सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

धनगढी, १५ साउन ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । ५३ जना सदस्य रहेको सुदूर पश्चिम प्रदेश सभामा मुख्यमन्त्री शाहले ३० मत पाए । उनलाई सरकार जोगाउन २७ मत आवश्यक थियो ।

नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिएका हुन् ।

नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् ।

नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभामा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् ।

काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ ।

नाउपामा अवैध तरिकाले अध्यक्ष चुनियो, म कानुनी प्रक्रियामा जान्छु : श्रेष्ठ

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी गरेकी छिन् । पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले ‘अवैध’ भेला गरी नाउपाको नयाँ अध्यक्ष चयन गरेको श्रेष्ठको आरोप छ ।

रेशम पक्षको बिहीबार बसेको राष्ट्रिय भेलाले बर्दिया-२ बाट निर्वाचित सांसद लालवीर चौधरीलाई अध्यक्षको जिम्मा दिएको छ । लालवीर रेशमका बुवासमेत हुन् । लालवीरलाई वैधानिक हिसाबले अध्यक्ष नतोकिएको भन्दै श्रेष्ठले भनिन्, ‘यो अवैध छ । म कानुनी प्रक्रियामा जान्छु । यस्तै लफडाले नाउपाका सांसदहरूको कानुनी अवस्था के हुन्छ ?’

यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो। काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।

पार्टीको विवाद चर्किँदै गएको अवस्थामा रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भने अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।

सारिकाको ‘यसपाली नि पोते लगाई नाच्नु पर्ने भो’ बजारमा

काठमाण्डौं, १५ साउन ।
‘गुन भुल्यौ’ बोलको गीतले चर्चामा रहेकी गायिका सारिका घिमिरेको ‘यसपाली नि पोते लगाई नाच्नु पर्ने भो’ बोलको तीज गीत बजारमा आएको छ ।

सारिकाको स्वर रहेको ‘यसपाली नि पोते लगाई नाच्नु पर्ने भो’ तीज गीतको रचना गणेश शाहीले गरेका हुन् । म्युजिक भिडिओको निर्देशन पनि शाहीले नै गरेका छन् । विश्व अधिकारीको संगीत रहेको म्युजिक भिडिओका कोरियोग्राफर राजिव समर हुन् ।

तीजको अवसरमा सार्वजनिक गरिएको ‘दिन्छु भन्थ्यौ सुनको चुरा, गफै मात्र भो, आकाशियो सुनको भाउ, आशै मरि गो’ बोलको गीत महिला दिदीबहिनीले रुचाउने सारिकाको विश्वास छ ।

 

‘गुन भुल्यौ’ की गायिका सारिकाको ‘मैना चरी’ आउदै

काठमाण्डौं, १५ साउन ।
‘गुन भुल्यौ’ बोलको गीतले चर्चामा रहेकी गायिका सारिका घिमिरेको नयाँ गीत ‘मैना चरी’ बजारमा आउदैछ ।

सारिकाको शब्द र स्वर रहेको ‘मैना चरी’ मा योगेश काजीले संगीत भरेका छन् । म्युजिक भिडिओको निर्देशन गम्भीर विष्टले गरेका छन् ।

म्युजिक भिडिओको नृत्यको लिड रोलमा सारिका स्वयम छिन् । उनले यो गीत चाँडै आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गर्ने बताएकी छिन् ।

‘गुन भुल्यौ’को अपार सफलतापछि उत्साही सारिकाले ‘मैना चरी’ पनि स्रोता तथा दर्शकले रुचाउने विश्वास गरेकी छिन् ।
‘मैना चरी’ महिलामाथि हुने हिंसामा आधारित छ ।

दुई महिना अघि सार्वजनिक भएको सारिकाको ‘गुन भुल्यौ’ गीत युट्युवमा एक करोड ३० लाख पटक हेरिएको छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेकी सारिकाले ‘गुन भुल्यौ’ गीतबाट ख्याति कमाएकी हुन् ।

गृहमन्त्री लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजकबिच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हाना सिंगर हाम्डीबिच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हानाबिच भेटवार्ता भएको हो । भेटमा संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हानाले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरेकी थिइन् ।

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् । मन्त्री लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पुर्‍याउन सक्रिय रहेको बताए ।  लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।

रेशम चौधरीले श्रीमतीलाई हटाएर बुबालाई बनाए अध्यक्ष, के भन्छन् नयाँ अध्यक्ष लालवीर ?

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएका छन् । पार्टीभित्र विवाद बढिरहेको बेला नाउपाले संरक्षक रेशम चौधरीसहितको सक्रियतामा राष्ट्रिय भेला बोलाएर नयाँ अध्यक्ष चयन गरेको हो।

नयाँ अध्यक्ष चयन गरिएको घोषणा बिहीबार गरियो ।   अध्यक्षको जिम्मेवारी सम्हालेसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लालवीर चौधरीले नागरिक उन्मुक्ति पार्टीको आन्तरिक समस्या समाधान गर्न विधि र पद्धति अनुरूप आफूले काम गर्ने बताए । ‘हामी लगातार आठ दिनदेखि मन्थनमा थियौँ र आज अन्ततः सकारात्मक निकास निकाल्न सफल भएका छौँ’, उनले भने ।  यो सफलताका लागि उनले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू, संघ र प्रदेशका सांसदहरू, स्थानीय तहका प्रमुख, उपप्रमुख र वडा अध्यक्षसहित सबैलाई धन्यवाद दिए ।

उनले रञ्जिता श्रेष्ठलाई नेतृत्वबाट हटाइएको नभई केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको बताए । ‘उहाँलाई हटाइएको होइन—उहाँलाई दण्डित गरिएको पनि होइन। केवल पार्टीलाई निकास दिने उद्देश्यले यो कदम चालिएको हो’, उनले भने, ‘हामी अझै पनि उहाँप्रति सम्मानजनक व्यवहार गर्न तयार छौँ र उहाँलाई पार्टीमा सहभागी हुन पनि आग्रह गरेका छौँ। तर, उहाँ आफैँ आउन चाहनु भएन।’

अनसनरत मेयर भट्टराईको जीवन रक्षाका लागि मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ। माइतीघर मण्डलामा अनसनरत मेयर भट्टराईको स्वास्थ्यअवस्था गम्भीर बनेको भन्दै आयोगले तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

आयोगले अनसनस्थल माइतीघर तथा वीर अस्पताल पुगी अनुमगन गरेको जनाएको छ। साथै, अनुगमनका क्रममा आयोगले अनसनरत भट्टराई, स्वास्थमन्त्री प्रदीप पौडेलका साथै वीर अस्पतालका चिकित्सक र प्रशासकहरुसँग समेत जानकारी लिएको छ।

आयोगका अनुसार भट्टराई माइतीघर मण्डलामा अनसन बस्ने योजना बनाई सिंहदरबार हुँदै अगाडि बढ्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिई माइतीघर मण्डलामा ल्याएको, स्थानीय प्रशासनले अनसनका लागि रत्नपार्कस्थित शान्तिवाटिकामा जान भनिए पनि उनले अस्वीकार गरी माइतीघरमै अनसनमा बसेको, अनसनरत व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि साउन १४ गते राति वीर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना गरिएको अनुगमनका क्रममा पाइएको छ।

वीर अस्पतालका अनुसार अनसनरत मेयरको स्वास्थ्य अवस्था गम्भीर (ब्लडप्रेशर, सुगर र मुटुको धड्कन कम भएको) बन्दै गए पनि उनले थप उपचारको लागि भर्ना भई उपचार गर्न अस्वीकार गरेका छन्। वार्ताबाटै समस्या समाधानका लागि भट्टराईसँग सरकारका प्रतिनिधिहरुले अनौपचारिक छलफल गरिरहेको समेत जानकारी प्राप्त भएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता सहसचिव डा. टीकाराम पोखरेलले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अतः निजको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्याको समाधान गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारसँग आग्रह गर्दछ।’

मेयर भट्टराई जैविक विविधता र रैथाने संस्कृतिको संरक्षणका लागि आवश्यक नीति निर्माणको लागि पहलकदमी गर्न, बाँसको प्रवर्द्धन गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्य गर्न, गिटी क्रसर उद्योगहरू मापदण्डअनुसार सञ्चालन गर्न, खोटाङलाई बाँसको राजधानी घोषणा गर्न, निर्माण व्यवसायीलाई एउटा काम नसकी अर्को निर्माण कार्य गर्न नदिने व्यवस्था मिलाउन तथा बाँदर तथा अन्य जङ्गली जनावर नियन्त्रणको लागि नीति बनाउन भन्ने लगायतका मागहरु राखी यही साउन ११ गतेदेखि माइतिघरमा अनसन बसेका छन्।

नाउपा भेलाबाट लालवीर चौधरी अध्यक्षमा सर्वसम्मत

काठमाडौं : नागारिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत भएका छन्। काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत गरेको हो।

यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी बर्खास्त गर्ने निर्णय गरेको थियो।

आइसीसी महिला टी-२० विश्वकप छनोटको खेल नेपालमा हुने

काठमाडौं : आइसीसी महिला टी-२० विश्वकप छनोटको ग्लोबल छनोटको खेल नेपालमा आयोजना हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले विश्वकप छनोटको खेल नेपालमा हुने तय गरेको हो।

प्रतियोगिता जुन १२ जनवरी २०२६ देखि २ फेब्रुअरी २०२६ सम्म माथिल्लो र तल्लो मुलपानी क्रिकेट स्टेडियममा हुनेछ। पूर्ण खेल तालिका भने घोषणा हुन बाँकी रहेको छ। यस प्रतियोगितामा १० टोलीहरू प्रतिस्पर्धा गर्नेछन्।

ग्लोबल छनोटका शिर्ष ४ टिमले २०२६ मा इङ्ल्यान्ड र वेल्समा हुने विश्वकप खेल्नेछन्। यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

यस प्रतियोगिताका लागि ५ टोलीले स्थान पक्का गरिसकेका छन्। बंगलादेश र आइरल्याण्ड २०२४ विश्वकपमा सहभागी हुने टिमका आधारमा छनोट भएका हुन्। घरेलु टिम नेपाल र थाइल्यान्डले एसिया क्षेत्र छनोट पार गरेर ग्लोबल क्वालिफार्यसमा स्थान बनाएका हुन्। संयुक्त राज्य अमेरिका  क्षेत्रबाट छनोट भएको हो। अब  ५ टिमको टुंगो लाग्न बाँकी रहेको छ।

दुई–दुई टोलीहरू अफ्रिका र युरोप क्षेत्रको क्वालिफायरबाट, एक टोली पूर्वी एशिया–प्यासिफिक क्षेत्रबाट चयन गरिनेछ। यस प्रतियोगितामा १० टोलीलाई २ समुहमा विभाजन गरेर खेलाइनेछ । शीर्ष छ टोलीहरू सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। अन्त्यमा फाइनल खेल हुँदै विजेता निर्धारण हुनेछ ।

२०२६ मा आयोजना हुने महिला टी-२० विश्वकप मा १२ टोलीहरू सहभागी हुनेछन्।  नेपालले पहिलो पटक ग्लोबल क्वालिफार्यसमा स्थान बनाएको हो। नेपालका घरेलु भूमिमा ग्लोबल क्वालिफार्यस खेल्दै विश्वकप छनोट हुने यो सुनौलो अवसर हो।

प्रधानमन्त्रीले ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ गरे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई नि:शुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन्।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रंगशाला निर्माणको घोषणा गरे।

नाउपा संसदीय दलको नेतालाई रन्जिताको स्पस्टिकरण, निर्वाचन आयोगलाई बोधार्थ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको संसदीय दलका नेता गंगाराम चौधरीलाई विधानविपरीतको क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोधेकी छन् ।

आफू बिरामी परेर उपचाररत रहेको अवस्थामा कुनै जानकारी नगराइकन गत ९ साउन र ११ साउनमा विभिन्न गैरकानूनी निर्णयहरु गरेको गंगाराममाथि रञ्जिताको आरोप छ ।

‘तपाईंलाई विधानको धारा १७ बमोजिम किन कारबाही नगर्ने, प्रस्तुत पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र आधार कारण युक्त एवं चित्तबुझ्दो स्पष्टिकरण पेश गर्नुहोला । अन्यथा पार्टीको विधान बमोजिम तपाईलाईं कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ,’ स्पष्टीकरणको पत्रमा भनिएको छ ।

