मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता

द एभरेष्ट पोष्ट
२० वैशाख २०८२ १५:२०
मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री धामीबिच भेटवार्ता

धनगढी, २० वैशाख । भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्ड प्रदेशका उनका समकक्षी पुष्करसिंह धामीबिच आज भेटवार्ता भएको छ ।

देहरादुनमा दुवैबिच भेटवार्ता भएको हो । त्यस क्रममा नेपाल र भारतसँग सम्बन्धित विभिन्न विषयमा दुवैबिच छलफल भएको छ । भेटमा नेपाल र भारतका नागरिकबिच रहेको सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताको विषयमा छलफल गरिएको थियो ।

नेपाल–भारत सम्बन्ध केवल राजनीतिक वा भौगोलिक मात्रै नभई भावनात्मक र सांस्कृतिक गहिराइबाट पनि जोडिएको छ । दुवै देशको परम्परा, रीतिरिवाज, भाषा, खानपान र जीवनशैलीमा धेरै समानता रहेको उहाँको भनाइ छ । यसले, वर्षौदेखि आपसी एकता र विश्वासलाई अझ बलियो गर्दै आएको दुवै मुख्य मन्त्रीहरूको विश्वास छ ।

मुख्यमन्त्री शाहले उत्तराखण्डका पर्यटनमन्त्री सतपाल महराज, वनमन्त्री सुवोध उनियाल र कृषिमन्त्री गणेश जोशीसँग पनि छुट्टा छुट्टै भेट गरेर विभिन्न विषयमा छलफल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस