अविरल वर्षापछि जलमग्न धनगढी

धनगढी, १६ असार ।
वर्षायाममा हरेक वर्ष डुबानमा पर्दै आएको धनगढी नगर क्षेत्रका यसअघि डुबानमा नपरेका क्षेत्र समेत यस पटक डुबानमा परेका छन् ।

आईतवार रातिदेखि परेको अविरल वर्षापछि धनगढीका अधिकांश वडा डुबानमा परे । कहिल्यै डुबानमा नपरेका क्षेत्रहरु समेत यसपटक डुबानमा परे । धनगढी नगरक्षेत्रका दुई हजारभन्दा बढि घरभित्र पानी पसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सडक भन्दा वस्ती होचो भएका कारण कतिपय सडकमा पानी नजमेपनि वस्ती भने जलमग्न भए । धनगढीको रातोपुल, हसनपुर, शिवनगर, बिशालनगर, क्याम्पस रोड लगायतका वस्तीहरु जलमग्न भए । नगरभित्रका अधिकांश विद्यालय परिसर जलमग्न भएका कारण सोमवार विद्यालयहरु समेत पूर्ण रुपमा बन्द भए । कतिपय वस्ती जलमग्न भएका कारण आवातजावतमै उत्पन्न समस्या भयो ।

जिल्ला प्रशासन कार्यलय कैलालीले धनगढी उपमहानगरपालिकाको ७ र १३ नम्बर वडामा बाढी पसेकोे जनाएको छ । त्यस्तै चटकपुरमा २०, श्रीलंका, राजपुरमा २०, विद्युत कार्यालय नजिक ३० घर, मिलनचौक क्षेत्रका ६०, तारानगरका २० घर, शिवनगरका सय घरमा पानी पसेको जनाएको छ ।

कैलाली बहुमुखी क्याम्पस क्षेत्रका वस्तीहरु पूर्ण रुपमा जलमग्न भए । शिक्षानगरका अधिकांश घरभित्र पानी पसेको स्थानीय गम्भीर सिंह ऐरले बताए । उनले प्रशासनको तथ्यांकभन्दा धेरै बढिघरहरु डुबानमा परेको बताए ।

गोदावरी नगरपालिका ४ मा दुई सय र वडा नम्बर ५ मा दुई सय ५० घर जलमग्न भएको प्रशासनले जनाएको छ । अविरल वर्षापछि भएको डुबानले घर भत्किदा एक परिवार चार जना विस्थापित भएपनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका चारजना र धनगढीको बेली गाउँका चारजना गरी आठ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा धनगढी विमानस्थल क्षेत्रमा २१३.२ मिलिमिटर र कञ्चनपुरमा २७१ मिलिमिटर वर्षा मापन गरिएको छ । आज, साँझ ५ः ०५ बजेको मापन अनुसार कैलालीमा रहेका प्रमुख नदीहरुमा जलस्तर खतराको तह भन्दा भन्दा तल छ । कर्णाली नदीमा पानी बढ्दो भएपनि, खतराको तह पार नगरेकोे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वस्तीमाथि अग्लो सडक र ढल भएका कारण पानी थुनिदा धनगढी जलमग्न भएको नगरवासीहरु बताउँछन ।

सूचना अधिकारी जोशीले गएराति देखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै दुई हजार घरमा पानी पसेको बताए । जसमा धनगढीका ३, ४, १३, १, ७ र ११ नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ ।

 

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वानः जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरुका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छन । इटालीको रोममा जारी राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको ४४औँ महासभा अन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरुसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उहाँले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब ढिला गर्न नहुने बताइन ।

उनले भभनिन् “अतिकम विकसित, भूपरिवेष्ठित र साना टापू राष्ट्रहरु जलवायु परिवर्तनको ठूलो जोखिममा परिरहेका छन् । यसले ती देशमा कृषि उत्पादन र जिवीकोपार्जनमा समेत नराम्रोसँग असर गरिरहेको छ । आफ्ना एजेण्डामार्फत विश्वमा सहकार्य गर्न नेपालले हालै सगरमाथा संवाद सम्पन्न गरेको छ । आगामी दिनमा सबै राष्ट्रबीच साझा एजेण्डासहित सहकार्य जरुरी छ ।”

उनले हिमाली राष्ट्रहरूका लागि जलवायु अनुकूलन वित्तीय सहयोग, प्रारम्भिक चेतावनी प्रणाली र ग्रामीण पूर्वाधारहरुको विकास आवश्यक रहेकोमा पनि जोड दिइन । जलवायुजन्य जोखिमसँग जुध्न सर्वसुलभ र समावेशी उपाय सहित अन्तर्राष्ट्रिय लगानी र क्षमता विकासका काम अपरिहार्य रहेको  उनले बताइन ।

मन्त्री डा राणाले भनिन् “प्रविधि, सहकार्य र ऐक्यबद्धताले मात्र सम्भावना र उपलब्धि बीचको खाडललाई पुर्न सक्नेछ । नेपालले दक्षिण–दक्षिण र उत्तर–दक्षिण सहयोग प्रवद्र्धन, प्रविधि स्थानान्तरण, बजारमा विस्तार तथा वित्तीय स्रोतमा पहुँचका लागि सदैव आग्रह गर्दै आएको छ ।”

अहिले नेपालसहितका यी देशहरुले खाद्य असुरक्षा, कुपोषण, जलवायु परिवर्तन जस्ता साझा संकटको सामना गरिरहेका र यसले प्राप्त उपलब्धिलाई पनि खतरामा पारिरहेको उनले बताइन । मन्त्री डा राणाले नेपालले जलवायुजन्य विपद्, कमजोर पूर्वाधार, जैविक विविधताको क्षय, प्रविधि तथा वित्तमा सीमित पहुँचजस्ता बहुआयामिक चुनौतीको सामना गरिरहेको बताइन ।

एफएओद्वारा अघि सारिएको ‘फोर बेटर’ अर्थात ‘राम्रा चार’ जस्तै राम्रो उत्पादन, राम्रो पोषण, राम्रो वातावरण र राम्रो जीवनले कृषि प्रणालीमा रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । राम्रो उत्पादन अन्तर्गत नेपालले जलवायुमैत्री खेती प्रणाली, पहाडी क्षेत्रमा बढीमूल्यका बाली र स्थानीय नवीनता तथा कृषिमा आधुनिकीकरण गरिरहेको र राम्रो पोषण अन्तर्गत विशेष समुदाय लक्षित पोषिलो खाद्यान्न प्रवद्र्धन गरिरहेको बताइन ।

त्यसैगरी राम्रो वातावरण अन्तर्गत नेपालले पुनःप्रजनन कृषि, माटो तथा जल र जैविक विविधता संरक्षणमा प्राथमिकता दिएको र राम्रो जीवनतर्फ महिला, युवालगायत साना किसान तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता, सामाजिक सुरक्षा, ग्रामीण पूर्वाधार र सेवामा पहुँच विस्तार गरेर जीविकोपार्जनमा सुधार ल्याएको बताइन ।

मन्त्री डा राणाले कृषि क्षेत्रमा नेपालमा ६० प्रतिशतभन्दा बढी जनशक्ति संलग्न रहेको र राष्ट्रिय उत्पादनमा कृषिको २३ प्रतिशत योगदान रहेको उल्लेख गर्दै कृषि रोजगारीको माध्यम मात्र नभई पोषण र जीवनयापनको माध्यम भएको पनि बताइन ।

हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृत्यु र कम्तिमा २० जना घाइते

काठमाडौं । तेलङ्गानाको संगारेड्डी जिल्लाको पसामिलाराम औद्योगिक क्षेत्रमा रहेको एक रिएक्टरमा विस्फोट भएपछि ठूलो आगलागी भएको छ।

यो दुर्घटना त्यहाँको सिगाची केमिकल्स कारखानामा भएको बताइएको छ। दुर्घटनामा करिब २० जना गम्भीर घाइते भएका छन्।

मिडिया रिपोर्टका अनुसार यस दुर्घटनामा छ जनाको मृत्यु भएको बताइएको छ तर पाटन्चेरुका विधायक महिपाल रेड्डीले मृत्यु हुनेको संख्या अहिले नै खुलाउन नसकिने बताए।

बीबीसीले अहिलेसम्म यी मृत्यु हुनेहरूको संख्या पुष्टि गरेको छैन। घटनापछि दमकलका गाडीहरू घटनास्थलमा उपस्थित छन् र आगो नियन्त्रणको प्रयास भइरहेको छ।

इजरायलले इरानको जेलमा आक्रमण गर्दा ७१ जनाको मृत्यु

काठमाडौं : इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो।

‘इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ जनाको मृत्यु भएको छ,’ जहाँगीरले इरानको न्यायपालिका समाचार सेवा मिजानमा भने।
युद्धविराम घोषणा भएपश्चात पनि इजरायलले उक्त जेलमा आक्रमण गरेको इरानी पक्षको आरोप छ। उक्त जेलमा राजनीतिक कैदीहरू रहेको बताइएको छ। यसले इरानको सैन्य र आणविकमात्र नभएर इजरायलले त्यसभन्दा बाहिरको क्षेत्रलाई पनि ‘टार्गेट’ बनाएको विश्लेषकहरूको भनाइ छ।
आक्रमणपछि बाँकी रहेका बन्दीहरूलाई तेहरान प्रान्तका अन्य जेलहरूमा स्थानान्तरण गरिएको छ। एभिन जेलमा विभिन्न विदेशी नागरिकहरू पनि थुनामा रहेका छन्। जसमा दुई फ्रान्सेली नागरिकहरू सेसिल कोहलर र ज्याक पेरिस रहेका छन्। उनीहरू तीन वर्षदेखि थुनामा छन्।

फ्रान्सका विदेशमन्त्री जीन नोएल ब्यारोटले आक्रमणको निन्दा गर्दै जेलमा रहेका आफ्ना नागरिक असुरक्षित रहेको बताएका छन्। उनले यस्ता कार्य अस्वीकार्य भएको बताएका छन्। यस आक्रमणको घोर विरोध गर्दै अन्तर्राष्ट्रिय समुदायका विभिन्न निकायहरूले इजरायलको कदमलाई निन्दा गरेका छन्।

अविरल वर्षाले धनगढीमा हजारौँ प्रभावित, ११ जनाको उद्धार, सबै निकायलाई तयारीमा रहन मुख्यमन्त्रीको निर्देशन

कैलाली – सुदूरपश्चिम प्रदेशमा निरन्तर परेको अविरल वर्षाले जनजीवन संकटमा परेको छ। धनगढी उपमहानगरपालिका क्षेत्रका हजारौँ घर डुबानमा परेका छन् भने सुरक्षाकर्मीहरूले बाढीबाट फसेकाहरूको उद्धार गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी–७ बेली गाउँका सिताराम रानाको घर डुबानमा परेपछि उनीसहित चार जना र सोही ठाउँका थप जना तथा धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनालाई सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएका परिवारहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको जिल्ला प्रहरी कार्यकाल कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडामा झन्डै एक हजार घरमा पानी पसेको छ।

३ सय भन्दा धेरै घर डुबानमा छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा धनगढी विमानस्थल क्षेत्रमा २१३.२ मिलिमिटर र कञ्चनपुरमा २७१ मिलिमिटर वर्षा मापन गरिएको छ। विभागले खतराको संकेत जारी गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मी र सबै निकायलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

यसैबीच, गोदावरी नगरपालिकामा १२ ओलानीका ४३ वर्षीय रामबहादुर बुढाको आफ्नै घरअगाडि सर्पले टोक्दा मृत्यु भएको छ दाहिने खुट्टामा टोक्दा गम्भीर घाइते भएका उनला उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उनको उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यकालले जनाएको छ प्रशासनले डुबान र बाढी प्रभावित क्षेत्रका सबै नागरिकलाई सुरक्षित बस्न र सतर्कता अपनाउन आग्रह गरेको छ।

भारत जाने विमानमा फेरि सर्प

काठमाडौं । मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्याण्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो । ‘भन्सार अधिकारीहरूले थाइल्याण्डबाट फर्केका यात्रुबाट जफत गरिएका १६ वटा जीवित सर्पसहित वन्यजन्तु तस्करीको अर्को प्रयासलाई विफल तुल्याएका छन्’, भारतीय वित्तीय केन्द्रको विमानस्थलमा भन्सार अधिकारीहरूले भने ।

आइतबार आइपुगेका यात्रुलाई पक्राउ गरिएको छ । भन्सार एजेन्सीले एक विज्ञप्तिमा भन्यो, ‘थप अनुसन्धान भइरहेको छ ।’

जीवित सर्पहरूमा प्रायः घरपालुवा जनावरको व्यापारमा बेचिने सरीसृपहरू समावेश थिए र धेरैजसो विषरहित वा मानिसहरूलाई असर गर्नसक्ने विष धेरै कमजोर थियो ।

तीमध्ये गार्टर सर्प, राइनो र्‍याट सर्प र केन्याली स्यान्ड बोआ पनि थिए । जुनको सुरुमा भन्सार अधिकारीहरूले थाइल्याण्डबाट आएका दर्जनौं विषालु भाइपर तस्करी गर्ने यात्रुलाई रोकेका थिए ।

केही दिनपछि अधिकारीहरूले छेपारो, सनबर्ड र रुख चढ्ने पोसमसहित एक सयवटा जीव बोकेका अर्का यात्रीलाई रोकेका थिए ।

जङ्गली जनावर र बोटबिरुवाको तस्करीसँग लड्ने वन्यजन्तु व्यापार मोनिटर ट्राफिकले विदेशी घरपालुवा जनावरको व्यापारद्वारा सञ्चालित तस्करीमा ‘धेरै चिन्ताजनक’ प्रवृत्तिको चेतावनी दिएको छ ।

पछिल्लो साढे तीन वर्षमा थाइल्याण्ड–भारत हवाई मार्गमा ७ हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको छ ।

कैलालीकाे मोहना नदीकाे बाढीले सतर्कता तह नाघ्याे, सतर्क रहन आग्रह

धनगढी: कैलालीको मोहना नदीको बाढी बढ्दो क्रममा रहेकाे छ। माेहना नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्मै सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। जोखिम क्षेत्रका बासिन्दालाई विभागले एसएमएस पठाउँदै सतर्कता अपनाउन भनेको हो।

मोहना नदीको जलमापन केन्द्रमा अहिले बाढीको सतह सतर्कता तह नाघेको छ। बाढी बढ्दो क्रममा रहेकाले सतर्क रहन भनिएको हो।

आज बिहान साढे ७ बजेसम्म मोहना नदीको जल मापन केन्द्रमा बाढीको सतह ३.०६ मिटर पुगेको छ। ३ मिटरसम्म पुगेमा सतर्कताको तह र ३.६० मिटर पुगेमा खतराको तहमा पुगेको मानिन्छ।

कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी ‘ननग्रेडेड’

धनगढी : कैलालीको कैलारी गाउँपालिकाका ९० प्रतिशत विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा फेल भएका छन्। कैलारी गाउँपालिकाका सामुदायिक विद्यालयको २०८१ को एसइईको नतिजा लज्जास्पद आएको हो।

कैलारीबाट एसइईमा सहभागी नौ विद्यालयका १० प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका छन्। ९० प्रतिशत विद्यार्थी ननग्रेडेड (फेल) भएको कैलारी गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ। शाखा प्रमुख गणेशप्रसाद मिश्रले ४०२ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ४१ जना मात्र ग्रेडेड भएका बताए।

दिपेन्द्र माध्यमिक विद्यालय, हसुलियाका ५२ परीक्षार्थीमध्ये १६, राष्ट्रिय माध्यामिक विद्यालयको ८१ परीक्षार्थीमध्ये आठ, जनकल्याण मावि पवेराको ५६ परीक्षार्थीमध्ये एक, सरस्वती मावि खरुवाखेराको ३८ परीक्षार्थीमध्ये दुई जना मात्र ग्रेडेड भएका छन्।

यस्तै, जानकी मावि बनकट्टाको २५ परीक्षार्थीमध्ये तीन, लक्ष्मी मावि पृथ्वीपुरको ४३ परीक्षार्थीमध्ये चार र जनता मावि गदरियाको ५० परीक्षार्थीमध्ये छ जना ग्रेडेड भएका छन्।

राष्ट्रिय मावि भुईयाफाँटा भने लगातार दोस्रो पटक निल भएको छ। सो विद्यालयबाट २०८१ को एसइई परीक्षामा २४ जना विद्यार्थी सामेल भएका थिए। गत वर्ष पनि यो विद्यालयको एसइई नतिजा शून्य रहेको थियो।

