अमेरिकी हवाई आक्रमणमा परी यमनमा ६८ जनाको ज्यान गयो

काठमाडौँ –अमेरिकी सेनाले यमनको सादा प्रान्त (गभर्नोरेट) स्थित आप्रवासी हिरासत केन्द्रमा गरेको हवाई आक्रमणमा कम्तीमा ६८ जनाको मृत्यु गएको छ ।

यमनको नागरिक सुरक्षा संस्थाका अनुसार सादा शहरमा गरिएको यो रातभरि चलेको आक्रमणमा थप ४७ जना घाइते भएका छन् । आक्रमण भएको केन्द्रमा करिब १०० जना अफ्रिकी आप्रवासीहरू राखिएका थिए ।

अमेरिकी पक्षले अहिलेसम्म यो आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । यद्यपि, अमेरिकी सेनाको केन्द्रिय इकाई (सेन्ट्रल कमाण्ड)ले यसअघि जारी गरेको वक्तव्यमा १५ मार्चदेखि सुरु भएको “तीव्र र स्थायी अभियान” अन्तर्गत ८०० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको र सयौं हुथी लडाकू र नेताहरू मारिएको दाबी गरिएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले मार्च १५ देखि इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध अमेरिकी आक्रमण अभियान तीव्र पारेको हो, जुन अभियान पूर्व राष्ट्रपति जो बाइडेनको पालामा सुरु गरिएको थियो ।

हुथीहरूद्वारा २०२३ अक्टोबरमा इजरायली माथि गरिएका हमलाको प्रतिशोधस्वरूप गाजामा इजरायली कारबाही सुरु भएपछि यमनबाट पनि अमेरिकी र ब्यापारिक जहाजहरू लक्षित हमला सुरु भएको थियो ।

भारतमा पाकिस्तानी युट्युब च्यानलमा पनि प्रतिवन्ध

नयाँ दिल्ली: जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव झन्–झन् चर्किँदै गएको छ । यतिबेला भारत सरकारले पाकिस्तानविरुद्ध नयाँ–नयाँ कदम चालिरहेको छ ।

यसैबीच, भारतको केन्द्र सरकारले धेरै पाकिस्तानी युट्युब च्यानलहरूमा पनि प्रतिवन्ध लगाएको छ । भारतको केन्द्र सरकारले पाकिस्तानका थुप्रै युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको हो । यो निर्णयसँगै भारतीय युट्युब प्रयोगकर्ताहरूका लागि शोएब अख्तर, आरजु काजमी र सैयद मुजम्मिल शाह जस्ता पाकिस्तानी च्यानलहरूमा प्रतिबन्धित गरिएको छ।

भारत सरकारले गरेको कारबाहीपछि, युट्युबमा पाकिस्तानी च्यानलहरू खोज्दा राष्ट्रिय सुरक्षा वा सार्वजनिक व्यवस्थासँग सम्बन्धित सरकारी आदेशका कारण, यो सामग्री हाल यस देशमा उपलब्ध छैन भन्ने सन्देश देखिन थालेको छ ।

यसका साथै केही पाकिस्तानी टेलिभिजन समाचार च्यानलका युट्युबमा पनि प्रतिवन्ध लगाइएको छ । त्यसमा डन न्यूज, जियो न्यूज, सामा टिभी, बोल न्यूजजस्ता च्यानलहरूको नाम समावेश छ । भारतको गृह मन्त्रालयको सिफारिसमा भारत सरकारले सेना र सुरक्षासंस्थाविरुद्ध उत्तेजक, साम्प्रदायिक रूपमा संवेदनशील सामग्री, झूटा र भ्रामक विवरण तथा गलत सूचना प्रसारण गर्ने गतिविधिविरुद्ध कडा कारबाही गर्दै ती पाकिस्तानी युट्युब च्यानलहरूमा प्रतिवन्ध लगाएको हो ।

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी नयाँ शक्तिका अध्यक्ष डा.बाबुराम भट्टराई र भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेतासमेत रहेका सिंहसँग सोमबार भारतीय रक्षा मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको डा. भट्टराईको सचिवालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

डा.भट्टराई प्रगतिशील नेपाली समाज समिति भारतको अधिवेशन उद्घाटन समारोहमा अतिथिको रूपमा सहभागी हुन शनिबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

१० अर्ब भ्रष्टाचार भएको निष्कर्षसहित लिङ्देनले बुझाए पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन

काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा तयार पारिएको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा पेस भएको छ ।

संसदीय उपसमितिका संयोजक एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई प्रतिवेदन बुझाएका हुन् ।

राज्यको अर्बौं रुपैयाँ लगानी भएको तर प्रतिफल दिन नसकेपछि गत असार १४ गते प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमनका लागि लिङ्देनको नेतृत्वमा छुट्टै उपसमिति गठन गरेको थियो । उपसमितिमा सांसद अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए ।

उपसमितिले विमानस्थल निर्माणमा झण्डै १० अर्ब रुपैयाँ हाराहारीमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । साथै नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित विमानस्थलको सम्भाव्यता अध्ययनदेखि निर्माण सम्पन्न हुँदासम्मका संलग्न नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूलाई निलम्बन गर्न पनि सिफारिस गरिएको छ।

चीनको एक्जिम बैंकको ऋण सहयोगमा करिब रु २२ अर्ब लागतमा सो विमानस्थल निर्माण भएको हो । सो विमानस्थल २९ डिसेम्बर, २०२२ मा निर्माण सम्पन्न भई १ जनवरी २०२३ (२०७९ पुस १७ गते)देखि सञ्चालनमा आएको हो । सो विमानस्थलमा केही अन्तरराष्ट्रिय चार्टर उडानबाहेक अन्य अन्तरराष्ट्रिय उडान हुनसकेको छैन ।

 

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छः रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आन्दोलनको क्रममा घाइते भएका शिक्षकहरुको सरकारले उपचार गर्नुपर्ने बताएका छन् । साथै उनले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै उनले विभिन्न पेसागत कर्मचारीहरु आन्दोलनमा हुँदा समेत सरकारले अनदेखा गरेको उनको आरोप छ ।

उनले शिक्षक आन्दोलनमा घाइते भएकाहरुको उपचारको प्रवन्ध सरकारले गर्नुपर्ने माग राखेका थिए । उनले भने,‘विभिन्न माग राखेर विभिन्न पक्षले सडकमा आन्दोलन गरिराखेका छन् । सरकार त्यो आन्दोलन देख्दैन । सरकार दमन र आफ्नो शक्ति प्रदर्शनमा लागिरहेको छ । हिजो जति जना पनि घाइते हुनुभएको छ उहाँहरुलाई शिघ्र स्वास्थ्य लाभको कामनासहित उपचारको लागि सरकारसँग माग गर्दछौं ।’

घाईते शाहको लखनउको चन्दन अस्पतालको आईसियुमा उपचार जारी

धनगढी, १५ बैशाख ।
दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिम प्रदेशका महामन्त्री नर नारायण शाह (मनु)को लखनउस्थित चन्दन अस्पतालको आईसियुमा उपचार शुरु भएको छ ।

शाहको खतरामुक्त रहेको अस्पतालले जनाएको छ । टाउकोको सीटीस्क्यान गर्दा रगत जमेको पाईएको बताईएको छ । उनलाई तीन दिन आईसियुमै राखेर उपचार गरिने शाह निकट सुवास पडालले बताए ।

नियमित स्वास्थ्य जाँचका लागि सपरिवार आईतवार धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी बिहान करीव ११ बजे भारतको खिरी जिल्लाको खुटारमा गम्भीर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी शाह सहित उनकी पत्नी ईशु, छोरी आभ्या, आमा नर्मदा, बहिनी मधु राणा र ज्वाई प्यारु राणा घाईते भएका थिए ।
तत्काल उद्दार गरी खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँ उपचार संभव नभएपछि शाहजहाँनपुर लगिएको थियो । शाहजहाँनपुरको अस्पतालले लखनउ रेफर गरेको थियो ।

शाह सहित घाईते सबैको चन्दन अस्पतालमा उपचार भईरहेको छ ।

विपिन जोशीको रिहाइमा प्रयासरत : इजरायली राजदूत

कैलाली । नेपालका लागि इजरायली राजदूत स्मुलिक आरी बासले हमास लडाकुको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रूपमा फिर्ता गराउनका लागि आफू प्रयत्नरत रहेको बताएका छन् । हमासको आतङ्कवादी समूहको आक्रमणबाट इजरायलमा १० जना नेपाली विद्यार्थी मारिएका थिए । तीमध्ये आठ जना सुदूरपश्चिमका थिए भने एक जना विपिन जोशी भने अहिले पनि सम्पर्कविहीन अवस्था छ ।

नेपालका लागि इजरायली राजदूत बासले हमास घटनामा मारिएका सुदूरपश्चिम प्रदेशका आठ परिवारलाई भेटेर सहानुभूति दिन यहाँ आएको बताए । आतङ्ककारीको आक्रमणमा मारिएका विद्यार्थी डोटीका पदम थापा, राजन फुलारा, दार्चुलाका लोकेन्द्रसिंह धामी, कञ्चनपुरका दिपेश विष्ट र अपहरणमा परेका कञ्चनपुरकै विपिन जोशीको घरमा पुगेर उनले दुःख व्यक्त गरे् ।

दूतावासका अनुसार इजरायली सरकारले मारिएका नेपाली विद्यार्थीका परिवारका लागि इजरायली नागरिकका परिवारले आर्थिक सहयोग उपलब्ध गराइरहेको छ । इजरायली नागरिकले अहिले पनि विपिन जोशीको तस्बिरसहित सुरक्षित फिर्ताका लागि प्रदर्शन गरिरहेका उनले बताए ।   इजरायली जनता विपिन जोशीलाई राम्ररी चिनेको भन्दै उहाँले उहाँको फिर्ताका लागि इजरायली सरकारले प्रयत्नरत गरिरहेको उनले बताए ।

गत शुक्रबार गोरखापत्रसँग कुरा गर्दै राजदूत बासले विपिनको मुक्तिका लागि इजरायली सरकारलाई छिटो सुरक्षित मुक्तिका पहल गर्न आग्रह गरेको बताए । इजरायली सरकारले हमासमाथि सैन्य दबाब पनि जारी राखेको उल्लेख गर्दै उहाँले बन्धकलाई रिहा गर्न बाध्य हुने विश्वास व्यक्त गरे । हामीलाई ५९ बन्धकमध्ये २४ जना जीवितै छन् भन्ने विश्वास भएको बताउँदै उनले बन्धक रहेकालाई सुरक्षित आफ्नो देश फिर्ता पठाउन पहल भइरहेको बताउनुभयो ।

बन्धक बनाएका विपिनका परिवारले नेपालका लागि इजरायली राजदूत बासलाई सुरक्षित नेपाल आउने वातावरण मिलाइदिन आग्रह गरेका थिए । इजरायलले युद्ध वा आतङ्कवादी आक्रमणमा आफन्त गुमाउने अन्य परिवारले पनि इजरायली नागरिक सरह नै समान सहायता र सहयोग दिँदै आएको बताए । उहाँले बन्धक बनाइएका विपिन जोशीको परिवारलाई पनि कानुन अनुसार पाउने सबै सहयोग उपलब्ध गरिरहेको बताए ।

उनले इजरायल सुरक्षित रहेको बताउँदै पर्यटक र विदेशी कामदार ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत फिलिपिन्स, थाइल्यान्ड, नेपाल र मलावीलगायतका विद्यार्थी कृषि प्रविधि सिक्न इजरायल आउने गरेको बताए तर दुर्भाग्यवश हामी आतङ्कवादको समस्याले पीडित छौँ, तर आतङ्कवाद अहिले नभए पनि केही महिनामा समाप्त हुन्छ, उनले भने, “हामी नेपाली कृषि कामदारका लागि इजरायलमा काम गर्ने अवसर प्रदान गर्न श्रम सम्झौताको मसौदामा काम गरिरहेका छौँ ।” काठमाडौँ उपत्यकाबाहिर सुदूरपश्चिम भ्रमण पहिलो प्रदेश रहेको बताउँदै उनले यहाँका दृश्य धेरै सुन्दर र मनमोहक रहेको समेत बताए । यहाँ प्राकृतिक परिवेश अतुलनीय र धेरै पहाड, उपत्यका, नदीनाला, वनजङ्गलले भरिएको प्रदेश रहेको बताए ।

कश्मीर घटनाप्रति विद्यार्थीको विरोध

काठमाडौं । भारतको कश्मीरमा भएको आक्रमणप्रति देउखुरी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले विरोध जनाएका छन् ।

सोमबार लमहीमा शान्तिपूर्ण र्यालीमार्फत घटनामा परी ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेलगायत अन्य पीडितप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

स्ववियु सभापति मिलन चौधरीको नेतृत्वमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको हो ।

घटनाले नेपाली समुदायलाई समेत मर्माहत बनाएको उल्लेख गर्दै शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायले थप सक्रिय भूमिका खेल्नुपर्ने माग गरेका थिए ।

सिन्धु नदीको पानी रोके प्रतिक्रिया दिने पाकिस्तानको चेतावनी

काठमाडौँ । पाकिस्तानले सिन्धु जल सन्धि अन्तर्गत भारतले आफ्नो हिस्साको पानी मोड्ने वा रोक्ने कुनैपनि प्रयास गरे पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

प्रधानमन्त्री शेहबाज शरीफले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको काकुलस्थित पाकिस्तान सैन्य एकेडेमीमा पासिङ आउट परेडलाई सम्बोधन गर्दै पानीलाई महत्त्वपूर्ण राष्ट्रिय हितको रूपमा वर्णन गर्दै कुनैपनि हस्तक्षेपको दृढ प्रतिरोधका साथ सामना गर्ने बताए ।

सिन्धु नदीको बहाव परिवर्तन गर्ने भारतीय प्रयासको रूपमा वर्णन गरिएको कुरामा इस्लामाबादको चिन्ताको बिचमा यो चेतावनी आएको हो । विश्व बैंकको मध्यस्थतामा १९६० मा हस्ताक्षर गरिएको सिन्धु जल सन्धिले दुई छिमेकीहरू बिच ६ नदीहरूमा नियन्त्रण बाँडफाँड गरेको छ ।

पाकिस्तानले विवादित क्षेत्रहरूमा अपस्ट्रीम परियोजनाहरू निर्माण गरेर भारतले सम्झौतालाई कमजोर बनाएको आरोप लगाएको छ । २०१९ को पुलवामा संकटलाई सम्झँदै शरीफले पाकिस्तानले मापन गरिएको तर दृढ प्रतिक्रियामार्फत आफ्नो सैन्य क्षमता प्रदर्शन गरेको बताए । आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न पूर्ण रूपमा तयार रहेको बताए ।

गभर्नर नियुक्ति प्रकृया अघि बढ्यो, आजै भट्टको राजिनामा स्वीकृत हुने

काठमाण्डौं, १५ बैशाख ।
सत्ता साझेदार दल नेपाली काँग्रेस र एमालेबीच गभर्नर नियुक्तिका विषयमा सहमती भएको डेढ सातासम्म अघि नबढेको गभर्नर नियुक्तको प्रकृया अघि बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच भएको पछिल्लो भेटवार्तापछि गभर्नर नियुक्ति प्रकृया अघि बढेको हो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने देउवाको प्रस्तावमा प्रधानमन्त्री ओलीले सहमती जनाएपछि पदबाट राजिनामा दिएका भट्टको राजिनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगरेर पेन्डिङमा राखेकी थिईन् ।
देउवासंगको भेटमा प्रधानमन्त्री ओलीले भट्टलाई गभर्नर बनाउनप्रतिबद्धता गरेसंगै अर्थमन्त्री विष्णु पौडेलले आईतवार काम गभर्नर ढुंगानालाई भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका थिए ।

संभवत आज काम गभर्नर ढुंगानाले भट्टको राजिनामा स्वीकृत गर्नेपछन् । काम गभर्नर ढुंगानाले फेरि पनि भट्टको राजिनामा स्वीकृत गर्न आलटाल गरे उनलाई कामुबाट हटाएर अरुलाई उक्त जिम्मेवारी दिन काँग्रेस नेतृत्वले ओलीलाई दवाव दिएको बताइएको छ ।

त्यस्तै बिजयनाथ भट्टराईले राजिनामा दिएपछि रिक्त रहेको गभर्नर सिफारिस समितिको सदस्यमा मंगलवार(भोलि)सम्म एक जना नियुक्ति गर्ने गरी समेत शीर्ष नेतृत्वबीच छलफल भएको स्रोतले बतायो । यद्दपि कुनै नाममा सहमती भने भईसकेको छैन् ।

स्रोतका अनुसार गभर्नर नियुक्तिमा भएको ढिलाइका कारण यो प्रकृयालाई गिजोल्ने प्रयास भएको तर्फ सचेत हुदै शीर्ष नेतृत्वबीच यसै साताभित्र भट्टलाई गभर्नर बनाउने समझदारी भएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमयदर

काठमाडौँ, १५ वैशाख । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रूपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ६६ पैसा र बिक्रीदर १८२ रूपैयाँ ४६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६४ रूपैयाँ ८० पैसा र बिक्रीदर १६५ रूपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २६ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ७३ पैसा र बिक्रीदर १०४ रूपैयाँ १९ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा र बिक्रीदर १८ रूपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५९ पैसा तोकेको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०७ पैसा र बिक्रीदर चार रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १९ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३३ पैसा निर्धारण भएको छ ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ०९ पैसा र बिक्रीदर १४ रूपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ७७ पैसा र बिक्रीदर २० रूपैयाँ ८६ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७ रूपैयाँ ६६ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ९० पैसा र बिक्रीदर ४४६ रूपैयाँ ८६ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रूपैयाँ ८२ पैसा र बिक्रीदर ३५६ रूपैयाँ ३८ पैसा रहेको छ ।

भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं,१४ बैशाख ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा स्वीकृत गर्न कामु गभर्नर नीलम तिम्सिना ढुंगानालाई निर्देशन दिएका छन्।

सत्तारूढ गठबन्धनका प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच डा. भट्टलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएपछि भट्टले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा कामु गभर्नर ढुंगानाले स्वीकृत गरेकी थिईनन् ।

आइतबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले ढुंगानालाई डा. भट्टको राजिनामा स्वीकृत गर्न निर्देशन दिएका हुन्।

डा. भट्टको राजिनामा स्वीकृत गर्न अटेर गर्दै आएकी ढुंगानाले मन्त्री पौडेलको निर्देशनपछि सोमवार राजीनामा स्वीकृत गर्ने बताईएको छ।

स्रोतका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तामा भट्टलाई गभर्नर बनाउने समझदारी भएको थियो।

शुक्रवारको भेटमा प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमती अनुसार एकसाता भित्र भट्ट गभर्नरमा नियुक्त हुने अनुमान गरिएको छ ।

भेटवार्तामा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक समेत सहभागी थिए । सोही भेटवार्तामा भएको छलफल अनुसार अर्थमन्त्री पौडेलले डा. भट्टलाई गभर्नर बनाउने प्रकृयालाई अघि बढाउन कामु गभर्नर ढुंगानालाई राजिनामा स्वीकृत गर्न निर्देशन दिएका हुन् ।

राजिनामा स्वीकृत गर्न अटेर गरे ढुंगानालाई काम गभर्नर पदबाट हटाउन समेत काँग्रेस नेतृत्वले प्रधानमन्त्री ओलीलाई दवाव दिने रणनीति बनाएको थियो ।

 

दुर्घटनामा घाईते नेपाल काँग्रेसका महामन्त्री शाह सहित छ जनालाई उपचारका लागि लखनउ लगियो

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सहित छ जनालाई थप उपचारका लागि लखनउ लगिएको छ ।

परिवारका सदस्यहरु सहित नियमित स्वास्थ्य जाँचका लागि धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आईतवार बिहान करीव ११ बजे भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिएको हो । चिकित्सकले शाहको अवस्था खतरामुक्त रहेको बताएका छन् । शाहलाई थप उपचारका लागि लखनउस्थित म्याक्स अस्पताल लगिएको शाह निकट सुवास पडालले बताए ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार गरिएको थियो । दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट शाहजहाँपुर पुगेका आफन्तले घाईते शाह सहित छ जनालाई नै उपचारका लागि लखनउ लगेका हुन् ।

दुर्घटनामा परी काँग्रेस नेता शाहसंगै उनकी पत्नी ईशु शाह, दुई वर्षीया छोरी आभ्या, आमा नर्मदादेवी शाह, बहिनी मधु राणा र ज्वाई प्यारु राणा घाईते भएका थिए ।

शाहको टाउको चोट लागेको छ । उनकी पत्नीको हात भाँचिनुका साथै ढाडमा चोट लागेको छ । छोरी आभ्याको आँखामा चोट लागेको छ । बहिनी र ज्वाईको टाउकोमा चोट लागेको छ । आमाको अवस्था सामान्य छ ।

बिहान ९ बजे धनगढीबाट निस्किएका शाह चढेको गाडी करीव ११ बजे खुटारमा रोडवेजको बससंग ठोकिएको थियो । बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । गाडीको अगाडिको सीटमा बसेका कारण शाहलाई बढि चोट लागेको थियो ।
दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए ।

दुर्घटनामा घाईते नेपाल काँग्रेसका महामन्त्री शाह सहित छ जनालाई उपचारका लागि लखनउ लगियो

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सहित छ जनालाई थप उपचारका लागि लखनउ लगिएको छ ।

परिवारका सदस्यहरु सहित नियमित स्वास्थ्य जाँचका लागि धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आईतवार बिहान करीव ११ बजे भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको थियो ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिएको हो । चिकित्सकले शाहको अवस्था खतरामुक्त रहेको बताएका छन् । शाहलाई थप उपचारका लागि लखनउस्थित म्याक्स अस्पताल लगिएको शाह निकट सुवास पडालले बताए ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार गरिएको थियो । दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट शाहजहाँपुर पुगेका आफन्तले घाईते शाह सहित छ जनालाई नै उपचारका लागि लखनउ लगेका हुन् ।

दुर्घटनामा परी काँग्रेस नेता शाहसंगै उनकी पत्नी ईशु शाह, दुई वर्षीया छोरी आभ्या, आमा नर्मदादेवी शाह, बहिनी मधु राणा र ज्वाई प्यारु राणा घाईते भएका थिए ।

शाहको टाउको चोट लागेको छ । उनकी पत्नीको हात भाँचिनुका साथै ढाडमा चोट लागेको छ । छोरी आभ्याको आँखामा चोट लागेको छ । बहिनी र ज्वाईको टाउकोमा चोट लागेको छ । आमाको अवस्था सामान्य छ ।

बिहान ९ बजे धनगढीबाट निस्किएका शाह चढेको गाडी करीव ११ बजे खुटारमा रोडवेजको बससंग ठोकिएको थियो । बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । गाडीको अगाडिको सीटमा बसेका कारण शाहलाई बढि चोट लागेको थियो ।

दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए ।

घाईते नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाह सहित सबैको अवस्था खतरामुक्त

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह (मनु) सहित तीन जनाको अवस्था खतरामुक्त रहेको छ ।

शाहजहाँपुरस्थित सरकारी अस्पतालमा उपचाररत शाहको अवस्था खतरामुक्त चिकित्सकले बताएका छन् । तीनै जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका हुन् । शाहको टाउकोमा चोट लागेको छ । उनकी पत्नीको हात भाँचिएको छ ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँबाट शाहजहाँपुरस्थित सरकारी अस्पतालमा रेफर गरिएको थियो।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, उनकी पत्नी र बहिनीलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो । शाहकी छोरी, आमा र ज्वाईको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।

दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुगेका छन् ।

घाईते नेपाली काँग्रेस सुदूरपश्चिमका महामन्त्री शाहको अवस्था खतरामुक्त

धनगढी, १४ बैशाख ।

भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनाको अवस्था खतरामुक्त रहेको छ ।

शाहजहाँपुरस्थित सरकारी अस्पतालमा उपचाररत शाहको अवस्था खतरामुक्त चिकित्सकले बताएका छन् । तीनै जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका हुन् ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनाको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँबाट शाहजहाँपुरस्थित सरकारी अस्पतालमा रेफर गरिएको थियो।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, उनकी पत्नी र बहिनीलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको हो । शाहकी छोरी, आमा र ज्वाईको खुटारस्थित अस्पतालमा उपचार भईरहेको छ।

दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुगेका छन् ।

प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षकहरू घाइते

काठमाडौं । शिक्षक र प्रहरीबीच बानेश्वरमा भएको झडपमा ६२ जना शिक्षक घाइते भएको शिक्षक महासंघले जनाएको छ।

२५ दिनदेखि सडक आन्दोलन गरिरहेका शिक्षकले यसअघि शान्तिपूर्ण प्रदर्शन गरेको भए पनि आज भने प्रदर्शन हिंसात्मक बनेको थियो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले घाइते शिक्षकहरुको ट्रमा सेन्टर, एभरेष्ट र सिभिल अस्पतालमा उपचार भईरहेको बताएका छन्। अध्यक्ष सुवेदीले शान्तिपूर्ण आन्दोलन गरिरहेको समयमा सरकारले कायरता देखाएको आरोप लगाएका छन्। ‘सरकारले देखाएको कायरताको भत्सर्ना गछौँ, आन्दोलन गरिरहेको समयमा शिक्षकहरुममाथि आक्रमण गरियो,’ उनले भने, ‘६२ जना घाइते हुनुहुन्छ , हामी अस्पतालमा नै छौँ।’

घाइते शिक्षकहरुको उपचारको जिम्मा सरकारले लिनुपर्ने उनको माग छ। चैत्र २० गतेदेखि माईतिघरबाट सुरु हुँदै बिजुलीबजार पुलसम्म हुने शिक्षकहरुको प्रदर्शन शान्तपूर्ण हुने गरेको थियो। शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरुले आज निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले धरपकड गरेको थियो। शिक्षकहरू आक्रामक बनेपछि बल प्रयोग गरेको प्रहरीको दाबी छ। प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेको थियो।

शिक्षकहरुले प्रर्दशनमा घुसपैठ भएको दावी गरेका छन्। शनिबार शिक्षकहरुबीच नै कुटाकुट समेत भएको थियो।

नेपाली काँग्रेसका महामन्त्री शाह सहित घाईते तीनजनाको शाहजहाँपुरमा उपचार शुरु (दुर्घटनाका तस्वीरहरु सहित)

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनाको शाहजहाँपुर उपचार शुरु भएको छ ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनालाई धनगढी ल्याईदैछ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँबाट शाहजहाँपुरस्थित सरकारी अस्पतालमा रेफर गरिएको थियो।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताईएको छ ।

दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुग्दैछन्।

नेपाली काँग्रेसका महामन्त्री शाह सहित घाईते तीनजनाको शाहजहाँपुरमा उपचार शुरु

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनाको शाहजहाँपुर उपचार शुरु भएको छ ।

खुटारमा दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको थियो । तीन जनालाई धनगढी ल्याईदैछ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई त्यहाँबाट शाहजहाँपुरस्थित सरकारी अस्पतालमा रेफर गरिएको थियो।

बसको ठक्करबाट शाह चढेको गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताईएको छ ।

दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट हिडेका परिवारका सदस्य शाहजहाँपुर पुग्दैछन्।

दुर्घटनामा घाईते भएका नेपाली काँग्रेसका महामन्त्री शाहलाई थप उपचारका लागि शाहजहाँपुर लगियो

धनगढी, १४ बैशाख ।
भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परी घाईते भएका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु सहित तीन जनालाई थप उपचारका लागि शाहजहाँपुर लगिएको छ ।

दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो । तीन जनालाई धनगढी ल्याईदैछ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

शाह चढेको गाडी बससंग ठोकिएको थियो । बसको ठक्करबाट उनी चढेको गाडी पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पतालमा भर्ना गरिएका शाह सहितका घाईतेलाई आकस्मिक उपचारपछि शाहजहाँपुर लगिएको हो । त्यहाँ पनि उपचार संभव नभएपछि लखनउ लगिने बताईएको छ । शाहको अवस्था खतरामुक्त रहेको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताईएको छ ।

बसको ठक्करबाट गाडीको अगाडिको भाग पुरै कच्याकचुक भएको छ । दुर्घटना लगत्तै घट्नास्थल पुगेका सर्वसाधारणहरुले गाडीभित्रबाट शाह सहितका घाईतेहरुलाई बाहिर निकालेका थिए । शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए ।

गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए । शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताईएको छ ।

दुर्घटनाको जानकारी पाएपछि धनगढीबाट परिवारका सदस्य शाहजहाँपुर पुगेका छन् ।

इरानको बन्दरगाहमा विस्फोटमा १८ को मृत्यु

ऐजेन्सी । ईरानको दक्षिणी सहर बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ । विस्फोटमा ८०० जना घाइते भएको प्रशासनले जानकारी दिएको छ।

विष्फोट शनिबार बिहान भएको थियो । विष्फोट यति ठूलो थियो कि वरपरका अफिसहरूको झ्यालसमेत फुटेका थिए ।

घटनास्थलबाट आएका धेरै तस्बिर र भिडियोहरूमा मानिसहरू भागिरहेको र केही घाइते सडकमा लडिरहेको देखिएको छ। शाहिद राजाई बन्दरगाह ईरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह हो ।

आन्दोलनमा घुसपैठ भयो : शिक्षक महासंघ

काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा सरकारपक्षबाटै घुसपैठ भएको दाबी गरेको छ । घुसपैठकै कारण झडपको स्थिति सिर्जना भएको महासंघको भनाइ छ ।

नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईले आफहरूले शान्तिपूर्ण आन्दोलन भाड्न घुसपैठ भएको जिकिर गरे ।

“शान्तिपूर्ण शिक्षक आन्दोलन भाड्नका लागि घुसपैठ भएको छ । घुसपैठ गर्ने दुईजनालाई प्रहरीले लाठी चार्ज गरेपछि उहाँहरूले माफी मागिसक्नुभएको छ,” राईले भने ।

आज बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपमा परेर केही शिक्षक घाइते भएको महासंघले जनाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिले स्थिति सामान्य बनिसकेको बताइन् । “अहिले आन्दोलन शान्तिपूर्णरूपमा चलिरहेको छ,” उनले भनिन् ।

दिल्ली जादै गरेका नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री शाह सहित छ जना घाइते

धनगढी, १४ बैशाख ।
नेपाली काँग्रेस सुदूर पश्चिमका महामन्त्री नरनारायण शाह मनु चढेको गाडी गम्भीर दुर्घटनामा परेको छ ।

परिवारका सदस्य सहित धनगढीबाट दिल्ली जादै गरेका शाह चढेको गाडी आज बिहान भारतको खिरी जिल्लाको खुटारमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी शाह सहित छ जना घाईते भएका छन् । जसमध्ये तीन जनाको अवस्था गम्भीर छ । तीन जनाको अवस्था सामान्य छ ।

शाह चढेको गाडी बससंग ठोकिएको बताईएको छ ।

दुर्घटनापछि खुटारस्थित सरकारी अस्पताल भर्ना गरिएका शाहलाई रेफर गरिएको बताईएको छ ।

कश्मीरमा भारतीय र पाकिस्तानी सेनाबीच गोली हानाहान

काठमाडौं-  पाकिस्तान र भारतका सेनाहरूले विवादित कश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेका छन्। भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल कश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतंकवाद’ समर्थन गरेको आरोप लगाएको छ।

इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कार्यवाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ। भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीयस्थलमा २६ पुरुषको हत्या गर्नेहरूको ठूलो खोजी अभियान सुरु गरेका छन्। प्रहरीले फरार बन्दुकधारीमध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ।

भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी) मा ‘पाकिस्तानद्वारा सुरु गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ। पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन।

आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ। जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ।

शिक्षकहरूलाई नधम्काउन शिक्षक महासंघको आग्रह

काठमाडौं । शिक्षकहरूलाई नधम्क्याउन स्थानीय तहहरूलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ।

बिगत २६ दिन देखी विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरूलाई स्थानिय तहले बिभिन्न सुचना निकालेर काममा फर्किन निर्देशन दिन थाले पछि शिक्षक महासंघले यस्तो आग्रह गरेको हो ।

हाल सरकारसँग बार्तामा समेत रहेको शिक्षक महासंघले शनिवार विज्ञप्ति जारी गर्दै काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूलाई नधम्क्याउन आग्रह गरेको हो।

आन्दोलनमा सहभागी भएका प्रधानाध्यापक तथा कर्मचारीलाई धम्क्याउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिनेजस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेकाले त्यस्ता काम नगर्न महासंघले विज्ञप्तिमार्फत आग्रह गरेको हो।

नेपाल शिक्षक महासंघले चैत २० गतेदेखि काठमाडौँका सडकमा प्रदर्शन केन्द्रित गरिरहेको छ ।

प्रधानमन्त्री ओली र देउवाबीच भेट, गभर्नर नियुक्ति टुंग्याउने सहमती

काठमाडौं,१५ बैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सरकार परिवर्तनको हल्ला चलिरहेकै बेला प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता भएको हो ।

शनिवार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको बताईएको छ ।

त्यसबाहेक गभर्नर नियुक्तिको प्रकृया टुंग्याउन पनि दुबै जना सहमत भएको बताईएको छ ।

डा. गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्तावमा ओलीले सहमती जनाएको डेढ साताबित्दा पनि गभर्नर नियुक्त नभएपछि सत्ता हेरफेर हुने हल्ला चलेको थियो ।

देउवाले भट्टलाई गभर्नर बनाउने प्रकृया अघि बढाउन आग्रह गरेको र ओलीले चाँडै गभर्नर नियुक्तिको प्रकृयाले टुंगो पाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।

इलोन मस्कले पद छोडे भने ट्रम्प सरकारलाई पर्न सक्ने अप्ठ्यारो

टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले स्थापना गरेको खर्च कटौतीसम्बन्धी निकायको जिम्मेवारीबाट आफूले राजीनामा दिने बताएका छन्।

राष्ट्रपति ट्रम्पसहित ह्वाइट हाउसका अधिकारीहरूले पनि मस्कले छिट्टै उक्त जिम्मेवारी छोड्ने धेरै अघिदेखिको योजना रहेको बताएका छन्। तर यो समाचार त्यस बेला मात्रै सार्वजनिक भयो जतिबेला यी अर्बपति उद्योगपतिको कार व्यवसायको आय व्यापक घट्न पुग्यो।

मस्कको घोषणाले कैयौँ अनुत्तरित प्रश्नहरू जन्माएको छ – उनले साँच्चिकै कहिले ट्रम्प प्रशासन छोड्छन्? त्यसपछि डिपार्टमन्ट अफ गभर्मन्ट इफिशन्सी (डीओजीई) के हुन्छ?

यसबारे बीबीसीले बुधवार राष्ट्रपति ट्रम्पलाई सोधेको थियो। उत्तर दिँदै उनले मस्कलाई बिदाइ गर्ने तयारी प्रशासनले गरिरहेको बताए।

“कुनै बिन्दुमा हामीले उनलाई जान दिनुपर्छ। हामीले अलि समयदेखि नै यो अपेक्षा गरेका थियौँ। म यस विषयमा इलोनसँग कुरा गर्छु,” ट्रम्पले ह्वाइट हाउसमा भने।

कम्पनीका प्रमुख काममा फर्किएपछि टेस्लाको “हेरविचार हुने” राष्ट्रपति ट्रम्पले बताएका छन्। मस्कलाई “केही जनताले अनुचित व्यवहार गरेको” ट्रम्पको गुनासो थियो।

“उनी देशभक्त हुन्। अनि उनीमाथि कहिल्यै पनि [त्यस्तो] हुनु हुँदैन,” ट्रम्पले थपे।

ट्रम्पले डीओजीईलाई केही दिन मात्र दिन भ्याए भने सरकारी नियमानुसार उनको सरकारी कार्यकाल लम्बिन सक्छ।

मस्कले पालना गर्नुपर्ने सर्त

मस्कलाई “सरकारको विशेष कर्मचारी”को दर्जा दिइएको थियो। उक्त पदको कर्मचारीका हैसियतमा उनले तलबी वा बेतलबी रूपमा प्रत्येक वर्ष १३० दिन सरकारी काम गर्न पाउँछन्।

सन् २००७ मा अमेरिकी न्याय मन्त्रालयको एक परिपत्र सन् २०२४ को सरकारी संहिता कार्यालयको मार्गनिर्देशक दस्तावेजमा उल्लेख छ। त्यसअनुसार सरकारको विशेष कर्मचारीले जुनसुकै काम गरे पनि त्यस दिन पूरा काम गरेको मानिने उल्लेख छ।

मस्कले डीओजीईका लागि एक सातामा पाँच दिन काम गरेको मान्ने हो भने ज्यानुअरी २० मा ट्रम्पको पदभार ग्रहण भएको दिनबाट हिसाब १३० दिनको सेवावधि मे महिनाको अन्त्यमा सकिन्छ। मस्कले आफूले सप्ताहान्तमा पनि काम गर्ने दाबी गर्दै आएका छन्।

अहिले अहिले बिदा लिए भने उनको कार्यकाल अझै लम्बिन सक्छ। वर्षमा १३० दिन काम गर्नुपर्ने समयसीमा ज्यानुअरी २०२६ बाट फेरि सुरु हुन्छ।

मस्कले आफूले ट्रम्प प्रशासन छोड्ने समयसीमाबारे केही पनि बताएका छैनन्।

टेस्लाको नाफा ७१ प्रतिशतले घटेसँगै आर्थिक समस्या भएको विवरण आएसँगै मस्कले मङ्गलवार डीओजीईबाट बाहिरिने घोषणा गरेका थिए।

सरकारी पदका कारण टेस्ला समस्यामा

इलोन मस्कको डीओजीईविरुद्ध प्रदर्शन

तस्बिर स्रोत,Reuters

मस्कले ट्रम्प प्रशासनमा गरेका कामलाई लिएर विश्वभरि नै टेस्लाका कार बहिष्कार गर्ने अभियान र विरोधप्रदर्शन सुरु भएपछि टेस्लाको नाफामा ठूलो गिरावट आएको थियो। आयोजकहरूले अधिकांश प्रदर्शन शान्तिपूर्ण भएको दाबी गरे पनि केही स्थानमा टेस्लाका शोरूम र चार्जिङ स्टेशनमा आगजनी पनि गरिएको थियो।

कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई अझै लामो समयसम्म नाफामा देखिएको गिरावट जारी रहन सक्ने भन्दै सचेत गराएको छ।

मस्कले पनि आफ्ना लगानीकर्ताहरूलाई आफूले डीओजीईमा दिएको समय उल्लेख्य मात्रामा घटाउने र टेस्लाका लागि धेरै समय दिने बताएका छन्।

उनको यस्तो प्रतिक्रियापछि टेस्लाको घट्दो शेअर मूल्य केही बढेको थियो।

अर्को कुरा चाहिँ मस्कले ट्रम्प प्रशासनका लागि अहिलेसम्म कति दिन काम गरे भन्ने स्पष्ट छैन। त्यस्तै सरकारले उनको कामको हिसाब कसरी राखेको छ र १३० दिनको समयसीमा कसरी लागु हुन्छ भन्नेमा स्पष्टता छैन।

यसअघि पनि मस्कलाई अभूतपूर्व जिम्मेवारी दिने क्रममा ट्रम्प प्रशासनले नियम उल्लङ्घन गरेको भन्दै आलोचना भएको थियो। त्यससँगै उनले उक्त जिम्मेवारीमा पालना गर्नुपर्ने समयसीमा पनि पालना नगर्ने चिन्ता व्यक्त भएका छन्।

किनभने सरकारको विशेष कर्मचारी बन्न मस्कले आचारसंहिताको तालिम लिनुपर्थ्यो, आफ्नो सम्पत्तिको गोप्य विवरण सरकारलाई उपलब्ध गराउनुपर्थ्यो र स्वार्थ बाझिने खालका कामबाट अलग रहनुपर्थ्यो।

मस्कले गर्न पाउँदैनन् राजनीति

इलोन मस्क ह्वाइट हाउसमा

तस्बिर स्रोत,EPA-EFE/REX/Shutterstock

मस्कको व्यवसायिक साम्राज्य निकै ठूलो छ र त्यसमध्ये धेरैले अमेरिकी सरकार र विदेशी सरकारसँग पनि व्यापारिक साझेदारी गरेका छन्।

उदाहरणका लागि, मस्कको स्पेसएक्सका प्रमुख कार्यकारीका अनुसार उक्त कम्पनीले अमेरिकी सरकारसँग २२ अर्ब अमेरिकी डलरको करार गरेको छ।

सरकारी नियमानुसार मस्कजस्तो विशेष कर्मचारीले राजनीतिक गतिविधिमा सहभागी हुन पाउँदैनन्।

कार्यालयमा रहेका समयमा वा काममा रहेका समयमा राजनीतिक नारा भएका कपडा लगाउन पनि बन्देज छ।

तर मस्कले ओभल अफिसमा “मेक अमेरिका ग्रेट अगेन” लेखिएको टोपी लगाएको तस्बिर सार्वजनिक भएको थियो।

फेब्रुअरीमा ह्वाइट हाउसका एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बताएअनुसार मस्कले आफ्नो सम्पत्ति विवरण बुझाउने बताएका थिए।

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती अधिकारीले मस्कलाई आचारसंहिताबारे जानकारी पनि गराइएको बताएका थिए।

त्यसको अर्को महिना ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले बीबीसीसँग भनिन्, “इलोन मस्कले विशेष सरकारी कर्मचारीको रूपमा राष्ट्रपति ट्रम्पको प्रशासनलाई निःस्वार्थ सहयोग गरिरहेका छन् र उनले आफ्नो हकमा लागु हुने सबै सङ्घीय कानुनको पालना गरेका छन्।”

