भैँसीको मासु निर्यातका लागि नेपाल-चीनबीच सम्झौता

काठमाडौं- नेपालबाट राँगा,भैँसीको मासु चीन निर्यातका लागि सम्झौता भएको छ । सोमबार साँझ काठमाडौंमा एक समारोहकाबीच हिमालयन फुड इन्टरनेसनल प्राली र चीनको सांघाई जियान फुड प्रालीबीच उक्त सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले उक्त सम्झौता नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको बताए । उनले नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइनेसमेत बताए ।

उनले नेपालमा राँगा,भैँसी पालनको सुनिश्चितता गर्दै युवालाई पनि पशुपालनप्रति आकर्षण गर्नुपर्ने बताए । नयाँ-नयाँ पशुपालनमा प्रविधिको प्रयोग गर्दै युवाहरुलाई आकर्षित गर्न सकिने उनको भनाइ छ ।

‘यो सम्झौताले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजिकरणको लागि कोशेढुंगाको रुपमा रहेको कुरा यहाँ राख्न चाहन्छौं । नेपाल र चीनबीच भएको सम्झौताले नेपाली किसानलाई राँगा,भैंसी पालनका लागि थप प्रोत्साहित गरेको छ । नेपालको हावापानी र नेपालको भूबनावट पशुपालनका लागि उत्कृष्ट रहेको छ ।’ उनले भने,’हामीले यो हावापानीमा उत्पादन गर्ने नेपाली मौलिक उत्पानको मात्रा धेरै नभएपनि यसको महत्व भने ठूलो छ । नेपालको हिमाली भेगमा पाइने जडिबुटी तथा औषधिजन्य घाँसपात खाएर हुर्किएका पशुवस्तुको दुध तथा मासुमा पौष्टिक तथा औषधिजन्य फाइदा पाइने धेरैको विश्वास रहेको छ । नेपालमा भैँसी पालनको सुनिश्चित गर्न आवश्यक छ । हामीले युवालाई पनि यस पेशामा जोडेर पुस्तान्तरण गर्न जरुरी छ । पशु पालनका सन्दर्भमा नयाँनयाँ प्रविधिको प्रयोग गर्दै युवाहरुलाई पशुपालनतिर आकर्षण गर्न सकिन्छ ।’

रविलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई त्यसअघि थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराइएको हो ।

कास्की प्रहरी रविविरुद्ध अनुसन्धान सकेर सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको बिनिमय दर

काठमाडौं,२ पुस। अमेरिकन डलरको मूल्य लगातार उकालो लाग्दै गएको छ । अमेरिकी डलर, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम कुवेती दिनार, साउथ कोरियन वन, स्विडिस क्रोनरलगायतको मूल्य आज बढेको छ । यस्तै, युरोपियन युरोको भने भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ९ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकले अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ आठ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८० पैसा निर्धारण गरेको छ ।

त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८१ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ सात पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३३ पैसा कायम गरिएको  छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ पाँच पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

यस्तै, साउथ कोरियन वन एक सयकोे खरिदर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १२ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ छ पैसा र बिक्रीदर १९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैया ५० पैसा रे कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५  पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ २० पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ७९ पैसा कायम गरेको छ ।

यस्तै ओमनी रियाल एकको खरिदर तीन सय ५१ रुपैयाँ ९२ पैसा, बिक्रीदर तीन सय ५३ रुपैयाँ ४८ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन र प्रतिकलाई थुनामै राख्न उच्चको आदेश

काठमाडौं, १ पुस । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरु बेचन झा र प्रतिक थापालाई थुनामै राख्न आदेश दिएको छ । आफूलाई काठमाडौं जिल्ला अदालतले गैरकानुनी रुपमा थुनामा पठाएको भन्दै बेचनले उच्च अदालतमा निवेदन दिएका थिए ।

सो निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले बेचन र प्रतिकलाई थुनामै राख्ने सुरु जिल्ला अदालतको आदेश सदर गरेको हो ।

बेचन र प्रतिकलगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप छ ।

बङ्गलादेशमा एक वर्षभित्र चुनाव हुने

एजेन्सी ।  बङ्गलादेशमा आउँदो एक वर्षभित्र चुनाव हुने अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा गएको अगस्टमा विद्यार्थी आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको नेतृत्व गरिरहेका अन्तरिम नेता मोहम्मद युनुसले आउँदो वर्षको अन्त्य वा सन् २०२६ को शुरूमा आमचुनाव हुने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

गएको अगस्टमा पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने विद्यार्थी नेतृत्वको विद्रोहपछि नोबेल शान्ति पुरस्कार विजेता युनुसले कामचलाउ सरकारको नेतृत्व गरेका थिए । उनले झन्डै १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा लोकतान्त्रिक संस्थाहरूको पुनर्स्थापना गर्ने ‘अत्यन्त कठिन’ चुनौतीको सामना गर्ने र चुनाव गर्ने जिम्मेवारीलाई स्वीकार्दै अस्थायी प्रशासनको नेतृत्व गरिरहेका छन् ।

गएको अगस्टमा ढाकामा रहेको प्रधानमन्त्रीको कार्यालयमा हजारौं प्रदर्शनकारीले आक्रमण गरेपछि ७७ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी देश भारततर्फ भागेकी थिइन् ।

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुसले आवश्यक सुधारको अनुगमनका लागि आयोगहरू गठन गगरेका छन् । चुनावको मिति तोक्ने कुरा राजनीतिक दलहरूको सहमतिमा निर्भर गर्नेछ । राजनीतिक दलले त्रुटिरहित मतदाता नामावलीजस्ता न्यूनतम सुधारका साथ पहिलेकै मितिमा चुनाव गर्न सहमत भएमा नोभेम्बरको अन्त्यसम्ममा चुनाव गर्न सकिने उनको भनाइ छ ।

बङ्गलादेशमा पछिल्लो पटक गएको जनवरीमा आमचुनाव भएको थियो । चुनाव स्वतन्त्र र निष्पक्ष हुने कुरामा आशङ्का व्यक्त गर्दै विपक्षी दलहरूले त्यो चुनावलाई बहिष्कार गरेका थिए भने चुनावमा हसिनाको दल अवामी लिगलाई दुई तिहाइ सिट प्राप्त भएको थियो ।

बङ्गलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० जस्ता पूर्वविपक्षी समूहहरू हसिनाको नेतृत्वमा वर्षौंको दमनपछि अहिले सङ्गठनको पुनर्निर्माण गरिरहेका छन् ।

 

विश्व ध्यान दिवस घोषणाको स्वामी अरुणले गरे स्वागत

काठमाडौँ – हरेक वर्ष  डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउने संयुक्त राष्ट्रसंघको घोषणालाई काठमाडौँस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले स्वागत गरेका छन्।

लिकटन्सटाइन प्रस्तावक,  भारत सहप्रस्तावक र  नेपाल, श्रीलंका, मेक्सिको लगायतका मुलुकहरू समर्थक रहेको उक्त प्रस्तावलाई  संयुक्त राष्ट्र संघ  साधारण सभाले गत डिसेम्बर ७ मा  सर्वसम्मतिले अनुमोदन गरेको थियो।

यो दिन ध्यानका परिवर्तनकारी फाइदाहरूलाई उजागर गर्न र शारीरिक, मानसिक, तथा आध्यात्मिक कल्याणका लागि यसको अभ्यासलाई प्रोत्साहन दिन समर्पित छ।

 ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले  विश्व ध्यान दिवस मनाउन सक्रिय अभियान चलाएका थिए। उनले वर्षौंदेखि ध्यानको महत्वबारे लेख लेख्दै र  प्रवचनहरू दिंदै विश्व ध्यान दिवस मनाउनका लागि आह्वान गर्दै आएका थिए।

२०१९ फेब्रुअरी १८ मा स्वामी अरुणले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी मिसनमा यो प्रस्ताव प्रस्तुत गरे।

मिसनका कार्यवाहक प्रमुख निर्मल राज काफ्लेले यो प्रस्तावलाई संयुक्त राष्ट्रसंघमा लैजाने सकारात्मक आश्वासन दिएका थिए।

२०२३ को अक्टोबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणका क्रममा यस प्रस्तावले थप गति प्राप्त गर्यो। तत्कालिन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले महासचिव समक्ष यो पहल औपचारिक रूपमा प्रस्तुत गरेका थिए। महासचिवले यस विचारको प्रशंसा गर्दै समर्थन जनाएका थिए।

“हिमाल, नदी र पहाडहरूको सुन्दर भूमि  नेपालले लामो समयदेखि आन्तरिक खोज र आध्यात्मिक परिवर्तनका लागि गन्तव्यका रूपमा ख्याति पाएको छ

डिसेम्बर २१ लाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रूपमा संयुक्त राष्ट्रसंघले मान्यता दिएको देख्दा अत्यन्त हर्षित छु। यस ऐतिहासिक उपलब्धिमा नेपालको नेतृत्व देख्दा गर्व महसुस गर्दछु,” स्वामी अरुणले भने।

अब यो दिन विश्वभर ध्यानका कार्यक्रम, कार्यशाला र अभ्यासहरूद्वारा मनाइनेछ, जसले आन्तरिक शान्ति र विश्वव्यापी एकताको प्रवर्द्धन गर्ने अपेक्षा रखिएको छ ।

राष्ट्र संघले अहिले संसारभरि झन्डै २० देखि ५० करोड मानिसहरुले नियमित रुपमा ध्यान गर्ने गरेको जनाएको छ।