शैक्षिक सुधारको सक्दो प्रयासका बाबजुद पनि लगातार दोस्रो पटक नतिजा निल आउनु ठुलो चिन्ताको विषय रहेको राष्ट्रिय मावि भुईयाँफाँटाका प्रधानाध्यापक रामकुमार चौधरीले बताए। नजिता निल आउनुमा एउटै पक्षको मात्रै कमी कमजोरी नरहेको उनले बताएका छन्। गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेशप्रसाद जोशीले विद्यालयको नतिजा निल आउनुमा शिक्षकको मुख्य कमजोरी रहेको बताए।

कैलारीमा निजी विद्यालयबाट एसइईमा सहभागी ६७ जनामध्ये ३० जना (४५ प्रतिशत) परीक्षार्थी ग्रेडेड भएका छन्।

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ। कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ। जसमध्ये २३ हजार २७८ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। वर्षा हुने क्रम जारी भएकाले अबको दुई साताभित्रै धान रोपाइँको कार्य ८० प्रतिशतसम्म सकिने उनले बताए।

धानको उत्पादन प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ। किसानले विशेषगरी सर्जु ५२ जातको धानको खेती बढी गर्दै आएका छन्। त्यसपछि राधा ४, सुख्खा १ र २, बहुगुणी लगात धानको खेती हुने गरेको छ। सिँचाइको सुविधा पुगेका क्षेत्रमा चैते धानखेती हुन थालेकाले धानको उत्पादन प्रतिवर्ष बढ्दो रूपमा रहेको अधिकृत साउदको भनाइ छ।

वर्षा ढिलो गरी भए पनि सिँचाइको उपलब्धताले किसानले धान रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन्। महाकाली सिँचाइको सुविधा पुगेका क्षेत्रमा किसानले जेठको अन्तिम सातादेखि नै रोपाइँको कार्य गर्दै आएका छन्। नहर नभएका क्षेत्रमा किसानले असारको पहिलो सातादेखि नै स्यालो ट्युवेल, डिप ट्युवेलबाट सिँचाइ गरी खेत हिल्याएर रोपाइँको कार्य गर्दै आएका हुन्।

भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका लगायतका केही क्षेत्रमा महाकाली सिँचाइको नहरबाट सिँचाइ सुविधा उपलब्ध छ। अन्य क्षेत्रका किसानले निजी र अनुदानमा जडान गरिएका स्यालो ट्युवेल, डिप ट्युवेलबाट धान रोपाइँका लागि सिँचाइ गर्दै आएका छन्। सिँचाइको सुविधा नपुगेका आकासेपानीको भरमा रोपाइँ गर्ने किसानले समेत गएरातिदेखि आज बिहानसम्म परेको वर्षाको पानीबाट धान रोपाइँको कार्यलाई अगाडि बढाएका छन्।

शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीले पर्याप्त वर्षा नहुँदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरी धान रोपेको बताए। “समयमै रासायनिक मल पायौँ,” उनले भने, “अनुदानमा खेतमा स्याले ट्युवेल गाडेका छौँ, त्यसबाटै सिँचाइ गरी धान राप्ने कार्य गरिएको छ।”

लागत खर्च बढे पनि रोपाइँ समयमै भएकाले धानको उत्पादन बढ्नेमा आशावादी भएको उनको भनाइ छ। धानको बीउबिजन, विषादी, कृषि औजार मेसिनलगायतमा किसानलाई कृषि ज्ञान केन्द, पालिकालगायतले आधुनिक तरिकाले खेती गर्नका लागि किसानलाई अनुदान दिने कार्य गर्दै आएका छन्। किसानले हाल स्थानीय जातभन्दा बढी उत्पादन दिने वर्णशङ्कर (हाइब्रिड) जातका धान बढी रोप्ने गरेका छन्।

कञ्चनपुरका अधिकांश स्थानमा ‘भारी’ वर्षा, भोलिसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । कञ्चनपुरका अधिकांश स्थानमा ‘भारी’ वर्षा भएको छ । त्यहाँ थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भई बहने अधिकांश नदीमा बाढीको जोखिम छ । मंगलबार (असार १७) बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असार १६, बिहान ११ः५० बजे । कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने, सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा तथा डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न/जानुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यसअघि कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा भएको जनाएको थियो ।

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

अविरल वर्षापछि ऐश्वर्य विद्या निकेतनको पठनपाठन बन्द

धनगढी, १६ असार ।
अविरल वर्षाका कारण विद्यालय क्षेत्र जलमग्न भएपछि धनगढीको ऐश्वर्य विद्या निकेतनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

ऐश्वर्य विद्या निकेतनका निमित्त प्राचार्य सञ्जय पन्तले एक सूचना जारी गरी अविरल वर्षापछि विद्यालय परिसर जलमग्न भएकोले एक दिनका लागि विद्यालय बन्द गरिएको जनाएका छन् ।

अविरल वर्षाका कारण आवातजावतमा कठिनाई हुनुका साथै विद्यालय परिसर जलमग्न भएकोले एक दिनका लागि नर्सरी देखि १२ सम्मको पठनपाठन बन्द गरिएको पन्तद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

 

अविरल वर्षापछि धनगढीका अधिकांश क्षेत्र जलमग्न

धनगढी, १६ असार ।

गएराति देखि परेको अबिरल बर्षाका कारण धनगढीका अधिकांश क्षेत्र जलमग्न भएका छन ।

प्रदेशको राजधानीका साथै प्रमुख ब्यापारिक केन्द्र समेत रहेको धनगढीका रातोपुल, हसनपुर, शिवनगर, बिशालनगर क्याम्पसरोड लगायतका अधिकांश स्थान डुबानमा परेका छन । रातोपुका करिब आधा दर्जन पसलमा पानी पसेपछि ब्यापारीहरुलाई समान जोगाउन हम्मेहम्मे परेको छ ।

रातभरी पानी परेपछि बिहानै रातोपुलमा रहेको आफ्नो पसल पुगेका शुसिल शाहले डुबान बढ्दै गएकोले यहाका अधिकांश पसल भित्र पानी पस्न शुरु भएको बताए ।

उनले पानीको उचित निकास नहुदा बर्षेनी यस्तो समस्या झेल्दै आइरहेको बताए ।

राति ३ बजेदेखि भएको अवरिल वर्षापछि धनगढीका बिभिन्न भाग डुवानमा परेका हुन् ।

प्रहरीले अविरल वर्षापछि धनगढीका बिभिन्न भाग जलमग्न भएपनि भौतिक र मानवीय क्षति भने नभएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा सम्बन्धी विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण

धनगढी:  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

प्रदेशसभाबाट जेठ १९ गते पारित भएको उक्त विधेयकलाई आज प्रदेश प्रमुखले प्रमाणीकरण गरेका हुन्। असार १२ गते विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख कार्यालयमा पत्र प्राप्त भएको थियो। तीन दिनसम्मको अध्ययनपछि आज प्रदेश प्रमुख मियाँले विधेयकमा हस्ताक्षर गरेको प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अलीले जानकारी दिए ।

लामो समयदेखि प्रतीक्षित यो विधेयकले अब सुदूरपश्चिम प्रदेशभित्रका स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सेवा प्रवाह र कार्यसम्पादनको स्पष्ट आधार तयार गर्ने अपेक्षा गरिएको छ।

सङ्घीयता कार्यान्वयनसँगै कर्मचारीको व्यवस्थापन सम्बन्धी कानुनी खाँचो रहेको भन्दै स्थानीय सेवा गठन सम्बन्धी विधेयक प्रदेशसभामा लामो समयदेखि विचाराधीन थियो। प्रदेश प्रमुखले विधेयक प्रमाणीकरण गरेपछि अब राजपत्रमा प्रकाशित हुने छ । त्यसपछि कार्यान्वयन प्रक्रियाले गति लिनेछ।

एसइई नतिजा सुधारका लागि सबै विकल्प अपनाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा निकै उत्साहजनक आएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आज श्रव्यदृश्य सन्देश जारी गर्दै नतिजा सुधारका लागि सबै विकल्प अपनाएको बताए। उनले आफूले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको र सोही अनुसार सुधारका लागि सम्पूर्ण विकल्प अपनाएको बताए।

यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सबैलाई बधाई दिएका छन्। उनले गत वर्षको निराशाजनक नतिजाले सबैलाई चिन्तित तुल्याएको उल्लेख गर्दै नतिजा सुधार्न हरकुनाका विद्यार्थीसँग सिधै जोडिएर काम गरेको बताए।

‘गत वर्षको निराशाजनक नतिजाले हामी सबैलाई चिन्तित तुल्याएको थियो। परिमाण हेर्दा अनुत्तीर्ण हुनेमा प्रायः जसो दुर्गम क्षेत्रका विद्यार्थी रहेका पायौँ। हुन त चुनौती थुप्रै थिए। समय थोरै थियो। गाउँगाउँका विद्यार्थीसँग पुग्नु थियो,’ प्रधानमन्त्री ओलीले श्रव्यदृश्य सन्देशमा भनेका छन्, ‘कसैगरी हरविद्यार्थीसँग उत्कृष्ट शिक्षा सामग्रीसहित हौसला पुर्‍याउनु थियो तर चुनौती छन् भनेर उम्किने छुट हामीलाई थिएन। त्यसैले दृढ विश्वासका साथ संसद्मै यस वर्षको एसइई नतिजा सुधार्ने प्रतिबद्धता व्यक्त गरेको थिए। र सुधारका लागि सम्पूर्ण विकल्पहरु अपनायौं।’

एसइईको परीक्षा सुधार गर्ने अभियान गाउँगाउँका विद्यार्थी भौतिक कक्षाका साथै मोबाइल पढ्न थालेका प्रधानमन्त्री ओलीले बताए। उनले भौतिक कक्षा र मोबाइलबाहेक मार्गदर्शनको आवश्यकता रहेका विद्यार्थीलाई करिब २०० भन्दा शिक्षकशिक्षिकामार्फत नियमित ‘अनलाइन’ कक्षासमेत दिइएको जानकारी दिए।

‘इन्टरनेट नभएको ठाउँमा नेपाल टेलिकमले निःशुल्क डाटाको व्यवस्था गर्‍यो। म आफैँले विद्यार्थीसँग प्रत्यक्ष संवाद गरेर हौसला दिए। जसले गर्दा छोटो समयमा नै एक लाख ५० हजार विद्यार्थी हाम्रो यस अभियानबाट लाभान्वित भए,’ प्रधानमन्त्री ओलीले भने, ‘तर हाम्रो यी सारा प्रयास हुँदाहँुदै पनि यदि विद्यार्थीको मिहेनत नभएको भए यस वर्षको नतिजामा सुधार हुने थिएन।’

प्रधानमन्त्री ओलीले परीक्षामा सफलता पाउन नसकेका विद्यार्थीलाई यसैलाई जीवनको अन्तिम परीक्षा नठान्नसमेत आग्रह गरे। उनले श्रव्यदृश्य सन्देशमा सरकारले एसइई परीक्षा सुधार्न गर्न थालेको अभियान मौका परीक्षा दिने विद्यार्थी र आगामी वर्ष एसइई दिने विद्यार्थी सबैका लागि जारी रहेको भन्दै यसबाट लाभ उठाउन आग्रह गरे।

छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु

काठमाडौं । भारतको पञ्जाबस्थित फिरोजपुरमा क्रिकेट खेल्ने क्रममा एक ब्याट्सम्यानको हृदयघात भएर मृत्यु भएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक युवक ब्याटिङ गरिरहेको र छक्का पनि प्रहार गरेको देख्न सकिन्छ । तर, छक्का प्रहार लगत्तै ती युवक भुइँमा थचक्क बसेका थिए ।

सँगै रहेका साथीहरू उनको अवस्था बुझ्नलाई नजिकै पुग्दा उनी भुइँमा पल्टिन्छन् ।

त्यसपछि मैदानमा उपस्थित अन्य साथी खेलाडीहरूले उनलाई कार्डियोपल्मोनरी रिससिटेशन (सीपीआर) दिन्छन् । तर, उनको मृत्यु हुन्छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार फिरोजपुरको डीएभी स्कूल मैदानमा क्रिकेट खेल खेलिरहेको बेलामा हरजीत सिंहको मृत्यु भएको हो ।

नेपाल प्रहरीसम्बन्धी विधेयक छिटो टुंग्याउन गृहमन्त्री लेखकको जोड

काठमाडौं। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकलाई छिटोभन्दा छिटो टुंग्याउन संसदीय समितिलाई आग्रह गरेका छन्। आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो विधेयकलाई यसै अधिवेशनमा पेस गर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिए।
गृहमन्त्री लेखकले नेपाल प्रहरीसम्बन्धी कानून देशकै सबैभन्दा पुरानामध्येको एक भएको उल्लेख गर्दै यसलाई अहिलेसम्म समयसापेक्ष संशोधन र परिमार्जन गरिसक्नुपर्नेमा ढिलाइ भएको बताए। उनले भने, “चाँडोभन्दा चाँडो यसै अधिवेशनमा प्रस्तुत गर्नेगरी हिजो जसरी नागरिकता विधेयकलाई उच्च प्राथमिकता दिएर प्रतिनिधि सभाबाट पारित नै गर्ने अवस्था यो समितिबाट भयो। यो कानूनलाई पनि त्यति नै प्राथमिकताका साथ अघि बढाइदिनुहुनेछ भन्ने आग्रह गर्दछु।”

गृहमन्त्री लेखकले विधेयकमा प्रहरीका जवानहरूलाई ‘तल्लो स्तरका’ नभनिकन ‘आधारभूत तहका’ भन्नुपर्ने प्रस्ताव गरिएको जानकारी दिए। उनले सरकार कानूनलाई राम्रो बनाएर निष्कर्षमा पुर्‍याउन तत्पर रहेको बताए।

निजामती विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले उक्त विधेयक पारित गरियोस् भनेर संसद्‌मा प्रस्ताव राखेका थिए । अधिकांश सांसदले विधेयकको पक्षमा हात उठाएपछि सभामुख देवराज घिमिरेले बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

विधेयकको विपक्षमा सांसद प्रेम सुवाल मात्र उठेका थिए ।

भिजिट भिसा प्रकरणमा राष्ट्रपति जोडिएपनि कारबाही गरिनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री ,प्रधानमन्त्री र राष्ट्रपति नै जोडिएपनि कारबाही गरिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएको उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले यस मुद्दालाई कुनै दल विशेषको एजेन्डा नबनाएर सबैले साझा एजेन्डाको रूपमा अगाडि लैजानुपर्ने समेत बताए ।

‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ । संसद्मा त एक अर्काप्रति आरोप प्रत्यारोप गरौँला तर नेपाली जनताले चाहिँ के भन्छन्?,’ उनले भने, ’आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ । ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ। आज हामीले उनीहरूको चित्कार सुन्नुपर्छ कि पर्दैन? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरू मन्त्री, प्रधानमन्त्री जो भए पनि कारबाही गर्नुपर्छ कि पर्दैन। त्यसकारण सबै एक ठाउँमा उभिएर भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाऔँ ।’

उनले सरकारले संसद्मा सङ्ख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाए ।

‘ऊनको स्वीटर’ ले मनायो ५१ दिने उत्सव

काठमाडौं– व्यवसायिक रुपमा सफलता हासिल गरेको नेपाली फिल्म ऊ‘नको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ ।

देशभरका करिब ४० वटा सिनेमा हलमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यो फिल्मको सफलता साट्न आयोजित कार्यक्रममा फिल्म युनिट, शुभ चिन्तक, लगातार ५१ दिनसम्म प्रदर्शन गरिरहेका सिनेमा हलका प्रतिनिधि, वितरकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।

कार्यक्रममा फिल्म युनिट, सिनेमा हलहरू तथा स्वदेशी तथा ओभरसिज वितरकहरूलाई निर्माता संस्था आर्टमाण्डुका निर्देशक एवं ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहान, निर्माणमा सहकार्य गरेको केन्द्र मोशन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बु, कार्यकारी निर्माताहरू मिलन खत्री र सागर बुढाथोकी लगायतले प्रशंसा पत्र प्रदान गरे ।

उक्त अवसरमा विभिन्न पोस्टरहरूद्वारा सजाइएको तीन तले केक काटेर उत्सव मनाइएको थियो । निर्देशक नवीन चौहान तथा कलाकारहरू विपिन कार्की र मिरुना मगरले सबै दर्शक, शुभचिन्तक तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरे । निर्देशक चौहानले फिल्मले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको भन्दै खुसी व्यक्त गरे ।

सुदूरपश्चिममा भारी वर्षा

कैलाली । सुदूरपश्चिम प्रदेशको धनगढीमा भारी वर्षा भएको छ ।

आइतबार बिहानदेखि भारी वर्षा भइरहेको छ । बिहान साढे सात बजेपछि केही समय रोकिएको वर्षा  दिउँसो दुई बजेपछि पुन: सुरु भएको हो ।

भारी वर्षासँगै धनगढी जलमग्न भएको छ । यस्तै डुबान हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सावधानी अपनाउनु आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्री पौडेल अस्पताल भर्ना

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल अस्पतालमा भर्ना भएका छन।
ज्वरो आएपछि उनलाई शनिबार राति वीर अस्पतालमा भर्ना गरिएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उनको वीर अस्पतालको भीआईपी क्याबिनमा उपचार भइरहेको छ।

उनलाई लामो समयदेखि रुघाखोकी र ज्वरो आउनुका साथै स्वास्थ्यमा कमजोरी देखिएपछि केही दिन घरमै आराम गरेपछि काममा फर्किएका थिए। शुक्रबार थाइल्याण्डको बैंककमा मन्त्रीस्तरीय बैठकमा सहभागी भएर स्वदेश फर्किए लगत्तै उनी पुनः बिरामी परेका हुन।

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री बस्नेत अदालतमा बयान दिँदै

काठमाडौं। भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्।
उनको अहिले बयान लिने काम भइरहेको अदालत प्रशासनले जानकारी दिएको छ।

उनको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेको छ। बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ।

सिन्धुपाल्चोकका निर्वाचित सांसद समेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने मन्त्रिपरिषद्मा मात्र निहित अधिकारको अपव्याख्या गरी ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण र प्रणाली सञ्चालन गर्न निर्देशन दिएको अख्तियारको आरोप छ।

टेरामक्सका लागि परामर्शदाताको मुख्य काम डिजाइन, डेभलप, सप्लाई, सफ्टवेयरको स्थापना लगायतका कुनै कार्य नगरी सामान आपूर्ति गरेबापत १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रुपैयाँ भुक्तानी दिइएको थियो। भुक्तानी भएको रकमको अतिरिक्त सम्झौताबमोजिम दायित्व सिर्जना भएको थप रकम पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई हानी नोक्सानी भएको अख्तियारको अनुसन्धानले देखाएको छ।

यस प्रकरणमा १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ।यस प्रकरणका अन्य अभियुक्तहरू प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, नेपाल सरकारका पूर्वकानुनमन्त्री धनराज ज्ञवाली, प्राधिकरणका सञ्चालक समिति सदस्य टीकाप्रसाद उप्रेतीलगायत छन्।

यस्तै प्राधिकरणका निर्देशकहरू विजयकुमार राय, सुरेन्द्रलाल हाडा, दीपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र, सन्दीप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीपकुमार गुरुङ र तेजप्रसाद खरेल पनि यस मुद्दाका अभियुक्त हुन्।

रामहरिलाई डिपीको जवाफ- म चोरेर खाने मान्छे होइन

काठमाडौं। काठमाडाैं। भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानविन आयोग गठन गर्नुपर्ने माग राख्दै विरोध गरिरहेको रास्वपा र कांग्रेस सांसदबीच प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप भएको छ।
आइतबार बसेको बैठकमा रास्वपा सांसद डिपी अर्याल र कांग्रेस सांसद रामहरि खतिवडाबीच आरोप-प्रत्यारोप भएको हो। बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डिपी अर्याललाई बोल्न समय दिएका थिए।

सांसद अर्यालले यसअघिको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले झुठा आरोप लगाएको भन्दै आपत्ति जनाए। सुमिरे टुर्स एण्ड ट्राभल्स आफ्नो कम्पनी भएको भन्दै अर्यालले एक जना मान्छे भिजिट भिसामा बाहिर गएर नफर्केको प्रमाण दिन चुनौती दिए।

उनले आफू देशमा नै केही गरेर खाने मान्छे भएको र चोरेर खाने मान्छे नभएको जिकिर गरे। आफूमाथि लगाइएको आरोप निराधार भएको भन्दै उहाले संसद्को रेकर्डबाट खतिवडाको अभिव्यक्ति हटाउन माग गरे।

अर्यालले बोलेपछि कांग्रेस सांसद खतिवडाले आफूले कुनै सांसदको नाम किटान नगरेको भन्दै चोरको खुट्टा काट भन्दा झिकेजस्तो देखिएको बताए। कुनै पनि संस्थालाई छानविन गर्नुपर्छ भन्दा संसद थर्काउने काम भएको भन्दै उनले आपत्ति जनाए। खतिवडाले २०९ वटा म्यानपावरलाई अवैध रुपमा अनुमति दिनेमाथि पनि छानविन हुनुपर्ने उल्लेख गरे।

उनले डिपी अर्यालको शव्द रेकर्डबाट हटाउन माग गरे। दुई सांसदले बोलेपछि सभामुख घिमिरेले जिम्मेवार ढंगले सदनमा बोल्न आग्रह गरे। सदनमा गैर संसदीय भाषा प्रयोग गर्ने र एक अर्कामाथि नामै किटान गरेर बोल्ने कुरा उचित नभएको उनको भनाइ छ। त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले सदन बहिष्कार गरेका थिए।

