सुदूरपश्चिमका चार सीमा नाकामा कोरोना परीक्षण सुरु

कञ्चनपुरः भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।
भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन्। ‘कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पु¥याई परीक्षण कार्य भइरहेको छ’, जोशीले भने, ‘किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका छौँ।’

रित्तो बोरामा च्यातिएको सपना

सुवास शर्मा, दाङ ।

त्रिभुवन विमानस्थलको ढोका खोलिँदा एकछिन रोकिएँ। म नेपाल फर्किएको थिएँ। धेरै वर्षको संघर्षपछि, असफलतासँग चुरो स्वीकारेर, लाज र मौनता बोकेर म मातृभूमिमा टेक्दै थिएँ। मानिसहरूले मलाई हेरे, एकछिन अचम्म माने, अनि फेरि आफ्नो बाटो लागे। कसैले चिनेन।

तर म आफैंलाई चिनिरहेको थिएँ, म अमेरिका पुगेको थिएँ। म संघर्षमा हारेको थिएँ। म जिउँदै विफलताको घोषणा पत्र बनेर फर्किएको थिएँ।

मेरो साथमा थियो एक थान पुरानो बोरा, जसमा केही लुगा थिए, पुराना कागजपत्र, अनि सायद बाँकी रहेको एउटा विश्वास, जसले मलाई अबसम्म बचाइराखेको थियो।

मैले किन अमेरिका रोजे ?

म धेरैजस्तो नेपाली युवाहरू जस्तै थिएँ। देशभित्रको असह्य बेरोजगारी, सस्तो श्रमको उपेक्षा, र समाजको अन्तहीन खुट्टा तान्ने प्रवृत्तिले थकित।

म पटक-पटक असफल भएँ। मिडियाबाट पाईला अगाडी बढाउन खोजे, सफल हुन सकिन, राजनीति गरे, राजनीति मिलेन। स्रोत(साधन थिएन। समाजमा हरेक दिन मलाई सम्झाइन्थ्यो कि म नालायक हुँ। विदेश गइस् भने बल्ल केहि हुन्छू भन्ने कर्णप्रिय भ्रमहरू घरीघरी मेरो कानमा गुञ्जिन्थे।

मैले अमेरिका छानें। त्यो मेरो विकल्प थिएन, त्यो मेरो अन्तिम प्रयास थियो। वैधानिक बाटो थिएन, तर जिन्दगी बचाउने प्रयत्न थियो। म मर्न चाहँदैनथेँ। म बाँच्न चाहन्थेँ। आफूलाई केही साबित गर्न चाहन्थेँ।

यात्रा : आँधीभन्दा तिव्र र थकित

जंगल, सर्प, नदी, तस्कर, धोका, भोक, ज्वरो, सबै पसे मेरो बाटोमा। मैले ती सबै सहेर अमेरिका छुँदै गर्दा एकछिन त रुने मन भयो। लाग्यो, म अब फेरि जन्मिएँ। तर त्यो आशा धेरै टिकेन।

अमेरिकामा मैले आफूसंगै सयौं नेपाली भेटेँ। कोही भर्खर आएका, कोही अगाडी नै जेलमा परेका, कोही शरण पाएर बाहिर निस्कने दिन कुरेका। सबैका कथा उस्तै थिए, घर समाजमा बेरोजगारीले भोगेको तिरस्कार, देशमा कुनै सम्भावना नदेखेर छोडेको जन्मभूमि, अनि एउटै लक्ष्य- बाँच्ने।

नियति मेरो पक्षमा थिएन। कागज थिएन। कानूनले मलाई अयोग्य ठहर्यायो। महिनौं हिरासतमा परेँ। अनि एक बिहान, एउटै कागज थमाइयो-तिमी नेपाल फर्क। तिमी यो देशका हैनौ।

फर्किनुको पीडा

न्युयोर्क सहरबाट एअर ईन्डियाको जहाज चढेर जब नेपाल फर्किदै थिएँ,अझ भनौं फर्काईदै थिए, मेरो हरेक अंग लाजले पोलिरहेको थियो। मलाई लाग्यो, म हारेँ। मसँग न पैसा थियो, न ओज, न गौरव। म खाली थिएँ, रित्तो। त्यो रित्तोपन केवल बोरामा होइन, मनमा थियो।

पूर्वको सूर्य पश्चिमको पहाडमा अस्ताईसकेको बेला नेपाल उत्रिए, कसैले स्वागत गरेन। बरु मिडियाले अनुहार देखाएर खबर बनायो, गैरकानुनी रूपमा अमेरिका पुगेका युवाहरू फर्किए। सामाजिक सञ्जालमा खिसीट्युरीको सगरमाथा खडा गरियो।  अमेरिका पुगेकाहरु बोरा बोकेर फर्किए, डलर काड्न गएकाहरूको यस्तो हालत ? भन्ने व्यंग्यहरू झन् मनमा छिर्छ ।

तर यो कसैले बुझेन कि म हाँस्न होइन, बाँच्न अमेरिका गएको थिएँ। न मलाई महल चाहिएको थियो, न गाडी। मलाई मेरो आत्मसम्मान चाहिएको थियो।

समाजको निर्ममता

फर्किएपछि देखेँ – समाज अझै उस्तै छ। खुट्टा तान्ने, असफलतामा रमाउने, र अरूको पीडामा हाँस्ने। कोही सोध्थे, अनि के ल्यायौ ? -जस्तो म किनमेल गर्न गएको थिएँ। कोही हाँस्थे, नत्र किन फर्किन्थ्यौ त ?

साथीहरू टाढा भए। आफन्तहरू मौन भए। म तिनका लागि गर्व होइन, चेतावनी बनेँ -यस्तै हुन्छ रे विदेश जाँदा
तर कसैले मेरो प्रयास देखेन। मेरो पीडा बुझेन। म मर्न नचाहेर हिँडेको यात्रालाई, जीवनको हारको सन्देश बनाइयो।

मेरो सपना, मेरो भविष्य :

म अमेरिका पैसाका लागि गएको थिइनँ। मलाई सुनका चुरा किनिदिनु थिएन, न त दिदी, बहिनीको बिहे गर्न। म आफैँको जिन्दगीको अर्थ खोज्न हिँडेको थिएँ। देशमा म जस्तो लाखौँ युवा छन्- जसले सपना देख्छन्, तर अवसर पाउँदैनन्। जसको ज्ञान, ऊर्जा र इमानदारी देशले चिन्दैन।

म अमेरिका जान चाहन्थेँ किनभने यहाँ मेरो भविष्यमा गारो लागेको थियो। यहाँ मलाई मेरो क्षमता अनुसार उठ्न दिइएन। यहाँ जब म केही गर्न खोजेँ, समाजले मलाई तानेर तल ल्यायो। मेरो सफलता कसैलाई मन परेको थिएन।

यहाँ ऊ माथि उठ्ला किरुु भन्ने डरले मान्छेले सघाउँदैन। यहाँ साथीहरू आफैँ दुःखी हुन्छन्, जब तिमी खुसी हुन खोज्छौ। मलाई यस्तो देशले गिज्याएको थियो, अनि त म गएको थिएँ।

फेरि सुरु गर्न सजिलो हुँदैन 

आज म नेपालमै छु। खाली हात फर्किए पनि मन खाली छैन। म बुझ्दछु -जिन्दगी हार जितको खेल मात्र होइन, अर्थको खोज पनि हो। म अब फेरि केही सुरु गर्न चाहन्छु। सायद सानो व्यापार, सायद आफ्नै खेत।

तर हरेक बिहान मलाई लाग्छ -म अपराधी हुँ जस्तो व्यवहार गरिन्छ। के म साँचै दोषी हुँ ? के म प्रयास गर्नु अपराध हो ? के देश छोड्नु देशद्रोह हो ?

यो देशको नीति कमजोर छ। विदेशिने युवालाई न रोक्ने उपाय छ, न फर्किएपछि समेट्ने योजना। न सरकार बोल्छ, न समाज बुझ्छ। हामी विदेश गएको.सफल भन्ने भ्रममा छौँ। र, फर्किएको.असफलु भन्ने झुटो परिभाषालाई गहिर्याइरहेका छौँ।

मेरो विन्ती :

तपाईंहरूसँग एउटै अनुरोध छ – फिर्ता आएका हरेक युवालाई सम्झनुहोस्, उनीहरूले प्रयास गरेका थिए। उनीहरू हार्न चाहँदैनथे। उनीहरू हाँस्न चाहन्थे, आफैँलाई केही साबित गर्न चाहन्थे।

तर जीवन सधैँ जसले योजना गर्छ, उसकै पक्षमा हुँदैन। कहिलेकाहीँ बाटोमा आँधी आउँछ। सपना च्यातिन्छ। रित्तो बोरा बोक्नुको अर्थ प्रयासको शेष हो। त्यही बाँकी सपनाबाट हामी फेरि सुरु गर्न चाहन्छौँ।

अन्तिम शब्द :

म अमेरिका गएँ। फर्किएँ। विफल भएँ। तर म अझै बाँचेको छु। अझै सपनाहरू बाँकी छन्। समाजले ठानिरहेको छ, म सकिएँ। तर म भित्र एउटा झिल्को बलिरहेको छ – जुन अब आफ्नो देशमै केही गर्नेछ।

रित्तो बोरा, च्यातिएको सपना र गिज्याउने समाजका बीच म अब पनि उभिएको छु। कमजोर, लाजले भरिएको, तर इमानदार र जिन्दगीप्रति अझै आशावादी।

कृपया, मलाई अपराधी नबनाऊ। म देश छोडेर गएको थिएँ, तर देशको माया कहिल्यै छोडेको थिइनँ। अब म यहीं छु (फेरि एउटा सपना बोकेर।

यसपालि, कानुनी, इमानदार, र पूर्ण नेपाली भएर।

(सुवास शर्माको यो लेखमा अमेरिकाले फर्काएका नेपालीहरुको मनोदशा र समाजसंग आग्रह व्यक्त गरिएको छ । हामीले यो लेख सामाजिक सञ्जालबाट साभार गरेका हौ ।)

 

From Solukhumbu to Colorado: Tracing Lhakpa Sherpa’s Footprints

Dirgha Raj Upadhyay, Colorado

Hunger is said to be the greatest thing. But hunger for what? That is what matters. Hunger for a meal? Or hunger to create history? If it is the hunger for rice, then life will be spent just trying to manage that. One becomes happy with just a single meal.

The hunger to touch the sky of success pushes a person to great heights. Driven by that desire, they are willing to go to any length, work as hard as it takes, and overcome any barrier to reach their goal.

Lhakpa Sherpa’s story of fifty years of struggle and success speaks exactly this truth.

In the remote village of Syangma in Solukhumbu, Lhakpa was born in 1975. He is the eldest of three children of Karma Gyaljen Sherpa and Chechima Sherpa.

Syangma lies on one side, and Lukla on the other, with the Dudh Koshi river flowing between them. Syangma is a small village with just fifteen households. Though each family has its own courtyard, they share the same roots—raising yaks, cultivating buckwheat, millet, and wheat—their means of survival. About three hours away lies the yak pasture and meadow, and there stood Mahendra Jyoti Secondary School. Lhakpa used to attend school there, making a daily six-hour round trip. During vacations, he would graze yaks in the pastures.

Between Syangma and Namche flowed the Dudh Koshi river—no permanent bridge existed, only a fragile wooden suspension bridge. During the monsoon, the river would swell and often wash it away, cutting off the Namche route. The Sherpas depended entirely on that fragile wooden bridge—their path, their lives, and their dreams all hanging in the balance.

He learned the alphabet in his own village at Mahendra Jyoti Secondary School. In 2050 B.S., he completed his SLC from there, becoming the first student from Syangma village to do so. After that, he went to Kathmandu to pursue higher education.

He enrolled in the I.Com(Intermediate in Commerce) program at Ratna Rajyalaxmi Campus. His elder brother Pemba used to bring tourists from the United States. Following in Pemba’s footsteps, he got involved in trekking—and gradually, his studies fell behind.

During that time, he made American friends—one of whom later sponsored him. With their help, he traveled to the United States on a tourist visa in 1996. Six months later, he returned to Nepal. In 1997, he went back to the U.S. on a student visa—and this time, he didn’t return. He enrolled in college and began working alongside his studies. He worked in Indian, Chinese, Tibetan, and Japanese restaurants—day and night—just to cover his education expenses. What was supposed to be a six-year academic journey took him ten years to complete.

He had always dreamed of becoming a pilot—he wanted to fly planes in Nepal. While studying management, he also began pilot training. But in the midst of it all, he received his Green Card. Some opportunities have the power to change one’s path, dreams, and desires—and for him, the Green Card did just that.

During his studies, he fell into debt. In 2005, after completing his education, he started his own company: Sherpa Landscaping. The business quickly took off, bringing in a steady stream of work. Within just a year, he managed to pay off all his debts. From the income of that very first year, he even bought a house in Kathmandu. Gradually, his financial foundation grew stronger.

There was a good market for flower garden decoration and management. Work was nonstop during the summer, but in winter, his employees often faced unemployment. To keep busy even in the off-season, he came up with a plan. In 2009, he leased land in Golden city and opened a restaurant. The idea was to attract customers for dinner in the evenings. However, the restaurant quickly won over customers, and soon it became crowded. Fridays, Saturdays, and Sundays became especially busy, with the restaurant packed with guests. What was supposed to be a side business soon became his main profession.

He wanted to open a restaurant—but not just any restaurant. He asked himself, what would make it truly unique? Determined to celebrate his roots, he set out to create a place that showcased the authentic culture of the Sherpa people. Over the course of four years, he made yearly trips to Nepal to gather traditional and vintage items—old tape recorders, radios, clay pots, prayer wheels, and stoves. Combining all these pieces, he crafted a special atmosphere called Sherpa Village and named it Sherpa House Restaurant and Culture Center—a place where Sherpa heritage comes alive through food and culture.

Golden, Colorado—a town as charming as its name. Clean, well-organized, with a market that climbs gently uphill. At a bend along the slope stands Sherpa House, easy to recognize from a distance. A monastery in America? From the outside, it almost feels like one. On one side is the Sherpa Gift House, on the other, a monastery. In the middle sits the restaurant. It brings back the feeling of the radio era—the old tape recorder is still there. It feels like being in Khumjung. Inside Sherpa House, you’ll find the spirit of Solu, Khumbu, and Syangma.

Sherpa House runs by its own rules. Lunch is served from 11 a.m. to 2:30 p.m., and dinner from 5 p.m. to 9 p.m. That’s the only time it’s open—the rest of the day, it’s closed. Sherpa says staff who work hard deserve time to rest. The restaurant has a seating capacity of 200 and often gets fully packed. On some days, as many as 600 people come through its doors.

At Sherpa House, which closes after lunch, customers start pouring in like ants as soon as it nears 5 p.m. By evening, the place gets so crowded there’s barely room to stand. But no one leaves—they wait their turn to enjoy the taste of Sherpa cuisine.

So, what’s on the menu? What’s cooking in the kitchen? And who’s behind those delicious meals? In the kitchen are brothers Danuru Sherpa and Panuru Sherpa—both of whom have summited Everest 16 times—along with many other Sherpas.
By Lhakpa’s side at every step is his wife, Phurba Diki. Lhakpa handles the management and work outside, while Phurba takes care of the kitchen. She is the head chef. Lhakpa is known for his warm hospitality, and Phurba for her delicious cooking.

Not just the chefs—even the waiters are Everest climbers. It feels as if Everest itself is right here.

The kitchen offers a mix of Chinese, Indian, Thai, Japanese, and many other dishes. Sherpa cuisine is a must, of course. You’ll also find favorites like chow mein, naan, thukpa, momos, and even comforting Indian-style dal. Most of the guests are American, while about five percent are Nepali or Indian. Sherpa House runs smoothly with a team of 28 people.

In 2013, he and his brothers opened Sherpa Brewery in Chitwan. Today, it provides jobs to 150 people. Sherpa Beer is Nepal’s first craft beer. He proudly claims it contains no additives, just pure ingredients, and believes it stands out for both its quality and taste.

The nature of business is profit—but for him, it’s about service. Along with his business, he also runs a non-profit organization. He doesn’t calculate how much of the profit he gives away. His principle is clear: wherever there’s a problem, he’s there to help.

Lhakpa is naturally generous and never worries about how much he spends on social causes—it simply doesn’t matter to him. Whenever there’s a need, he’s there to help. Guided by a deep sense of service, he gives without hesitation. For instance, he contributed 1.5 million rupees to build a community center in Byankar village, Pasang Lhamu Rural Municipality, Khumbu, and donated 1.4 million rupees toward a hostel for children at the Everest Children’s Home in the same village.

He donated 1 million rupees to build the Dhamma Sagar Vipassanā Meditation Center in Lukla. He spent 400,000 rupees to rebuild Phudorje Sherpa’s house in Tante village. For Gyalé Sherpa from Syangma village, he sent 5,000 dollars to help with a kidney transplant. He is also supporting the education of three children from underprivileged families. When the earthquake destroyed Mahendra Jyoti School, where he once studied, he contributed 5 million rupees towards its reconstruction.

He invested 2 million rupees to build a hostel, ensuring students have a safe place to stay. He generously gave 4 million rupees to help build the road linking Lukla and Syangma, the very path he once walked. On top of that, he donated 1 million rupees to construct public restrooms by the riverbank, improving basic facilities for the community. With his support, a health post was also built in Yawa village of Taksindu Rural Municipality, where he contributed 2 million rupees, bringing much-needed healthcare closer to the people.

He has a company called Hike for Help. Since 2011, through this organization, he has been taking 50 American students to Solukhumbu every year. All the money earned from taking them hiking is fully invested back into social work in Solukhumbu.

The village where he was born, the paths he once walked, the friends who stood by him, and the community that gave him his name and identity—he has opened his heart wide to support them all. Just recently, he donated $63,000 to build a community center for the Sherpa community in Colorado. Who gave how much? That’s not something he cares about. He doesn’t chase recognition or enjoy the spotlight. He simply gives, quietly and wholeheartedly.

Under Lhakpa’s leadership, a new initiative has begun to include Syangma village in the World Heritage list. The entire village is being transformed into a religious park, with a water-circulating path built in front of every house—from the hilltop to the foothills. The project’s cost has exceeded 12 million rupees.

A deep love for culture in his heart, skill in his hands, creativity in his mind, and kindness in his soul—he carries a unique hunger for success. That is who he is. He is equally devoted to meditation, Vipassana, and spirituality, setting aside ten days every year for Vipassanā practice.

He seems stubborn, almost like a child. Yet, he’s also a determined seeker, like Bhagirath—once he starts something, he must conquer it. On Sherpa New Year’s Day, he saw a beautiful young woman at the restaurant and instantly fell for her. Without even asking her opinion, he boldly said, “I want to marry you.” That’s the daring side of Lhakpa. The young woman didn’t refuse, and she became his wife, Phurba Diki Sherpa. Together, they have a daughter.

He rarely takes a break. Whenever he gets some free time, he dives into his art. He carves statues—Buddha figures, intricate thangka paintings—and immerses himself in the mantra “Om Mani Padme Hum.” He works with jade, shaping stones into various forms. Right beside the jade, there’s a 3D printer, creating different-sized models. He even makes 3D maps of the Himalayas, carving Khumbu, Syangma, and Namche into them. Whenever he feels the urge to visit his village,  he simply looks at these maps and feels at home—there’s Syangma, right there before his eyes, and that’s enough to soothe his heart.

A prayer wheel spinning with the flow of water, flags fluttering high, mantras painted on the walls, and Buddha’s image visible everywhere — it feels like everyone belongs to Buddha, and Buddha belongs to all of us.

There were many nights when LHakpa went to sleep hungry, sometimes spending the whole day eating just a single potato. But he never gave up, never got tired, never lost hope. The relentless hunger inside him never let him back down. He kept working hard, and that hard work became his unique identity.

He visits the village every year. He never goes empty-handed. Even if he can’t go himself, his gifts reach the village. He says, “Why go empty-handed? No matter how much you earn or save, you can’t take anything with you after death. So why hold on so tightly? Why worry?” When he talks like this, he sounds almost like a wise wanderer. Everyone is out there doing business — but he’s busy sharing love, wealth, and brotherhood. “Has anyone ever felt truly fulfilled by what they’ve earned?” he asks.

To succeed, hunger is essential,” he said, sharing his final mantra. “Those who get stuck on the hunger for just a meal never get very far.

सफलताको चाङमा उभिएका शौभाग्य

दीर्घराज उपाध्याय

भनिन्छ, एउटा सफलताका पछाडि कैयौं असफलता लुकेका हुन्छन् । बाटोका मोड जस्तै हुन्, असफलता । आईरहन्छन । मोडहरुलाई पार गरेर अघि बढ्नेहरु सफल हुन्छन् । नसक्नेहरु त्यही मोडमा हराउछन् ।

शौभाग्यलाल श्रेष्ठ अपवाद थिए । उनी पटक पटक असफल भए । असफलतालाई पैतालामुनी कुल्चिएर उनी अघि बढिरहे । हुन् पनि, मान्छे एउटै असफलतबाट आत्तिन्छ । निराश हुन्छ । भाग्य सराप्छ । तर उनी न निराश भए । न गले । न आत्तिए । उनले उल्टै असफलताको चाङलाई सिढि बनाए । र उभिए, सफलताको शिखरमाथि ।

बासंग पटक्कै मेल नखाने उनको केमेष्ट्रि । सफल हुन नसक्ने उनी । उनको असफलता नस्वीकार्ने पिता ।

मान्छेका जीवनमा पछाडिबाट धकेल्ने । हात तान्ने । कोही न कोही हुनपर्छ । तव मान्छे कठिन घडीमा पनि सहजै अघि बढ्छ । उनका लागि बा थिए । जसले कहिले रोकिन दिएनन् । बा भरोसा । बा तागत । बाको दरिलो आड । बाले पछाडि फर्किन दिएनन् । र त, उनले कहिल्यै पछाडि हेर्न परेन ।

२००९ साल साउन १२ गते कृष्ण पञ्चमीमा जन्मिएका उनी कनकलाल श्रेष्ठ र सावित्री श्रेष्ठका माहिला सन्तान थिए । उनीभन्दा अघि एक दाई, एक दिदी थिईन । पछि एक भाई ।

उनको जन्म तत्कालिन काठमाण्डौं – २६ कमलपोखरी (हाल– १) मा भएको थियो । हाल सिटी सेन्टर रहेको ठाउँमा गोठ थियो । त्यही गोठ उनको जीवनको पहिलो पाठशाला थियो । दिउँसो त्यहाँ पढाई हुन्थ्यो । एक जना पुरेतले पढाउथे । उनले त्यहाँ छ महिना पढे ।

२०१४ सालमा उनी मण्टेश्वरीमा भर्ना भए । हाल जहाँ विश्वज्योती हल छ । पारीपट्टि मण्टेश्वरी । मण्टेश्वरीको पूर्वपट्टि ईञ्जिनियरिङ स्कुल थियो । स्कुल जादा हरेक दिन ईञ्जिनियरिङ स्कुलको साईनबोर्ड देख्थे । त्यही साईन बोर्ड हेर्दा हेर्दै उनभित्र हुर्किएको थियो, ईञ्जिनियर बन्ने सपना ।

एउटा बहुचर्चित भाषणमा मार्टिन लुथर किङले भनेका थिए, मसंग एउटा सपना छ ।

मान्छेले बाँचेको जीवन, भोगाई, परिवेश र आवश्यकताहरुले सपनाको निर्माण गर्छ । उनको त्यो सपना जातीय समानताको थियो । अन्ततः उनले त्यो सपना पुरा गरीछाडे ।

त्यस्तै एउटा सपना शौभाग्यभित्र पनि हुर्किएको थियो । उनलाई सपनाको मूल्य थाह थिएन । देख्नलाई के को मूल्य ? उनले ईञ्जिनियर बन्ने सपना देखे ।

मण्टेश्वरी स्कुलमा थिईन, चन्द्रकला किरण गुरुआमा र दामोदर गुरुवा । गुरु आमा र गुरु बाका अगाडि को देखा परोस ? डर र सम्मान उस्तै ।

उनका बा शिक्षक थिए । बाले शान्ति विद्या गृहमा लैनचोरमा भर्ना गरिदिए । योगनाथ प्याकुरेल हेडसर थिए । मण्टेश्वरीबाट सोझै ४ कक्षामा भर्ना भए । अरु कक्षा पढ्नै परेन । उनी सबैभन्दा सानो थिए । सबैले पिट्थे । लुक्न छेउको कन्या स्कुल जान्थे । कमलपोखरीबाट हिडेर ४० मिनेटमा स्कुल पुग्थे ।

२०१६ सालमा ५ कक्षामा दरवार हाईस्कुलमा भर्ना भए । स्कुलमा खाजा दिन्थ्यो । खाजामा जलेवी, स्वारी, बम्बईसन (गुँदपाक) मिल्थ्यो । सबै निशुल्क । परीक्षा शुल्क भने दुई रुपैया ।

बासको कलम । माटोको मसी भाडो । नेपाली कागज । मसीमा कलम चोप्यो । लेख्यो । अहिलेजस्तो कलम, कापी आईसकेको थिएन ।

उनी ५ कक्षा पास भए । ६ कक्षामा भने उनलाई ६ विषय लाग्यो । नेपाली र संस्कृतमा पास । अरु सबैमा फेल ।

बाले शान्ति विद्या गृह लैनचौरमा ७ कक्षामा भर्ना गरि दिए । उनी त भाग्यमानी । नामै सौभाग्य । फेल भए । कक्षा दोह¥याएनन् ।  विश्वम्भरनाथ प्याकुरेल उनका मिल्ने साथी थिए । उनको रोल नम्बर ५१ । प्याकुरेलको ५२ । आठ कक्षा त्यही पढे ।

बिफर फैलियो । साउन, भदौमा पढाई भएन । परीक्षा रोकियो ।

पढे शान्ति गृहमा । बाले उनलाई प्राईभेटबाट परीक्षा दिलाए, जेपी हाईस्कुल क्षेत्रपाटीबाट । बा शिक्षक हुनुको फाईदा यहाँ पनि भयो । पास भए । ९ कक्षामा भर्ना भए । पद्मोदय स्कुलमा ।  २०२१ सालमा ।

त्यहीबाट एसएलसी दिए । दुई विषय लाग्यो । फेल भए । उनी पास कम । फेल बढि हुन्थे । एसएलसीमा पनि त्यही भयो । माघमा जाँच हुन्थ्यो । असारमा रिजल्ट आउथ्यो । उनले पुनः परीक्षा दिए । २०२३ सालमा रिजल्ट आयो । उनी पास भए ।

न्यूरोडमा परीक्षा नियन्त्रण कार्यालय थियो । रिजल्ट आउथ्यो, राससको अफिसमा । त्यहाँ रिजल्ट हेर्नेको भीड लाग्थ्यो । भीड भडकियो । रसियन भोल्गा कारमा भीडले आगो झोस्यो । कार जलेर खरानी ।

न्हयौखा क्षेत्रपाटीमा कन्या मन्दिर हाईस्कुल थियो । विहान त्यहाँ महेन्द्र रत्न पब्लिक कलेजको पढाई हुन्थ्यो । राजा महेन्द्रले त्यो स्कुल उद्घाटन गरेका थिए । २०२४ सालमा उनी महेन्द्र रत्न पब्लिक कलेजमा भर्ना भए । रत्नका छात्रहरुले कन्या मन्दिरका छात्राहरुलाई जिस्क्यायो भनेर कलेज बसन्तपुमा सारियो । कुमारी घरको अगाडि कलेज सञ्चालन हुन थाल्यो ।

उनको घरबाट कलेज पुग्न साईकलमा २५ मिनेट लाग्थ्यो । बिहान ६ देखि ८ः४० बजेसम्म चार पिरियड पढ्थे । घर जान्थे । भात खाएर थापाथली पढ्न जान्थे । थापाथलीमा टेक्निकल टे«निङ ईन्स्टिच्यूट थियो । हाल सञ्चालित ईञ्जिनियरिङ अध्ययन संस्थान त्यही हो । क्याम्पसमा एक वर्ष बेसिक टे«निङ गरे । वेल्डिङ र फोर्जिङको ।

त्यहाँ ईलेक्ट्रिक, मेकानिकल र अटोमेकानिक्सको पढाई हुन्थ्यो । उनले ईलेक्ट्रिक ईञ्जिनियरिङ रोजे । पहिलो वर्षको पढाईमा सबैलाई एउटै काम दिईन्थ्यो ।

दोस्रो वर्ष पढ्दै थिए । तथ्यांक बिभागमा अन द जब अन्तर्गत वायरिङको काम गरे । जहाँ बिजुली बिग्रियो उनी त्यहाँ जान्थे ।

२०२५ मा प्रमाण पत्र तहको पढाई पुरा गरे । नेपाल नेशनल कलेज (हालःशंकरदेव क्याम्पस) स्नातकमा भर्ना भए । दिउँसो थापाथलीमा पढ्न जान्थे । राति शंकरदेवमा । राति छ बजेदेखि ९ बजेसम्म शंकरदेवमा पढाई हुन्थ्यो । जनकनाथ प्याकुरेल र तर्कराज ओझा शिक्षक थिए ।

२६ सालमा थापाथलीबाट तीन वर्षे डिप्लोमा ईन ईलेक्ट्रोनिक्सको पढाई सके । विषय अनुसार सम्बन्धित बिभागमा पास भएको जानकारी पठाईन्थ्यो । अनि तुरुन्त जागीर मिल्थ्यो । उनी विद्युत विभाग गए । तीन दिन हाजिर लगाए । विद्युत विभाग कर्मचारी प्रशासनमा पुण्यप्रसाद निरौला शाखा अधिकृत थिए । निरौलाले उनलाई नियुक्ति पत्र दिए । सुनकोशी । त्रिशुली । हेटौडा । सिमरा र बिरगञ्ज मध्ये एक ठाउँ जानुपथ्र्यो । उनले हेटौडा रोजे ।

त्यतिबेला लोकभक्त ट्रान्सपोर्ट र हिमालयन जनता ट्रान्सपोर्टले त्रिभुवन राजपथ बस चलाउथ्यो । काठमाण्डौं–हेटौडा । हेटौडा– बिरगञ्ज । काठमाण्डौं–हेटौडा रुटको टिकट १२ रुपैया थियो । बस चढेर हेटौडा पुगे । २०२७ साल बैशाख १७ गते उनी कार्यालयमा हाजिर भए । उनको पद थियो, सुपरभाईजर । विद्युत विभागमा सुपरभाईजर पद हुन्थ्यो । त्यही पढाईको व्यक्ति भवन विभागमा ओभरसियर हुन्थ्यो ।

उनको मातहतमा सिनियर ईलेक्ट्रिसियन मातहतमा थिए । मिटर रिडिङ र टेष्टिङको काम उनले हेर्थे । त्यो बेला हेटौडा र अमलेखगञ्जमा विद्युतका ४९५ जना ग्राहक थिए । १० युनिटको चार रुपैया शुल्क तोकिएको थियो ।

उनको मासिक तलव २५० रुपैया थियो । भत्ता ६२ रुपैया ५० पैसा पाउथे ।  कोठा भाडा ३० रुपैया थियो । होटलमा खाना खान्थे । एक छाक सादा दालभात तरकारीको दुई रुपैया २५ पैसा पथ्र्यो । खाना मन परेन । स्टोप किने । आफै बनाउन थाले । जिन्दगीमा कहिल्यै खाना नपकाएका । कहिले भात काँचो । कहिले धेरै पाक्ने । विस्तारै खाना बनाउन सिके ।

विहान १० देखि ५ जागीर थियो । बीएको पढाई छोडेर आएका थिए । हेटौडामा एउटा मात्र स्कुल थियो, भुटनदेवी हाईस्कुल । सोचे, खाली किन बस्नु ? साँझ ट्युसन पढाउन थाले । प्रति विद्यार्थी शुल्क तोके, दुई रुपैया । अरुले ३० रुपैया लिन्थे । हिसाव पढाउथे । केही समयमै टोलमा उनको चर्चा हुन थाल्यो । राम्रो चामल, दाल खान पाउन थाले ।

२०२८ साल मंसिर २७ गते विहीवार युवराजको पास्नीको विदा । शनिवार सार्वजनिक विदा । शुक्रवारको क्यावी विदा लिए । तीन दिनमा फर्किने गरी काठमाण्डौं गएका उनी बीएको परीक्षामा सहभागी भए । उनकी दिदी पनि बीएको जाँच दिदै थिईन् । दिदीको नेपालीको नोट पढेर उनी पास भए । दिदी फेल । अंग्रेजीमा भने यस पटक पनि उनी फेल भए ।

त्यसपछि हेटौडा जान मन गरेनन् । सरुवा मागे । पाएनन । विद्युत कर्पोरेशन र रेडियो नेपालमा जागीरका लागि निवेदन दिए । रेडियो नेपालमा अन्तर्वार्तामा पास भए । २०२८ साल चैत पहिलो हप्ता नियुक्ति पाए । र, प्राविधिक रुपमा काम गर्न थाले । तलव थियो, २५० रुपैया । उनी सहित नेपाल रेडियोमा ८ जना प्राबिधिक नियुक्त भए ।

त्यो बेला, रेडियो नेपालमा सरोज गोपालको देउराली उकाली चढेर, बिजयपुर खोला तरेर, ज्यानलाई पर्नुप¥यो गीत खुव बज्थ्यो ।

२०२९ सालमा बीए पास भए । त्रिभुवन विश्व विद्यालयमा एमए पढ्न थाले । बिहान र साँझ रेडियो नेपालमा काम गर्थे । दिउँसो पढ्न जान्थे । बाल कार्यक्रम र हरीप्रसाद रिमालका नाटक रेकर्ड गर्थे । केही नाटकमा उनले बोले पनि ।

उनी कन्ट्रोल रुममा थिए । विहानै आएर रेडियो खोल्थे । शंखध्वनीबाट रेडियो शुरु हुन्थ्यो । सिद्धान्तराम जोशी र कल्याणी रिमालले पालैपालो भन्थे,नमस्कार यो रेडियो नेपाल हो । त्यसपछि धार्मिक कार्यक्रम शुरु हुन्थ्यो । धार्मिक कार्यक्रम सात बजेसम्म चल्थ्यो । पुरुषोत्तम सापकोटा र सहयोगी चण्डिका पौड्यालले धार्मिक कार्यक्रम चलाउँथे । लोचननिधि तिवारीले गीता प्रबचन र खेमराज केशवशरण लक्ष्य चिन्तन चलाउँथे । तिवारी गीता प्रबचन शुरु गर्दै भन्थे, भगवान कृष्णले गीतामा भएको छ, कर्म गर फलको आशा नगर ।

भक्तराज आचार्य रेडियो नेपालमा जागीरे थिए । नारायण गोपाल, बच्चु कैलाश दिउँसो गीत रेकर्ड गर्न आउथे । दीप श्रेष्ठहरु भर्खर गीत गाउन थालेका थिए ।

बासुदेव मुनालले साँझ बाल कार्यक्रम चलाउन आउथे । २०२९ सालतिर पाण्डव सुुनुवार लोकगीतको कार्यक्रम चलाउथे ।

उदित नारायण झा एसएलसी पास भएर पढ्न काठमाण्डौं आएका थिए । झा रत्नराज्यमा आईए पढ्थे । सञ्चारमन्त्री चतुर्भुज प्रसाद सिंहले झालाई रेडियोमा जागीर लगाए । झा भजन र राष्ट्रिय गीत गाउँथे ।

एमएको तीन वर्षे कोर्स थियो । एक वर्ष पढाई हुन्थ्यो । एक वर्ष दुर्गममा सामाजिक सेवा गर्नुपथ्र्याे । राष्ट्रिय विकास सेवाले सामाजिक सेवा अनिवार्य गरेको थियो ।

उनी सिन्धुपाल्चोकको ज्यामिरे गाउँ पुगे । ज्यामिरे जान पाँचखालबाट हिड्नु पथ्र्यो । दुई नदी तरेर दुई दिनमा उनी त्यहाँ पुगेका थिए । एक ठाउँमा  माझीको काँध चढेर नदी पार गरे ।

उनले त्यहाँ स्कुलमा पढाए । सामाजिक कार्य गरे । उनीसंगै थिए, सहपाठी केशर बहादुर बिष्ट । बिष्ट छ महिनापछि फर्के । उनी त्यही पढाउन थाले । उनलाई अझै सम्झना छ, डिल र दिल बहादुर दुई विद्यार्थी फेल हुने डरले स्कुल आउन मान्थेनन । उनले सम्झाए । फकाए । र, सबैलाई स्कुल जान प्रेरित गरे । एक विद्यार्थी थिए, बीरे सार्की । सार्कीले मकै छोएको भन्दै एक विद्यार्थीले फालेको मकै टिपेर उनले आए । दलित छोएको खानेकुरा खाए जात जान्छ भन्ने रुढीवादी विश्वास तोड्न उनले कोसिस गरे । उनले गाँउको प्रोफाईल पनि बनाए ।

राष्ट्रिय विकास सेवा कार्यालयको निर्देशक थिए, डा. राजेन्द्र कुमार रोङगोङ्ग । उनको कामको मूल्यांकनका लागि राष्ट्रिय विकास सेवा कार्यालयबाट गणेश बल्लभ शर्मा, बिरेन्द्रभक्त श्रेष्ठ र राजेशराज आचार्य आएका थिए । उनीहरुले स्थानीय बासिन्दासंग सोध्थे । मूल्यांकन फाराम भर्थे ।

राष्ट्रिय विकास सेवा कार्यालयले सामाजिक कार्य गरे वाफत प्रति महिना २५० भत्ता दिन्थ्यो । उनी प्रधानको घरमा ३० रुपैया भाडा तिरेर बसेका थिए ।

एमएमा नेपाली, अर्थशास्त्र, भाषाशास्त्र र अंग्रेजी विषय पढाई हुन्थ्यो । उनको व्याँचमा २१२ जना विद्यार्थी थिए । बिष्टसंगै कपिल श्रेष्ठ, नरहरी आचार्य, जयराज आचार्य र कयोदेवी यमी पनि उनको सहपाठी थिईन् । सबै विद्यार्थी एक वर्षे अनिवार्य सामाजिक सेवाका लागि समुदायमा गएका थिए । सबैले समुदायमा काम गरे ।

सबैको मूल्यांकनको परिणाम अनुसार हरीशंकर निरौला प्रथम भए । उनी दोस्रो भए । तेस्रो हुने थिए, शम्भुप्रसाद मुडभरी । रेडियो नेपालले त्यो समाचार निकै महत्वका साथ विहान ७ बजे, अंग्रेजीमा ८ बजे, ९ बजे नेपालीमा, दिउँसो २ः३० बजे, बेलुका ७ बजे र राति ८ बजे अंग्रेजीमा प्रशारण ग¥यो । समाचार सुनेका घरबेटीलाई लागेछ, उनी अञ्चलाधीश भए ।

राष्ट्रिय विकास सेवा कार्यालय हटेपछि विद्यार्थीले एक वर्ष अनिवार्य रुपमा सामाजिक कार्य गर्नुपर्ने व्यवस्था पनि हट्यो ।

उनले २०३२ मा रेडियो नेपालको जागीर छोडे । उनी प्रज्ञा प्रतिष्ठानमा बिजुली मिस्त्री पदमा काम गर्न थाले । उनको काम थियो, नाटकका लागि स्टेजको लाईट मिलाउने ।

दार्जिलिङबाट आएका मन बहादुर मुखियाले दोलखाको चिलाङ्खामा बसेर त्यहाँको बस्तुस्थितिमा आधारित ‘अनि देउराली रुन्छ’, नाटक लेखे । मुखियाको नाटक हाउसफुल हुन्थ्यो । ३, ५, १० र १५ रुपैयाको टिकट थियो । मान्छेहरु टिकट काटेर नाटक हेर्थे । नाटकको बीचमा खुव ताली बज्थ्यो ।

कमल पोखरी घर । प्रज्ञामा हाजिर लगायो । पढ्न गयो । बेलुका शो हुन्थ्यो । पढेर फर्केपछि उनी काममा जुट्थे । प्राबिधिक पाँचौ तहको जागीर । ५१० रुपैया तलव । उनी भत्ता सहित आठ सय भन्दा बढि रुपैया बुझ्थे । जवकी त्यो समय सेक्सन अफिसरको तलव ५५० थियो । एमएम पास भए । १० महिनामै प्रज्ञाको जागीरबाट राजिनामा दिए ।

अमेरिकाको बाटो खोल्ने युएसएआईडीको जागीर

एमए पास भएपछि उनले प्रज्ञा प्रतिष्ठानको जागीर छोडिसकेका थिए । नयाँ जागीरका लागि त्यहीबीच थुप्रै ठाउँमा आवेदन दिए । त्यसमध्ये एक थियो, युएसएआईडी । उनलाई युएसएआईडीमा बोलायो । टाईप सिकेको छ कि छैन भनेर सोध्यो । उनले छैन भनेपछि सिकेर आउन भनियो । न्यूरोडमा साथीको पसलमा एक महिना टाईपिङ सिके । र, जागीर खान गए । उनी १९७७ फेब्रअुरी २४ मा युएसएआईडीमा जोडिए ।

शुरुवाती दिनमा तालिम शाखामा काम गरे । अमेरिकाले नेपालबाट २५० जनालाई भारत सहित बिभिन्न देशमा शैक्षिक भ्रमण तथा तालिममा पठाउथ्यो । अमेरिका, अमेरिकन युनिभर्सिटी बेरुत(एयुवी), फिलिपिन्समा पठाउथ्यो ।

उनी लगनशील र ईमान्दार थिए । हरेक वर्ष उनको गे्रड थप हुदै गयो । अवार्ड पनि पाउदै गए । त्यहीबीच उनले राप्ती परियोजनाको (राप्ती आईआरडी प्रोजेक्ट) योजना तथा अनुगमन विशेषज्ञको रुपमा काम थाले ।

तीन वर्षपछि उनी युएसएआईडीका तर्फबाट परियोजना प्रमुख भए । सरकारका तर्फबाट रामेश्वर साह प्रमुख थिए । कृषि र पशुका क्षेत्रमा परियोजनाले काम गथ्र्यो । तुल्सीपुर–सल्यान, घोराही–प्युठान, चकचके –रोल्पा सडक विस्तार शुरु भयो । उनको कार्यक्षेत्र रुकुम, रोल्पा, सल्यान, दाङ र प्युठान थियो ।

शुरुमा उनको तलव ७९० रुपैया थियो । पछि बढेर चार हजार पुग्यो ।  १९८३ मा उनले परियोजना कार्यान्वयन कोर्सका लागि थाईल्याण्ड जाने अवसर पाए । १९८७ अप्रिलमा युनिभर्सिटी अफ पिट्सबर्गमा प्लानिङ म्यानेजमेण्टको छ महिने कोर्सका लागि अमेरिका गए । सरकारी कोटामा त्यहाँ गएका उनले शुल्क तिर्नु परेन ।

१९८९ मा खानेपानी, सिंचाई, रेसम खेतीको अध्ययनका लागि थाईल्याण्ड र ईण्डोनेशियाका गाउँहरु घुम्ने मौका पाए ।

अमेरिकी सरकारका लागि १५ वर्ष काम गरेपछि ग्रिनकार्ड मिल्थ्यो । १९९३ मा भीसाका लागि निवेदन दिए । अमेरिकामा काम मिल्ने निश्चित नभएका कारण छ महिना नेपालमै बसे । भीसाको म्याद सकियो ।

त्यहीबेला क्लार्क एटलान्टा युनिभर्सिटीले प्रजातन्त्र सुदृढिकरण परियोजनाका लागि गोरखा, दाङ र सिराहाका प्रोजेक्ट म्यानेजर खोज्यो । बायोडाटा पठाएका उनी छानिए । १९९४ मा उनी होम अफिस प्रोजेक्ट म्यानेजर भए एटलान्टा पुगे । तीन वर्षपछि परियोजना सकियो । म्याद थपिएन । १९९६ देखि न्यूयोर्क, लसएञ्जल्स, सियाटल लगायतका अमेरिकीन अध्यागमन अदालतमामा दोभाषेको काम गरे ।

२००१ मा स्टेट डिपार्टमेण्टमा जोडिएका उनी त्यसयता फ्रिलायन्सरका रुपमा दोभाषेको काम गर्दै आएका छन् ।

भर्जिनिया र वासिङट्न राज्यको सियाटलका शिक्षण संस्थाहरुले कोर्समा विदेशी भाषाहरु पनि समावेश गरेका छन् । जसमध्ये नेपाली भाषा पनि समावेश छ । त्यहाँ अमेरिकी बाहेक अन्य विदेशी भाषा जान्ने विद्यार्थीलाई क्रेडिट दिने गरिएको छ । त्यसमध्ये नेपाली भाषा पनि एक हो । उनी विद्यार्थीहरुको भाषा परीक्षण र टेष्ट डिजाईन गर्ने भूमिका पनि निर्वाह गरिरहेका छन् ।

लामो समयदेखि अध्यागमनको आश्रय (असाइलम) का केशहरुमा उनी दोभाषेको भूमिका छन् ।  ईराकमा हत्या गरिएका नेपालीका साथीहरुको बयानका क्रममा उनले दोभाषेको काम गरे ।

केही महिनायता रुकुमको आठवीसकोट र दाङका डेढ सयभन्दा बढि नेपालीको दोभाषे भए । नेपालीहरुको दोभाषे हुदाका अनौठा अनुभव छन्, उनीसंग । भन्छन्, खनाल, खत्री, वली, डिसी थर छ । तर उनीहरु नेपाली भाषा बोल्न आउदैन् । थारु भाषा मात्र बोल्न आउछ  भन्छन् ।

दलालले उनीहरुलाई जुन भाषाको अनुवादक छैन, त्यही भाषा बोल्न लगाउने गरेको पाएका छन् । मगरले नेपाली बुझ्छु भन्दैन्, खाम मगर अनुवादक चाहियो भन्छन् ।

दोभाषेको जिम्मेवारी भाषाको अनुवाद गर्ने मात्र होईन । भन्छन्, उनीहरुको सेन्टीमेन्ट, टोन, हाउभाउ बुझ्नु पर्छ । दुई भाषा बुझ्दैमा दोभाषे हुदैन ।

पहिले जागीर, अनि विवाह 

उनी २७ वर्षका थिए । २०३६ सालमा फागुन १२ गते शिक्षा दिवस । मल्लके सुन्दरकी बहिनी गंगासंग उनको मागी विवाह भयो । मल्लके सुन्दरकी बहिनी थिईन, उनकी जन्ती लिएर बांगेमुढा जादा कमलपोखरी बस्नेलाई छोरी किन दिएको होला भन्थे । कमल पोखरीमा दिउँसै स्याल कराउथे । काठमाण्डौंभित्रै कमलपोखरी दुर्गम र डरलाग्दो मानिन्थ्यो ।

परिवारले उनलाई विवाहका लागि कर गर्थे । विवाहका लागि उनका दुई शर्त थिए । पहिलो, पढाई पुरा गर्ने । दोस्रो, दरिलो जागीर खाने । दुईटै शर्त पुरा भए । उनी विवाहका लागि राजी भए । गंगाबाट दुई सन्तान जन्मिए । एक छोरा । एक छोरी । एमबीए पढेकी छोरी शैली बजेट विश्लेषक छन् । छोरा सगुन कम्प्युटर ईञ्जिनियर ।

असफलताको चाङमाथि  सफलता

सफलता त्यस्ता मान्छेहरुले प्राप्त गर्छन्, जो लक्ष्य प्रति दृढ रहन्छन्, नेपोलियनको यो भनाई उनले सधै अवलम्बन गरे । र, त उनी एउटा असफलताबाट आत्तिएनन् । न त उनी एउटा सफलताबाट मात्तिए ।

एसएलसीमा पहिलो पटक अंग्रेजीमा फेल भए । दोस्रो पटक पास । समय बदलियो । उनी पनि । अंग्रेजको देश आईपुगे । जागीर खाए, दोभाषेको । नेपालीलाई अंग्रेजीमा । अंग्रेजीलाई नेपालीमा । जुन विषयमा फेल भए । उनी त्यही भाषामा पछि पोख्त भए । असंभव केही छैन । उनी उदाहरण हुन् ।

उनी दोभाषेका रुपमा अमेरिकी सरकारको विदेश मन्त्रालय र अध्यागमन बिभागका लागि काम गर्छन । बेलाबेलामा उनी अदालतमा पनि दोभाषेको काम गर्छन् । अमेरिकी अदालतमा चलेको ईराकमा मारिएका नेपालीहरुको मुद्दामा उनी दोभाषे   थिए ।

डिपार्टमेण्ट अफ स्टेटले प्रत्येक वर्ष थुप्रै नेपालीलाई आईभीएलपीमा अमेरिका ल्याउछ । उनी आईभीएलपीका लागि पनि दोभाषेका रुपमा काम गर्दै आएका छन् ।

जव डिपार्टमेण्ट अफ स्टेट, अध्यागमन, अदालतलाई नेपाली भाषाको बीज्ञको आवश्यकता पर्छ । उनी बोलाईन्छन् । उनी दोभाषेसंगै कागजातको अनुवाद पनि गर्छन् । यद्दपि उनी एक्ला नेपाली दोभाषे भने होईनन् । यो जिम्मेवारी निर्वाह गर्ने सयजना भन्दा बढि नेपाली दोभाषेहरु छन् ।

दाईभाईलाई बाडे आफ्नो हिस्सा

राणाको पालादेखि कमलपोखरीको वैद्य परिवारको मान थियो । उनी त्यही परिवारका सन्तान थिए । कमल पोखरीमा घर र खेत थियो । मनग्गे धान उब्जनी हुन्थ्यो । राजाबाट बक्सिसमा पाएको जमीन स्वयम्भु, नैकाप, बालाजु, सैंबुटारमा थियो ।

उनलाई बुवाको सम्पत्तीको लोभ थिएन । पुख्र्यौली सम्पत्ती लिएनन । दाई र भाईलाई छोडिदिए । चारखाल अड्डामा गएर सम्पत्तीमा दावी नगर्ने भनेर सनाखत गरे । सम्पत्तीमा दावी गर्दैन भनेर सनाखत गर्न पनि उनीसंग चारखाल अड्डामा घुस मागेको कुरा उनी अझै बिर्सेका छैनन् ।

उनी स्वाभिमानी थिए । अरुको कमाईमा कहिल्यै लोभ गरेनन् । आफूले जे जती कमाए । त्यसैमा रमाए । हुन् पनि २०५० सालमा उनको मासिक तलव ३० हजार रुपैया थियो । त्यतिबेला नेपाल सरकारका सचिवको तलव त्यसको आधा पनि थिएन ।

उनी सरल छन् । सहयोगी । र, मनकारी पनि । एटलान्टाको जर्जियास्थित उनको घर बेरोजगार नेपालीहरुका लागि धर्मशाला जस्तै थियो ।

जतिबेला गैर आवासीय नेपाली संघ स्थापना भएको थिएन । नेप्लिज एशोसियसयन ईन साउथ ईष्ट अमेरिका (नासा) १९९१ मा जन्मिएको थियो । दक्षिण पूर्वी अमेरिकामा आपत, विपतमा परेका नेपालीहरुका लागि काम लाग्ने यही एउटा संस्था थियो । जो दशैं, तिहारमा नेपालीहरुको एक्लोपन र नियास्रो मेट्ने अभिभावक जस्तै थियो । नासाको स्थापना पनि विजया दशमीमा भएको थियो ।

उनी यो संस्थामा चार वर्ष सदस्य रहे । दुई कार्यकाल कोषाध्यक्ष रहे । एक एक कार्यकाल अध्यक्ष र उपाध्यक्षको भूमिकामा रहेर काम गरे । उनी नासाका सांस्कृतिक कार्यक्रमको संयोजकका रुपमा काम गर्थे । उनले २००९ र २०१७ मा निर्वाचन आयुक्तको पनि भूमिका निर्वाह गरे । २००० को जुलाईमा भएको नासाको साधारण सभाबाटै एनआरएनको अवधारणा आएको हो ।

उनी अमेरिकामा मात्र सामाजिक कार्यमा सक्रिय छैनन् । नेपालमा पनि सामाजिक र शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । उनी दुई वर्षअघि सिन्धुपाल्चोक पुगे । आफूले पढाएको ज्यामिरे माविमा ६ लाखको शुभगंगा अक्षयकोष स्थापना गरे । अक्षयकोषको व्याजबाट हाल ६ जना विद्यार्थीले छात्रवृति पाईरहेका छन् ।

म्ह पूजा सञ्चालन गर्दै आएका उनी भाषा, संस्कृति, धर्म र परम्परा जगेर्नाका लागि सक्रिय   छन् । प्रवासमा आफ्नो धर्मप्रति सबैको लगाव छ । तर उनीहरुलाई हिन्दु संस्कृति र संस्कारका बारेमा जानकारी हुदैन । उनी न्वारन, पास्नी, ब्रतबन्ध विवाह, सुवर्ण कुमारसंग विवाह लगायतका संस्कार, त्यसको बिधि पनि सिकाउछन् ।

बृद्ध काया । फूलेका केश । शिथिल हुदै गएको शरीर । तर जोश उस्तै । काम गर्ने हुटहुटी उस्तै । जीवनमा उनले फुर्सद निकालेनन । फुर्सद र विदामा पनि काम गर्न छोडेनन् । निष्काम कर्म योगी । जसले फलको आशा गरेनन् । बस्, कर्म गरिरहे । धर्म र अध्यात्ममा लगाव भएका उनमा गीताको गहिरो प्रभाव छ । भगवानको कृष्णको वाणी सम्झिन्छन्, कर्म गर, फलको आशा नगर ।

उनी कर्ममा विश्वास गर्थे । न पदको घमण्ड । न पैसाको मोह । लो प्रोफाईलमा रहेर हाईप्रोफाईलको काम गरिरहे । ।

एटलान्टाको जर्जियामा उनी कमल पोखरी खोज्छन् ।  त्यो बाल्यकाल, त्यो मण्टेश्वरीको पढाई बिर्सेका छैनन  । दरवार हाईस्कुलको जलेवी, स्वारी, बम्बईसन (गुँदपाक) को स्वाद जिब्रोमा उस्तै छ । फर्किन मन छ, त्यही कमल पोखरीमा । उनी नोष्टाल्जिक हुन्छन् । रमाईला र रसिक उनी रेडियो नेपालमा उधुमसंग आफैले बजाएको हाम्रो तेञ्जिङ नोर्गे चढ्यो हिमाल चुचुरो गीत बेस्सरी याद आउछ । सम्झनामा अझै छ, सिन्धुपाल्चोकको ज्यामिरे र बीरे सार्की ।

हेर्न मन छ, ‘अनि देउराली रुन्छ’  नाटक । कुटाई खाएका बाल्यकालका सम्झनाहरु पनि कति मिठा हुन के ? उनी पीडा सम्झेर मुस्कुराउछन्, भित्रभित्रै ।

कमल पोखरीको बाटो २०२४ सालमा कालोपत्रे भएको सम्झना ताजै छ । निकै धुलो उड्थ्यो, त्यो सडकमा, उनी फर्किएर अतित सुनाउछन्, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु बिमानस्थलबाट त्यही धुलाम्ये बाटोमा विस्तारै गाडी गुडाएर शितल निवास गएका थिए ।

उनकी आमा स्कुल जान पाईनन । तर छोरा पढोस भन्ने चाहन्थिन् । उनलाई पढ्न उत्प्रेरित गरिरहिन । कतिसम्म भने, उनलाई पढाउन गहनासम्म बेचिन । उनी कसरी बिर्सिउन आमाको  प्रेम ? आमाको त्यही प्रेमले उनलाई तानिरहन्छ । र त, केही वर्ष विराएर पुग्छन्, काठमाण्डौं । जस्तो सुकै कठिन परिस्थितिमा उनी बिचलित हुदैनन् । १९९०, २०१८ र २०७२ को भूकम्प भोगेकी आमाबाटै उनमा बिचलित नहुने गुण सरेको हो ।

महात्मा गान्धीले भनेका छन्, सफलता तपाईको प्रयासमा निर्भर गर्छ, न कि नतिजामा ।

उनले जीवनमा एउटा असफलतापछि अर्को असफलता हात पारे । उनी दुःखी भएनन् । गलेनन । निराश भएनन । गान्धीले भने झै उनले प्रयास गर्न छोडेनन् । र त, उनी असफलताको चाङ पार गरेर सफलताको चुचुरोमा पुगे ।

 

गण्डकीमाथि सुदूरपश्चिमको जित

काठमाडौं : सुदुरपश्चिम प्रदेशले टिबी साह मेमोरियल यु १६ क्रिकेटमा गण्डकीमाथी जित हासिल गरेको छ ।

सुर्खेतमा बुधबार सम्पन्न खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशमाथि ७ विकेटको जित हासिल गर्यो । १ सय ४३ रनको लक्ष्य सुदूरपश्चिमले २१।५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमको जितमा ओपनर बिक्रम बोहराले ४४ बलमा ८ चौका र २ छक्काको सहयोगमा ५७ रन जोडे । भाष्कर जोशी ६० बलमा ७ चौकाको सहयोगमा ४६ रनमा अविजित रहे ।

गण्डकीका लागि रिदम पाण्डे, सुशिल भुषाल र कप्तान सुप्रिम सुनारले समान १ विकेट लिए ।

त्यसअघि विरेन्द्रनगर क्रिकेट मैदान सुर्खेतमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले ४७।१ ओभरमा १ सय ४२ रनमा अल आउट भयो ।

गण्डकीका लागि करन गैरे ५६ बलमा २ चौकाको सहयोगमा सर्वाधिक २७ रन जोडे । ओपनर रोज श्रेष्ठले ३४ बलमा ५ चौकाको सहयोगमा २५ रन जोडे ।

सुदूरपश्चिमका लागि सुशिल रावलले ३, राहुल साउद र हिमाल धौलियाले समान २ तथा कप्तान सचिन भट्ट र सुबोध तिवारीले समान १ विकेट लिए ।

जितपछि सुदूरपश्चिम ५ खेलमा ४ अंकका साथ ४ अंकका साथ पाँचौ स्थानमा छ । पाँच खेलमा अंकबिहिन रहेको गण्डकी पुछारमा रहेको छ ।

 

समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोज्यो : पत्रकार पाठक

काठमाडौँ : पत्रकार दिलभुषण पाठकले समाचार प्रकाशित गरेकै कारण सरकारले जबर्जस्ती गर्न खोजेको बताएका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै पत्रकार पाठकले प्रेस काउन्सिल नेपालमा निवेदन दिँदै आफूलाई विद्युतीय अपराध ऐन आकर्षित गरेर कारबाही गर्न खोजिएकाले गम्भीर आशंका उब्जिएको बताएका हुन् ।

टफटक विथ दिलभुषण पाठक नामको युट्युब च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको छ । सम्बन्धित प्रहरी अधिकारीले भने यसबारेमा कुनै स्पष्ट जानकारी नदिएको र उजुरीका बारेमा केही नखुलाएको पाठकको भनाइ छ ।

‘मैले प्रसारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ। त्यसमाथि सम्बन्धित अधिकारीहरुले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ,’ पाठकले निवेदनमा भनेका छन् ।

पत्रकार पाठकले आफूविरुद्ध लगाइएका आरोप र उठाइएका प्रश्नहरूबारे जानकारी नपाएकाले प्रेस काउन्सिलसँग सहयोग पनि मागेका छन् । उनले निवेदनमा अगाडि भनेका छन्, ‘अहिलेसम्म औपचारिक रुपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । योसँगै समाचार सामग्री प्रसारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्नु हुन पनि अनुरोध गर्दछु ।’

जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो।

जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन्। पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफ टक’ मार्फत् ‘ हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा!’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए ।

यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका हुन्।

सबिना मास्के नेपाल टेलिकमको निमित्त एमडी नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (मन्त्रीस्तरीय) निर्णय बमोजिम मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।

यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।

निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फागुन १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् भने २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।

पदभार ग्रहण गर्नुहुँदै नेपाल टेलिकमका नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले विषम परिस्थितिमा आफूप्रति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

बिलिङ प्रणाली ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि प्रबन्ध निर्देशक संगीता पहाडी निलम्बनमा परेकी थिइन् ।

 

पत्रकार पाठकविरुद्धको पक्राउ पुर्जी तत्काल खारेज गरियोस् : उपाध्यक्ष श्रेष्ठ

काठमाडौं:  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकविरुद्ध अदालतले जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् पक्राउ पुर्जी तत्काल फिर्ता लिन माग गरेका हुन् ।

‘एउटा समाचार प्रसारण गरेको आधारमा प्रतिष्ठित पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गर्नु हदै निरंकुश, असहिष्णु, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य(मान्यता विरोधी निन्दनीय कार्य हो,’ श्रेष्ठले भनेका छन्, ‘यसको म तीव्र भर्त्सना गर्दछु र यो पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दछु ।’

सञ्चार माध्यममा कतिपय समय अत्यन्त निराधार, गलत र गैरजिम्मेवार समाचार प्रसारण हुने गरेको भन्दै उनले त्यस्तो पत्रकारितालाई सच्याउनु जरुरी रहेको पनि बताएका छन् ।

‘त्यस्ता  पत्रकारलाई जिम्मेवार बनाउनु पनि पर्छ । तर सम्बन्धित समाचार गलत हो र त्यसको प्रतिवाद गर्ने हो भने पनि खण्डन, अदालत वा प्रेस काउन्सिलको बाटो छाडेर पकाउ पुर्जी जारी गर्ने बाटोलाई भने किमार्थ सही ठहर्‍याउन सकिँदैन । यस्ता कार्य बन्द गरियोस्,’ श्रेष्ठले लेखेका छन् ।

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी

काठमाडौं– पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्युरोको अनुरोधमा उनीबिरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

पाठकले आफ्नो च्यानलमा प्रसारण गरेका हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो। होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानीको विषयलाई लिएर पाठकले समाचार प्रसारण गरेका थिए। सोही विषयमा प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो।

अमेरिकाले यूएसएड अन्तर्गतका सबै अन्तर्राष्ट्रिय पद खारेज गर्ने, हजारौं कर्मचारीको बिचल्ली

एजेन्सी । अमेरिकाको ट्रम्प प्रशासनले आगामी सेप्टेम्बर महिनासम्ममा यूएसएड अन्तर्गत रहेका सबै अन्तर्राष्ट्रिय पदहरू खारेज गर्ने योजना बनाएको छ ।

द गार्डियन पत्रिकाले अमेरिकाको विदेश मन्त्रलायबाट यस विषयमा जारी परिपत्र मंगलवार सार्वजनिक गरेको थियो । गार्डियनका अनुसार, यूएसएड अन्तर्गत अमेरिकाबाहिर रहेका सबै कर्मचारीको पद खोसिनेछ । त्यसका साथै, यही जुन १५ बाट यूएसएडले गरिरहेको विदेशी सहायता कार्यक्रमको जिम्मेवारी विदेश मन्त्रालयले लिने जानकारी विदेशमन्त्री मार्को रुबियोले दिएका छन् ।

ट्रम्प प्रशासनको यस कदमले यूएसएडका हजारौं कर्मचारी निकालिने भएका छन् । १०० भन्दा बढी देशमा यूएसएडका ठेकेदार, विदेशी नियोगका अधिकारी र यूएसएडका कर्मचारीहरूको पद गुम्ने भएको हो ।

विभिन्न देशमा रहेका अमेरिकी दूतावासका चिफ अफ मिशनहरूलाई आगामी चार महिनाभित्र पदमा कटौतीका विषयमा तयार रहन भनिएको द गार्डियन पत्रिकाले लेखेको छ ।

ट्रम्प प्रशासनले पहिले नै यूएसएडको विदेश सहायता सम्झौतामध्ये लगभग ९० प्रतिशत कटौती गरिसकेको छ । लगभग १० हजार कर्मचारी रहेको यूएसएडमा मार्च महिनासम्ममा जम्मा २९४ जना कर्मचारी मात्र थिए ।

डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल चलाउन थालेदेखि नै यूएसएडविरुद्ध असहिष्णुता देखाइरहेका छन् । आफ्‌नो कार्यकालको पहिलो दिनमा नै उनले अन्तर्राष्ट्रिय विकास सहायतामा ९० दिनको रोक लगाएका थिए । यूएसएडमा भएका कमजोरी तथा अमेरिकाको विदेशनीतिसँग त्यसको संगति रहे नरहेको विषयमा मूल्यांकन गर्नका लागि उनले उक्त रोक लगाएका थिए ।

यूएसएडले वामपन्थी नीतिहरू अपनाइरहेको र अमेरिकाको विश्वव्यापी छवि उजिल्याउन योगदान नगरेको भन्दै ट्रम्पले लगातार आलोचना गर्दै आएका छन् ।

 

लस एन्जलसमा कर्फ्यू घोषणा

एजेन्सी– लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यू’ घोषणा गरेका छन् ।
अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यू लगाइएको हो ।
एक प्रेस सम्मेलनमा बासले कर्फ्यू साँझ ८ः०० देखि बिहान ६ः०० बजे सम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताए।
‘म कर्फ्यू जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ’, उनले भने।
आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले सहरभरि लगातार बढ्दो अशान्ति पछि जीवन र सम्पत्तिको रक्षा गर्न कफ्र्यू एक आवश्यक उपाय हो भनी जोड दिए । गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासनमाथि कारबाही गर्ने आफ्नो वाचा पूरा गर्न थालेका छन् ।
होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आइसिई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ ।
आइसिई छापामाथि बढ्दो विरोधको प्रतिक्रियामा ट्रम्पले लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिए ।
मंगलबार ट्रम्पले शान्ति कायम नभएसम्म सेना लस एन्जलसमा रहने बताएका थिए ।

अछाममा बालविवाह गरेका किशोर-किशोरी प्रहरीको नियन्त्रणमा

धनगढी । अछाममा बालविवाहका गरेका किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मंगलबार बिहान करिब १० बजे मंगलसेनका एक किशोरले एक किशोरीलाई भगाई सिन्दूर हालेर मन्दिरमा बालविवाह गरेका थिए। विवाह गरेर उनीहरू घर फर्कँदै गर्दा स्थानीयवासीले मेल्लेख प्रहरी चौकीमा जानकारी गराएपछि प्रहरी टोली तत्काल खटिएको थियो।
प्रहरीले बालविवाहमा संलग्न दुवै किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय अछाममा ल्याइएको जनाएको छ। उनीहरूमाथि बालविवाहसम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० ईश्वरी प्रसाद भण्डारीले बालविवाह कानुन विपरीतको कार्य भएकोले यस प्रकारका घटनामा शून्य सहनशीलताको नीति अपनाएको बताए ।

नेपालको कानुनअनुसार २० वर्ष नपुगी विवाह गर्नु वा गराउनु दण्डनीय अपराध हो। यस्ता घटना दोहोरिन नदिनका लागि स्थानीय तहसँग समन्वय गरी सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको भएपनि बालविवाह हुने क्रम रोकिएको छैन।

रुसले युक्रेनको खार्किभमा गरेको हवाई आक्रमणमा ३ जनाको ज्यान गयो, ६० जना घाइते

एजेन्सी- रुसले युक्रेनको उत्तरपूर्वी शहर खार्किभमा आज बिहान गरेको हवाई आक्रमणमा कम्तीमा तीन जनाको ज्यान गएको छ भने ६० जना घाइते भएका छन् । घाइतेहरूमा बालबालिका पनि छन् ।
रुसले दैनिक रूपमा आक्रमण तीव्र बनाउँदै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । दुई देशबीच युद्ध शुरु भएको तीन वर्ष बितिसकेको छ । रुसले युद्ध रोक्न युक्रेनसँग कठोर सर्तहरू अघि सारेको छ, जसलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।

रुसको सिमानाबाट झन्डै ३० किलोमिटर टाढा रहेको खार्किभ शहर बारम्बार आक्रमणको केन्द्र बन्दै आएको छ । खार्किभका मेयर इगोर तेरेखोभले रातिमा दुई वटा क्षेत्रमा १७ पटक आक्रमण भएको छ र तीन जनाको ज्यान गएको पुष्टि गरे । घटनास्थलमा रहेका पत्रकारहरूले जलिरहेका सवारी साधन, क्षतिग्रस्त भवनहरू र बाटोभरि छरिएका टुक्रा देखेका छन् ।

अहिले रुसले युक्रेनबीच शान्ति वार्ताको प्रयास निष्क्रिय छ । दुई देशबीच भएका दुई चरणका वार्ता सफल हुन सकेनन् । रुसले बिना सर्त युद्ध रोक्ने प्रस्ताव अस्वीकार गर्दै युक्रेनले आफ्नो भूमि छाड्नुपर्ने र सैन्य सङ्गठनमा नजाने प्रतिबद्धता जनाउनुपर्ने सर्त अघि सारेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रुसमाथि थप कडा आर्थिक दबाब दिन आह्वान गरेका छन् । साथै, युक्रेनले रुसका केही क्षेत्रमा प्रतिआक्रमणस्वरूप मानवरहित हवाई साधन प्रयोग गरेको बताइएको छ । यसैबीच दुबै पक्षले सयौँ बन्दीहरू साटासाट गरेका छन् भने मृत सैनिकहरूको शव पनि फिर्ता गरिएको छ ।

अनलाइनबाट समाचार हटाउन अदालतले दिएको आदेश प्रेस स्वतन्त्रता विपरीत: पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार तत्काल हटाउन जिल्ला अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई प्रेस स्वतन्त्रताविपरीत ठहर गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अदालतको उक्त निर्णयमा आफ्नो प्रतिक्रिया दिएको हो ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा नेपालखबर डटकम र बिजमाण्डु डटकमलाई उनीसँग सम्बन्धित समाचार हटाउन र यस विषयमा थप सामग्री प्रकाशन नगर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेश प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमप्रति कारबाही गर्न पाउने संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको पत्रकार महासंघको जिकिर छ । साथै, उक्त आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधान २०७२ को मर्म र व्यवस्था विपरीत भएको ठहर पनि महासंघले गरेको छ ।

संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै महासंघले प्रेस स्वतन्त्रताको यो संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नसक्ने स्पष्ट पारेको छ ।

“लोकतान्त्रिकमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्ने महासंघ दृढ छ र सम्मान समेत गर्दछ । तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

महासंघले उक्त आदेशप्रति पुनर्विचार गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै अन्यथा त्यसका विरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

साथै, महासंघले सञ्चारमाध्यममा प्रकाशित सामग्रीको सन्दर्भमा त्यसको सम्पूर्ण जिम्मेवारी तथा कुनै प्रश्न उठेमा सत्य तथ्य पुष्टि गर्ने दायित्व सम्बन्धित सञ्चारमाध्यमकै हुने हुँदा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।

गृहमन्त्रीको राजीनामा आउँदैन, संसदीय समितिसम्म बन्ला : मन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठक छिटै सुचारु हुने उनको दाबी छ ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाएपछि सञ्चारकर्मीहरूको प्रश्नमा मन्त्री गुरुङले बुधबार वा बिहीबार (आज वा भोलि)सम्म बैठक सुचारु हुने बताएए ।

भिजिट भिसाको प्रकरणलाई लिएर प्रतिपक्षली दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । अख्तियारले एक कर्मचारीमाथि छानबिन सुरु गरेको भन्दै उनले कर्मचारीमाथि छानबिन सुरु गर्दा गृहमन्त्रीको राजीनामा नदिने उनले प्रष्ट पारे ।

मन्त्री गुरुङले एकजना कर्मचारीमाथि छानबिन हुने बित्तिकै मन्त्रीले राजीनामा दिँदै जाने हो भने सरकार चल्न नसक्ने जिकिर गरे ।

गृहमन्त्रीले राजीनामा नदिने बरु संसदीय छानबिन समिति कसरी बनाउने भन्नेमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल जारी रहेको उनले बताए ।

सदनमा उठेका प्रश्नको जवाफ संसदनै गृहमन्त्रीले दिने र प्रतिपक्षले संसद् खोलेर सहयोग गर्ने, बजेट सम्बन्धी छलफलको प्रक्रिया अघि बढाउने काम गर्नुपर्नेमा उनको जोड छ ।

“सानोतिनो कुरा उठाएर अफ्ठ्यारो पार्ने कुराले राजनीति अघि बढ्दैन । सम्भवतः आज वा भोलिसम्म संसद् चल्छ,” उनले भने ।

भारतमा बढ्यो कोरोनाको संक्रमण, ६८ जनाको मृत्यु

काठमाडौँ- भारतमा कोभिड-१९ (कोरोना भाइरस) संक्रमण पुनः बढ्दै गएको छ। देशभर सक्रिय संक्रमितको संख्या बुधबार बिहानसम्म ६ हजार ८१५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ।
सक्रिय संक्रमितको संख्या सात हजार नजिक पुग्दै गर्दा जनवरीयता सात हजार ६४४ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोभिडसँग सम्बन्धित तीन जना व्यक्तिको मृत्यु भएको छ। यस वर्ष कोभिडका कारण मृत्यु हुनेको संख्या ६८ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सक्रिय संक्रमितको संख्या अधिकांश राज्यहरूमा केही मात्रामा वृद्धि भए पनि केरला राज्य सबैभन्दा बढी प्रभावित देखिएको छ। बुधबार बिहान केरालामा सक्रिय संक्रमितको संख्या दुई हजार ५३ थियो। केन्द्र सरकारको कोभिड-१९ ड्यासबोर्डअनुसार गुजरात, पश्चिम बंगाल, दिल्ली र महाराष्ट्रमा पनि उल्लेखनीय रूपमा सक्रिय संक्रमितको संख्या देखिएको छ।

हालै देखिएको संक्रमणको बढोत्तरी नयाँ ओमिक्रोन भेरियन्टहरू जेएन १, एनबी १.८.१, एलएपी .७ र एक्सएफसीका कारण भएको चिकित्सकहरूले बताएका छन्। यी भेरियन्टहरू बढी सरुवा भए पनि लक्षणहरू सामान्य हुने खालका छन्। विश्व स्वास्थ्य संगठनले पनि यी भेरियन्टहरू चिन्ताजनक नभएको तर सतर्कता अपनाउनुपर्ने भनेको छ।

तीनकुने घटनामा गोली लागेकी रेविकालाई आठ लाख आर्थिक सहयोग

काठमाडौं । राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने घटनामा गोली लागेर घाइते भएकी रेविका खत्रीलाई संयुक्त जनआन्दोलन समितिले सहयोग रकम हस्तान्तरण गरेको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्यहरु डा.प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेस राज वास्तोलाको संयोजनमा पोर्चुगलको लिजवनबाट उपलब्ध सहयोग रकम बुधबार हस्तान्तरण गरेका हुन् ।

सुवेदी लगायतको टोलीले महाराजगंजस्थित शिक्षण अस्पताल पुगी आठ लाख उनन्चालीस हजार चार सय रूपैयाँ हस्तान्तरण गरेका हुन्। उक्त रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले उपलब्ध गराएका थिए ।

तरलता बढेपछि आज बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाडौ। बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ। पछिल्लो समय नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले आज पनि सोहि अनुसार पैसा झिक्न लागेको हो।

राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो। अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्।

यसको साँवा तथा ब्याज भुक्तानी असार १८ गते हुनेछ। निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्।

अमेरिकामा आप्रवासन नीतिको विरोध

काठमाडौँ । अमेरिकी सरकारको विरोधमा अमेरिकाका १२ राज्यका २५ सहरमा विशाल प्रदर्शन भएको छ । सरकारको आप्रवासन नीतिको विरोधमा लस एन्जलसमा ५ दिनदेखि हिंसात्मक प्रदर्शन जारी रहेको छ ।
सो प्रदर्शनका कारण लस एन्जलसमा साँझ ६ बजेपछि कर्फ्यू लगाइएको छ। लस एन्जलसकी मेयर करेन बासले आपतकालीन घोषणा गरेकी छिन् ।
साथै मंगलबार राति ८ बजेदेखि बुधबार (स्थानीय समय) साँझ ६ बजेसम्म लस एन्जलस सहरका केही भागहरूमा कर्फ्यू लगाइएको थियो । सोमबार यो विरोध अमेरिकाका १२ राज्यका २५ सहरहरूमा फैलिएको थियो ।

अमेरिकाका सान फ्रान्सिस्को, डलास, अस्टिन, टेक्सास र न्यूयोर्क जस्ता सहरहरूमा शान्तिपूर्ण प्रदर्शनहरू भएका थिए । स्थिति नियन्त्रण गर्न ट्रम्पले मंगलबार चार हजार राष्ट्रिय गार्डसहित सात सय मरीन कमाण्डो लस एन्जलस पठाएका छन् ।

सोमबार–मंगलबार, लस एन्जलस प्रहरीले ११०० भन्दा बढी प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि लस एन्जलसमा हिंसा जारी रह्यो भने उनले सहरभरि विद्रोह ऐन लागू गर्न सक्ने चेतावनी दिएका छन् । यो कानूनले सरकारलाई हिंसा रोक्न सैन्य बल प्रयोग गर्न अनुमति दिन्छ ।

ट्रम्पले जुन १४ तारिख शनिबार वासिङ्टन डीसीमा आयोजना हुने सेना परेडको समयमा हुने विरोध प्रदर्शनको विरुद्धमा पनि चेतावनीसमेत दिएका छन् ।

उनले यदि कसैले विरोध गर्छ भने उसले सेनाको सामना गर्नुपर्ने चेतावनी दिएका हुन् । जुन १४ अमेरिकी सेनाको २५० औं वार्षिकोत्सव र ट्रम्पको ७९ औं जन्मदिन पनि हो ।

यस हिंसामा अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ। अवैध आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णयको विरुद्धमा यी हिंसात्मक प्रदर्शनहरू भइरहेका छन् । हाल लस एन्जलसमा हिंसा कम हुँदै गएको देखिन्छ ।

Pemba’s Journey Beyond the Peaks

DIRGHA RAJ UPADHYAY- COLORADO

In 1991, Pemba Sherpa flew from Nepal to the United States with only 200 dollars in his pockets. Along with him were two suitcases, a sleeping bag, and a handful of dreams.

Over the next three decades, his rise in business has been nothing short of astonishing, and his contributions to society truly admirable.

It doesn’t matter where a person is born. What truly matters is how meaningful they make their life. Success isn’t measured by how much wealth one accumulates, but by how many lives they transform. This is the important truth. Pemba Sherpa is one of those remarkable individuals.

In the remote village of Syangma, Solukhumbu, where the light of education was a distant dream,and the touch of development had never reached. Life there was simple and harsh, illuminated only by the dim light of oil lamps and accompanied by the quiet flow of mountain streams. Dreams were crushed within the confines of yak sheds. To be born and to die—that seemed to be the only destiny.

Across the Dudh Koshi River from Lukla lies the quiet village of Syangma, where Pemba Sherpa was born. Birthdays weren’t celebrated, and exact dates were rarely remembered. All Pemba knows is that he was born in 1971. He doesn’t know the date or the day. Life in the village was simple and limited. For him, dreams didn’t go far beyond the yak shed and the home. That small world was all he knew.

Pasang Sherpa and Chokpa had five children—four sons and a daughter. Pemba was the second among them. Pasang owned around 20 to 25 yaks, and the family survived on what they grew: potatoes, buckwheat, millet, and wheat.

There was no school in Syangma village. To get an education, one had to walk three hours to a yak pasture where a small school operated. Going to school depended more on the ability to make that journey than on knowing the alphabet—and Pemba could walk. So he began the six-hour round trip every day to attend school. But after completing grade four, he had to give up his studies.

Seeing the tourists who came to climb the Himalayas, he decided to try trekking. He started working as a porter—his first job was carrying a tourist’s load. He earned 60 rupees for carrying a 30-kilo load. It was the most money he had ever seen in his life.

Financial struggles and a lack of awareness about the importance of education marked his early life. In families with many sons, each child was a source of income. As he grew older and understood this, he followed the path of many before him—climbing mountains alongside tourists. He started as a porter, then became a guide, and eventually a mountaineer. For his family, the money he earned mattered more than the pride of summiting Everest. Understanding this, he too left his studies behind and chose the path of the mountains.

For the first time, he traveled to Kathmandu with tourists and then went to Pokhara. Tall buildings, electricity, smooth roads—things he had never seen before. Having never even seen a bicycle in his life, he was amazed by jeeps, cars, and buses. Spending time with tourists, he quickly began to speak broken English and started to understand foreign languages little by little.

While trekking, he became friends with an American tourist. That very friend sponsored him. He was 19 years old when he went to America in 1991. By then, he had already become a skilled guide and had started speaking English well.

The first city he trekked in America was San Francisco. He stayed there for four weeks before moving on to Colorado.

Then began his life of struggle. To survive, he washed cars, worked in a flower nursery, and did retail jobs. He knew no one there—no telephone, no internet, and certainly no network like Nepali communities have today.

He started washing dishes at a restaurant, but soon realized that life couldn’t go on like this forever. Determined to improve his future, he enrolled in English classes and began studying for a General Education Diploma (GED). Even while scrubbing dishes, he would read the notes he had pasted on the wall. At night, he studied alone in his room. He still remembers the nights when he studied until dawn—when the birds began to chirp, only then would he finally go to sleep.

He worked long hours, sometimes surviving on just bread and water. There were days he couldn’t even eat a full meal. He missed home deeply—there was no one to ask how he was doing, no one to understand his hunger or loneliness. He often thought of his mother’s cooking, the warmth of home. In those difficult moments, he’d wonder, “What’s the point of living like this? Maybe I should just go back home.” Emotionally drained and on the verge of giving up, he somehow found the strength to keep going. He gathered himself, steeled his resolve, and pushed forward. With unwavering dedication, he balanced both work and study. Slowly but surely, he completed his schooling.

Driven by a deep desire to continue his education, he enrolled at Metro State University, where he completed his bachelor’s degree. With his growing experience, he collaborated with some of Colorado’s leading trekking and tour companies. Eventually, he took a bold step forward and founded his own company—Sherpa Ascent International.

He began bringing American tourists to Nepal. In the very first year alone, Sherpa brought over two hundred American visitors to the country. And with each passing year, that number continued to grow. Driven by this success and a vision to reach even further, they expanded their operations to Tanzania as well. Before that, Sherpa had established his company in Kathmandu. Within a year, he would travel to Tanzania twice. He also took tourists to Africa, Pakistan, Bhutan, Thailand, and Nepal. European tourists also became connected with his company.

One day, on a Thai Airways flight bound for Kathmandu, 90 percent of the passengers were Pemba Sherpa’s clients. But soon, the Maoist conflict in Nepal began to intensify. American citizens started coming under threat. Pemba says, “Nepal’s tourism was devastated by the Maoist insurgency.” He was forced to shut down his Kathmandu office. Hundreds of employees were left unemployed.

Sixty percent of his business was based in Nepal. Four times a year, without fail, he would bring eager tourists to experience the beauty of his homeland. After landing in Kathmandu, he would personally guide them all the way to Solu. But then, everything changed. The flow of visitors slowed, then stopped—until there were none left at all. He never even imagined that such a situation would come to pass.
After the events of September 11, American tourists quickly declined due to safety concerns. After that, the tourism business was struck so hard that it never recovered.

Sometimes, one failure opens the door to many paths of success. As the tourism business continued to decline, he turned his attention to real estate. During that time, he invested in houses and land in many places. After a while, the value of houses and land skyrocketed. The price of a single house reached up to 10 million. Overnight, he became a millionaire. Today, he owns 12 homes in Boulder, Colorado—one of the most expensive places in the area.

In 2001, he launched Sherpa Adventure and Restaurant in Boulder. Its flavorful dishes soon made it the favorite spot for locals. In the evenings, the restaurant fills with a lively crowd eager to enjoy everything from authentic Sherpa cuisine to diverse international meals.

The restaurant provides jobs for 15 people. Across all the businesses run by Pemba, more than 40 Nepali employees are working.

He faced hardship in life and weathered many ups and downs in business. Yet, no matter how tough the circumstances, he never stopped dreaming. He never stopped working hard. Even the greatest creature to ever walk the Earth—the dinosaur—couldn’t stand tough times and vanished. But he kept standing strong.

He wanted to return and do business in Nepal. His dream was to start an air service with three or four airplanes. To prepare for this, he joined an aviation school and, in 2006, completed a commercial flight course at Journey Aviation School. But when Nepal’s political situation worsened, he became disheartened and gave up on that dream.

In 2008, he bought a four-seat aircraft (Piper Arrow). He pilots the plane himself and has even flown it all the way to Guatemala.

“This heart of mine is truly Nepali.”

No matter where he is, Pemba’s heart still belongs to Syangma. As a child, he would cross the wooden suspension bridge over the Dudh Koshi River, traveling back and forth between Syangma and Lukla. During the rainy season, the river would often sweep the bridge away, cutting off all passage until the waters receded. He lived through that hardship.

With the first $20,000 he earned in America, in 1996, he built a new suspension bridge over the Dudh Koshi—giving back to the place that shaped him.

When he heard that the earthquake had damaged his village, he couldn’t sit still. Carrying relief supplies and cash, he rushed from America to his birthplace. In their time of need, he stood beside them, saying, “This heart of mine is truly Nepali.” After the quake, he brought $70,000 worth of relief supplies to the village and distributed 11 million rupees in cash.

Some families received up to five lakh rupees in cash. He also supported the rebuilding of a school destroyed by the earthquake. Many Nepalis have earned money in America—but few hold such deep love for their country and birthplace. His heart aches when his nation suffers.

His mantra is simple: “May I have enough to eat and enough to share.” With this humble wish, he’s always ready to support those in need. Though far from home, his heart stays deeply connected to his country, full of love and generosity. That’s who he truly is.

His village, Syangma, once lived in darkness, relying on flickering oil lamps and candles. He invested $55,000 to build a hydropower project, bringing light that made the entire village shine.

He is on a mission to introduce the Sherpa community to the world. In his autobiography, titled “Bridging Worlds,” he reveals the deep connection between the Sherpas and the mountains, shedding light on their rich history. Among 2,200 books in America, his book was chosen as an outstanding work, winning both the Eric Hoffer Award and the Colorado Book Award. His upcoming edition is set to be published by the renowned Pegasus Publications in the UK.

The Story of Sherpa Chai Spreading Across America

अमेरिकामा ५० वटै राज्यमा फैलिएको शेर्पा चियाको कथाPemba often traveled by plane for his business. Onboard, Wall Street Journal was always provided, and he read it from cover to cover. On one trip, he came across the story of the owner of Starbucks—and he was deeply inspired. An idea sparked in his mind. He thought, “In Nepal, it’s a tradition to welcome guests with tea. Some foreigners have become millionaires selling tea—why can’t I do the same?”
He stepped into his restaurant’s kitchen and brewed some tea. Tasting it, he realized how much he loved tea—it was part of his daily life. Every morning started with a cup of tea made by his mother. That day, after experimenting with tea, he made a decision: “I will share the tea I drink with the whole world.”

He studied the tea market carefully. To start a tea business, he needed a license, and to get that, he had to study the subject in depth. So, he sent two Americans to study it. With determination, he named his brand—Sherpa Chai—and brought his dream to life.

He sent his first batch of tea to just two coffee shops. The response was great. Encouraged, he placed Sherpa Chai in more stores and received positive feedback from everywhere. His excitement grew with every cup shared.

In its first year, Sherpa Chai’s sales were modest. But in the second year, it made $67,000 in sales. Last year, Sherpa Tea’s business reached $2.7 million, and this year, it’s expected to surpass $4 million. Next year, Sherpa expects sales to reach $6 million, and with increased production, he believes the business will soon leap even higher. His goal is to grow Sherpa Tea’s annual sales to $50 million within a few years. Today, Sherpa Chai is worth $40 million—a remarkable journey from just a few million dollars.

Currently, Sherpa Chai produces 600 gallons of tea daily. Plans are already underway to triple this capacity to 1,800 gallons soon. What began with just one flavor now offers seven distinct flavors in the market.

Sherpa Chai is now sold in 515 Whole Foods stores across 50 states. It is also available in over 200 of Kroger’s 2,700 stores nationwide. In total, Sherpa Chai can be found in nearly 3,000 stores across the U.S. His goal for the coming year is to expand that reach to 10,000 stores.

A decade ago, Sherpa Chai production began in a simple pot at the Sherpa Restaurant in Boulder. Today, that humble beginning has grown into a full-scale production facility spread across 7,200 square feet in Louisville.

Dilli Koirala is the head of production at Sherpa Chai. He once worked at Pemba Sherpa’s trekking office in Nepal, and after it closed, he moved to the U.S. two decades ago. While working at the Sherpa Restaurant, Koirala left his job to study microbiology specifically for running Sherpa Chai. Today, he leads the production of Sherpa Chai with dedication.

Previously, three Nepalis had run Himalayan Dog Chew, a dog food company in the U.S.—once considered the largest Nepali-run business there. But now, tea has emerged as one of the fastest-growing products in the American market, and Sherpa Chai is making its mark in this booming industry.

Every month, he purchases $30,000 worth of Nepali tea leaves. Every two months, 200 sacks of tea leaves arrive in Louisville from Phidim. Nepali tea is more expensive than most others, but he insists on buying it. “I want it to be in Nepali hands,” he says—choosing quality and loyalty over cost.

His entire company’s net worth places him within the top 1% in America. In the U.S., a net worth of over $50 million ranks within this top 1%.

His progress is truly impressive. His success inspires not just Nepalis but everyone. Nepalis look up to him and dare to dream bigger. His journey teaches us all that where you’re born doesn’t define your destiny—what matters is relentless struggle and tireless hard work to achieve success.

He feels a deep sadness seeing how Nepalis remain caught in the web of community, caste, and class divisions. He believes that as long as people are held captive by these old mindsets, their hearts remain closed—they cannot truly learn, nor can they rise and progress. For him, breaking free from these chains is the first step toward hope and a brighter future.

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

काठमाडौं- सर्वोच्च अदालतको न्यायाधीशमा तीन जनाको नाम सिफारिस भएको छ ।

मंगलबार बसेको न्यायपरिषद्को बैठकले एकजना वरिष्ठ अधिवक्ता र दुईजना उच्च अदालतका मुख्य न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

न्यायपरिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

स्कूलमा गोली हानाहानमा दशको मृत्यु, थुप्रै गम्भीर

भिएना । अस्ट्रियाको ग्राज सहरको एक स्कूलमा गोली चल्दा कम्तीमा दश जनाको मृत्यु भएको स्थानीय मिडियाले मङ्गलबार जनाएको छ ।

गोली हानाहानमा धेरै विद्यार्थी र शिक्षकहरू गम्भीर घाइते भएको स्थानीय मिडियाले प्रहरीलाई उद्धृत गर्दै जनाएका छन् । अपराधीले आत्महत्या गरेको अनुमान गरिएको रिपोर्ट समेत मिडियाले गरेका छन् ।

अस्ट्रियाको समाचारपत्र क्रोनेन जाइटुङका अनुसार मङ्गलबार बिहान दश बजे लेन्ड जिल्लाको स्कूलमा उक्त घटना भएको हो ।

घटना स्थलमा हेलिकप्टरसहित प्रहरी परिचालन गरिएको तथा विद्यालय खाली गरी थप खतरा हुनबाट रोक्ने प्रयास गरिरहेको स्थानीय प्रहरीले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संसदीय समितिले पारित गर्‍यो

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोश्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो ।

समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकता बिहिन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए । सवै समिति सदस्यहरुको सहमतिमा सर्वसम्मत रुपले विधेयक पारित भएको उनले बताए ।

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको बताए ।

गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको उनले बताए ।

उनले गैर आवासीय नेपालीका बिषयमा छुट्टै विधेयक ल्याउन लागिएको धारणा राखे । गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न विधेयकले थप सहजीकरण गर्ने उल्लेख गरे ।

बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने बिषय विधेयकमा मुख्य रुपमा समेटिएको उनले बताए ।

उनले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको भए अङ्गीकृत नागरिकता प्राप्त गर्ने स्पष्ट पारे । नागरिकता वितरणका कानूनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो ।

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल

काठमाडौं- औषधिको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ।
मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गरे।

मन्त्री पौडेलले लामो समयसम्म औषधिको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधिको मूल्य समयअनुसार बढी भएको हुन सक्ने देखिए पछि समायोजनका लागि समिति गठन गरिएको बताए ।

‘अहिलेको प्रतिवेदनमा नसमेटिएका विषयसमेत सुझाव संकलन गरेर कार्यान्वयनमा लगिनेछ,’ उनले भने,’यसले औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास छ ।’

मन्त्री पौडेलले नागरिकले उचित मुल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशील रहेको भन्दै प्रतिवेदनलाई पेसागत र व्यवसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढंगले अघि बढ्ने बताए ।

‘हामीले स्वास्थ्यमा सुधार गर्न खोको क्षेत्र औषधि पनि हो,’ उनले भने,’मूल्यमा आधार नबन्दा समस्या छ । प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्वपूर्ण हुन्छ ।’

मन्त्री पौडेलले महँगो मूल्यमा किन्नु परिरहेको छ भने त्यसलाई अन्त्य गर्न खोजिएको भन्दै मूल्यबारे उपभोक्तालाई सुसूचित बनाउने परिस्थिति निर्माण गर्न खोजिएको बताए ।

प्रतिवेदन बुझाउँदै संयोजक डा।पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताए ।

मन्त्रालयका सचिव डिल्लीराम शर्माले अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए ।

विभिन्न विषय विज्ञ संलग्न समितिले मन्त्रालयलाई मूल्य समायोजनका लागि मूल्य हेर्ने एकाइ र निर्धारण समिति व्यवस्था गर्न सुझाव दिएको छ।

हरेक दुई वर्षमा मूल्य समायोजनका लागि समितिले सुझाव दिएको संयोजक डा. पाण्डेले बताए । यसैगरी क्षेत्रगत आधारमा औषधि मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ ।

हाल नियमन भइरहेको,अति आवश्यक, आयातित तथा नियमनको दायरामा नपरेकालाई वर्गीकरण गरेर मूल्य समायोजनका लागि समितिले सुझाव दिएको छ। यसैगरी जेनेरिक औषधी सम्बन्धमा समेत समितिले सुझाव दिएको छ।

मन्त्री पौडेलले आम उपभोक्ताले आवश्यकताभन्दा बढी औषधिको मूल्य तिर्नु नपर्ने गरी काम गर्ने घोषणा गरेका थिए। सोही आधारमा गठित समितिले प्रतिवेदन बुझाएको हो ।

आइसीसी क्रिकेट विश्वकप लिग-२: आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदै

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत चौथो श्रृङ्खलाको अन्तिम खेल आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे खेल हुँदैछ ।
यस श्रृखलामा नेपालले चार अङ्क जोडेको छ । पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो ।

तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो । हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेल भएका छन् । जसमा नेपालले ३ खेलमा जीत हासिल गरेको छ भने ३ खेलमा नेदरल्यान्ड्सले जीत दर्ता गरेको छ ।

नेपाल टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर

काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिइएको छ ।
कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।

यसअघि मानन्धर केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

एएफसी एसियन कप: लाओसविरुद्ध खेल्दै नेपाल

काठ्माण्डौँ- नेपाली फुटबल टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा आज (मंगलबार) लाओससँग खेल्दैछ। मलेसियासँग २-० को हार बेहोरेको नेपाल लाओसविरुद्ध जित निकाल्दै कमब्याक गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
खेल न्यु लाओस नेशनल स्टेडियममा आज बेलुका पौने छ बजे सुरु हुँदैछ। नेपालले तयारीका लागि हङकङसँग गोलरहित बराबरी खेलेको थियो। यसअघि लाओसविरुद्ध ६ खेलमा अपराजित रहेको नेपाल फिफा वरीयतामा पनि १७५औं स्थानमा रहँदा लाओस १९०औं स्थानमा छ।

लाओसले भियतनामसँग ५-० को हार बेहोरे पनि बलिया टोलीसँग बराबरी खेलेको इतिहास छ। समूहमा भियतनाम र मलेसिया बलिया प्रतिद्वन्द्वी छन्। शीर्ष टोलीले २०२७ को एसियन कपमा स्थान बनाउनेछ।

आईसीसी लिग-२ : नेपाल र नेदरल्यान्डस्‌बीच आज अन्तिम भिडन्त

काठमाडौँ- स्कटल्यान्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले आज नेदरल्यान्ड्सको सामना गर्दैछ। खेल नेपाली समयअनुसार अपराह्न ३:४५ बजे डुन्डीमा हुनेछ।
शृंखलाको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो। त्यसपछि स्कटल्यान्डसँगको पहिलो खेल जितेपनि दोस्रो खेलमा भने नेपाल कीर्तिमानी जित हासिल गर्न चुक्यो।

नेदरल्यान्ड्सले भने अहिलेसम्म यस शृंखलामा जित निकाल्न सकेको छैन। उसले नेपाल र स्कटल्यान्डसँग खेलेका दुबै खेलमा हार बेहोरेको छ।

लिग-२ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीच यसअघि पनि प्रतिस्पर्धा भइसकेको छ। गतवर्ष फेब्रुअरीमा कीर्तिपुरमा भएको दुई खेलको शृंखलामा दुबै टोलीले एक-एक खेल जितेका थिए।

दुवै टिमबीच अहिलेसम्म ओडिआईमा ६ पटक प्रतिस्पर्धा हुँदा समान तीन–तीन खेल जितेका छन्। लिग-२ को वर्तमान अंकतालिकामा नेदरल्यान्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ भने नेपालले १५ खेलमा १० अंक जोड्दै सातौं स्थानमा रहेको छ।

खोज्नुहोस