सगरमाथाको अर्काे नाम छैन : प्रधानमन्त्री ओली

द एभरेष्ट पोष्ट
१८ वैशाख २०८२ १५:४५
सगरमाथाको अर्काे नाम छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको अर्को नाम नरहेको बताएका छन् । सगरमाथालाई माउण्ट एभरेष्ट भनिन्छ । कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सगरमाथाको अर्को नाम माउन्ट एभरेष्ट नक्कली भएको दाबी गरे ।

‘एभरेष्टसँग माउन्ट एभरेष्टको समगरमाथाको कुनै लिनदिनु छैन, त्यसकारण यो नक्कली नाम हो,’ उनले भने, ‘हामीले सगरमाथा नै भन्नुपर्छ, प्रपर नाउन भनेको अर्को हुँदैन, त्यसैले सगरमाथा इज सगरमाथा ।’

हिमालको चर्चा गर्ने क्रममा प्रधानमन्त्री ओलीले माउन्ट एभरेस्टसँग सगरमाथाको कुनै साइनो नभएको दाबी गरे । ‘माउन्ट एभरेष्ट भनेर सगरमाथाको नाम जसको नाममा राखियो । उनी एउटा ब्रिटिस एभरेष्ट नाम गरेका व्यक्ति हुन् । ती व्यक्तिले सगरमाथा होइन, ल्होत्से चाहिँ अग्लो छ भनेर हिसाब निकालेका थिए,,’ उनले भने, एभरेष्टसँग सगरमाथाको कुनै लिनुदिनु छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस