहिलेको अवस्थामा आउन सकेको छैन।

अधिकांश पसलेले बैँक तथा वित्तीय संस्थाको ऋण लिएर व्यापार सुरु गरेका थि । आगलागीका कारण ती पसले आर्थिक मारमा परेका छन्। आगलागी हुँदा शैक्षिक प्रमाणपत्र, लालपुर्जा, बैँक कारोबारका कागजात जलेर नष्ट भएको छ। सहयोगबाट टहरा निर्माण भए पनि यसमा मालसामान हाल्न निकै समस्या भइरहेको पीडित व्यापारीहरूले बताएका छन्। त्रिवेणी नगरपालिकाले १०, बुढीगङ्गाले पाँच र हिमाली स्वामीकार्तिक, जगनाथ, बुढीनन्दा, बडीमालिका, खप्तड, छेडेदहलगायतका पालिकाले एक÷दुई लाख सहयोग गरेका थिए। प्रदेश सरकारले चालिस लाख रुपियाँ सहयोग गरेको छ।

दार्चुलाको नेपाल–चीन टिङ्कर सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका साउन ७ देखि ९ सम्म खुल्ने भएको छ।

चीनको तिब्बतस्थित ताक्लाकोटमा रहेको स्थानीय प्रशासनले छाङरु र टिङ्करका व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएपछि टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर सीमानाका खुल्ने भएको हो। नाका खुल्ने भएपछि यहाँका व्यापारी व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट जाने तयारीमा छन्।

नेपाल–चीन ताक्लाकोट नाका खुल्नेबारे त्यहाँको स्थानीय प्रशासनले आफूलाई जानकारी गराएको तथा आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई जानकारी गराएको व्यास गाउँपालिका–१, छाङरुका स्थानीय व्यापारी एवं नेपाल–चीनमैत्री सङ्घका केन्द्रीय सदस्य योगेश बोहराले बताए। तर, प्रमुख जिल्ला अधिकारी पौडेलले भने आफूलाई तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त नभएको बताए।

व्यापारीले ताक्लाकोट बजारमा व्यापार गर्ने गरेको बोहोराले बताए। नाका खुल्ने भएपछि व्यापारीले ताक्लाकोट लैजाने आआफ्ना सामान तयारी अवस्थामा राखेको बताइएको छ। ७० देखि ८० जना नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली र भारतीय सामानको व्यापार गर्ने गरेको उनले बताए। “ताक्लाकोटमा साढे चार महिना जति खाद्य सामग्री र लुगाकपडाको व्यापार गर्छौं, सोही व्यापारबाट आम्दानी भएको पैसाले जीविका चलाउँछौँ,” उनले भने।

जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क अनुसार चीनको ताक्लाकोट जानका लागि यस वर्ष व्यास गाउँपालिकाका १४६ र व्यास गाउँपालिकाबाहेकका अन्य पालिकाका ११ जनाले तिब्बत प्रवेश अनुमतिपत्र नवीकरण गराएका छन् भने व्यास गाउँपालिकाका ६८ र अन्य पालिकाका ३७ जनाले नयाँ अनुमतिपत्र लिएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताए।

चीनले टिङ्करभन्ज्याङको १ नम्बर सीमास्तम्भभन्दा आधा घण्टाको दुरीमा रहेको सापु भन्ने ठाउँमा सुरक्षाकर्मी बस्ने संरचना निर्माण गरी कच्ची सडक पु¥याएको छ। छाङरु र टिङ्करका स्थानीय व्यापारीका अनुसार नेपालबाट जाने व्यापारीले सापुमा रहेको चेकपोस्टमा सामान चेकजाँच गराउनु पर्छ।

नेपालतर्फ व्यास गाउँपालिका–१, टिङ्करगाउँको छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको प्रहरी चौकी सञ्चालनमा छ। छियालेकबाट करिब छ÷सात किलोमिटर अगाडि पाँच घण्टाको दुरीमा नेपाल–चीन १ नम्बर सीमास्तम्भ पर्छ। कोभिड–१९ महामारीका कारण लामो समय बन्द रहेको ताक्लाकोट नाका गत वर्षदेखि खुलेको हो। छाङरु र टिङ्करका व्यापारी विगतदेखि परम्परागत रूपमा सो नाका भएर आवतजावत गर्दै आइरहेका छन्।

 

कैदी मृत्यु प्रकरणका आरोपीत सई पुर्पक्षका लागि कारागार चलान

धनगढीः जिल्ला कारागार, कैलालीमा कैदको मृत्यु प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक(सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताए।

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिस सिंह पालीको २ असारमा मृत्यु भएको थियो। राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

डडेल्धुराबाट जेठ २९ गते पक्राउ परेका पालीलाई कैलाली प्रहरीले ३० गते धनगढी ल्याएको थियो। ३१ गते शनिवार परेका कारण उनलाई असार १ गते मात्र अदालत पेस गरिएको थियो। अदालतले पालीलाई सोही दिन कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको थियो।

पाली प्रतिवादी रहेको मुद्दामा पुर्पक्षमा पठाइएका नाथ वादी रहेका थिए। पालीकी श्रीमती जानकी सावदले नाथकै योजनामा कारागारभित्र श्रीमानको कुटेर हत्या गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन्।

सोही किटानी जाहेरीका आधारमा प्रहरीले नाथलाई पक्राउ गरेर मुद्दा चलाएको हो। त्यसअघि नाथले दिएको मुद्दामा पालीलाई जिल्ला अदालतले २०८० सालको फागुनमा १० दिन कैद र दुई लाख जरिबाना हुने फैसला गरेको थियो।

साफ यू–२० मा भुटान तेस्रो, नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै

भुटानले साफ महिला यू–२० च्याम्पियनसिपको उपसंहार जितका साथ गर्दै तेस्रो स्थानमा प्रतियोगिता समाप्त गरेको छ । आइतबार ढाकास्थित बसुन्धरा किङ्स एरेनामा भएको अन्तिम खेलमा भुटानले श्रीलंकालाई ५–० ले हरायो । यससँगै उसले ६ खेलमा २ जितसहित ६ अंक बटुल्यो । भुटानले प्रतियोगितामा दुवै जित श्रीलंकाविरुद्ध नै निकालेको हो । पहिलो भेटमा पनि उसले श्रीलंकालाई ५–० ले नै हराएको थियो ।

अन्य चार खेलमा भने भुटान हार बेहोर्न बाध्य भयो । उसले नेपालसँग ६–१ र ८–० तथा बंगलादेशसँग ४–१ र ३–० को हार सहेको थियो । जितविहीन श्रीलंका अंकविहीन रहँदै पुछारमा सीमित रह्यो । जारी प्रतियोगितामा लिग चरणको अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्ने तालिका छ । खेल बेलुका ७ बजेदेखि सुरु हुनेछ । आजको खेल जित्ने टिमले उपाधि जित्ने समीकरण बनेको छ ।

नेपाललाई सांस्कृतिक अध्ययनको सङ्ग्रहालयको रूपमा विकास गर्नुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविध जातजाति, भाषा, भेषभूषा, परम्परा र संस्कारले भरिएको देश भएकाले यसलाई सांस्कृतिक अध्ययनको अद्वितीय सङ्ग्रहालयको विकास गर्नुपर्ने बताएका छन ।

गायक अरुण थापामगरको २६औँ स्मृति दिवसको अवसरमा नेपाल मगर विद्यार्थी सङ्घ केन्द्रीय समितिले आज ‘स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रम’मा मन्त्री पाण्डेले नेपाल आफैँमा जीवित सांस्कृतिक सङ्ग्रहालय रहेको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन पनि हाम्रै दायित्व भएको बताए । समुदायस्तरमा सञ्चालन हुने यस्ता सांस्कृतिक कार्यक्रमले नेपालीपनको भावनालाई थप सुदृढ बनाउने उनले धारणा व्यक्त गरे ।

सङ्घका केन्द्रीय अध्यक्ष चन्द्रबहादुर थापाले मगर समुदायको सांस्कृतिक चेतना अभिवृद्धिमा सङ्घ क्रियाशील रहँदै आएको जानकारी दिए । साथै, स्व थापामगरले मगर समुदाय मात्र नभई सम्पूर्ण नेपाली सङ्गीत क्षेत्रमै पु¥याएको योगदान अविस्मरणीय रहेको उल्लेख गर्दै उनको स्मृति भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताए ।

