अब कांग्रेस र एमालेले दुई जना गभर्नर नियुक्त गरोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई जना गभर्नर बनाउन व्यङ्ग्यात्मक सुझाव दिएका छन् । उनले गभर्नर नियुक्तिमा दुई दलबीच लडाइँ चलेको उल्लेख गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नु छ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस् भन्छु । चल्या छ लडाइँ, दुई वटा गभर्नर बनाउनुस् न, एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को काम पनि गर्नुहोस् । ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस् ।’

उनले अहिले नेपालमा दलीय करणको अभ्यास भइरहेको बताए । उनले  गभर्नर एउटा बिचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने बनाउन आग्रह गरे ।

नेपालमा जन्मिएका सारु बेलायतमा बने मेयर

बेलायत । नेपालमा जन्मिएका भूतपूर्व गोर्खा क्याप्टेन भीम सारु मगर बेलायतको ननिटन बेडवर्थ बरोको मेयरमा निर्वाचित भएका छन् ।

आज ननिटनको काउन्सिल हलमा सम्पन्न बार्षिक बैठकमा भएको निर्वाचनमा सत्तापक्ष लेबर पार्टीका काउन्सिलर क्याप्टेन सारु, मेयर पदमा निर्वाचित भएक हुन् । लेबरका १९, कन्जरभेटिभबाट १७ र ग्रीन पार्टीका दुई जना काउन्सिलर रहेको बरोमा सारुले २० मत प्राप्त गरेका हुन् ।

उनका प्रतिस्पर्धी विल मार्कमले १५ मत प्राप्त गरे । अन्य चार जना काउन्सिलर निर्वाचन प्रक्रियामा अनुपस्थित थिए । मेयरमा निर्वाचित भएका सारुले आजै काउन्सिलको पूर्ण बैठकमा पद तथा गोपनियताको शपथ लिएक छन् । उनलाई निवर्तमान मेयर विल ह्यानकक्सले पद हस्तान्तरण गरेका छन् ।

बेलायतमा गोर्खा भर्तीको दुई सय बर्ष भन्दा लामो इतिहासमा पूर्व गोर्खाको तर्फबाट नेपालमा जन्मिएका व्यक्ति पहिलो पटक मेयरको रुपमा निर्वाचित भएका हुन् ।

पाल्पाको चिदिपानी चन्द्रवन, हालको माथागढी गाउँपालिका–१ मा जन्मिएका सौभाग्य माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पुरा गरेका छन् । त्यसपछि पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक पढ्दै गर्दा सन् १९९३ मा बेलायती सेनामा भर्ती भएक थिए ।

झण्डै तीन दशक ब्रिटिश सेनामा सेवा गरेका सारु हाल ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसनका अध्यक्षसमेत हुन् । उनी विगत चारबर्षदेखि बेलायती राजनीतिमा पनि सक्रिय छन् ।

 

मालीमा सबै राजनीतिक दल प्रतिबन्धित

काठमाडौं : पश्चिम अफ्रिकी मुलुक मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइएको छ । मालीमा सन् २०२० देखि सैन्य हुन्टाले शासन गरिरहेको छ ।

गत महिना आयोजित राष्ट्रिय सम्मेलनले सैन्य नेता जनरल अस्सिमी गोइटालाई सन् २०३० सम्म राष्ट्रपतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । उक्त सम्मेलनलाई विपक्षी पार्टीहरुले बहिष्कार गरेका थिए ।

राष्ट्रपति गोइटाले आदेश जारी गर्दै सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । बीबीसीका अनुसार गत वर्षदेखि माली सरकारले राजनीतिक दलमाथि दमन बढाएको थियो ।

गत साता मालीमा लोकतन्त्रको समर्थनमा आयोजित प्रदर्शनमा बन्दुकधारीको समूहले दुई जना विपक्षी नेतालाई नियन्त्रणमा लिएको थियो । ती बन्दुकधारीले आफूलाई प्रहरी अधिकारी बताएका थिए ।

विपक्षी नेतालाई बन्दुकधारीले नियन्त्रणमा लिइएको विषयमा सरकारले कुनै टिप्पणी गरेको छैन । सेनाले सत्तापलट गरेपछि लोकतान्त्रिक निर्वाचनको माग गर्दै आएका राजनीतिक दलले यस निर्णयको तीव्र प्रतिरोध गर्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिममा स्थानीय तहको सेवा अस्तव्यस्त

धनगढी :  यतिबेला सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका कर्मचारी सेवा शर्तसम्बन्धी ऐन जारी गर्न माग गर्दै आन्दोलनमा छन् । अत्यावश्यकबाहेक सम्पूर्ण सेवा ठप्प पार्दै ४ दिनदेखि धनगढीकेन्द्रित चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

संविधानको धारा २२७ बमोजिम स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी ऐन प्रदेश सरकारले बनाउने व्यवस्था छ । सात प्रदेशमध्ये सुदूरपश्चिमबाहेक सबै प्रदेशमा ऐन जारी भई कार्यान्वयनमा आइसकेको छ । तर सुदूरपश्चिम सरकारले ऐन पारित गर्न नसक्दा कर्मचारीहरू अप्ठ्यारोमा परेका हुन् । ऐन जारी नहँदा स्थानीय तहमा र्कारत कर्मचारीको वृत्ति विकास, सेवा स्थायित्व, पदपूर्ति, अवकास पछिको सुविधालगायतमा समस्या आएको छ । प्रदेश सरकारको उदासिनता, पटक–पटकको आश्वासन र राजनीतिक ढिलासुस्तीले सडकमा उत्रिन बाध्य भएको कर्मचारीहरु बताउँछन् ।

प्रदेश सरकारले २०८० सालको माघमा सेवा शर्तसम्बन्धी विधेयक मन्त्रिपरिषद्बाट पारित गरी प्रदेशसभामा पेस गरेको थियो । त्यसपछि ०८१ साउन २९ गते प्रदेशसभाले उक्त विधेयक प्रदेश मामिला तथा विधायन समितिमा दफावार छलफलका लागि पठायो । समितिले सात महिनासम्म नौवटै जिल्ला पुगेर प्रतिवेदन तयार पारी ०८१ माघ १५मा सभामा दर्ता गरायो । तर, ०८१ चैत २५ सम्म विधेयक कार्यसूची मै नराखी हिउँदे अधिवेशन नै अन्त्य भयो ।

०८१ चैत २८मा विभिन्न ट्रेड युनियनहरूले संयुक्त हस्ताक्षरसहित मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यस पत्रमा ऐन यथाशीघ्र जारी नभए संघर्षका कार्यक्रम घोषणा गरिने उल्लेख गरिएको थियो । मुख्यमन्त्री कमलबहादुर शाहले भारत भ्रमणपछि वैशाख २८–२९ गते सभामा ऐन पारित गराउने प्रतिबद्धता गरेका थिए । तर प्रतिबद्धताअनुसार ऐन जारी गर्न सकेनन् । ऐन जारी नगरेपछि, वैशाख २६ गते सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकामा कार्यरत कर्मचारीहरूको भेलाले प्रदेश संघर्ष समिति गठन गरी संघर्षको घोषणा गरेको थियो ।

यसमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमिति, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरूले समेत ऐक्यबद्धता जनाएका छन् । केही जनप्रतिनिधिहरू सडकमै आएर आन्दोलनमा सहभागीसमेत भएका छन् ।

कर्मचारीहरूको निरन्तर मौखिक तथा लिखित अनुरोधका बाबजुद पनि कुनै निर्णायक पहल हुन नसकेको स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका संयोजक झलकबहादुर दौल्याल बताउँछन् । भन्छन्, ‘हामीले भोलि/पर्सी, कार्तिक १५, मंसिर मसान्त, पुस मसान्त, माघ १५ जस्ता धेरै मितिमा आशा गर्‍यौं, तर सबै झुटा आश्वासन सावित भए ।’ अब प्रदेश अधिवेशनमा ऐन पारित हुने विश्वासिलो आधार नरहेको संयोजक दौल्याल बताउँछन् ।

यता प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जेठ १० गते प्रदेशसभाको बैठक बसेर ऐन पारितबारे निर्णय गर्ने बताएका छन् । ‘विपक्षी दलको अवरोधका कारण ऐन रोकिएको हो । अब प्रदेशसभा बैठक बसेर तुरुन्त ऐन पारित गर्ने छौ’, उनले भने । उनले आन्दोलनरत कर्मचारीहरुलाई ऐन पारित हुनेमा ठुक्क रहन आग्रह गरेका छन् ।

के हुन् आन्दोलनका मागहरू ?

– स्थानीय तहका कर्मचारीहरूको सेवा शर्तसम्बन्धी ऐन तत्काल जारी गर्नुपर्ने

– छिटोभन्दा छिटो प्रदेशसभा बैठक बोलाउनु पर्ने नभए बैठक बस्नुअघि अध्यादेशमार्फत ऐन जारी गर्नुपर्ने

– ऐन तथा नियमावली जारी गरी ८८ वटा पालिकामा रिक्त रहेका दरबन्दीहरुको पदपूर्ति प्रक्रिया प्रदेश लोकसेवा आयोगबाट सञ्चालन गर्नु पर्ने माग कर्मचारीहरुले राखेका छन् ।

संघर्ष समितिले ऐन जारी नहुँदासम्म संघर्षका कार्यक्रम जारी राख्ने अडान लिएको छ । आन्दोलनमा सहभागी हुने कर्मचारीहरूको संख्या दिनहुँ बढ्दै गएको छ भने बाँकी रहेका कर्मचारीहरू पनि सहभागी हुन धनगढी आउने समितिले जनाएको छ । स्थानीय तहका पदाधिकारीहरूलाई पनि संघर्षमा सहभागी गराउने रणनीति समितिले लिएको छ ।

घोडा, भैसी र एनआरएनएको कथा

यो त्यो समयको कथा हो, जतिबेला घोडा र भैसी स्वतन्त्र थिए । एकदिन घोडाको मनमा पाप पलायो । उसले सोच्यो, भैसीलाई तह लगाउन पाए, चरन क्षेत्रमा मेरो एकाधिकार हुन्थ्यो ।

तर तह कसरी लगाउने ? घोडाले एउटा जुक्ति निकाल्यो । उसले मान्छेलाई भेट्यो । र, भन्यो, तपाईका लागि एक बहु उपयोगी जनावर छ । उसको दुधले तपाई र तपाईका सन्तानलाई तन्दुरुस्त बनाउनेछ । उसको गोवरको प्रयोगले तपाईको खेतमा मनग्गे उब्जनी हुनेछ ।

मान्छेले घोडालाई बिलम्ब नगरी सोध्यो, त्यो जनावर कहाँ छ ? घोडाले भन्यो, तपाईलाई त्यसकहाँ म लिएर जान्छु, मेरो पछि पछि आउनुहोस ।

घोडाले भने झै मान्छे पछि पछि हिड्यो । घोडा अघि । मान्छे पछि । हिडेर जाने हो भने भैसी भएको ठाँउ पुग्न दुई दिन लाग्ने । घोडाले मनमनै सोच्यो, त्यसलाई जति सक्दो चाँडो मान्छेको जिम्मा लगाउन पाए, त्यो चरन क्षेत्र आजैदेखि मेरो हुन्थ्यो ।

घोडाले थप एक दिन धैर्य गर्न सकेन । मान्छेलाई भन्यो, मेरो पिठ्युमा चढ्नुहोस । म तपाईलाई जति सक्दो चाँडो भैसी भएको ठाउँ पु¥याउछु ।

मान्छेलाई घोडचढीको अनुभव थिएन । पहिलो पटक मान्छे घोडामाथि चढ्यो । घोडा जसै कुद्न थाल्यो, मान्छेलाई घोडचढी रोमाञ्चकारी लाग्यो, उ निकै प्रफुल्लित भयो । ओहो ! कस्तो आनन्द ?

घोडा कु्द्दै गयो । मान्छेले मनमनै सोच्यो, यसले भेटाउन खोजेको जनावर कस्तो होला ? त्यो त थाह छैन । तर यो चाही त्योभन्दा पक्कै उपयोगी छ । अव यसलाई त झन छोड्ने कुरै भएन ।

पैदल दुई दिन लाग्ने यात्रा घोडाले कुदेर आधा दिनमा पार गरायो । र, भैसीको नजिकै पुगेर भन्यो, मैले भनेको जनावर यही हो, अव यसलाई आफ्नो नियन्त्रणमा लिई घर लैजानुहोस ।

मान्छेले घोडालाई भन्यो, यसलाई त लैजान्छु । अव तिमीलाई पनि छोड्दैन ।

त्यसैदिन देखि मान्छेले भैसीलाई गोठ र घोडालाई तबेलामा बाँध्न थाल्यो । भैसीको चरन क्षेत्रमा आँखा लगाउदा आफू पनि तवेलामा बाधिनु प¥यो । लोभ, ईष्र्या र अरुको अस्तित्व स्वीकार नगर्दा घोडाले भैसीसंगै त्यसैदिनदेखि स्वतन्त्रता गुमायो । अर्कोलाई तह लगाउन खोज्दा कुनै अमुक शक्तिलाई आमन्त्रण गर्नु आफ्नै लागि कति घातक हुन्छ ? भैसी र घोडाको कथाको सार यही हो ।

गैर आवासीय नेपाली संघको बिघट्नको अवस्था, घोडा र भैसीको यो कथासंग मेल खान्छ । स्वतन्त्र रुपमा प्रवासमा आफ्नो पेशा र व्यवसाय गरिरहेकाहरुले संगठित भएर जन्मभूमि र स्वयम प्रवासमा रहेका नेपालीहरुको हकहीतका लागि काम गर्न एउटा संस्थाको आवश्यकता महशुस गरे, र, गैर आवासीय नेपाली संघको जन्म भयो ।

तर त्यही संस्थामाथि एकाधिकार कायम गर्ने जुन पाप त्यसका संस्थापक र ती संस्थापकहरुका अनुनायीहरुमा पलायो, त्यही दिन यसको पतनको शुरुवात भयो । अहिले गैर आवासीय नेपाली संघले जुन अवस्था भोगिरहेको छ, यो त्यही पापी सोचको परिणाम हो ।

स्वतन्त्र संस्थालाई सधै भरी आफ्नो कब्जामा राखिरहन अनेक हतकण्डाहरु गरिए । पहिले उनीहरुले राजनैतिक दलहरुलाई आमन्त्रण गरे । त्यसपछि आफू अनुकुल संघ नहुदा सरकारलाई हस्तक्षेप गर्न उक्साईरहे । जसले जन्माए, उसैलाई त्यो संस्थाप्रति माया नभएपछि अरुलाई हुने त कुरै भएन । राजनैतिक दल र सरकारलाई संघको प्रसव पीडा महशुस भए पो ?

नेपालका राजनैतिक दलहरु र सरकारलाई संघमा बारम्बार हस्तक्षेप गर्न लगाउने त्यही ‘घोडा प्रबृति’ थियो, जसले भैसीलाई तह लगाउन आफूलाई समेत नामेट गरिदियो ।

युवा नेतृ रामकुमारी झाक्रीले एनआरएनको कार्यक्रममा उसकै हुर्मत लिएको नविर्सिएको भए अगुवाहरु अलिकति भएपनि सच्चिन्थे की ? मूली नसच्चिदा घर सक्किएको निर्मम ईतिहास छ । एनआरएनएले त्यही नियति भोग्यो । अनुहारमा भएको दाग ऐना सफा गरेर जाने कुरै भएन । झाक्रीले देखाएको ऐनामा आफ्नो अनुहार एकपटक हेरिदिएको भए ? कालीदासहरुले अनुहार सफा गरेनन, ऐना नै फुटाई दिए । कसले हेरोस अनुहार ?

अगुवाले निर्माण गरेको गुटमा सदस्यहरु बिभाजित भएपछि एकताको महाधिवेशन नाम दिदैमा नहुदो रहेछ, एनआरएन जोड्ने सुपरग्लु बन्ने विश्वास गरिएको एकताको महाधिबेशनले नै एनआरएनएलाई कहिल्यै नजोडिने अवस्थामा पुर्याईदिएको छ । ढुंगाको डीएनए त्यसलाई फोरेर कणमा खोज्ने मूर्ख कालिदास झै हुन् । घर बालेर आगो ताप्नेहरुबाट अपेक्षा गर्नु र अदालत र परराष्ट्र मन्त्रालयलाई आफ्नो डीएनए परीक्षणका लागि बुझाउनेहरु उस्तै हुन् । तिनै मूर्ख कालिदासहरुका कारण एनआरएनको साख सकिएको हो । अव सकिन बाँकी केही छैन् ।

हरेक कुराका लागि अदालत धाउने र अदालतका फरक फरक फैसलालाई आफू अनुकूल व्याख्या गरेर त्यसैका रमाउने अनौठो रोग लागेको छ, अगुवाहरुमा । जुन रोगको शल्यक्रिया वा समाधान छैन् ।

जसले नेपथ्यमा बसेर सधै संघभित्र खेलिरहे, जसले कहिल्यै मिल्न दिएनन, मिल्नुपर्छ भन्ने सुझाव दिनेहरु तिनैछन् । अनि कसरी संभव हुन्छ एकता ?

अव मिल्ने कि, सकिने ? बिगतका कमिकमजोरीको आत्मालोचना गर्ने कि ? फेरि पनि भारुण्ड चरा जस्तै विष पान गरेर, अरुलाई नामेट गर्न आफू पनि मेटिने ?

एउटा छोटो मर्मस्पर्शी प्रसंग छ ।

एउटा गाउँमा बुवाआमाको मृत्युपछि दुई भाईबीच अंश विवाद भयो । एकले अर्कोलाई अलिकति पनि अंश छोड्न मानेन । जग्गाको टुक्रा टुक्रा बाड्नु पर्ने दुबै दाजुभाईको अडान अन्तिम समयसम्म कायम रह्यो ।

अन्तिममा घरको विवाद लिएर एउटा भाई वकिल कहाँ गयो । वकिलले उसका तर्फबाट मुद्दा लड्ने निधो ग¥यो । र, त्यसका लागि शुल्क अग्रिम लियो । भोलिपल्ट दाई पनि त्यही वकिललाई मुद्दा लडिदिन आग्रह गर्न पुग्यो । भाईको मुद्दा त्यही वकिलले लडिरहेको छ भन्ने उसलाई थाह थिएन ।

भाईको मुद्दा लड्न शुल्क लिईसकेको वकिलले दाईलाई चिनिहाल्यो । उसले आफूले भाईको मुद्दा लडिरहेको त बताएन, तर आफू व्यस्त रहेकोले अर्को राम्रो वकिललाई मुद्दा लड्न आफूले आग्रह गरेर पत्र पठाईदिने बतायो । वकिलले पत्र लेखे । र, पत्र लिएर दाई अर्को वकिललाई भेट्न हिड्यो ।

बाटोमा उसलाई कौतुहलता भयो, पत्रमा के लेखेको छ ? उसको मनले नहेरी मानेन । र, उसले खाम भित्र रहेको पत्र निकाल्यो । र, पढ्न थाल्यो ।

पत्रमा लेखिएको थियो, हड्डीका लागि लडिरहेका दुई कुकुरमध्ये एक कुकुरलाई मैले राखेको छु । अर्को तपाईलाई पठाईदिएको छु । यसलाई तपाई आफ्नो अनुकुल प्रयोग गर्नुहोला ।

पत्र पढेपछि उ वकिल कहाँ गएन । सोझै घर गयो । भाईलाई भेटेर भन्यो, मलाई केही चाहिएन, तलाई जति अंश चाहिन्छ    लैजानु ।

दाईको कुरा सुनेर भाई अवाक भयो । हिजोसम्म एक ईञ्च जमीन नदिने अडानमा रहेको दाईलाई अचानक भयो के ? भाई चकित प¥यो ।

दाईको कुरा सुनेर भाईको पनि मन पग्लियो, उसले भन्यो, दाई मलाई केही चाहिएन, तपाईको माया भए पुग्यो । तपाईको आशिर्वाद र साथ भए यस्तो सम्पत्ती त बाँचे फेरि जोडि हाल्छु ।

भाईको कुरा सुनेर दाईले आफूलाई सम्हाल्न सकेन । भाईलाई अंगालो हालेर बेस्सरी रोयो । ओहो, म त यस्तो भाईको बिरुद्ध मुद्दा हाल्न गएछु ।

दुबैले आफ्ना हठप्रति पश्चाताप गरे । त्यो दिनदेखि मिलेर बसे । दुबैले मिलेर दिन दुगुना रात चौगुना प्रगती गरे ।

अव गैर आवासीय नेपाली संघका भाईहरु पनि लडेर जग हसाउछन कि ? मिलेर अघि बढ्छन, त्यो हेर्न बाँकी छ ?

आफ्नै भाईलाई कठघरामा उभ्याउछु भन्ने हठ त्यागेर वकिलको त्यो पत्रमा लेखिएको ‘हड्डीका लागि लड्ने दुई कुकुर’ वाक्यांशबाट पाठ सिक्छन, कि सिक्दैनन, सोचनीय छ ।

अन्तिममा एउटा कविता,

जर्मन कवि मार्टिन निम:ल(अ)रको कालजीय कविता यो तत्कालिन समय र मनोदशालाई लिएर लेखिएपनि यो हरेक प्रसंगमा जहिले सान्दर्भिक हुने गर्छ । उनी लेख्छन्,
सर्वप्रथम, नाजीहरु कम्युनिष्ट सिध्याउन आए
म मौन बसें, किनभने म कम्युनिष्ट थिइन ।
त्यसपछि उनीहरुले यहुदीहरुलाई आँखा लाए
मैले केही बोलिन, किनभने म यहुदी पनि थिइन ।
पछि उनीहरु प्रोटेष्टेण्टहरुलाई सखाप पार्न आए
म क्याथोलिक थिएँ, त्यसैले केही बोलिन ।
अन्ततः ती मलाई लिन आए तर
त्यतिञ्जेल मेरा लागि बोलि दिने कोही बचेकै थिएन ।

आफ्ना जति सबैलाई गुमाएपछि बोली दिनेसम्म नहुदाको पीडा कस्तो हुन्छ, यो कविताले त्यही पीडा बयान गर्छ । एनआरएनका अगुवाहरुबीच व्यक्तिगत ईगो, लहड र प्रतिशोध साध्न जुन सुकै तहमा उत्रिने प्रवृति जति घातक छ, एनआरएनमाथि भईरहेको हस्तक्षेपमा देखिएको उनीहरुको मौन समर्थन उत्तिकै घातक छ । संस्था सकिएपछि त्यसको सदस्यताको खोष्टोको के अर्थ ?

अगुवाहरुमा आफैले जन्माएको एनआरएनएको अलिकति पनि माया बाँकी छ भने अदालतमा गैर आवासीय नेपाली संघको डिएनए परीक्षण गराउने कार्य बन्द गराउनुपर्छ । कतिपटक गराउछौ आफ्नै डिएनए परीक्षण ?

एनआरएनए अगुवाहरु सत्ताको मतियार भए । सत्तालाई हतियार बनाएर आफूलाई बैध बनाउने दाउमा उनीहरुले एनआरएनलाई भने अबैध बनाए ।

परराष्ट्र मन्त्री डा. आरजु राणालाई बोलाएर एक पक्ष उत्साही भएको दुई हप्ता नबित्दै अर्को पक्ष के कम उसले कन्क्लेभमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर हर्ष बढायो ।

मिलेर आउ अनि मात्र कार्यक्रममा आउछु भन्नु पर्ने प्रधानमन्त्री र मन्त्री पालैपालो विवादित संस्थाका कार्यक्रममा जानु दुर्भाग्य   हो । विवादरहित र साझा हुन नसकेका संस्थाका कार्यक्रममा जान हतार गर्ने प्रधानमन्त्री र मन्त्रीहरुको आशिर्वाद र आडमा एनआरएनको यो हालत भएको हो । कम्तिमा एउटै सरकारमा रहेका प्रधानमन्त्री र मन्त्रीका बीचमा एनआरएनका विषयमा साझा बुझाई र धारणा हुनुपथ्र्यो ।

आस्था र निकटताका आधारमा शासकहरुलाई आमन्त्रण गरेर ‘हामीले देखाई दियौ’ भन्ने भ्रममा बाँच्ने अगुवाहरुबाट एनआरएन पार लाग्दैन ।

एउटा पक्षले एकताको महाधिवेशन गरेको दुई साता नबिन्दै अर्को पक्षले एनआरएनए कन्क्लेभ आयोजना गरेर आफ्नो शक्ति प्रदर्शन ग¥यो । न एकताका महाधिबेशनमा त्यो एकता देखियो, जहाँ अग्रज र संस्थापकहरुको सहभागिता देखियो । कन्कलेभका बारेमा भनिरहन परेन ।

सबै भ्रम, दम्भ र ईगोबाट मुक्त भएर जवसम्म अगुवाहरु एक ठाउँमा उभिदैनन्, एनआरएनलाई अदालतले बलियो बनाउछ, न परराष्ट्र मन्त्रालयले । न त सरकारले ।

भैसीलाई तह लगाउन मान्छेलाई आमन्त्रण गरेर घोडाले जसरी स्वतन्त्रता गुमायो । त्यही मूर्खता बिगतमा एनआरएनका अगुवाहरुले परराष्ट्र मन्त्रालय र राजनैतिक दललाई आमन्त्रण गरेर गरे । त्यही कारण एनआरएनएले आफ्नो स्वतन्त्र हैसियत गुमायो ।

यतिकुरा अगुवाहरुले बुझिदिए पुग्छ ।

पूर्व अध्यक्षहरु गएनन् ‘एनआरएनए कन्क्लेभ’ मा, प्रधानमंत्री ओलीले गरे अदालतको मानमर्दन

काठमाडौँ – बद्री केसी समूहले बुधबार आयोजना गरेको ‘एनआरएनए कन्क्लेभ’ मा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरु नै सहभागी भएनन्।

सर्वोच्च अदालतको परमादेश अनुसार एनआरएनए उच्चस्तरीय समितिले गत बैशाख २० र २१ गते काठमाडौँमा सफलतापूर्वक एकता महाधिवेशन आयोजना गरे पछि हतार हतार केसीले उक्त कार्यक्रम आयोजना गरेका थिए। तर सो कार्यक्रममा गृह मंत्री तथा परराष्ट्र मंत्री लगायत उपस्थित भएनन्।

एकता महाधिवेशनले महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरे पछि उक्त कमिटिलाई काम गर्नमा रोक लगाउन माग गर्दै केसी सर्वोच्च पुगेका थिए। तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्विकार गरे पछि उनले प्रधानमंत्री के पी शर्मा ओलीलाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेका हुन्।

“सर्वोच्च अदालतको परमादेश अनुसार आयोजित एकता महाधिवेशनद्वारा महेश श्रेष्ठको नेतृत्वमा वैधानिक कमिटी निर्वाचित भै सके पछि अब एनआरएनएमा अर्को कमिटी कायम छैन। यो तथ्य नबुझेको झैँ गरेर प्रधानमंत्री स्वयम् केसी समूहको कार्यक्रममा जानु अदालतको मानमर्दन हो,” अधिवक्ता डा नारायण दत्त कडेलले भने।

त्यस्तै एनआरएनए आइसीसीका नवनिर्वाचित महासचिव बी आर लामाले पनि एकता महाधिवेशनद्वारा निर्वाचित महेश श्रेष्ठ नेतृत्वको कमिटी नै एक मात्र वैधानिक कमिटी भएकाले कसैलाई पनि भ्रममा नपर्न आग्रह गरे। “हामी कसैसंग पनि द्वन्द्व गर्न चाहन्नौ। तर हाम्रो संयमलाई कमजोरी नठानियोस्,” उनले भने।

पूर्व अध्यक्षहरु समेत सहभागी नभएको कार्यक्रम आयोजना गरेर केसी समूहले संघको कोष दुरुपयोग गर्ने काम मात्र गरेको एनआरएन अभियन्ताहरुले जनाएका छन्।

अब टिकटकमा एआईले नै फोटोलाई भिडिओ बनाइदिने

काठमाडौं । टिकटकले ‘एआई अलाइभ’ नामक फिचर सार्वजनिक गरेको छ । कम्पनीले मङ्गलबार फोटोकै भरमा भिडिओ तयार पार्ने टुल सार्वजनिक गरेको हो ।

यो फिचर प्रयोग गरी प्रयोगकर्ताले कुनै पनि स्थिर फोटोलाई टिकटक स्टोरीमार्फत भिडिओ क्लिपमा बदल्न सक्ने कम्पनीले जनाएको छ ।

 

उदाहरणका रूपमा कम्पनीले एउटा भिडिओ पनि सार्वजनिक गरेको छ । सो भिडिओमा टिकटकको नयाँ ‘एआई अलाइभ’ अप्सनले स्थिर फोटोलाई डिजिटल रूपमा एनिमेट गरी तस्बिरको स्रोतको आधारमा भिडिओमा परिणत गरेको देख्न सकिन्छ ।

“हामी सबैलाई थाहा छ, एक तस्बिरले हजार शब्द बोल्छ र टिकटकले भिजुअल स्टोरीटेलिङको यो नयाँ रूपलाई अझ अगाडि बढाउने लक्ष्य राखेको छ,” कम्पनीले भनेको छ, “एआई अलाइभमार्फत क्रियटरले अब सजिलैसँग आफ्ना फोटोलाई एनिमेट गर्न र आफ्ना कम्युनिटीका लागि थप आकर्षक स्टोरी भन्न सक्नेछन् ।”

कम्पनीका अनुसार यो फिचर प्रयोग गर्न एपको स्टोरी अप्सनमा ट्याप गरी क्यामेरामा गएर आफूलाई उपयुक्त लाग्ने तस्बिर छान्नुपर्छ । त्यसपछि दायाँपट्टि देखिएको ‘एआई अलाइभ’को अप्सन छान्नुपर्ने हुन्छ । त्यसपछि तपाईंलाई उक्त फोटोबाट कस्तो भिडिओ बनाउन मन लाग्छ, त्यही प्रम्प्ट राख्नुपर्ने हुन्छ । यसरी प्रम्प्टको आधारमा ‘एआई अलाइभ’ले स्थिर तस्बिरलाई आकर्षक भिडिओमा परिणत गर्ने कम्पनीले जनाएको छ ।

टिकटक, इन्स्टाग्राम र स्नापच्याटमा पहिलेदेखि नै यस्तै सुविधा भएको फिल्टर उपलब्ध थिए । अहिले भने टिकटकले त्यसैका लागि छुट्टै एआई टुल ल्याएको जनाएको छ ।

कहिलेकाहीँ यी एआई एनिमेसन उत्कृष्ट देखिन्छन् र वास्तविक भिडिओ क्लिप जस्तै महसुस हुन्छन् । तर, कहिलेकाहीँ अनुहारको हाउभाउ बिग्रिने, शरीरका अङ्ग अस्वाभाविक देखिन सक्ने भन्दै कम्पनीले सचेत बनाएको छ ।

यस अप्सनको प्रयोग गरी तयार पारिएका भिडिओ प्रयोग गर्न पर्याप्त हुनेमा कम्पनी विश्वस्त छ । अझ रोचक कुरा त के छ भने इन्स्टाग्रामले पनि क्यापकटको नक्कल गर्दै ल्याएको ‘एडिट्स’ एपमा यस्तै फिचर थप्न खोजिरहेको छ । यो फिचर कम्पनीले बुधबारदेखि विश्वव्यापी रूपमा उपलब्ध गराउन थालेको छ । सबै प्रयोगकर्ताले कहिले पाइसक्छन् भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन ।

आइसिसी विश्वकप लिग-२ः नेपाली टोलीको बिदाइ

काठमाडौँ, ३१ वैशाखः नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले आज यहाँ आयोजित एक कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग-२ शृङ्खलाका लागि शुभकामना प्रदान गर्नुभयो ।

नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९-२७ गते) सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशसँग टी-२० आई सिरिजसमेत खेल्ने क्यानले जनाएको छ । उक्त सिरिज भने जुन १५ देखि २० तारिख (आगामी असार १-६ गते) सम्म सञ्चालन हुनेछ । लिग-२ खेल्नु अगाडि नेपालले बेलायतको स्थानिय टोली तथा स्टकल्याण्डको ‘ए’ टोलीसँग अभ्यास खेलसमेत खेल्नेछ ।

लिग-२ को शृङ्खलाका लागि नेपाली टोलीको कप्तान रोहितकुमार पौडेलसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, अनिलकुमार साह, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् ।

राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष महालेखा परीक्षक तोयम रायाले प्रतिवेदन पेस गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार र जवाफदेही बन्नु आवश्यक रहेको बताए ।

उनले भने- ‘सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण अवस्था हो, सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने सम्बद्ध सबै पदाधिकारीलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मैले ठानेको छु ।’

अर्थमन्त्री पौडेल र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

काठमाडौं- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

ट्रम्पले कतारबाट ४० अर्ब डलर पर्ने विमान उपहार लिने सङ्केत गरेपछि उठेका प्रश्न

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कतारले उपहार दिन लागेको झन्डै ४० अर्ब अमेरिकी डलर मूल्य पर्ने विमान आफ्नो प्रशासनले स्वीकार गर्न चाहेको बताएका छन्। उनका अनुसार उक्त उपहार अस्वीकार गर्नु “मूर्खता” हुन्छ।

अमेरिकाको डेमोक्र्याटिक पार्टीका केही नेताहरूले त्यस्तो उपहार स्वीकार गर्नु “निकै अवैध” हुने तर्क गरेका छन्। ह्वाइट हाउस भने त्यसको खण्डन गर्छ। ट्रम्पका केही समर्थकहरूले पनि त्यस्तो उपहारग्रहणको आलोचना गरेका छन्।

कतारले यसअघि विमानबारे प्रकाशित विवरणहरू “गलत” भएका भन्दै वार्ता चलिरहेको बताएको थियो।

ट्रम्प कतारसहित मध्यपूर्वका विभिन्न राष्ट्रको भ्रमणमा भएका बेला विमान उपहारबारे समाचार आएको हो।

‘बीबीसी भेरिफाइ’ले अमेरिकी राष्ट्रपतिहरूले उपहार स्वीकार गर्नुसँग सम्बन्धित कानुनी पाटोबारे खोतलेको छ।

विमानबारे हामीलाई के थाहा छ

कतारको राजपरिवारले दिन लागेको एउटा बोइङ जम्बो जेट ट्रम्प प्रशासनले स्वीकार गर्न लागेको विवरण आइतवार अमेरिकी सञ्चारमाध्यममा प्रकाशित भएको थियो। विवरणहरूका अनुसार उक्त विमान ‘रिफिट’ गरेर तत्कालका लागि ‘एअर फोर्स वन’का रूपमा प्रयोग गरिने योजना छ। पदासीन राष्ट्रपतिले प्रयोग गर्ने विमानलाई ‘एअर फोर्स वन’ भनिन्छ।

ट्रम्पले पछि सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा लेखे : “४० वर्ष पुरानो एअर फोर्स वनलाई अस्थायी रूपमा प्रतिस्थापन गर्न रक्षा मन्त्रालयले सार्वजनिक र पारदर्शी लेनदेनबाट एउटा उपहार पाउँदै छ, निःशुल्क।”

“यो कतारको ठूलो उदारता हो। म त्यसको निकै प्रशंसा गर्छु। म यस्तो प्रस्ताव अस्वीकार गर्ने व्यक्ति कदापि बन्दिनँ,” सञ्चारकर्मीहरूको प्रश्नको उत्तर दिँदै उनले भने।

पाम बीचस्थित विमानस्थलमा रोकिएको एउटा बोइङ विमान, धावनमार्गको तारबारबाहिर एउटा नीलो रङ्गको कार

तस्बिरको क्याप्शन,ट्रम्पेल फेब्रुअरी महिनामा पाम बीचमा उक्त कतारी विमानको निरीक्षण गरेका थिए

फेब्रुअरीमा ट्रम्पले बोइङ कम्पनीबाट सोझै प्राप्त गर्नुपर्ने दुइटा एअर फोर्स वन जेटहरू उपलब्ध गराउन ढिलो गरेको भन्दै आफू उक्त कम्पनीसँग “सन्तुष्ट नभएको” टिप्पणी गरेका थिए। उनले ह्वाइट हाउसले “एउटा विमान किन्ने वा प्राप्त गर्ने वा त्यस्तै केही गर्ने” बताएका थिए।

ट्रम्पले गत फेब्रुअरीमा उक्त कतारी विमानको पाम बीचमा निरीक्षण गरेका थिए।

उक्त विमानमा अहिले तीनवटा शयनकक्ष, एउटा लाउन्ज (विश्रामकक्ष) र एउटा कार्यालयकक्ष समेत भएको सन् २०१५ मा उक्त विमानबारे जानकारी दिने सङ्क्षिप्त दस्तावेजमा उल्लिखित छ।

एक कतारी अधिकारीले सीएनएनलाई उक्त विमान कतारको रक्षा मन्त्रालयले पेन्टागनलाई दिन लागेको र एअर फोर्स वनका सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न त्यसमा परिवर्तन गरिने बताएका छन्।

विज्ञहरूका अनुसार त्यो काम सम्पन्न गर्न वर्षौँ लाग्न सक्छ अर्थात् ट्रम्पको कार्यकाल सकिने बेलासम्म उक्त विमान प्रयोगका लागि उपलब्ध नहुन सक्छ।

ट्रम्पले आफ्नो कार्यकाल सकिएपछि उक्त विमान प्रयोग नगर्ने बरु त्यो सोझै आफ्नो राष्ट्रपतीय सङ्ग्रहालयमा जाने बताएका छन्।

यद्यपि विमान उपहारमा लिने कुराको डेमोक्र्याट नेता र ट्रम्पका केही पुराना समर्थकहरूले आलोचना गरेका छन्। “सत्य हो भने यो कुराले सरकारमाथि ठूलो दाग लाग्ने छ,” लाउरा लूमरले भनिन्।

मायामी अन्तर्राष्ट्रिय विमानस्थलमा एअर फोर्स वनबाट हात उचालेर अभिवादन गर्दै डोनल्ड ट्रम्प

तस्बिर स्रोत,Getty Images

के यो उपहार कानुनसम्मत हो

केही वरिष्ठ डेमोक्र्याट नेताहरूले यो उपहार स्वीकार गर्नु अवैधानिक हुने बताएका छन्।

डेमोक्र्याटिक सिनेटर एडम शिफले अमेरिकाको संविधानमा भएको एउटा प्रावधान उद्धृत गर्दै कङ्ग्रेसको अनुमतिबिना कुनै पनि निर्वाचित अधिकारीले बाह्य देशका नेताबाट “कुनै उपहार… वा त्यस प्रकारको जेसुकै” लिन नहुने तर्क गरेका छन्।

यूनिभर्सिटी अफ एडिन्बरामा अमेरिकाको इतिहासका प्राध्यापन गर्ने फ्र्याङ्क कोग्लिआनोका अनुसार “सरकारलाई प्रभाव पार्ने उद्देश्यले दिइने घुस रोक्न” उक्त प्रावधान राखिएको हो।

“यो पक्कै पनि संविधानको दायराभन्दा माथि गएको छ। हामीले यत्रो परिमाणको वा यस्तो प्रकृतिको उपहार देखेका थिएनौँ,” लन्डन मेट्रोपोलिटन यूनिभर्सिटीसँग आबद्ध संवैधानिक कानुनका ज्ञाता प्राध्यापक एन्ड्रू मोरनले भने।

एअरफोर्स वनको मूल भाग सडकबाट अन्यत्र लगिँदै

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,रोनल्ड रेगनको एअर फोर्स वन बोइङ ७०७ विमान सन२००३ मा उनको राष्ट्रपतीय सङ्ग्रहालयमा राखिएको थियो

कङ्ग्रेसले विदेशबाट प्राप्त हुने उपहारका विषयमा केही कानुनहरू बनाएको छ। तीमध्ये ‘फरिन गिफ्ट्स एन्ड डेकोरेशन्स एक्ट १९६६’ पनि एउटा हो। विद्यमान कानुनहरूका अनुसार निश्चित मूल्यभन्दा माथिका उपहारहरू स्वीकार गर्न कङ्ग्रेससँग अनुमति लिनुपर्छ।

अहिले अमेरिकी अधिकारीहरूले ४८० डलरभन्दा कम मूल्यका उपहार लिन पाउँछन्

ट्रम्पले उक्त विमान अन्ततः सङ्ग्रहालयमा जाने बताए पनि विज्ञहरूका अनुसार उनले आफ्नो सङ्ग्रहालय फाउन्डेशनमा जाने भनेका हुन्।

पूर्वराष्ट्रपतिहरूका दस्ताबेजको सङ्ग्रह राखिने छुट्टै पुस्तकालय र विभिन्न सामग्री राखिने — प्रायः निजी दानदातव्यबाट सञ्चालन हुने — छुट्टै सङ्ग्रहालय हुन्छन्। ती स्थानहरू सर्वसाधारणका लागि खुल्ला हुन्छन्।

‘बीबीसी भेरिफाइ’ले कुरा गरेका विज्ञहरूका अनुसार उक्त विमान सोझै राष्ट्रपतिलाई नभई अमेरिका सरकारलाई दिइने भएकाले र त्यो पनि सङ्ग्रहालयमा जाने भएकाले उपहार लिँदा संविधान उल्लङ्घन भएको नमानिन सक्छ।

संवाददाताहरूसँग कुरा गर्दै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिट

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सबै खालको उपहार वा दान कानुन पालना गरेर मात्र लिइएको बताएकी छन्

सिटिजन्स फर रिस्पोन्सिबिलटी एन्ड एथिक्स नामक संस्थाका जोर्डन लिबविच ट्रम्पले पदबाट बाहिरिए पनि पनि उक्त विमान प्रयोग गरे भने चाहिँ त्यो अस्वीकार्य हुन्छ। “रेगनको एअर फोर्स वन उनको राष्ट्रपतीय सङ्ग्रहालयमा पुग्यो, तर त्यो कुरा भिन्न हो। उक्त विमानलाई सेवाबाट हटाइयो, रेगनले पछि त्यो कहिल्यै प्रयोग गरेनन् अनि त्यो सङ्ग्रहालयमा राखिएको वस्तुका रूपमा छ।”

कतारबाट विमान उपहार लिनु उचित भएको तर्क गर्दै अमेरिकाको न्याय मन्त्रालयले एउटा टिप्पणी उठाएको विवरण आएको छ। तर त्यो अहिलेसम्म सार्वजनिक भएको छैन।

विमान उपहारमा लिने सन्दर्भमा सोधिएको प्रश्नको उत्तर दिँदै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले “त्यसको कानुनी पक्षबारे अझै काम भइरहेको” जानकारी दिँदै यो सरकारले प्राप्त गर्ने उपहार वा दान कानुनसम्म भएको दाबी गरिन्।

पाकिस्तानले २० दिनसम्म बन्धक बनाएको बीएसएफ जवानलाई भारतलाई सुम्पियो

काठमाडौ । पाकिस्तानी रेन्जर्सले पक्राउ परेका बीएसएफ जवान पूर्णम कुमार सावलाई भारतलाई सुम्पिएको छ।

पूर्णम कुमारलाई अप्रिल २३ मा पञ्जाबको अटारी सीमाबाट पाकिस्तानी रेन्जर्सले पक्राउ गरेको थियो।
बीएसएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज २३ अप्रिल २०२५ देखि पाकिस्तान रेन्जर्सको हिरासतमा रहेका बीएसएफ जवान पूर्णम कुमारलाई बिहान १०:३० बजे संयुक्त चेक पोस्ट अटारी, अमृतसरमा भारतलाई हस्तान्तरण गरिएको छ।’

स्थानान्तरण शान्तिपूर्ण र स्थापित प्रोटोकल अनुसार गरिएको विज्ञप्तिमा भनिएको छ।

अप्रिल २२ मा जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो। मे ७ मा पाकिस्तानमा भारतको हवाई आक्रमणपछि स्थिति द्वन्द्वग्रस्त बनेको थियो।

मे १० मा दुई देशबीच युद्धविराम भएको थियो। त्यसपछि दुवै देश तनाव कम गर्ने प्रयासमा छन्। बीबीसी

कर्णालीका १४ स्थानीय तहसँग अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम

सुर्खेत।

कर्णाली प्रदेश सरकारले १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमका लागि साझेदारी गरिएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा पुनर्स्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो। सोमबार कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको हो।

साझेदारी कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आव्हान गरेको थियो। जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेश भएको सामाजिका विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए।

उनका अनुसार सुर्खेतका भेरीगङ्गा नगरपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र शुभकालिका गाउँपालिका रहेका छन्।

यस्तै, रूकुमपश्चिमको चौरजहारी नगरपालिका र मुसीकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमिकोट गाउँपालिका रहेका छन्।

यी स्थानीय तहहरूमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यो कार्यक्रम मार्फत लाभ लिनसक्ने अनुमान गरिएको छ। तर, कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ।

मन्त्रालयद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिका बमोजिम कार्यक्रम सञ्चालन हुनेछ। सोही अनुरूप अपाङ्गता रोकथाम तथा सहजीकरण सम्बन्धी कार्यक्रम, अपाङ्गता पहिचान र उपचार, अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनस्तर सुधार लक्षित कार्यक्रम, संस्थागत सुदृढीकरण लगायतका कार्यक्रमको मुख्य क्रियाकलापहरू समावेश हुनेछन्।

निर्देशिका बमोजिम क्रियाकलाप सञ्चालन गर्न मन्त्रालयले विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय संघ संस्थाहरूसँग प्राविधिक सहकार्य गर्ने सक्ने व्यवस्था बमोजिम करूणा फाउण्डेसन नेपाल, एनएफडी-एन र युनिसेफसँग समन्वय सहकार्य गरिएको मन्त्रालयले जनाएको छ।

मानवता प्रवर्द्धनका लागि सबै निकाय जिम्मेवार बन्नुपर्छः मन्त्री भण्डारीसामाजिक विकास मन्त्री घनश्याम भण्डारीले मानवता प्रवर्द्धनका लागि सबै नियकालाई जिम्मेवार बन्न आव्हान गरेका छन्। सोमबार आयोजित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रमका लागि स्थानीय तहका पदाधिकारी तथा सरोकारवाहरूमाझ अभिमुखिकरण कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि सार्वजनिक सेवा र बस्तु प्रवाहमा प्राथमिकीकरण गर्नुपर्ने बताए ।

कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूले जिम्मेवारपूर्वक काम गरिदिन आग्रह गरे।

अपाङ्गता भएका व्यक्तिहरूसँग स्थानीय तहहरू प्रत्यक्ष रूपमा जोडिने भएकोले प्रदेश सरकारले पालिकासँगै साझेदारी गरेको बारे स्पष्ट पारे। बजेट सक्ने मात्रै भन्दा पनि लाभान्वित व्यक्तिहरूलाई अधिकतम् लाभ हुनेगरी कार्य गर्न समेत ध्यानाकर्षण गराए।

प्रदेश सरकारले विभिन्न निकायसँगको साझेदारीमा कृतिम अङ्गहरू निर्माण गर्ने र निःशुल्क प्रदान गरिने सरकारको जानकारी दिए। त्यसका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश हुनेबारे सङ्केत गरे।

