फेक इमेलको जोखिम : सतर्क रहन प्रहरीको चेतावनी

काठमाडौं । प्रहरीका विशिष्ट कार्यालय र अधिकृतको नाममा इमेल आएमा सचेत रहन सर्वसाधारणलाई प्रहरीले अपिल गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै त्यस्ता ‘फेक’ इमेलबाट सावधान रही नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सूचित गर्न भनेको हो ।
सूचनामा भनिएको छ, ‘प्रहरीका विशिष्ट कार्यालय वा अधिकृतको नाम लिएर इमेल आउँदैमा विश्वासमा नपर्न तथा कुनै प्रतिक्रिया नदिन विनम्र अनुरोध गर्दछौं ।’

प्रधान कार्यालयका अनुसार प्रहरीमा यस्ता गुनासो आएकाले गुनासो उपर अनुसन्धान भइरहेको छ ।​

राजेन्द्र महतोको दल दर्ता : चुनाव चिह्न माछा मागे, निर्वाचन आयोगले ग्यास सिलिण्डर दियो

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

आज निर्वाचन आयोगद्वारा राष्ट्रिय मुक्ति पार्टी नेपाल नामक राजनीतिक दल दर्ता गर्ने निर्णय गरि पार्टीलाई प्रमाणपत्र प्रदान गरिएको हो। चुनाव चिन्हको रूपमा ग्याँस सिलिण्डर प्रदान गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय मुक्ति पार्टी नेपालले चुनाव चिह्न माछा माग गरेको थियो । तर निर्वाचन आयोगले ग्यास सिलिण्डर चुनाव चिह्न दिएको छ ।

गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने गरी झण्डा समेत प्रदान गरिएको आयोगले जनाएको छ । दल दर्ता नं। २०१ कायम भएको छ।

स्वदेशवाद, बहुलरष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धांत बमोजिम पार्टी आगाडि बढ्ने भएकोले आम जनतालाई यस पार्टीको सदस्यता ग्रहण गरि सक्रियता साथ पार्टीमा लाग्न अध्यक्ष राजेन्द्र महताले अपील गरेका छन् ।

सञ्चारकर्मी बस्नेतलाई कम्युनिटी मिडिया अवार्ड

काठमाडौं । अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरिएको छ ।

अमेरिकाको न्युयोर्कबाट सञ्चालित त्रिवेणी टाइम्सले आफ्नो प्रथम वार्षिकोत्सवका अवसरमा बस्नेतसहित ७ जना सञ्चारकर्मीलाई फस्ट ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ प्रदान गरेको हो । न्युयोर्कमा आयोजित एक विशेष समारोह मिडियालाई समुदायमा जोडन अतुलनीय भूमिका खेलेवापत उनीहरुलाई अवार्ड प्रदान गरिएको त्रिवेणी टाइम्सले जनाएको छ ।

अवार्ड सँगै न्युयोर्क राज्यको एसेम्बली मेम्बर जेनिफर राजकुमारको अफिसले सम्मानपत्र समेत उपलब्ध गराएको छ । कम्युनिटी मिडिया अवार्ड २०२५ पाउनेमा नेपालबाट अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत, मन्जुर हुसैन दुनिया इन्टरनेसन एण्ड ग्लोबल टिभी अमेरिका, हरप्रित सिंह तोर मेनस्ट्रीम मिडिया अमेरिका, सम्राट कार्की हेलो अमेरिका, लोबलु अन्सार बंगलादेश प्राटिशन, युई जी चाइना प्रेस, डेव ल्लावानेश जिएमए नेटवर्क अमेरिका छन् ।

‘नेपाली मिडिया उद्योगको नेतृत्व गरिरहेका बस्नेत मिडिया र समूदायलाई कसरी जोड्ने भन्ने एक उहाहरण हुन्’ अवार्ड बितरण समारोहमा उद्घोष गदै त्रिवेणी टाइम्सका संचालक नवराज केसीले भने ‘ नेपालको बिश्वासीलो मिडिया हाउस अन्नपूर्ण मिडिया नेटवर्कका माध्यमबाट उनले मिडिया र समूदायलाई जोड्ने अदभूत काम गरिरहेका छन । त्यही क्रममा अन्नपूर्ण मिडिया नेटवर्कलाई अन्तर्राष्ट्रिय मिडिया हाउस बनाउँदै अमेरिकामा बसोबास गरिरहेका नेपालीमुलका अमेरिकन समूदायहरुलाई जोड्न गरिरहेका छन । जुन आफैमा सराहनी छ ।’ मिडिया र समूदायलाई जोड्न बस्नेतले गरेको कामको मूल्यांकन गदै कम्यूनिटी मिडिया अवार्ड २०२५’ का लागि छनोट गरि अवार्ड प्रदान गरेको उनले बताए ।

ट्रम्पको दोस्रो कार्यकाल: बाँकी विश्वका लागि अर्थ के?

राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि ह्वाइट हाउसमा फेरि प्रवेश गरेका छन्।

“अमेरिका फस्ट” अर्थात्‌ “अमेरिका पहिला” भन्ने नीति अघि सारेका ट्रम्पको दोस्रो कार्यकालले अमेरिकी विदेशी नीतिलाई नयाँ रूप दिने छ जसबाट अमेरिकी सीमाबाहिर रहेका करोडौँ मानिस पनि सम्भवतः प्रभावित हुने छन्।

यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति रहिसकेका ट्रम्पले केही प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरूलाई कसरी हेर्ने छन् त?

युक्रेन

न्यूयोर्कमा गत सेप्टेम्बरमा युक्रेनी राष्ट्रपतिसँग ट्रम्प

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ट्रम्पले युक्रेनलाई दिइने सहायता कटौती गर्न चेतावनी दिइसकेका छन्

चुनावी अभियानका क्रममा ट्रम्पले “एक दिनमै” रुस र युक्रेनबीचको युद्ध अन्त्य गराउने कुरा पटकपटक गरेका थिए, यद्यपि त्यसबारे विस्तृत विवरण उनले दिएका छैनन्।

सन् २०२२ मा रुसले युक्रेनमा पूर्ण स्तरको अतिक्रमण गरेयता अमेरिकाले युक्रेनलाई सैन्य सहायताका लागि अर्बौँ डलर खर्च गर्दै आएकोमा ट्रम्पले आलोचना गर्ने गरेका छन्।

युद्ध अन्त्य गराउनका लागि सम्झौता गर्न ट्र्म्पले युक्रेनमाथि दबाव दिनसक्छन् भन्दै युक्रेनका समर्थकहरूबीच उनको टिप्पणीले चिन्ता निम्त्याएको थियो।

युक्रेन र रुसका लागि ट्रम्पका विशेष दूतमा मनोनित किथ केलगले ज्यानुअरीको शुरूतिर फक्स न्यूजसँग कुराकानी गर्दै १०० दिनभित्र ट्रम्पले हल खोज्ने बताएका थिए।

अघिल्लो एप्रिलमा उनले मस्कोसँग शान्ति वार्तामा बस्न किएभ तयार भए मात्र अमेरिकाले थप सहायता उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका थिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई भेट्न चाहिरहेका भन्दै त्यसका लागि “तयारी भइरहेको” उनका सहयोगीहरूले बताएका छन्।

नेटो

अभ्यासका क्रममा नेटोका सैनिकहरू

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,नेटोबाट अमेरिका बाहिरिएला भन्नेबारे मतहरू विभाजित देखिन्छ।

संयुक्त राज्य अमेरिका, यूके, जर्मनी र फ्रान्ससहित ३२ देशहरूको सैन्य गठबन्धन उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) ट्रम्पलाई मन नपर्ने कुरामध्ये एउटा हो।

कुल गार्हस्थ उत्पादन (जीडीपी) को २ प्रतिशत सुरक्षामा खर्च गर्ने लक्ष्य पूरा गर्न सदस्य राष्ट्रहरू विफल भए नेटोबाट अमेरिका बाहरिने चेतावनी ट्रम्पले पहिलो कार्यकालमा दिएका थिए।

