परामर्शदाताको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुँदै

काठमाडौं । विश्वभरका परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था ‘फिडिक’को एशिया प्रशान्त क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।

नेपाली परामर्शदातृ संस्थाहरूको छाता संगठन ‘सोसाइटी अफ कन्सल्टिङ्ग आर्किटेक्चरल एण्ड इन्जिनियरिङ्ग फर्म्स’ (स्काएफ)को आयोजनामा मंसिर ३ देखि ५ गतेसम्म उक्त सम्मेलन हुन लागेको आयोजक स्काएफले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहबाट उद्घाटन हुने उक्त सम्मेलनमा फिडिककी अध्यक्ष क्याथरीन काराकात्सानीससहित २३ देशको प्रतिनिधि तथा १०० जनाभन्दा बढी अन्तर्राष्ट्रिय र ३०० जना राष्ट्रिय सहभागी तथा पर्यवेक्षकहरूको सहभागिता हुनेछ आयोजक स्काएफका महासचिव ई. कमल कार्कीले बताए ।

‘Governance for Climate Shocks’ भन्ने मुख्य विषयवस्तु रहेको उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पर्यावरणीय विपद्‌लाई सम्बोधन गर्ने प्राविधिक तथा नितिगत विषयमाथि ७ वटा विशिष्टिकृत शिर्षकमा ३ दिनसम्म छलफल चल्ने छ ।

विपद्‌को जोखिमले आक्रान्त बनिरहेको सन्दर्भमा विश्व समुदायका लागि नेपालमा हुन लागेको उक्त सम्मेलन फलदायी हुने विश्वास आयोजकको छ ।

विश्वभरका सम्पूर्ण परामर्शदाताहरूको अन्तर्राष्ट्रिय संस्था फिडिकको पूर्णकालीन सदस्यको रुपमा १ असोज, २०५४ देखि स्काएफले नेपाललाई प्रतिनिधित्व गर्दै आइरहेको छ ।

फिडिक इन्टरनेशनलको ५ वटा क्षेत्रीय उपसमितिहरू मध्ये एशिया प्रशान्त समितिको सकृय सदस्यको रुपमा समेत स्काएफ क्रियाशिल रहेको छ । उक्त समितिअन्तर्गतका विभिन्न उपसमितिहरूमा समेत नेपालबाट प्रतिनिधित्व रहेको छ ।

हरेक वर्ष फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना हुने गर्दछ । अघिल्लो पटक फिडिक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन थाईल्याण्डको बैंककमा आयोजना भएको थियो भने आउँदो वर्ष सन् २०२५ को सम्मेलन इन्डोनेसियाको बालीमा हुनेछ ।

उपनिर्वाचन हुने स्थानीय तहलाई निर्वाचन आयोगको ८ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन हुने सबै स्थानीय तहलाइ ८ बुँदे निर्देशन दिएको छ । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नका लागि आयोगको सोमबार बसेको बैठकले ८ बुँदे निर्देशन दिएको हो ।

 

उपनिर्वाचन हुने स्थानीय तहमा निर्वाचन आयोगबाट कायम भएका मतदानस्थल तथा केन्द्रको संरचनाको संरक्षण, मर्मत सम्भार एवम् उक्त स्थलमा खानेपानी, शौचालय, विद्युत, सञ्चार आवजावतको वैकल्पिक मार्ग, सडक, पुल पुलेसा, कम्पाउण्ड वाल, तारवार आदिको व्यवस्था र ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता मैत्री बनाउन यथासम्भव प्रयत्न हुन सम्बन्धित स्थानीय तहबाटै कार्यान्वयनको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा स्थानीय तहका पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथिगृह, सवारी साधन, परिवहनका साधन र अन्य विद्युतीय उपकरण मर्मत संभार गरी ठीक दुरूस्त अवस्थामा राख्न र स्थानीय तह उपनिर्वाचनको कामको लागि आवश्यकता अनुसार प्रयोग गर्न सक्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।

स्थानीय तह उपनिर्वाचनको कार्य सम्पादन गर्न स्थानीय तहमा कार्यरत कर्मचारीलाई खटाउन वा काममा लगाउन सकिने कानूनी व्यवस्था बमोजिम कर्मचारीको विवरण अद्यावधिक गरी राख्ने र निर्वाचन प्रयोजनको लागि माग भएका बखत तत्काल उपलब्ध गराउने अवस्थामा राख्न निर्देशन दिएको छ ।

उपनिर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाई निर्वाचन अधिकृतको कार्यालय रहने स्थानसम्मको आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्ने व्यवस्थाका साथै तोकिएको मतदान स्थल र मतदान केन्द्रसम्म पुग्ने सडक तथा अन्य भौतिक पूर्वाधार समेत स्थानीय तहबाट प्राथमिकताका साथ आवश्यक मर्मत संभार गरी गराई सुचारू अवस्थामा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

राजनीतिक दल तथा उम्मेदवारले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्याउनेगरी कुनै कार्य गर्न गराउन नपाउने भएकोले स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा अनुदानमा सञ्चालित कुनै संस्था वा निकाय वा सामुदायिक विद्यालयको जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य जुनसुकै भौतिक साधन प्रयोग गर्न गराउन पूर्णतः रोक लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगको वेबसाइटमा प्रकाशित निर्वाचन प्रचार–प्रसार सामग्री तत्काल समयमै मतदाता समक्ष पु¥याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ भने आयोगबाट लागू भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटन लगायतका कार्य नगर्ने नगराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ बमोजिम स्थानीय कार्यपालिका तथा पदाधिकारी एवम् स्थानीय तह र अन्तर्गतका निकायमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको पूर्ण पालना गर्ने गराउने र कहीँ कतैबाट आचार संहिता विपरित कार्य भए गरेमा कारवाही गरी त्यसको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिन पनि निर्देशन दिइएको छ ।

कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत् अन्तरक्रिया सम्पन्न गरेको छ ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधि लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्बोधन गर्नुपर्ने विषयबारे वृहत् अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको कर प्रणालीलाई लगानीसँग जोड्नुपर्ने बताए । उनले भने, ‘कर प्रशासन र कर नीति सहज र सरल भयो भने लगानीमैत्री वातावरण बन्छ, लगानी वृद्धि भएर निजी क्षेत्रले नाफा कमाए मात्रै कर वृद्धि गर्न सकिन्छ, । ’

मुलुकमा पुँजी निर्माण भएर रोजगारी सिर्जना, उत्पादन वृद्धि हुने गरी सरल र सहज नीति बनाउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । अध्यक्ष अग्रवालले भने, ‘कृषकलाई खेती उब्जनीमा जसरी मल बीऊको आवश्यकता पर्दछ , त्यसै गरी निजी क्षेत्रलाई सरल र स्थिर नीति चाहिन्छ, । ’

अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत हिस्सा ओगट्ने निजी क्षेत्रलाई सहजीकरण र स्थिर नीतिगत व्यवस्था गरे दिगो अर्थतन्त्रको विकास र राजश्व संकलनको लक्ष्य पुरा गर्न समस्या नहुने अध्यक्ष अग्रवालको भनाई छ ।

अध्यक्ष अग्रवालले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिएर सन्दर्भ मूल्यलाई खारेज गर्नुपर्नेमा जोड दिए । नक्कली भ्याट बिलमा संलग्नलाई कारबाही गर्नुपर्ने तर छानबिनका नाममा  असल व्यापारीलाई दुःख दिन नमिल्ने अध्यक्ष अग्रवालले बताए  । २०५८ सालमा आएको आयकर ऐनलाई संशोधन गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए  ।

सो कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले कर प्रणालीलाई लगानीसँग जोड्न सरकारले पनि काम गरिरहेको बताए । मुलुकका लगानीको वातावरण छैन भन्ने भाष्यलाई चिर्नुपर्ने महानिर्देशक आचार्यको भनाई छ । उनले भने, ‘लक्ष्य अनुसारको उपलब्धि हासिल गर्न नसकिए पनि अर्थतन्त्र अहिले ठिक ठाउँमा रहेको छ । राजश्व प्रणाली र सरकारको खर्च प्रणालीमा सुधार हु“दै आएको छ, ।’

सरकार र निजी क्षेत्रको सहकार्य मार्फत आर्थिक उपलब्धि हासिल गर्नुपर्नेमा महानिर्देशक आचार्यले जोड दिए । नक्कली भ्याट बिल बिजकको समस्या समाधान गर्ने गरी प्रयास भइरहेको उनको भनाई छ । कार्यक्रममा सहभागीहरूले वर्तमान कर प्रणालीबाट साना व्यापारीहरू सबैभन्दा बढी मर्कामा परेको गुनासो गरेका थिए ।

धनगढीमा सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

धनगढी, ३ मंसिर । नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आइतबार ट्यालेन्ट हन्ट सम्पन्न गरेको    छ ।

धनगढी क्रिकेट एकेडेमीको मैदानमा ट्यालेन्ट हन्ट संचालन भएको थियो । पहिलो संस्करणको नेपाल प्रिमियर लिग खेल्ने आशाका साथ आफूमा रहेको क्षमता प्रस्फुटन गर्न प्रदेशभरीका सयौं युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो । ‘

नेपाल क्रिकेट संघ क्यानले एनपिएलका लागि हरेक फ्रेन्चाइज टोलीबाट एउटा आइकोनिक खेलाडी छनोट गर्नुपर्ने प्रावधान राखेको छ ।

छनोटका लागि सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटालगायत प्राविधिक टोली शनिबार नै धनगढी पुगिसकेको थियो । सहभागी हुन सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट दुई सय भन्दा बढी युवा खेलाडीहरूले नाम दर्ता गराएको सुदूरपश्चिम रोयल्सका मुख्य कार्यकारी अधिकृत प्रकाश खड्काले बताए  । खेलाडीको नाम भने क्यानबाट स्वीकृति प्राप्त गरेपछि सार्वजनिक गरिनेछ ।

सुदूरपश्चिम रोयल्सले केहिदिन धनगढीको फाप्ला खेलमैदान र कञ्चनपुरको महेन्द्रनगरमा बन्द प्रशिक्षण थाल्नेछ । त्यसपछि टिम मंसिर १५ गतेबाट काठमाडौंमा आयोजना हुने पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा सहभागी हुन काठमाडौं जानेछ । स्वतन्त्र प्रताप शाह टिम मालिक रहेको सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी सुदूरपश्चिम प्रदेशकै दिपेन्द्र सिंह ऐरी ररहेका छन् ।

सुदूरपश्चिमका खेलाडीहरूलाई बढीभन्दा बढी मौका दिने गरी टिम तयार गरेको र आफ्नो टिमले उत्कृष्ट नतिजा ल्याउने सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए ।

रोयल्सले आफ्नो कोटाका चार विदेशी खेलाडीलाई पनि अनुबन्ध गरिसकेको छ । ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) लाई टिममा समावेश गरेको छ । त्यस्तै आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठलाई अक्सनमार्फत टिममा भित्र्याएको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  ३ मङ्सिर  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार,  अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ ।

यूरोपियन यूरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्री दर एक सय ४२ रुपैयाँ ६७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्री दर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण भएको छ ।

केन्द्रीय बैंकले स्वीस फ्याङ्क एकको खरिद दर एक सय ५१ रुपैयाँ ७३ पैसा, बिक्री दर एक सय ५२ रुपैयाँ ४० पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ सात पैसा, बिक्री दर ८७ रुपैयाँ ४६ पैसा निर्धारण भएको जनाएको छ ।

क्यानेडियन डलर एक को खरिद दर ९५ रुपैयाँ ६२ पैसा, बिक्री दर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर १ को खरिद दर एक सय रुपैयाँ ३५ पैसा, बिक्री दर एक सय रुपैयाँ ७९ पैसा बराबर रहने गरी विनिमयदर तय गरेको छ । यस्तै, जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७३ पैसा, बिक्री दर आठ रुपैयाँ ७७ पैसा तय भएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा, बिक्री दर १८ रुपैयाँ ७१ पैसा, साउदी रियाल एक को खरिद दर ३५ रुपैयाँ ९१ पैसा, बिक्री दर ३६ रुपैयाँ सात पैसा, कतारी रियाल एक को खरिद दर ३६ रुपैयाँ ९६ पैसा, बिक्री दर ३७ रुपैयाँ १३ पैसा तय भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा, बिक्री दर तीन रुपैयाँ ८९ पैसा, यूएई दिराम एक को खरिद दर ३६ रुपैयाँ ६८ पैसा, बिक्री दर ३६ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ ।

मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ १४ पैसा, बिक्री दर ३० रुपैयाँ २७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ७० पैसा निर्धारण भएको छ ।

स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ २७ पैसा, बिक्री दर १२ रुपैयाँ ३३ पैसा, डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ चार पैसा र बिक्री दर १९ रुपैयाँ १३ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ३१ पैसा र बिक्री दर १७ रुपैयाँ ३८ पैसा तय गरेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिद दर चार सय ३८ रुपैयाँ एक पैसा र बिक्री दर चार सय ३९ रुपैयाँ ९६ पैसा र बहराइन दिनार एक को खरिद दर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्री दर तीन सय ५९ रुपैया छ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेवसाइटमा उपलब्ध हुने जनाइएको छ ।

पत्रकार सुरेश भुल हत्या प्रकरण: प्रहरीको चरम लापरबाही

रञ्जना बि.सी 
कैलाली । छिमेकीको बाख्रा चोरेको न्यु मा कुटपिटबाट हत्या गरिएका पत्रकार सुरेश भुल हत्या प्रकरणमा प्रहरीको चरम लापरबाही देखिएको छ । घटनाको प्रकृति हेर्दा इलाका प्रहरी कार्यालय मसुरिया प्रहरीको चरम लापरबाही देखिएको हो । घटना भएको साँझ (कात्तिक २४ गते ) घटना स्थलमै पुगेको प्रहरीले समयमा विवाद सुल्झाउन नसक्दा भुलले ज्यान गुमाउनु परेको प्रत्यक्षदर्शीहरू बताएका छन् ।

भुलमाथि आक्रमण भएको केही समयमै प्रहरी घटना स्थलमा पुगेको थियो । तर प्रहरीले विवाद सुल्झाउनु सट्टा पीडित माथि नै झन् अपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शी भनाइ छ  । त्यो दिन घटना स्थलमा इलाका प्रहरी कार्यालय मसुरियाबाट घटनाको जानकारी पाएपछि दुई जना प्रहरी घटनास्थल पुगेका थिए । त्यी मध्य एक जना प्रहरी जवान देवेन्द्र कठायत र अर्का हवलदार ज्ञानेन्द्र देउवा भएको इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज लक्ष्मि दत्त भट्टले जानकारी दिए ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको केन्द्रीय टोली घर पुग्दा  मृतकका परिवार ।

पत्रकार भुल मरणासन्न हुने गरि कुटपिट भएर उनको मेडिकल भित्र फालिएका थिए । त्यो अवस्थामा घटना स्थल पुगेको प्रहरीले उनलाई उद्धार गरेर छिटो अस्पताल पु¥याउने व्यवस्था गर्नु पर्थ्यो । तर, प्रहरीले त्यसो गरेन । बरु पैसा तिर्नै पर्छ भन्दै भुलकी श्रीमती कल्पना सार्कीलाई ३० हजार रुपैयाँ सहित बाख्रो बुझाउन लगाइयो । प्रहरीकै रोहवरमा बिस्ना भुलले त्यो पैसा बुझेको घटना स्थलमा कैद गरिएका फोटोमा प्रस्ट देखिन्छ । यसले भुलमाथि भएको कुटपिट घटनाको संवेदनशीलतामा प्रहरीले गरेको चरम लापरबाही प्रस्ट देखाउँछ ।
घटना स्थलमै रहेका एक जना प्रत्यक्षदर्शी घटना स्थलमा प्रहरीले पीडितलाई सुरक्षा दिनुको साटो थप पिडा दिएको बताए ।  त्यी प्रत्यक्षदर्शी कै शब्दमा “हामी सुरु देखि नै घटना स्थलमा थियौ । पहिला पैसा लेनदेनको कुरा हुँदै गर्दा बिस्ना भुलले उहाँ (सुरेश भुल) को कठाला समातिन त्यसपछि रमा रावल सहित पुरुषहरूको ठुलो हुल आयो र एक पछि अर्कोले आक्रमण गर्दै उहाँलाई कुटपिट गर्न थाले । हामीले बचाउन धेरै प्रयास ग¥यो तर त्यो हुलबाट छुट्टाउन सकेनौ । पसलको अगाडी नाला थियो उहाँलाई त्यो नालाको पानिमा कपाल समातेर टाउको डुबाउँदै निकाल्दै डुबाउँदै निकाल्दै गरेर कुट्न थाले । त्यो भिडबाट उनलाई छुट्टाउन उनकी (सुरेशकी) श्रीमती र साना छोरीहरू गए तर भिडका मान्छेले उनीहरूलाई पनि पिट्यो । केही समयपछि दुई जना पुलिस आए । तर पुलिसले उनलाई (सुरेशलाई) झन् अपशब्द प्रयोग गर्यो । त्यसपछि पुलिसले बाख्राको पैसा बुझाउन लगायो । र बाख्रावालाहरू पैसा र बाख्रो लगेर गए ।

राष्ट्रिय मानव अधिकार आयोग सहित राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको केन्द्रीय टोली ।
घटनास्थलमा प्रहरीले गरेको लापरबाहीबारे इलाका प्रहरी कार्यालय मसुरियाका इन्चार्ज भट्टलाई सोध्दा उनले पनि चित्त बुझ्दो उत्तर दिएनन् । बाख्रा चोरीको विवादमा प्रहरी कार्यालयमा आउँदा विवाद आफूले मेलमिलाप गराएर पठाएको तर २४ गते भएको कुटपिटको घटना प्रति आफू त्यति जानकार नभएको भट्टले बताए । “अगाडीको दिन पैसा लेनदेनको कुरा यहाँ केही हुँदैन तपाइहरूँ मिल्नुहोस् भनेर पठाइदिए । दोस्रो दिन कुटपिट भएको खबर आएपछि मैले हवलदार सहित दुई जना घटनास्थलमा पठाइ दिएको हो । त्यहाँ के के भयो त्यो बारेमा म त्यति जानकार छैन” उनले भने ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कबिन्द्रसिहं बोहरा भने घटनास्थलमा प्रहरीले लापरबाही गरिएको पाइएमा अनुसन्धान गरेर प्रहरीमाथि तुरुन्त कारबाही गरिने बताए ।

यो घटना प्रति प्रहरी  सँगसँगै त्यहाँकाका स्थानीय जनप्रतिनिधिले घटना पछि गरेको व्यवहार पनि रहस्यमयी देखिन्छ । आफ्नो पालिकामा मान्छे ज्यानै जाने घटना घटेको आठ दिन बिती सक्दा पनि गौरीगङ्गा नगरपालिकाका कुनै जनप्रतिनिधि मृतकको घरमा पुगेको छैनन् ।  अहिले सम्म वडा तथा पालिकाबाट कुनै पनि मान्छे आफ्नो घरमा नपुगेको मृतककी श्रीमती कल्पना सार्कीले बताइन् ।

पसल नजिकै सबैले प्रस्ट देख्ने ठाउँ , तष्विरमा देखिएको  इट्टामा मृतक भुलले बाख्रो बानेर राखेका थिए ।

यो घटना बारे पुरै जानकार रहेको वडा नम्बर ११ का वडा अध्यक्ष साहेब लाल चौधरी पनि मृतकको घरमा पुगेका छैनन् । घटनाको सुरुवात नै वडा नम्बर ११ को कार्यालयबाट सुरु भएको थियो भने विवाद बढेपछि वडा अध्यक्ष चौधरी कै उपस्थितिमा सिसिटिभी फुटेज पनि हेरिएको थियो ।

वडा अध्यक्ष चौधरीले बाख्रा वडा कार्यालयबाट लगेको भनेपछि सिसिटिभी फुटेज देखाइदिएको तर त्यसपछि घटना घटिसकेपछि मात्र आफूले थाहा पाएको बताए । जनप्रतिनिधिको रूपमा मृतक परिवारलाई भेट्न जानु भयो भन्ने प्रश्नमा चौधरीले चरम व्यस्तताका कारण भेट्न जान नसकेको प्रतिक्रिया दिए ।

भुलको हत्या प्रति देखिएको सामाजिक, राजनीतिक मौनता अत्यन्तै रहस्यमयी भएको राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य बिनोद पहाडीले बताए । हत्या प्रकरणको स्थलगत अध्ययन गर्न कैलाली आइपुगेका कोशाध्यक्ष भिम घिमिरे सहित पहाडीको केन्द्रीय टोली घटना स्थल पुगेको थियो। घटनाको प्रकृति हेर्दा बाख्रा चोरेकै आरोपमा नभएर नियोजित घटना हुन सक्ने पहाडीले शङ्का व्यक्त गरे
यो कुराको पुष्टि मृतक भुलले सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका कैलालीको म्यासेन्जर ग्रुपमा गरेको म्यासेजले पनि पुष्टि गर्छ । भुलले उक्त ग्रुपमा आफू असुरक्षित रहेको भन्दै घटनामा प्रहरी सहित वडाध्यक्षको मिलेमतो रहेको र आफू त्यसबारे अदालत जाने बताएका थिए ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका कैलालीको म्यासेन्जर ग्रुपमा भुलको म्यासेज ।
घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशकी मानव अधिकार अधिकृत मन्दिरा श्रेष्ठले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान गरिरहेको बताइन । “हामी प्रहरीको एकदम नजिक भएर घटनाको अनुसन्धान गरिरहेका छौ । अनुसन्धानकै क्रममा रहेकाले घटना ठ्याक्कै कुन कारणले घटेको हो भनेर अहिले नै भन्न सकिँदैन । तर सत्य तथ्य सबै छानबिन हुन्छ ” उनले भनिन् ।

छिमेकीको बाख्रा हराएको निहुँमा गौरीगङ्गा–११ को कान्तिपुर टोलका भुललाई कात्तिक २४ गते बेलुका स्थानीयले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका उनको धनगढीको निसर्ग अस्पतालमा उपचारका मृत्यु भएको थियो ।

अहिले सम्म घटनामा संलग्न २ महिलासहित ८ जनालाई  प्रहरीले पक्राउ गरेको छ । घटनामाथि कुनै हस्तछेप नहुने गरी आफूहरू सत्य तथ्य छानबिन गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक रबिन्द्र केशीले  जानकारी दिए ।


गौरीगङ्गा न.पा. वडा नं. ११ को वडा कार्यालयको मुल ढोकामा भुलले बाख्रो भेटेका थिए ।

गुरुका पनि गुरु शिवहरी मुडभरी

हरेक व्यक्तिसंग केही न केही सपना हुन्छन । ठूलो भएपछि यो बन्ने । त्यो बन्ने । र ती सपनासंगै जोडिएर योजनाहरु पनि उसको दिमागमा हुर्किरहेका हुन्छन् ।

तर १२ वर्षसम्म बाख्रा चराएर हुर्केका उनीभित्र त सपनाले हुर्किने अवसर पनि पाएन । तर जीवन न हो । कति बेला कुन मोडमा कहाँ पुग्छ ? कुन मोडले जिन्दगी र जिन्दगीका सपनाहरु बदलि दिन्छ ?

सपना बिहिन तीनै व्यक्ति धेरैका जीवनका सपना पुरा गर्न जीवनको उत्तराद्र्धमा पनि सक्रिय छन् । ती व्यक्ति हुन्, शिवहरी शर्मा मुडभरी ।

२००८ सालमा नुवाकोटको झ्याङ्लीमा जन्मिएका उनी बुवा ऋषिभक्त शर्मा मुडभरी र आमा लिला कुमारीका शर्मा  एक्ला सन्तान थिए ।उनी सानै थिए । घरमै अक्षराम्भ भयो । स्कुल भने टेक्न पाएनन । १२ वर्षसम्म गोठालो भएरै बिताए । गोठालो जान्थे । बाख्रा चराउथे ।  घर नजिक विद्यालय थिएन । अलि ठूलो भएपछि पिताजीले चिनिया खर्कमा रहेको पाठशालामा भर्ना गरिदिए । घरभन्दा निकै टाढा डाडामा पाठशाला थियो । दुई डाडाको खोचबाट हिड्नुपर्ने । डाडामा विद्यालय । विद्यालय जानेबेला आमाले चामल र भुटेको मकै दिएर पठाउथिन । भोक लाग्दा खाएस भनेर । एक कक्षादेखि तीन कक्षासम्म त्यही पढे । विद्यालय आउन जान दुई घण्टा भन्दा बढि लाग्थ्यो । आमाको माया । छोराले दुःख पायो भनेर आमाले भनिन्, भो यति दुःख गरेर पढ्न पर्दैन । उनको विद्यालय छुट्यो ।

उनी १५ वर्षका भए । आमाले उनलाई पढाउन काठमाण्डौं लगिन । भोटाहिटीमा रहेको बालकुमारी विद्यालयमा कक्षा तीनमा भर्ना गरिए । केही समय आमा त्यही बसिन । तर पछि एक्लै छोडेर आमा फर्किइन । उनी डेरामा बस्थे । आफै खाना बनाउथे । राशन सकिएपछि नुवाकोट फर्किन्थे । निधारमा नाम्लो । पिठ्युमा डोको । डोकोमा राशन । यसरी थुपै्र पटक राशन बोके । एक दिनमा घरबाट काठमाण्डौं पुग्थे । पाँच कक्षासम्म यसरी पढे ।

उनी काठमाण्डौंमै थिए । उनका बुवाका काका पर्ने नेपालगञ्जमा कन्जरभेटर थिए । कन्जरभेटरसंगै कैलाली घुम्न आएका उनका बुवा त्यसपछि नुवाकोट फर्किएनन । कैलालीको पवेरामा जग्गा किने । र यतै बस्न थाले । केही समयपछि उनकी आमा पनि कैलाली आईन । पछि उनी पनि कैलाली पुगे ।

र उनी हसुलियामा रहेको छिमानन्द प्राविमा ६ कक्षामा भर्ना भए । उनका बुवा गाँउमा जमिसकेका थिए । सबैले उनका बुवालाई सुबेदार बाजे भनेर सम्बोधन गर्ने । त्यतिबेला प्रत्येक गाँउमा एक जना महाजन हुन्थे । सबै मुस्लिम । ती मध्येका एक थिए,जहुर अहमद । जोसंग उनका बुवाको राम्रो सम्बन्ध थियो । उनका बुवाले जहुरसंगै छोरालाई पढाउन बरेली पठाए । जहुर बरेलीका बासिन्दा थिए । बरेलीको भोजीपुराभित्र एउटा कस्वा थियो, धौरा । धौराहा रहेको जहुरको घरमा बसेर उनले ६ देखि ८ कक्षासम्म पढे । त्यसपछि उनी बरेली आए ।  कुवँर दयाशंकर एडवर्ड मेमोरियल कलेज भर्ना भए । त्यहीबाट १० कक्षा पास गरे । त्यसपछि उनी काठमाण्डौं पुगे । ११ कक्षामा नेपाल नेशनल कलेजमा भर्ना भए । त्यहीबाट स्नातक गरे । त्यही कलेज पछि शंकरदेव क्याम्पस भयो । र कानपुर विश्व विद्यालयबाट अर्थशास्त्रमा डिग्री गरे ।

उनी २१ वर्षका थिए । लोकसेवाको परीक्षा खुल्यो । जनकपुर चुरोट कारखाना(जचुकाली),तत्कालिन शाही नेपाल वायु सेवा निगम, नेपाल औद्योगिक विकास निगम(एनआईडिसी) को संयुक्त आवदेन थियो । आवदेन भरे । परीक्षा दिए । पास भए । उनले जचुकालीमा चौथो तहको जागीर रोजे । मासिक तलव थियो, १८० रुपैया ।

जचुकालीको जागीर खाएपनि उनको रुची शिक्षण पेशामा थियो । शुरुमा पढाउनु सौख थियो । पछि त्यही सोख आदत बनिसकेका थियो । पढाउनै पर्ने एक किसिमको अम्मल जस्तो । गाँउमा केही समय आराम गर्छु भनेर गएका थिए । त्यहाँ पनि खाली बस्न सकेनन । मनमनै सोचे– पढाउन नपाएपछि म त बहुलाउछु । गाँउकै विद्यालयमा केही समय पढाए ।

जचुकालीका जागीरे । सरुवा भईरहन्थ्यो । तर सरुवा भएर जहाँ पुग्थे । त्यही पढाउन थाल्थे । उनी जहाँ गए पढाए । काठमाण्डौंबाट जागीर शुरु गरेका उनी त्यहाँबाट सरुवा भएर धनगढी आए । धनगढीबाट सरुवा भएर पुगे, महेन्द्रनगर । महेन्द्रनगरमा जचुकालीको जागीरसंगै सिद्धनाथ बहुमुखी क्याम्पसमा पढाउन शुरु गरे । त्यहाँबाट उनको सरुवा भयो, धनकुटा । धनकुटा छदा त्यही पढाए । र फेरि कञ्चनपुरमा आए । उनले अध्यापनलाई फेरि जोडे । केही वर्षपछि चितवन सरुवा भयो, त्यहाँ बालकुमारीमा पढाए । चितवनबाट सरुवा भएर पुगे, पुरानै ठाउ, महेन्द्रनगर । सिद्धनाथसंग त उनको पुरानो मोह । पढाउन किन छोड्थे । पढाउन थाले । जचुकालीको सातौ तहको अधिकृतबाट उनले २०५१ सालमा राजिनामा दिए । र फर्के हसुलिया । गाँउ फर्के । मन त उही थियो ।

रामदास सरसंग आग्रह गरेर आफैले पढेको छिमानन्द प्राविमा पढाउन थाले । उनी गाँउमा पढाईरहेको थाह पाएपछि धनगढी उपमहानगरपालिकाका तत्कालिन मेयर स्व.किशोर कुमार बम  उनलाई भेट्न गाँउमै पुगे । बमले उनलाई ऐश्वर्य विद्या निकेतनको प्रधानअध्यापकको जिम्मेवारी निर्बाह गरिदिन आग्रह गरे । मेयर बमको आग्रह उनले टार्न सकेनन । र २०५३ सालमा उनले ऐश्वर्यको प्रधानअध्यापकको जिम्मेवारी सम्हाले । त्यतिबेला ऐश्वर्यको पढाईको अवस्था नाजुक थियो । प्लस टुमा जम्मा ६ जना विद्यार्थी थिए । ति पनि अन्यत्र जाने मनस्थितिमा थिए । विद्यालय लथालिंग थियो । शिक्षकहरुलाई तलव खुवाउन विद्यालयसंग पैसा थिएन । ऐश्वर्यमा कुल विद्यार्थी संख्या थियो, करीव चार सय ।

जव उनले ऐश्वर्यको जिम्मेवारी हातमा लिए । रातदिन नभनेर खटे । विस्तारै विद्यालयको अवस्था सुधार हुदै गयो । नतिजा पनि राम्रो आउन थाल्यो । विद्यार्थीको संख्या पनि बढ्यो । अभिभावक र विद्यार्थीहरु आकर्षित हुदै गए । प्लस टुमा मानविकी र व्यवस्थापन संकाय थपे ।

माध्यामिक शिक्षा विकास परियोजना मार्फत ल्याव भवन बनाए । जसका लागि तत्कालीन सांसद महेश्वर पाठकले सहयोग गरे । शिक्षाप्रेमी ठेकराज पन्तसंग आग्रह गरी ठेकराज सदन बनाए ।

ऐश्वर्यमा उनकै पालामा बिभागको व्यवस्था भयो । तलव खुवाउन सक्ने अवस्था नरहेको ऐश्वर्यमा उनले शिक्षकको संख्या थपे । र तलव पनि समयमै खाने व्यवस्था गरे । ऐश्वर्यले उनका पालामा भौतिक पूर्बाधार, गुणस्तरमा फड्को मा¥यो । उनले २०५९ सालमा प्रधानअध्यापकको पदबाट राजिनामा दिए । उनले विद्यालय छाड्दा विद्यार्थीको संख्या १२०० पुगिसकेको थियो ।

त्यसपछि उनी शान ईन्टरनेशनलको प्रिन्सिपलको जिम्मेवारी निर्बाह गर्दै काठमाण्डौं पुगे । त्यसको अवस्था पनि नाजुक थियो । सय जना जति विद्यार्थी । बीबीएको मात्र पढाई । लथालिंग अवस्था । उनले त्यहाँ चार वर्ष प्रिन्सिपलका रुपमा काम गरे । त्यो अबधिमा उनले नेपालमै पढाई नहुने माईक्रो बायोलोजीको पढाई शुरु गरे । गुणस्तरमा अब्बल बनाए । विद्यार्थी संख्या सयबाट चार सय पुग्यो । र उनी त्यहाँबाट पनि बिदा भए । उनी जहाँ जान्थे । त्यहाँ राम्रो छाप छोड्थे ।

शान ईन्टरनेशनलपछि उनी पुनः धनगढी फर्किए । धनगढीमा उनले धनगढी ईञ्जिनियरिङ कलेज(नाष्ट) को प्रमुखको रुपमा जिम्मेवारी सम्हाले । विज्ञान संकाय मात्र सञ्चालन थियो । प्लस र स्नातकमा कुल विद्यार्थीको संख्या थियो, ५९ । एउटा कक्षामा ५÷६ जना विद्यार्थी हुन्थे । बढि विद्यार्थी भएको कक्षामा १५÷१६ जना । विद्यार्थी संख्याले कलेजको आर्थिक अवस्था धान्न सक्ने अवस्था थिएन । शिक्षकहरुले ७÷८ महिनादेखि तलव पाएका थिएनन । उनले दिन भनेनन । रात भनेनन । निरन्तर खटिरहे । सिभिल ईञ्जिनियरिङ शुरु गरे । बीबीए थपे । उनले विद्यार्थी नपाएर झण्डै बन्द हुने अवस्थामा रहेको नाष्टलाई उचाईमा पु¥याए । गुणस्तरमा अब्बल बनाए । उनले जिम्मेवारी लिदा भाडाको एउटा घरमा सञ्चालनमा रहेको नाष्टको यतिबेला आफ्नै ६ वटा पक्की भवन छन् । विद्यार्थी संख्या १६०० नाघेको छ । पहिले ८ जना शिक्षक थिए । अहिले ६७ जना छन् ।

पोखरा विश्वविद्यालयको मातहतमा रहेका ५८ कलेजमध्ये नाष्ट १० उत्कृष्ट कलेज भित्र दरिएको छ । र हरेक वर्ष हुने परीक्षामा नाष्टबाट युनिभर्सिटिमा उत्कृष्ट नतिजा दिने विद्यार्थी परिरहेका छन् । नाष्टको यो सफलता शिवहरी शर्मा मुडभरीको अथक मिहिनेतको प्रतिफल हो । उनी कुशल प्रशासक हुन । उनले जुन शैक्षिक संस्थाको नेतृत्व गरे, त्यसको कायापलट नै भएको छ ।

उनी हरेक वर्ष विद्यार्थीहरुसंगै रुन्छन । जव विद्यार्थीहरुको विदाईको क्षण आउछ । उनी भावुक हुन्छन । आफूलाई सम्हाल्न सक्दैनन । विद्यार्थीहरु पनि रुन्छन । उनी पनि रुन्छन । विद्यार्थीसंगै विदाई समारोहमा रुन थालेको वर्षौ भयो । क्रम अझै जारी छ । यस पटक विद्यार्थी र उनीबीच विदाई कार्यक्रममा नरुने सहमती भयो । तर जव कार्यक्रम समापन हुने क्रममा थियो, विद्यार्थीहरु रुन थाले । र उनीहरुसंग रोयो, उनीपनि । भन्छन्, मैले आफूलाई सम्हाल्नै सकेन । विदाईको क्षण किन आउछ होला ? उनी आफैलाई प्रश्न गर्छन । जव हरेक नयाँ शैक्षिक सत्रमा नयाँ विद्यार्थीहरुको स्वागत कार्यक्रम आयोजना हुन्छ । त्यतिबेला उनी जति खुशी हुन्छन । उनीभित्र त्यहीबेला एउटा चिन्ता पनि शुरु भईसक्छ,अव विदाईका लागि तयार हुनु पर्छ ।

विद्यार्थीसंग उनको लगाव गजवकै छ । गुरु र शिष्यको सम्बन्ध अटुट र पवित्र हुन्छ ।  सबै गुरु आदर्श व्यक्ति हुदैनन । उनी विद्यार्थीका लागि आदर्श गुरु हुन् । संसारका जुन सुकै कुनामा पुगेपनि उनलाई विद्यार्थीहरुले अझै सम्झिन्छन । आदर गर्छन । चिन्ता गर्छन ।

सुदूरपश्चिममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने थोरै व्यक्तिहरुमा उनी पनि चिनिन्छन । उनका उमेरका साथीहरु कतिपयको निधन भईसक्यो । कतिपय घरमा आराम गरेर बसिरहेका छन् । उनी गुरु हुन् । ज्ञानको ज्योती हुन् ।

परिवार मात्र पाल्ने सोच हुन्थ्यो भने । जचुकालीको जागीरमै जिन्दगी बिताउन सक्थे । जिन्दगी त बिताउनलाई होईन । न त काट्ने चिज नै हो ? यो त उपयोग गर्ने चिज हो । आफ्ना लागि अरुका लागि सदुपयोग गर्ने चिज हो ।जचुकालीमा उनी अधिकृत थिए । त्यही रही रहेको भए उनी त्यो भन्दा माथिल्लो पदमा पुगेर अवकाश पाउथे होलान । तर त्यहा रही रहे उनले पढेको शिक्षा,ज्ञान र अनुभवले एउटा अधिकृत मात्र जन्मिन्थ्यो । तर उनले शिक्षण पेशा रोजे । र हजारौ अधिकृत उत्पादन गरे ।

एउटा बलेको दियोले हजारौ दियो बाल्न सकिन्छ । उनी पनि दियो हुन् । दियोको बाती हुन् । उनीभित्रको ज्ञान, शिक्षा र अनुभवको तेलले हजारौ दियो बलेका छन् । जिन्दगीमा उनले जोडेको यही हो । कमाएको यही हो । उनी भन्छन्, म यसैमा सन्तुष्ट  छु ।

कक्षा कोठामा जति शान्ति उनलाई कहि मिल्दैन । उमेरले भन्छ, बृद्ध भईसक्यो । तर उनको मन अझै तन्नेरी छ । र त ७० वर्ष पुग्न एक वर्ष बाँकी रहदा न उनको उर्जा कमि छ । जव मान्छे बृद्ध हुदै जान्छ । शरीरमा उर्जा कम । आलस्य बढि । उत्साह कम । निराशा बढि हुन्छ । जीवनको उत्तरार्धमा मान्छे बिगतलाई सम्झिदै घोत्लिन्छ । ओहो, समय बितेको त पत्तै भएन । यो गर्न सकिएन । त्यो गर्न सकिएन । जिन्दगी त बेकारमा बित्यो । मान्छेहरु आफैले बाँचेको जिन्दगीलाई लिएर पछुतो गर्छन  । तर उनलाई न पछुतो छ । न त उनीसंग पछुताउन समय छ । उनी यो उमेरमा पनि उत्तिकै सक्रिय छन् । उनको दैनिकी फेरिएको छैन । घरबाट कलेज । कलेजबाट घर । उनी समयको पक्का छन् ।

भो अव पनि कति काम गर्नु ? जिन्दगी पुरै काम गरेर बित्यो । अवकाशको जिन्दगी । अव त आराम गरेर बस्छु । शिवहरी मुडभरी भने अपवाद हुन् । थकाई । पछुतो । निराशा । उनको जीवनमा छैनन । उनको जोश र जागर अझै तन्नेरी झै छ । थकाई र पछुतो त छदैछैन । कसले भन्छ ? काम गर्नलाई उमेरले छेक्छ ? ईच्छाशक्ति भन्दा ठूलो केही छैन । त्यसको उदाहरण हुन्, शिवहरी शर्मा मुडभरी । भन्छन्, स्वास्थ्यले साथ दिएसम्म पढाउन छोड्दैन ।

प्रिय भटभटे से १ प ८४५

हिरोहोण्डा कम्पनीको से १ प ८४५ नम्बरको मोटरसाईकल उनको जीवनको एउटा हिस्सा हो । उनको दुःख सुख र संघर्षको साथी हो । २० वर्ष भयो । जतनले चलाउछन । जतनले सम्हालेर राखेका छन् ।

उनले पढाएका विद्यार्थीहरु भन्छन्, सर मोटरसाईकल धेरै पुरानो भयो । सर यो भएन, भन्छन । तर उनी नसुने झै गर्छन । विद्यार्थीले नयाँ मोटरसाईकल किनेर दिन खोजे । उनले माननेन । अरुले पुरानो भने पनि उनलाई त्यो प्रिय भटभटे अझै पुरानो लाग्दैन । सायद यही हो माया । जो पुरानो हुदैन । अरुले के भन्छन, फरक पर्दैन । जव उनी त्यसमा चढ्छन । २० वर्ष पुरानो त्यो याद मात्र ताजा हुदैन । त्यो पुरानो उर्जा र जागर पनि स्टार्ट हुन्छ । उनी भित्र ।

केही समयअघि कलेजले उनलाई कार दियो । कलेज आउदा जादा मात्र कार चढ्छन । अरु बेला भने त्यही प्रिय भटभटेमा सरर ।

स्मृतिमा चिनिया खर्कदेखि पवेरासम्म

त्यो पवेरा । अनि सडकपुर गाँउ । टेडी बाँध । त्यो उजेली सिमराको देशराज महतोको हवेली । किम्वदन्ती जस्ता लाग्ने पात्र देशराज महतो । उनको त्यो रवाफपूर्ण जिन्दगी । जे चिज मन पराए । त्यो मागे । मानेन कब्जा गरे । त्यतिले पनि धित मरेन । कतिको ईहलिला नै समाप्त गरे । त्यो बैभवपूर्ण जिन्दगी । र पीडादायी अवसान । छिमानन्द महतो मन्त्री भएर गाँउमा भएको अविर जात्रा । अहिलेजस्तै लाग्छन, उनलाई । कति चाँडो समय बदलिएछ ।

चन्दन चौकीको त्यो रेल स्टेशन । बरेलीको धौरा । भोजीपुरा । बीर बालक नाटकको त्यो दुस्साहसी पात्र । महाराणा प्रतापलाई मार्न आएको व्यक्तिलाई बीर बालकले ठहरै पारेको त्यो नाटक । अझै सम्झनामा ताजै छ । नुवाकोटबाट कैलाली झरेको पहाडी ठिटोलाई धौरामा हिन्दी भाषा पढ्दा कम्ता सकस भएको थिएन । नेशनल कलेज काठमाण्डौं । जचुकालीको जागीर । रिल झै फनफनी दिमागमा घुम्छ ।

ओहो, हेर्दा हेर्दै समय त कति घर्किएछ । फर्किन मिल्ने भए, उनी फर्किन्थे, नुवाकोटको चिनिया खर्क ।सुवेदार बाजेको छोराको त्यो बेलाको फुर्ति ।  समय न हो । मान्छेलाई कहाँबाट कहाँ पु¥याउछ । समयको गतिमा लय मिलाएर बग्न सक्ने धेरै पर पुग्छन । सयमसंग पौठाजोरी खेल्नेहरु कि किनारामा हुत्तिन्छन । कि समयको नदीको भंगालोमा हराउछन ।

समय र सपना उस्तै हुन् । आफैसंग छन । आफ्नै जस्ता पनि लाग्छन । तर कहिले आफ्ना हुदैनन । तर उनी त आफ्नै लयमा बगे । र समयलाई पनि आफ्नै लयमा बगाए ।

सम्झनामा जमिन्दारहरु

५० वर्षअघि कैलालीका गाँउहरुमा जमिन्दारको बोलवाला थियो । दोस्रोमा महाजन । र तेस्रोमा डाकाको ।

रामदिन महतो, छिमानन्द महतो र देशराज महतो नाम चलेका जमिन्दार थिए । त्यसमध्ये केही जमिन्दारहरु राम्रो कामले कम । नराम्रो कामले बढि चिनिन्थे । तिनै मध्ये एक थिए, देशराज महतो ।देशराज महतो धाकड थिए । जिद्दी थिए । उनले जे ठाने । त्यो गर्थे । उनी कसैसंग हार स्वीकार गर्दैनथे । कसैसंग डराउदैनथे । उनले जे भन्थे । त्यही कानुन हुन्थ्यो ।

देशराज चन्दन चौकी जाने खवर उनी भन्दा पहिले पुग्थ्यो । देशराज आउने खवरले चन्दन चौकी रेल स्टेशनका ईञ्चार्ज डराउथे । रेलमा यात्रा गर्दा देशराजले टिकट काट्नु पर्थेन ।  र उनका मान्छेहरुले टिकट काट्दैनथे । र टिटिले उनको टिकट चेक गर्ने दुस्साहस कहिले गरेनन । उनी आउने खवरले चन्दन चौकी रेल स्टेशनका कर्मचारी अलर्ट भईसकेका हुन्थे । उनको रवाफ आफ्नो गाँउमा मात्र थिएन । भारतीय सीमा क्षेत्रमा उस्तै । मैलानी जक्सनमा देशराजका लागि अतिथि कक्ष थियो । देशराज आउने खवर पाएपछि रेल उनी नआउदासम्म रोकिन्थ्यो । र उनी पुगेपछि रेल चल्थ्यो ।

देशराज लखनउ पढेका थिए । उनको अंग्रेजी राम्रो थियो । युवा उमेरमै कोठी र जुवाका सौखिन देशराजले आफ्ना बुवासंग ६० हजार रुपैया मागेका थिए । तर उनका बुवाले दिएनन । मागे बमोजिम पैसा नपाएपछि उनले कलेज पढ्न छोडिदिए । देशराज घोडा चढ्न सौखिन । उनी हार्न जान्दैनथे । र अरुले जितेको स्वीकार गर्न सक्दैनथे ।

देशराजको घरमा कपाल काट्ने हजाम लखनउबाट आउथे । र कपडा धुने र आईरन गर्ने धोवी लखनउकै हुन्थे । लखनउमा कश्मिर होटल थियो । रफि अहमद किदवहीको त्यो होटल देशराज बस्ने अड्डा थियो । किदवहीपछि मन्त्री भए । होटलको म्यानेजर वर्षेनी खाद्यान्न उठाउन बसौटी आउथे ।

बसौटीको उजेली सिमरामा देशराजले भव्य महल बनाए । त्यो महल लखनउकै कारिगर, लखनऊकै ईटा र लखनउकै सामग्री ल्याएर बनाएका थिए । त्यतिबेला गाँउमा डाका लाग्थे । डाकाबाट जोगिन उनले सुरक्षित घर बनाएका थिए । जुन घरको भित्र पस्न नयाँ मान्छेलाई गाह्रो हुन्थ्यो ।

दशैंको दिन थियो । शिवहरी शर्मा मुडभरी टीका लगाउन देशराजको घर जादै थिए । उनी देशराजलाई दाई भन्थे । हसुलियामा भेटिए, देशराज । देशराज पनि घोडामा थिए । उनी पनि घोडामा । देशराजले उनीसंग प्रतिस्पर्धा गर्न खोजे । हसुलियाबाट उजेली सिमरामा रहेको देशराजको घरसम्म पहिले को पुग्ने बाजी लगाईयो । उनले जिते । देशराज हारे । देशराजले हार सहन सकेनन । त्यही झोकमा देशराजले घोडाको मुख चक्कुले च्यातिदिए । उनलाई सह्य भएन । किन यस्तो गरेको दाई भनेर प्रश्न गरे । देशराजको ठाडो जवाफ थियो–हार्ने घोडाको के काम ?

कुनै समयमा चर्चित जमिन्दार । जो बिहान उठेदेखि साँझ सुतेसम्म आफ्नो जग्गामा हिड्थे । तर जीवनको अन्तिम समयमा बैंकको ऋण तिर्न नसकेर देशराजले ट्रयाक्टर बेचे । शिवहरीले किने । उनका केही खराव आदत थिए । राम्री महिला देख्न नहुने । उनले दुई महिलाको हत्या गरेको किस्सा त्यतिबेला निकै चर्चामा रह्यो । दुईटै घट्ना मिलाए वाफत दुई जना थानेदारले ३०÷३० बिगाहा जमिन पाए । दुईटै घट्ना बाहिर आउन नपाउदै सेलाए ।

उहिलेको दशैं

५० वर्ष अघि कैलालीमा दशैंको रौनक बेग्लै हुन्थ्यो । दशैंमा जमिन्दारहरुको घरमा सबै गाँउले जम्मा हुन्थे । जमिन्दारको आगनमा ठूलो पाल टागिन्थ्यो । र गाँउभरीका लाई पुग्ने गरी खाना बनाईन्थ्यो ।सबैले जमिन्दारको हातबाट टीका लगाउथे । र टीका लगाईदिएपछि सबैले जमिन्दारलाई ढोग्थे । र होली पनि जमिन्दारको घरमा यसैगरी मनाईन्थ्यो । ढिकीमा कुटेको रातो धानको भात अगेनामा पोलेर खान्थे ।

पवेराको सम्झना

पवेरा गाँउ पञ्चायतको वडा नम्बर ८ सडकपुरमा चार घर थिए । एक घर सुवेदार बाजेको । बाँकी तीन घर थारु समुदायका । सबै घर फुसका । फुसकै छाना । फुसकै भित्ता । फुसकै भएपनि सुवेदार बाजेको घर दुई तलाको थियो । बिजुली थिएन । टेलिफोन थिएन । सबै तिर नलका पनि थिएन । टेडी बाँधको पानी पिउने । त्यसैमा नुहाउने ।

हसुलिया अहिलेजस्तो बजार भईसकेको थिएन । त्यहाँ गाँउ पञ्चायतको कार्यालय भने थियो ।

उनी पवेराबाट अन्यत्र घोडामा जान्थे । जंगली जनावर र डाको डर थियो । त्यसैले उनक बुवा बाहिर निस्किदा बन्दुकसंगै लिएर निस्कन भन्थे । तर उनी भने कसैको डर नमान्ने । चाईनिज सामान किन्नु परेमात्र धनगढी आउथे । बरेली चन्दनचौकी भएर  जान्थे  ।

धनगढीदेखि हसुलियासम्म पुरै जंगल । एक्लो हिड्न डर । हसुलियाको भर्रीमा केही घर थिए । त्यहाँबाट जंगलैजंगल भएर धनगढी पुग्दा बाटोमा एकैपटक मनेहरामा घर थिए । बाटोमा वस्तीको नामोनिसान थिएन ।धनगढीमा बास बस्ने ठाउ थियो । मनेहराको आम बगैचा । बगैचामा पाल टाँगेर बस्थे । धनगढीमा साहनीको पसल थियो । जहाँ चाईनिज सामान मिल्थ्यो ।

उनी धनगढीबाट फर्किदै थिए । घुराहा नदीको किनार के पुगेका थिए । नजिकै बाघ देखेपछि । उनले घोडालाई हावाको गति भन्दा पनि तेज कुदाए । घोडा घुराहा नदी पार गरेर धेरै टाढा पुगेपछि उनलाई लाग्यो । अव भने बाँचियो । बाघबाट जोगिएको यो दिन उनी कहिल्यै बिर्सिदैनन ।

बिबाह

उनको पुर्खा डोटीको मुडभराबाट नुवाकोट सरेको हो । त्यही भएर उनको थर पछाडि मुडभरी जोडियो । डोटीसंग त्यही कारण पनि भावनात्मक सम्बन्ध थियो । कैलाली बसाई सर्न पनि त्यही भावनाले काम गरेको थियो । र उनको बिहा पनि डोटीको जोशीगाँउकी टीकादेवी जोशीसंग भयो । २०२५ सालमा उनी बिहा हुदा १७ वर्षका थिए । र टीकादेवीको उमेर १४ वर्ष थियो । त्यसको दुई वर्षमा जेठी छोरीको जन्म भयो । त्यसपछि थप एक छोरी र दुई छोरा जन्मिए । सबैको बिहा गरिसके । छोरा छोरी आआफ्नो किसिमले जिन्दगी बिताईरहेका छन् । र उनी आफ्नो जिन्दगी आफ्नै तरिकाले बाँचिरहेका छन् ।

सम्मान

शिक्षा क्षेत्रमा योगदान पु¥याए वाफत उनी दर्जनौ संघसंस्थाबाट सम्मानित भएका छन् । थुप्रै राष्ट्रिय स्तरका सम्मानबाट सम्मासनत भए । तत्कालिन राजा बिरेन्द्रको हातबाट उनले गोरखा दक्षिण बाहु चौथो पाउदाको क्षण भने कुनै कहिलै बिर्सिईदैनन । उनी दाढी बनाउदै थिए । रेडियोमा गोदवा पाउनेहरुको सूचिमा आफ्नो नाम पनि प्रशारण हुदा उनी अत्यन्त खुशी भए । गोदवा थाप्न काठमाण्डौं पुगे । राजाबाट गोदवा थाप्दै गर्दा उनले बिन्ति बिसाए–सरकार यसले मात्र पुग्दैन । ऐश्वर्य विद्या निकेतनको रजत जयन्तीमा सवारी भईदिन प¥यो ।राजा बिरेन्द्रले धाप मारे । नजिकैबाट यो दृष्य हेरिरहेका दरवारका प्रमुख सचिव पशुभक्त महर्जनले पछि उनलाई भेटेरै भने, सरकारको मुड ठिक थिएन । तपाईको कुराले सरकार खुशी हुनुभएको छ । तर राजालाई बोलाउने उनको ईच्छा भने पुरा हुन सकेन । दरवार हत्याकाण्डमा पुरै राजपरिवारको हत्या भयो ।

तीन पुस्ताका गुरु

मान्छे किन अरु प्राणी भन्दा फरक छ ? किन मान्छेमा विकासको क्रम अदभुत छ ? त्यसको मुख्य कारण हो, ज्ञानको हस्तान्तरण । हो, ज्ञानकै हस्तान्तरणका कारण मान्छे सबै प्राणी भन्दा सर्वश्रेष्ठ भयो । हिजोको पुस्ता भन्दा आजको पुस्ता यही कारण फरक छ ।

ज्ञान हस्तान्तरणको माध्यम घरमा आमाबुवा । विद्यालयमा गुरु । आमाबुवाले बाह्य संसारलाई देखाउछन । गुरुले संसारलाई चिनाउछन । अनुभुत गराउछन् । त्यही कारण मान्छेहरुमा पनि गुरु सर्वश्रेष्ठ मानिन्छ । जो सधैभरी बाडिरहन्छ । जति बाडेपनि उ कहिल्यै रित्तिदैन ।

शिवहरी शर्मा मुडभरी पनि तिनै गुरु हुन् । जसले जीवनको युवावय ज्ञान बाडेर बिताए । यतिबेला उनी जीवनको उत्तराद्र्धमा छन् । उनले आफूमा भएको ज्ञान हस्तान्तरण त्यो क्रम भने रोकिएको छैन । झण्डै पाँच दशकदेखि अध्यापनमा सक्रिय छन् । उनले तीन पुस्तालाई पढाए । बाजेलाई पढाए । छोरालाई पढाए । र अहिले नाति पुस्तालाई पढाउदैन । उनी तीन पुस्ताका गुरु । अर्थात सबैका गुरु ।

‘विवादित’ व्यक्तिलाई आफ्नो मन्त्रिपरिषद्‌मा ल्याउँदै डोनल्ड ट्रम्प

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्‌का लागि छानेका कतिपय सदस्यमाथि ‘गलत कार्य गरेको’ सहितका गम्भीर आरोपहरू लागेका छन्। त्यस्ता विवादित व्यक्तिहरूलाई छानेको भन्दै व्यापक आलोचना भएपछि ट्रम्पको अभियान रक्षात्मक बन्दै उनका निर्णयको बचाउ गरिरहेको छ।

ट्रम्पले आफ्नो भावी रक्षामन्त्रीका रूपमा छानेका पिट हेग्सेथमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो। उनले त्यसलाई अस्वीकार गरेका थिए।ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्जमाथि नैतिक पतनसम्बन्धी अनुसन्धान गरिएको थियो।

ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपप्रति आशङ्का गर्ने व्यक्ति हुन्।

ट्रम्पले आगामी ज्यानुअरीमा पद सम्हाल्दा उनले छानेका यी व्यक्तिहरूलाई अमेरिकी सिनेटले अनुमोदन गर्नुपर्छ।

सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण भए पनि उनको मन्त्रिपरिषद्‌मा छानिएका व्यक्तिहरूले द्विपक्षीय सुनुवाइका क्रममा व्यापक प्रश्नहरूको सामना गर्नु पर्नेछ।