ब्रिटिस काउन्सिलको विश्व अवार्ड फाइनलमा पुगे पत्रकार खड्का

काठमाडौं । ब्रिटिस काउन्सिलको विश्व अवार्डमा नेपाली पत्रकार घनश्याम खड्का फाइनलमा पुगेका छन् । काउन्सिलले विश्वभरका १३ सय आवेदकहरूबाट छनोट गरेको अन्तिम २८ मा खड्का परेका हुन् ।

बेलायती शिक्षा लिएर आफ्नो देश तथा क्षेत्रमा अतुलनीय कर्म गर्नेहरूलाई छनोट गरिने यो सूचीमा खड्का परेका हुन् । उनले पत्रकारितामा मानव अधिकार तथा संक्रमणकालीन न्यायको क्षेत्रमा गरेको कर्मलाई उनी फाइनलमा पुग्ने कारण बताइएको छ । खड्कालाई ‘संस्कृति र सिर्जनशीलता’को शीर्षकमा छानिएको हो ।

अन्तर्राष्ट्रिय तथा युरोपेली कानुनमा सन् २०१७ मा बेलायतको लिड्स विश्वविद्यालयबाट खड्काले उच्च शिक्षा अध्ययन गरेका थिए । उनी फाइनलमा पुगेको खुसी विश्वविद्यालयले पनि साटेको छ । खड्कालाई एक पत्र पठाउँदै विश्वविद्यालयले बधाई दिएको छ ।

अछामको प्रमुख प्रशासकीय अधिकृतमा ताम्राकार

अछाम। अछामको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिलाले जिम्मेवारी पाएका छन । सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा सङ्गीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ ।

ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत तोकिएसँगै पहिलो महिला बनेकी छन । आर्थिक जिम्मेवारीसहित ताम्राकारलाई वरिष्ठतम कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा ९४० अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयको दिएको हो ।

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मको लागि  निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै पालिकाको विकास र समृद्धिमा सबै पक्षसँगको समन्वय र सहकार्यमा अघि बढ्ने ताम्राकारको प्रतिक्रिया छ ।

२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरमा ताम्राकार सफल भइन । प्रशासनतर्फको स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर २०७९ बाट मेल्लेखमा सेवा गर्दै आएकी छन। उनले बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन ।

१२ कक्षामा व्यवस्थापनपछि स्नातकोत्तर तहमा शिक्षाशास्त्र संकाय अध्ययन गरीन । सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेमा ताम्राकार सम्भतः पहिलो महिला हुन् । यसअघि मन्त्रालयबाटै प्रमुख प्रशासकीय अधिकृतमा महिलालाई हालसम्म नतोकिएको केहीको दाबी छ ।

चीनको सहयोगमा पाकिस्तानले उपग्रह प्रक्षेपण गर्‍यो

काठमाडौं । चीनको सिचाङ स्याटेलाइट लञ्च सेन्टरबाट पाकिस्तानले आफ्नो रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण गरेको छ ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यो उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ, जसले पाकिस्तानलाई सहर योजना बनाउन, सडक तथा भवनको विकास गर्न, प्राकृतिक प्रकोपहरूको सामना गर्न, कृषि निगरानी गर्न तथा जलवायु परिवर्तन बुझ्न जस्ता क्षेत्रमा मद्दत पुर्‍याउनेछ ।’

विज्ञप्तिअनुसार यो उपग्रह पाकिस्तानको अन्तरिक्ष संस्था सुपार्कोले चीनका कम्पनीहरू सीईटीसी र माइक्रोस्याटसँग मिलेर विकास गरेको हो ।

विज्ञप्तिमा यस उपग्रहको उद्देश्य देशको विकासलाई अगाडि बढाउने र जनताको जीवनस्तरमा सुधार ल्याउनु रहेको उल्लेख गरिएको छ ।

अमेरिकामा लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं : अमेरिकामा लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। अमेरिकाको क्यालिफोर्नियामा रहेको नेभल एयर स्टेशन लेमूर नजिकै एफ–३५ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो।

अमेरिकी नौसेनाका अधिकारीहरूले पाइलट विमानबाट बाहिर निस्कन सफल भएको जानकारी दिए।

घटनाबारे एनएएस लेमूरले विज्ञप्ति जारी गर्दै पाइलट सफलतापूर्वक विमानबाट बाहिर निस्केका र अन्य कुनै पनि कर्मचारी प्रभावित नभएको जनाएको छ।

एक आधिकारिक विज्ञप्तिमा दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको उल्लेख छ।

यसैबीच एफ–३५ लडाकु विमानको निर्माता अमेरिकी रक्षा ठेकेदार लकहिड मार्टिनले दुर्घटनाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

रूसमा फेरि शक्तिशाली भूकम्प

काठमाडौं । रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ। बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको भूकम्पको तीव्रता ६.५ थियो।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार यो भूकम्प नेपाली समय अनुसार बिहान सवा ११ बजे रेकर्ड गरिएको थियो। यसको गहिराई केवल १० किलोमिटर थियो।

यसअघि बुधबार कुरिल टापु नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो। यो अहिलेसम्म रेकर्ड गरिएको छैटौं सबैभन्दा शक्तिशाली भूकम्प हो। यद्यपि, अहिलेसम्म कुनै पनि हताहतको समाचार आएको छैन।

८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिकासम्म पुगे। रूसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटरसम्म अग्ला थिए।

हिजो कुरिलमा पनि ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो।

भूमि विधेयकलाई मन्त्रालयमै फिर्ता गरौं :रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई संसद्‍ले फिर्ता गर्नुपर्ने प्रस्ताव राखेको छ ।

यो विधेयक हाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा दफावार छलफलमा छ ।

बिहिबारर समितिको बैठकमा बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले विधेयक फिर्ता गर्नुपर्ने आफ्नो पार्टीको प्रस्ताव रहेको बताए ।

‘भूमि विधेयकमा थप छलफल गर्न मन्त्रालयमै फिर्ता पठाउनुपर्ने सुझाव विज्ञबाट पनि आएको छ । हाम्रो बुझाइ पनि यही छ, हाम्रो पार्टी पार्टीको प्रस्ताव पनि यही नै रहेको जानकारी गराउन चाहन्छु,’ सांसद चौधरीले भने ।

