‘काँटा लगा गर्ल’ शेफाली जरीवालाको निधन

मुम्बई । रिमेक गीत ‘काँटा लगा’ बाट चर्चित भएकी अभिनेत्री शेफाली जरीवालाको ४२ वर्षको उमेरमा निधन भएको छ। मिडिया रिपोर्टका अनुसार, जुन २७ को राति उनलाई हृदयाघात भएको थियो, जसका कारण उनको मृत्यु भएको हो।

मुम्बई प्रहरीले यस मुद्दामा आफ्नो अनुसन्धान सुरु गरेको छ। फोरेन्सिक टोली शेफाली जरीवालाको घरमा पुगेको छ र प्रमाण सङ्कलन गरिरहेको छ। साथै, घरमा काम गर्ने कामदार र भान्सेलाई अम्बोली प्रहरी स्टेसनमा सोधपुछ गरिएको छ। परिवारका सदस्यहरूको पनि बयान लिइँदैछ।

स्रोतका अनुसार, शेफालीलाई उनका पति तथा अभिनेता पराग त्यागी र अन्य तीन जनाले शुक्रबार राति अचेत अवस्थामा मुम्बईको अन्धेरीस्थित बेलेभ्यू अस्पताल लगेका थिए, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए।

अस्पतालका कर्मचारीले शेफाली जरीवालालाई मृत अवस्थामा अस्पताल ल्याइएको पुष्टि गरेका छन्। उनको शव पोस्टमार्टमको लागि कूपर अस्पताल पठाइएको छ।

शेफाली जरीवालाले सन् २००४ मा मित ब्रदर्सका सङ्गीतकार हरमीत सिंहसँग विवाह गरेकी थिइन्। सन् २००९ मा दुवैको सम्बन्ध विच्छेद भयो। त्यसपछि उनले सन् २०१५ मा अभिनेता पराग त्यागीसँग विवाह गरिन्।

शेफाली जरीवालाले १९ वर्षको उमेरमा ‘काँटा लगा’ म्युजिक भिडियोबाट आफ्नो करियर सुरु गरेकी थिइन्, जसले उनलाई रातारात स्टार बनायो। यस गीतमा उनको बोल्ड शैली र नृत्य शैलीले मानिसहरूको ध्यान खिचेको थियो।

यसपछि उनले केही थप संगीत एल्बम र चलचित्रहरूमा काम गरिन्। सन् २००४ मा उनी सलमान खान र अक्षय कुमारको चलचित्र ‘मुझसे शादी करोगी’ मा पनि देखिइन्। यसबाहेक उनी कन्नड चलचित्र ‘हुडुगारू’ मा पनि देखिइन्। शेफालीले धेरै डान्स रियालिटी सोहरूमा भाग लिइन्। साथै, उनी आफ्ना पति पराग त्यागीसँग ‘नच बलिये’ मा पनि देखिइन्।

शेफाली जरीवालाले सन् २०१९ मा बिग बोस १३ मा वाइल्ड कार्ड एन्ट्री लिएकी थिइन्  जहाँ उनी आफ्नो पूर्व प्रेमी सिद्धार्थ शुक्लासँग राम्रो सम्बन्ध बनाएको देखिएकी थिइन्। सिद्धार्थ शुक्लाको पनि सन् २०२१ मा हृदयाघातका कारण मृत्यु भएको थियो।

कोलोराडोको गनीसनमा फैलिएको शेर्पा अम्पायर

दीर्घराज उपाध्याय ।
कोलोराडाको डेनभरबाट झण्डै १९० माईलको दूरीमा छ, क्रिष्टेड व्यूट । त्योभन्दा २८ माईल वर्तिर, गनिसन । हिमालको काखमा क्रिष्टेड व्यूट । उपत्यकामा फैलिएको सानो शहर गनिसन । हिउँदमा क्रिष्टेड व्यूट र गनिसनमा पर्यटक ओईरिन्छन । त्यही गनिसनमा सडकका दुबै किनारमा शेर्पा ब्राण्डका होर्डिङ बोर्ड छन् । शेर्पा मोटेल । शेर्पा ईन । शेर्पा क्याफे । क्याफे ढाक्ने गरी सिंगारिएका मन्त्र अंकित रंगीबिरंगी ध्वजाहरु । माने । लाग्छ, म लुक्लामा छु । बुद्ध भूमिमा छु ।

यहाँ म चर्चा गर्दैछु, गनीसनको ।  गनिसनमा फैलिएको शेर्पा अम्पायरको । र, त्यो अम्पायरका मालिक पेम्बा ग्याल्जेन शेर्पाको ।

एकथरी मान्छे, आफू केही गर्दैनन् । आफू जन्मेको परिवार, परिवेश र भूगोललाई सराप्छन् । भाग्यलाई दोष दिन्छन् । र, जिन्दगीभरी दुःखी हुन्छन् । उनी अपवाद थिए, उनले न भूगोललाई दोष दिए । न भाग्यलाई सरापे । उनले यति मिहिनेत गरे, लेखे आफ्नो भाग्य ।

पेम्बा, जसको बाल्यकाल भोकमा बित्यो । अभावमा बित्यो । यहाँ चर्चा गर्दैछु, उनको श्रममा ठडिएको अम्पायरको ।

१९६७ फेब्रअरी १० मा जन्मिएका पेम्बा चार दाजुभाईमा माहिला थिए । उनका बुवा अउर्केन दोर्जे शेर्पा र आमा आङफुरा शेर्पाको आर्थिक अवस्था सामान्य थियो । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ तेका(घाट) मा तीन घर थिए । त्यहीमध्यको एक घर उनको थियो ।

घाटबाट डेढ घण्टाको दूरीमा लुक्ला । पाँच घण्टा टाढा नाम्चे । डेढ घण्टाको दूरीमा गुमेला गाँउ । त्यही थियो, जनसेवा प्राथमिक विद्यालय । जहाँ पाँच कक्षासम्म पढाई हुन्थ्यो । उनी दैनिक तीन घण्टा ओहोर दोहोर गरेर दुई कक्षासम्म पढे ।

घाटभन्दा पर थियो, ठाडो कोशी, छयाप्लुङ र केङमा । केङमामा माध्यमिक विद्यालय थियो । जहाँ उनले टेक्न पनि पाएनन ।

अभावमा जेठो दाई स्कुल जान पाएनन । स्कुल गएका माहिलो छ कक्षापछि काममा लागे ।  कान्छो भाई सात वर्षका थिए । बुवाले लामा बनाएर गुम्बा पठाए ।

उनका बुवा पर्यटकको भारी बोक्थे । नाम्चे, लुक्ला र  सगरमाथाको आधार शिविरसम्म भारी बोकेर जान्थे । उनी बुवालाई हेरेर भरिया भए । १३ वर्षको उमेरमा उमेरभन्दा दोब्बर भारी बोके ।

उनी भारी बोकेर गोक्यो गए । एभरेष्ट बेसक्याक्प पुगे । ठूलो भएपछि अन्नपूर्ण र धौलागिरी देखे ।

एक पटक लुक्लाबाट भारी बोकेर सगरमाथा बेसक्याम्प पुगे । फर्किदा तेङ्बोचेमा रात प¥यो । उनले बास मागे । पाँच रुपैया नहुदा घरबेटी बुढीआमाले बास दिईनन । उनले पुरै रात कौशीमा कठ्यांग्रिएर बिताए । सम्झिन्छन्, तातो भए पो सुत्नु ? रातभरी सुतेन । भन्छन्, चिसोले झण्डै ज्यान गएको ।

उमेरले १५ नाघ्यो । उनले लुक्ला । उनको गन्तव्य थियो, काठमाण्डौं । लुक्लाबाट हिडेर सात दिनमा जिरी पुगे । बाटोमा एक ईञ्जिनियरको झोला बोके । ज्यालामा पाए, केही छाक खाना । अनि कोकाकोला । जिरीबाट ईञ्जिनियरको टोली गाडीमा आफ्नो बाटो लागे । उनी छुटे, जिरीमै ।

उनले जीवनमा पहिलो पटक ट्रक देखे । उनीसंग काठमाण्डौं जान बस भाडा थिएन । साथमा झोला थियो । त्यही बेचे । जिरीमा दुई दिन बसे । ट्रकमा चामल, मैदा र चिनी बोके । बस भाडा जुट्यो । उनी बस चढेर काठमाण्डौं पुगे । उनले गाउँमा सुनेको एउटै ठाउँ थियो, जय नेपाल हल । जहाँ शेर्पाहरु बस्थे । बसबाट झरेपछि उनले त्यहाँ भेटिएका मान्छेलाई सोधे, जय नेपाल हलको ठेगाना । सोध्दै राति साढे १० बजे जय नेपाल हल पुगे । हल छेउमा थियो, फुर्पा रेष्टुरेण्ट । भेटे, गाउँका मान्छे । बिर्सिए भो । फेरे राहतको सास ।

त्यहाँबाट एक जनाले दाईले उनलाई निमा ग्याल्जेनको कमल पोखरीस्थित डेरामा पु¥याए । सबै सुतिसकेका थिए । खाना कसले सोधोस ? भोकै सुते ।

पर्यटकहरुको भारी बोक्ने शेर्पाहरु त्यही सुतेका थिए । विहान त्रिशुली बस जादै थियो । पासाङ लामाले सबैलाई उठाए । कुंगा जाङ्म्बु उठेनन् । कुंगाको सट्टा पासाङले उनलाई लिए ।

उनी साँझ धुञ्चे पुगे । सबै खाना खान बसबाट झरे । उनी झरेनन । उनीसंग पैसा थिएन । उनी बसमा बसिरहे । दोस्रो रात पनि उनी भोकै सुते ।

काठमाण्डौं पुगेको तेस्रो दिन । उनले पर्यटकको भारी बोक्ने तय भयो । पेश्की मागे । र, तेस्रो दिन विहान खाना खाए ।

उनी विदेशीको भारी बोकेर स्याफ्रु गए । त्यहाँबाट लाङटाङ । ८ दिनमा काठमाण्डौं फर्किदा उनको हातमा २५० रुपैया थियो । पहिलो पटक यतिधेरै रुपैया देखे । उनले धीत मर्ने गरी खाना खाए ।

त्यसपछि लाङटाङ र अन्नपूर्ण सर्किटमा भारी बोक्ने काम पाईरहे । कामका लागि भौतारिनु परेन ।

उनी पोखराबाट सराङकोट हुदै नौ डाँडा पुगे । दुई जना क्यानेडियन महिलाको भरिया थिए, उनी । गाईड थिए, पासाङ । घोरेपानीबाट फर्किदै थिए । घान्द्रुक नजिकै भयंकर असिना पानी प¥यो । पिठ्युमा डोको । डोकोमा झण्डै ३० किलोको भारी । असिनाले झण्डै कान फुटेको । उनी अझै बिर्सेका छैनन् ।

पासाङसंग उनी फेरि लाङटाङ र अन्नपूर्ण गए । अन्नपूर्ण सर्किटको २२ दिन लामो रुटमा एक जना बेलायती पर्यटकले ५० पाउण्ड टिप्स दिए । उनी त्यतिबेलासम्म पर्यटकका प्रिय भईसकेका थिए ।

खल्तीमा पैसा । दिमागमा सूचना । अनि के चाहियो ? तीन महिनामा पर्यटन रुटसंगै काठमाण्डौंका गल्लीहरु घुमे । मान्छे र ठाउँ चिने । गाँउ छोड्दा अंग्रेजी बुझ्थेनन । पर्यटकको नियमित सम्पर्कले अंग्रेजी बुझ्न थाले । रुट, भाषा र पर्यटकको भाव बुझ्ने भए । त्यसपछि के थियो ? उनको डिमाण्ड बढ्दै गयो । उनले टे«किङका ती दिन सम्झिए, म त हिरो झैं भए ।

चार महिनापछि गाँउ फर्किए । घर फर्किदा उनीसंग एक हजार सात सय रुपैया थियो । केहीदिन गाउँ बसे । र फर्किए, काठमाण्डौं । उनका साला पेम्बा शेर्पा अमेरिकामा टे«किङ कम्पनी चलाउथे । सालाले उनलाई स्पोन्सर गरे । संगै दूतावास गए । अन्तर्वार्ता दिए । भीसा लाग्यो । र, आफूसंगै लगे अमेरिका ।

उनले पहिलो पटक सन् १९९६ मा अमेरिका टेके । तीन महिनाको भीसा थियो । उनी म्याद थपेर एक वर्ष बसे । त्यसपछि नेपाल फर्के । नेपालमा उनले काम खोज्नै परेन । उनले बिक्रम पाण्डेको हिमालयन एक्सिपेडिसनको काम गरे । जसको कार्यालय कान्तिपथमा थियो । उनले कामका लागि काठमाण्डौंमा बसिरहनु पर्ने अवस्था भएन । उनी गाउँमा बस्न थाले । काठमाण्डौंबाट विदेशी पर्यटकहरु लुक्ला आउथे । उनी लुक्लाबाट पर्यटकहरुलाई गाईड गर्थे । विभिन्न हिमाली रुटमा लैजान्थे ।

उनी स्थायी गाईड भए । मासिक तलव थियो, दुई हजार पाँच सय रुपैया । काम गरेको भत्ता अलग पाउथे । काम गर्दै गए । उनको तलव र सेवा, सुविधा थपिदै गयो ।

मेरापीकको टे«किङमा उनको न्यूयोर्कका एक जना डाक्टरसंग चिनजान भयो । उनको अमेरिका जाने ईच्छा । डाक्टरले पठाए, स्पोन्सर लेटर । त्यसमाथि पत्रमा लेखिदिए, पेम्बा र उनकी पत्नी जाङ्मु ल्हामको जहाजको टिकट, खानेबस्ने सबै खर्च व्यहोर्ने प्रतिबद्धता ।

द्वन्द्वका कारण पर्यटन व्यवसाय खस्किदै थियो । २००४ मा उनी दोस्रो पटक अमेरिकामा पुगे । उनीसंग शैक्षिक सर्टिफिकेट थिएन । पढेर भन्दा परेर उनी पर्यटनमा जमेका थिए । अनुभव र सम्बन्धले चलेको पेशा । त्यही पेशाले चलेको जीविका ।

उनी श्रीमती सहित क्यालिफोर्निया बस्न थाले । छोराछोरी होस्टेलमा राखेर आएका थिए । जेठी छोरी कान्डु शेर्पा १३ वर्षकी थिईन । माहिली निमा ल्हामु १२ वर्ष । र, कान्छो छोरा आङछिरिङ शेर्पा ११ वर्षका थिए ।

उनले केही समय अम्बर रेष्टुरेण्टमा काम गरे । किचेनमा हेल्पर थिए । मन लागेन । काम छोडे । क्यालिफोर्नियाको लेक्ताहो पहाडमा गए । र, रुखको हांगा काट्ने काम गर्न थाले ।

त्यहाँबाट कनसास सिटी गए । एक महिना जति काम गरे । त्यो काम छोडेर हिडे । त्यहाँबाट पुगे, डेनभर, कोलोराडो  । उनी अमेरिकनको खेतमा काम पाए । घास काटे । सोत्तर सोहरे । उनकी श्रीमतीले १६०० डलर पाउथिन् । उनले २२०० डलर ।

२००७ मा त्यो काम छोडे । र, पुगे क्रिष्टेड व्युट । दिउँसो पेण्टको काम गर्न थाले । साँझ टिम्बर ल्याण्ड रेष्टुरेण्टमा भाडा माझे । प्रतिघण्टाको पाउथे, १० डलर ५० सेण्ट ।

उनलाई लाग्यो, कति अरुको काम गर्ने ? अव पुग्यो । काम छोडे । उनी घुम्दै थिए । भाडाका लागि सूचना टाँसिएको एउटा घर देखे । उनले त्यहाँ दिईएको नम्बरमा कल गरे । उनले घर भाडामा दिने हो भनेर सोधे । घरधनीले प्रश्न गरे, कुन प्रयोजनका लागि ? प्रत्युत्तरमा उनले भने, रेष्टुरेण्टका लागि ।

केहीदिनपछि घरधनीसंग सम्झौता गरे । २४०० सय डलर मासिक भाडामा त्यो घर लिए । र, रेष्टुरेण्ट शुरु गरे । एक वर्षपछि त्यो घर लिलाम भयो । बैंकले घर लग्यो । घरबेटीले भन्यो, तिमी लेउ ।

घरको दाम छ लाख डलर थियो । बैंकमा ऋण अप्लाई गरे । क्रेडिट पुगेन । उनको आयस्रोतले भ्याएन । घर अर्केले किन्यो ।

साहु फेरिए । लसएञ्जल्सका फुटवल कम्पनीको मालिक खर्बपति मार्को एल्टरले घर किने । उनले त्यही घरमा तीन वर्ष रेष्टुरेण्ट चलाए ।

उनी गनेसनमा व्यवसायको संभावना हेर्न आए । कसैले भन्यो, रेष्टुरेण्ट हाईवे ५० को घर बिक्रीमा छ । उनले घर हेरे । मन प¥यो । केही रकम उनीसंग थियो । बाँकी ऋण लिए । र, ४ लाख ५० हजार डलरमा घर किने । र २०१३ को मार्चमा शुरु गरे, गनीसनमा शेर्पा क्याफे ।

क्रिष्टेड व्यूटको रेष्टुरेण्ट उनकी श्रीमती चलाउन थालिन । गनिसनमा उनी । तीन जना कर्मचारी राखेर गनिसनमा उनले रेष्टुरेण्ट शुरु गरे । कुक आफै । राति रेष्टुरेण्ट बन्द हुन्थ्यो ।  कर्मचारी घर जान्थे । उनी रातभरी मःम बनाउथे । कति दिन त विहान कर्मचारी आउदा उनी मःम बनाईरहेकै हुन्थे । २४ सै घण्टा काम गरेको देखेपछि कर्मचारीहरुले उनको नाम राखिदिए, २४ घण्टे ।

उनको सरल व्यवहार । अथक मिहिनेत । स्वादिष्ट परिकार । नयाँ स्वाद । शेर्पा क्याफे चम्कियो । आम्दानी दुगुना बढ्यो । गीतामा कृष्णले भने झै कर्म गरे । फलको आस गरेनन । फल मिलिरह्यो ।

२०१६ मा ४ लाख ५० हजारमा शेर्पा क्याफेकै अगाडि १६ रुमको शेर्पा मोटेल किने । २०१८ सात लाखमा मा शेर्पा ईन । २०२० मा डेढ मिलियनमा वेष्टर्न मोटेल किने । २०१८ मा कोलोराडोको डेनभरमा ५ लाखमा घर किने ।

क्रिष्टेड व्यूटबाट गनिसनमा विस्तार गरेको व्यवसायलाई २०२२ मा सलाईदामा फैलाए । गनीसनबाट एक घण्टाको दूरीमा रहेको सलाईदामा सात लाखमा किनेको पसलमा शेर्पा क्याफे चलाए ।

२०२२ मा पाँच लाखमा एउटा घर किने । छ लाख ५० हजारमा गनीसनमा दोस्रो घर । २०२४ मा गनिसनकै ईष्ट जर्जिया स्ट्रिटमा सात लाखमा तेस्रो घर किने । नर्थ कोलोराडो स्ट्रिटको घरमा सपरिवार बस्न थाले ।  एउटामा कर्मचारी राखे । तेस्रो भाडामा दिए ।

क्रिस्टेड व्यूटमा तीन वर्ष छ लाखमा किनेको घरको मूल्य तीन मिलियन पुग्यो । जहाँ उनले शेर्पा क्याफे सञ्चालनमा ल्याएका छन् । छोराले त्यो क्याफे सम्हालेका छन् ।

उनको कसैसंग प्रतिस्पर्धा छैन् । न उनी सरल छन् । सहज छन् । न कुनै लोभ । न घमण्ड । कति कमाए ? गन्ती गरेर बसेनन ? कति जोडे हिसाव गरेनन ?

तीन रेष्टुरेण्ट । तीन मोटेल । चार घर । चार वटा वटा ट्रक । २५ जनालाई रोजगारी । भोकोलाई पेटभरी खाना दिन्छन् । उनको सपना थियो, राम्रो पैसा कमाउने । र, सामाजिक कार्य गर्ने ।

उनले जे भोगे । त्यो कसैले नभोगोस । उनको ईच्छा छ, भोको पेट कोही नबसोस । घरवार विहीन कोही नहोस । उपचार नपाएर कसैको मृत्यु नहोस ।

केही समयअघि एक जना मृगौलाका बिरामीलाई उपचारका लागि एक लाख रुपैया सहयोग गरे । आफू पढेको विद्यालयलाई आर्थिक सहयोग गरे । कम्युटर दिए । पर्यटक लिएर नेपाल जादा कमाएको रकम उनी बाँडेर फर्किन्छन् । उनको मुठ्ठी खुला छ । सकेजति बाड्ने । कमाएर कसलाई पुगेको छ ? उनी प्रश्न गर्छन्, जोडेर कसले लगेको छ ? उनको जीवनको सार छ, खान पुगोस । दिन पुगोस ।

उनले भारी हेरेनन् । गन्तव्य हेरे । हरेक श्रममा रमाए । श्रम गर्न संकोच मानेनन् । गनिसनको शेर्पा क्याफेमा भेटिदा उनी अमेरिकनसंग गफिदै थिए । पेन्ट लत्पतिएको पाईन्ट । शेर्पा लवज मिसिएको बोली । लाग्थ्यो, उनी भर्खरै कही पेन्टर गरेर फर्किएका हुन् ।

उनले कपडालाई प्रतिष्ठासंग जोडेर हेरेनन् । प्रतिष्ठामा दाग लागे, कपडा सफा लगाएर के गर्नु ? कपडामा के छ ? लगाउने त हो । कसले के भन्छन् ? उनलाई छु मतलव । उनको विश्वास छ । श्रम र क्षमताले कमाएको प्रतिष्ठा पो चीरस्थायी हुन्छ ।

नेपाली शुद्धसंग बोल्न र लेख्न नसिकेका उनी अंग्रेजी फरर बोल्छन् । स्कुल जान पाएन । परेर अंग्रेजी सिके, भन्छन्, उभिएर अंग्रेजीमा भाषण गर्नसक्छु ।

उनी विद्यालय जान पाएनन । छोराछोरीलाई भने उनीहरुले चाहेको शिक्षा दिए । जेठो छोरी दुई वर्षमा डाक्टरको पढाई पुरा गर्दैछिन् । माहिली छोरीले नर्सको पढाई पुरा गरिन । विज्ञान पढेको कान्छो छोरो व्यवसायमा सघाउदैछन् । हुर्किसकेका छोराछोरीलाई व्यवसायको जिम्मेवारी दिएर उनलाई नेपाल घुम्न मन छ । उनले भावी योजना सुनाए, यही जन्मिएका नातिनातिनालाई पनि नेपाल घुमाउनु छ ।

भोक आदत बने, मान्छे भोकमै मर्छ । भोकलाई पटुकामा बाधेर जो लड्छ, नियतिसंग । उ फेरि भोको हुनुपर्दैन् । हो, उनले भोकलाई आदत बनाएन । भोको थिए । भोकसंगै लडे ।  र, प्राप्त गरे, सफलता ।

हरेक पल महत्वपूर्ण छ । त्यसलाई सदुपयोग गर । काममा यसरी डुब । अरु विषयमा सोच्ने फुर्सद नहोस । सफलतालाई पछ्याउनु पर्दैन । सफलताले पछ्याउछ । उनले सफलताको मन्त्र सुनाए ।


Nepal’s Farmers Struggle Amid Aid Cuts

Sunita Kumaru Neupane/Yam Kumari Kandel

PALPA DISTRICT, NEPAL — In the quiet of the morning, Kanta Rajali carefully places two bowls of rice on the stove. She knows they will not be enough to satisfy her family of four. But she has to save two more bowls of rice for dinner, when she again will face the challenge of feeding her sick husband, her disabled older son and her sick younger son.

“I have learned to live on half a stomach full so that my husband and children can feel full,” says Rajali, 50.

Tomorrow, the same struggle will repeat itself. Since her marriage at age 15, Rajali has cultivated crops including maize, mustard, barley and potatoes to help her family survive. However, due to changes in seasonal patterns, yields have decreased and the harvest only lasts about four months. The barley supply used to make flour for a year. Now, it is limited to two handfuls.

The struggle by farmers like Rajali to produce enough food in a country coping with poverty, malnutrition and what research shows are hurdles linked to climate change grew more intense recently with the loss of funding through the United States Agency for International Development. In response to a Global Press Journal public records request, Nepal’s Ministry of Agriculture and Livestock Development said that six USAID programs slated to provide a total of between approximately US$104 million and US$114 million were cut off. Most of the programs began in 2023 and the bulk of the funding was scheduled to continue until 2028 or 2029.

Ministry officials said Nepal’s government was involved in administering one program worth US$21 million — with nongovernmental organizations implementing others — and couldn’t say how much money was disbursed overall before the aid stopped. Officials added that Nepal’s government hasn’t been paid back 11.2 million Nepali rupees (about US$81,150) it already spent on that particular program while expecting USAID reimbursement. The US State Department didn’t provide details when Global Press Journal asked for specifics about the funding cuts.

Earlier this year, the administration of US President Donald Trump abruptly placed roughly 90% of USAID staff on administrative leave, according to court records that show 86% of its programs were terminated. The administration closed the headquarters of the agency created in 1961 as the US government’s international humanitarian and development arm. On May 29, the US State Department notified Congress of its plans to narrow the focus of USAID and to absorb some of its functions. The legality of the Trump administration’s actions to dismantle the Congressionally-mandated agency is being challenged in a US court. Meanwhile, the impacts are being felt globally.

Sunita Neupane, GPJ Nepal

The orange trees Kanta Rajali planted haven’t become a stable source of income due to drought, hail, mold and insects.

Key programs halted

In Nepal, the cuts halted key support programs such as initiatives to improve access to seeds, fertilizers, agricultural tools and sustainable agricultural resources. The programs had focused on increasing agricultural productivity, strengthening market systems, and boosting nutrition, especially for smallholder farmers facing climate and economic challenges. A key aim had been to transition growers from subsistence farming to commercial agriculture. With the disappearance of the programs, farmers fear they will be pushed deeper into poverty.

In Rajali’s household, she is the sole breadwinner. Her husband, 60, has been ill from a relapse of tuberculosis. Their older son, 27, is unable to speak due to mental health challenges. Their younger son, 23, experiences fainting spells. To support her family, Rajali also works in the village as a laborer, struggling to provide the most basic nutrition for her loved ones as they survive on 500 rupees (about US$3.64) a day. But she says laborer work isn’t always available.

Agriculture makes up nearly a quarter of Nepal’s economy and employs 66% of all workers — most of them women, according to the United Nations World Food Programme. While smallholder farmers like Rajali grow up to 80% of the country’s food, low yields have led to a 65% rise in food imports since 2015 and many rural families can’t feed themselves year-round. Yet the government allocates just 3% of its budget to the agriculture sector, findings from Democracy Resource Center Nepal indicate. The Nepal Living Standards Survey from 2022 to 2023 shows while there was a significant reduction in poverty over 12 years, 20.3% of the population lives below a new poverty line established with a higher standard.

Meeting Nepal’s poverty reduction goals in the coming years will be challenging because of the loss of USAID funding, says Ram Krishna Shrestha, a joint secretary within Nepal’s Ministry of Agriculture and Livestock Development.

Sunita Neupane, GPJ Nepal

Once more reliable, Kanta Rajali’s harvest now only lasts about four months, and she struggles to feed her family.

“These programs have strengthened the capacity of farmers. They have been able to earn a living, produce independently and manage markets,” he says, describing how some farmers not only fed their families, but improved their livelihoods.

Malnutrition will increase and farmers will become poorer as a result of the funding loss, Shrestha says.

Keshav Devkota, head of the Centre for Crop Development and Agricultural Bio-diversity Conservation, part of Nepal’s agriculture ministry, says the center no longer will be able to promote indigenous seed varieties that were developed to be climate-resistant and aimed at reducing malnutrition.

Rukmangat Bhattarai, chairman of Rainadevi Chhahara, the rural municipality where Rajali’s family lives, says knowing USAID funding no longer will be available has officials concerned and considering what steps to take next. In part, the aid had helped farmers who grow oranges, including with support when it came to bringing the produce to market.

“When farmers started struggling to adapt to changing seasonal patterns, we started this program to transform agriculture into a commercial practice. But now, many farmers are frustrated,” he says.

Sunita Neupane, GPJ Nepal

Kanta Rajali tends to goats outside her family’s home. She is among farmers in Nepal struggling to produce enough food at a time when millions of dollars in agricultural aid from the United States has been cut off.

The weight of crop troubles

In 2018, Rajali replaced her main crop with orange trees because she was unable to support her family by growing food that is more traditional in the region. She hoped oranges would provide a stable living, and planted more of the trees when her first crop yielded an income of 20,000 rupees (about US$145.50).

But as drought conditions worsened, the orange blossoms fell prematurely, the trees wilted, mold spread, and hail and insects further damaged the fruit. Now Rajali’s orange production is no longer a reliable source of income.

On top of that, only scattered sprouts emerged after she planted maize between the orange trees. Watering this sparse crop is also a challenge since the tap water in her family’s home comes on only for half an hour each day. When there isn’t enough water, she goes to a well an hour away to get more.

Like many farmers in Nepal, Rajali relies primarily on rain for irrigation. But rainfall has been inadequate the past 11 winters. Because her farming hasn’t produced enough to support her family, she feels her fate is cursed and there is no escape from a life of misery.

“It’s like a never-ending cycle,” Rajali says.

She adds that the loss of USAID funding means she will no longer receive subsidies from the rural municipality that provided her with orange seedlings, fertilizer and agricultural tools, along with help arranging local market access to sell her oranges. As the wife and mother ages, she says she feels the weight of time pressing on her while she labors to feed her family. But the need to provide for them keeps her going.

“I will not rest until I can feed my family,” Rajali says, “even if it means taking my last breath.”

Global Press Journal

बोगटान फुडसिल गाउँपालिकाद्धारा खेलाडीहरु सम्मानित

डोटी, १३ असार । डोटीको बोगटान फुडसिल गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने पालिकाभित्रका खेलाडीलाई मगलबार गाउँसभामा सम्मान गरेको छ ।

पालिकाले भलिबलका राष्ट्रिय खेलाडी रमेशलाई १ लाख ११ हजार १ सय ११ र कबड्डीका राष्ट्रिय खेलाडी खेमलाई २५ हजार १ सय ११ रुपैयाँ पुरस्कारसहित सम्मान गर्यो ।

पालिकाका अध्यक्ष कमलबहादुर गडशिला, उपाध्यक्ष विष्णा देउवा बम र प्रमुख प्रशासकीय अधिकृत हेम बोगटीले बोगटान फुडसिल गाउँपालिका– १ सिमचौरका राष्ट्रिय भलिबल खेलाडी रमेश, वडा ३ सिमचौरकै खेमलाई गाउँ सम्मान गरे ।

 

एसईईको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, १३ असार ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा शुक्रवार सार्वजनिक भएको छ ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्ष एसईईको परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

वेबसाइटमा पूरै नतिजा अपलोड हुन भने केहीबेर लाग्ने बोर्डले जनाएको छ । गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रदेश सभाबाट विधेयक पारित

धनगढी । प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको छ ।

आज बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतले विधेयक पारित गरेको हो । विधेयकमाथि दफावार छलफल पनि सभामै भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले, नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल र नेकपा (एमाले) का प्रमुख सचेतक चक्रबहादुर मल्लले भाग लिएका थिए ।

सो क्रममा उनिहरुले सचिवको पदीय पर्यादा, सेवा, सुविधालाई प्रदेशका प्रमुख सचिवको सरह व्यवस्थाका लागि ऐन संशोधन गर्न लागेको बताए । यसैबिच, प्रदेश सभाको ढ्यापढ्यापे समयमा जानकी ऐर बमले साक्षर प्रदेश घोषणा कार्यक्रममा सरकारले प्रदेशसभा सदस्यको प्रोटोकल नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडि राखेर अपमान गरेको बताए ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामीले जागिरको प्रलोभन देखाएर भारतमा लगेर नेपालीलाई बन्धक बनाउने गिरोहलाई कारबाही हुनुपर्ने बताए ।

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँः मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताएका छन । नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले भने, “विभिन्न सङ्घसंस्थालाई जोडेर हामी अगाडि बढ्न चाहन्छौँ, यहाँ लगानी मैत्री वातावरण बनाउन चाहन्छौँ, त्यसका लागि प्रक्रिया, छलफल अगाडि बढाएका छौँ ।”

मुख्यमन्त्री शाहले निजी क्षेत्रलगायत सबैलाई सुदूरपश्चिममा धेरै सम्भावना रहेकाले लगानीकर्तालाई सुरक्षाको ‘ग्यारेन्टी’ गराउने बताए । उनले निजी क्षेत्रको अनुभव पनि सरकारले प्राप्त गर्न जरुरी रहेको बताए । उनले भने, “सरकार र निजी क्षेत्र साझेदारीका साथ अगाडि बढौँ भन्ने आग्रह गर्दछु, यस्तै हरेक कुरामा सँगै अगाडि बढेर जाने विश्वास मैले लिएको छु ।” कार्यक्रममा नेपाल उद्योग परिसङ्घका केन्द्रीय अध्यक्ष राजेशकुमार अग्रवालले परिसङ्घले देशको समग्र अर्थतन्त्रको विकासका लागि पहल गर्दै आएको बताए । उनले परिसङ्घले नेपाली उत्पादित वस्तु नेपाली तथा विदेशी बजारमा पु¥याउन सहयोग गर्दै आएको बताए ।

युवा उद्यमी प्रवद्र्धन तथा प्रोत्साहन गर्ने खालका गतिविधि परिसङ्घले गर्दै आएको उनको भनाइ छ । आज नै परिसङ्घको रमणचन्द्र श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय सुदूरपश्चिम प्रदेश समिति गठन भएको जनाइएको छ ।

भारतमा नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

धनगढी : भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरूलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेश सभाका सदस्यले सरकारको ध्यानाकर्षण गरेका छन्।

प्रदेश सभाको आज बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही असार ११ गते कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रूपमा लिन ध्यानाकर्षण गराएका हुन्।

भारतस्थित नेपाली राजदूतावास, किङ्ग भारत, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताए। सत्तापक्ष नेकपा (एमाले)की जानकी ऐर बमले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न धनगढीमा आयोजित समारोहमा मर्यादाक्रम विपरीत प्रदेशसभा सदस्यलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडिको सिटमा आसनग्रहण गराएर प्रदेशसभा र सुदूरपश्चिम प्रदेशवासीमाथि नै अपमानित गर्ने काम भएको भन्दै सरकारको तत्काल जवाफ माग गरेका छन्।

आजको बैठकले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ। उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभाका सदस्य अक्कलबहादुर रावल, विक्रमसिंह धामी र चक्रबहादुर मल्लले भाग लिएका थिए। बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।

शनिबार नागरिकता विधेयक पास गर्ने प्रतिनिधिसभाको कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले शनिबार बस्ने बैठकको सम्भावित कार्यसूची निकालेको छ । कार्यसूचीमा गृहमन्त्री रमेश लेखकले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।
त्यस्तै गृहमन्त्री लेखकले छलफल सकेर ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पनि पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यो बाहेक बैठकमा ‘आर्थिक विधेयक, २०८२’ माथिका संशोधनहरूमाथि छलफल गर्ने र निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको छ ।

नेपालले अस्ट्रेलियामा ‘टप एण्ड टी-२० सिरिज’ खेल्ने

काठ्माण्डौँ- आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी अगस्टमा अस्ट्रेलिया भ्रमणमा निस्कने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोलीले अस्ट्रेलियाको डार्विनमा हुने ‘टप एन्ड टी–२० सिरिज’ मा सहभागिता जनाउनेछ ।

सिरिज २०२५ अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुनेछ । नेपालले डार्विनस्थित डिएक्ससी एरेना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ । भ्रमण अवधिमा नेपालले कम्तीमा ६ वटा टी–२० खेल खेल्नेछ ।

क्यानले अस्ट्रेलियामा हुने तयारीले आगामी टी–२० विश्वकप छनोटमा नेपाली टोलीको प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ । सिरिजमा नेपालसहित चार अन्तर्राष्ट्रिय टोली सहभागी हुनेछन् ।

अन्य सहभागी टिमको नाम अर्को साता सार्वजनिक गरिने बताइएको छ ।

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको छ : मुख्यमन्त्री शाह

कैलाली-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार लागेको बताएका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघ सुदूरपश्चिमले धनगढीमा आयोजना गरेको कार्यालय समुद्घाटन तथा पदस्थापन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले लगानी मैत्री वातावरण बनाउनका लागि आवश्यक प्रक्रियाहरू छलफल अगाडि बढाएको समेत बताए ।

‘सुदूरपश्चिममा थुप्रै सम्भावना रहेका छन्,’ मुख्यमन्त्री शाहले भने, ‘त्यसको खोज अनुसन्धान र नवप्रवर्तनका लागि निजी क्षेत्रसँग प्रदेश सरकार सहकार्य गर्न तयार छ।’

दूध किसानलाई बक्यौता भुक्तानी गर्न निर्देशन

काठमाडौं– सरकारले देशभरका दूध उत्पादक कृषकको करिब तीन अर्ब रुपैयाँ बक्यौता असार मसान्तसम्म उपलब्ध गराउन निर्देशन दिएको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले डेरी उद्योगको छाता सङ्गठन नेपाल डेरी एसोसिएसनसँग दूध किसानको बक्यौता उपलब्ध गराउने विषयमा छलफल गरी अविलम्ब रकम फर्छ्यौट गर्न निर्देशन दिएको हो ।

निजी क्षेत्रबाट सञ्चालित विभिन्न डेरी उद्योगले लामो समयदेखि किसानले बिक्री गरेको दूधको भुक्तानी नगरेकाले उनीहरू समस्यामा परेका छन् । त्यस कार्यले उत्पादन तथा बजार आपूर्ति प्रभावित हुन सक्ने हुँदा चालु आर्थिक वर्षको असार मसान्तसम्म यथाशीघ्र भुक्तानी गर्नुपर्ने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए ।

दैनिक गुणस्तरीय दूध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सबै प्रदेशमा विभिन्न कार्यक्रम सञ्चालन गरेको डेरी एसोसिएसनलाई सरकारले विभिन्न सहुलियत तथा प्राविधिक, रचनात्मक सहयोग उपलब्ध गराउँदै आएको छ ।

दुग्ध विकास संस्थानले गत पुस मसान्तसम्मको किसानको बक्यौताबापत रहेको करिब ९० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ भने बाँकी रकम भुक्तानीको प्रक्रिया सुरु गरेको सूचना अधिकारी जोशीले जानकारी दिए ।

मन्त्रालयले पशु तथा कृषि बीमा, बीउबिजन, मल, कृषि उपकरणमा किसानलाई अनुदानमा सहयोग गर्दै आएको जनाएको छ । विभिन्न किसान सङ्घ संस्थाले समेत दूध किसानको रकम समयमै उपलब्ध गराउन माग गर्दै आएका थिए ।

नेपाल किसान महासङ्घका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले किसानले उत्पादन गरेका दूधबाट विभिन्न दूधजन्य परिकार बनाएर नाफा कमाउने डेरी उद्योगले किसानलाई तिर्नुपर्ने रकम असुली गर्न सरकारले कडाइ गर्नुपर्ने बताए ।