अहिले मस्कले राष्ट्रपति ट्रम्पका लागि काम गरिरहेका कारण उनको कामको निगरानी गर्ने ट्रम्प आफूबाहेक कोही पनि छैन।

अरू कर्मचारीको पद के हुन्छ

इलोन मस्क, जेडी भान्स र डोनल्ड ट्रम्प

तस्बिर स्रोत,Reuters

‘पब्लिक सिटिजन’ नामक प्रगतिशील थिङ्क ट्याङ्कले गत साता सार्वजनिक गरेको एउटा प्रतिवेदनले ह्वाइट हाउसले विशेष सरकारी कर्मचारीको नियम “व्यापक मात्रामा दुरुपयोग गरेको” भन्दै ट्रम्प प्रशासनको आलोचना गरेको छ।

“अहिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगर्ने मस्कजस्ता विशेष सरकारी कर्मचारीले जनताको हितभन्दा आफ्नो स्वार्थमा केन्द्रित भएका छन् वा छैनन् भनेर निगरानी गर्ने संयन्त्र छैन,” प्रतिवेदनका लेखक जोन गोलिङ्गरले भने।

बीबीसीले मस्क र कर्मचारी व्यवस्थापन कार्यालयलाई डीओजीईका कर्मचारीबारे प्रतिक्रियाका लागि सम्पर्क गरेको थियो।

मस्क बाहिरिए पनि डीओजीईका झन्डै १०० कर्मचारीहरू सरकारका विभिन्न निकायमा रहने विवरण ‘वाल स्ट्रीट जर्नल’ले बिहीवार प्रकाशित गरेको छ।

मस्क र ट्रम्पले डीओजीईको काम सक्ने समयसीमा निर्धारण गरेका छन्। त्यो समयसीमा अमेरिकी स्वतन्त्रता घोषणाको २५०औँ वार्षिकोत्सवको सेरोफेरोमा हुने ठानिएको छ।

ट्रम्पको पदबहालीका क्रममा कार्यकारी आदेशबाट डीओजीईको स्थापना गर्दा उल्लेख भएअनुसार यसको अन्तिम कार्यकाल सन् २०२६ को जुलाई ४ सम्म छ।

गत डिसेम्बरमा सामाजिक सञ्जाल ‘एक्स’को एउटा पोस्टको जबाफ दिने क्रममा मस्कले डीओजीईले निर्धारित समयमै आफ्नो काम सक्ने बताएका थिए।

“डीओजीईको अन्तिम काम भनेको यसको अन्त्य हो,” उनले भनेका छन्।

वीवीसीबाट

आमा

मनभरी असंख्य पीडा
आँखाभरी अनगिन्ती सपना
फेरि पनि मुस्कुराईरहने
आँखाका डीलभित्र लुकाएर आँशु
ओठमा मुस्कान छर्ने
यो कला होईन
हो, अदभूत सामथ्र्य
भन त तिमीमा त्यो अद्भूत सामथ्र्य
कहाँबाट आयो ?

सैयौ अभाव झेल्यौ
कैयौ दवाव झेल्यौ
तर कहिल्यै भनिनौ ऐया
बस्, मुस्कुराई रह्यौ
भन त तिमीलाई दुख्छ कि दुख्दैन ?
दुखाईमा पनि मुस्कुराउन कहाँबाट सिक्यौ ?

किनारसंगै अविरल बग्ने नदी
नदी झै बग्ने तिमी
न थाक्छौ
न भाग्छौ
न बिचलित हुन्छौ
भन त तिमी के ले बनेकी छौ ?
तिमी नदी जस्ती
जो रोकिदैन कहिल्यै
बगिरहन्छ निरन्तर
निरन्तर
जसले मार्दैन थकाई
हाल्दैन जसले सुस्केरा
जसले भन्दैन ऐया
बगिरहनु जसको धर्म हो
तिमी र नदी उस्तै उस्तै लाग्छ मलाई
दया, माया
र, करुणाको सागर तिमी
तिमीभित्र खाँदिएको बात्सल्य प्रेम
मापन गर्न नसकिने
सगरमाथाभन्दा अग्लो
मातृत्व र सहनशिलताको उचाई
सन्तानहरुमा न्यौछावर ग¥यौ
आफ्ना सबै ईच्छा,आकांक्षा र रहरहरु

आमा
तिमी आकाश जस्ती
तिमी सागर जस्ती
जोभित्र फैलिएको छ, माया
अनन्त आकाशजस्तै
जोभित्र फैलिएको छ, करुणा
त्यो गहिरो सागर जस्तै
आकाश ओढेर सुतेको
सागर झै तिमी

तिमी गुलाव जस्ती
तिमी ईस्पात जस्ती
कोमलता गुलाव जस्तो
सबै चोट सहन सक्ने
त्यो सामथ्र्य, ईस्पात जस्तो
भन त आमा,
तिमी गुलाव हौ कि ईस्पात ?

आमा,
तिमी सुरक्षाकवच
तिमी भरोसा
तिमी अटुट विश्वास
पेटलाई पटुकाले बाँधेर
तिमीले भोक सह्यौ
आफ्नो गास काटेर
भ¥यौ सधै सन्तानको पेट
तिमीलाई भोक लाग्छ कि लाग्दैन ?

आमा भन त,
तिमीलाई कहिल्यै
जिम्मेवारीको बोझले थिचेन ?
तिम्रा सपनाहरुले
तिमीलाई पछ्याईरहदा
आफ्नै सपनाहरुले
तिमीलाई गिज्याईरहदा
तिमी त बस्, मुस्कुराईरहयौ

आफू रित्तिएर
तिमीले माया बाडिरह्यौ
आफू खिईएर
तिमीले साहस भरिरह्यौ
सन्तानहरुमा
आफ्ना
रहर, आकांक्षा र सपनाहरु दवाएर
तिमीले सधै भन्यौ, म छु नि

आमा भन त,
तिमी के ले बनेकी छौ ?
तिमी गुलाव जस्ती
तिमी ईस्पात जस्ती

खोज्नुहोस