संविधानले नै भूमिहीन दलितलाई भूमि दिने भनेको र दिनुपर्नेमा आफुहरू प्रष्ट रहेको उनले बताए । तर अव्यवस्थित बसोबासी को हो भन्ने प्रष्ट नगरी विधेयक ल्याइएको उल्लेख गर्दै उनले थपे, ‘अव्यवस्थित बसोबासीको परिभाषा विधेयकमै चाहिन्छ । यसकारण पनि विधेयक फिर्ता गर्नुपर्ने हुन्छ ।’

प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए भूमाफियालाई मात्रै फाइदा पुग्ने सांसद चौधरीको तर्क छ ।

१५ वर्षीया किशोरीको हत्या आरोपमा उनकै आमाका प्रेमी पक्राउ

जनकपुरधाम- जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका ५ घर भई जनकपुरधाम उपमहानगरपालिका- ४, कटैयाचौरी स्थित डेराको कोठामा बस्दै आएकी १५ वर्षीया अञ्जली कुमारी यादवको हत्या आरोपमा उनकै आमाको प्रेमी पक्राउ परेका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपमा पक्राउ परेका क्षीरेश्वरनाथ नगरपालिका ९, ईच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहलाई सार्वजनिक गरिएको हो ।

साहलाई बुधबार राति करिब साढे १० बजेको समयमा क्षीरेश्वरनाथ- ९ बाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । साह यसअघि आफ्नो श्रीमतीको हत्या गरेको घटनामा पाँच वर्ष सजाय काटेर २०७७ मा रिहा भएका थिए ।

साहले सोमबार राति साढे ११ बजेको समयमा खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको छ भने उनको आमा ३५ वर्षीया आशा यादव र मिथिला नगरपालिका १, ढल्केवर बस्ने होविन्द्र यादवको १४ वर्षीया छोरी राशा यादव घाइते भएका थिए । आशाको धरान स्थित वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको तथा उनको अवस्था गम्भी रहेको प्रहरीले जनाएका छन् ।

प्रेमीका पुरानो श्रीमानसँग नजिकिँदा घट्यो घटना

जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्याको घटनामा भने उनको आमा प्रमुख कारण देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रवक्ता सिंहका अनुसार आरोपित साह सजाय काटेर रिहा भएको १-२ महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोही क्रममा मदिरा पसल सञ्चालन गरेकी आशासँग उनको चिनजान हुँदै प्रेम सम्बन्धमा परेका थिए । ‘आशाको श्रीमानलाई दुबैजनाको अबैध सम्बन्धको बारेमा थाहा भएपछि सो सम्बन्धमा दुवै पक्ष गाउँमा बसी छलफल हुँदा आशा रामबाबु सँग बस्ने सम्झौता भएको थियो’, उनले अगाडि भने, ‘श्रीमानले नै दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि दुबैजना छुट्टा छुट्टै बस्दै आएका थिए ।’

आशाको सुरुमा आर्थिक अवस्था कमजोर रहेकोमा पछि आर्थिक अवस्था सुध्रिदैँ जाँदा रामबाबुसँग टाढिन थालेको र पुरानै श्रीमानसँग नजिकिन थालेपछि रामबाबुले हत्याको घटना निम्त्याएको प्रहरी समक्ष बयान दिएको छ । आशाले आर्थिक अवस्था सवल हुँदै गएपछि रामबाबुको फोन नउठाउने, जनकपुरमा रुम लिएर बस्दै आएकोमा रामबाबुलाई जानकारी नदिई रुम फेरिने, रामबाबुको श्रीमतीलाई म्यासेज गरेर घरमा झगडा लगाइदिने जस्ता कामहरु गर्दै आएको रामबाबुले प्रहरी समक्ष बयान दिएको छ ।

घटनाभन्दा करिब २ महिना अघि रामबाबुले आशालाई जिविको पार्जनका लागि अटो खरिद गरिदिएकोमा त्यो अटो आफ्नो भाईको नाममा नामसारी गराएको र रामबाबु सँगै बस्ने कोठा सारेर आफ्नो श्रीमानलाई समेत ल्याएको खुलेको हो ।
घटनाको दिन समेत रामबाबुले पटक-पटक आशालाई फोन गर्दा आफु नउठाई छोरी अञ्जलीलाई दिएको र एक पटक कुरा भएपछि गाली लगौच गरेपछि रिसमा आएर गालि गर्दै आशा बस्ने कोठामा घरबाटै खुकुरी लिएर आई प्रहार गरेको प्रहरीले जनाएको छ ।

 

संगठनकै नेताको कुटपिटबाट घाइते क्रान्तिकारीका सुप इन्चार्जलाई प्रचण्डले अस्पताल पुगेर भेटे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टाउकोमा चोट लागेर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएका अखिल (क्रान्तिकारी) का उप(महासचिव रामचन्द्र भट्टको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

साथै प्रचण्डले स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

चिकित्सकले भट्टको स्वास्थ्यमा सुधार हुँदै गएको र अहिले सामान्य अवस्थामा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनका विषयमा विवाद भएपछि उनीमाथि पूर्वविद्यार्थी नेता भुवन विष्टले आक्रमण गरेका थिए ।

अखिल क्रान्तिकारी निर्वाचनमा दुवै उपमहासचिव पदमा लडेका थिए । भट्ट निर्वाचित हुँदा विष्ट पराजित भए ।

उपमहासचिवमा निर्वाचित भएपछि भट्टले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पाएका थिए ।

पर्याप्त पूर्वतयारी भएका आयोजनामा मात्रै वैदेशिक सहायता लिइने

काठमाडौँ । अब सरकारले पर्याप्त पूर्वतयारी भइसकेका आयोजनाहरूमा मात्रै वैदेशिक सहायता लिने भएको छ । पूर्वतयारी बिनै आयोजनाहरूमा सहायता लिइँदा काम प्रभावकारी नभएको र सरकारी अधिकारीहरूको क्षमतामाथि नै गम्भीर प्रश्न उठ्न थालेपछि अर्थ मन्त्रालयले वैदेशिक सहायता सम्बन्धी मूल्याङ्कन चेक लिस्ट (रेडिसन फिल्टर) बनाएर कार्यान्वयनमा लगेको हो ।

अर्थ मन्त्रालयकाअनुसार हाल वैदेशिक सहायतामा सञ्चालित आयोजनाको वित्तीय सम्झौता भएपछि मात्र पूर्वतयारीका काम गर्दा अधिकांश आयोजनाको म्याद थप गर्नुपरेको र थप सहायता परिचालन गर्नुपरेको छ ।