रास्वपा र राप्रपा संसद्‌बाट बाहिरिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । भिजिट भिसा प्रकरणलाई लिएर नियमितरूपमा संसद्‌मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् ।

उनीहरू आफ्ना कुराहरू राखेर बाहिरिएका हुन् ।

तेहरानस्थित इभिन जेलमा इजरायली आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि

तेहरान- तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ।
तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो। उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन्।

“इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ।

इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले बताए।

जहाँगीरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरू साथै जेल नजिक बस्ने केही व्यक्ति पनि थिए।

न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल भत्किएको, छाना भत्किएको, छरिएर रहेका भग्नावशेष र प्रतीक्षालयमा रहेका सतहहरु भत्किएको देख्न सकिन्छ।

इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निशाना बनाइएको अदालतले बताएको छ।

आक्रमणको एक दिनपछि मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो। इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक रहेका छन्।

इन्डोनेसियामाथि फराकिलो जितसहित नेपाल सेमिफाइनलमा

काठमाडौं : इस्ट जोन कप यु-१६ क्रिकेटमा नेपालले इन्डोनेसियामाथि ३७० रनको फराकिलो जित दर्ता गर्दै सेमिफाइनल प्रवेश गरेको छ।

कोलालाम्पुरपस्थित सेलाङ्गोर ट्रफ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो।

नेपालले दिएको ४२१ रनको विजयी लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो।  इन्डोनेसियाका लागि ओपनर ब्याटर काभिन निरज चड्डाले सर्वाधिक १५ रन बनाए। दिभित नन्दाले १४ रन बनाउँदा अनय कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

२४ ओभर सकिँदा इन्डोनेसियाले ८ विकेट गुमाउँदै ५० रन पूरा गरेको थियो। त्यसपछि २५ औँ ओभरमा कप्तान विपिन शर्माले लगातार २ विकेट लिँदै इन्डोनेसियालाई ५० रनमा प्याक गरेका हुन्।

नेपालका लागि कप्तान विपिन प्रसाद शर्माले सर्वाधिक ६ विकेट लिए। उनले ७.३ ओभरमा २ मेडन सहित १२ रन खर्चेर ६ विकेट लिएका हुन्। सुगम बुढाथोकी र शुभम खनालले समान १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको नेपालका लागि व्यक्तिगततर्फ ओपनर प्रसिद्ध जैशीले सर्वाधिक १३२ रनको शतकीय पारी खेले। उनले ११४ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

प्रसिद्धले रौनक श्रीवास्तवसँग तेस्रो विकेटका लागि १४८ रनको शतकीय साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनरद्वय प्रसिद्ध र परिमार्जन यादवले १३० रनको शतकीय साझेदारीसहित नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

परिमार्जनले ७१ रनको पारी खेले। रौनक श्रीवास्तवले ८८ र जोए थाथाले ५७ रनको अर्धशतकीय पारी खेले। तीन ब्याटरको अर्धशतक र प्रसिद्धको शतकको साथमा नेपालले बोर्डमा बलियो स्कोर बनाएको हो।

नेपालले ४८ ओभरमा ५ विकेट गुमाउँदै ४०० रन पूरा गरेको थियो। त्यसपछिको २ ओभरमा २० रन जोड्यो । सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे।

इन्डोनेसियाका लागि केतुत डर्मा पुत्राले सर्वाधिक २ विकेट लिए। काभिन निरज चड्डा, महेन्द्र युद्ध प्रतामा र रयान रिजाले १–१ विकेट लिए।

समूह ‘ए’मा रहेको नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेट र दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भुटानसँग खेल्नेछ।

भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन् ।
पूर्वमन्त्री बस्नेतले विशेष अदालतमा उपस्थित हुन पाँउ भनी निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बस्नेतको बयान हुँदैछ ।

बयान सकिएपछि आजै थुनछेक बहस हुने तयारी छ ।

बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो । मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित छन् ।

तत्कालीन मन्त्री बस्नेत नेतृत्वमा नेपाल दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट र कार्यक्रमबारे छलफल भएको थियो । त्यसपछि प्राधिकरणले बजेट र कार्यक्रम स्विकृत गर्ने प्रस्ताव मन्त्रालयमा पठायो । अर्थशास्त्री विमला पोखरेलको नामबाट शुरु भएको राय उपसचिव, सहसचिव हुँदै मन्त्रालयका तत्कालीन सचिव महेन्द्रमान गुरुङसमक्ष पेस भएको थियो ।

२३ भदौ २०७४ मा मन्त्री बस्नेतले दुरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गरिएको भनी लेखेका छन् । त्यही निर्णयमा एउटा वाक्य घुसाउँदै उनले थपेका छन्, ‘यसका साथै इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी (भ्वाईस ओभर इन्टरनेट प्रोटोकल, जसलाई बोलीचालीको भाषामा कल बाईपास भनिन्छ), नियन्त्रणका लागि उपयुक्त इक्युपमेन्ट र सिस्टम सञ्चालन गर्ने ।’

भ्रष्टाचार मुद्दा दायर हुनुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर बयान दिँदा उनले कसैको गोपनीयता भंग गर्ने र कल डिटेल हेर्ने उद्देश्यले आफूले त्यो प्रणाली स्थापनाको निर्णय नगरेको जिकिर गरेका थिए ।

हिलोमा नपसेसम्म देश समुन्नत बन्न सक्दैन: कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन्।

आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन्। ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ। तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन।’

अधिकारीले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए। आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको स्वीकार्दै उनले मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए।

खोज्नुहोस