सहज, सुरक्षित र समृद्ध भविष्यका लागि सहकारी

देब राज ओझा
विश्व अर्थतन्त्रले कोभिड – १९ शुरु भए देखिनै एककिसिमको संकट, दबाब र शिथिलताको अवस्था सामना गरिरहेको छ। न्यून उत्पादकत्व, न्युन आर्थिक वृद्धि, मुद्रा स्फिती, बढ्दो बेरोजगारी, समग्र मागमा आएको संकुचन, आपूर्ति तथा मुल्य शृङ्खलामा आएको फेरबदलका कारण विश्व अर्थतन्त्रको लय झन् सुस्त हुदैँ गएको छ। यसबाट उम्कन नपाउदैँ युरोपमा सुरू भएको रूस युक्रेन, मध्य पुर्वमा इजरायल प्यालेस्टाइन र हालै दक्षिण एसियामा सुरू भएको भारत पाकिस्तान देशहरू बिच भैरहेको युद्ध तथा बढ्दो भुराजनीतिक तनावका कारण विश्व अर्थतन्त्र आर्थिक, वित्तीय तथा व्यावसायिक मन्दितर्फ धकेलिनेछ। युद्धका कारण विश्वमा थप गरिबी, भोकमरी, खाद्य तथा स्वास्थ्य संकट देखा पर्नेछन्। यसैबीच अमेरिकामा ट्रमको पुनरागमन पछि अन्तर्राष्ट्रिय व्यापार तथा अर्थनीति र भन्सारका दरहरूमा भएको व्यापक फेरबदलका कारण विश्व अर्थतन्त्र थप विभाजित र कम्जोर हुँदै जाने देखिन्छ। विशेष गरेर विश्वका दुई ठुला अर्थतन्त्र भएका अमेरिका र चीनबिच बढ्दो व्यापार युद्धले समग्र अर्थतन्त्रलाई नै अनिश्चितता तिर डोर्‍याउनेछ। ठुला अर्थतन्त्रमा भैरहने आकस्मिक परिवर्तनले साना अर्थतन्त्र भएका तथा अतिकम विकसित राष्ट्रहरूमा समेत प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव पर्छ। यसबाट नेपालको अर्थतन्त्र पनि अछुतो छैन। विशेष गरेर हाम्रो अर्थतन्त्र आयात, राजस्व तथा विप्रेषणमा आधारित छ। तसर्थ बाह्य अर्थतन्त्रमा हुने उतारचढाव तथा फेरबदलले आन्तरिक अर्थतन्त्रको समग्र पक्षलाई नै प्रभाव पारिरहेको हुन्छ। नेपालको अर्थतन्त्र समय समयमा विभिन्न स्वरूपका विभिन्न आन्तरिक तथा बाह्य संरचनात्मक समस्याहरू बाट थिचिएको तथा छोपिएको छ। लेख मुलतः सहकारीसँग सम्बन्धित भएकाले अर्थतन्त्रका बारेमा भने यो लेखमा समेटिने छैन्।
सार्वजनिक, निजि, सहकारी तथा विशेषत आन्तरिक अर्थतन्त्रका विभिन्न आयामहरूमा नेपालको अर्थतन्त्रले संरचनात्मक समस्याको सामना गर्दै आएको छ। परम्परागत तथा यथास्थितिवादले हाम्रो अर्थतन्त्र बदलिने छाँटकाट देखिदैन। व्यापक संरचनागत सुधार तथा परिमार्जन विना दिगो आर्थिक विकास तथा स्थायित्व प्राप्त गर्न सकिदैन। जसमध्ये अर्थतन्त्रको तेस्रो खम्बा मानिने सहकारी क्षेत्र संकटको ढिलमा छ र सधार सहितको पुनःसंरचनाका लागि लामो सुरक्षित बाटो पर्खिरहेको छ। चुलो चौका कुना काप्चा हुँदै गाउँ देखी सहरसम्म, एक सामान्य परिवार देखि उच्च पदस्त परिवार्हरू सहकारीसँग कुनै न कुनै रूपमा जोडिएका छन् भन्ने कुरा पुष्टि गर्छ। यसबाट कुनै समुदाय, वर्ग वा क्षेत्र अछुत छैनन् भन्ने कुरा विदितै छ। यसबाट के प्रष्ट हुन्छ भने सहकारीहरूको कार्यक्षेत्रको दायरा व्यापक छ भन्ने देखाउँछ। ग्रामीण अर्थतन्त्रको बिकास, विस्तार, वित्तीय सेवा तथा पहुँच अभिवृद्धिमा सहकारीहरूको भुमिका प्रशंसनीय छ। सहकारीहरूले पुँजी निर्माण गर्दै इलम, उद्यम, ज्ञान्, सीप तथा अनुभवमा आधारित कृषि तथा गैर-कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आइरहेका छन्। स्पष्ट तथा बलियो नियमन र नियामकिय संरचनाहरूको अभावले सहकारी क्षेत्रमा समस्या खडा गर्‍यो।
संसारमै पहिलोपटक सहकारीको अवधारणा सन् १८४४ मा बेलायतबाट सुरू भएको मानिन्छ। बेलायती विद्वान रोबर्ट ओवेललाई आधुनिक सहकारीका पिता भनेर चिनिन्छ । नेपालमा सहकारीको विकास विसं २०१० सालमा सहकारी विभागको स्थापना भएसँगै विसं २०१३ सालमा बखान ऋण सहकारी संस्थाको स्थापना भयो । विसं २०१६ सालमा नेपालमा पहिलो पटक सहकारि ऐन जारी, विसं २०४८ सालको सहकारी ऐन, राष्ट्रिय सहकारी नीति २०६९ हुँदै विसं २०७४ सालमा जारी वर्तमान सहकारी ऐन तथा सहकारी नियमावली २०७५ सम्म आइपुग्दा सहकारीहरूको संस्थापना, सञ्चालन, व्यवस्थापन तथा नियमनका सम्बन्धमा कार्यगत, संस्थागत, नीतिगत तथा व्यवस्थापकिय प्रावधान हुँदैहुँदै पनि तदनुरूप सहकारीको मर्म, उद्देश्य तथा सिद्धान्त अनुरूप सहकारीहरू चल्न नसक्नुको परिणाम आजको वर्तमान अवस्था हो। सबै बिग्रे, सबैले नराम्रो गरे, बाटो बिराए भन्ने छैन्। धेरैले यस्तो संकटको समयमा पनि उदाहरणीय काम गर्दै आइरहेका छन्। ति टिकेका पनि छन् र आफ्नो वित्तीय अवस्था मझ्बुत बनाउदै अनवरत सेवा दिइरहेका छन्। तर अहिलेको अवस्थामा केहि ठुला सहकारीहरू संकटग्रस्त हुँँदा तिनको प्रभाव राम्रा सहकारीहरूमा पर्न गयो। परिणामस्वरूप सहकारी क्षेत्रमा एक प्रकारको वित्तीय विश्वासको संकट देखा परिरहेको छ। विशेषगरी अझ सहरी क्षेत्रमा व्यापक छ।
सहकारी पद्धतिमा आधारित उद्योग व्यवसायको स्थापना गरि देशको आर्थिक तथा सामाजिक विकासमा योगदान ‍पुर्‍याउनु सहकारीको मुख्य उद्देश्य हो । सहकारीका सम्बन्धमा नेपालको संविधान २०७२ को अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा भएको व्यवस्थामा सहकारी सम्बन्धि बुँदा शुरूमै उल्लेख गरिएको छ । त्यसै गरि नेपालको संविधान २०७२ को भाग ४ अन्तर्गत दफा ५० को उपदफा (३) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ भन्ने व्यवस्था रहेको छ । यसबाट के प्रष्ट हुन्छ भने सहकारी क्षेत्रको आवश्यकता, औचित्यता, महत्व र सान्दर्भिकता गहिरो छ र दिगो छ भन्ने कुरा बुझ्न सकिन्छ । हाम्रो जस्तो मिश्रित अर्थव्यवस्था अवलम्बन गरिएको राष्ट्रमा सबल र दिगो अर्थतन्त्रको आधार सहकारी क्षेत्रलाई राज्यले प्राथमिकताका साथ संविधानमै स्पष्ट व्यवस्था भएकालेृ नै सहकारीको प्रत्यक्ष सहभागिता बिना देशको आर्थिक समृद्धि, सामाजिक तथा सांस्कृतिक रूपान्तरण, दिगो विकास र वित्तीय सेवाको पहुँच अभिवृद्धि हुन सक्दैन।
नेपालमा करिब ३४ हजार सहकारी संस्थाहरू दर्ता भएका छन्, जसमध्ये पालिका अन्तर्गत मात्रै ८० प्रतिशत भन्दा बढी छन्। करिब ७५ लाख  शेयर सदस्य छन्। जसमा ५६ प्रतिशत भन्दा बढि महिलाहरूको सहभागिता छ। सबै सहकारीहरूको जम्मा सेयर पुँजी ९४ अर्ब रूपैयाँ छ। यी सहकारीहरूले ४ खर्ब ७८ अर्ब रूपैयाँ भन्दा बढि बचत संकलन गरेका छन् भने ४ खर्ब २६ अर्ब रुपैयाँ भन्दा बढि ऋण लगानी गरेका छन्। देशको कुल वित्तीय कारोबारमा सहकारीले १५ प्रतिशत हिस्सा ओगटेको छ। नेपालमा ७५ प्रतिशत सहकारी संस्था बैंकिङ तथा वित्तीय कारोबारमा संलग्न छन्। ९४ हजार भन्दा बढीले प्रत्यक्ष र ५ लाख भन्दा बढिले अप्रत्यक्ष रोजगारी पाएका छन्। नेपाल सरकारको क्षेत्रभित्र पर्ने १४५ सहकारी मध्ये २२ वटा सहकारी समस्याग्रस्त अवस्थामा छन् । सन् २००९ को वित्तीय क्षेत्रमा संकट आउदा पनि सहकारी क्षेत्रमा ठूलो प्रभाव नपरेको दृष्टान्त हामिसँग छ भने पछिल्लो मन्दिले खासगरी विकासोन्मुख राष्ट्रको सहकारी क्षेत्रमा शिथिलता देखिएको छ।
जनतामा उत्पादनमूलक सम्पत्ति, स्रोत र अवसरको समान वितरण तथा समावेशी विकासका लागि राज्य, सहकारी र निजी क्षेत्र मिलेर तीन खम्बे अर्थतन्त्रको विकास गर्ने भनेर संविधानमा गरिएको व्यवस्थापछिका ऐन, नियम, संस्थागत संरचना, त्यसमा जोडिएका पात्रहरू र अभ्यास हेर्दा सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्त तथा ‘एकका लागि सबै र सबैको लागि एक’ भन्ने आदर्शबाट अलग भएका छन् ।
ICA का अनुसार विश्व अर्थतन्त्रको एउटा महत्वपूर्ण हिस्सा बनेको सहकारीमा विश्वभरमा १ अर्ब २० करोड भन्दा बढि मानिसहरू आवद्ध रहेका छ्न। त्यस्तै वर्ल्ड को-अपरेटिभ मनिटर(WCM-2023) को प्रतिवेदन अनुसार विश्वका ३०० सबैभन्दा ठुला सहकारीहरूले मात्रै २.४ खर्ब अमेरिकी डलर बराबरको वार्षिक कारोबार गरेका छन् । विश्वमा कुल रोजगार प्राप्त जनसंख्यामा सहकारीको हिस्सा १० प्रतिशत रहेको छ। ICA तथा WCM ले बर्सेनि प्रकाशन गर्ने प्रतिवेदनमा सहकारी के हो, के होइन भनेर बुझ्न पाइन्छ। पछिल्लो प्रतिवेदन अनुसार वार्षिक कारोबारका हिसाबले सबभन्दा बढी कारोबार गर्ने सहकारी फ्रान्सको गु्रप क्रेडिट एग्रिकोल हो । वित्तीय क्षेत्रको यो सहकारीले सन् २०२१ मा एक खर्ब १७ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरेको थियो । यसपछिको क्रममा उपभोक्ता व्यापार तथा पर्यटन व्यवसाय सञ्चालन गर्ने जर्मनीको आरइडब्लुई गु्रप, वित्तीय कारोबार गर्ने फ्रान्सकै गु्रप बिपिसिई, कोरियाको कृषि सहकारी नोंगह्युाप र उपभोक्ता व्यापार गर्ने फ्रान्सकै एसिडिएलइसी लेकलर्क छन्। सहकारीको कारोबार र प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन अनुपातका आधारमा भारतको आइएफएफसिओ शीर्ष स्थानमा छ। कृषकहरूको यो सहकारीले मलखादको कारोबार गर्छ। यसलाई भारतकै गुजरात मिल्क, फ्रान्सको गु्रप क्रेडिट एग्रिकोल, ब्राजिलको स्वास्थ्य सहकारी सिस्टेमा युनिमेड र ब्राजिलकै उपभोक्ता सहकारी कोपरसुकार एसएले पछयाएका छन्। भौगोलिक आधारमा विश्वका तीन सय ठूला सहकारीमध्ये युरोपमा १६६, एसिया प्रशान्त क्षेत्रमा ४० र अमेरिकामा ९४ सहकारी छन्। प्रतिवेदन अनुसार तीन सय ठूला सहकारीमध्ये कारोबारको हिस्सा सबभन्दा धेरै (३५ प्रतिशत) कृषि सहकारीको छ। त्यसपछिको हिस्सा बीमा (३२ प्रतिशत), उपभोक्ता (१९ प्रतिशत), बैकिङ (९ प्रतिशत), औद्योगिक उत्पादन (३ प्रतिशत) मा बाँडिएको छ। शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक कार्यमा आधारित सहकारीको हिस्सा एक प्रतिशत छ।
धेरैले सहकारीहरू आफ्नो आदर्शबाट विचलित भएकाले संकट आएको भनेका छन्। तर त्यतिले मात्रै समस्या बल्झिएको भने होईन। वस्तु तथा सेवा उत्पादन क्षेत्रमा आर्थिक, व्यवसायीक र औद्योगिक गतिविधि हुनुपर्‍यो, नहुने हो भने बचत तथा ऋणको लेनदेन हुँदैन। वस्तु तथा सेवा उत्पादन क्षेत्रमा मूल्य अभिवृद्धिका लागि वित्तीय सेवा सहायक हुन्छ। अरू क्षेत्रमा जस्तै सिर्जनशीलता, पारदर्शिता, जोखिम बहन, प्रतिस्पर्धा, व्यावसायिक तथा वित्तीय अनुशासन सहकारीमा पनि आवश्यक हुन्छ। साधारण सभा, सञ्चालक समिति, व्यवस्थापन समूह, कर्मचारी, ग्राहक, सरकार र अन्य सरोकारवालासँग न्यायोचित पारस्परिकतामा आधारित सम्बन्ध कायम गरि व्यवसाय सञ्चालन गर्नु आजको आवश्यकता हो। सदस्यको स्वामित्व भएको, सदस्यले सञ्चालन गर्ने र सदस्यको सेवा गर्ने सहकारीको मूल ध्येय हुनुपर्छ। जस्तो कि सामुहिक सहयोग, स्व-उत्तरदायित्व, प्रजातान्त्र, समानता, न्याय, ऐक्यबद्वता, इमानदारीता, खुलापन, सामाजिक उत्तरदायित्व, सामुहिक हित तथा सदस्य केन्द्रित व्यवसाय सहकारीको मूल चरित्र हो।
व्यवसायको प्रकृतिका आधारमा नेपालमा सहकारीहरूलाई बहुउद्देश्यीय, कृषि तथा मल खाद्य, बचत तथा ऋण, दूग्ध, उपभोक्ता, विद्युत, तरकारी तथा फलफुल, चिया, कफी, जडिबुटी, मौरीपालन, सञ्चार र स्वास्थ्य लगायत क्षेत्रमा विभाजन गरिएको छ। तर सहकारीको संख्या, सदस्य, पुँजी तथा कारोबारका आधारमा नेपालमा सहकारी भनेकै बचत तथा ऋण सहकारी हो भन्ने अवस्था छ। नाम जृसूकै भए पनि यिनले गर्ने काम बचत तथा ऋण सहकारीको भन्दा फरक छैन भन्ने छ। अब यो अवस्थाबाट बाहिर आउनुपर्छ। दर्ता भएकामध्ये ४० प्रतिशत बचत तथा ऋण सहकारी छन्। सदस्य संख्याका हिसाबले ५५ प्रतिशत बचत तथा ऋण सहकारीमै आबद्ध छन्। सबै सहकारीको सेयर पुँजीमध्ये बचत तथा ऋण सहकारीको हिस्सा ७४ प्रतिशत छ। बचत संकलनमा बचत तथा ऋण सहरकारीले ७२ प्रतिशत हिस्सा ओगटेका छन् भने ऋण लगानीमा ६६ प्रतिशत छन्। सदस्यहरूको हित के हो, आवश्यकता के हो भन्ने कुरामा सहकारीले पर्याप्त ध्यान दिन सकेका छैनन्। संकलन गरिएको रकम उपयोग गर्ने उचित लगानी नीति, जोखिम व्यवस्थापन नीति, सञ्चालन नीति र व्यवसायीक व्यवस्थापन नीतिको अभाव छ। लेखा परिक्षण, आन्तरिक नियन्त्रण प्रणाली, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, सञ्चालक,व्यवस्थापक तथा कर्मचारीहरूको आचारसंहिता र कानुन अनुपालनमा सुधार गर्दै राष्ट्रको आर्थिक विकासमा सहजीकरण जोडिनु पर्दछ।
उत्पादन, विनिमय र उपभोगमा आधारित व्यवसाय सञ्चालन गर्ने एक अर्को सामान्य विधि हो सहकारी। तिव्र आर्थिक वृद्धिसहितको कल्याणकारी राज्य, सामाजिक न्याय र समानता सुनिश्चित गर्ने आर्थिक प्रणाली चाहिन्छ। यसका लागि राज्य वा बजार मात्रै पर्याप्त हुँदैन सहकारी क्षेत्र पनि चाहिन्छ भन्ने हेतुले संविधानमा व्यवस्था गरियो। तर अहिले सीमान्तकृत, कमजोर र जोखिममा परेका जनताको सामाजिक-आर्थिक सशक्तीकरणमा सहकारीको प्रमुख भूमिका हुन्छ भन्ने भाष्य सतही बनेको छ। बजार वा राज्यले जनतालाई ‍पुर्‍याउन नसकेको आधारभूत वस्तु तथा सेवा सहकारीले पु‍र्‍याउँछ भन्ने कुरा पत्याउँन गाह्रो भैरहेको अवस्था छ।सहकारीहरूको सरल, सहज, स्थायित्व र गुणस्तरीय विकासका लागि बलियो र सहकारी संस्था नियमनका लागि दोस्रो तहको स्वायत्त नियामकिय निकाय अनिवार्य आवश्यकता छ भन्ने कुरा संसदिय छानबिन समितिले सिफारिस गरेसँगै सरकारले स्वायत्त नियामकिय संरचनाको स्थापना गरिसकेको छ। अब यसको शिघ्र कार्यान्वयन मार्फत समस्याहरू समाधान गर्दै जानुपर्छ। समस्याहरु जहाँ पनि हुन्छन् एउटा संस्था विशेषमा होला या समग्र प्रणालीमै पनि होला। सोचे अनुसार व्यावसाय विस्तार भएन होला, अपेक्षा गरेबमोजिमको प्रतिफल र व्यापार विस्तार नभएको होला, कर्जा असुलीमा चुनौती देखिएको होला, सञचालन लागत बढेको होला, बजार हिस्सामा कमी आएको होला, अघिल्लो वर्ष जस्तो कार्य-सम्पादन गर्न सकिएन होला या प्रतिस्पर्धीको तुलनामा केही पछि परिएको होला पनि। तर यस्ता समस्याहरु आजका दिनमा जहाँ पनि विद्यमान छन्। समस्याको समाधान वा निकास हुन्छ नै। देखिएका समस्या तथा चुनौतीहरुलाई अतिरञ्जित गरेर अमूर्त शैलीमा ठुलै संकट आउँदैछ भनी अनर्गल प्रचार प्रसार गर्ने कार्यले थप समस्या सिर्जना गरेको अवस्था छ। यसबाट बाहिर निक्लनु पर्छ नै। सहकारीमा आम मान्छेको भरोसा, विश्वास र जिविकोपार्जन जोडिएको छ भन्ने कुरा सम्बन्धित सबैले बुझ्नु आवश्यक छ।
वर्तमान अवस्थामा सहकारी क्षेत्रको प्रमुख चुनौती यसको सान्दर्भिकता गठन, प्रयोग र अपेक्षित नतिजाको प्रष्टता नहुनु प्रमुख समस्या रहेको छ। जसले गर्दा यस क्षेत्रका सरोकार वालाहरूको बुझाईमा फरक र प्रयोगमा एकरूपता देखिन्न। सरोकारवाला सबैको बुझाई, प्रयोग, सञ्चालन मापदण्ड एवम् अपेक्षित परिणाममा एकरूपता कायम गर्दै संस्थागत सुशासनको प्रत्याभूति सुनिश्चित गर्न सक्नुपर्छ। अध्यक्ष, सञ्चालकदेखि पारिवारसम्म एकाधिकार हावी, अन्दाधुन्दा कार्यक्षेत्र विस्तार जस्तो दर्ता एक ठाउँ काम अर्कै ठाउँमा गर्ने प्रचलन, बचतलाई दायित्व भन्दा पनि आम्दानीको रूपमा लिने, एउटै व्यक्ति दुवैतिर संलग्न हुने कुरालाई कानुनले कडा नियमन गर्नुपर्छ। सहकारीको मर्म, सिद्धान्त र उद्देश्य तथा संविधानको परिकल्पनालाई परिणाममा बदल्न सबै तहका सरकार, राजनीतिक दल, सञ्चालक, व्यवस्थापक, सदस्यहरू सबैको सकारात्मक भुमिका अपरिहार्य छ। सबैको सकारात्मक प्रयत्न मार्फत मात्र सहकारी क्षेत्रले बलियो अर्थतन्त्र निर्माणमा टेवा दिन्छ। लोकतन्त्रको परिभाषाजस्तै सहकारी पनि सदस्यद्वारा सदस्यका लागी, सदस्यकै स्वेच्छाले खुलेका संस्था हुन् सहकारीहरूको सफलता र असफलतामा सदस्यकै हात अधिक हुन्छ। त्यसैले अप्ठ्यारो अवस्थामा सदस्य केन्द्रित, समुदायमा आधारित, लोकतान्त्रिक, स्वायत्त, स्वतन्त्र र स्वशासित संगठनको रूपमा रहेको सहकारी क्षेत्रमा देखिएका विकृति विसंगति र गलत अभ्यासहरूलाई अन्त्य गर्दै संविधानको परिकल्पना अनुरूप सहकारी क्षेत्रलाई बलियो, दिगो, अर्थतन्त्रको स्थानीयकरण र आर्थिक विकासका लागि यस क्षेत्रलाई हेर्ने, बुझ्ने र असल अभ्यास गर्ने प्रणाली र पद्धतिमा रूपान्तरण तथा पुर्नसंरचना अपरिहार्य छ।
सहकारी संस्था सबै सदस्यको हित र भलाईमा केन्द्रित रहनुपर्ने संस्था भएतापनी धेरै हदसम्म सिमित व्यक्तिहरूको नियन्त्रणमा रहि उनिहरूकै आर्थिक ऊन्नयनको मात्र माध्यम रहेको उदाहरणबाट पनि बुझ्न सकिन्छ। सहकारीको मुल मर्म र त्यसबाट प्राप्त गर्न खोजेको उद्देश्यका लागि राज्य, सहकारी अभियान र सम्वद्ध सबै सरोकारवालाहरूबाट आ-आफ्नो ठाउँबाट सकारात्मक भुमिका निर्वाह गर्न आवश्यक रहेको छ। सिद्धान्तत सहकारी संस्था सदस्यको प्रजातान्त्रिक नियन्त्रण रहने तथा बाह्य नियमनको आवश्यकता नपर्ने मानेर पनि नेपाल जस्तो सामाजिक परिवेश तथा साँचो अर्थमा प्रजातान्त्रिक अभ्यास तथा संवैधानिक संस्थाहरूं सबल प्रयोग तथा अभ्यासको कमि रहेको धरातलमा सहकारी संस्थाहरूको प्रभावकारी नियमन, सञ्चालन, व्यवस्थापन र सुपरिवेक्षणीय संरचनाको सान्दर्भिकता जरूर छ।
आजको परिवेशमा सामाजिक तथा दिगो विकासका निम्ति सहकारीको काधँमा महत्वपुर्ण जिम्मेवारी छ। संयुक्त राष्ट्रसंघले समेत सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा मनाईरहेको छ। दिगो विकासका लक्ष्यहरू हासिल गर्नका लागि पनि समग्र सहकारी क्षेत्रलाई बलियो र सुदृढीकरण गर्नुपर्छ । सहकारीको उपस्थितले समावेशी विकास, महिला सशक्तीकरण, युवा स्वरोजगार, व्यवसायिक क्षमता विकास, गरिबी निवारण, सामाजिक सुरक्षा, कृषि क्षेत्रको सशक्तीकरण, मर्यादित जीवनस्तर, स्थानीय बचत तथा सीप परिचालन, आर्थिक वृद्धि, रोजगारी तथा सीप विकास, स्थानीय स्रोत साधनको प्रयोग, सामाजिक नेतृत्व विकास, जैविक विविधता संरक्षण र समाजको सामुहिक क्षमता निर्माणमा अहम भुमिका निर्वाहा गर्दै आएको छ।
अन्त्यमा, सहकारी साच्चिकै आम सुदुरका ग्रामीण भेगदेखि शहरमा बसोबास गर्नेहरू सबैको जीवनस्तर सहज, सरल र भरोसायुक्त बन्दै सबैका लागि एक र एकका लागि सबै भन्ने मुल सिद्धान्तको मर्म अनुरूप सहकारीहरूको संस्थापना, सञ्चालन र व्यवस्थापन गरि यस क्षेत्रलाई संविधानले निर्दिष्ट गरे अनुरूप अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा चलायमान बनाउनु नै आजको आवश्यकता र सान्दर्भिकता हो। सहकारीको सबलिकरण, सुदृढीकरण, रूपान्तरण ,हस्तान्तरण तथा असल अभ्यासको प्रयोगिकरणले नै यस क्षेत्रलाई वित्तीय पहुँचको वैकल्पिक भरपर्दो तथा दिगो समुन्नतिको आधारशिला निर्माण गर्छ। नेपालमा सहकारीता मार्फत जनतालाई बचत गर्ने बानिको विकास गरि राष्ट्रिय पुँजी निर्माण गर्दै गरीबी निवारण, सामाजिक दिगो विकास, स्वरोजगार प्रवद्र्धन, स्थानिय श्रम, सीप एवम् छरिएर रहेको पुँजीको सदुपयोग, लघु उद्यम विकास लगायतका कार्यहरू गर्दै आम उपभोक्तामा वित्तीय साक्षरता, सहकारी शिक्षा तालिम तथा सूचना प्रदान गरि उनिहरूको आर्थक सामाजिक,सांस्कृतिक र वातावरणीय क्षेत्रमा उल्लेख्य भुमिका अभिवृद्धिका लागि सहकारी महत्त्वपूर्ण थलो हो। वित्तीय निरासाको आम चक्रलाई नवीन आशा, अपेक्षा, भरोसा र विश्वासमा बदल्दै संकटको शिथिल अवस्थाबाट गुज्रिरहेको सहकारी क्षेत्रले संरचनात्मक तथा नीतिगत सुधारका निम्ति पर्खिरहेको अपेक्षाले चाडैँ मुर्तरुप पाउन सकोस्। वित्तीय सेवा पहुँचको अभिवृद्धि गर्दै बैंकिङ् तथा वित्तीय कारोबारमा सरलता, सहजता, मितव्ययीता तथा पारदर्शिता कायम गर्नुका साथै समग्र ग्रामीण अर्थतन्त्रको विकास, विस्तार, प्रवर्द्धन, संरक्षण र आम मानिसको मर्यादित जीविकोपार्जनमा सहकारी संघ/संस्थाहरूको योगदान अतुलनीय रहेको छ। कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण, आर्थिक असमानता हटाई सामाजिक न्याय कायम गर्न, समाजमा छरिएको बचत संकलन गर्न, लगानिको वातावरण तथा लगानि प्रवर्द्धन गर्न, समुदायको सशक्तीकरण तथा सामुहिक भावनाको जागरण गर्न, समुदायको स्रोतमा समान पहुँच सुनिश्चत गरि स्वरोजगार सिर्जना गर्दै देशको आर्थिक वृद्धि र विकासमा सहकारी क्षेत्रको भुमिका महत्वपुर्ण छ। ग्रिन, गिग तथा डिजिटल अर्थतन्त्र निर्माणको पहिलो आधार सहकारी क्षेत्र हो। सहकारीको समन्वयकरण, सवलिकरण, सुदृढिकरण, विविधिकरण तथा आधुनिकीकरणका पक्षलाई अर्थतन्त्रका आयामहरूमा जोड्दै दिगो,फराकिलो र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याऊ।

नेपाल उडेकी रचना जर्मनी पुगेपछि…

काठमाडौं । क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । यसको जानकारी रचना आफैँले आफ्नो आधिकारिक फेसबुकमार्फत दिएकी छन् ।

उनी क्यानडामा साङ्गीतिक कार्यक्रम सकेर मङ्गलबार (आज) भारत हुँदै नेपाल फर्कने क्रममा थिइन् । तर, क्यानडाबाट उडेकी उनी जर्मनी पुगेकी हुन् ।

‘क्यानडाबाट भारत ल्यान्ड हुनुपर्ने जहाजमा आएको प्राविधिक समस्याको कारणले गर्दा जर्मनीमा इमर्जेन्सी ल्यान्ड भएको छ,’ रचनाले फेसबुकमा लेखेकी छन् ।

ट्रम्पको साउदी भ्रमणमा मस्क पनि साथमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणमा खर्बपति व्यापारी एलन मस्क पनि साथमै रहनेछन् । ह्वाइट हाउसका एक अधिकारीले भनेको भन्दै सीएनएनले समाचार छापेको छ ।

अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान  एयर फोर्स वनमा ट्रम्पको साथमा विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेग्सेथ, वाणिज्य मन्त्री होवार्ड लुट्निक र ऊर्जा मन्त्री क्रिस राइट् पनि साउदी गएका थिए ।

तर मस्क भने छुट्टै जाने बताइएको छ । ट्रम्पको प्रशासनमा मस्कले सरकारी दक्षता विभागको प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन् । साउदीमा हुने अमेरिका–साउदी लगानी फोरममा मस्क माइक्रो ब्लगिङ वेबसाइट एक्सको सीईओको हैसियतमा सहभागी हुनेछन् ।

यो फोरम मंगलबार अबेर हुँदै छ । फोरमको वेबसाइटका अनुसार मस्क फिचर्ड स्पिकर रहनेछन् ।

अब अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैनः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक दिशातर्फ अघि बढेको मुलुकको अर्थतन्त्रलाई ओरालो लाग्न नदिने बताएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारबाट काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियो निर्माणको उद्घोष गर्दै प्रधानमन्त्री ओलीले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएको भन्दै अब अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्न नदिने बताएका हुन्।

उनले आफू तीन वर्षको अन्तरालपछि फेरी प्रधानमन्त्री बन्दा तीनवर्षअघि आफूले छाडेकै अवस्थामा विकासका काम रहेको जिकिर गरे। सो अवधिमा विकासका कुनै काम हुन नसकेपनि राज्यको ढुकुटी भने सक्काइएको उनले बताए। प्रधानमन्त्री ओलीले अहिले राज्यको ढुकुटीमा पैसा नभएपनि थालेका कामलाई पुरा गर्ने उल्लेख गरे। उनले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताए।

प्रधानमन्त्री ओलीले धुर्मुस सुन्तलीले सुरु गरेर रोकिएको गौतम बुद्ध क्रिकेट रंगशालालाई समेत पुरा गर्ने प्रतिबद्धता जनाए। बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए।

बस्ती स्थानान्तरणको पर्खाइमा बाजुराको गुम्लाबासी

धनगढी,३० बैशाख । बाजुराको खप्तड छेडेदह गाउँपालिका – ७ गुम्लाबासी बस्ती स्थानान्तरणको पर्खाइमा रहेका छन् । २०२२ देखिको पहिरोको निकै उच्च जोखिममा रहँदै आएको यो गुम्ला गाउँ बस्ती अझै स्थानान्तरण हुन सकेको छैन । लामो समय देखिको बस्ती स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई हिउँद बर्खाको समयमा ज्यान जोगाउन समेत कठिन हुने गरेको छ ।

बस्ती स्थानान्तरणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार हारगुहार गर्दै आएको भए पनि आफ्नो माग भने कसैले पुरा नगरिदिएको यहाँका स्थानीयले दुखेसो गर्दै आएका छन् । हुन पनि हिउँदको सुख्खा समयमा पनि यहाँ पहिरो निरन्तर बगिरहन्छ । बर्खाको बेलमा त कुरै नगरौँ । यहाँ झन्डै दुई सय घरपरिवारको बसोबास छ । अहिले आधा गाउनै उठी सक्यो । पहिरोले बस्ती खाली गर्दै गएको छ । तर पनि यहाँ कसैको नजर भने गएको छैन ।

गुम्लागाउँका स्थानीय विष्णुबहादुर रावतले बाध्यताले आफूहरु यहाँ बसोबास गरिरहेको बताए । उनले अन्त कतै जाने ठाउँ नभएकाले बाध्यताले पहिरोसँग मितेरी गाँसेर बस्नुपरेको बताए । ‘अव बर्खा लाग्न सुरु भयो । हिउँदमा त घरमा राम्रो सँग सुत्ने गरेका थियौँ । बर्खाको पानी पर्ने वित्तिकै पहिरो बग्न सुरु हुन्छ । यसरी पहिरो बगेपछि कती खेर पहिरोमा परिनेको र घर नै बगाउने हो भन्ने डर हुन्छ’ उनले भने ।

सरकारले कतै बास बस्नका लागि व्यवस्था गरिदिए पहिरोको डर नहुने उनि बताउँछन । यस्तै बजेडीका स्थानीयवासी पनि यही पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।

यहाँका स्थानीयले पनि सरकार सँग धेरै पटक माग राख्दै आएका छन् । तर पनि उनीहरूको यो समस्या कतै देखि हल भएको छैन । पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।

अहिले यहाँका स्थानीय साइरनको सहारामा गाउँमा बास गर्दै आएका छन् । साइरनले पहिरो आएको गएको बारेमा जानकारी दिने भएकोले उनीहरू यसैको सहारामा गाउँमा बस्ने गरेका हुन् । पहिरोको जोखिम परेर स्थानान्तरण गर्नु पर्ने गाउँ बस्ती स्थानान्तरणका लागि गृह मन्त्रालयमा जानकारी गरेको भएपनि उता देखि केही खबर नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

रुस–युक्रेन युद्धमा परेर बैतडीका अर्जुन भट्टको मृत्यु

धनगढी,३० बैशाख । रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका – ९ का अर्जुनदत्त भट्टको मृत्यु भएको छ । डेढ वर्ष अघि रुसी सेनामा भर्ती हुन गएका उनको लडाइकै क्रममा मृत्यु भएको हो । उनी नेपाली सेनाबाट अवकाश पाएपछि डेढ वर्ष अघि रुस गएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले पनि पछिल्लो पटक भट्ट सहित २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । जसमा सुदूरपश्चिमबाट बैतडीका अर्जुनदत्त भट्ट, दार्चुलाका ललितसिंह डोबल सहित नवलपरासीका हेमकुमार मगर, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन रहेका छन् ।

यस्तै मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्युठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, सुर्खेतका सुजन शर्मा र रुकुम पश्चिमका रामकुमार बुढामगरको पनि मृत्यु भएको छ ।

ठेगाना नखुलेका अन्य १० जनामा लरबहादुर बुढा, नेत्रबहादुर थापा, विकास राई, रूपक राई, महेन्द्र मल्ल, अशोक जीसी, अमृत थापा आलेमगर, उदयराज थारु, प्रितम राई र प्रेमबहादुर लुंगेलीमगर छन् ।

उनीहरूको पुस ९ यता मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको सङ्ख्या ७३ पुगेको छ ।

बंगलादेशमा अवामी लिगको दर्ता निलम्बन, आगामी चुनावमा प्रतिबन्ध

एजेन्सी । बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको फैसला नआएसम्म जारी रहने छ ।

अवामी लिग बङ्गलादेशको सबैभन्दा पुरानो राजनीतिक दल हो र यसले सन् १९७१ मा देशको मुक्ति युद्धको नेतृत्व गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ जुलाई–अगस्टमा हसिनाको सरकारले विपक्षीमाथि कारबाही गर्न क्रूर अभियान चलाउँदा एक हजार चार सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।

७७ वर्षीया हसिना भारतमा स्व–निर्वासनमा छिन् र मानवताविरुद्धको अपराधको आरोपमा ढाकाबाट गिरफ्तारी वारेन्टको अवहेलना गरेका छन् ।

बङ्गलादेश निर्वाचन आयोगका वरिष्ठ सचिव अख्तर अहमदले गृह मन्त्रालयको सिफारिसका आधारमा अवामी लिगको दर्ता निलम्बन गरेको बताए ।

‘गृह मन्त्रालयले बङ्गलादेश अवामी लिग र यससँग जोडिएका संस्थाहरूको सबै प्रकारका सङ्गठनात्मक गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ’, उनले सोमबार राति पत्रकारहरूलाई भने, ‘त्यो निर्णयलाई निरन्तरता दिँदै निर्वाचन आयोगले आयोगमा अवामी लिगको दर्ता निलम्बन गर्ने निर्णय गरेको छ ।’

८४ वर्षीय युनुसले डिसेम्बरको सुरुमा र पछिल्लो समय जुन २०२६ सम्ममा संसदीय चुनाव हुने बताएका छन् ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको आफ्नो कार्यवाही सम्पन्न नगरेसम्म पार्टी र यसका सम्बद्धहरूलाई र्‍याली र सम्मेलनसहित कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गर्ने निर्देशन पनि जारी गरेको छ ।

बङ्गलादेशमा चुनावमा भाग लिन लगायत राजनीतिक गतिविधिहरूमा संलग्न हुन राजनीतिक दलहरू निर्वाचन आयोगसँग दर्ता हुनुपर्छ ।

अवामी लिगलाई प्रतिबन्ध लगाइएको यो तेस्रोपटक हो ।

पहिलो सन् १९७१ मा पाकिस्तानी सैन्य शासक याह्या खानको नेतृत्वमा र दोस्रो सन् १९७५ मा शेख मुजीबुर रहमानको नेतृत्वमा आएको थियो । त्यसबेला रहमानले बङ्गलादेशमा एक दलीय सरकार सुरु गरेका थिए ।

विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

काठमाडौं । भारतको पञ्जाब स्थित अमृतसर जिल्लामा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको छ ।

अमृतसर जिल्लाको मजिठामा गएराति यस्तो घटना भएको समाचार एजेन्सी एएनआईलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

अमृतसरका एसएसपी मनिन्दर सिंहका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएको र ६ जनाको अवस्था गम्भीर छन् । उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उक्त मदिरा सप्लायर गर्ने व्यक्तिसहित ४ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

अमृतसरको भंगाली, पातालपुरी, मरारीकला, थेरेवाल र तलबन्डी घुम्मन भन्न गाउँमा यस्तो घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पञ्जाब राज्य सरकारले नक्कली मदिरा सप्लाइ गर्नेमाथि कडा कारबाही गर्न निर्देशन दिएकोछ ।

अमृतसर प्रहरीका अनुसार नक्कली मदिरा सेवनबाट १४ जनाको मृत्यु भएपछि ती पाँच वटै गाउँमा मेडिकल टिम पठाएर परीक्षण थालिएको छ ।