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं : मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री कार्यालयमा सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो।
बैठकमा समसमायिक विषयवस्तुमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली भोलि स्पेन भ्रमणमा जाँदैछन्। भ्रमणमा जानुअघि ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीले आफू स्पेन भ्रमणमा रहँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिनेछन्।

एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौँ –यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी छ ।
परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले बसिरहेको छ।

आजै साँझ परीक्षाफल सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्ताङ्क इन्ट्री गर्ने कामसमेत लगभग सकिएकाले आजै नतिजा प्रकाशन गर्न लागिएको हो ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यपालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा गरेको सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रधानमन्त्रीको स्पेन भ्रमणको तयारी पूरा

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने स्पेन भ्रमणको तयारी पूरा भएको छ ।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीको भ्रमण हुन लागेको हो ।

विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू सहभागी हुनेछन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाज समेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यका लागि अन्ताराष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्त्वपूर्ण भएकाले प्रधानमन्त्री ओलीबाट भ्रमण हुन लागेको बताए ।

प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका काम पूरा भएको जनाउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोबहादुर पौडेल क्षेत्रीले विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहने बताए ।

प्रवक्ता क्षेत्रीले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा विकसित मुलुक र विकासशील एवं कम विकसित मुलुकबीचको सर्वाधिक महत्वको सम्मेलन भएकाले त्यहीअनुरूप उच्च प्राथमिकता र उच्चस्तरीय सहभागिता महत्त्वपूर्ण हुने जनाए ।

नेपालले हाल अल्पविकसित मुलुकहरूको अन्तर्राष्ट्रिय समन्वयको अध्यक्षता गरिरहेको अवस्थामा नेपालको छुट्टै भूमिका हुनेसमेत बनाए ।

भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्नेछन् ।

यही असार १६ गतेदेखि १९ गतेसम्म हुने सम्मेलनका लागि प्रधानमन्त्री ओली असार १४ गते शनिबार साँझ ६ बजे कतारको दोहा हुँदै मेड्रिड जानेछन् भने यही असार २० गते शुक्रबार साँझ ४ः४५ बजे फर्कने तालिका छ ।

नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।

कूल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् । काठमाडौँबाट २१, स्पेन र न्युयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।

भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् ।

सिन्धुपाल्चोकमा एक बालिकामाथि सामूहिक बलात्कारपछि हत्या, पाँचजना पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको छ । भोटेकोशी गाउँपालिका–५ की ती बालिका माथि सामूहिक बलात्कारपछि हत्या भएको हो ।

सिन्धुपाल्चोक प्रहरीका अनुसार १० असारको राति बालिकामाथि सामूहिक बलात्कार पछि हत्या भएको हो । प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । मृतक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो ।

भिजिट भिसा प्रकरणमा लेखकको संलग्नताबारे देउवा- ‘कहाँबाट हुनु नि! बेकारको झूटा कुरा हो’

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्नता नभएको दाबी गरेका छन्।
चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्री लेखको संलग्नताको कुराई बेकारको भन्दै पन्छिए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताबारे सोधिएको प्रश्नमा उनले भने, ‘कहाँबाट हुनु नि! बेकारको झूटा कुरा हो।’

फरक प्रसङ्गमा उनले सत्तारुढ गठबन्धनमा फरक-फरक पार्टी भएकाले केही निर्णयमा फरक मत आउनु सामान्य रहेको भन्दै अहिलेसम्म समझदारी रहेको बताए।

‘टेक एन्ड पे’ को व्यवस्था सहजै हटाएपछि बजेट पास भइसकेको बताउँदै उनले भने, ‘ठूलो कुरै थिएन नि, त्यसमा असमझदारी थियो। हटाएपछि बजेट पारित भइसक्यो। दुईवटा अलग अलग पार्टी हो नि। असमझदारी देखिनु सामान्य हो।’

फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने टोलीको टुङ्गो लाग्यो

काठमाण्डौ – फिफा क्लब विश्वकपमा अन्तिम १६ मा खेल्ने टोलीको टुङ्गो लागेको छ । आज बिहान भएको खेलमा रियल मड्रिडले साल्सबर्गलाई ३–० गालले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको हो । योसँगै रियल तीन खेलमा सात अङ्कसहित समूह ‘एच’ को शीर्ष स्थानमा रह्यो ।
यस्तै साउदी अरेबियाको अल–हिलाल पनि अन्तिम १६ मा पुगेको छ । अ–हिलालले पाचुकालाई २–० गोलले हरायो । अल–हिलाल तीन खेलमा पाँच अङ्कसहित दोश्रो स्थानमा छ । अब रियलले अन्तिम १६ मा युभेन्ट्सँग खेल्नेछ भने म्यानचेस्टर सिटीले अल–हिलालसँग खेल्नेछ । अन्तिम १६ का खेलहरु भोलि रातिदेखि हुँदैछन् ।

सुदूरपश्चिममा मनसुनजन्य जोखिम उच्च

कैलाली : सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुन सक्ने अनुमान गरिएको छ।
देशभर मनसुन सुरु भएसँगै विभिन्न जिल्लामा बाढी-पहिरो र डुबान सुरु भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा पनि बाढीपहिरोको जोखिम उच्च छ।

विपत्ले हुन सक्ने क्षति न्यूनीकरण र आवश्यक पूर्वतयारी अवस्थामा रहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए। डोटी, बाजुरा, अछाम, डडेलधुरा, बैतडी, बझाङ र दार्चुलाका धेरै बस्ती पहिरोको जोखिममा छन् भने कैलाली, कञ्चनपुरका केही भाग डुबानको जोखिममा छन्। गत असार ४ गते मात्र कैलालीको गौरीगङ्गामा एक जनाको खोलामा बगेर मृत्यु भएको छ।

तराईमा बाढी र डुबान, पहाड तथा हिमालमा पहिरोलगायतका जोखिमका कारण बर्सेनि ठुलो जनधनको नोक्सानी हुने गरेको छ। मनसुनी प्रकोपका कारण मानिसको ज्यान जानेदेखि घाइते हुने, घरखेत बगाएर विस्थापित हुने समस्या बर्सेनि झेल्दै आएको छ। यो वर्ष पनि ठाउँ ठाउँमा बाढी र पहिरोको समस्या देखिन थालिसकेको छ। बर्सेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसकेकाले जनधनको क्षति हुने गरेको छ । सरकारले भने सधैँ आफ्ना सबै निकाय तयारीमै रहेका बताउने गरेको छ। विपत् व्यवस्थापन कार्यविधि पारित गरेर विपत् व्यवस्थापन समितिका व्यक्तिलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको उनले बताए। सुरक्षा निकाय र स्थानीय स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिएको र सरोकारवालासँग विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नेबारे पनि छलफल भइसकेको उनले बताए।

पहाडी जिल्लामा पहिरो तथा सडक अवरुद्धको जोखिम सबैभन्दा बढी रहेको छ। विशेष गरी कैलाली कञ्चनपुरका विभिन्न बस्ती डुबानमा पर्ने गरेका छन्। सुदूरपश्चिम प्रदेशको तराई–पहाड जोड्ने एक मात्र सडक भीमदत्त राजमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र पर्ने गरेका छन्। सम्भावित विपत्लाई लिएर कैलाली, कञ्चनपुरका विपत् सम्पर्क व्यक्तिलाई तालिम दिइएको प्रदेश सरकारले बताएको छ । प्रदेश सरकारले यस वर्ष विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीका लागि सामग्री खरिददेखि जिल्लास्तरबाट हुने तयारी भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले बताए।

सुनको मूल्य तोलामा २९०० रुपैयाँ घट्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो ।

एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ
नतिजा प्रकाशनको प्रक्रियाको अन्तिम तयारी गरिरहेको बोर्डले नतिजा प्रकाशनको मिति भने टुंग्याएको छैन । त्यसैका लागि बोर्डले आज बोर्ड बैठक बस्ने तयारी गरेको छ ।

नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भैइसकेको छैन ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