यस अघि भारत सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघले २१ जुनलाई विश्व योग दिवस घोषणा गरेको थियो।

रूसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु

एजेन्सी ।  युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ ।

युक्रेनको सैन्य गुप्तचर निकायले भनेको छ, ‘डिसेम्बर १४ र १५ मा कुर्स्क क्षेत्रको प्लेखोभो, भोरोज्बा, मार्टिनोभ्का गाउँनजिकै उत्तर कोरियाली सैनिक एकाइमा ठूलो क्षति पुगेको छ ।’

युक्रेनी गुप्तचर अधिकारीले भनेका छन्, ‘रूसले कब्जा गरेको युक्रेनी भूभाग र वरपरका क्षेत्रमा तैनाथ गरिएका सैनिकलाई लक्षित गरि गरिएका आक्रमणमा कम्तीमा ३० जना उत्तर कोरियाली सैन्य लडाकूको हताहत (मृत्यु भएको वा सख्त घाइते भएका) छन्।”

उत्तर कोरियाबाट हजारौँ सैनिकहरू कुर्स्क सीमा क्षेत्रसहित युक्रेनी सीमा क्षेत्रमा रहेका रूसी सेनालाई सहयोग गर्न आएका छन्, यसै बर्षको गृष्म याममा युक्रेनी सेनाको आश्चर्यजनक आक्रमणपछि पछिल्ला केही महिना रूसले आफ्नो भूमि फिर्ता लिइरहेको छ ।

मस्कोलाई सघाउन उत्तर कोरियाले कम्तीमा १० हजार सैनिक पठाएको पश्चिमी अधिकारीहरूको अनुमान छ । सीमा क्षेत्रमा तैनाथ ती सैन्य एकाईहरूमा ‘नयाँ सैनिक’हरू भरिएका छन् र यसमा उत्तर कोरियाली सेना पनि रहेका बताइएको छ ।

मस्कोको आक्रमणपछि रूस र उत्तर कोरियाबीच सैन्य सम्बन्ध प्रगाढ बनेको छ ।

रूसले युक्रेनी सेनालाई कुर्स्क क्षेत्रबाट बाहिर निकाल्नका लागि उत्तर कोरियाली सैनिकलाई ‘उल्लेखनीय संख्यामा’ तैनाथ गर्न थालेको जेलेन्स्कीले शनिबार बताएका थिए ।

जेलेन्स्कीले उत्तर कोरियालीहरूलाई ‘अन्य भागमा पनि अग्र पङ्तीमा प्रयोग गरेको सुनिएको बताएका छन् ।

एशिया कपमा नेपाली युवा टोलीको विजयी शुरूआत

काठमाडौं । एसीसी महिला यू-१९ एशिया कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले पाकिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ।

मलेशियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले पाँच विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गरेको हो।

नेपालका लागि पूजा महतोले ४४, सोनी पाख्रिनले १३, सीमा केसीले १२ र साना प्रवीनले १० रन बनाए। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलैनले एक-एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको पाकिस्तानले पाँच विकेटको क्षतिमा १०४ रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले ३८, महाम अनिजले २९, रविल फरहानले १३ र जुफिसान अय्याजले १२ रन बनाए। नेपालका लागि पूजा महतोले दुई, रचना चौधरी, रिया शर्मा र सीमा केसीले एक-एक विकेट लिए।

यो जितसँगै नेपालले दुई अंक जोडेको छ। प्रतियोगिताको अर्को खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बाङ्लादेश र मलेशिया समूह ‘बी’ मा छन्।

इजरायलको शक्तिशाली हमलाले सिरियामा ३.१ रेक्टरको भूकम्प

इजरायलले सिरियाको तटीय शहर टारटसमाथि हवाई हमला गरेको छ । टारटसको सैन्य क्याम्पलाई लक्षित गरी गरेको हमलामा ठूलो मात्रामा गोलाबारुद र हतियार नष्ट पारेको इजरायलको दाबी छ । इजरायली हमलापछि सो स्थानमा शक्तिशाली विस्फोट भएको थियो ।

सिरिया वार मनिटरले एक दशकमा टारटसमाथि इजरायलले गरेको सबैभन्दा ठूलो हमला भएको जनाएको छ । इजरायलले फाइटर जेटले हमला गरेको स्थानमा एयर डिफेन्स युनिट र जमिनबाट मार हान्ने मिसाइलसमेत थिए ।  इजरायली हमलापछि टारटस शहरमा ३.१ रेक्टर स्केलको भूकम्प नै आएको थियो । यतिबेला टारटस हमलाको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

सिरियामाथि विद्रोही समूहको कब्जासँगै इजरायलले हस्तक्षेपकारी रूपमा हमला गरिरहेको छ । रुसको समर्थन पाइरहेको बशर अल असदको सत्ता ढलेसँगै सिरियामा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढेको छ । असदको सहयोगी रुसले पनि इजरायली हमला र विद्रोही समूहको कब्जाबीच आफ्ना कूटनीतिज्ञहरू फिर्ता लगेको छ । रुसी विदेश मन्त्रालयले विशेष उडानमार्फत सिरियाको खमिमिम विमानस्थलबाट दमास्कसमा रहेका केही रुसी कूटनीतिज्ञलाई फिर्ता लगेको जनाएको छ ।

रुसीसँगै बेलारुस र उत्तर कोरियाका कूटनीतिज्ञलाई पनि सोही विमानबाट फिर्ता लगिएको छ । तर, दमास्कसमा रहेको दूतावासले अझै पनि टेलिग्रामको सहयोगमा काम भने जारी राख्नेछ । सिरियामा विद्रोहीको नियन्त्रणसँगै भइरहेको इजरायली हमलाको राष्ट्रसंघसहित अरब राष्ट्रले निन्दा गरिरहेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) ले सिरियाली भूमि गोलान हाइट्समा इजरायली बस्ती विस्तार गर्ने योजनाको निन्दा गरेको छ ।

आइतबार मात्रै इजरायलले गोलान हाइट्समा इजरायलीको जनसंख्या बढाएर दुई गुणा बनाउने घोषणा गरेको थियो । यो घोषणामा साउदी अरब र इरानले पनि निन्दा गरेका छन् । इजरायलले सन् १९६७ को युद्धका क्रममा गोलान हाइट्समाथि कब्जा गरेको थियो । यसअघि यो सिरियाको जमिन थियो । सिरियाले इजरायललाई यो क्षेत्रबाट हट्न पटक-पटक आग्रह गरे पनि सुरक्षा चिन्ता रहेको भन्दै बफर जोन बनाएको थियो । गोलान हाइट्समाथि इजरायली कब्जालाई सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्यता दिएका थिए ।

माया सपोर्टेड लिभिङद्वारा क्रिकेट खेलाडीहरुलाई लन्डनमा अवार्ड प्रदान

लन्डन । लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले  क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ  ।

जस अनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।

प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरेका थिए  ।

सो अवसरमा माया सपोर्टेड लिभिङमा ५ वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरिएको थियो।

माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी, प्रायोजक, अतिथि लगायत सबैप्रति आभार व्यक्त गरे । उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे ।

माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन्।

फेबुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ब्रिटिश सरकारको मापदण्ड अनुसार विशेष केयर सेवा प्रदान  गर्छ ।

तस्विरहरुः कुशल श्रेष्ठ/ के के फिल्मस् एण्ड मिडिया

हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली तुफान, कम्तिमा एक सय जनाको मृत्यु

काठमाडौं– हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानले ठूलो जनधनको क्षति गरेको छ । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

यो संख्या अझै बढ्न सक्ने फ्रान्सका सञ्चार माध्यमहरूले जनाएका छन् । २२५ किलोमिटरको गतिमा आएको तुफानलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली भनिएको छ ।

मेयोटको जनसंख्या ३ लाख २० हजार छ । यहाँ अवैध आप्रवासीको संख्या धेरै छ। ७५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बस्छन् ।

एनपिएल : सुदूरपश्चिमसँग हार्दा पनि कर्णाली प्लेअफमा, काठमान्डुको यात्रा समाप्त

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित भएको छ । यससँगै प्लेअफ समीकरण पूरा भएको छ ।

कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १२.२ ओभरमा पूरा गर्न नसक्दा कर्णालीले प्लेअफमा स्थान पक्का गरेको हो । यससँगै काठमान्डु गुर्खाजको एनपीएल यात्रा समाप्त भएको छ ।

१०२ रनको लक्ष्य कर्णालीले १५.२ ओभरमा विकेटको ४ क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए । इशान पाण्डेले ३८ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको थियो ।

कर्णालीका लागि जिशान मक्सुदले ३० रन बनाए । विलियम बोसिस्टोले १६, बाबर हायातले १३, सोमपाल कामीले ११ र च्याडविक वाल्टनले ११ रन बनाए ।

सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, दीपेन्द्र सिंह ऐरी र स्कट कुगेलेइनले २ तथा, सैफ जैबले १ विकेट लिए ।

इमरान खानको पार्टीले हिंसाको राजनीति गरेको आरोप

काठमाडौं । पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अताउल्लाह तरदारले पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले हिंसाको राजनीति बढाएको आरोप लगाएका छन् । पीटीआईको प्रदर्शन कहिल्यै शान्तिपूर्ण नरहेको उनको आरोप छ ।