 

विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकको भावी गभर्नरका रुपमा चर्चा भइरहेका अर्थशास्त्री डा। विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले राष्ट्र बैंक ऐन विपरीत राजनीतिक दलको सदस्यलाई गभर्नर बनाउन लागेको भन्दै पौडेलविरुद्ध रिट दायर गरेका हुन्।

रिट दायर भए पनि दर्ता बाँकी नै रहेको जनाइएको छ। यसअघि उनीहरूले नै डा। गुणाकर भट्टलाई गभर्नर बनाउन लागेको भन्दै सर्वोच्चममा रिट दायर गरेका थिए। त्यसअघि अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक नियुक्तिसम्बन्धी मापदण्डमा भएको उमेर हद संशोधनविरुद्ध पनि रिट दायर गरेका थिए।

आज (मंगलबार) दायर रिटमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरमा भट्टको विकल्पमा अर्थशास्त्री डा। पौडेललाई ल्याउने सहमति भएको थियो । सोसँगै पौडेलले गभर्नर सिफारिस समिति सदस्यबाट राजीनामा दिइसकेका छन् । उनले अर्थमन्त्री एवं गभर्नर सिफारिस समितिका संयोजक विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । डा। पौडेल २०७९ मा भएको संसदीय निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन १ को उम्मेदवार थिए ।

 

शुक्लाफाँटामा खरमजुर गणना

धनगढीः सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अति सङ्कटापन्न खरमजुरको गणना गरिएको छ । निकुञ्ज कार्यालयको समन्वयमा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) र कञ्चनपुर पन्छी संरक्षण समूहले एक सातासम्म खरमजुर गणना गरेको हो । लोपको सँघारमा पुगेको यो प्रजातिका चराको सङ्ख्या, अवस्था पत्ता लगाउन हरेक वर्ष यसै बेला खरमजुर गणना गर्ने गरिन्छ ।

निकुञ्ज क्षेत्रमा खरमजुर गणना सम्पन्न भए पनि त्यसको रिपोर्ट आउन बाँकी रहेको सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए। “शुक्लाफाँटा निकुञ्ज कार्यालयको अनुमतिमा बिसिएनले खरमजुरको गणना गरिसकेको छ,” उनले भने, “यो वर्ष खरमजुरको अवस्था के कस्तो छ, त्यसको रिपोर्ट आउन अझै बाँकी छ।”

पाटेबाघभन्दा पनि दुर्लभ भइसकेको खरमजुर तीव्र गतिमा हराइरहेका छन् । गत वर्ष वैशाखमा यो निकुञ्जमा पहिलो चोटि गणना गर्दा एउटा पनि खरमजुर भेटिएका थिएनन् । जेठमा दोस्रो पटक अवलोकन र ‘स्विप एन्ड सर्च’ विधिबाट गणना गर्दा मात्रै दुई पोथी र तीन भाले गरी पाँच वटा खरमजुर फेला परेका थिए । त्यसबेला शुक्लाफाँटाको घाँसे मैदानमा चार वटा र किसान मध्यवर्ती सामुदायिक वन क्षेत्रमा एउटा पोथी खरमजुर देखिएका निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

यो वर्षको तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभए पनि खरमजुरको अवस्था सन्तोषजनक नरहेको जनाइएको छ । खरमजुर घाँसमा बस्ने, लुक्ने गर्छ । सङ्ख्याको हिसाबले कम रहेकाले देख्नै मुस्किल हुने गर्छ तर प्रजनन सिजनमा भाले खरमजुर घाँसे मैदानमा २०÷३० मिटरमाथि उफ्रेर नाच्ने गरेको बताइन्छ । योबेला खरमजुरको प्रजनन समय हो ।

नेपालमा शुक्लाफाँटासहित मुलुकका केही सीमित ठाउँमा मात्रै खरमजुर पाइने गरेको अभिलेख छ । सन् २०२१ मा शुक्लाफाँटामा सात वटा खरमजुर फेला परेका थिए । यसै गरी सन् २०२३ मा गणना गर्दा पाँच वटा खरमजुर अभिलेख भएका थिए ।

गभर्नर नियुक्तिमा जालझेल

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको धेरै समय भएको छैन् ।

सरकारलाई अटेर गरी काम गरेको, प्राधिकरणको आर्थिक कारोबारको विवरण दिन नमानेको, गैरकानुनी कामकारवाही गरेको भन्दै पटक पटक स्पष्टीकरण सोधेको सरकारले चैत दोस्रो साता घिसिङलाई बर्खास्त गर्दै हितेन्द्र देव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो ।

कुलमान जनताका माझ लोकप्रिय थिए । मुलुकमा व्याप्त लोडसेडिङ हटाउने श्रेय पाएका उनलाई व्यापक जनसमर्थन थियो । त्यसका बाबजुद पनि सरकारले उनको कार्यकाल सकिन केही महिना बाँकी रहदा बर्खास्त ग¥यो ।
सरकारलाई मन लागेन भने बिधि बिधान, नीति नियम र कुनै कानून बाधक हुने रहेनछन् । कुलमानको बर्खास्ती प्रकरणले यही भन्छ ।

सरकारले यसअघि गरेका उच्च तहका कुनै पनि नियुक्ति विवादरहित रहेनन । हरेक नियुक्तिमा आर्थिक चलखेल भएको आरोप लाग्दै आएको छ । नियुक्त भएका व्यक्तिको योग्यता, क्षमता र अनुभवमाथि प्रश्न उठ्दै आएका छन् । फेरि पनि सरकार कहिल्यै टसमस भएन ।

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भने सरकार निकै जिम्मेवार, अनुशासित र बिधिसम्मत चलेको देखाउन नाटक गर्दैछ । मानौ, उ नैतिकताको कसीमा बाधिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच आफूलाई गभर्नर बनाउने सहमती भएपछि राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट डा. गुणाकर भट्टले राजिनामा दिएका हुन् । भट्टले राजिनामा दिएको तीन सातासम्म आफैले नियुक्त गरेको कामु गभर्नर निलम ढुंगानाबाट भट्टको राजिनामा स्वीकृत गर्न नसकेको सरकारले अव त्यही बहानामा भट्टको बिकल्पमा काँग्रेसले विश्व पौडेललाई अघि सारेको छ ।

जुन कुराको पहिले देखि नै आशंका थियो, त्यही कुरा पुष्टि भएको छ । खासमा सरकारले भट्टलाई गभर्नर बनाउन अघि सारेकै थिएन । हरेक ठूला नियुक्तिमा हावी हुदै आएका बिचौलिया र स्वार्थ समूहले गर्ने आर्थिक चलखेल, चरम दवाव र हस्तक्षेपका कारण बद्नाम हुदै आएको सरकारले यो पटक भट्ट जस्ता बेदाग छविका व्यक्ति गभर्नरका रुपमा सारेको भन्दै प्रशंसा भईरहेको थियो । तर यो सबै देखाउनैका लागि रहेछ भन्ने कुरा पुष्टि भएको छ ।

काँग्रेसको ईच्छाशक्ति र अडान हुन्थ्यो भने निलम ढुंगानाको कामु गभर्नरको जिम्मेवारी, जो अस्थायी हो, उनको त्यो जिम्मेवारी खोसेर उनलाई डेपुटीमै झारेर, कामु गभर्नरको जिम्मेवारी अर्को व्यक्तिलाई दिएर, त्यही व्यक्तिबाट भट्टको राजिनामा स्वीकृत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिन सक्थ्यो ।

विश्व पौडेललाई गभर्नरमा सार्ने काँग्रेसको निर्णय नै गलत छ । त्यो निर्णय गभर्नरका लागि तोकिएको मापदण्ड बिपरित छ । कुनै पनि राजनैतिक दलको सदस्य गभर्नर बन्न अयोग्य हुन्छ । पौडेल काँग्रेसको तर्फबाट चितवनमा संघीय निर्वाचनमा उम्मेदवार थिए । पराजित भए । उनी दलसंग आवद्ध भएको यो सत्यलाई कसरी आँखा चिम्लिएर काँग्रेसले यति सजिलै विर्सिन सक्यो ?
कामु गभर्नर निलम ढुंगानाले राजिनामा स्वीकृत नगरेको भन्दै भट्टको सट्टा पौडेललाई अघि सार्ने निर्णय गर्ने काँग्रेसका पदाधिकारीहरु यति अपरिपक्व निर्णय गर्ने अवस्थामा कसरी पुगे ?

के काँग्रेसमा विश्व पौडेल बाहेक अरु बीज्ञ छैनन् ? योजना आयोग उनैलाई । प्रतिनिधि सभाको टिकट उनैलाई । गभर्नर उनैलाई । साच्चिकै काँग्रेसमा क्षमता भएका मान्छेको खडेरी परेकै हो ?

गभर्नरको लागि आवश्यक शैक्षिक योग्यतामा अर्थशास्त्र, व्यवस्थापन वा वित्त सम्बन्धी विषयमा स्नातक वा स्नातकोत्तर उपाधि हुनु पर्ने देखिन्छ। पढाईको योग्यता बाहेक अन्य कुनै पनि मापदण्ड पौडेलको पुग्दैन् ।
गभर्नरको लागि कम्तिमा १० वर्षको अनुभव आवश्यक हुन्छ, जसमा अर्थ व्यवस्थापन, वित्तीय नीति वा बैंक क्षेत्रमा काम गरेको अनुभव हुनु पर्छ।

जवकी उनलाई यसको अनुभव छैन् । र, उनीसंग १० वर्षको अनुभव छैन् । उनी हाल पार्ट टाईम करारमा पढाउछन् । करारमा काम गरेको समेत जोडेर उनको अनुभवको अबधि पुग्दैन् । जबकी पार्ट टाईम करारको अनुभव जोडिदैन् ।

गभर्नरको लागि नेतृत्व क्षमता, निर्णय क्षमता, र आर्थिक नीति सम्बन्धी ज्ञान हुनु पर्छ। जवकी उनी मौद्रिक नीतिका जानकार मानिदैन् ।

डा. गुणाकर भट्टको सबै योग्यता पुग्छ । तर उनको राजिनामा स्वीकृत नभएको भन्दै पौडेललाई सरकारले गभर्नरमा नियुक्त गर्न खोज्दैछ ।

के पौडेलका हकमा यो देशका नियम, कानून र मापदण्डहरु यति चाडै निस्क्रिय हुनेछन् ? भट्टको हकमा नभएका कानून लाग्ने ? अनि पौडेलको हकमा भएका कानून पनि नलाग्ने हुन सक्छ ?

जो गभर्नरका लागि योग्य छ । जसले गभर्नर हुने सबै मापदण्ड पुरा गर्छन् । जसको कुनै विवादित छवि छैन् । जसलाई अर्थतन्त्रको राम्रो ज्ञान छ । उसलाई बनाउन कानून लाग्ने अरुलाई नलाग्ने कसरी हुन सक्छ ?

पौडेलका लागि कानून मिच्न तयार हुने, बिधि मिच्न तयार हुने र उनलाई छुट्टै दर्जाको झै मान्यता दिने तर डा. भट्टलाई गभर्नरमा नियुक्त गर्न उनको राजिनामा स्वीकार गर्न समेत कामु गभर्नरलाई निर्देशन दिन नसक्ने सरकारको नियत उदेक लाग्दो छ ।
डा. गुणाकर भट्ट, जो विवादित थिएनन्, योग्य पनि थिए, उनलाई विवादित बनाउने । तर नियुक्ति नहुदै विवादित र योग्यता नपुगेका पौडेललाई गभर्नर बनाउनुको अन्तर्य के होला ?

प्रावि शिक्षकको संघर्ष र सफलताको कथा

धनगढी, ३० बैशाख ।
कसैका लागि धेरै सन्तान बोझ हुन्छन् । विरलैका लागि बरदान । कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुरका देवानन्द न्यौपाने र पार्वती न्यौपानेका लागि भने सात सन्तान बरदान भए ।

चार छोरा र तीन छोरी यसरी हुर्किए, न्यौपाने दम्पत्तीले कहिल्यै बोझ महशुस गरेनन ।

अछामको बिकट रामारोशन गाउँपालिका–४ गान्जीका देवानन्द प्राथमिक विद्यालयका शिक्षक थिए । एक दशकअघि सरुवा भएर अछामबाट कैलालीको जानकी गाउँपालिका–८ बन्देवीपुर झरेका देवानन्दले ४४ वर्ष लामो शिक्षण पेशाबाट २०८१ चैत १ गते अवकाश पाए । उनी अवकाश लिदा राष्ट्रिय मावि अमरावतीका प्रावि तहका शिक्षक थिए ।

उनले आफैले पढाउने सामुदायीक विद्यालयमा सबै सन्तानलाई पढाए । अधिकांशले सामुदायीक विद्यालयबाटै एसएलसी उत्तीर्ण गरे ।

सामुदायीक विद्यालयमा पढाई निशुल्क थियो । अनुशासित र पढाईमा उत्कृष्ट भएका कारण एसएलसीपछिको पढाई पनि सबैले छात्रबृतिमा निशुल्क पढे ।

न्यौपाने दम्पत्तीका सातै सन्तान आआफ्नो क्षेत्रमा अब्बल छन् । अभिभावकका लागि यो भन्दा गर्वको कुरा के हुनसक्छ ? तीन छोरा नेपाल प्रहरीको अफिसर छन्, हरेक जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरिरहेका उनीहरु अब्बल अफिसर मानिन्छन् । एक छोरा ईञ्जिनियर छन्,एक छोरी डाक्टर । स्नातक बाँकी दुई छोरी पनि जागीरे छन् ।

जेठो छोरा सिद्धराज न्यौपाने नेपाल प्रहरीमा नायव उपरीक्षक (डिएसपी) छन् । नेपाल प्रहरीका बिभिन्न अनुसन्धानमा उत्कृष्ट प्रदर्शन गरेका न्यौपाने हाल पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको पिएसओ छन् ।

कैलालीको टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिरबाट प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण सिद्धले प्रावि र निमावि तहको पढाई सामुदायीक विद्यालयबाट पुरा गरेका थिए ।

‘प्लस टु’का उत्कृष्ट सिद्धले एसएलसीपछिको पढाई छात्रबृतिमै पढे । काठमाण्डौंस्थित नेपाल कमर्श क्याम्पसबाट वीवीएस र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पुरा गरे । नेपाल ल क्याम्पसबाट एलएलवी पास गरे ।

बुवाको प्रावि तहको शिक्षकको पेशाले पुरै परिवारको खर्च धान्न सकिने अवस्था थिएन । परिवारको जेठो सन्तान । काठमाण्डौं डेराको बसाई ।

बुवाको प्रावि तहको शिक्षकको जागीरले भाईबहिनीहरुको खर्च धान्ने अवस्था थिए । जेठो सन्तान भएकोले उनीहरुलाई पढाउनु र हुर्काउनु पर्ने मेरो जिम्मेवारी । त्यही कारण म जागीर खाने दवावमा थिए । उनी भन्छन्, नेपाल प्रहरीमा भर्ना खुलेको थाह पाएपछि आवेदन भरे । प्रहरीमा चिनेजानेका कोही थिएनन् । न त उनको राजनैतिक पहूँच थियो । आफ्नै क्षमता र बलबुतामा २०६३ साउन १ मा असईमा छनौट भए ।

त्यही वर्ष पुष ३० गते खुला प्रतिस्पर्धाबाट निरीक्षक भए । र, २०७४ मा डिएसपीमा बढुवा भए । प्रहरीमा जागीर खाने उनी न्यौपाने परिवारकै पहिलो सदस्य थिए ।

माहिलो भाई केशर न्यौपानेले पनि २०६९ सालमा असईमा आवदेन दिए । केशर पनि छानिए । एकवर्षमै खुला प्रतिस्पर्धामा निरीक्षक भए । र, २०८० मा प्रहरी नायव उपरीक्षक । हाल उनी जिल्ला प्रहरी कार्यालय सल्यानको प्रमुख छन् ।

अछामको जापास्थित सरस्वती माविबाट एसएलसी गरेका केशरले प्लस टुको पढाई रत्नराज्य लक्ष्मी क्याम्पस काठमाण्डौंबाट पुरा गरे । फर्केर टीकापुर बहमुखी क्याम्पसबाट स्नातक गरे । र, त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स ।

सिभिल ईञ्जिनियरिङ पढेका साहिलो सीपी न्यौपाने यतिबेला रानी जमरा कुलरिया सिचाई परियोजनामा कार्यरत छन् ।
सरस्वती मावि जापाबाट एसएलसी गरेका सीपीले प्लस टुको त्रिचन्द कलेजबाट गरे । पोखरा ईञ्जिनियरिङ कलेजबाट स्नातक ।
कान्छो मुकेश न्यौपानेले पनि माध्यमिक तहको पढाई सामुदायीक विद्यालयबाटै पुरा गरे । अछामको सरस्वतीमाविबाट एसलएलसी गरेका उनले टीकापुर बहमुखी क्याम्पसबाट प्लस टुको पढाई सके । काठमाण्डौंको ग्लोबल कलेज अफ म्यानेजमेण्टमा बीबीए पढे ।

दुई दाजु प्रहरीमा जागीरे भएपछि उनलाई पनि प्रहरीको त्यो पोशाक र जनताको सेवा गर्ने भावले तान्यो । र, उनी पनि २०७६ मा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक भए । यतिबेला उनी रुपन्देहीको भैरहवास्थित ईलाका प्रहरी कार्यालय बेलैयाको ईञ्चार्जको जिम्मेवारीमा छन् ।

न्यौपाने दम्पत्तीका तीन छोरीले पनि एसएलसीसम्मको पढाई सामुदायीक विद्यालयबाटै पुरा गरिन् । हिमालय रामाविबाट एसएलसी गरेकी कविताले सेन्ट जेभियर कलेज काठमाण्डौंबाट छात्रवृतिमा प्लस टुको पढाई सकिन । र, गण्डकी मेडिकल कलेज पोखराबाट छात्रवृतिमै एमबीबीएसको पढाई पुरा गरिन् । पढाई सकेर उनी २०८१ असोजदेखि जिल्ला अस्पताल दार्चुलामा कार्यरत छन् ।

न्यौपाने दम्पत्तीका अन्य दुई छोरी पनि स्नातक छन् । निरुता किसान माईक्रोफाईनान्समा कार्यरत छिन् । रामारोशन गाउँ पालिकामा काम गर्ने धर्मिन्द्रा खनाल जागीर छोडेर काठमाण्डौं बस्दै आएकी छिन् ।

देवानन्द भाई मथुरा प्रसाद न्यौपाने पनि शिक्षक हुन् । कालिका आधारभूत विद्यालय धर्मापुरमा पढाउने मथुराका एक छोरा ईञ्जिनियर छन् । अर्को नेपाली सेनामा क्याप्टेन । छोरी किसान माईक्रोफाईनान्समा कार्यरत छिन् ।

प्रहरी र नेपाली सेनामा न्यौपाने परिवारका कोही पनि जागीरे थिएनन । सिद्ध प्रहरीमा जागीर खाने न्यौपाने परिवारकै पहिलो सदस्य थिए । उनी प्रहरीमा जागीरे भएपछि उनका सहोदर तीन भाई मात्र प्रहरीमा भर्ना भएनन । उनका मामाका छोरा पनि प्रहरी भए । काकाका छोरा नेपाली सेनाका क्याप्टेन भए । न्यौपाने परिवारकै अन्य तीन भाई पनि प्रहरीमा असई छन् ।
सन्तान धेरै हुनु समस्या होईन, देवानन्द भन्छन्, मेरा लागि मेरा सन्तान पूँजी हुन् । उनीहरु अनुशासित त थिए नै । कक्षामा कहिल्यै दोस्रो भएनन् । सबै छोराछोरी आआफ्नो क्षेत्रमा अब्बल छन् । मलाई यसैमा गर्व छ ।

एसएलसीसम्म सबै सन्तानलाई आफैले पढाउने विद्यालयमा पढाए । त्यसपछि काठमाण्डौंमा डेरा लिएर सबैलाई पढाए । पढाउदा लागेको ऋण पनि तिरिसके ।

हाम्रो परिवारबाट नेपाल प्रहरीमा कोही पनि थिएन । म जागीर खानै पर्ने दवावमा प्रहरी भर्ना हुन पुगे, सिद्ध भन्छन्, भाईहरु भने मलाई हेरेर प्रहरीमा आकर्षित भए ।

उनी परिवारको संख्या समस्या नहुने तर्क गर्छन् । भन्छन्, ठूलो संख्या समस्या होईन । उत्पादक भए त्यो परिवारको पूँजी हो । तागत हो । हाम्रो परिवारको हकमा पनि त्यही लागु भयो ।

मान्छे कुन भूगोलमा जन्मियो ? कस्तो परिवेश र परिवारमा जन्मियो ? सम्पन्न वा बिपन्न ? सुगम वा बिकट ? त्यसले उसको सफलता निर्धारण गर्दैन, सिद्ध भन्छन्, सफलता त उसको लगनशिलतामा निर्भर हुन्छ । उसको मिहिनेत र अनुशासनमा निर्भर हुन्छ । उसको हुकाई र वातावरणमा निर्भर हुन्छ ।

सात सन्तानका अभिभावक देवानन्द र पार्वतीको सफलताको कथाले भन्छ, सफलता भाग्यमा होईन, कर्ममा निर्भर छ ।
सामुदायीक विद्यालयमा पढ्ने विद्यार्थीहरु कमजोर हुदैनन् । बस्, सोच बलियो हुनुपर्छ, न्यौपाने दम्पत्तीका सन्तानको सफलताले यही सन्देश दिन्छ ।

अमेरिका र चीनबीच ११५ प्रतिशत कर कटौती गर्ने सहमति

जेनेभा । संयुक्त राज्य अमेरिका र चीनले सोमबार ९० दिनका लागि करको जवाफ कर भन्ने (टिट् फर ट्याट) कर नीतिमा भारी कटौती गर्ने सम्झौताको घोषणा गरेका छन् । दुई प्रमुख ठूला अर्थतन्त्रबीचको व्यापार युद्धका कारण विश्वको वित्तीय बजारलाई तहसनहस पारेको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार दुवै पक्षले ती शुल्कहरू ११५ प्रतिशत बिन्दुले घटाउन सहमत भएका छन् । यसको अर्थ अमेरिकामा आयात हुने चिनियाँ सामानमाथि ३० प्रतिशत कर लाग्ने र चीन आयात हुने अमेरिकी सामानमा १० प्रतिशत कर लगाइने छ । सहमतिले विश्वव्यापी आर्थिक मन्दीको डर बढाएको व्यापार युद्धलाई कम गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वव्यापी कर वृद्धिको घोषणा गरेपछि शनिबार र आइतबार भएको पहिलो वार्तापछि विश्वका दुई ठूला अर्थतन्त्रले संयुक्त वक्तव्य जारी गर्दै तीन अङ्कको करलाई दुई अङ्कमा झार्ने र वार्तालाई निरन्तरता दिने सहमति गरेका छन् ।

अमेरिकी अर्थमन्त्री बेसेन्टले चीनका उपप्रधानमन्त्री हे लिफेङ र अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधि ली चेङगाङसँग सप्ताहान्तमा भएको वार्ता ‘स्वस्थ’ र ‘फलदायी’ भएको बताए । “दुवै पक्षले ठूलो सम्मान देखाएका छन्,” बेसेन्टले सञ्चारकर्मीसँग भने ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत महिना चीनका लागि आयातमा १४५ प्रतिशत कर लगाएका थिए भने अन्य मुलुकका लागि १० प्रतिशत कर लागु भएको घोषणा गरेका थिए । बदलामा बेइजिङले अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएको छ ।

वक्तव्यमा दुवै पक्षले ‘आर्थिक र व्यापारिक सम्बन्धका बारेमा छलफल जारी राख्ने संयन्त्र स्थापना गर्न’ सहमति जनाएका छन् । चीनले वार्तामा भएको ‘उल्लेखनीय प्रगति’को प्रशंसा गरेको छ ।

“यो कदम दुई देश र विश्वको साझा हितमा छ”, चिनियाँ वाणिज्य मन्त्रालयले भनेको छ, “अमेरिकाले चीनसँग मिलेर एकतर्फी शुल्क वृद्धिको गलत अभ्यासलाई सच्याउन काम गरिरहने छ।”

गत अप्रिलमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर आक्रमण शुरु गरेपछि ओरालो लागेको अमेरिकी डलरको भाउ अमेरिकी शेयर बजारको भविष्य उज्ववल भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । सहमतिले युरोपेली र एसियाली बजारमा पनि उछाल आएको छ ।

वासिङ्टन र बेइजिङबीचको व्यापार विवादले वित्तीय बजारलाई निराश बनाएको थियो र नयाँ करले मुद्रास्फीतिलाई पुनर्जीवित गर्ने र विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने डर बढाएको थियो ।

भविष्यका लागि राम्रो संकेत 

विश्व व्यापार सङ्गठनका प्रमुख नगोजी ओकोन्जो–इवेलाले आइतबार भएको वार्तालाई ‘महत्वपूर्ण कदम’ भन्दै प्रशंसा गरे । “वर्तमान विश्वव्यापी तनावका बीच यो प्रगति अमेरिका र चीनका लागि मात्र नभई बाँकी विश्वका लागि पनि महत्त्वपूर्ण छ । यसले सबैभन्दा कमजोर अर्थव्यवस्थाहरूको चासोलाई पनि सम्बोधन गरेको छ,” उनले भने ।

जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि स्विट्जरल्याण्डका राजदूतको निवासमा भएको बैठकअघि ट्रम्पले सामाजिक सञ्जालमा ‘चीनमाथि ८० प्रतिशत कर लगाउनु ठीक देखिन्छ’ भन्ने सुझाव दिँदै कर घटाउन सक्ने संकेत दिएका थिए । ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले पछि अमेरिकाले एकतर्फी रुपमा कर नघटाउने स्पष्ट पार्दै चीनले पनि सहुलियत दिनुपर्ने बताएका थिए ।

जेनेभा बैठक ट्रम्पले बेलायतसँग व्यापार सम्झौताको घोषणा गरेको केही दिनपछि भएको हो । बेलायतसँग भएको पाँच पृष्ठको अनौपचारिक सम्झौताले वासिङ्टन हालका कर्तव्यहरूबाट क्षेत्र–विशिष्ट राहतको लागि वार्ता गर्न इच्छुक छ भन्ने सङ्केत निराश लगानीकर्ताहरूलाई दिएको थियो ।
ट्रम्पले अधिकांश बेलायती सामानमा १० प्रतिशत कर कायम राख्दै यसलाई अन्य अधिकांश देशका लागि आधारभूत दरको रूपमा कायम राख्ने चेतावनी दिएका थिए ।

यु–१९ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

काठमाडौँ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ ९साफ० यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार राति भएको खेलमा नेपालले श्रीलङ्कलाई ५–० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । एकपक्षीय खेलमा नेपाललाई जिताउन सुजन डंगोल, धर्वेन्द्र कुँवर, सुवास बम ठकुरी, विज्ञान खड्का र लक्ष्छु थापाले गोल गर्नुभयो ।

नेपालको जितसँगै समूह ‘बी’ बाट भारतले पनि सेमिफाइनलमा स्थान बनाएको छ । लगातार दुई खेलमा हार खेपेको श्रीलङ्का बाहिरिएको छ । श्रीलङ्का पहिलो खेलमा भारतसँग ८–० गोलले पराजित भएको थियो ।

समूहको अन्तिम खेलमा मङ्गलबार नेपाल र भारतबित प्रतिस्पर्धा हुनेछ । यस खेलको नतिजाले समूह विजेताको टुङ्गो लाग्नेछ ।

बुद्धको मार्गले सामाजिक एकता र सहअस्तित्व बलियो बनाउँछ : प्रदेश प्रमुख मियाँ

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले बुद्धको प्रेम, सद्भाव र आत्मीयताको मार्गले व्यक्तिको आध्यात्मिक उन्नतिमात्रै नभई सामाजिक एकता र सहअस्तित्वलाई बलियो बनाउने गरेको बताएका छन् ।

२५६९ औं बुद्ध जयन्तीको अवसरमा आज शुभकाना दिदै प्रदेश प्रमुख मियाँले यस्तो बताएक हुन । उनले सम्पूर्ण नेपाली जनता, बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको बाटो अँगाल्न आह्वान गरे ।

विश्व शान्तिका अग्रदूत एवम् राष्ट्रिय विभूति गौतम बुद्धको शिक्षाले हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्ने प्रदेश प्रमुखको विश्वास छ । उनले अहिंसा नै शान्ति र मैत्रीको आधारशिला भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन।

समाजमा सहिष्णुता, धार्मिक सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न बुद्धको शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने मियाँको विश्वास छ । उनले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण मानव जातिलाई हिंसा र युद्धको बाटो परित्याग गरी अहिंसा, मित्रता र विश्वबन्धुत्वको मार्गमा अग्रसर हुने प्रेरणा मिलोस भनेर शुभकामना व्यक्त गरे ।

खोज्नुहोस