कार्यक्रममा विभिन्न साहित्य, सङ्गीत, नृत्य र कला क्षेत्रमा योगदान पु¥याउने स्रष्टालाई ‘स्रष्टा सम्मान’ प्रदान गरिएको थियो । साथै, मगर समुदायको मौलिक नृत्य, गीत र सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका छन् ।

पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न सुझाएका हुन् ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिंडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे । उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिंडेको भन्दै आपत्ति जनाएका हुन् ।

‘जता जाँदा पनि पछ्याउन पर्ने ? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने ?,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसरी हुँदैन ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए ।

‘विद्याजीलाई बालुवाटर नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो,’ अध्यक्ष ओलीले भने, ‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईंहरूले ठूलो बनाउनुभएको छ ।’

उनले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिएका छन् । ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो त्यो,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’

उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताएका छन् । पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला ब्यहोरेको बताए ।

‘हाम्रो आन्दोलनले सधैं हमला बेहोरेको छ, विरोधीहरूले हाम्रो समर्थन गर्दैनन्, झुट र बेइमान छन् । स्तरहीन छन् । अफवाह फैलाउँछन्, हाम्रो पार्टीले इतिहासदेखी हमला झेलेका हो,’ अध्यक्ष ओलीले इतिहास कोट्याए, ‘८ साल देखि १३ साल सम्म हाम्रो पार्टीलाई प्रतिबन्ध लागेको थियो । मतभेदहरू हुन्थ्यो, पछिल्लो समय जस्तो घुसपैठ भने थिएन ।’

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीमा गालीगलौजको प्रवृत्तिलाई मोहनबिक्रम सिंहले सैद्धान्तिकरण गरेको बताए । त्यससलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विस्तार गरेको ओलीको आरोप थियो ।

‘गाली गवौजको प्रवृत्तिलाई मोहनविक्रमले सैद्धान्तिकरण गरे, पछिल्लो समय प्रचण्ड प्रवृत्ति आयो, राष्ट्रिय राजनीतिमा धोकाधडीको रुपमा प्रचण्ड हुनुहुन्छ,’ उनले भने ।

उनले राजनीतिक सफलता र असफलताको जवाफ प्रचण्डले दिनुपर्ने भन्दै माओवादीको अहिलेको तरिका फरक रहेको बताए । यी सबै प्रवृत्तिका बिरूद्ध एमाले लड्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।

‘अस्ति पोलिटब्यूरो बैठकपछि एमाले एकढिक्का छ, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौं भनेर निस्कियौं,’ ओलीले भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भैराखेका छन्, यी त्यसै भएको छैनन्, लगानी गरेर भएका छन् ।’

अध्यक्ष ओलीले पार्टीले मिसन ०८४ भनेकाले त्यसका लागि सबै एकजुट हुनपर्ने पनि बताए । बहुमत नभइ काम गर्न नसकिने भन्दै उनले बहुमत ल्याउन सबै एकजुट हुन पर्ने धारणा राखे ।

‘हामीले मिसन ८४ भनेका छौँ , बहुमत नभै काम गर्न सकिन्न, एकमना एकता नभै हाम्रो नीति लागु गर्न सकिन्न,’ ओलीले भने, ‘अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो फेरि अरू तयारीहरू भैरहेका छन् । कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ ।’

उनले नेताहरू आफ्नै स्वार्थका ससाना कुरा गरेर संकीर्ण बनेको आरोप पनि लगाए । यति भनिरहँदा ओलीले आफ्नै लागि ७० वर्षे उमेर हद हटाएको पनि भन्न भने बिर्सिएनन् ।

‘७० बर्षे उमेरहदको प्रस्ताव पार्टीको सातौं महाधिवेशनमा म आफैले गरेको हो । पार्टीलाई लोकतान्त्रिक बनाउन नै गरेको हो,’ उनले भने, ‘तर अहिले परिस्थिति अर्कै छ । अस्वस्थ गतिविधि भयो । कुनै पनि हालतमा पार्टीमा अस्वस्थ गतिविधि हुन दिइन्न ।’

डडेल्धुरा प्रहरीमा मुद्दा संख्या बढ्दो, यौनजन्य हिंसाका घटनामा वृद्धि

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष मुद्दा दर्ताको संख्या बढेको छ । २०७९/८० मा ९९ मुद्दा दर्ता भएकामा २०८१/८२ मा १९० वटा मुद्दा दर्ता भएका छन् । ०८०/८१ मा १२० वटा मात्र मुद्दा थिए ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दर्ता भएका १९० मुद्दामध्ये १११ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् । उनका अनुसार आत्महत्या र भवितव्यज्यान लगायतका मुद्दामा २ वर्ष कुर्नुपर्ने कानुनी प्रक्रिया हुन्छ ।

दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी घरेलुहिंसा, बैंकिङ कसुर, अभद्र व्यवहार, लागुऔषध कारोबार, आत्महत्या, जबर्जस्ती करणी र बाल यौनदुरुपयोग जस्ता मुद्दा देखिन्छन् ।

एक वर्षको अवधिमा घरेलु हिंसाका ४२ उजुरी आएकामा ३३ उजुरी प्रहरीबाटै फर्छ्यौट भएका छन्, बाँकी अदालती प्रक्रियामा लगिएको छ । महिला हिंसाका १४ वटा उजुरी परेकामा सबैको मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।

बैंकिङ कसुरका ३२ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २० वटा फर्छ्यौट भइसकेका छन् भने बाँकी विचाराधीन छन् । चेक बाउन्स, ऋण असुलीका केसहरू बैंकिङ कसुरमा पर्छन् । त्यस्तै, अभद्र व्यवहारसम्बन्धी २७ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये २५ मुद्दा फर्छ्यौट भइसकेका छन् । सामान्य झगडा, गालीगलौज, हातपात र सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गर्ने व्यक्तिहरूविरुद्ध यस्ता मुद्दा दर्ता गरिन्छन् ।

प्रहरी तथ्यांकमा देखिएअनुसार गत वर्ष मात्रै डडेल्धुरामा झुन्डिएर आत्महत्या गरेका २६ घटना दर्ता भएका छन् । सामाजिक, मानसिक, आर्थिक र पारिवारिक कारण आत्महत्याको कारक हुने गरेको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ । यस्तै, आत्महत्यामा दुरुत्साहनसम्बन्धी ४ वटा मुद्दा दर्ता भएका छन् । मनोपरामर्श र मानसिक स्वास्थ्य सेवा नपुग्दा धेरै मानिस समस्यालाई मौनतामा गुमाउने र अन्ततः आत्मघाती कदम चाल्ने अवस्था पछिल्लो समय बढ्दो छ ।

यौनजन्य हिंसाका घटनामा पनि वृद्धि भएको देखिन्छ। जबरजस्ती करणीका ८ मुद्दा दर्ता भएका छन् । तीमध्ये ७ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने १ मुद्दा अदालतको प्रक्रियामा रहेको छ । बाल यौन दुरुपयोगका ४ वटा मुद्दा गत वर्ष दर्ता भएका छन् । ‘यी संख्या केवल उजुरी परेका घटना हुन्। ग्रामीण क्षेत्रमा यौनजन्य हिंसाका घटना लुकाइने सम्भावना धेरै हुन्छ,’ प्रहरी निरीक्षक विष्ट भन्छन्, ‘पीडित बोल्न सक्ने अवस्था सिर्जना गर्न समुदायमै चेतना फैलाउनु आवश्यक छ।’

प्रहरीका अनुसार जिल्लाको भित्रीमधेश क्षेत्र आलिताल र परशुराम तथा सदरमुकामको बजारक्षेत्र अमरगढीमा बढी अपराधिक क्रियाकलाप हुने गरेका छन् । प्रहरीले पछिल्ला वर्षमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताएको छ । प्रहरी विद्यालयमा पुग्ने, टोल र समूहमा छलफल आयोजना गर्ने, महिला समूहसाग सहकार्य गर्ने, स्थानियतहसाग समन्वय गरेर सुरक्षामूलक प्रशिक्षण सञ्चालनजस्ता कार्यक्रम गरिएको प्रहरीको दाबी छ । तर, व्यवहारमा भने यी कार्यक्रमको प्रभावकारिता निकै सीमित देखिएको छ ।