उनले पीटीआईका कार्यकर्ताले नोभेम्बर २६ मा इस्लामावादमा आधुनिक हतियार, स्टेन गन, अश्रु ग्यास र ग्रेनेडसहित हिंसा फैलाएको आरोप लगाएका छन् । अताउल्लाहले ९ मे र २६ नोभेम्बरलाई पाकिस्तानको इतिहासमा सबैभन्दा कालो दिनको रूपमा व्याख्या गरे ।

“पीटीआईले शवको राजनीति गर्न चाहन्छ । देशमा अशान्ति फैलाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चाहन्छ,” उनले भने ।

जेलमा रहेका पीटीआईका संस्थापक इमरान खानले सरकारले देशलाई जातीय आधारमा विभाजन गरेको जवाफ फर्काएका छन् । एक्समार्फत इमरानले सरकारले जातीय आधारमा पश्तूनहरूलाई निशाना बनाएको बताएका छन् ।

इमरानले ‘फुटाउ र राज गर’को नीतिको हिस्सा नबन्न अपिल पनि गरेका छन् । यसबाहेक इमरानले सरकारलाई अवज्ञा आन्दोलन (सरकारको अवज्ञा) गर्ने चेतावनी पनि दिएका छन् ।

इमरानले सरकारसमक्ष दुई प्रमुख माग पनि राखेका छन् । त्यसमध्ये पहिलो गत वर्षको मे ९ र यस वर्षको नोभेम्बर २६ मा भएको हिंसाबारे सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशको अध्यक्षतामा छानबिन गरिनुपर्ने माग छ । दोस्रोमा गैरकानूनीरूपमा जेलमा परेका पीटीआई कार्यकर्ता र नेताहरूलाई रिहा गरिनुपर्ने माग छ ।

नोभेम्बर २६ मा भएको हिंसामा चार प्रहरीसहित सात जनाको मृत्यु भएको थियो ।

कर्णालीले सुदूरपश्चिमलाई दियो एक सय २ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय २ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय १ रन बनाएको हो। कर्णालीका लागि जिशन मक्शुदले सर्वाधिक ३० रन बनाए। यस्तै विलियम बोसिस्टोले १६, बाबर हायातले १३ र चाडविक वाल्टन र कप्तान सोमपाल कामीले समान ११ रन बनाए।

सुदूरपश्चिमका लागि हरमित सिंहले सर्वाधिक तीन विकेट लिए। यस्तै कप्तान दीपेन्द्र सिंह ऐरी स्कट कुग्गेलिनले समान दुई दुई विकेट लिए भने शेफ जैबले एक विकेट लिए।

सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार व्यहोरेको छ। दश अंकसहित तालिकाको पहिलो स्थान कब्जा गरेको सुदूरपश्चिम यसअघि नै प्लेअफ चरणमा प्रवेश गरिसकेको छ।

कर्णाली याक्सले भने यसअघिका छ खेलमध्ये चार खेलमा मात्रै विजयी भएको छ। आठ अंकसहित कर्णाली तालिकाको चौथो नम्बरमा छ। आजको खेल सुदूरपश्चिमले जितेमा १२ अंकसहित पहिलो स्थानलाई निरन्तरता दिनेछ।

यस्तै, खेलको नतिजा कर्णालीको पक्षमा आएको खण्डमा कर्णाली प्लेअफमा पुग्नेछ। यदी कर्णालीले हार्‍यो भने काठमाडौं गुर्खाजले प्लेअफमा जाने मौका पाउने छ। काठमाडौं गुर्खाज पनि आठ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।


6000+ gier , mega turnieje i nagrody czekają w savaspin casino – Twoja droga do zwycięstw na najwyższym poziomie.

Rozpal swoją pasję do wygranej: 6000+ gier, regularne turnieje i korzyści VIP, a dla nowych graczy specjalny savaspin no deposit bonus code, który przybliży Cię do wielkich zwycięstw!

Szukasz ekscytującej rozrywki i szansy na wygraną? Online casino z szeroką ofertą gier, regularnymi turniejami i atrakcyjnymi bonusami to idealne miejsce dla Ciebie. Dla nowych graczy przygotowaliśmy specjalny savaspin no deposit bonus code, który pozwoli Ci rozpocząć przygodę z hazardem online bez wpłaty własnych środków. Zapoznaj się z naszą ofertą i przekonaj się, dlaczego jesteśmy jednym z najlepszych kasyn na rynku.

Nasze kasyno to bogactwo gier, od klasycznych slotów po nowoczesne produkcje. Oferujemy również szeroki wybór gier na żywo, w których możesz poczuć atmosferę prawdziwego kasyna. Uczestnicz w regularnych turniejach i walcz o atrakcyjne nagrody. Dołącz do naszego programu VIP i ciesz się ekskluzywnymi bonusami i korzyściami.

Bogata Oferta Gier: Znajdź Swoje Szczęście

Oferujemy ponad 6000 gier od renomowanych dostawców, takich jak BGaming, Endorphina, NetEnt, Push Gaming, Winfinity/Platipus Live i wielu innych. Znajdziesz u nas sloty z różnymi motywami, gry stołowe, takie jak ruletka, blackjack i poker, a także gry na żywo z prawdziwymi krupierami. Stabilny hosting zapewnia sprawne funkcjonowanie gier. Wybierz grę, która najbardziej Ci odpowiada i spróbuj szczęścia!

Nasze gry charakteryzują się wysoką jakością grafiki i dźwięku, co zapewnia niezapomniane wrażenia z gry. Dbamy o to, aby nasze gry były regularnie aktualizowane i oferowały nowe funkcje i bonusy. Przejrzyj naszą ofertę i przekonaj się sam, jak bogaty i różnorodny jest świat hazardu online. Każdy znajdzie tu coś dla siebie – od prostych slotów po skomplikowane strategie gry w pokera.

Aby ułatwić Ci znalezienie ulubionych gier, wprowadziliśmy funkcję filtrowania i wyszukiwania. Możesz sortować gry według dostawcy, motywu, liczby linii wygrywających lub innych parametrów. Możesz także zapisywać swoje ulubione gry, aby mieć do nich szybki dostęp w przyszłości.

Typ Gry Dostawca Liczba Gier
Sloty BGaming 500+
Gry Stołowe Endorphina 100+
Gry na Żywo Platipus Live 50+

Turnieje i Akcje: Wygrane na Wyciągnięcie Ręki

Regularnie organizujemy turnieje z atrakcyjnymi pulami nagród. Uczestnicząc w turniejach, masz szansę wygrać pieniądze, bonusy i inne nagrody. Śledź naszą stronę internetową i media społecznościowe, aby być na bieżąco z najnowszymi turniejami i promocjami podbijającymi serca miłośników emocji.

Oprócz turniejów oferujemy również różnego rodzaju akcje promocyjne, takie jak bonusy od depozytu, darmowe spiny i programy lojalnościowe. Dzięki naszym akcjom masz szansę zwiększyć swoje szanse na wygraną i cieszyć się jeszcze większymi emocjami z gry. Bezpieczne metody płatności przy wpłacie i wypłacie gwarantują bezpieczeństwo.

Aby wziąć udział w turnieju lub akcji promocyjnej, wystarczy spełnić określone warunki, takie jak dokonanie minimalnej wpłaty lub postawienie określonej kwoty. Szczegółowe informacje na temat warunków udziału znajdziesz na naszej stronie internetowej w sekcji promocji.

  • Regularne turnieje slotowe
  • Codzienne losowania nagród
  • Bonusy za wpłatę
  • Program lojalnościowy VIP

VIP Program: Ekskluzywne Korzyści dla Wymagających Graczy

Dołącz do naszego programu VIP i ciesz się ekskluzywnymi bonusami i korzyściami, takimi jak wyższe limity wypłat, dedykowany menedżer konta oraz dostęp do specjalnych promocji. Poziomy VIP zależą od twojej aktywności w kasynie, im więcej grasz tym wyższy poziom osiągasz.

Program VIP to doskonały sposób na zwiększenie swoich szans na wygraną i cieszenie się jeszcze większymi emocjami z gry. Każdy gracz, który spełnia określone warunki, może dołączyć do programu VIP i zacząć korzystać z jego licznych korzyści. Zrealizuj pełen potencjał z naszymi korzyściami VIP.

Szczegóły dotyczące programu VIP, w tym warunki uczestnictwa i korzyści oferowane na poszczególnych poziomach, znajdziesz na naszej stronie internetowej w sekcji VIP. Nie zwlekaj, dołącz do nas już dziś i zacznij czerpać korzyści z naszego ekskluzywnego programu!

  1. Brązowy poziom: Dostęp do specjalnych bonusów
  2. Srebrny poziom: Wyższe limity wypłat
  3. Złoty poziom: Dedykowany menedżer konta
  4. Platynowy poziom: Ekskluzywne promocje

Sportbook: Stawiaj na Ulubione Dyscypliny Sportowe

Oprócz kasyna oferujemy również sportsbook, w którym możesz stawiać na ulubione dyscypliny sportowe, takie jak piłka nożna, koszykówka, tenis i wiele innych. Oferujemy szeroki wybór rynków zakładów, atrakcyjne kursy i funkcje, takie jak Cash Out i Bet Builder. Zarabiając i ryzykując z każdym zakladem, poczujesz dreszcz emocji.

Nasz sportsbook to idealne miejsce dla fanów sportu, którzy chcą spróbować swojego szczęścia i zarobić na swojej wiedzy sportowej. Transmisje na żywo to dodatkowy atut.

Oferujemy również funkcję wczesnej wypłaty, która umożliwia Ci zamknięcie zakładu przed jego zakończeniem i zagwarantowanie sobie wygranej lub ograniczenie strat. Dzięki funkcji Bet Builder możesz stworzyć własny zakład z kombinacją różnych rynków, zwiększając swoje szanse na wygraną.

Dyscyplina Sportowa Liczba Rynków Funkcje
Piłka Nożna 300+ Cash Out, Bet Builder
Koszykówka 200+ Cash Out
Tenis 150+ Wczesna Wypłata

Nasze kasyno dba o bezpieczeństwo i komfort swoich klientów, oferując całodobową obsługę klienta. Dostępna poprzez czat na żywo, e-mail, oraz telefon.

गैर आवासीय नेपालीका समस्या प्रति सरकार गम्भीर छ– परराष्ट्र मन्त्री राणा

जर्मनी,३० मंसिर ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले गैर आवासीय नेपालीका समस्या प्रति सरकार गम्भीर रहेको बताएकी छन् ।

आईतवार जर्मनीको बोन शहरमा जन सम्पर्क समितिका पदाधिकारीहरु र गैर आवासीय नेपालीहरुसंगको भेटमा परराष्ट्र मन्त्री डा. राणाले गैर आवासीय नेपालीहरुले भोगिरहेका समस्याहरुलाई गम्भीरतापूर्वक लिएको बताएकी हुन् ।

परराष्ट्र मन्त्री राणाले डेनमार्कमा बढ्दो गैर आवासीय नेपालीहरुको संख्यालाई मध्यनजर गर्दै कोपनहेगनस्थित नेपाली राजदूतावासका सेवा सुबिधालाई थप प्रभावकारी बनाउने बताईन् ।

परराष्ट्र मन्त्री डा. राणाले युरोपका नर्डिक र बाल्टिक देशहरुमा समेत सेवा प्रदान गर्दै आएको कोपनहेनगस्थित दूतावासलाई थप प्रभावकारी बनाई त्यस क्षेत्रका देशमा रहेका गैर आवासीय नेपालीहरुलाई सहज हुने गरी सेवा प्रवाह गर्न राजदूतलाई निर्देशन दिने बताइन् ।

उनले डेनमार्कस्थित नेपाली राजदूतावास नसारिने समेत भेटघाटका क्रममा प्रष्ट पारिन ।

डेनमार्कमा नवआगन्तुक विद्यार्थीहरुले भोग्नु परेका समस्याहरुलाई गम्भीरतापूर्वक सुनेकी परराष्ट्र मन्त्री राणाले शिक्षा मन्त्रालय र गृह मन्त्रालयसंग समन्वय गरेर विद्यार्थीहरुका समस्या समाधान गर्ने प्रतिबद्धता गरिन ।

भेटमा नेपाली जन सम्पर्क समिति डेनमार्कका सभापति यादव बस्नेत, पूर्व सभापति बिरेन्द्र कार्की, पूर्व अध्यक्ष नविन आचार्य, बरिष्ठ उपाध्यक्ष गोविन्द पौडेल, नेपाली डायस्पोराका अगुवा तेजेन्द्र बहादुर कार्की लगायतले गैर आवासीय नेपालीहरुले भोग्दै आएका समस्याका बारेमा परराष्ट्र मन्त्री राणाको ध्यानाकर्षण गरे ।

भेटघाटका क्रममा गैर आवासीय नेपालीहरुका तर्फबाट गैर आवासीय नागरिकता प्राप्त गर्ने प्रकृया झञ्झटिलो भएकोले त्यसलाई सहज गर्न, दोहोरा नागरिकता प्रदान गर्न, डेनमार्कको कोपनहेगनस्थित नेपाली राजदूतावास स्थायी रुपमा राख्न र डेनमार्कमा नवआगन्तुक नेपाली विद्यार्थीहरुले भोगिरहेका समस्या समाधानका लागि पहल गर्न मन्त्री राणासंग आग्रह गरिएको    थियो ।

गैर आवासीय नेपालीहरु र उनीहरुका सन्तानलाई नेपालको समृद्धिसंग जोड्न ढिलाई नगर्न समेत गैर आवासीय नेपालीहरुले मन्त्री राणासंग आग्रह गरे ।

 

एनपिएल : पोखरालाई हराउँदै सुदूरपश्चिम शीर्षस्थानमा

काठमाण्डौं, ३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स शीर्षस्थानमा उक्लिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले पोखरालाई पाँच रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्रै बनाउन सक्यो।

पोखराका लागि एन्ड्रिज गउसले ३६, रेयमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए। सुदूरपश्चिमका लागि स्कट कगेलजिनले पाँच विकेट लिए। उनले ३.४ ओभरमा एक मेडियन राखेर १८ रन मात्रै खर्चिए। त्यस्तै, हरमित सिंहले तीन र सैफ जैबले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा १५३ रन बनाएको थियो। सुदूरपश्चिमका लागि आरिफ शेखले ४२, ब्रान्डन म्याकमुलनले २३, दीपेन्द्रसिंह ऐरीले २०, विनोद भण्डारीले १४, हरमित सिंहले १३ र इशान पाण्डेले १० रन बनाए।

पोखराका लागि कुशल भुर्तेलले दुई, रेयमन रेफर, सागर ढकाल र मिचेल लिकले एक–एक विकेट लिए।

यो जितसँगै सुदूरपश्चिम ‘प्लेअफ’मा पुगेको छ। सुदूरपश्चिमले ६ खेलमा पाँच जितसहित १० अंक जोडेको छ। त्यस्तै, १० अंक रहेको जनकपुर बोल्टस् र आठ अंक रहेको चितवन राइनोज पनि ‘प्लेअफ’मा पुगिसकेका छन्।

पोखराको भने यसअघि नै ‘प्लेअफ’ यात्रा समाप्त भइसकेको थियो। पोखरासँगै विराटनगर किंग्स र लुम्बिनी लायन्स पनि बाहिरिसकेका छन्।

‘प्लेअफ’को चौथो टोलीका लागि कर्णाली याक्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा छन्। सोमबार हुने कर्णाली र सुदूरपश्चिमको खेलले ‘प्लेअफ’को चौथो टोली तय हुनेछ।

 

उद्योगमन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान

काठमाडौँ:  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि दक्षिण कोरिया प्रस्थान गरेका छन्। मन्त्री भण्डारी आज औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेपाल र दक्षिण कोरियासँग कूटनीतिक मैत्रीपूर्ण सम्बन्ध भएको ५० वर्ष पूरा भएका अवसरमा विभिन्न सम्झौता गर्न मन्त्री भण्डारी दक्षिण कोरिया प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारी र दक्षिण कोरियाका राज्यमन्त्रीबीच ट्रेडिङ इन्भेस्टमेन्टसम्बन्धी एमओयु सम्झौता गरिने जनाइएको छ । कोरियामा रहेका लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउने विषयमासमेत छलफल हुने उनका स्वकिय सचिव आनन्द भट्टले जानकारि दिए ।

एनपिएल : सुदूरपश्चिमले दियो पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिमले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १५३ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४२ र दीपेन्द्र सिंह ऐरीले २० रन बनाए ।

ब्राण्डन म्याकमुलनले २३ रन बनाए । विनोद भण्डारीले १४ र हर्मित सिंहले १३ रन बनाए ।

पोखरा एभेन्जर्सका लागि कुशल भूर्तेलले २ तथा रेमन रेफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।

ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा नुन्स नियुक्त

वासिङ्टन, ३० मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन् ।

हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको रूपमा नुन्सको अनुभव र सन् २०१६ को अमेरिकी चुनावमा रूसी हस्तक्षेपको पर्दाफास गर्न उनको महत्वपूर्ण भूमिकाको लागि समितिको प्रमुखका लागि योग्य रहेको ट्रम्पले बताए ।

ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट शेयर गर्दै अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले लेखेका छन्, “म ट्रुथ सोसलका कार्यकारी प्रमुख नुन्सलाई राष्ट्रपतिको ‘इन्टेलिजेन्स एडभाइजरी बोर्ड’को अध्यक्षमा नियुक्त गर्ने कुरा घोषणा गर्न पाउँदा खुसी छु । यस समितिमा सङ्घीय सरकार बाहिरका प्रतिष्ठित नागरिकहरू समावेश छन् ।”

पोस्टमा भनिएको छ, “ट्रम्पको सञ्चार तथा प्रविधि समूहको नेतृत्व जारी राख्दै नुन्सले ‘हाउस इन्टेलिजेन्स कमिटि’का पूर्व अध्यक्षको रूपमा आफ्नो अनुभव र रूसी षड्यन्त्रबारे लागेका आरोपको पर्दाफास गर्न उनको महत्वपूर्ण भूमिकाको आधारमा मलाई अमेरिकी गुप्तचर समुदायको गतिविधिको प्रभावकारिता र औचित्यको स्वतन्त्र मूल्याङ्कन प्रदान गर्नुहुनेछ । नुन्सलाई बधाई छ।” रासस

इटालीले अर्जेन्टिनाका राष्ट्रपतिलाई नागरिकता दिने

इटालीले अर्जेन्टिनाका राष्ट्रपति जाभिएर मिलेइलाई देशको नागरिकता दिने घोषणा गरेको छ।

इटाली सरकारले अर्जेन्टिनाका राष्ट्रपति मिलेईलाई उनको इटालियन पूर्वजका कारण नागरिकता दिने घोषणा गरेको हो। यस निर्णयलाई लिएर इटाली र अर्जेन्टिनाका विपक्षी दलहरुले विरोध गरेका छन्।

मिलेईका हजुरबुवा–हजुरआमा इटालीबाट अर्जेन्टिना बसाइँ सरेका थिए।

जर्जिया मेलोनीको नेतृत्वमा रहेको इटाली सरकारले उनको पैतृक सम्पत्तिका आधारमा नागरिकता दिएको हो। तर, इटालीका धेरै राजनीतिक दलहरूले यस निर्णयको आलोचना गरेका छन्।

गाजामा इजरायली हवाई आक्रमण, मेयरसहित २२ जनाको मृत्यु

गाजा : गाजामा इजरायली हवाई आक्रमणमा २२ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमासका अनुसार यी २२ मध्ये एक मध्य गाजामा अवस्थित देर अल-बालाह सहरका मेयर हुन्।

इजरायलले हमासलाई हमलाको निशाना बनाइरहेको बताउँदै आएको छ।

इजरायलले विद्यालयलाई हमासले आफ्नो आधार र अन्य चीजहरूको लागि प्रयोग गरिरहे आरोप लगाएको छ। तर हमासले भने इजरायलको यो आरोपलाई धेरै पटक अस्वीकार गरेको छ।

हालसालै अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिवानले गाजामा युद्धविराम सम्झौताको सम्भावना व्यक्त गरेका थिए । गत वर्ष अक्टोबरमा हमासले इजरायलमा हमला गरेको थियो र त्यसमा १२ सय इजरायली मारिएका थिए ।

त्यसपछि इजरायलले जवाफी कारबाही गर्न थाल्यो। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको आक्रमणका कारण गाजामा ४४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

एनपिएल : पोखरा बिरुद्ध ब्याटिङमा उत्रियो सुदुरपश्चिम

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज (आइतबार)को दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रिएको छ । पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम ब्याटिङमा उत्रिएको हो ।

खेल कीर्तिपुरको त्रिवि मैदानमा दिउँसो १ बजे सुरु भएको छ । आजै भएको पहिलो खेलमा काठमान्डु गुर्खाजले विराटनगर किंग्समाथि १ विकेटको रोमाञ्चक जित हात पारेको हो । यससँगै काठमान्डुले प्लेअफ सम्भावना जीवितै राखेको छ ।

एनपिएल : विराटनगर माथि काठमाडौं गुर्खाजको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले चौथो जित निकालेको छ ।आज भएको खेलमा गुर्खाजले विराटनगर किंग्सविरुद्ध १ विकेटको झिनो जित निकालेको हो । विराटनगरले दिएको ११८ रनको सामान्य लक्ष्य काठमाडौंले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो ।

काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन जोडे । ३४ बलको सामना गरेका उनले समान २ छक्का र चौका हिर्काए । शंकर रानाले नटआउट १६ रन जोड्दा दीपेश कँडेल पनि ११ रनमा अविजित रहे । रासिद् खानले १४ रन थपे ।

बलिङमा विराटनगरका सन्दीप लामिछानेले ३ तथा अनिल खरेल, वसिर अहमद र क्रिस सोलले समान २ विकेट लिए । यो जितसँगै काठमाडौंको प्लेअफ सम्भावना पनि कायमै रहेको छ ।

पत्रकार महासंघ : ६९ वर्षे इतिहासमा पहिलो पटक महिला नेतृत्व

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो ।

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् ।

महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘दिउँसो १२-१ बजेसम्म नतिजा आधिकारिक रुपमा सार्वजनिक हने सम्भावना छ’ उनले भने ।

अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।

महासंघको अध्यक्षमा शर्मासँग युनियनका विद्रोही रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा प्रतिस्पर्धा गरेका थिए । देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्षको उम्मेदवार थिए ।

महासंघको केन्द्रीय सदस्यहरुमा पनि अधिकांश शर्मा प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

कञ्चनपुरमा फेला पर्‍यो सुँगुर र मृगलाईसमेत आहारा बनाउनसक्ने अजिंगर

कञ्चनपुरको बेलौरी नगरपालिका–४ शान्तिपुरस्थित उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको आज उद्धार गरिएको छ।

कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लम्बाइ र ३१ दशमलव पाँच सय ८० किलोग्राम तौलको थियो।

उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए। वन सुरक्षाकर्मी, स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी नगरपालिका-५ र ७ मा पर्ने अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताए।

यो प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृग जस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्दछ। यस्ता अजिङ्गरले सुक्खा जङ्गल, पहाड, खुला घाँसे मैदान र खेतबारीमा बासस्थान बनाउँछन।

यो प्रजातिका अजिङ्गरको आयु २० वर्षभन्दा बढी हुन्छ। समुन्द्री सतहदेखि एक सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइ सम्म यस प्रजातिका अजिङ्गर पाइने विज्ञहरु बताउँछन्।

विराटनगरले काठमाडौंलाई दियो ११८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले काठमाडौं गुखार्जलाई ११८ रनको लक्ष्य दिएको छ। त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभर ५ बल खेल्दै ११७ रनमा अलआउट भएको हो।

विराटनगरका लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । दीपक बोहोराले २०, स्कट इरासमसले १५, बसिर अहमदले १३ र निकोलस किर्तोनले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

काठमाडौंका गेहार्ड इरासमसले ३ विकेट लिए। दिनेश कँडेलले २ विकेट लिए। साहब आलम, करण केसी र डान डाउथवेटले समान एक विकेट हात पारे।

बालीमा सीता हरण

ईण्डोनेशियाको हिन्दु बाहुल्य टापु बाली । र, त्यही बालीको समून्द्र किनारमा फैलिएको सुन्दर उलुवातु । सूर्यास्तको मनमोहक दृष्यसंगै समून्द्रमा ठडिएको पहाडसंग पौठाजोरी खेल्दै ठोक्किने समून्द्रका छालहरु जति जोरले गर्जिदै आउछन्, पहाडसंग ठोक्किएपछि निमेषमै शान्त हुन्छन् । हराउछन् । यो प्रकृया रोकिदैन । निरन्तर चलिरहन्छ ।

योसंगै उलुवातुको पहाडमा हरेक साँझ एउटा अर्को प्रकृया पनि चल्छ, रामायणको ।

बालीका धेरै धार्मिक स्थलमध्ये एक हो, उलुवातु । उलुवातुमा रामायण हेर्नकै लागि पर्यटकहरु ओईरिन्छन् । उलुवातु मन्दिर प्रबेशका लागि लुङ्गी लगाउनै पर्छ । हुन त बालीमा रहेका अन्य मन्दिरहरुमा पनि महिला पुरुष सबैलाई लुङ्गी लगाउन अनिवार्य गरिएको छ ।

समुन्द्रको किनारमा अवस्थित उलुवातु मन्दिर हिन्दु धर्मको अवशेष हो । हजारौ वर्ष पुरानो उलुवातु मन्दिरमा हिन्दु धर्मको ईतिहास हेर्न र पढ्न पाईन्छ । त्यही ईतिहास हेर्न र पढ्न विदेशीहरु    पुग्छन ।

हरेक दिन साँझ उलुवातुमा रामायण देखाईन्छ । सीता स्वयम्बर । राम–सीता बिबाह । राम राज्य । राम–सीता र लक्ष्मणको वनवास । राम र लक्ष्मणको अनुपस्थितिमा सीता हरणको दुस्प्रयास रोक्न जटायुद्धारा प्रतिरोध । रावणद्धारा जटायुको बध । सीताको अनुपस्थितिमा शोकमा राम । सीताको हालखवर बुझ्न हनुमानको लंका प्रबेश । हनुमान र सीताको भेट । दुबैबीच भलाकुसारी । हनुमानद्धारा लंका दहन । लंका दहनपछि हनुमान फिर्ता । हनुमानद्धारा सीताको अवस्था रामलाई जानकारी । र बानर सेनाको सहयोगमा राम–रावण युद्ध । रावण बध । सीता मुक्त । राम –सीता मिलन । असत्यमाथि सत्यको बिजय । सत्यको जीत । असत्यको पराजय ।

स्थानीय कलाकारहरुले रामायणको यो कथा जीवन्त रुपमा प्रस्तुत गर्दा दर्शकहरुलाई एक घण्टा बितेको पत्तै हुदैन ।

नेपाल भन्दा करीव ६ हजार किमी टाढा टापुको देशमा रहेका हिन्दु धर्मावलम्बीहरुको मस्तिष्कमा पनि रावण उस्तै छन् । हिंस्रक । व्यभिचारी । बडेमानको शरीर । ठूला जुंगा । १० वटा टाउका । अट्टहास । डरलाग्दो हासो । र, सीताको कल्पना पनि फरक छैन । सुन्दर । सुशिल । सालिन । दरवारको सुख सुबिधा त्यागेर पति रामसंगै वनवास । रामकी अति प्रिय ।

राम पनि उस्तै छन् । मान्छेको भेषमा जन्म लिएका विष्णुका अवतार । तर कुनै घमण्ड छैन । कुनै मोह छैन । सरल छन् । रावण बधका लागि मायावी वा दैवी शक्तिको प्रयोग गर्दैनन । धनुष र वाणकै प्रयोग गरेर रावण बध गर्छन ।