ट्रम्पका विवादित रक्षामन्त्री

प्रहरीले शुक्रवार ट्रम्पले रक्षामन्त्रीका रूपमा छानेका हेग्सेथमाथि सन् २०१७ मा क्यालिफोर्निआमा एउटा यौन दुर्व्यवहारसम्बन्धी मामिलामा अनुसन्धान गरिएको बताएको छ।

फक्स न्यूजका प्रस्तोता उनले विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका थिए।

त्यस क्रममा उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। हेग्सेथले चाहिँ यौन दुर्व्यवहार गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन्।

ट्रम्पका प्रवक्ता स्टिभन चङले भने, “हेग्सेथले सबै आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् र उनीमाथि कुनै अभियोग लगाइएको छैन।”

फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई ट्रम्पले आफ्नो सरकारमा रक्षामन्त्री मनोनयन गरेका छन्

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई ट्रम्पले आफ्नो सरकारमा रक्षामन्त्री मनोनयन गरेका छन्

सैन्य सेवामा रहँदा उनीमाथि लागेको आरोप

यसैबीच बीबीसीको अमेरिकी साझेदार सीबीएसले चाहिँ हेग्सेथलाई एक पटक उनले “श्वेत सर्वोच्चतावादी” ट्याटू खोपेका छन् भन्ने सोचेर उनकै सैन्य सहकर्मीहरूले “आन्तरिक खतरा” ठानेकोबारे रिपोर्टिङ गरेको छ।

यद्यपि उनले आफ्नो कुनै पनि त्यस्ता उग्रवादी समूहसँग सम्बन्ध नभएको भन्दै अस्वीकार गरेका थिए।

मिनसोटा न्याशनल गार्डका पूर्व सदस्य उनले आफ्नो ‘बाइसेप’मा “देउस् भोट” भन्ने ट्याटू राखेका छन्।

उक्त ल्याटिन वाक्यांशको अर्थ “गड विल्स इट” अर्थात् “परमेश्वर यो चाहनुहुन्छ” भन्ने हो।

उक्त नारा मध्ययुगमा क्रिश्चियनहरूले धर्मयुद्धका बेला प्रयोग गरेका थिए।

एकजना सेवानिवृत्त मास्टर सार्जेन्ट डेरिको गेथरले सीबीएससँग भने, “मैले त्यसलाई हेरेँ र त्यो ट्याटूको सम्बन्ध चरमपन्थी समूहहरूसँग थियो।”

उनले सैन्य नेतृत्वलाई त्यसबारे जानकारी दिएर सचेत गराएको बताए।

ट्रम्पका उपराष्ट्रपतिको बचाउ

अमेरिकी उपराष्ट्रपतिका रूपमा निर्वाचित जेडी भान्स ले हेग्सेथको प्रतिरक्षा गरेका छन्

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,अमेरिकी उपराष्ट्रपतिका रूपमा निर्वाचित जेडी भान्स ले हेग्सेथको प्रतिरक्षा गरेका छन्

अमेरिकी उपराष्ट्रपतिका रूपमा निर्वाचित जेडी भान्स ले हेग्सेथको प्रतिरक्षा गरेका छन्।

उनले उक्त ल्याटिन वाक्यांशको अर्थ क्रिश्चियन आदर्श वाक्यभन्दा बढी केही नभएको दाबी गरे।

उनले एसोसिएटेड प्रेस अर्थात् एपीलाई “घृणित क्रिश्चियन विरोधी कट्टरता” फैलाएको आरोप लगाए।

उक्त समाचार संस्थाले त्यसबारे पहिलो पटक रिपोर्टिङ गरेको थियो।

हेग्सेथलाई सन् २०२१ मा राष्ट्रपति जो बाइडनको पदभारग्रहणका बेला वाशिङ्टन डीसीमा अधिकृतका रूपमा सेवा गर्नबाट रोक लगाइएको थियो।

यसै वर्षको सुरुमा प्रकाशित एउटा पुस्तकमा उनले आफूलाई ट्याटूका कारण आफ्नो कर्तव्य पूरा गर्नबाट रोकिएको उल्लेख गरेका छन्।

ट्रम्पका महान्यायाधिवक्तामाथि लागेको आरोप

ट्रम्पले महान्यायाधिवक्ताका लागि छानेका म्याट गेट्ज पनि विवादित छविका व्यक्ति हुन्

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,ट्रम्पले महान्यायाधिवक्ताका लागि छानेका म्याट गेट्ज पनि विवादित छविका व्यक्ति हुन्

ट्रम्पले महान्यायाधिवक्ताका लागि छानेका म्याट गेट्ज पनि विवादित छविका व्यक्ति हुन्।

कङ्ग्रेस सदस्य हुँदा यौन दुर्व्यवहार गरेको आरोपको सामना उनले गरिरहेका छन्।

अमेरिकी न्याय मन्त्रालयको नेतृत्वका लागि ट्रम्पले मनोनयन गरेको केही घण्टाभित्रै उनले गत बिहीवार अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभको फ्लोरिडा सीटबाट राजीनामा दिएका छन्।

संसद्‌बाट बहिर्गमनले उनीमाथि लागेका यौन दुर्व्यवहार, घुस र अवैध लागुऔषध प्रयोगबारे आरोपहरूको अनुसन्धान गरी तयार पारिएको संसदीय प्रतिवेदन सार्वजनिक गर्न रोकिएको छ।

उक्त सदनका सभामुख माइक जोन्सन पनि रिपब्लिकन हुन्।

उनले शुक्रवार गेट्ज उक्त सदनको सदस्य नरहेकाले प्रतिवेदन गोप्य राखिएको बताए।

प्रतिवेदन सार्वजनिक गर्न माग

सदस्यहरूले त्यसलाई सार्वनजिक गर्न माग गरे पनि सभामुखले त्यसलाई गोप्य राख्ने बताएका छन्।

त्यसको घण्टौँपछि संसद्‌को नैतिकतासम्बन्धी एक समितिमा साक्षी बनेका दुई जना महिलाका वकिलले सांसदहरूलाई उक्त समितिको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन्।

जो लेपर्डले सीबीएसलाई बताएअनुसार उनको कानुनी सेवा लिने एक महिलाले गेट्जले सन् २०१७ मा फ्लोरिडामा एक नाबालिगसँग यौनसम्बन्ध राखेको देखेकी थिइन्।

यद्यपि न्याय मन्त्रालयले गत वर्ष उनीमाथि लागेका आरोपहरूको अनुसन्धान गरेको थियो र गेट्जविरुद्धका आरोपहरू अघि बढाउन अस्वीकार गरेको थियो।

उनले ओर्लान्डोको एउटा पार्टीमा १७ वर्षकी कोशोरीसँग यौनसम्पर्क गरेको दाबीलाई यसअघि अस्वीकार गरेका थिए।

फ्लोरिडाबाट सांसद बनेका ४२ वर्षीय उनले शुक्रवार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “मलाई सिध्याउनका लागि झूटलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ।”

खोपविरोधी स्वास्थ्यमन्त्री

ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपविरोधीका रूपमा चिनिन्छन्

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपविरोधीका रूपमा चिनिन्छन्

ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर अर्का विवादित व्यक्ति हुन्।

सङ्क्षिप्त नाम आरएफके जूनिअरबाट पनि चिनिने केनडीले खोपप्रति आशङ्का व्यक्त गर्दै र बोल्दै आएका छन्।

उनी वैज्ञानिकहरूले मिथ्या भन्दै आएका स्वास्थ्यसम्बन्धी जानकारी फैलाउन पनि सक्रिय देखिन्छन्।

“बिग फर्मा” भनिने ठूला औषधि कम्पनीप्रति कडा नीति लिने वाचा गर्दै आएका उनलाई स्वास्थ्यमन्त्रीका रूपमा घोषणा गरिएपछि विश्वभरिका खोप निर्माता तथा स्वास्थ्य सेवा दिने कम्पनीहरूको शेअर शुक्रवार व्यापक रूपमा घट्यो।

पच्चीस हजार जना सदस्य रहेको अमेरिकन पब्लिक हेल्थ एसोसिएसनका प्रमुखले खोपबारे केनेडीको आलोचनाले “देशको स्वास्थ्य क्षेत्रमा पहिले नै ठूलो क्षति पुर्‍याएको” बीबीसीलाई बताए।

जर्ज सी बेन्जामिनले स्वास्थ्यमन्त्रीका लागि केनेडी “बिल्कुल गलत मान्छे” भएको दाबी गरे।

ट्रम्प आफैँले भने हालसम्म आफूले छानेका व्यक्तिहरूबारे भइरहेको आलोचनालाई सम्बोधन गरेका छैनन्।

उनले अझै पनि केही पदहरूमा मानिसहरू छान्न बाँकी नै छ।

अर्थमन्त्री र एफबीआईको प्रमुखजस्ता पदमा गरिने नियुक्तिबारे हालसम्म उनले कसैको नाम घोषणा गरेका छैनन्।

बीबीसीबाट ।

सिड्नीमा नेपाल महोत्सवको तयारी पूरा

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा नोभेम्बर २३ मा हुन लागेको नेपाल महोत्सव आयोजनाको तयारी पूरा भएको छ ।

आयोजकले महोत्सवको तयारी पूरा भएको जनाएको छ । हरेक दुई वर्षमा गैरआवासीय नेपालीको संगठन एनआरएनएले आयोजना गर्दै आएको महोत्सव सिड्नीको पर्यटकीय स्थल डार्लिङ्ग हार्बरस्थित टुम्बालोङ्ग पार्कमा हुँदैछ ।

नेपाली कला, संस्कृति, परम्परा तथा पर्यटनलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना हुने गरेको छ ।

महोत्सवमा प्रिमियरका साथै अस्ट्रेलियाका उच्च राजनीतिक नेता तथा सांसदहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।एनआरएनए अस्ट्रेलियाकाकाअनुसार महोत्सवमा ३० हजार बढीले अवलोकन गर्ने अनुमान छ ।

महोत्सवमा नेपाली खाना, गरगहना, हस्तकला, पर्यटन लगायतका विभिन्न स्टलहरू राखिनेछ भने महोत्सवका आगन्तुकका लागि विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

कार्यक्रमलाई सांगितिक बनाउका लागि नेपाली ब्याण्ड द एक्स, गायक हेमन्त शर्मा र गायिका आस्था राउतका साथै स्थानीय नेपाली कलाकारले आफ्नो सांगितिक प्रस्तुती दिनेछन् ।

रूसद्वारा अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध

मस्को(रूस) । रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ ।

स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौता अन्तर्गत लागू हुने छन् । प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ ।

प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाईडेनले गत मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रूसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानून पछि यो कदम चालेको जनाइएको छ ।

अमेरिकी तथ्याङ्क अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम ह । -सिन्ह्वा

 

जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि प्रतिबद्धता अनुसारको सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र संयुक्त अधिराज्यका जलवायु परिवर्तन सम्बन्धी विशेष प्रतिनिधि रिचेल क्याथेबीच भेटवार्ता भएको छ ।अजरबैजानका बाकुरमा जारी जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय  सम्मेलनस्थलमा आज उनिहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी वन मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिए ।

उनका अनुसार  भेटमा मन्त्री शाहीले बेलायतसँग नेपालको दीर्घकालीन, सौहार्दपूर्ण र ऐतिहासिक सम्बन्ध रहदै आएको उल्लेख गर्दै बेलायत सरकारको सहयोगमा नेपालमा जलवायु परिवर्तनका क्षेत्रका विभिन्न परियोजनाहरू र कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताएका थिए ।

साथै उनले हालै मात्र भएको नेपाल र बेलायतबिच भएको रेन परियोजनाको सम्झौताले वर्तमान सफलतालाई थप अगाडि बढाउने र नेपालको जलवायु तथा विपद् व्यवस्थापन कार्यलाई थप विस्तार गर्न मद्दत गर्ने उल्लेख गरेका थिए ।

मन्त्री शाहीले संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न कोप–२९ मा नेपाल सरकारले आफ्नो जलवायु महत्वाकांक्षी महत्त्वपूर्ण घोषणाहरू गरेको बारेमा स्मरण गराउदै आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका थिए ।

सो अवसरमा विशेष प्रतिनिधि क्याथेले नेपालसँग बेलायतको एतिहासिक सम्बन्ध बारे चर्चा गर्दै बेलायतले जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि गरेको प्रतिबद्धताअनुसार सहयोग गर्ने बताएका थिए ।

यसैगरी आजै मन्त्री शाहीसँग एसियाली विकास बैंकका महानिर्देशक रमेश सुब्रमन्यमले शिष्टाचार भेटवार्ता गरेका छन। सो अवसरमा उनिहरुबीच एसियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको थियो ।

मन्त्री शाहीले नेपालमा एसियाली विकास बैंकले पूर्वाधार विकास, वनको विकास तथा संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण तथा क्षमता अभिवृद्धि लगायतका क्षेत्रहरुमा सहयोग पु¥याउदै आएको उल्लेख गर्दै नेपालको विकासका लागि आफूहरुले सहुलियतपूर्ण ऋणका साथै अधिकतम् अनुदानको अपेक्षा गरेको उल्लेख गरेका थिए ।
यसैगरी महानिर्देशक सुब्रमन्यमले नेपालमा बैंकद्वारा सञ्चालित परियोजनाका बारेमा चर्चा गर्दै नेपालको प्रस्तावमा छलफल गर्न तयार रहेको बताए थियो ।

कानेप–२९ सम्मेलनमा अनुकूलन, हानी नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकशित राष्ट्रहरुको विषय, जलवायु प्रतिकार्यको कार्यान्यवनको प्रभाव, पेरिस सम्झौताको दफा ६, पेरिस सम्झौताको वैश्विक मापन, महासन्धीको दिर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, जस्ट ट्रान्जिसन सम्बन्धी वर्क प्रोग्राम, न्यूनीकरण सम्बन्धी वर्क प्रोग्राम, लैंगिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ । महासन्धिका पक्षराष्ट्रहरूको २९आंै सत्र ९को–२९० सँगसँगै पेरिस सम्झौताका पक्षराष्ट्रहरूको छैटौ सत्र ९सिएमए–६० र क्योटो अभिसन्धिका पक्षराष्ट्रहरूको १९औं सत्र ९सिएमपि–१९० लगायत एसबिएसटिए–६१÷एसबिआई–६१ सत्रहरु समेत सञ्चालित छन् ।