आफूले बेहोर्नुपर्ने खर्च नतिर्ने नेटो सदस्य राष्ट्रमाथि आक्रमण भए अमेरिकाले प्रतिरक्षा नगर्ने पनि उनले बताएका थिए।

ट्रम्पको वेबसाइटमा उल्लेख गरिएअनुसार उनको उद्देश्य नेटोका उद्देश्य र मिसनलाई “आधारभूत रूपमा पुनर्मूल्याङ्कन गर्नु” रहेको छ।

नेटोबाट अमेरिका बाहिरिएला भन्नेबारे मतहरू विभाजित देखिन्छन्।

तर विज्ञहरूका अनुसार नेटोबाट नबाहिरीकन पनि उनले त्यसको महत्त्वलाई नजरअन्दाज गर्न सक्छन्- उदाहरणका लागि युरोपमा रहेका अमेरिकी सैनिकहरूको सङ्ख्या उनले घटाउन सक्छन्।

मध्यपूर्व

तेहरानमा इजरेल अमेरिकाविरोधी प्रदर्शन

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ट्रम्पले मध्यपूर्वलाई लिएर चुनौती झेल्नुपर्ने हुन्छ

गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौता कार्यान्वयनमा आएलगत्तै ट्रम्पले कार्यकाल सम्हालेका छन्।

वार्तामा उनका सल्लाहकारहरूले जो बाइडनको टोली र कतार एवम् इजिप्टका वार्ताकारहरूसँग मिलेर काम गरे। बाइडन र ट्रम्प दुवैले सम्झौताको जस दाबी गरिरहेका छन्।

तर सम्झौताका कतिपय कुरा कार्यान्वयनमा चुनौती देखिन सक्छन्। बाइडनकै शब्दमा खास गरी “युद्धको स्थायी अन्त्य” गराउन चुनौतीपूर्ण हुने छ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानी भन्ने र अमेरिकी दूतावासलाई तेल अभिभबाट त्यहाँ सार्नुसहितका इजरेलसमर्थक नीतिहरू सशक्त रूपमा अगाडि सारेका थिए।

उनको प्रशासनले इरानविरुद्ध कडा नीति अख्तियार गरेको थियो। प्रतिबन्धहरू बढाइनुका साथै इरानका सबैभन्दा शक्तिशाली सेनाका कमान्डर जेनरल कासिम सुलेमानीको हत्या गरिएको थियो।

आलोचकहरूका अनुसार ट्रम्पका नीतिको अस्थिर असरहरू सो क्षेत्रमा पर्‍यो र प्यालेस्टिनीहरूलाई एक्ल्यायो।

उनले संयुक्त अरब एमिरेट्स, बहराइन, सुडान र मोरक्कोसँग इजरेलको सम्बन्ध सामान्य बनाउने गरी ऐतिहासिक अब्राहम सम्झौताको मध्यस्थता गराए। तर ती सम्झौताअन्तर्गत इजरेललाई स्वतन्त्र प्यालेस्टिनी राज्यको भविष्य स्वीकार्न लगाइएन जुन कुरा अरब राष्ट्रहरूले पहिलापहिला सम्झौताका लागि पूर्वशर्तका रूपमा सार्ने गरेका थिए।

चीन

ताइवानमा एउटा सैन्य अभ्यास

तस्बिर स्रोत,Getty

तस्बिरको क्याप्शन,तनाव बढिरहँदा चीन र ताइवान दुवैले सैन्य अभ्यास गरेका छन्

अमेरिकाले चीनप्रति गर्ने व्यवहारको ठूलो असर विश्व सुरक्षा र व्यापारमा असर पर्ने छ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले चीन र अमेरिकाबीच व्यापार युद्ध निम्त्याए। अमेरिकामा चीनले निर्यात गर्ने वस्तुहरूमा ६० प्रतिशतसम्म कर लगाउने उनले बताएका थिए।

ट्रम्पले विदेशमन्त्रीका लागि छानेका मार्क रुबिओ र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज दुवै चीनविरुद्ध कडा रवैया अपनाउने व्यक्ति हुन्। उनीहरूको चयनले बेइजिङ्गलाई ट्रम्पले ठूलो खतराको रूपमा लिने गरेको प्रस्ट हुन्छ।

ताइवान एउटा महत्त्वपूर्ण मुद्दाको रूपमा रहेको छ। चीनले आफूबाट छुट्टिएको एउटा प्रान्तको रूपमा लिने गरेको र क्रमशः आफ्नो नियन्त्रणमा आउने भनी विश्वास गर्ने गरेको स्वशासित ताइवानलाई अमेरिकाले सैन्य सहायता उपलब्ध गराउँदै आएको छ।

चीनले ताइवानमाथि अतिक्रमण गरेको खण्डमा अमेरिकाले के गर्ने छ भन्नेबारे ऐतिहासिक रूपमा वाशिङ्गटन अस्पष्ट रहिआएको छ।

चुनावी अभियानका क्रममा ट्रम्पले ताइवानमाथि चीनले नाकाबन्दी गरेमा अमेरिकाले सेना प्रयोग नगर्ने बताएका थिए।

सो क्रममा उनले चिनियाँ राष्ट्रपति “सीले मलाई आदर गर्छन् र उनलाई थाहा छ म सनकी छु” भनेका थिए। ताइवानमाथि अतिक्रमण गरे चिनियाँ निर्यातमा ‘भयानक शुल्क’ लगाउने उनले बताएका थिए।

जलवायु परिवर्तन

क्यालिफोर्नियामा तेल पम्प

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,ट्रम्पको प्रशासन खनिज इन्धनमा केन्द्रित हुने देखिन्छ

ट्रम्पले जलवायु परिवर्तनबारे सन्देह गर्दै आएका छन् जसले हरित ऊर्जाको विषयलाई एउटा “ठगी” भन्छन्। राष्ट्रपतिको पदभार सम्हालेपछि जलवायु परिवर्तनसम्बन्धी सन् २०१५ को प्यारिस सम्झौताबाट अमेरिकालाई फेरि पनि अलग्याउने कार्यकारी आदेश उनले जारी गरेका छन्।

यसअघि उनको कदमलाई जो बाइडनले सन् २०२१ मा उल्टाइदिएका थिए।

सस्तो ऊर्जा उपलब्ध गराउने वाचा गर्दै उनले तेल उत्खननमा वृद्धि गर्न वाचा गरेका छन्।

चुनावअघि ट्रम्पको अभियानले वातावरणवादीहरूले ल्याउने “विवेकहीन निवेदनहरू” रोक्ने, वायुऊर्जामा दिइने सहुलियत बन्द गर्ने, तेल, ग्यास र कोइला उत्पादनमा कर कटौती गर्ने र बाइडनले ल्याएका सवारीबाट हुने उत्सर्जनसम्बन्धी नियमनलाई हटाउने वाचा गरेको थियो।

आप्रवासन

एरिजोनामा आप्रवासीहरू

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,अवैध आप्रवासनलाई रोक्ने पनि ट्रम्पको एउटा वाचा थियो

ट्रम्पले कागतपत्र विना अमेरिकामा बस्दै आएका लाखौँ आप्रवासीहरूलाई देशबाट निकाला गर्ने वाचा गरेका थिए।

अमेरिकामा कागजपत्र नभएका अनुमानित एक करोड १० लाख आप्रवासीहरू बस्दै आएका बताइन्छ र उनीहरूले कैयौँ वर्षदेखि काम गर्दै आएका छन्।

देश निकालाको काम “अपराधीहरूबाट” शुरू गर्ने उनले बताएका थिए। तर विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

उनले जन्मका आधारमा स्वतः अमेरिकी नागरिकता पाइने व्यवस्थालाई अन्त्य गर्ने कार्यकारी आदेश जारी गरेका छन्।

सीमा सुरक्षा कडा पार्ने र केही देशहरूबाट हुने यात्रामाथि विगतमा गरेको प्रतिबन्धलाई फेरि शुरू गर्न सक्ने उनले बताएका थिए। त्यसरी प्रतिबन्ध लगाइएका अधिकांश मुस्लिम बहुल देश थिए।

यद्यपि विज्ञहरूका अनुसार ट्रम्पका योजनाहरू पूरा हुनका लागि उल्लेख्य कानुनी, बन्दोबस्ती, आर्थिक र राजनीतिक चुनौतीहरू झेल्नुपर्ने हुन्छ।

ग्रीनल्यान्ड र पानमा नहर

ग्रीनल्यान्डका प्रधानमन्त्रीले उक्त भूगोल विक्रीमा नरहेको बताएका छन्।

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,पहिलो कार्यकालका क्रममा ट्रम्पले ग्रीनल्यान्ड किन्ने कुरा सन् २०१९ माभनेका थिए

डोनल्ड ट्रम्पले ग्रीनल्यान्ड खरिद गर्न र पानमा नहरमाथि नियन्त्रण गर्न चाहेको भनेर अस्तव्यस्तता सिर्जना गरेका छन्।

ज्यानुअरीको शुरूतिर उनलाई उक्त उद्देश्य पूर्ति गर्न उनले सैन्य अथवा आर्थिक बल प्रयोग गर्लान् त भनी सोधिएको थियो।

जवाफमा उनले भनेः “होइन, यी दुइटैबारे म तपाईँलाई आश्वस्त पार्न सक्दिनँ।”

निकै कम जनसङ्ख्या रहेको उक्त डेनिश भूभागमा ठूला अमेरिकी ‘अन्तरिक्ष फसिलिटी’ रहेका छन्। ग्रीनल्यान्डमा पृथ्वीका दुर्लभ खनिजहरू पाइन्छ जुन ब्याट्री र उच्च प्रविधिका उपकरणहरू बनाउनमा काम लाग्छन्।

डेनमार्क र ग्रीनल्यान्डका प्रधानमन्त्री समेतले उक्त भूगोल विक्रीका लागि नभएको बताएका छन्।

गत डिसेम्बरमा ट्रम्पले पानमा नहर भएर जाने जहाजहरूबाट “हास्यास्पद र एकदमै अनुचित शुल्क” असुल्ने गरिएको आरोप लगाउँदै “अस्वाभाविक शुल्क लिने” क्रम नरोकिए अमेरिकालाई त्यसको नियन्त्रण सुम्पिन माग गर्ने बताएका थिए।

पानमामा ठूलो लगानी रहेको र उक्त नहरको नियमित प्रयोगकर्ता चीनलाई लिएर पनि आफ्नो चासो ट्रम्पले व्यक्त गरेका थिए।

पानमाले उक्त नहरमाथि रहेको आफ्नो सार्वभौकिताबारे “वार्ता गर्न नसकिने” भन्दै जलमार्गमा चीनको “कुनै हस्तक्षेप नरहेको” बताएको छ। -बिबिसी नेपाली 

लामिछानेसहितलाई धरौटीमा छोडनुको कारण पेश गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सोधेको छ ।

उच्च अदालत पोखराले आज रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छोड्नुको कारण र आदेशसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो ।

उच्च अदालत पोरखाका न्यायाधीश राजकुमार खतिवडाको इजलासले यस्तो आदेश दिएको हो । रविसहितलाई धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध सरकार उच्च अदालत गएको थियो ।

गत पुस २५ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, सहकारीका संस्थापक अध्यक्ष मीना गुरुङ, संस्थापक उपाध्यक्ष कृष्णबहादुर गुरुङ र कोषाध्यक्ष आरती गुरुङलाई जिल्ला अदालतले धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो ।

राष्ट्रपतिले बोलाए संसद्को हिउँदे अधिवेशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन्। राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम दुवै सदनका अधिवेशन बोलाएका हुन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यही माघ ७ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउन ट्रम्पद्वारा आदेशमा हस्ताक्षर

एजेन्सी । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताए । राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे ।ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको उनले बताए ।

शपथग्रहण समारोहमा ट्रम्पले अमेरिकामा दुईवटा मात्र लिङ्ग रहेको आधारमा नीतिहरू बन्ने बताए । ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गरे । उनले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने प्रतिबद्धता जनाए ।

उनले पानमा कनाल अमेरिकी नियन्त्रणमा ल्याउने बताए र त्यसलाई अहिले चीनले चलाइरहेको झुटो दाबी गरे । पानमा उक्त जलमार्गका लागि स्वायत्त रहेको छ ।

उनले त आफूले पहिला १०० दिनमा गर्ने कामहरू, लिने नीतिहरू र प्रतिबद्धताहरूको लामो सूचीसहित त्यसको विस्तृत विवरणसमेत दिए ।

ट्रम्पले दक्षिणी सिमानामा राष्ट्रिय सङ्कटकाल घोषणा गर्ने र अध्यागमनसम्बन्धी नियमहरू कार्यान्वयनका लागि राष्ट्रिय सेना परिचालन गर्ने घोषणा गरे । उनले सन् २०१९ मा पनि त्यस्तै सङ्कटको घोषणा गरेका थिए भने आफ्नो चुनावी अभियानमा पनि त्यस्तो गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै उनले तत्काल कार्यकारी आदेशमा हस्ताक्षर गरेर अमेरिकामा “तत्कालै सेन्सरशिप अन्य गर्ने र वाक् स्वतन्त्रता फिर्ता ल्याउने” घोषणा पनि गरे ।

आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू उनले हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ ।

उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहरूलाई उल्टाइ दिएका थिए भने प्यारिस जलवायु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए ।

राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिइएको छ ।

त्यस घटनामा उनका समर्थकहरूले त्यसबेलाको राष्ट्रपतीय निर्वाचनको मतपरिणामलाई उल्टाउने प्रयास गरेका थिए ।

ट्रम्पले गरे जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

महिला यु-१९ विश्वकप : स्कटल्यान्डसँग १ विकेटले हार्‍यो नेपाल

काठमाडौं : आइसीसी महिला यु(१९ विश्वकपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। मलेसियामा सोमबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा अलआउट हुँदै ७३ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको स्कटल्यान्डले १८.५ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

स्कटल्यान्डका लागि पिप्पा स्प्रउलले सर्वाधिक ३५ रन बनाइन्। त्यस्तै गब्रेइल्ला फोन्टेन्ला १२ रन र क्रिस्टी म्याकुल ६ रनमा अविजित रहे। नेपालका लागि रचना चौधरी र समा केसीले २-२ विकेट लिए भने पूजा महतो र क्रिस्मा गुरुङले १-१ विकेट लिए।

यसअघि नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २ रन बनाइन् भने साबित्री गौतमले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो।

 

विपिन जोशीको रिहाइकालागि परराष्ट्रमन्त्री र इजिप्टका विदेशमन्त्रीबीच वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा। बदर अब्देल(अतीसँग टेलिफोन वार्ता गरेकी छन् ।

टेलिफोन वार्ताको क्रममा परराष्ट्रमन्त्री डा। राणाले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइमा सघाउन आग्रह गरेकी थिइन् ।

जवाफमा अब्देल(अतीले विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न गाजामा रहेका आफ्ना वार्ताकारलाई निर्देशन दिने बताएका छन् ।

गाजामा युद्धविरामका लागि इजिप्टले खेलेको सफल भूमिकाबारे मन्त्री राणाले बधाई दिएकी थिइन् ।

गाजामा आइतबारदेखि युद्धविराम सम्झौता कार्यान्वयन सुरु भएको छ । १५ जनवरी २०२५ मा कतार, अमेरिका र इजिप्टको प्रयासमा इजरायल र प्यालेस्टायनबीच युद्धविराम सम्झौता भएको थियो ।

सम्झौताअनुसार हमासले ३३ युद्धबन्दीको रिहाइ गर्ने सूची इजरायललाई बुझाइसकेको छ । उक्त सूची इजरायलले आइतबार सार्वजनिक गरेको थियो ।

तर, उक्त सूचीमा विपिनको नाम भने समावेश छैन ।

 

ट्रम्पको आश्वासन पछि अमेरिकामा टिकटक फेरि सञ्चालन

वासिङ्टन : नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले कानूनी व्यवस्था गर्ने आश्वासन दिएपछि अमेरिकामा टिकटक फेरि सञ्चालन भएको छ।

सोमबारदेखि टिकटकले अमेरिकामा पुनः सेवा सञ्चालन गरेको जनाएको छ। सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै  राष्ट्रपति ट्रम्पलाई यसको श्रेय दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। टिकटकले आइतबार अमेरिकामा सेवा बन्द गरेको थियो।

टिकटकका चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर-चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा अमेरिकामा सेवा बन्द गरेका थिए। राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानून लागू भएपछि टिकटक सेवा बन्द गर्न बाध्य भएको थियो। प्रतिबन्ध लाग्नुभन्दा एक दिन अघि नै टिकटकले सेवा बन्द गरेको जनाएको थियो।

त्यसपछि चीनले पनि अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थियो। “अमेरिकी पक्षले तर्कसङ्गत आवाजहरूलाई गम्भीरतापूर्वक सुन्नेछ र संयुक्त राज्य अमेरिकामा सञ्चालित सबै देशका बजार संस्थाहरूका लागि खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित व्यावसायिक वातावरण प्रदान गर्नेछ भन्ने कुरा हामी आशा गर्दछौँ,” चीनका विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भने।

टिकटक धेरै वर्षदेखि अमेरिकामा सञ्चालन रहेको उल्लेख गर्दै उनले घरेलु रोजगारीलाई बढावा दिन र उपभोग बढाउन सकारात्मक भूमिका खेलेको जिकिर गरेका छन्।

 

यु–१९ महिला विश्वकप : नेपालद्वारा स्कटल्यान्डलाई ७४ रनको लक्ष्य

काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई जितका लागि ७४ रनको लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ७३ रन बनायो ।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । उनले ४३ बलमा तीन चौका हिर्काइन् । यसै गरी  सावित्री धामीले १० रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङतर्फ स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् । यस्तै अमी बलडाइ र नइमा शेखले दुई दुई तथा क्रिस्टी म्यायाकोलले एक विकेट लिइन् । स्कटल्यान्डले अहिले नेपालविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

अवैध रुपमा बसेका पाँच नेपाली टर्कीबाट निष्काशित

काठमाडौं– अवैध रुपमा टर्कीमा बस्दै आएका पाँद्ब जना नेपाली निष्काशित भएका छन्। गत शनिबार उनीहरु टर्किस एयरलाइन्सको जहाजबाट काठमाडौं आइपुगेका छन्।

अवैधरुपमा बसेको थाहा पाएपछि टर्कीको प्रहरीले उनीहरूलाई केहीदिनअघि पक्राउ गरेको थियो। निष्काशित हुनेहरूमा जीवन राज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा रहेका छन्।

पक्राउ परेका न‍ेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए। उनीहरूलाई काठमाडौंबाट मानव तस्करको सञ्जालले त्यहाँ पुर्‍याएको हुनसक्ने बताइएको छ।

उनीहरूको साथमा आफ्नो राहदानीसमेत थिएन। ट्राभल डकुमेन्ट बनाएर उनीहरू नेपाल आएका हुन्। उनीहरूलाई मानव तस्करकै सञ्जालले त्यहाँ अलपत्र पारेको थियो । लुकिछिपी बसेका उनीहरूलाई टर्कीको अध्यागमन  प्रहरीले पक्राउ गरी निष्काशन गरेको हो।

टर्कीमा रहेका बेला उनीहरूले क-कस्तो काम गरेका थिए भन्ने विषयमा भने खुल्न सकेको छैन।

खो खो विश्वकपको उपविजेता नेपाली टोली स्वदेश फर्किंदै

काठमाडौं । खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछ ।

भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको हो ।

नेपाली टोली आज साँझ स्वदेश आइपुग्नेछ । नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए ।

राखेप सदस्यसचिव घिसिङले खेलकुद विकास नियमावली, २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरे ।

हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानूनी रूपमा नै उनीहरूले पुरस्कार पाउने व्यवस्था भइसकेको घिसिङको भनाइ छ ।

आईतवार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।

त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो । लिगचरणमा पनि नेपाल भारतसँग ४२–३७ को प्रतिष्पर्धात्मक रूपमा पराजित भएको थियो ।

फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन । नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो ।

बुवाको लाश आँगनमा, डा.पन्त बिरामीको आँखाको शल्यक्रियामा व्यस्त

धनगढी, ७ माघ ।
एउटा छोराका लागि पितृ र मातृ शोकभन्दा ठूलो अर्को पीडा हुदैन । तर बरिष्ठ नेत्र चिकित्सक डा. विद्या प्रसाद पन्तले त्यो शोककाबीच पनि चिकित्सक हुनुको धर्म निर्बाह गरिरहे । यता धनगढीमा बुवाको लाश घरको आँगनमा थियो । उता म्यानमारको टाउँजीमा डा. पन्त बिरामीको आँखाको शल्यक्रिया गरिरहेका थिए ।

बुवाको मृत्यु भएको खवर उनले नपाएका होईनन । तर उनले त्यो समयको सदुपयोग गर्दै बिरामीको आँखाको शल्यक्रिया गरे, जुन समय उनी जीवनकै सबैभन्दा पीडा र छटपटीमा थिए । बुवाको क्रियाकर्म सकेर नेपालबाट फर्किदासम्म उनीहरु त अध्याँरोमै रहनेछन्, उनलाई लाग्यो, जहाज उड्ने समय नहुदासम्म किन खाली बस्नु ?

डा. पन्तको जीवनको अधिकांश समय आँखाको शिविर र बिरामीको आँखाको अप्रेशनका क्रममा थियटरमै बितेको छ । त्यो खवर सुनेर तव सबै चकित परे, जव डा. पन्त बुवाको मृत्यु भएको खवर सुनेर पनि बिरामीको आँखा खोल्न अप्रेशनमा व्यस्त थिए । उनलाई अस्पतालमा सान्त्वना दिन भीड जम्मा हुदा उनी भने बिरामीको आँखाको अप्रेशन गरिरहेका थिए ।

२०८० साउन ८ गते बुवा चुडामणी पन्तको धनगढीमा मृत्यु हुदा बरिष्ठ नेत्र बिशेषज्ञ डा. पन्त म्यानमारको टाउँजीमा थिए ।

झण्डै एक दशकदेखि म्यानमारमा आँखा अस्पतालको व्यवस्थापनसंगै बिरामीको आँखाको शल्यक्रिया गर्दै आएका डा. पन्त धनगढीबाट दुई दिनअघि मात्र म्यानमार फर्किएका थिए । आईसियुमा बुवाको उपचार भईरहेको जानकारी पाएपछि धनगढी आएका डा. पन्त बुवाको अवस्था सामान्य भएपछि पुनः म्यानमार फर्किएका थिए ।

दुई दिन नबित्दै बिहानै बुवाको मृत्यु भएको खवर सुनेपछि उनले म्यानमारबाट नेपाल आउने फ्लाईटको सोधीखोजी शुरु गरे । टाउजीबाट राजधानी यांगुनका लागि एउटा मात्र फ्लाईट थियो, साँझ पाँच बजे । सडक मार्ग भएर यांगुन पुग्न संभव थिएन ।

उनले साँझको फ्लाईटको टिकट बुक गरे । अस्पतालमा त्यो दिन आँखाको शल्यक्रियाका लागि करीव ५० जनाको नाम दर्ता भएको थियो । र, अस्पतालमा अप्रेशनका लागि पुगिसकेका बिरामीलाई चिकित्सकको बुवाको निधन भएको भन्दै घर फिर्ता पठाईदै थियो ।

बुवाको लाश घरको आँगनमा थियो । एक्लो छोरा डा. विद्या टाउँजीको अस्पतालमा बिलखबन्दमा थिए । एकै पटक साँझ मात्र यांगुनका लागि फ्लाईट भएकोले उनीसंग दिनभरी जहाजको समय कुर्नुभन्दा अर्को बिकल्प थिएन ।

उनले अस्पतालबाट अप्रेशन नभएर घर फर्किदै गरेका बिरामी देखे । कति समय पछि उनीहरुको पालो आएको थियो । त्यही पालोमा अप्रेशन नभएपछि फेरि कहिले अप्रेशन हुन्छ, ठेगान थिएन ।

बिरामीलाई घर पठाएर दिनभरी खाली बस्न उनको मनले मानेन । कति समयपछि आएको पालोमा अप्रेशन नहुदा निराश भएर फर्किरहेका बिरामीहरुको अनुहार देखेर उनले आफ्नो पीडालाई थाँती राखे । र, उनले निधो गरे, जहाज उड्ने समय नहुदासम्म जति सक्यो अप्रेशन गर्छु । । उनले बिरामीलाई घर नपठाउन र शल्यक्रियाका लागि तयारी अवस्थामा राख्न अस्पताल प्रशासनलाई भने । र, उनी बिरामीहरुको आँखाको अप्रेशन गर्न थाले । बिमानस्थल जानु अघि डा. पन्तले अस्पतालमा रहेका ४१ जना बिरामीको शल्यक्रिया गर्न भ्याए ।

बुवाको मृत्युको पिडा र छटपटीका बीच पनि उनले डाक्टरको धर्म निर्बाह गरे । र, पितृ शोकका बीच सबै बिरामीहरुको आँखाको शल्यक्रिया गरे ।

अस्पतालमा पालो कुरेर बसेका सम्पूर्ण बिरामीको आँखाको शल्यक्रिया सकेर डा। पन्त साँझको फ्लाईटबाट टाँउजी हुदै यांगुन पुगे । र, त्यहाँबाट दोस्रो दिन दिल्ली उडे । र, यांगुनबाट राति दिल्ली पुगेका डा। पन्त गाडीमा रातारात बनबासा पुगे । बुवाको मृत्यु भएको तेस्रो दिन साउन १० गते उनी धनगढी पुगे । उनी नआउदासम्म बुवाको शव घरको आँगनमा राखिएको थियो । उनी आएपछि तेस्रो दिन महाकाली नदीमा उनको बुवाको दाहसंस्कार गरियो ।

हमासले सार्वजनिक गरेको ३३ बन्धकको सूची अझै परेनन् विपीन

काठमाडौं – इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ।

युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।

यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई ७अक्टोबर २०२३ मा अपहरण गरिएको थियो।

प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास पनि छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध छन्।

उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्।

इजरायलले हालै युद्धविरामको घोषणा गरेको थियो। युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने छ।

हमासद्वारा अपहरित बन्दीहरूको सूची सार्वजनिक हुँदा नेपाली युवा विपीन जोशीको नाम परेको छैन । विपीन पनि ७ अक्टोबरमा अपहरणमा परेकामध्ये एक बन्दी हुन् ।

यद्यपि पछिल्लो केही सयमयता परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विपीनको रिहाइका लागि कतार, इजिप्ट र इजरायली समकक्षीसँग पहल गरिरहेकी छन् । एजेन्सी

पतञ्जलि आयुर्वेदविरुद्ध उजुरी दर्ता : बाबा रामदेव र आचार्य बालकृष्णका लागि पक्राउ पुर्जी जारी

केरला । योगा गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्णविरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको छ । आफ्नो स्वास्थ्यसम्बन्धी उत्पादनबारे भ्रामक विज्ञापन गरेको भन्दै केरलाका औषधि नियामक संस्थाले पतञ्जलि आयुर्वेदविरुद्ध उजुरी दर्ता गरेको आधारमा त्यहाँको अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

द टेलिग्राफका अनुसार पालाक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो । कन्नुरका ओप्थामोलोजिस्ट केभी बाबुले सन् २०२३ को नोभेम्बर विभिन्न उजुरी दर्ता गरेका थिए । त्यसपछि केरलाको औषधि नियन्त्रण विभागले राज्यका अधिकारीहरूलाई पतञ्जलिविरुद्ध कानुनी कारबाही सुरु गर्न निर्देशन दिएको थियो । कम्पनीमाथि ड्रग एन्ड म्याजिक रेमेडिज ९अब्जेक्सनेबल एडभर्टिजमेन्ट० एक्ट, ९डीएमआर एक्ट० १९५४ उल्लङ्घन गरेको आरोप छ ।
पतञ्जलिले एक विज्ञापनमा आफ्नो आयुर्वेदिक उत्पादनले उच्च रक्तचाप र डायबिटिज निको पार्ने दाबी गरेको थियो तर डीएमआर एक्ट अनुसार यस्ता विज्ञापन गर्न प्रतिबन्धित गरिएको छ । केभी बाबुले सन् २०२२ मा केन्द्र र प्रदेशका विभिन्न अधिकारीहरू तथा सन् २०२४ को जनवरीमा प्रधानमन्त्रीको कार्यालयमा आफ्नो उजुरी दर्ता गरेका थिए ।
यसअघि, सर्वोच्च अदालतले पनि राज्यहरूलाई त्यस्ता भ्रामक विज्ञापनहरू नियन्त्रण नगरे अवहेलनाको चेतावनी जारी गरेको थियो । योसँगै पालाक्कड जिल्ला अदालतले पुर्जी गरेको बताइएको छ ।

रवि लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देहीमा मुद्धा दायर

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा लामिछानेसहित थप १४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । यसअघि २८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भइसकेको छ ।

रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहितका ४२ जनाविरुद्ध १ अर्ब १२ करोड बिगो दाबी गरिएको छ ।

प्रहरीले दिएको सुरुको प्रतिवेदनमा २८ जना र पूरक जाहेरीका आधारमा रवि र छविसहित १४ जना थप गरेर प्रहरीले ४२ जनालाई मुद्दा चलाउनु पर्ने राय प्रतिवेदनमा सरकारी वकिलको कार्यालयमा दिएको थियो ।

लामिछाने कास्की र काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा हाल हिरासत बाहिर रहेका छन् ।

 

इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने

काठमाडौँ : अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० सेकेन्डको सीमालाई बढाएर टिकटकले दोब्बर बनाएको हो ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्रयोगकर्ताहरूको प्रतिक्रियाका कारण यो परिवर्तन गरिएको बताएका छन् । गत वर्ष जुलाईमा मोसेरीले लामो समयका भिडियोहरूलाई प्राथमिकता दिदा इन्स्टाग्रामको मुख्य पहिचानलाई कमजोर बनाउन सक्ने बताएका थिए ।

इन्स्टाग्रामको यो परिवर्तन अमेरिकामा टिकटक प्रतिबन्ध हुने सँगै आएको छ । टिकटकले भने सन् २०२१ मै ३ मिनेटको भिडियो अनुमति दिन थालेको थियो । तर इन्स्टाग्रामले रिल्सको समयसीमा बढाउन निकै ढिलो गरेको छ ।

डेढ मिनेटसम्मको भिडियो अनुमति दिन थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । कम्पनीले रिल्सको समयसीमा १० मिनेटसम्म बढाउने परीक्षण गरेको थियो, तर यसलाई सार्वजनिक रूपमा लागू नगरी रोकिएको छ । लामो समयका भिडियो पोस्ट गर्न हालको लागि रिल्स बाहेकका पोस्टहरूमा मात्र अनुमति दिइएको छ ।

सैफ अलि खानलाई चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौँ  : बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान चोरी गर्ने उद्देश्यले सैफको घरमा प्रवेश गरेका आरोपी मोहम्मद शहजादले सैफमाथि चक्कु प्रहार गरेका थिए ।

पक्राउ परेका शहजादको उमेर ३० वर्ष रहेको छ । उनी बंगलादेशी नागरिक भएको आशंका छ । प्रहरीका अनुसार आरोपीले चोरीको योजना बनाएर घरभित्र घुसेका थिए। उनलाई घर अभिनेता सैफ अली खानको हो भन्ने पनि थाहा थिएन ।

प्रहरीले शहजादको भारतीय नागरिकता पुष्टि गर्ने कुनै प्रमाण फेला पारेको छैन । पहिचान लुकाउन उनले आफ्नो नाम परिवर्तन गरेको पनि प्रहरीको भनाइ छ। उनी ५(६ महिना अघि मात्र भारत आएका थिए । उनी हाउसकिपिङको काम गर्थे ।

आक्रमणमा सैफलाई ६ ठाउँमा चक्कु प्रहार गरिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ ।

आजबाट इजरायल-हमास बीच युद्धविराम

एजेन्सी । गाजामा इजरायल र हमास बीचको युद्धविराम र बन्धक रिहाइ सम्बन्धी सम्झौता आजदेखि लागू भएको छ ।

स्थानीय समय अनुसार बिहान साढे ८ बजे देखि सम्झौता लागू भएको हो । युद्धविराम सम्झौता शुुरू हुन केही घण्टा बाँकी हुँदा टेलिभिजन बाट सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले हमास सँग आवश्यक भएमा पुनः लडाइँ शुुरू गर्ने अधिकार सुरक्षित राखेको चेतावनी दिएका छन् ।

सम्बोधनमा नेतन्याहूले हमास द्वारा रिहा गर्ने बन्धकहरूको सूची प्राप्त नभए सम्म इजरायलले सम्झौता कार्यान्वयन नगर्ने बताए । इजरायलले सम्झौताको उल्लंघन नसहने उनको चेतावनी छ । नेतन्याहूले दोस्रो चरणको युद्धविराम असफल भएमा हमास विरुद्धको युद्ध पुनः शुुरू गर्न आफ्नो देश तयार रहेको बताए ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार युद्धविराम अस्थायी भएको र गाजामा पुनः आक्रमण गर्न अमेरिकी निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन रहेको नेतन्याहूको दाबी छ । यसैबीच, इजरायलले गाजामा हमास र इस्लामिक जिहाद क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ ।

अबको केही सातामा १८ सय ९० प्यालेस्टिनी कैदीहरूको सट्टामा ३३ बन्धकहरूलाई रिहा गर्ने तयारी सहमति छ । सम्झौता अनुसार इजरायलले पनि गाज ाबाट आफ्ना सेना फिर्ता गर्न थाल्ने समाचारमा उल्लेख छ ।

अमेरिकामा टिकटक सेवा बन्द

वासिङ्टन । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ ।

केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो ।

प्रयोगकर्ताले अमेरिकामा टिकटक खोल्दा उनीहरूको टिकटक पेजमा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने एउटा सन्देश देखिन्छ । यो सन्देश टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द भएको घोषणा गरेपछि देखिन थालेको हो ।

धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन् ।

अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला सुनाएको थियो । टिकटकको मूल कम्पनी बाइटडान्सले अमेरिकी फर्म वा कम्पनीलाई टिकटकको स्वामित्व बेचेको खण्डमा मात्र टिकटक प्रतिबन्धबाट बच्न सक्ने फैसलामा उल्लेख छ ।

त्यसपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै जो बाइडेन, ह्वाइट हाउस र न्याय मन्त्रालयले हामीलाई स्पष्टता र आश्वासन दिन असफल भएकाले सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको छ ।

“सौभाग्यवश, अमेरिकी राष्ट्रपति निर्वाचित हुनुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधान खोज्न हामीसँग मिलेर काम गर्ने सङ्केत गर्नुभएको छ,” टिकटकले भनेको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई ९० दिनको प्रतिबन्धबाट छुट दिन सक्ने आश्वासन दिएको टिकटकले जनाएको छ । रासस

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघ्याे

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण रू २५ खर्ब ३६ अर्ब नाघेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र रू एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ ।

“चालु आर्थिक वर्षको सुरुमा सार्वजनिक ऋण रू २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा पुस मसान्तसम्ममा रू एक खर्ब दुई अर्ब तीन करोड थप वृद्धि भई कूल सार्वजनिक ऋणको दायित्व रू २५ खर्ब ३६ अर्ब १३ करोड पुगेको छ । जुन कूल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ४६ प्रतिशत हुन आउँछ”, कार्यालयको प्रतिवेदनमा भनिएको छ ।

कूल सार्वजनिक ऋणमा वैदेशिक ऋणको हिस्सा ५१ दशमलव ३१ प्रतिशत अर्थात् रू १३ खर्ब एक अर्ब ४१ करोड ७३ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनसँग बाह्य ऋणको अनुपात २२ दशमलव ८१ प्रतिशत हो ।

त्यस्तै, कूल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४८ दशमलव ६८ अर्थात् रू १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख बराबर छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋणको प्रतिशत २१ दशमलव ६४ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा कूल रू पाँच खर्ब ४७ खर्ब ऋण उठाउने लक्ष्य राखेकामा गत पुस मसान्तसम्ममा रू दुई खर्ब ४० अर्ब आठ करोड ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको ऋण प्राप्ति ४३ दशमलव ८९ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने सरकारको लक्ष्य रहेकोमा पुस मसान्तसम्ममा रू एक खर्ब ८१ अर्ब पाँच करोड अर्थात् वार्षिक लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत ऋण उठाइएको छ । त्यस्तै रू दुई खर्ब १७ अर्ब आन्तरिक ऋण उठाउने वार्षिक लक्ष्य रहेकामा पुस मसान्तसम्ममा २७ दशमलव २० प्रतिशत अर्थात् रू ५९ अर्ब तीन करोड प्राप्ति भएको छ ।

सार्वजनिक ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले चालु आर्थिक वर्षका लागि रू चार खर्ब दुई अर्ब ८५ करोड विनियोजन गरेको छ । गत पुस मसान्तसम्ममा साँवा ब्याज तिर्न रू एक खर्ब ८२ अर्ब ४० करोड खर्च भएको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४५ दशमलव २८ प्रतिशत हो । कूल गार्हस्थ्य उत्पादनका आधारमा पुस मसान्तसम्ममा कूल ऋण सेवा खर्च तीन दशमलव २० प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

 

पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ

झापा,६ माघ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटुवाल र कनकाई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । उनीमाथि शनिबार साँझ कनकाई नगरपालिकाको जुकेखाडी स्थित पूर्वपश्चिम राजमार्गमा आक्रमण भएको    हो ।

विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी चढेको बा.१ झ १८७० नम्बरको गाडीलाई थापा चढेको बा १ झ ६५३ नम्बरकोगाडीले ओभरटेक गर्न खोजेपछि विवाद भएको थियो । थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए ।

आक्रमणबाट थापा घाइते हुनुहभएको छ। उनको आँखामा चोट लागेको छ । उहाँको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा उनीमाथि आक्रमण भएको थियो ।

नेपाली कांग्रेस झापाले घटनाको निन्दा र भत्सर्ना गरेको छ । नेपाली कांग्रेस झापा सचिव नवीन विमलीले सांघातिक आक्रमण गर्ने कटुवाल र श्रेष्ठलाई कानुनी कारबाहीको माग गरेका छन् ।

पक्राउ परेका दुई जनालाई इप्रका बिर्तामोडमा राखिएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयर दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा,युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९६ पैसा र बिक्रीदर ९६ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर आठ रुपियाँ ८८ पैसा र बिक्रीदर आठ रुपियाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।

 

जव जहाज धनगढी बिमानस्थलमा अवतरण नहुदै काठमाण्डौं मोडियो…

काठमाण्डौं, ५ पुस ।
बिमान परिचारिकाले जहाज धनगढी बिमानस्थलमा अवतरण गरिरहेको सूचना दिएको केही मिनेटपछि श्री एयरको जहाज धावनमार्गमा अवतरण गर्ने तयारीमा थियो । धावनमार्ग प्रष्टसंग देखिदै थियो । जहाज र धावनमार्गका बीचमा केही ईञ्चको मात्र दूरी थियो । तर धावनमार्गमा अवतरण नहुदै जहाज आकाशतर्फ हुत्तियो । तव बिमानभित्र रहेका यात्रुहरु आत्तिए । एकछिनमै जहाज आकाशमा पुग्यो । र, बिमान परिचारिकाले खराव मौसमका कारण बिमान काठमाण्डौं तर्फ लागेको सूचना प्रवाह गरिन् ।

बिमानस्थलबाट पश्चिमतर्फ हानिएको जहाज मोडिएर काठमाण्डौं तर्फ लाग्यो । र, झण्डै ५५ मिनेटपछि जहाज काठमाण्डौं बिमानस्थलमा सकुशल अवतरण भयो । त्यतिबेला रातको १०ः३३ बजेको थियो । गन्तव्यमा ओर्लिन नपाएर निराश भएका यात्रुहरुले सकुशल काठमाण्डौंमा ओर्लिन पाएकोमा शान्तिको सास फेरे । यो घट्ना हो, शनिवार रातिको ।

काठमाण्डौंबाट साँझ ५ः३० बजे उड्नु पर्ने श्री एयरको जहाज राति ८ः४२ मिनेटमा उड्यो । तीन घण्टा अवेर गरेर जहाज उडेपनि यात्रुहरु गन्तव्यमा पुग्ने आशाले उत्साही थिए । जहाजमा एक जोडी दुलाहा दुलही थिए । पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारी पत्नी गिता सोडारी सहित सोही जहाजमा धनगढीका लागि यात्रा गरिरहेका थिए ।

बाक्लो हुस्सुका कारण जहाज जहाँनिरबाट अवतरण हुनुपथ्र्यो, त्यहाँनिर अवतरण हुन सकेन । त्यसपछि जहाज केहीबेर धावनमार्गमा झिनो दूरी बनाउदै अघि बढ्यो । र, त्यसपछि भने धावनमार्गमा पांग्रा नटेकाई जहाज आकाश तर्फ लाग्यो ।
जहाज ९ः३७ मिनेटमा अवतरणका क्रममा धावनमार्ग छुदै थियो । केहीबेर धावनमार्गमाथि उडेको जहाजले पलभरमै ओभर सुट ग¥यो । र, त्यसपछि हानियो काठमाण्डौं तर्फ । राति १०ः३३ मा जहाज काठमाण्डौं बिमानस्थलमा अवतरण भयो ।

रातिको समयमा सरसामान बोकेर कहाँ जाने ? के गर्ने ? यात्रुहरु अन्यौलमा थिए । जहाजमा यात्रा गरिरहेका ज्येष्ठ नागरिक र बालबालिकासंगै अन्य यात्रुहरुको रातिको त्यो समय ट्याक्सी र सवारी साधन नमिल्दा बिचल्ली भएको थियो । उनीहरु एयरलाईन्स फिर्ता दिएका झोला र अन्य लगेजहरु गन्तव्यसम्म कसरी पुर्याउने भन्ने सकसमा थिए ।

 

 

गाजामा युद्धविरामपछि पनि हिंसा: १२२ को मृत्यु

एजेन्सी । युद्धविराम घोषणा भएपछि गाजामा इजरायलले गरेको हमलामा परी १२२ जना मारिएका छन् । १५ जनवरी २०२५ मा दुई इजरायल र प्यालेस्टाइनबीच युद्धविराम घोषणा भएको थियो ।

हमासका प्रवक्ता महमूद बसलका अनुसार मारिनेहरूमा ३३ बालबालिका पनि रहेका छन् । यसबाहेक, बीबीसीका अनुसार यस अवधिमा २७० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

इजरायली सेनाले युद्धविराम सम्झौताको घोषणा भएपछि पनि कारबाहीलाई जारी राखेको हो । सेनाले बिहीबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, ‘सेनाले विगत २४ घण्टामा गाजाका करिब ५० वटा लक्ष्यमा आक्रमण गरेको छ ।’

हमासले युद्धविराम लागु हुनु अगाडिसमेत इजरायली आक्रमण जारी रहेको बताएको छ। युनिसेफकी एक अधिकारीले बीबीसीलाई बताए अनुसार गाजाको आकाशमा उडिरहेका ड्रोनहरूको आवाजले उनको आँखा खुल्यो।

प्यालेस्टिनी समाचार एजेन्सी वाफाले शनिबार बिहान सार्वजनिक गरेको रिपोर्टअनुसार, दक्षिणी गाजाको अल(करारामा शुक्रबार राति अबेर भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको छ।

यसैबीच, एएफपीका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले शनिबार गाजायुद्धविराम र बन्धक मुक्त गर्ने सम्झौतालाई इजरायलको मन्त्रिपरिषद्ले अनुमोदन गरेको जनाएको छ ।

आइतबारदेखि सुरु हुने युद्धविरामले गाजाको अहिलेसम्मकै सबैभन्दा घातक युद्धमा लडाई र बमबारी रोकिनेछ ।

योसँगै सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि इजरायली जेलबाट सयौं प्यालेस्टिनी कैदीको बदलामा उक्त क्षेत्रमा रहेका बन्धकहरूलाई रिहा गर्ने बाटो खुल्नेछ ।

नेतन्याहूको कार्यालयले शनिबार बिहान मन्त्रिपरिषद्मा भएको मतदानपछि भने, ‘सरकारले बन्धक फिर्ता गर्ने योजनालाई अनुमोदन गरेको छ ।’

इजरायलको न्याय मन्त्रालयले पहिलो चरणको सम्झौताअनुसार ७३७ जना कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडनको टोलीसँग मिलेर सम्झौता गर्ने श्रेय लिएका डोनाल्ड ट्रम्पको सपथ ग्रहणको पूर्वसन्ध्यामा यो युद्धविराम लागू हुन लागेको हो ।

त्यस्तै, इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौताको पहिलो चरणअन्तर्गत ७३७ कैदी बन्दीलाई रिहा गरिने जनाएको छ ।

इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाल कारागार सेवाको हिरासतमा रहेका ७३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।’

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले शनिबार बिहानै युद्धविराम सम्झौतालाई अनुमोदन गर्न इजरायलको क्याबिनेटले मतदान गरेको र यो सप्ताहन्तमा युद्धविराम लागु हुने वा नहुने भन्ने अनिश्चितता अन्त्य भएको जनाएको छ ।

मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार आइतबार अपराह्न ४ बजे स्थानीय समयअनुसार १४ स्०० बजे रिहा नगर्ने जनाएको छ ।

यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो।

 

टिकटकले अमेरिकामा आइतवारबाट आफ्नो सेवा ‘नचल्ने बनाउन सक्ने’

वाशिङ्टन : टिकटकले उसमाथि लगाइने प्रतिबन्ध कार्यान्वयनमा आउनुअघि अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आइतवारबाट अमेरिकामा आफ्नो सेवा “नचल्ने बनाउन” बाध्य हुने बताएको छ।

शुक्रवार ढिलोगरी जारी गरेको एक विज्ञप्तिमा टिकटकले व्हाइटहाउस र अमेरिकी न्याय मन्त्रालयले “टिकटक उपलब्ध गराउनका लागि एकीकृत गरिएका सेवा प्रदायकहरूलाई आवश्यक ढङ्गले स्पष्ट पार्न र आश्वासन दिन असफल भएको” आरोप लगाएको छ।

उसले सरकारले टिकटकमाथि तत्काल लाग्न सक्ने प्रतिबन्ध उल्लङ्घन गर्नेलाई कारबाही हुँदैन भन्ने आश्वासन नदिए ‘ज्यानुअरी १९ बाट आफूले सेवा अवरुद्ध गर्न बाध्य हुने’ उल्लेख गरेको छ।

शुक्रवार अमेरिकाको सर्वोच्च अदालतले दिएको एउटा आदेशपछि टिकटकको यस्तो प्रतिक्रिया आएको हो।

यो प्रतिबन्धले पहिले नै आफ्नो फोनमा टिकटक एप डाउनलोड गरिसकेका प्रयोगकर्ताहरूलाई असर गर्दैन भन्ने ठानिएको थियो।

यद्यपि प्रतिबन्ध लागु भएपछि अपडेटहरू उपलब्ध नहुने र अन्ततः एप प्रयोगयोग्य नहुने बन्छ।

शुक्रवारको टिकटकको विज्ञप्तिले तुरुन्तै हालका सबै प्रयोगकर्ताहरूको टिकटकको पहुँच समाप्त हुने र कसैले डाउनलोड पनि गर्न नमिल्ने सङ्केत गरेको छ।

बिदाइ सन्देश दिँदै टिकटकका चर्चित व्यक्तिहरू

टिकटक

तस्बिर स्रोत,Reuters

टिकटकमा चर्चित भएका व्यक्तिहरूले आसन्न प्रतिबन्धअघि आफ्ना फलोअर्सहरूलाई बिदाइ सन्देश दिँदै भिडिओहरू पोस्ट गरिरहेका छन्।

एकजना टिकटक कन्टेन्ट क्रिएटर निकोल ब्लूमगार्डनले बीबीसीसँग टिकटकमा नहुँदा महत्त्वपूर्ण रूपमा आम्दानी गुम्ने बताइन्।

अर्की कन्टेन्ट क्रिएटर एरिका थम्पसन पनि टिकटकमा उपलब्ध हुने शैक्षिक सामग्री गुम्दा त्यसले समुदायमा “ठूलो नोक्सानी पुर्‍याउने” बताइन्।

केही प्रयोगकर्ताहरूले उनीहरूले उत्पादन गर्ने सामग्रीहरू हेर्नको अर्को एपमा उपलब्ध हुने जानकारी पनि दिइरहेका छन्।

त्यसमा अर्को चिनियाँ भिडिओ शेअरिङ एप रेड नोट पनि रहेको छ। त्यो अमेरिकामा अहिलेसम्म सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको एप हो।

निर्णायक भूमिकामा ट्रम्प

ट्रम्प

तस्बिर स्रोत,Reuters

राष्ट्रपति जो बाइडनको कार्यकाल सोमवार सकिँदैछ र त्यसै दिन डोनल्ड ट्रम्पले राष्ट्रपतिको रूपमा शपथग्रहण गर्ने छन्।

ह्वाइट हाउसले यसअघि नै कानुन लागु गर्ने विषय आगामी राष्ट्रपतिमा निर्भर गर्ने बताइसकेको छ।

ट्रम्पले सुरुमा यो कदमलाई समर्थन गरेका थिए तर पछि उनले आफू प्रतिबन्धविरुद्धमा रहेको सङ्केत गरेका छन्।

“म टिकटकबारे धेरै पछि गएर मात्र निर्णय लिन्न तर परिस्थितिको मूल्याङ्कन गर्ने मसँग पर्याप्त समय चाहिँ हुनुपर्छ,” उनले शुक्रवार भने।

उनले आफूले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग कुराकानी गरेको र टिकटकलगायतका विषयमा पनि छलफल गरेको खुलासा समेत गरेका छन्।

गत डिसेम्बरमा ट्रम्पले एपको लागि आफूसँग “न्यानो स्थान” रहेको बताएका थिए।

सन् २०२४ को चुनावमा युवा मतदाताहरूलाई प्रभावित गर्न टिकटकले मद्दत गरेको भन्दै उनले त्यस्तो बताएका थिए।

यद्यपि ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा कार्यकारी आदेशमार्फत् समान खालको प्रतिबन्ध लगाउन खोजेका थिए।

अमेरिकी आरोप के हो?

टिकटक प्रतिबन्ध

तस्बिर स्रोत,Reuters

बाइटड्यान्सले टिकटक नबेच्ने वाचा गरेको गर्दै अमेरिकी निर्णय फिर्ता नभएसम्मका लागि आइतवारदेखि अमेरिकामा एप बन्द गर्ने जनाएको छ।

अमेरिकी संसद्‌मा डेमोक्र्याटिक र रिपब्लिकन दुवै दलका सांसदहरूले गत वर्ष टिकटकमाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए।

उनीहरूले टिकटकको चिनियाँ सरकारसँग सम्बन्ध भएको र उसले बेइजिङलाई प्रयोगकर्ताका गोप्य जानकारीहरू उपलब्ध गराउने आशङ्का गरेका छन्।

टिकटकले चाहिँ बेइजिङलाई प्रयोगकर्ताको जानकारी शेअर नगर्ने दोहोर्‍याउँदै आएको छ।

उक्त सम्भावित प्रतिबन्ध चिनियाँ जासुसीबारे अमेरिकामा बढ्दो चिन्ताबीच अघि बढाइएको थियो।

साइबर सुरक्षासम्बन्धी कम्पनीहरूले उक्त एपले प्रयोगकर्ताको विवरण सङ्कलन गर्न सक्ने औल्याएका छन्।

बेइजिङले भने चिनियाँ कम्पनीलाई आफ्नो तर्फबाट सूचना सङ्कलन गर्न दबाब दिएको भनी लगाइएको आरोपलाई अस्वीकार गर्दै आएको छ र उसले प्रतिबन्धको आलोचना गरेको छ।

टिकटकले उक्त अमेरिकी कानुनले अभिव्यक्ति स्वतन्त्रतालाई खतरामा पार्ने र प्रयोगकर्ता, विज्ञापनदाता, सामग्री उत्पादक र कर्मचारीलाई असर पार्ने तर्क गर्दै आएको छ। टिकटकमा ७,००० अमेरिकी कर्मचारीहरू छन्।

अहिलेसम्म केके भयो?

टिकटक

तस्बिर स्रोत,EPA

एप्रिल २४, २०२४: राष्ट्रपति बाइडनले दुवै राजनीतिक दलद्वारा समर्थन गरिएको टिकटकसम्बन्धी विधेयकमा हस्ताक्षर गरे। त्यसमा टिकटकको माऊ कम्पनी बाइटडड्यान्सले ६ महिनाभित्र अमेरिकामा आफ्नो शेअर बेच्नुपर्ने र त्यसो नगरे प्रतिबन्ध सामना गर्नुपर्ने व्यवस्था छ।

मे ७, २०२४: टिकटकले त्यसलाई “वाक् स्वतन्त्रताको अधिकारमाथिको हस्तक्षेप” भन्दै मुद्दा दायर गर्‍यो।

अगस्त २, २०२४: अमेरिकी सरकारले टिकटकले गैरकानुनी रूपमा बालबालिकाको डेटा सङ्कलन गरेको र आमाबाबुले आफ्ना बच्चाहरूको खाता मेटाउन खोज्दा त्यसलाई सम्बोधन गर्न असफल भएको आरोप लगाउँदै टिकटकमाथि मुद्दा दर्ता गरायो।

डिसेम्बर ६, २०२४: २०२५ को सुरुमा अमेरिकामा रहेको आफ्नो हिस्सा बिक्री गर्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने कानुनविरुद्ध टिकटकले गरेको मागदाबीलाई सङ्घीय पुनरावेदन अदालतले अस्वीकार गरिदियो।

डिसेम्बर २७, २०२४: राष्ट्रपतिका रूपमा निर्वाचित डोनल्ड ट्रम्पले अमेरिकाको सर्वोच्च अदालतलाई आफूले “राजनीतिक समाधान” खोजिरहेको भन्दै आसन्न प्रतिबन्धलाई पछि सार्न आग्रह गरे।

ज्यानुअरी १०, २०२५: सर्वोच्च अदालतका ९ जना न्यायाधीशहरूले टिकटक र त्यसमा सामग्री उत्पादन गर्नेहरूको प्रतिनिधित्व गर्ने वकिलहरूबाट उनीहरूको बहस सुने।

ज्यानुअरी १७, २०२५: अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रिय सुरक्षा चिन्ताको कारण देखाउँदै टिकटकलाई केही दिनभित्र प्रतिबन्ध लगाउन सक्ने कानुनलाई अघि बढाउन आदेश दियो।

ज्यानुअरी १९, २०२५: टिकटकले आफ्नो अमेरिकाको हिस्सा बेच्नु पर्ने वा प्रतिबन्धको सामना गर्नु पर्ने अन्तिम मिति। टिकटकले त्यस दिनदेखि अमेरिकामा आफ्नो सेवा बन्द हुने चेतावनी दिएको छ। –बीबीसी नेपालीबाट

परराष्ट्रमन्त्री राणा बैंकक प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजू राणा देउवा थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।

मन्त्री राणा उपचारका लागि शनिबार दिउँसो साँढे १ बजे थाइ एअरवेजबाट बैंकक प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार बैंककमा उनको राजनीतिक भेटघाट पनि हुनेछ ।

खोज्नुहोस