जिल्लामा मानसिक स्वास्थ्य समस्या, बेरोजगारी, आपसी वैमनस्य, गरिबी र आधुनिक प्रविधिको गलत प्रयोग अपराध बढ्ने कारण बनेका छन् । स्थानीय तहमा सञ्चालित शिक्षा, स्वास्थ्य र सामाजिक कार्यक्रमहरूमा अपराध विरोधी अभिमुखिकरण अनिवार्य गरिनु आवश्यक देखिन्छ । मानसिक स्वास्थ्य, साइबर अपराध र यौनजन्य हिंसाका विषयमा विद्यालय स्तरमै पाठ्यक्रम समावेश गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

नेप्सेमा २१.७६ अंकको वृद्धि

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा यसदिन ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ ।

आज थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।

आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाए ।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बंगलादेश एयर फोर्सको विमान एक क्याम्पस परिसरमा दुर्घटनाग्रस्त

काठमाडौं । बंगलादेश वायुसेनाको एफ–७ बीजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको डियाबारीस्थित माइलस्टोन कलेज परिसरमा दुर्घटनाग्रस्त भएको छ। विमान दुर्घटनापछि आगलागी भएको थियो ।

बंगलादेशको अन्तरसेवा जनसम्पर्कका अनुसार उक्त प्रशिक्षण विमानले दिउँसो स्थानीय समय अनुसार १:०६ बजे उडान भरेको र केही समयमै कलेज परिसरमा दुर्घटनाग्रस्त भएको हो।

ढाका महानगर प्रहरीको उत्तरा डिभिजनका उप–आयुक्त मोहिदुल इस्लामले ‘डियाबारीस्थित मिलस्टोन कलेजको भवनमा फाइटर जेट दुर्घटना भएको छ’ भन्दै घटनाको पुष्टि गरेका छन् ।

विमान दुर्घटनापछि दमकल टोली दिउँसो १:२२ बजे घटनास्थलमा पुगेको थियो। उद्धार कार्यमा संलग्न एक दमकलकर्मीले कम्तीमा केही विद्यार्थी जलेको दाबी गरेका छन्।

लसम्म विमान चालकहरू दुर्घटनाअघि विमानबाट बाहिरिन सफल भए कि भएनन् भन्ने स्पष्ट भएको छैन।

कलेजका एक निर्देशकका अनुसार विमान अचानक कलेज भवनमा खसेपछि आगलागी भएको थियो भने विद्यार्थीहरू दौडँदै घटनास्थलमा पुगेका थिए।

घटनास्थलमा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्षबीच भेट : चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो।

द्विपक्षीय भेटवार्ता पश्चात चारवटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो।

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो। जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे।

भरतपुर स्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ। यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ। त्यस्तै निजामती कर्मचारी अस्पातालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ।यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ। यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ।

यही अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे। यसबाट रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धि सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै नेपाल भ्रमण गर्नुभएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए। साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउने विचार व्यक्त गरे।

अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताए। उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे।

साथै, रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ।

सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुनेगरी काम गर्ने जानकारी दिए।

सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरे।

अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए।

‘भ्वाइस टेस्ट’ का लागि हाजिर हुन पूर्वमन्त्री गुप्तालाई अख्तियारको आदेश

काठमाडौं –  एमाले केन्द्रीय सदस्य तथा घुसकाण्डमा जोडिएर राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘भ्वाइस टेस्ट’का लागि हाजिर हुन भनेको छ ।

७८ लाख रूपैयाँ घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो ।भूमिसुधार तथा मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पद गुमाएका थिए ।