जलवायु परिवर्तनको असरः सुदूरपश्चिममा बाह्रै महिना डेङ्गुको सङ्क्रमण देखिँदै

कञ्चनपुर: गर्मी र वर्षातकको समयमा मात्र देखिने डेङ्गु सुदूरपश्चिममा बाह्रै महिना देखिन थालेको छ। जलवायु परिवर्तनको असरले लामखुट्टेको प्रजनन समयावधि लम्बिनु, तापक्रममा असामान्य वृद्धि हुनु, वर्षा चक्रको अनियमितताले डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ।
जलवायु परिवर्तनका कारण लामखुट्टेको रोग सार्ने क्षमतामा वृद्धि हुँदै गएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए। ‘तापक्रम र वर्षाको चक्रले डेङ्गुको जोखिमलाई बढाएको छ’, उनले भने, ‘पहिला गर्मी र वर्षाका बेला मात्र डेङ्गुको सङ्क्रमण देखिन्थ्यो, अहिले चिसो महिनामा पनि डेङ्गु सङ्क्रमण देखिन थालेको छ, वातावरणीय तापक्रम बढ्दा लामखुट्टे बाह्रै महिना बाँच्ने वातावरण कायम भएको छ।’

लामखुट्टेको जीवनचक्रमा मौसमले सघाउ पु¥याउँदा डेङ्गुको सङ्क्रमण चुनौतीका रूपमा देखा परेको उनको भनाइ छ। उनका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशका एक सय ६७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। जनवरीमा २२, फेब्रुअरीमा २७, मार्चमा १७, अप्रिलमा ४०, मेमा ३४ र जुनको हालसम्म २० जनामा डेङ्गु सङ्क्रमण देखा परेको छ।

सोही अवधिमा सबैभन्दा बढी डडेल्धुरामा ३४ जनमा र त्यसपछि कैलालीमा ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ। कञ्चनपुरमा २९, डोटीमा २५, अछाममा २४, बझाङमा ११, बाजुरामा ११ र दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण देखा परेको छ। बैतडीमा भने जनवरीदेखि जुन महिनाको अहिलेसम्म डेङ्गुका बिरामी देखापरेका छैनन्। एडिस एजिप्टाई जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट डेङ्गु सर्छ।

पानी जम्ने ठाउँ र प्लास्टिकजन्य फोहर व्यवस्थापन हुन नसक्दा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि विकास हुँदै गएको उल्लेख गर्दै उनले डेङ्गुलाई मौसमी समस्याका रूपमा मात्र नबुझेर वर्षभरि नै सतर्कता तथा सावधानी अपनाउनुपर्ने बताए। जलवायु अनुकूल सरसफाइ रणनीति बनाई डेङ्गुसम्बन्धी चेतना र लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा जोड दिनुपर्ने उनी बताउँछन्।

वर्षातकको समय सुरु भएकाले डेङ्गुको सङ्क्रमण तीव्र रूपमा बढ्न सक्ने भएकाले वातावरणीय सरसफाइमा ध्यान दिनुपर्ने उनको सुझाव छ। डेङ्गु सार्ने लामखुट्टेले बिहान र दिउँसोका समयमा बढी टोक्ने भएकाले त्यसबेला लामो कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, हप्तामा एक पटक घर वरपरका ट्याङ्की, डब्बा, टायरलगायतमा जमेको पानी फाल्ने कार्य गर्नुपर्ने, विद्यालयमा डेङ्गुसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव स्वास्थ्यकर्मीको छ।

‘गर्मी र वर्षातकको समयमा डेङ्गु सङ्क्रमण फैलिने अत्यधिक सम्भावना हुन्छ’, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘यसबेला जनचेतना र सरसफाइ अभियानलाई बढाउनु आवश्यक छ, सतर्कता अपनाउन सके डेङ्गुको रोकथाम गर्न सकिन्छ।’

परराष्ट्रमन्त्री राणा रोम जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा शुक्रबार इटलीको राजधानी रोम जाँदैछिन् ।
खाद्य तथा कृषि संगठन एफएओको ४४ औं सम्मेलनमा भाग लिन मन्त्री राणा आज रोम जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र पराष्ट्र मन्त्रालयकै केही कर्मचारीहरु सहभागी हुने छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

गाजामा इजरायली ड्रोन आक्रमणमा परी १८ जनाको मृत्यु

काठमाडौं । इजरायली ड्रोन आक्रमणमा कम्तीमा १८ प्यालेस्टिनीको मृत्यु भएको छ ।
बीबीसीकाअनुसार मध्य गाजाको देइर अल-बलाह क्षेत्रमा हमासको प्रहरी इकाईले बजार नियन्त्रण गर्ने प्रयास गरिरहेको बेला आक्रमण भएको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार ड्रोनले सादा पोशाक र मास्क लगाएका हमास प्रहरी बलका सदस्यहरूलाई लक्षित गरेको थियो । उनीहरू बजारमा पसलेहरूसँग कुरा गरिरहेका थिए ।

उनीहरुमाथि ट्रकबाट लुटिएका सामानहरू बेच्ने र बढी मूल्य लिने आरोप थियो ।

हमास नियन्त्रित गृह मन्त्रालयले आक्रमणको निन्दा गर्दै इजरायलले “सार्वजनिक व्यवस्था कायम राख्ने” प्रहरी युनिटमाथि आक्रमण गरेर अपराध गरेको दाबी गरेको छ ।

यूएईमा नेपाली श्रमिकको न्यूनतम तलब १४ सय दिराम तय

काठ्माण्डौँ- यूएई जाने श्रमिकको तलब कम्तिमा १४ सय दिराम तय भएको छ । आवुधाबीमा रहेको नेपाली दूतावासले नयाँ तलब–स्केल सार्वजनिक गर्दै तोकिएको तलबभन्दा कममा मागपत्र प्रमाणीकरण नहुने जनाएको छ ।
दूतावासका अनुसार अदक्ष श्रमिकले मासिक न्यूनतम तलब १ हजार दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १४ सय दिराम पाउनुपर्नेछ । त्यस्तै अर्धदक्ष कामदारले मासिक न्यूनतम तलब १२ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १६ सय दिराम पाउनुपर्छ ।

दक्ष कामदारले मासिक न्यूनतम तलब १५ सय दिराम र खाना खर्च ४ सय दिराम गरेर कम्तीमा १९ सय दिराम पाउनुपर्छ । उच्च दक्षता भएका श्रमिकको हकमा न्यूनतम ६ हजार दिराम तलब र खाना खर्च ६ सय गरी कम्तीमा छ हजार चार सय दिराम हुनुपर्छ ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यूएई जाने नेपाली कामदारको न्यूनतम तलब मासिक एक हजार दिराम हुनुपर्ने निर्णय गरेका थिए ।

वजेट विनियोजनमा मधेशमाथि विभेद भयो -नेता महर

वीरगन्ज – नेपाली कांग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसंख्या भएको मधेश प्रदेशका लागि संघीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताएका छन ।

‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ, सबैभन्दा बढी श्रमिक यही प्रदेशले पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ,’ उनले तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘तर, जब बजेट विनियोजनको बेला आउँछ, मधेशले आफ्नो जनसंख्या र योगदानको अनुपातमा सधैं विभेद र उपेक्षा मात्रै भोग्यो ।’

नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको र प्रमुख दलहरूको आन्तरिक किचलोले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गएको ,केही शक्तिहरु धमिलो पानीमा माछामार्ने षडयन्त्र गर्दै व्यवस्था परिवर्तनको दिवा सपना कोरिरहेको बताएका छन् ।

नेता महरले सरकार र सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै विधायिकी प्रक्रिया ठप्प पारेर देशलाई संकटतर्फ धकेलेको बताए । ‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौं लगाएर टुंग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उनले भने, ‘विधायिकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिनसक्नु पर्दछ ।’

एक फरक प्रसंगमा महरले  भने – नीति महाधिवेशन गर्न बसेको महासमितिको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन । पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू निष्क्रिय हुँदा पार्टीमा नयाँ ऊर्जाको सञ्चार हुन नसकेको र विधानको कार्यान्वयनमा नेतृत्व चुकेको बताए ।

‘शासन राम्रो हुन पहिला दल राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अब १६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक सवै बिषयको समिक्षा हुन्छ, उनले थपे ।

उनले सरकारको उदासीनताले मधेशका आधारभूत समस्या झनै विकराल बनेको बताए । ‘चुरेको अनियन्त्रित दोहनले जलवायु परिवर्तनको प्रत्यक्ष कोपभाजन मधेशले भोगिरहेको छ । पहिले २०० फिटमा आउने पानी आज ५०० फिट खन्दा पनि मुस्किलले आउँछ,’ उनले पर्यावरणीय संकटतर्फ संकेत गर्दै भने, ‘तर, सरकारको प्राथमिकतामा यी विषय कहिल्यै परेनन् ।’

नेता महरले मधेशमा महिला हिंसा, दाइजो प्रथा, दलित उत्पीडन, नागरिकता समस्या र देशकै सबैभन्दा बढी विद्यालय छाड्ने दर (ड्रपआउट रेट) हुनुले प्रदेशको भविष्यमाथि खेलबाड भइरहेको बताए ।

‘सबै चुनौतीका बाबजुद, स्थानीय तहमा देशभरबाट निर्वाचित महिलामध्ये सबैभन्दा बढी मधेशबाटै हुनु यहाँको अन्तरनिहित ऊर्जाको प्रमाण हो,’ उनले भने, ‘कांग्रेस अब यही ऊर्जालाई साथ लिएर मधेशको नेतृत्व गर्न तयार छ ।’

कार्यक्रम नेपाल प्रेस युनियन, पर्साका अध्यक्ष विजय चौहानको सभापतित्वमा सम्पन्न भएको थियो ।

सीआईएका प्रमुखले भने, इरानका परमाणु केन्द्रहरू ‘गम्भीररूपमा क्षतिग्रस्त’

अमेरिकाको मुख्य गुप्तचर निकाय सेन्ट्रल इन्टलिजेन्स एजेन्सी (सीआईए)का प्रमुखले गत सप्ताहान्त अमेरिकाले गरेको आक्रमणका कारण इरानका परमाणु केन्द्रहरू ‘गम्भीररूपमा क्षतिग्रस्त’ भएको बताएका छन्।

एउटा चुहाइएको खुफिया विश्लेषणमा उक्त हमलाले इरानी परमाणु केन्द्रहरूमा धेरै क्षति नभएको उल्लेख भएपछि राष्ट्रपति डोनल्ड ट्रम्प रिसाएका थिए।

सीआईएका निर्देशक जोन र्‍याटक्लीफले मुख्य केन्द्रहरू ध्वस्त भएको बताए। तर इरानी परमाणु कार्यक्रम सखाप भएको भनेर चाहिँ उनले घोषणा गरेनन्।

अन्योलपूर्ण विश्लेषण

एक दिन अगाडि रक्षामन्त्रालय पेन्टागनको खुफिया निकायले गरेको प्रारम्भिक विश्लेषण अमेरिकी सञ्चारमाध्यमहरूमा चुहाइएको थियो जसमा इरानी परमाणु कार्यक्रमका मूल तत्त्वहरू ज्यूँका त्यूँ बाँकी रहेको उल्लेख थियो।

राष्ट्रपति ट्रम्पले चाहिँ अमेरिकी आक्रमणले इरानको परमाणु कार्यक्रम पूर्ण नष्ट भएको दोहोर्‍याएका छन्।

उनले बुधवार सामाजिक सञ्जालमा ‘झुटा’ सञ्चारमाध्यमले ‘ढाँटेको तथा तिनीहरूसँग हुँदै नभएको तथ्यलाई पूर्ण कुप्रचार’ गरेको उल्लेख गरेका छन्।

बिहीवार पेन्टागनमा रक्षामन्त्री पिट हेग्सेथ तथा अन्य सैन्य अधिकारीहरूले ‘रोचक र अकाट्य’ (तथ्यसहित) प्रेस सम्मेलन गर्ने पनि उनले बताएका छन्।

द हेगमा जारी नेटो सम्मेलनमा बुधवार बोल्दै ट्रम्पले अमेरिकाले गरेको आक्रमण निकै शक्तिशाली भएको बताए।

आगामी साता हुने वार्तामा आफूले सम्भवत: इरान पक्षबाट तिनको परमाणुसम्बन्धी महत्त्वाकांक्षा अन्त्यको प्रतिबद्धता खोज्ने पनि उनले बताए। त्यस्तो कुनै वार्ता हुन लागेका बारे इरानले बताएको छैन।

मध्यपूर्वका निम्ति अमेरिकी विशेष दूत स्टिभ विट्कफले अमेरिकी नेटवर्क एनबीसीसँग बोल्दै दुई देशबीच प्रत्यक्ष तथा अप्रत्यक्ष सञ्चार सम्पर्क भइरहेको बताएका छन्।

सीआईए निर्देशक र्‍याटक्लीफले जारी गरेको विज्ञप्तिमा उक्त एजेन्सीसँग ‘विगतदेखिकै भरपर्दा तथा सही सूत्र/विधिबाट प्राप्त नयाँ खुफिया जानकारीअनुसार कैयन् महत्त्वपूर्ण इरानी परमाणु केन्द्रहरूको विनाश भएको र तिनको पुनर्निर्माणलाई वर्षौँ लाग्ने’ उल्लेख छ।

संयुक्त राष्ट्रसङ्घको आणविक निगरानीसम्बन्धी निकायका प्रमुख राफाएल ग्रोसीले बुधवार तेहरानले इन्रिच्ड यूरेनिअमको ठूलो हिस्सा अन्यत्रै सारिसकेको हुनसक्ने सम्भावना प्रकट गरे।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगेहीले बुधवार अल जजिरासँग बोल्दै भने: “पक्कै पनि हाम्रा परमाणु केन्द्रहरूमा धेरै क्षति भएको छ।” तर त्यसबारे उनले थप खुलाएनन्।

युद्धविराम कायम

यसबीच ट्रम्पले सघाएर घोषणा गरिएको इरान र इजरेलबीचको युद्धविराम सहमति कायम रहेको देखिएको छ।

इरानको सरकारी सञ्चार माध्यमले भनेको छ- सरकारले देशको पूर्वी भागमा विमानस्थलहरू फेरि खोल्दै छ र जनजीवन विस्तारै सामान्य बन्दै छ।

तेहरानमा आक्रमण भएको एक ठाउँ

तस्बिर स्रोत,EPA-EFE/Shutterstock /तस्बिरको क्याप्शन,इरानमा विस्तारै जनजीवन सामान्य बन्दै गएको बताइएको छ

इन्टरनेट चल्न थालेका छन् अनि पसलहरू खुल्न थालेका छन्।

आधिकारिक आँकडाअनुसार १२ दिनको युद्धमा ६ सयभन्दा धेरैको ज्यान गएको छ जसमा इस्लामिक रिभोलुशनरी गार्ड्सका प्रमुख होसेन सलामी पनि रहेका छन्। उनको अन्तिम संस्कार बिहीवार हुँदै छ।

इजरेली आक्रमणमा मारिएका अन्य कमान्डर तथा परमाणु वैज्ञानिकहरूको अन्तिम संस्कार शनिवार हुने छ।

इजरेलमा त्यहाँको खुफिया निकाय मोसादका प्रमुख डेभिड बार्नियाले आफ्ना एजेन्टहरूलाई धन्यवाद दिँदै इरानी सैन्य नेतृत्वलाई लक्षित गर्ने तिनको कारबाहीले इजरेल थप सुरक्षित भएको बताएका छन्।

  • ब्र्यान्डन ड्रेनन/बीबीसी न्यूज, वाशिङ्टन डिसी

आङ छिरिङ शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार

काठमाडौं, १२ असार। मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।

मदन भण्डारी फाउण्डेशनद्धारा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी शेर्पालाई प्रदान गर्ने जानकारी दिईएको हो ।

फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलले लामो समयदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय ७२ वर्षीय शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिए ।

प्याकुरेलले शेर्पालाई असार १४ गते मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताए ।

पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् ।

 

खोज्नुहोस