अब सुदूरपश्चिममा कृषि क्रान्ति आवश्यक छ: कृषि मन्त्री थापा

बाजुरा। सुदूरपश्चिम प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेशमा अब कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् ।

कृषि बजार तथा कोल्ड च्याम्बर उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारले कृषिमा लगानी बढाइरहेको भन्दै किसानहरुलाई पनि कृषिमा लाग्न प्रेरित गरेका थिए।

उनले आफ्नो मन्त्रालयले पहाडी जिल्लामा बजेट तराईकै हाराहारीमा भएको स्पष्ट पारे । पहाडी जिल्ला जहाँ हुन उत्पादन हुन्छ उक्त जिल्लामा सोही उत्पादनलाई जोड दिनु पर्ने उनले बताएका थिए । उत्पादनको बजारीकरण र खाली रहेको जग्गामा उत्पानद गर्नेगरी सरकारले नीति लिएको मन्त्री थापाको भाइ थियो।

प्रदेशमा अब कृषि क्रान्ति आवश्यक छ मन्त्री थापाले भने ‘प्रदेश सरकारले उत्पादनलाई बजारीकरण गर्ने र बाँझो जग्गामा पनि उत्पादन गर्ने नीति लिएका छौं। यसले किसानलाई निकै सहज हुनेछ ।’

प्रदेश सरकारले अनुदानमा समेत नयाँ मापदण्ड तयार गरेको भन्दै उनले वास्तविक किसानले मात्रै अनुदान पाउने दाबी गरेका थिए।

प्रदेश सभा सदस्य जुना दानीले साझेदारीमा निर्माण गरेको सित भण्डारले किसानहरुको उत्पादन भण्डारणमा ठूलो सहजता पैदा गर्ने बताइन्।

उनले बाजुराको गरिबी अन्त्य हुने विश्वास समेत व्यक्त गरेकी थिइन् ।उनले तिनै तहको सरकारको समन्वयमा यहाँको कृषिको बजारीकरण गर्न आवश्यक रहेको बताइन् ।

‘आज यहाँका किसानहरूको लागि निकै ठूलो उपलब्धि हो । अब तिनै तहको सरकारले यहाँको कृषि लाई बजारकिकरणमा ध्यान दिनुपर्छ,’ उनले भनिन्’ यसले बाजुराको गरिबी अन्त्य गर्छ ।’

बाजुराको उत्पादनले मात्रै राम्रो बजार पाएमा जिल्लाको मात्र नभई प्रदेशको आर्थिक समृद्धिमा पनि टेवा पुग्ने सांसद् दानीको भनाइ थियो।
बादिमालिका नगरपालिकामा मेयर अमर खड्काले कृषि बजार तथा कोल्ड च्याम्बरले किसानलाई निकै सहज हुने बताए ।

‘यहाँका सबै पालिकाका किसानहरूले यहां कृषि उत्पादन विक्रीवितरण गर्न सक्नुहुने छ’ उनले भने,’सिजनको तरकारी तथा फलफूल कोल्ड चेम्बरमा राखेर सिजन नहुँदा बेचेर पनि किसानले लाभ लिन सक्नुहुनेछ ।’

किसानको वर्गीकरण गर्ने समेत तयारी भइरहेको बताए । उनले कृषि एम्बुलेन्स खरिद गरेको भन्दै त्यसबाट पनि किसानलाई सहज हुने विश्वास व्यक्त गरेका थिए।

बडिमालिका नगरपालिका ८ मा ४१ लाख १९ हजार ९ ८४ मा सित भण्डार निर्माण गरिएको हो । कृषि विकास निर्देशनालय दिपायलको ३१ लाख ६६ हजार ३८५ र बडिमालिका नगरपालिकाको १२ लाख १५ हजार ४७१ मा कृषि बजार तथा सित भण्डार निर्माण गरिएको हो ।

यहाँ १२ वटा बजार कोठा बनाइएको छ। निर्देशनालयले ७ र नगरपालिकाले ५ वटा कोठा निर्माण गरेको हो । २५ मेट्रिकटन क्षमता भएको सित भण्डार निर्माण गरिएको छ । जसमा ३ वटा च्याम्बर छन्।

मन्त्री थापा र सांसद् दानीले संयुक्त रुपमा कृषि बजार तथा सित भण्डारको साँचो बडिमालिका नगरपालिका मेयर अमर खड्का र उपमेयर नदा थापालाई हस्तान्तर गरेका थिए ।

इजरायलसँग युद्धविराम गर्न लेबनानलाई इरानको साथ, नेतान्याहु बाधक भएको आरोप

इरानले लेबनानको समर्थन गर्ने बताएको छ। इजरायलसँग युद्धविराम गर्ने निर्णय गरेमा  लेबनानको समर्थन गर्ने इरानले बताएको हो।

इरानका सर्वोच्च नेता अली खामेनीका वरिष्ठ सल्लाहकार अली लारिजानी शुक्रबार लेबनान पुगेका थिए। त्यहाँ उनले कार्यवाहक प्रधानमन्त्री नाजिब मिकाती र लेबनानको संसदका सभामुख नाबिह बेरीसँग भेट गरे।

रोयटर्सका अनुसार बिहीबार, लेबनानका लागि अमेरिकी राजदूत लिसा जोनसनले बेरीलाई युद्धविराम प्रस्तावको मस्यौदा प्रस्तुत गरेका थिए।

उक्त मस्यौदामाथि हिजबुल्लाह पनि सहमत छ। अमेरिकाको युद्धविराम प्रयासलाई कमजोर पार्न लेबनान आएको भनेर सोध्दा लारिजानीले भने, ‘हामी कुनै पनि कुरालाई बढाउन खोजिरहेका छैनौं। हामी समस्याको समाधान खोजिरहेका छौं।’ उनले भने, ‘हामी लेबनानी सरकारलाई सबै परिस्थितिमा समर्थन गर्छौं। युद्धविराममा बाधा पुर्‍याउने नेतान्याहु र उनका जनता हुन्।’ इजरायलले हिजबुल्लाह नियन्त्रित बेरुतको दक्षिणी क्षेत्रमा लगातार चौथो दिन पनि हवाई आक्रमण जारी राखेको छ।

इजरायली सेनाले आफ्ना लडाकु विमानहरूले युद्धास्त्र गोदाम, मुख्यालय र अन्य हिजबुल्लाह पूर्वाधारमा आक्रमण गरेको बताएको छ।

११ बर्षपछि नेपाल र अफगानिस्तान आमनेसामने

काठमाडौं, मंसिर १ । त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल फिफा विन्डोअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । ताजकिस्तानको सेन्टर स्टेडियम डुसान्बेमा आज राति पौने ९ बजे शुरु हुने खेलमा नेपालले अफगानिस्तानसँग ११ वर्षपछि खेल्न लागेको हो ।

फिफा वरीयतामा नेपालभन्दा अफगानिस्तान २५ स्थान माथि रहेको छ । सन् २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तानबीच प्रतिस्पर्धा भएको थियो । जसमा अफगानिस्तानले १–० गोलको जित निकालेको थियो ।

जापान र दक्षिण कोरियाका नेताहरुसँग राष्ट्रपति बाइडेनको विदाई भेट

अमेरिकी राष्ट्रपति जो बाइडेनले जापान र दक्षिण कोरियाका नेताहरूसँग विदाई भेट गरेका छन्। ट्रम्प प्रशासन आउनुअघि दुई निकटतम एसियाली सहयोगीहरू बीचको बैठकलाई महत्वपूर्ण मानिएको छ।

शुक्रबार पेरुको राजधानी लिमामा भएको एशिया–प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन(एपेक) सम्मेलनमा उनीहरूबीच भेटवार्ता भएको हो।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल र जापानी प्रधानमन्त्री शिगेरु इसिबासँगको भेटपछि बाइडेनले भने, ‘हामी अब महत्त्वपूर्ण राजनीतिक परिवर्तनको क्षणमा पुगेका छौं। यो महत्वपूर्ण समूहसँग मेरो अन्तिम त्रिपक्षीय बैठक हुनसक्छ, तर यो साझेदारी निर्माणको एउटा अंग हुन सहयोग गरेकोमा म गर्व गर्छु ।’ उनले जापान–दक्षिण कोरिया गठबन्धनको बारे बोल्दै भने, ‘यो लामो समयसम्म रहन्छ भन्ने मेरो अपेक्षा छ।’ उत्तर कोरियाले युक्रेनी सेनाले कब्जा गरेको कुर्स्क सीमा क्षेत्रको भूमि फिर्ता लिन मस्कोलाई मद्दत गर्न हजारौं सेना तैनाथ गरेको बेला वार्ता भएको हो।

इशिबाले प्योङयाङविरुद्ध तीन राष्ट्रले मिलेर लड्नुपर्नेमा जोड दिएका छन्। दक्षिण कोरिया र जापानसँग मिलेर काम गर्न पाउनुलाई बाइडेनले आफ्नो राष्ट्रपतिको कार्यकालको कूटनीतिक उपलब्धि मध्ये एक मानेका छन्। युनले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। इशिबा र बाइडेनले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्नेछन्। एपेक शिखर सम्मेलन बाइडेनको अन्तिम विश्वव्यापी बैठकहरू मध्ये एक हो।

ह्वाइट हाउसको प्रेस सचिवमा २७ वर्षीया क्यारोलिन नियुक्त

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यारोलिन लेभिटलाई ह्वाइट हाउसको प्रेस सचिवमा नियुक्त गरेका छन्।२७ वर्षीया क्यारोलिन सो पदमा नियुक्त हुने सबैभन्दा कान्छी व्यक्ति हुन्।

यसअघि यो कीर्तिमान रोनाल्ड जेग्लरको नाममा थियो, जसले सन् १९६९ मा रिचर्ड निक्सन सरकारमा २९ वर्षको उमेरमा यो पद सम्हालेका थिए। हाल आफ्नो प्रवक्ता समेत रहेकी लेभिटलाई ट्रम्पले प्रेस सचिव बनाएका हुन्।

एक विज्ञप्तिमार्फत क्यारोलिनको प्रशंसा गर्दै ट्रम्पले भनेका छन्, ‘क्यारोलिन लेभिटले मेरो ऐतिहासिक अभियानमा राष्ट्रिय प्रेस सचिवको रूपमा अभूतपूर्व काम गरिन्। उनलाई ह्वाइट हाउसको प्रेस सचिवको रूपमा घोषणा गर्न पाउँदा म खुसी छु।

क्यारोलिन स्मार्ट, कडा र अत्यन्त प्रभावकारी सञ्चारकर्मीको रूपमा प्रमाणित भइन्।’ प्रेस सचिव प्रशासनको सार्वजनिक अनुहार हो, जसले पत्रकारहरूसँग सञ्चार स्थापित गर्दछ। तर, आफ्नो पहिलो कार्यकालमा ट्रम्पले यो परम्परालाई परिवर्तन गर्दै आफैं सरकारको मुख्य प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका थिए।

पहिलो कार्यकालमा ट्रम्पका चार प्रेस सचिवहरू थिए, जो पत्रकारसँगको झगडालु स्वभावका कारण चर्चामा रहेका थिए। लेभिट ट्रम्पको कट्टर समर्थक हुन्।

उनले टेलिभिजन अन्तर्वार्ताहरूमा आक्रामक रूपमा रिपब्लिकनहरूको बचाव गर्दै आएकी छिन्। ट्रम्पको पहिलो कार्यकालमा, लेभिटले ह्वाइट हाउसको प्रेस अफिसमा काम गरेकी थिइन्।

उनीसँग न्यूयोर्क रिपब्लिकन प्रतिनिधि एलिस स्टेफानिकको सञ्चार निर्देशकको रूपमा काम गरेको अनुभव पनि रहेको छ।

 

भारतको मेडिकल कलेजमा आगलागी: १० नवजात शिशुको मृत्यु, १६ गम्भीर घाइते

भारत, उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा भीषण आगलागी हुँदा १० बालबालिकाको मृत्यु भएको छ। आगलागीमा १६ जना गम्भीर घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शुक्रबार राति ११ बजेतिर आगलागी हुँदा अस्पताल अस्तव्यस्त भएको थियो। परिवारका सदस्य र बिरामी आफ्नो ज्यान जोगाउन दौडन थालेपछि भागदौड भएको थियो।

अग्नी नियन्त्रकको टोलीले घटनास्थल पुगेर ३७ बालबालिकालाई सकुशल निकालेको थियो। दुर्घटना हुँदा एनआईसीयूमा ५४ जना बालबालिका भर्ना भएका थिए।

झाँसीका जिल्ला अधिकारी अविनाश कुमारले आगलागीको कारण विद्युत सर्किट सर्ट भएको हुनसक्ने बताएका छन्। यस विषयमा विस्तृत अनुसन्धान गर्न निर्देशन दिइएको छ ।

राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धारका कुनै कसर बाँकी नराख्न निर्देशन दिदैँ यसलाई दुखद र हृदयविदारक भनेका छन्।

 

एयरपोर्टमा लगेज हरायो ? अब एप्पलले खोज्न सहयोग गर्नेछ

काठमाडौं । एप्पलले हराएका सामान खोज्न सजिलो बनाउने गरी ‘शेयर आइटम लोकेसन’ नामक फिचर सार्वजनिक गरेको छ । यात्राको समयमा हराएका सामानहरू खोज्न सहयोग गर्ने गरी एप्पलले यो फिचर ल्याएको हो ।

हाल यो फिचर आईओएस १८.२ को सार्वजनिक बेटा भर्सनमा आइसकेको छ । अब छिट्टै आईफोन एक्सएस र त्यसपछिका मोडलहरूमा अपडेटको रूपमा नि:शुल्क उपलब्ध हुने एप्पलले जनाएको छ । त्यस्तै ब्रिटिश एयरवेज, सिङ्गापुर एयरलाइन्स लगायतका १५ भन्दा बढी एयरलाइन्सहरूले आफ्ना ग्राहकलाई यो सेवा दिन थालिसकेका छन् ।

प्रयोगकर्ताले यस फिचरमार्फत एयरलाइन्स कम्पनी लगायतका अन्य पक्षहरूसँग एयरट्याग अथवा फाइन्ड माई एक्सेसरिजको लोकेसन शेयर गर्न सक्छन् । यसपछि प्रयोगकर्ताले आईफोन, आईप्याड अथवा म्याकमा भएको ‘फाइन्ड माई एप’ मार्फत शेयर गर्न मिल्ने लिङ्क तयार गर्नुपर्ने हुन्छ ।

सो लिङ्क पाउने व्यक्तिले सामानको हालको स्थान म्यापमा हेर्न सक्नेछन् । यसका साथै सामानको स्थान परिवर्तन भएमा सोको जानकारी समेत पाउनेछन् । एयरलाइन्सका हकमा भने कर्मचारीहरूले एप्पल ट्याग राखिएको लगेज खोज्न सहयोग गर्ने छन् ।

त्यस्तै हराएको सामान भेटिन साथै लोकेसन शेयरिङ स्वतः निष्क्रिय समेत हुन्छ । तर सामान्यतः त्यस्तो लिङ्क सात दिनपछि आफैं पनि निष्क्रिय हुन्छन् । विशेषतः एप्पलको यस नयाँ फिचरले हराएको सामान भेट्न एयरपोर्ट जस्तो स्थानमा उपयोगी हुने बताइएको छ ।

नयाँ फिचरले कसरी गर्छ काम ?

