दक्षिण कोरियाबाट दुई नेपाली निष्कासन
काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका दुई नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ । कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काएको हो ।
गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका दुई जनालाई यसै साता काठमाडौं फर्काइएको थियो ।
यसअघि दक्षिण कोरियाले चार जनालाई निष्कासन गरेको थियो । उनीहरू अघिल्लो साता निष्कासनमा परेका थिए । पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ ।
ट्रेन्डिङ
सम्बन्धित
विराटनगरविरुद्ध विशाल जित निकाल्दै सुदूरपश्चिम लगातार दोस्रोपटक एनपीएलको फाइनलमा
२४ मंसिर २०८२ १९:२८