हनुमानको परिकल्पना रामायणको कथा भन्दा फरक छैन । सीता रामका अनन्य भक्त । रामको पत्नी बियोग देख्न नसकेर सीताको हाल बुझ्न लंका पुग्छन । रावणलाई चुनौती दिन्छन । लंका दहन गरेर फर्किन्छन ।

व्यक्त गर्ने भाषा मात्रा फरक छ । हामी नेपालीमा व्यक्त गर्छौ, उनीहरु ईन्डोनेशियाको भाषामा । फरक यत्ति छ ।

ईन्डोनेशिया र नेपाल जोड्ने सेतुहरु 

ईन्डोनेशिया टापुहरुको देश हो । साना ठूला गरी १८३०७ टापु छन्, ईन्डोनेशियामा । एउटा उपमा र बिशेषणले ईन्डोनेशियाको परिचय पर्याप्त हुदैन । जनसंख्याका हिसावले विश्वकै चौथो ठूलो देश ईन्डोनेशिया सबैभन्दा ठूलो मुस्लिम बाहुल्य देश पनि हो । २५ करोड ६३ लाख ३३ हजार ६ सय २८ जनसंख्या छ,यहाँको । विश्वको कुलजनसंख्याको ३.५ प्रतिशत जनसंख्या ईन्डोनेशियामा बसोबास गर्छ ।

नेपालबाट करीव ६१४० किमी दूरीमा छ, ईन्डोनेशिया । समून्द्रले घेरिएको ईन्डोनेशिया र पहाडको देश नेपालका बीचमा केही त्यस्ता समान कुरा छन्, जसलाई जोड्न सके दुई देश बीचको सम्बन्ध त मजबुत हुने छ नै । त्यसले नेपालको धार्मिक पर्यटन प्रबद्र्धनमा समेत ठूलो टेवा पुग्ने निश्चित छ । त्यो हो, धार्मिक समानता ।

Diamond Beach in Nusa Penida Island Baliविश्वकै सबैभन्दा ठूलो मुस्लिम देशको एउटा टापु पुरै हिन्दु बाहुल्य छ भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । हो, ईन्डोनेशियाको एउटा टापुका अधिकांश बासिन्दा हिन्दु धर्मावलम्बी छन् । त्यति मात्र होईन, त्यो टापुको नाम नै रामायणको एउटा पात्रको नामबाट राखिएको छ । त्यो टापु हो, बाली ।
ईन्डोनेशियाको बाली त्यस्तो टापु हो, जहाँ ८५ प्रतिशत हिन्दु छन् । २०१४ को जनवरीमा बालीको जनसंख्या ४२ लाख २५ हजार जनसंख्या रहेकोमा ८४ दशमलव ५ प्रतिशत जनसंख्या हिन्दुको रहेको छ । मुस्लिम १२ प्रतिशत छन् ।

बालीको परिचय त्यतिमा सिमित हुदैन । बालीको आकर्षण नै रामायण हो । बालीमा रामायण हेर्नकै लागि लाखौ बिदेशी पर्यटकहरु ओईरन्छन । चौक, पसल, मलहरुमा रामायणका पात्रहरु, राम, सीता, महाभारतका पात्रहरु अर्जुन, कृष्ण लगायतका साना तथा ठूला मूर्तिहरु कलात्मक ढंगले बनाएर सजाईएका छन् ।

जकार्ता र बालीका चौकहरुमा कृष्णले बायुपंखी घोडाहरुको रथ हाक्दै गरेको र अर्जुनले गाण्डिब चलाउदै गरेको महाभारत युद्धका झलकहरु पनि हेर्न पाईन्छ, बिशाल मूर्तिहरुमा ।
जकार्ता भन्दा करीव दुई घण्टाको हवाई यात्रामा पुग्न सकिने बाली विश्वकै अनुपम र सुन्दर पर्यटकीय शहर हो । हिन्दु धर्म यसको गहना हो । हिन्दु संस्कृति र सभ्यता यसका अवयवहरु हुन् । आकर्षण हुन् ।

चारैतिर समुन्द्रले घेरिएको बालीका समुन्द्री तटहरु जति लोभलाग्दा छन्, त्यत्तिकै लोभलाग्दो र हेरीरहु लाग्ने हिन्दु सभ्यता छ, यहाँको । हिन्दु सभ्यता र मनमोहक समुन्द्री तटहरुसंगै पर्यटकहरुलाई आकर्षण गर्ने अर्को चिज छ बालीमा । त्यो हो, बालीको जीवन शैली । बाली सुत्दैन । जति रात छिप्पिदै जान्छ, बाली त्यति नै जाग्दै जान्छ । विदेशीहरुका लागि बालीको रात्री जीवन आकर्षण गर्ने धेरै कुरा मध्येको एक हो ।

बाली बम काण्डको त्रास र भय बिर्सिसकेका छन्, विदेशी पर्यटकहरुले । अलकायदा सम्बद्ध आतंकवादी संगठनले ११ अक्टोबर २००२ मा गराएको श्रृंखलाबद्ध बम विष्फोटनमा २०२ जनाले ज्यान गुमाएको घट्ना युग पुरानो लाग्छ । र त कुनै भय र त्रास बिना उन्मुक्त भएर रमाउछन्, बालीमा विदेशीहरु ।

दशौ किमीसम्म फैलिएको कुता बीचको तटमा लहरै राखिएका छाता र त्यसकै मुन्तिर आरामदायी कुर्सीमा लमतन्न परेर सुतेका विदेशीहरु देख्दा यस्तो लाग्छ, उनीहरु उन्मुक्त भएर सुत्न चाहन्छन, निदाउन चाहन्छन, समून्द्री छालहरुको सुस्साहटसंगै । कुनै भय छैन । त्रास छैन । छैन, कुनै हतार । निस्फ्रिक्रि र निर्धक्क भएर रमाईलो गरिरहेका, सुतिरहेका, खेलिरहेका, कुदीरहेका पर्यटकहरुको गतिबिधि हेर्न लायक हुन्छ । कसैलाई कसैको परवाह छैन । नाम मात्रका लुगा छन्,शरीरमा । न कसैले छिछि भनेको छ । न कसैले आँखा चिम्लिएको । मान्छे स्वतन्त्र मात्र होईन स्वच्छन्द छ । उ पैसा तिरे आकाशमा उड्न पाउछ । प्यारासाईक्लिङ गर्छ । पैसा तिरे स्कुवा डाईभिङ गर्छ । गोताखोर झै समुन्द्र मुन्तिर अक्सिजन पिठ्युमा राखेर माछासंग लुकामारी खेल्न । बनाना डाईभिङ । मोटरबोट । पैसा तिर्ने । चढ्ने ।

प्यारासाईक्लिङ गरेको कति ? जवाफ आउछ – तीन लाख । स्कुवा डाईभिङको चाही कति नि ? प्रत्युत्तर अर्को–६ लाख ? होईन अलिकति मिलाउन सकिन्न ? हासेर जवाफ आउछ–अरुलाई नभन्नुनी । तपाईलाई मिलाएरै भनेको । उ त्यो मान्छे छ नि । त्यसले सात लाख तिरेको छ ।

ईन्डोनेशियामा लाखको कुरा सुन्दा तर्सिनु भने पर्दैन । एक हजार सम्म रुपैयाको सिक्का चल्ने ईन्डोनेशियामा मिनरल वाटर किन्नु परे २० हजार रुपैया चाहिन्छ । नास्ता खानु परे लाख रुपैयाले पुग्दैन । २० हजार, ५० हजार, १ लाखका नोट सबैभन्दा बढि चल्तीमा छन् ।

सपिङ मलहरुमा सामान्य टिसर्ट किन्नु परे पनि डेढ लाख रुपैया पर्छ । सामान हेरी हेरी मूल्य पर्छ । ठूला मलहरुमा सपिङहरुमा जादा १० लाख भन्दा घटिको काम छैन ।

कतिपय ईन्डानेशियालीहरुलाई नेपालका बारेमा थाहसम्म छैन । नेपाल भन्ने देश छ र । नेपालीहरुको अनुहार पनि भारतीयसंग मिल्ने भएकोले उनीहरुले नेपालीहरुलाई भारतीय नै ठान्छन । स्थानीय भारतीयहरुसंग त्यति धेरै नजिक नभएपनि घुम्नका लागि त्यहाँ पुगेका भारतीयमूलका पर्यटकप्रति उनीहरु निकै नरम र सकारात्मक हुन्छन । पहिलो कारण भारतीयहरु हिन्दु हुने कुरामा बढि विश्वास गर्छन । अर्को ईन्डोनेशियामा भारतीय फिल्मको प्रभाव निकै छ । ठूलो हिस्सा शाहरुखको फ्यान छ । फिल्मका कुरा गर्दा उनीहरु शाहरुखको नाम लिन बिर्सिदैनन । तुम पास आए बोलको गीत गाउन छुटाउदैन । शाहरुख खान भने पछि हुरुक्क हुन्छन, ईन्डोनेशियालीहरु ।

धेरै ईण्डोनेशियालीलाई त नेपालका बारेमा थाह नै छैन, २१ वर्षदेखि ईन्डोनेशियामा काम गर्दै आएका ईञ्जिनियर टंक पन्त भन्छन्, थाह पाएकाहरु नेपाल भनेपछि हुरुक्क हुन्छन । उनीहरु मध्ये कतिपयले नेपाललाई हिन्दुको देश त कतिपयले बुद्धको देश भनेर चिन्छन । यसरी थाह पाउनेहरु जनकपुर र लुम्बिनीको माटो ल्याईदिनु प¥यो भनेर निकै मरीहत्ते गर्छन ।

ईन्डोनेशियामा तेस्रो ठूलो जनसंख्या बौद्धमार्गीहरुको छ । चिनियामुलका बौद्धमार्गीहरु लुम्बिनी भनेपछि हुरुक्क छन् । ईन्डोनिशयाको व्यापारमा ठूलो पकड जमाएका उनीहरु घुम्न रुचाउछन् । पन्त भन्छन्,उनीहरुलाई बुद्धभूमि लुम्बिनीसंग जोड्न सके नेपालको अर्थतन्त्रमा त्यसले ठूलो योगदान पु¥याउने छ ।

चीनभन्दा सस्तो र गुणस्तरीय सामानहरु उत्पादन हुन्छ, ईन्डोनेशियामा । जुत्ता र कपडा लगायतका सामानहरु । व्यापारिक सम्बन्ध पनि कायम गर्न सकिन्छ, ईन्डोनेशियासंग । तर द्धिपक्षीय कुटनैतिक सम्बन्ध स्थापित हुन सकेको छैन ।

भीसा प्रकृया अझै झञ्झटिलो छ । त्यस कारण दुबै देशका बासिन्दालाई आवागमनमा कठिनाई भएको छ, आठ वर्ष ईण्डोनेशियामा लायन एयर उडाएका क्याप्टेन बेद उप्रेती भन्छन्, आवागमन सहज भएमा नेपाल घुम्ने ईन्डोनेशियालीहरुको संख्या वर्षेनी लाखौमा हुनेछ ।

ईन्डोनेशियालीहरुका हातमा पैसा छ । र उनीहरु घुम्न सौखिन छन्, क्याप्टेन उप्रेती भन्छन्,हामीसंग उनीहरुलाई आकर्षण गर्ने हिन्दु र बौद्ध धर्मका प्रसिद्ध धार्मिक स्थल छन् । थप कुरा नेपालको भ्रमण र बसाई विश्वका अन्य मुलुक भन्दा सस्तो त छ नै । ईन्डोनेशिया भन्दा झन सस्तो छ । यसकारण पनि उनीहरु नेपाल घुम्न आकर्षित हुनेछन् ।

पूजा नगरी उनीहरुको कुनै कार्य शुरु हुदैन । बिहानै मन्दिर,चौक, पसलहरुमा पूजा गरिरहेका भेटिन्छन् । पूजाको प्रसाद ठूला सपिङ मलका सबै काउण्टहरहरु देखि साना पसलहरुमा राखेको पाईन्छ ।

केराको पातको दुनामा राखिएका फूल, मिठाई, अगरबत्ती र सुगन्धित सामग्रीको मगमग बास्ना आईरहन्छ, चौक, पसल अनि मन्दिरहरुमा । ईन्डोनेशियामा हिन्दुहरुले दिनमा तीन पटक पूजा गर्छन ।

ईन्डोनेशियाली हिन्दुहरु राम र सीतालाई निकै श्रद्धा गर्छन । राम लीला उनीहरुले मञ्चन नगरेको कुनै दिन हुदैन । मन्दिरमा होस वा रेष्टुरेन्टमा । विदेशीलाई आकर्षित गर्ने कुरा नै, राम लिला हो ।, उप्रेती भन्छन्, सीता जन्मिएको स्थल जनकपुरका बारेमा जानकारी दिन सके उनीहरु पक्कै जनकपुर आउनेछन् ।

समान कुराले मात्र होईन । असमान र उनीहरुसंग नभएका कुराले पनि आकर्षित गर्न सकिन्छ, नेपालमा । हामीसंग हिमाल र पहाड छ । उनीहरुसंग समून्द्र छ, उप्रेती थप्छन्,मान्छे आफूसंग जे छैन, त्यस प्रति बढि उत्सुक र आकर्षित हुन्छ । हामी उनीहरुलाई नेपालका मनोरम हिमाल र पहाड देखाएर आकर्षित गर्न सक्छौ ।

तर यी सबै कुराका लागि नेपाल सरकारसंग स्पष्ट नीति र दृष्टिकोण भने हुन आवश्यक ठान्छन्, उप्रेती । गफ गरेर मात्र पर्यटन प्रबद्र्धन हुदैन, भन्छन्, ईन्डोनेशियालाई नेपालसंग जोड्न स्पष्ट नीति र खाका हुन आवश्यक छ ।
ईन्डोनेशिया र नेपालका बीचमा कुटनीतिक सम्बन्ध सन १९६० मा शुरु भएपनि त्यसको चार वर्ष

अघि बाङडुङमा आयोजित एशिया–अफ्रिका सम्मेलन १९५५ मा नेपाल सहभागी भएर सम्बन्धको सुत्रपात भएको थियो । यद्दपि त्यो सम्बन्ध अहिलेसम्म प्रगाढ भने हुन सकेको छैन ।

बाली ईन्डोनेशियाकै सुन्दर र सुबिधा सम्पन्न टापु हो । त्यही सुन्दरता र सुबिधाका कारण वर्षेनी लाखौ पर्यटकहरु बालीमा आउछन् । अझ विश्वका ठूला ईभेन्टहरु पनि बालीमा आयोजना भईरहनुले पनि बालीको महत्व झल्काउछ । सन २०११ मा एसियन समिट भएको बालीमा सन २०१२ मा एपेक सम्मेलन भएको थियो । र सन २०१३ मा मिस वल्र्डको आयोजना भएको थियो, बालीमा । त्यसबाहेक पनि थुप्रै अन्तराष्ट्रिय सभा, सेमिनार र सम्मेलनहरु बालीमा भईरहन्छन ।

राजधानी जकार्ताबाट करीव ११५६ किमी हवाई दुरी छ, बालीको । सडक मार्गबाट करीव २३ घण्टा लाग्ने भएपनि हवाई जहाजमा यही दूरी दुई घण्टामा तय हुन्छ ।

ईन्डोनेशियामा कस्तो छ कानून ?

ईन्डोनेशिया मुस्लिम बाहुल्य देश भएपनि यो अन्य मुस्लिम देश भन्दा निकै उदार छ । ईन्डोनेशियामा जापानिज निर्माण कम्पनीमा काम गर्दै आएका ईञ्जिनियर टंक पन्त भन्छन्,मुस्लिम देश भएपनि ईन्डोनेशियाका मान्छेको जीवनशैली अमेरिकीन  छ ।

यति खुला र उदार मुस्लिम बाहुल्य देश अरु छैन । जहाँ सबै कुराको छुट होस । एउटा कुरामा ईन्डोनेशिया निकै कठोर छ । त्यो हो, लागु औषध । लागु औषध ओसार पोसार र प्रयोग गर्नेको सजाय एउटै छ । मृत्यु दण्ड । यो दण्डमा ईन्डोनेशिया कसैसंग सम्झौता गर्दैन ।

केही वर्षअघि दुई जना अष्टे«लियन नागरिकलाई लागु औषधकै मुद्दामा मृत्यु दण्ड दिदा अष्टे«लिया र ईन्डोनेशियाबीचको सम्बन्धमा तिक्तता आएको थियो । अष्ट्रेलियाले आफ्ना नागरिकलाई मृत्यु दण्ड नदिएर आजिवान कारावासको सजाय दिन गरेको ईन्डोनेशियाको सरकारले स्वीकार गरेन । बरु उल्टै जवाफ दियो । हाम्रो निर्णयमा हस्तक्षेप नगर ।

प्रहरी र ट्राफिक प्रहरी भने भ्रष्ट मानिन्छ, ईन्डोनेशियाको । ट्राफिक व्यवस्थापनको काम प्रहरी वा ट्राफिक प्रहरीले गरेको पाईदैन । चुल्ठे मुन्द्रेको भरमा चलेको छ, जकार्ताको ट्राफिक व्यवस्थापनको काम । उनीहरुले ट्राफिक व्यवस्थापनको काम गरे वाफत प्राय सवारी साधनहरुबाट रकम असुल्छन ।

जकार्ताको जाम विश्वमै चर्चित छ । घण्टौसम्म सवारी साधनहरु जाममा फस्छन् । अझ कार्यालय समय र साँझको समयमा त गाडीमा चढेर जानुभन्दा पैदल जादा गन्तव्यमा चाडो पुग्न सकिन्छ । त्यसैले १० बजे कार्यालय पुग्नका लागि ३ घण्टा पहिले नै घरबाट निस्कि सक्छन, कर्मचारीहरु ।

प्रहरीका बारेमा स्वयम ईन्डोनेशियालीहरु सकारात्मक देखिन्नन । अझ बिदेशीहरु त सामान्य समस्यया पर्दा प्रहरीको सम्पर्कमा जानै चाहन्नन । प्रहरी कहाँ जादा उल्टै पैसा असुल्ने डरले सकभर जानु नपरोस भन्ने चाहन्छन, सर्वसाधारण र विदेशी ।

ईन्डोनेशियाका घुम्न लायक ठाऊहरु

ईन्डोनेशिया पर्यटकका लागि निकै महत्वपूर्ण देश । यहाँ सयौ यस्ता ठाऊहरु छन्, जो मनमोहक छन्, मनोरम छन् । सुन्दर र अनुपम छन् ।

हिन्दु संस्कृति र सभ्यता यहाँको मुख्य आकर्षण हो । बालीको उलुवातुमा रामायण हेर्नका लागि दैनिक हजारौ पर्यटक पुग्छन । उलुवातु मन्दिर प्रबेश गर्न लुङ्गी लगाउनु अनिवार्य गरिएको छ । समन्द्रको किनारमा उभिएको पहाडमा फैलिएको हजारौ वर्ष पुरानो उलुवातु मन्दिरका हरेक चिज ऐतिहासिक छन् । लोभलाग्दा छन् । आकर्षक छन् । उलुवातुमा हरेक दिन साँझ रामायण देखाईन्छ । एकघण्टा रामायण हेर्नकालागि तीन लाख रुपैयाको टिकट काट्नुपर्छ । मन्दिर क्षेत्रमा प्रबेशका लागि भने छुट्टै शुल्क लिने गरिएको छ ।

लोभिना तटमा डल्फिन हेर्नेको भीड लाग्छ । किन्तामणी लेक कम मनमोहक छैन । वाटर स्पोर्टसका लागि तान्जुङ बिनुआका चर्चित छ । गिली टापु आफैमा अन्ति सुन्दर टापु हो ।

जिम्बारन तट सी फुडको लागि ख्याती कमाएको ठाँउ हो । साँझपख पर्यटकहरु खचाखच भरिन्छन, तटमा रहेका खुला रेस्टुरेन्टहरुमा । बत्तिको उज्यालो । समुन्द्रका छालहरुको सुस्साहट । र स्थानीय कलाकारहरुद्धारा देखाईने रामायणसंगै सी फुडको स्वादले पेट र मन दुबै भरिन्छ । यद्दपि शाकाहारीका लागि भने त्यो रमाईलो पनि खल्लो हुनसक्छ । किनकी हरेक चिजमा माछा । माछाकै परिकार । जे मा पनि माछाको गन्ध आउछ, शाकाहारीका लागि ।

बालीको रात्री जीवन र मसाज विदेशीका लागि प्रमुख आकर्षण हुन् । समून्द्रका छालहरुमा हुत्तिएर हामफाल्ने र त्यसको बेगसंगै किनारमा पछारिदाको बेग्लै आनन्द लिइरहेका हुन्छन, पर्यटकहरु ।
समून्द्रका तटहरुमा सन बाथ लिदै गरेका विदेशी पर्यटकहरुको लर्को देख्दा घाम नउदाउने देशबाट आएका हुन कि जस्तो लाग्छ । समून्द्रको देशमा बसोबास गर्नेहरु पनि समून्द्रकै आनन्द लिन बाली आईपुग्छन ।

जकार्ताको नेशनल म्युजियम हिन्दु र बौद्ध धर्मावलम्बीहरुले हेर्नै पर्ने मध्ये एक हो । हजारौ वर्ष पुराना, राम, सीता, गणेश, बुद्धका बिशाल मूर्तिहरु यसका मुख्य आकर्षण हुन् ।

जकार्ताबाट ६० किमीको दूरीमा रहेको तमन सफारी त, घुम्न छुटाए ईन्डोनेशियाको यात्रा अपुरो हुन्छ । प्रकृतिका अधिकांश जीव, जन्तु र जनावरलाई हेर्न र छुन मिल्ने व्यवस्था गरिएको छ, तमन सफारीमा । बाघसंग बसेर फोटो खिच्न मिल्छ । हात्ती, घोडा, उट, जिराफ, अर्ना, गैडा, जेव्रा, कङ्गारु, पेन्गुईनसंग उभिन र फोटो खिच्न छुट छ । डल्फिनसंग पौडिनु र डल्फिनको खेल हेर्नुको मजै बेग्लै छ ।

बाह्रै महिना हिउ पर्ने अन्टार्टिकामा पाईने पेन्गुईन होस वा बंगालको चर्को गर्मीमा पाईने बंगाल टाईगर सबै हेर्न पाईन्छ, तमन सफारीमा । जकार्ताबाट नजिकै रहेको बोगोरको तमन सफारी त ईन्डोनेशियाका प्रमुख पर्यटकीय गन्तव्य मध्येकै एक हो । विश्वकै नमूना मानिन्छ, तमन सफारी । प्रकृतिका अधिकांश, जीव,जन्तु र जनावर हेर्न र छुन मिल्ने तमन सफारी अवलोकन गर्नेमा विदेशी र स्वदेशी उत्तिकै हुन्छन् ।

बालीको नुसा दुआ अत्यन्त सुन्दर छ । जान छुटाउदैनन, पर्यटकहरु नुसा दुआमा । वाटर स्पोर्टसका लागि बालीकै केन्द्र मानिन्छ, नुसा दुआ ।
कोमोडो टापु,गीली टापु,राजा आम्पथ टापु,पूर्वी जाभाको ब्रोमो पहाड बालीका आकर्षण हुन् ।

तोवा तालले पनि पर्यटकहरुलाई लोभ्याउछ । ज्वालामुखीले बनाएको विश्वकै सबैभन्दा ठूलो ताल ( तोवा ताल ) दक्षिणी सुमात्रामा पर्छ ।  यो तालको लम्बाई १०० किमी र चौडाई ३० किमी छ ।

बालीको ड्रिम ल्याण्ड तट सफा पानी र सुन्दर दृष्यावलोकनका लागि चिनिन्छ । लोमबोक टापु र लोबानगाम पनि पर्यटकहरु भीड लाग्छ ।

जोग जकार्ता  हिन्दु मन्दिरहरु र बुद्ध बिहारहरुका लागि लागि प्रसिद्ध छ । यहाँ रहेका हिन्दु मन्दिर र बौद्ध बिहारहरु हेर्न लायक छन् । हजारौ वर्ष पुराना पुरातात्विक र ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण हिन्दु र बौद्ध धर्मका यी अवशेष हुन् । यीनले ईन्डोनेशियामा हिन्दु र धर्मको ईतिहास झल्काउछ ।

सुमात्राको मेडानमा तमिल हिन्दुहरुको बाहुल्यता  छ । हिन्दुहरुका लागि मेडान पनि हेर्न र घुम्न लायक छ ।

बम बिष्फोटपछिको बाली

सन २००२ अक्टोबर ११ को राति ११ बजेर ५ मिनेटमा बालीमा भएका श्रृंखलाबद्ध बम विष्फोटमा दुई सय दुई जनाको मृत्यु    भयो ।

प्याड्डीज बारमा भएको आत्मघाती बम बिष्फोटन लगत्तै छेउकै सारी क्लव नजिक कार बम बिष्फोट भयो । तेस्रो विष्फोट अमेरिकाको कन्सुलेट अफिस, बाली तट छेउमा भयो ।

२०२ जनाको मृत्यु भएको बम काण्डमा मर्नेमा सबैभन्दा बढि ८८ जना अष्टे«लियाका नागरिक थिए । ईन्डोनेशियाका ३८ र बेलायतका २८ थिए । विश्वलाई नै स्तव्ध बनाउने गरी आतंकवादीहरुले गराएको श्रृंखलाबद्ध बम विष्फोटमा २१ मुलुकका नागरिकको मृत्यु भएको थियो । बम विष्फोटमा संलग्न भएको आरोपमा ३० जना आतंकबादी पक्राउ परे ।

जेमाह ईस्लामियाले बम बिष्फोट गराएको स्वीकार ग¥यो । जो समूह अलकायदा सम्बद्ध थियो, पछि यो समूहका अगुवा बाली बम काण्डका योजनकार ईमाम समुद्रा सहित अली घुफ्रोन र उसका दुई भाईहरु क्रमशः नोभेम्बर र डिसेम्बरमा पक्राउ परे, पछि मारिए ।

बम विष्फोटमा मृत्यु भएकाहरुको सम्झनामा घट्नास्थल नजिकै स्तम्भ बनाईएको छ । जुन स्तम्भले बाली बम काण्डको सम्झना गराईरहन्छ ।

केही समय बालीको पर्यटनलाई बम बिष्फोटनका घट्नाले असर गरेपनि पर्यटकहरु त्यो घट्ना बिर्सिसकेका छन् । निस्फ्रिक्रि भएर घुम्छन पर्यटकहरु । कुनै भय छैन । त्रास छैन ।

बालीको रात्री जीवन उस्तै गुलजार छ । पुरै रात उज्यालो र रमाईलोमा बित्छ बालीको । बालीको रात्री जीवनलाई अध्यारोले छुदैन । रात आए गएको पत्तै हुदैन बालीलाई । बाली आफ्नै गतिमा हिडेको छ ।  समुन्द्री तटहरुमा विदेशीको भीडले सधै मेला लागेको भान हुन्छ । बाली सुरक्षित छ । शान्त छ ।

बालीमा जमेका नेपालीहरु

जनसंख्याका हिसावले विश्वको चौथौ ठूलो मुलुक भएपनि नेपालीको संख्या थोरै छ, बालीमा । जम्माजम्मी ५० जति नेपाली रहेको अनुमान छ । ती मध्ये पनि अधिकांश संयुक्त राष्ट्र संघ र राष्ट्र संघका बिभिन्न निकायहरु विश्व खाद्य संगठन, युनिसेफ लगायतमा उच्च पदमा कार्यरत छन् । जलविद्युत परियोजना र  निर्माण क्षेत्रमा नेपाली ईञ्जिनियर कार्यरत छन् । यो संख्या बिगतका तुलनामा घटेको ईञ्जिनियर पन्त बताउछन् ।

खोज्नुहोस