  • आफ्नो एयरट्याग हराए तपाईंले आईफोनको फाइन्ड माई एपमा गई एउटा लिंक बनाउन सक्नुहुन्छ ।

  • तपाईंले कसैलाई पनि यो लिंक पठाउन सक्नुहुन्छ, चाहे त्यो तपाईंका विश्वासिला साथी हुन् वा एयरलाइन्सका कर्मचारी।

  • ‍लिंक प्राप्त गर्ने व्यक्तिले लिंक क्लिक गरेर म्यापमा एयरट्यागको हालको लोकेसन देख्न सक्छन् ।

  • यो लिंक अस्थायी हुन्छ र एक हप्तापछि आफैँ बन्द हुन्छ वा तपाईंको एयरट्याग फेला परेपछि निष्क्रिय हुन्छ ।

  • कति जनाले तपाईंको लिंक खोलेका छन् भनेर पनि हेर्न सकिन्छ । तपाईंले आफ्नो फोन नम्बर र ईमेल ठेगाना पनि शेयर गर्न सक्नुहुन्छ, ताकि तपाईंको एयरट्याग फेला पार्ने व्यक्तिले तपाईंसँग सम्पर्क गर्न सकोस् ।

यो फिचरबाट हराएको सामान फेला पार्न सजिलो हुने तथा समयको बचत हुने अनुमान छ । ​एप्पलले पहिले नै एउटा फिचर दिएको थियो, जसअनुसार तपाईं आफ्नो एयरट्यागको लोकेसन पाँच जनासँग निरन्तर शेयर गर्न सक्नुहुन्थ्यो । तर, नयाँ फिचरले तपाईंलाई अस्थायी रूपमा थप मानिसहरूसँग लोकेसन शेयर गर्न अनुमति दिन्छ ।

साथै एप्पलको फाइन्ड माई नेटवर्क विश्वभर फैलिएको हुनाले हराएको सामान फेला पार्न अझ सजिलो हुने बताइएको छ ।

जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु अभियन्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उनीहरूले अन्यायपूर्ण ऋण खारेज गर, जलवायु वित्त भूक्तानि गर लगायत प्लेकार्डहरू प्रदर्शन गरेका थिए । र्‍याली भृकुटीमण्डपदेखि शान्तिबाटिका हुँदै रत्नपार्क क्षेत्रमा पुगेको थियो ।

विश्वका दक्षिणी देशहरू पहिले नै ऋणको बोझले ग्रस्त रहेकाले जलवायु वित्त ऋणका रूपमा नभई अनुदानका रूपमा आउनुपर्ने, तत्काल आवश्यक जलवायु कार्यका आवश्यकता सम्बोधन गर्न जलवायु वित्त पर्याप्त, पूर्वानुमेय र समयमा आउनुपर्ने अभियानको माग छ ।

त्यस्तै जलवायु वित्तले अनुकूलन, न्यूनीकरण, हानि–नोक्सानी र प्रभावित समुदायको न्यायोचित रूपान्तरणलाई समेट्नुपर्ने र कोषहरूको वितरण पारदर्शी, उत्तरदायी तथा विश्वका दक्षिणी देशहरूको प्राथमिकताअनुरूप हुनुपर्ने माग रहेका छन् ।

विश्वका औद्योगिक विकसित देशका झुटा वाचाले विश्वव्यापी दक्षिणी समुदाय, अर्थव्यवस्था तथा पर्यावरणमा सहनशीलता अझै कमजोर बनाएको र भोग्नुपरेका घोर असमानता र अन्याय अझ गहिरो बनाएको अभियन्ताको भनाइ छ । खनिज इन्धनमुखी राष्ट्रहरूले जलवायु संकट निम्त्याउन ऐतिहासिक जिम्मेवारी स्वीकार गरी अघि बढ्नुपर्ने बताइएको छ ।

आगामी मंसिरमा अजरबाइजनको वाकु शहरमा हुन गइरहेको संयुक्त राष्ट्रसंघको पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप२९) मा तत्काल जलवायु कार्यको बढ्दो लागत सम्बोधन गर्न महत्त्वपूर्ण निर्णय हुने भएकाले त्यसमा प्रभावकारी दबाब दिन पनि अभियानको आवश्यकता रहेको आयोजकको भनाइ छ ।

 

मनमोहक बडीमालिका

बडीमालिका छ नै अद्भूत । मनमोहक । अनि रमणीय । हेरिरहु लाग्ने हरिया पाटन । पलभरमै सूर्यलाई ढाक्ने बादलका गुजुल्टाहरु । त्यही गुजुल्टामा ढाकिने पाटन । अनि लामबद्ध भएर उकालो चढिरहेका तिर्थालुहरु । र, टाकुरामा रहेको बडीमालिकाको मन्दिर । हिन्दुहरुको आस्थाको धरोहर । जसको दर्शनका लागि हिन्दु धर्मावलम्बीहरु लालायीत हुन्छन । र त, दुःखकष्ट र थकानको वास्ता नगरी हरेक वर्ष जनै पूर्णिमामा लाग्ने मेलामा बडीमालिका पुग्छन । हरिया पाटनमा फुलेका रंगीबिरंगी फुलहरु । बडिमालिका पुग्ने जो कोहीलाई यहाँको मनोरम दृष्यले मोहित बनाउछ ।

झण्डै छ महिना हिउँले ढाकिने बडीमालिकामा जनै पूर्णिमामा भने जताततै मान्छे हुन्छन् । यति महत्वपूर्ण पर्यटकीय गन्तव्य यतिबेला संरक्षणको पर्खाईमा छ । सम्बद्र्धनको पर्खाईमा छ । यसतर्फ राज्यको ध्यान जान भने जरुरी छ । जाने होईन त तपाई पनि ?
फोटो फिचर : बसन्त प्रताप सिंह ।

पर्यटनमन्त्री पाण्डेले सांसद बजगाईंविरुद्ध दिए उजुरी

काठमाडौँ, १ मंसिर ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईंविरूद्ध पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएका छन्।

बजगाईंले श्रृंखलाबद्ध रूपमा आफूविरूद्ध कूप्रचार गरेको भन्दै पाण्डेले उजुरी दर्ता गरेका हुन्।

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा कांग्रेसका महासमिति सदस्य तथा गोरखा क्षेत्र नम्बर १ बा प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै श्रृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कूप्रचार गर्दै आएको पाण्डेले उल्लेख गरेका छन्।

पाण्डेले मन्त्री पदको सपथ लिएदेखि बजगाईंले आफूविरूद्ध श्रृंखलाबद्ध ढंगबाट कूप्रचार गरेको उजुरीमा उल्लेख गरेका छन्।

बजगाईंले एक क्यासिनलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको भन्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए। मन्त्री पाण्डेले आफूमाथि लगाइएका आरोप निराधार रहेको र यसका विरूद्ध कानुनी बाटो अपनाउने बताएपछि बजगाईंले सामाजिक सञ्जालबाट त्यो पोस्ट हटाएका थिए।

प्रधानमन्त्रीको चीन भ्रमणका लागि गृहकार्य भइरहेको छ : परराष्ट्रमन्त्री डा. राणा

धनगढी, १ मंसिर ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी देश चीनमा हुन लागेको भ्रमणका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताएकी छन् ।

धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुँदै उहाँले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हुने छलफलका ‘एजेण्डा’ चिनियाँ पक्षले पठाउन लागेको बताइन् ।

परराष्ट्रमन्त्री डा। राणाले भनिन्, ‘नेपाल सरकारका मन्त्रालयहरूले चीनसँग कुन–कुन विषयमा सहकार्य र सम्झौता भएको छ, यी सम्झौताको स्थिति के हो भनेर २७ गते अपडेट गर्ने काम भएको छ, परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ, केही दिनमै प्रधानमन्त्रीसहित बसेर चीन भ्रमणका क्रममा कुन–कुन कुरालाई अगाडि बढाउने भनेर निर्णय गर्नेछौँ ।’

उनले नेपालको दुईवटा छिमेकी देश भारत र चीनसँग परापूर्वकालदेखि नै घनिष्ट सम्बन्ध रहेको बताइन् ।

डिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि

काठमाडौँ, १ मङ्सिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आज राती १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँले वृद्धि गरेको सूचना मार्फत जानकारी गराएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १ मङ्सिर ।

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

श्रीलङ्काका राष्ट्रपति दिसानायकेको वाम गठबन्धनलाई दुई तिहाई बहुमत

कोलम्बो, १ मंसिर ।
श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा दुई तिहाई बहुमत प्राप्त गरेको छ ।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा मार्क्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गरेका थिए ।

तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उनको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तीमा १५९ सिट जितेको छ ।

श्रीलंकाको २२५ सिट रहेको बिधानसभामा १९६ सिटका लागि प्रत्यक्ष निर्बाचन हुने गरेको छ । बाँकी सिट भने निर्बाचनमा दलहरुले पाएको मतको प्रतिशतका आधारमा बाँडफाँड हुने गरेको छ ।

दिसानायकेको गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको । विपक्षी नेता सजिथ प्रेमदासाको पार्टी १८ प्रतिशत मतमा सिमित रहेको छ ।

जनताले भ्रष्टाचार र भ्रष्ट प्रणालीबाट छुटकारा पाउनका लागि मतदान गरेको विश्वास गरिएको छ ।

अल्पसङ्ख्यक तमिल समुदायको बाहुल्य रहेको उत्तरी जिल्ला जाफनामा पनि उनको पार्टीले सबैभन्दा बढी मत प्राप्त गरेको   छ ।

एक मजदुर परिवारमा जन्मिएका ५५ वर्षीय राष्ट्रपति दिसानायकेले बिहीबारको चुनावमा मतदान गरेपछि संसदमा ‘सशक्त बहुमत’ साथ आफ्नो गठबन्धनलाई अगाडि बढाउने अपेक्षा गरेको बताएका थिए । उनले भनेका थिए, “हामीलाई विश्वास छ, यो एक महत्त्वपूर्ण चुनाव हो जसले श्रीलङ्कामा एउटा परिवर्तनको सङ्केत गर्नेछ । यो चुनावमा एनपीपीले संसदमा बलियो बहुमतका लागि जनादेश पाउने हाम्रो विश्वास छ ।”
नभन्दै उनले प्रचण्ड बहुमत पाएका छन् ।

श्रीलङ्कामा गत सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा भन्दा कम ७० प्रतिशतको हाराहारीमा खसेको सञ्चारमाध्यमले जनाएका छन् ।

करिब २५ वर्षदेखि सांसद रहँदै आएका वर्तमान राष्ट्रपति दिसानायकेले केही समयका लागि कृषिमन्त्रीको रूपमा समेत काम गरेका थिए । एनपीपी गठबन्धनले निवर्तमान विधानसभामा जम्मा तीन सिट मात्र जितेको थियो ।

देशलाई सन् २०२२ को आर्थिक सङ्कटतर्फ धकेलेको आरोप लागेका संस्थापन पक्षका राजनीतिज्ञहरूबाट आफूलाई सफलतापूर्वक अलग्गै राखेपछि उनी सेप्टेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनबाट राष्ट्रपति पदका लागि निर्वाचित भएका थिए।

३३८ नेपाली इन्टरपोलको सूचीमा

काठमाण्डौं, १ मंसिर ।
अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) को सूचिमा रहेका ३३८ जना नेपाली मध्य ३४ जनालाई मात्र नेपाल प्रहरीले स्वदेशमा ल्याउन सफल भएको छ ।

बिभिन्न अपराधमा संलग्न भई फरार रहेका ३०४ जना नेपालीलाई फिर्ता ल्याउन नेपाल प्रहरीले ईन्टरपोलसंग समन्वय गरिरहेको जनाएको छ ।

सहकारी ठगीमा फरार रहेका गितेन्द्र बाबु(जीवी)राई सहित ३०४ जना नेपालीलाई फिर्ता ल्याउन नेपाल प्रहरीले ईन्टरपोलसंग आवद्ध रहेका मुलुकसंग समन्वय गरिरहेको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार हालसम्म विभिन्न मुलुकमा लुकेर बसेका १९६ जनाविरुद्ध ‘रेड नोटिस’, २६ जनाविरुद्ध ‘यल्लो नोटिस’, एक जनाविरुद्ध ‘ब्लु नोटिस’, दुई जनाविरुद्ध ‘ब्ल्याक नोटिस’, एक जनाविरुद्ध ‘पर्पल’ र ११२ जनाविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी भइसकेको छ ।

फरार रहेकामध्ये सहकारी ठगी, बैङ्किङ कसुर, सुन तस्करी, वैदेशिक रोजगार ठगी, अपहरण तथा शरीर बन्धक, सङ्गठित अपराध तथा ठगी, बलात्कार, बैङ्क तथा वित्तीय ठगी, हत्या, साइबार अपराध, मानव तस्करी तथा लागु औषधको ओसारपसार तथा कारोबारी छन् ।

फाप्ला मार्फत सुवाशले देखेको समृद्ध सुदूरपश्चिमको परिकल्पना

एकछिन कल्पना गरौं न । भर्खरै भारतमा सम्पन्न आइसीसी क्रिकेट विश्वकपको सह–आयोजकका रुपमा कम्तीमा एउटा खेलहरु आयोजनाको जिम्मा नेपालले पाएको छ । ५० हजार दर्शक क्षमताको उक्त खेल धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुँदैछ ।