तर गुप्ताले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन्। अडियो पनि आफ्नो नभएको जिकिर उनले गरिरहँदा अख्तियारले झिकाएको हो । उनले घुस बार्गेनिङ गरेपछि पैसाको झोला नै सरकारी निवासमा छाडेर गएको स्वीकारेका थिए । यसबारे उजुरी परेपछि अख्तियारले छानबिन अघि बढाएको हो ।

ओलीले केन्द्रीय सदस्यलाई भने- पार्टी विभाजन गर्ने तत्व सलबलाए, एकताबद्ध हुनुहाेस्

काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्ने तत्व सलबलाएकाे बताएका छन् ।

साेमबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीकाे नवाैं बैठकमा अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति हुनबाट राेक्न पार्टी विभाजन गर्ने तत्वहरू सलबलाएकाे दाबी गरेका हुन् ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पार्टीलाई एकताबद्ध हुन अध्यक्ष ओलीले निर्देशन दिएकाे उल्लेख गरे ।

गाैतमले भने, ‘नेकपा एमालेलाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी मिसन ४८मा प्रस्तुत गर्नु पर्ने भएकाेले पार्टीका सबै पङ्तिलाई एकताबद्ध भएर प्रस्तुत हुन अध्यक्षले निर्देशन दिनु भएकाे छ,’ उनले भने ।

इन्डोनेसियामा पानी जहाजमा आगो लाग्दा ३ जनाको मृत्यु, ५६८ यात्रुको उद्धार

काठमाडौँ: यात्रुहरूलाई लिएर मानाडो जाँदै गरेको इन्डोनेसियाको एक पानी जहाजमा लागेको आगो नियन्त्रणमा लिइएको छ । उद्धार टोलीले उक्त जहाजबाट ५६८ जना यात्रुको उद्धार गरेको छ ।

तीन यात्रुको मृत्यु भएको छ । आइतबार उत्तरी सुलावेसीको तालिस टापु नजिकै इन्डोनेसियाली जहाजमा आगलागी भएको थियो । यसक्रममा केही यात्रु ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए ।

आइतबार दिउँसो मानाडोतर्फ जाँदै गरेको केएम बार्सिलोना ५ जहाजमा आगो लागेको मानाडो नौसेना बेसका प्रमुख फर्स्ट एडमिरल फ्र्यान्की पासुना सिहोम्बिङले बताए ।

जहाज सुलावेसीको तालिस टापु जिल्लाको मेलोङ्गुआन बन्दरगाहभन्दा अगाडि बढेको थियो । अचानक जहाजको पछाडिको भागमा आगो लाग्यो । जहाजमा रहेका यात्रुहरूले आफ्नो ज्यान बचाउन समुद्रमा हाम फाल्न थाले । सिहोम्बिङले उद्धार कार्यमा तटरक्षक जहाज, ६ वटा उद्धार जहाज र धेरै डुङ्गाहरू खटाइएको बताएको छ ।

उद्धारकर्ताहरूले धेरै मानिसहरूलाई समुद्रमा निकालेर नजिकैका टापुहरूमा लगेका थिए । स्थानीय माझीहरूले छालहरूमा फसेका लाइफ ज्याकेट लगाएका केही जीवित यात्रीको उद्धार गरे।

जहाजको पछाडिको भागमा लागेको आगो एक घण्टा भित्र निभाइएको सिहोम्बिङले बताए । जहाजमा २८० यात्रु र १५ चालक दलका सदस्यहरू मात्रै रहेको भनिएको थियो । तर उद्धारकर्ताहरूले ५६८ जनालाई उद्धार गरे ।

गर्भवती महिला सहित तीन जनाको शव निकालिएको छ । खोजी र उद्धार कार्य जारी छ यद्यपि कोही पनि हराएको तत्काल रिपोर्ट आएको छैन ।

सुरुमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको अधिकारीहरूले बताएका थिए । तर उद्धार एजेन्सीले सोमबार यो सङ्ख्या घटाएर तीनमा झारे । जहाजमा सवार यात्रुहरूको सङ्ख्या सूचीभन्दा फरक हुनु सामान्य भएको तर यसले दुर्घटना निम्त्याउन सक्ने र खोज अनि उद्धार कार्यलाई कठिन बनाउन सक्ने उनको भनाइ थियो ।

खोज्नुहोस