फलस्वरूप आयोजनाको प्रतिफल अपेक्षित रूपमा समयमा प्राप्त हुन नसकेको हुँदा वैदेशिक सहायताको उपयोग क्षमतामा प्रश्न उठ्ने गरेको छ । तसर्थ, वैदेशिक सहायता परिचालनमा थप छनोटपूर्ण भई उपयोग क्षमता वृद्धि गर्न वैदेशिक सहायता सम्बन्धी मूल्याङ्कन चेक लिस्ट बनाइ कार्यान्वयनमा लगिएको हो ।

वैदेशिक सहायताबाट सञ्चालित आयोजना/कार्यक्रम विकास गर्दा आयोजनाको अवधारणापत्र तर्जुमा, लाभलागत विश्लेषण, सम्भाव्यता अध्ययन हुँदै वार्ता एवं सम्झौताको चरणसम्म पुर्‍याउन विषयगत मन्त्रालय, निकाय, अर्थ मन्त्रालय र दातृपक्षबिच समन्वयात्मक ढंगले काम गरी वैदेशिक सहायताको प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक रहेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ ।

अर्थ मन्त्रालयकाअनुसार बहुपक्षीय साझेदारमार्फत प्राप्त हुने सहायतामार्फत कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि यो चेकलिष्ट लागू हुनेछ । द्विपक्षीय विकास सहायताबाट परिचालन हुने आयोजना तथा कार्यक्रमका लागि  यसलाई उपयोग गरिनेछ । अर्थमन्त्रालयका अनुसार अब आयोजना प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनु अघि मन्त्रालयहरूले प्रस्तावित आयोजनाको अवधारणापत्र तयार गरिसक्नुपर्नेछ ।

अवधारणापत्रले आयोजनाको औचित्य, आवश्यकताको विश्लेषण, अपेक्षित उपलब्धि, आयोजनाका क्रियाकलाप, अनुमानित लागत र समय, कार्यान्वयन गर्ने निकाय (हरू), समन्वय संयन्त्र (कार्यान्वयन गर्ने निकाय एकभन्दा बढी भएमा), नवीनता एवं आयोजनामा प्रस्ताव गरिएका असल अभ्यास लगायतका विषय स्पष्ट रूपमा समेट्नुपर्नेछ भने आवश्यकता अनुसार सम्भाव्यता अध्ययन समावेश गरेको हुनुपर्ने छ ।

त्यस्तै आयोजना तयारी सम्बन्धी कार्ययोजना संलग्न गरिएको हुनुपर्नेछ ।  आयोजना प्रस्ताव विकास साझेदारलाई प्रेषित गर्नुपूर्व सरकारी निकायहरूले  आयोजना सिफारिस समितिबाट आयोजना स्वीकृत गर्नुपर्नेछ भने प्रतिस्पर्धा सीमित गर्ने शर्त सहितको ऋण एवं सहुलियतपूर्ण बाहेक अन्य ऋणको हकमा नेपाल सरकार (मन्त्रिपरिषद्) को पूर्वस्वीकृति प्राप्त भएको हुनुपर्नेछ ।

आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको, आयोजनाका मुख्य मुख्य गतिविधि सहितको कार्यविवरण तयार भएकोमा मात्रै वैदेशिक ऋण लिइने गरी अर्थ मन्त्रालयले चेक लिस्ट तयार गरेर कार्यान्वयन गरेको छ ।

राजनीतिक दलको व्यवहार हेरेर नम्बर दिंदै निर्वाचन आयोग

काठमाडौं:  निर्वाचन आयोगले राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउनेछन् ।

निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ । यो कार्यविधिउपर राजनीतिक दलहरू, सरोकारवाला र विज्ञसाग सुझाव मागिएको छ ।कार्यविधिको मस्यौदामा राजनीतिक दलको स्वमूल्याङ्कन प्रणालीको सञ्चालन, रेखदेख र निर्देशन गर्न मूल्याङ्कन समिति रहने भनिएको छ ।

निर्वाचन आयोगका सचिवको संयोजकत्वमा रहने समितिमा आयोगका महाशाखा प्रमुखहरु, सूचना प्रविधि शाखा प्रमुख, नियम तथा फैसला कार्यान्वयन शाखा प्रमुख सदस्य रहन्छन् । राजनीतिक दल व्यवस्थापन शाखा प्रमुखले सदस्य सचिवको भूमिका निर्वाह गर्नेछन् ।

यो समितिको काम, कर्तव्य र अधिकारमा राजनीतिक दलको मूल्याङ्कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने रहेको छ । कार्यविधि बमोजिम दलले आफ्नो स्वमूल्याङ्कन गरे नगरेको सम्बन्धमा छानबिन गर्ने वा गराउने अधिकार राख्दछ ।

काम, कर्तव्य र अधिकारमा अगाडि भनिएको छ, ‘दलले प्राप्त गरेको अंकको आधारमा मूल्याङ्कन सूची तयार गर्ने ।’ अर्थात, राजनीतिक दलको स्वमूल्याङ्कन हेरेर समितिले राजनीतिक दललाई नम्बर दिनेछ ।राजनीतिक दलले प्राप्त गरेको अंकको आधारमा मुल्यांकनको नतिजा निर्वाचन आयोगले तयार पार्नेछ ।

मूल्याङ्कनका आधार र अंकभार अन्तर्गत राजनीतिक दलले कानून बमोजिम गर्नुपर्ने कार्य, निर्वाचनमा हुने सहभागिता र प्रतिनिधित्व रहेको छ । यसरी तयार गरिएको दलको स्वमूल्याङ्कन सूचकमा अङ्कभार प्रदान गर्ने आधार र अङ्क के गर्दा कति पाउने भनेर समेत राखिएको छ ।

राजनीतिक दलको स्वमूल्याङ्कन गर्नुपर्ने कारणमा भनिएको छ, ‘ दलको मूल्याङ्कनको नतिजाका आधारमा राज्यबाट प्राप्त हुने सुविधा प्रदान गर्न सहज बनाउन ।’यी लगायतका अन्य विषयलाई समेत स्वमूल्याङ्कन गर्नु पर्ने कारणमा राखिएको छ ।

(क) दलले कानून बमोजिम गर्नुपर्ने कामकारबाही सञ्चालन गर्न,

(ख) दलले कानून बमोजिम पालना गर्नुपर्ने काम कारबाहीको स्वमूल्याङ्कन गरी दलहरुको आन्तरिक लोकतन्त्रलाई मजबुद बनाउन,

(ग) दलले आफ्नो भावी रणनीति तयार गर्न सहयोग पुर्‍याउन,

(घ) दलको मूल्याङ्कनको नतिजासंग अन्य विषयलाई आवद्ध गर्न,

(ङ) दलको सवल तथा कमजोर पक्षको पहिचान गरी कार्य सम्पादनमा सुधार गर्न,

(च) दलको समावेशी संगठनात्मक संरचना निर्माण गर्न,

(छ) दलको वित्तीय अवस्थालाई पारदर्शी बनाउन,

(ज) राजनीतिक दलका अन्य आवश्यक कार्य गर्न सहज बनाउन ।

मन्त्री फेर्न कांग्रेससँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री हेरेफेरको तयारी गरेका छन् । त्यसका लागि उनले आज सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गर्दैछन् । आज प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता साझेदार दुई दलका शीर्ष नेता सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीले खासगरी आफ्नै पार्टीबाट बनेका विवादित मन्त्रीहरू फेरबदल गर्न खोजेका हुन् । सत्ता साझेदार कांग्रेस भने अहिले आफ्ना मन्त्री फेर्ने मनसायमा देखिएको छैन ।
एमालेबाट बनेका रक्षामन्त्री मानवीर राई, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी फेरिने सम्भावना रहेको स्रोतले जनाएको छ ।

कतिपयलाई मन्त्री बनाउने बेलै एक वर्षका लागि मात्र भनेर सम्झौता गरिएको तथा कतिको काम सन्तोषजनक नदेखिएकाले प्रधानमन्त्री ओलीले बिदा गर्न लागेका हुन् । भूमि मन्त्री अधिकारीको त घुस मागेको अडिओ नै सार्वजनिक भएको छ ।

हाल मन्त्रिपरिषद्मा एमालेबाट प्रधानमन्त्रीसहित ९ जना मन्त्री छन् । आज हुने सत्ता साझेदार दुई दलको बैठकमा प्रधानमन्त्री ओलीसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी हुने बताइएको छ ।

पुरस्कारको लागि दावी पेस गर्न पत्रकारलाई प्रेस काउन्सिलको आह्वान

काठ्माण्डौँ- प्रेस काउन्सिल, नेपालले पत्रकारिता पुरस्कारका लागि दाबी गर्न पत्रकारहरुलाई आह्वान गरेको छ।

काउन्सिलले आज सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो।

पुरस्कारका लागि छनोटमा पर्न १५ दिनसम्म निवेदन दिन सकिने सूचनामा उल्लेख छ।

पुरस्कार वितरणलाई निष्पक्ष, पारदर्शी र वस्तुनिष्ठ बनाउन यस वर्षदेखि काउन्सिलले पुरस्कारका प्रदान गर्न पत्रकारसँग निवेदन माग गरेको हो।

अबको युवा आन्दोलनको साझा मुद्दा कृषि हुनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नयाँ पुस्ता कृषि कर्मबाट अलग हुँदा कृषि क्षेत्रमा समस्या उत्पन्न भएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालको एक महिने रक्तदान अभियानको शुभारम्भ कार्यक्रममा उनले नेपालमा पछिल्लो समय नयाँ पुस्ता कृषि कर्म नलाग्ने र विदेश पलायन हुने क्रम बढिरहेको बताए ।

उनले पहाडमा जमिन खाली हुने, खेती नगर्ने तर युवाहरू काम भएन भनेर विदेश जाने क्रम बढेको बताए । उनीहरूलाई कृषि कर्ममा लगाउन सके धेरैले स्वदेशमै रोजगारी पाउने उनको भनाइ छ ।

“खासगरी पहाडमा जमिनहरू बाँझै रहने र युवाहरू रोजगारीको लागि विदेशिनुपर्ने जुन प्रकारको अवस्था छ, त्यसलाई बदल्ने संकल्प पनि हामीले गर्न सक्नुपर्दछ । किनभने नेपालमा जनसंख्याको ठूलो हिस्सालाई रोजगारी प्रदान गर्न सक्ने क्षेत्र भनेकै कृषि क्षेत्र हो,” उनले भने ।

महासचिव पोखरेलले नेपालको ७० प्रतिशत जनतालाई कृषि कर्ममा जोड्न सकिने बताए । कृषि निर्वाहमुखी रहेका कारण नयाँ पुस्ता कृषि कर्मसँग जोडिन नसकिरहेको उनले बताए । नयाँ पुस्तालाई कृषि कर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्ने उनको भनाइ छ ।

“अब हामीले नयाँ पुस्तालाई कृषिकर्मसँग कसरी जोड्ने भन्ने कुरा अबको युवा आन्दोलनको साझा विषय बन्नुपर्दछ । कुनै पनि मुलुकलाई समृद्ध बनाउने हो भने कृषि महत्त्वपूर्ण माध्यम हो । कृषिको विकासले नै समृद्धिको आधारशिला निर्माण गर्दछ,” पोखरेलले भने ।

महासचिव पोखरेलले प्रविधिले जतिसुकै फड्को मारे पनि अन्नको उपलब्धता नभएसम्म मानिसको जीवन कष्टकर बन्ने बताए । मानिसको जीवन निर्वाहका लागि अन्न अनिवार्य रहेको  उनको भनाइ छ ।

आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । उनले दिउँसो ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार २० गते समर्थन फिर्ता गरेको थियो। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लगेका हुन् ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन सत्ता साझेदार नेकपा एमालेले ह्विप जारी गरेको छ। सबै प्रदेश सभा सदस्यलाई अनिवार्य बैठकमा उपस्थित हुन बताइएको छ ।

अलविदा सुरेशजी

सामाजिक सञ्जालका भित्तामा बुधवार अपरान्हदेखि कुँदिएको छ, एक श्यामश्वेत तस्वीर । र, त्योसंगै छन्, सम्वेदनाका अक्षरहरु । अपत्यारिलो । तर स्वीकार्नै पर्ने सत्य । रहेनन्, सुरेश हमाल ।

सामाजिक सञ्जाल कहिले काही अखबार भन्दा पहिले बिस्मित तुल्याउने यस्तै खवर लिएर आउछ । मृगौला प्रत्यारोपणका लागि बरेलीको भोजीपुरास्थित राममूर्ति मेमोरियल मेडिकल कलेजमा भर्ना गरिएका थिए, उनी । ४८ वर्षको उमेरमा उनले त्यही प्राण त्यागे ।

कैलालीको तत्कालीन लालबोझी गाविसमा जन्मिएका हमालको बाल्यकाल भजनी नगरपालिका–५ अन्तर्गत पर्ने लालबोझीमै बित्यो ।

बाल्यवयमा समानान्तर ढंगले हुर्कियो, उनीभित्र फुटवल र तेक्वान्दोको मोह । उनी फुटवलका क्रेजी थिए । खेले तेक्वान्दो । भए प्रशिक्षक । र खेलाए, केही वर्ष तेक्वान्दो । त्यहीबीचमा शिक्षक भए । विद्यार्थीलाई पढाए । एक समय आयो, उनले सबैचिज छोडे । र, रोजे फुटवल । भजनीमा हिमालयन फुटवल क्लवको स्थापना गरे । केही वर्ष जिल्ला स्तरीय फुटवल प्रतियोगितामा सहभागी भए ।

क्षमता र कौशल भएर पनि सुदूर पश्चिमका खेलाडीहरुले राष्ट्रिय स्तरमा खेल्ने मौका नपाएको देख्दा उनको मन कुडिन्थ्यो । अर्कोतिर, ए डिभिजनका क्लवहरुसंग भिड्न  प्रशिक्षण उनको मनमा खट्किन्थ्यो ।

उनको सोचाईको दायरा फराकिलो थियो । उनी भजनीमै अलमलिएनन् । गाउँ गाउँबाट खेलाडीहरु छानेर टीम बनाए । प्रशिक्षण दिए । र, त्यसपछि फुटवलप्रेमी युवाहरुसंग मिलेर गठन गरे, ए डिभिजन स्तरको क्लव । नाम दिए, सुदूरपश्चिम ११ स्पोर्टस क्लव । उनी त्यतिमै रोकिएनन् । २०७३ सालमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप आयोजना गर्ने घोषणा गरे । उनले नारा दिए ,‘सुदूर पश्चिम प्रदेशको पहिचान : फुटवल विकासको अभियान ’ । असंभव ठानिएको ए डिभिजन स्तरीय प्रतियोगिता सुदूरपश्चिमको खेल मैदानमा भव्य रुपमा आयोजना गरेर सबैलाई चकित पारे ।

‘देशका सबै क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका गोल्डकप प्रतियोगिता भइरहेका छन् । सुदूरपश्चिममा मात्र भएको छैन । जसका कारण क्षमता भएका हाम्रा खेलाडीले राष्ट्रिय स्तरमा मौका पाइरहेका छैनन्,’ हमालले प्रतियोगिता गर्नुको उद्देश्य प्रष्ट्याउदै पत्रकार सम्मेलनमा भनेका थिए, ‘जिल्लामै खुम्चिएका सुदूरपश्चिमका खेलाडीलाई राष्ट्रिय स्तरको एक्सपोजर दिन प्रतियोगिता गर्न लागेका हौं ।’

उनकै नेतृत्वमा २०७३ देखि सुदूरपश्चिमका खेलाडीहरुले घरेलु मैदानमा ए डिभिजन क्लवहरुसंग खेल्ने अवसर पाए । त्यस्तो अवसर २०७९ मा आयोजित छैटौं खप्तड गोल्डकप प्रतियोगितासम्म पाईरहे ।

सुदूरपश्चिम ११ स्पोर्टस क्लवका खेलाडीहरुले २०७६ मा चौथौं खप्तड गोल्डकपको उपाधी उचालेर भने, ‘मैदान र समयले होईन, हाम्रो टीमको ‘स्पिड र स्प्रिट’ले नतिजा निर्धारण गर्छ ।’

घरेलु मैदानबाट खेलाडीहरुले सन्देश दिए, सुदूर पश्चिमलाई कम नआँक्नु ।

यो, त्यही प्रतियोगिता थियो । जसमा सुदूर पश्चिमका खेलाडीहरुले देखाए, खेलको अन्तिम समयसम्म पनि नथाक्ने क्षमता । जुन सुकै दिशाबाट प्रहार गरेको बललाई गोलमा परिणत गर्ने कौशल । हमालको कुशल नेतृत्वबाट यो नतिजा संभव भएको थियो ।

त्यसअघि २०६८ सालमा धनगढीमा आयोजित छैटौं राष्ट्रिय खेलकुदमा काठमाडौंको कुनै पनि श्रेणीको लिग नखेलेका सुदूरपश्चिमका खेलाडीले स्वर्ण पदक दिलाएका थिए ।

५० को दशकमा तेजेन्द्र थापा र ईश्वर चौधरीहरु फुटवलमा चम्किएका थिए । त्यसपछि सुस्ताएको फुटवलमा उनले उर्जा भरे ।

७० को दशकपछि जियारत शेख, बिजय सिंह ठकुरी, चेतन थारु, गजेन्द्र शाही, म्याक्स चौधरी, कृष्ण क्षेत्री,नरेन्द्र चौधरी, माधव भण्डारी, बिक्रम सिंह ठकुरी, दीपेन्द्र मलासीहरुले ए डिभिजन क्लवहरुलाई चुनौती दिए । सुदूर पश्चिम फेरि एक पटक फुटवलका माध्यमबाट चिनिन थाल्यो । यो सबै उनको अथक परिश्रमको प्रतिफल थियो ।

उनले फुटवल खेल र खेलाडीका लागि घरखेत बेचे । भन्नेले त उनलाई बेबकुफ भन्लान । मूर्ख भन्लान । पागल भन्लान । सुरेश हमाल जस्ता केही बेबकुफ र पागल भएकै कारण सुदूरपश्चिमको खेलकुदमा प्राण थियो । सास फेर्नुलाई मात्र बाँचेको ठान्ने हो भने त लाटोकोसेरो पनि बाँचेकै छ ।

उनी प्रतियोगिता आयोजनाका क्रममा भेट्न आउथे । भेटमा जहिले फुटवलका कुरा गर्थे । एउटा प्रतियोगिताको ऋणको बोझबाट मुक्त भईसकेकका हुन्थेनन् । उनी अर्को प्रतियोगिता आयोजनाका लागि जुटिसकेका हुन्थे ।

सोध्न मन थियो, सुरेशजी तपाईका निजी सपना र रहर छन् कि छैनन ? कि तिनलाई पनि मिसाई दिनुभयो, फुटवलमै ।

आफ्ना सबै रहर, सपना र आकांक्षाहरु पुरुषको खुशीमा मिसाई दिने त्यो सामथ्र्य र महानता श्रीमती बाहेक कसैमा हुदैन् । उनकी श्रीमतीले पनि चुपचाप त्यही गरिन होलिन् । र त, उनी एकपछि अर्को प्रतियोगिता गर्न उनलाई हौसला मिलिरह्यो ।

जसको दिमागमा फुटवल थियो । मनमा फुटवल प्रेम । र थियो, जसको आँखामा फुटवलको सपना । अस्पतालको शैयाबाट उठेको दिन जो पुग्थ्यो, फुटवलको मैदानमा । जसले आराम गरेन् । जसले आफ्ना बारेमा सोचेन । सन्तान र परिवारलाई झै माया ग¥यो, फुटवल खेल र खेलाडीलाई । हताश भएर रोजेन, जसले आत्महत्याको बाटो । उनी थिए, यस्तै ।

उनीसंग सबै थोक थियो । जागीर । पर्याप्त जग्गा जमीन । धनगढीमा घर । व्यवसायबाट मनग्गे आम्दानी । आफ्नो परिवारका लागि मात्र सोचेको भए उनी आलिशान जीवन बाँच्न सक्थे । उनलाई नपुगेको केही थिएन ।

प्रतियोगिताका रुपमा शुरु भएको खप्तड गोल्ड सुदूरपश्चिमका लागि पर्व बनिसकेको छ ।  कोरोनाका कारण एक वर्ष गोल्डकप रोकियो । त्यस बाहेक कुनै परिस्थितिले उनलाई प्रतियोगिता सञ्चालन गर्न रोक्न सकेनन् । उनलाई हृदयघात भयो । त्यो हृदयमा फुटवल धड्किन छोडेन ।

उनले नभेटेको नेता कमै होलान् । उनले नधाएको मन्त्रालय सायदै होलान् । फुटवलको विकासका लागि हात फैलाए । उनी फुटवल प्रतियोगिता आयोजना गर्न घरखेत बन्धकी राख्थे । राज्य, खेलमा होईन, कमिसनमा संलग्न हुन्थ्यो । यही थियो, उनी र सरकारबीचको भिन्नता ।

उनले सुदूर पश्चिमको फुटवलको विकासका लागि आफ्नो सबै चिज न्यौछावर गरे । खेलाडीलाई घरमा आश्रय दिए । ऋण लाग्यो । घर बेचे । डेरामा सरे । खेलाडीहरुलाई आफूसंगै डेरामा राखे । र, प्रशिक्षण दिईरहे । आफू अभावमा बाँचे । खेलाडीमा उर्जा भरिरहे । हो, उनले खेलाडीलाई कहिल्यै निराश हुन् दिएनन् ।

उनको मृत्युले परिवारले प्रियजन गुमाएको छ । खेलाडीहरुले अभिभावक, हौसला र आँट । सुदूरपश्चिमले फुटवललाई औंधी माया गर्ने एक अथक योद्धा गुमाएको छ ।

जसले सुदूर पश्चिममा फुटवलको विकासका लागि आफ्नो जीवन समर्पित ग¥यो । उसको जीवन बचाउन राज्यले कुनै पहल गरेन । यो दुर्भाग्य हो ।

उनको लाशमाथि झण्डा ओढाएर सुदूर पश्चिम प्रदेश सरकारले झारो नटारोस । मृत्युपछि समवेदना व्यक्त गरेर औपचारिकता पुरा नगरोस ।

खेलाडीहरुले भोकै प्रशिक्षण गर्नु नपरोस । उपचार नपाएर कुनै खेलाडीको मृत्यु नहोस । भट्किनु नपरोस रोजगारीका लागि । हुनु नपरोस, पलायन । राज्यले खेलकुदका नाममा छुट्याएको बजेटमा कमिसन मात्र नखोजोस ।

सातौं अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता आयोजना गर्ने हमालको अधुरो धोको सरकारले पुरा गरोस । र, उनकै स्मृतिमा यो प्रतियोगितालाई निरन्तरता देओस ।

भोलिका दिनमा खप्तड गोल्डकप भन्दा बढि धनराशीको प्रतियोगिता हुन सक्लान । तर फुटवलको विकासका लागि आफ्नो जीवन र सर्वस्व न्यौछावर गर्ने उनी जस्ता पागल सायदै कोही जन्मिने छन् । अल विदा सुरेशजी ।

ट्रम्पले लगाए भारतमाथि २५ प्रतिशत कर

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै ट्रम्पले अगस्ट १ देखि अमेरिकाले भारतबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने बताएका हुन्।

उनले भने,‘भारत हाम्रो मित्र हो तर उसको उच्च शुल्कका कारण हामीले उससँगको व्यापार घटाएका छौं।’ यद्यपि दुई देशबीच व्यापार सम्झौताका लागि वार्ता जारी छ।

साधारण सदस्य नरहने गरी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त

काठमाडौं ।

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेको छ ।

पार्टी संरक्षक तथा श्रीमान रेमश चौधरी पक्षधर केन्द्रीय सदस्यहरूले श्रेष्ठलाई बुधवार साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरेका हुन् ।

पार्टी विवाद, भूमि आयोग र मालपोत प्रमुख सरुवा प्रकरणमा मुछिएकी रञ्जितालाई शिव बास्तोलालाई कार्यबहाक अध्यक्ष नियुक्त गरेपछि क्रुद्ध रेशम पक्षधर सदस्यहरुले पदमुक्त गरेका हुन् ।

रेशम पक्षको बैठकले बुधवार साँझ रन्जितालाई हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले बताए ।

रेशम चौधरी र रन्जिता चौधरीको राजनीतिक कलह पारिवारिक बेमलमा परिणत हुँदै राजनीतिक रुपमा सम्बन्ध बिच्छेदको चरणमा पुगेको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रतिनिधि सभामा ४ सीट छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेश सभामा उपस्थिति छ । रेशम रन्जिता कलहका कारण पार्टी विभाजनको नजिक पुगेको छ । रन्जिताले यसअघि नै कार्यवाहक तोकेर केही दिन आराम गर्ने भनेकी थिइन् ।

खोज्नुहोस