विश्व क्रिकेटका दुई शक्तिशाली राष्ट्रहरु भारत र पाकिस्तान एक–अर्काको देशमा खेल्दैनन । तटस्थ भूमिकाका रुपमा उक्त खेल आइसीसीले नेपालमा खेलाउँने र त्यसको भेन्यूका रुपमा फाप्लामा रोजेको छ ।

अहो, भारत र पाकिस्तानबीचको त्यो हाइभोल्टेज म्याच हेर्न विश्वभरका क्रिकेट दर्शकले छिनभरमै टिकट सोल्डआउट गरेको दृश्य । स्तरोउन्नती गरि बनेको धनगढी अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै विमानहरुको सिटहरु अग्रिम बुकिङ । तारे होटलहरुका कोठा बुक ।

यो सपना हो, आम सुदूरपश्चिमबासीले देखेको । जसको परिकल्पनाकार हुन्, सुवाश शाही । जो विगत १० वर्षदेखि ड्रीम फाप्लाको सपना बोकेर हिडेका छन् ।

अब यथार्थमा फर्किऔं, सपना देखेरमात्रै त अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुने होइन । त्यसको धरातलीय अवस्था के छ त? त्यसका लागि फर्किनुपर्ने हुन्छ, १५ वर्षअघि अर्थात २०६६ सालतिर ।

काठमाडौंमा अध्ययन सकेर गृहनगर धनगढी फर्किएका क्रिकेट प्रेमीले सुवास शाहीले आफ्नै कलेजको नामबाट २०६६ सालदेखि एसपिए कप क्रिकेटको सुरुवात गरे । जहाँबाट सुस्ताएको धनगढी क्रिकेट जुर्मुराएको हो । प्रतियोगिता त सुरू भयो तर यसले पहिलो संस्करणबाट नै क्रिकेट मैदान अभावको मुख्य चुनौती शाही र उनको टिम अघि आइलाग्यो ।

पहिलो र दोस्रो संस्करण धनगढीमा रंगशालामा जसोतसो गरियो । आधा मैदानमा फुटबल हुन्थ्यो भने आधा मैदानमा क्रिकेट प्रतियोगिता हुन्थ्यो ।

तेस्रो संस्करणदेखि एसपिए कपलाई देशकै सर्वाधिक धनराशी क्रिकेट प्रतियोगिता बन्यो । राष्ट्रिय तथा विदेशी खेलाडीहरु प्रतियोगितामा आइरिए । प्रतियोगिता देशकै ठूलो प्रतियोगिता बन्यो। तर, २०६८ मा धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदले धनगढी रंगशालालाई पूर्णतः फुटबल मैदानका रुपमा विस्तार गरियो। मैदान बाहिर ट्र्याक निर्माण भयो। त्यसको प्रत्यक्ष मार क्रिकेटलाई पर्याे। फुटबलका लागि मैदान विस्तार भएपछि रंगशालाबाट क्रिकेट विस्थापित बन्यो।

विकल्पमा एसपिए कपको तेस्रो संस्करण तत्कालिन सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा  आयोजना गरियो । सानो मैदानमा दर्शक बस्ने ठाउँ पनि हुँदैनथ्यो । प्रहरी परिसरभित्र भएकाले अनुमति पाउन पनि अप्ठारो थियो । त्यसमाथि उक्त मैदानमा प्रहरीका तालिम, महोत्सव, विभिन्न सांस्कृतिक लगायत थुप्रै कार्यक्रम हुन्थे। जसकारण मैदान क्रिकेटका उपर्युक्त छदैँ थिएन ।

‘तर पनि अन्य विकल्पको अभावमा त्यही मैदानलाई खेल्न योग्य बनाइयो र एसपिए कपका तेस्रो र चौथो संस्करण त्यहीँ आयोजना भए,’ शाहीले सम्झन्छन्, ‘सन् २०१५ मा एसपिए कपको चौथो संस्करणअघि नै हामीले धनगढीमा क्रिकेटका लागि छुट्टै मैदान आवश्यक रहेकोबारे बहस सुरू गरिसकेका थियौ । खोज्दै जाँदा धनगढी नगरपालिका वडा नम्बर–४ स्थित मोहना नदिको छेउमा गौचरणका रुपमा रहेको फाप्ला मैदान भेटियो ।’

मैदानमा गाई–भैंसी चरिरहेका थिए । मैदानका बीच–बीचमा भैंसी आहाल बस्ने खाल्डा थिए । मैदानको एक भाग उच्च थियो, एक भाग होचो थियो । नदी किनार र खुला मैदान भएकाले जताजतै मलमुन्त्रको गन्ध आउँथ्यो । दुई छेऊमा फुटबलका पोल पनि गाडिएका थिए । नियाल्दा गाउँका स्थानीय युवाहरू कहिलेकाहीँ मैदानमा फुटबल खेल्नका लागि प्रयोग गर्ने गरेको देखिन्थ्यो ।

शाहीले त्यसैबेला फाप्लामा अन्तर्राष्ट्रिय रंगशालाको स्वरुप देखिसकेका थिए र त्यसको रोडम्याप सुरु गरे, स्थानीय लिगबाट । धनगढी क्रिकेट लिग (डिसीएल) को पहिलो संस्करण २०७० मा फाप्ला मैदानमा आयोजना गरे । खेलाडीहरूलाई बढीभन्दा बढी म्याच एक्सोजर दिने उद्देश्यले सुरू गरिएको डिसिएल छ महिना चल्थ्यो । फाप्लामा नियमित डिसिएलका खेल हुँदा फाप्लाले क्रिकेट मैदानको नाम पायो ।

‘डिसिएलको भाग एक र दुईको आयोजनापश्चात फाप्लाले स्थानीय स्तरमा क्रिकेट मैदानको परिचय बनाइसकेको थियो । अब राष्ट्रियस्तरमा क्रिकेट मैदानको परिचय फराकिलो बनाउने सोचिरहेको थिए शाही सम्झन्छन्, ‘हामीले फाप्लालाई राष्ट्रिय परिचय दिँदा सरकार र देशविदेशका नेपालीहरूलाई हाम्रो अभियानमा समेट्न सजिलो हुन्थ्यो । ड्रिम फाप्ला अभियानको उद्देश्य नै सबै नेपालीहरूको सहकार्यमा अन्तर्राष्ट्रिय रंगशाला बनाउने हो ।’

वि.सं. २०७० मा काठमाडौंमा जोहरा स्पोर्टस म्यानेजमेन्टले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट आयोजना गर्ने घोषणा गर्यो । प्रतियोगितामा छ वटा टिमबाट सबै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाउँदै थिए । नेपाली क्रिकेटमा निजी क्षेत्रबाट गरिएको यो पहिलो ठूलो प्रयास हो । यसै प्रतियोगिताको वान डे संस्करण धनगढीमा गरिने निधो भयो ।

‘त्यतिबेला एनपिएल बहुप्रतिक्षित प्रतियोगिता थियो,’ शाहीले भने, ‘धनगढीले क्रिकेटको सहरको परिचय बनाइसकेकाले आयोजक जोहराले वान डे संस्करण धनगढीमा गर्ने निर्णय लिएको हो ।’

एनपिएललाई धनगढी बजारको बीचमा अवस्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा आयोजना गर्न सकिने विकल्प थियो तर एनपिएलका स्थानीय आयोजक शाहीले प्रतियोगिता फाप्लामै गर्ने निर्णय लिए ।

त्यसको एउटै कारण थियो, बहुप्रतिक्षित एपिएलमार्फत फाप्लालाई देश तथा विदेशमा चिनाउँने ।

‘सुवास दाइको त्यो निर्णयले हामीलाई अचम्मित पार्याे,’ धनगढीमा एपिएल आयोजनाका अर्का स्थानीय व्यवस्थापक सौरभ ओझा सम्झन्छन्, ‘हामीसँग अञ्चल प्रहरी कार्यालयको मैदानमा सजिलोसँग प्रतियोगिता आयोजना गर्ने विकल्प उपलब्ध थियो । त्यहाँ आयोजना गरिँदा हाम्रो मेहनत र खर्च दुबै बचत हुन्थ्यो। बजारको बीचमा भएकाले खेलमा दर्शकहरू पनि धेरै आउने सम्भावना रहन्थ्यो । तर, सुवास दाइले फाप्लामा नै प्रतियोगिता गर्ने सोचिसकेपछि हामी फाप्लामा होमियौं ।’

फाप्लामा एनपिएल आयोजना निर्णय लिँदा त्यहाँ डिपिएल भाग–२ सञ्चालन भइरहेको थियो । एनपिएलका लागि मैदानको स्तरोन्नति गर्नुपर्ने भएकाले डिपिएल–२ तत्कालका लागि स्थगन गर्नुपर्यो। फाप्लामा एनपिएल गर्ने ठानिसकेका शाहीले फाप्लाको उच्च भाग सम्याउने, काटेको भागमा चपरी विछ्याउने, पिच निर्माण गर्ने, फाप्लामा पुग्ने बाटो निर्माण गर्ने, मैदानसम्म विद्युत लाइन पुर्याउने काम गरे।

‘प्रतियोगिता सञ्चालनअघि हामीले तीन महिना रात दिन फाप्लामा काम गर्याैं,’ ओझा सम्झन्छन्, ‘प्रतियोगिता सुरू हुनु एक हप्ता अगाडि हामीले मैदानलाई आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरिसकेका थियौं ।’

एनपिएल सुरू भयो । देशभरिका खेलाडीहरू धनगढी पुगे । पत्रकारहरूले धनगढी भरियो । दर्शक मैदानमा खचाखच भए । फाप्ला वरिपरि बढेको चहलपहलले स्थानीयको आर्थिक क्रियाकलाप पनि बढ्यो ।स्थानीयले प्रतियोगिताका दौरान थापेका पसलबाट राम्रै आम्दानी गरे ।

‘एउटै प्रतियोगिताबाट मात्रै त्यसबेला सयौंले रोजगारी पाए,’ शाही स्मरण गर्छन्, ‘मैदानमा काम गर्ने कामदार, होटल व्यवसायी, व्यापारी, यातायात क्षेत्र तथा पर्यटक क्षेत्रको प्रवद्र्धनमा प्रतियोगिताको भूमिका महत्वपूर्ण रह्यो ।’

प्रतियोगिताले धनगढीको आर्थिक चहलपहल बढेपछि फाप्लामा रंगशाला बन्नुपर्ने कुरामा सबै एक ठाउँमा उभिए । शाही टिमले चाहेको पनि त्यही थियो । ‘एपिएलमा व्यक्तिगत खर्चमा मैदान स्तरोन्नति गर्नु, फाप्लालाई राष्ट्रव्यापी परिचय दिनु, दिनरात फाप्लामा खटिनु पछाडिको उद्देश्य फाप्लामार्फत समृद्ध सुदूरपश्चिमको परिकल्पना गरिनु थियो,’ शाही भन्छन् ।

त्यही माहोल समाएर शाहीले सन् २०१५ को फेब्रअरीमा ‘ड्रीम फाप्ला’े औपचारिक घोषणा गरे । जसको उद्देश्य देश विदेशमा रहेका नेपालीहरू, क्रिकेट प्रेमी, सरकार, निजी क्षेत्र, स्थानीयलाई समेटेर सबैले आफ्नो स्वामित्व महसुस गर्ने गरी क्रिकेट रंगशाला निर्माण गर्नु र सरकारले त्यहाँ क्रिकेट रंगशाला निर्माणका लागि दबाब दिनु थियो ।

शाही टिमले फाप्लामा गरेको कामलाई विश्वास गरेका क्रिकेट प्रेमीहरु सहयोग गर्न जुटे । रंगशाला निर्माणका लागि सहयोग क्रमशः जुट्ने जुट्यो । एसपिए कपको चौथो संस्करणमा प्रति टिकट पाँच रुपैयाँ छुट्याई एक लाख रुपैयाँभन्दा बढी रकम ड्रिम फाप्लाको खाता ‘सिड मनी’ का रुपमा शाही आफैले जम्मा गरे ।

लगत्तै स्थानीय रेडियो धनगढी ९०.५ मेगाहर्जले आफ्ना कर्मचारीको एक दिनको तलब तथा पाँच वर्षसम्म प्रति विज्ञापन पाँच रुपैयाँ यस अभियानका लागि छुट्याउने निर्णय गर्यो । शाहीकै स्वामित्वमा रहेको धनगढी यूनाइटेड क्लबले काठमाडौं क्रिकेट लिगको उपाधि जित्दाको रकममध्ये झन्डै ५० प्रतिशत रकम अभियानलाई हस्तान्तरण गर्यो । न्यू सिर्जनशील युवा क्लब अत्तरियाले ड्रिम फाप्ला अभियानलाई साथ दिँदै धनगढी क्रिकेट लिग–२ मा उपबिजेता भएमार्फत पाएको पुरस्कार राशीको झन्डै ४० प्रतिशत रकम दियो । सुदूरपश्चिम महोत्सवबाट कैलाली उद्योग वाणिज्य महासंघले प्रतिटिकट एक रुपैयाँ छुट्टायो । धनगढी प्रिमियर लिग (डिपिएल)को टिकट बिक्री भएको रकमको १५ प्रतिशत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ‘ड्रीम फाप्ला’ मा जम्मा गरियो ।

त्यसपछि देशविदेशबाट सहयोग गर्ने कार्यक्रम जारी रह्यो । ‘ड्रीम फाप्ला’ अभियानका क्रममा आशातित भन्दा निकै कम अर्थात साढे आठ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमध्ये २ लाख ७७ हजार रुपैयाँ थ्रीडी निर्माण, मास्टरप्लान निर्माण, वेवसाइट निर्माण तथा प्रचारप्रसारमा खर्च भएको छ भने ५ लाख ६६ हजार रुपैयाँ अझै ड्रीम फाप्लाको खातामा बचत नै छ ।

‘रकम भन्दा पनि हाम्रा लागि यो अभियान थियो । कालान्तरमा हामीले सुरु गरेको यही अभियानमार्फत सरकारले नै विकास समिति बनाएर फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्राम निर्माण गर्ने निर्णय ग¥र्यो । जुन हाम्रो ‘ड्रीम फाप्ला’ अभियानको ठूलो उपलब्धि हो,’ शाहीले भने ।

सरकारले नै विकास समितिमार्फत फाप्ला रंगशाला बनाउँने निर्णय लिएपछि ‘ड्रीम फाप्ला’ अभियानको उद्देश्य पुर्ति भएको निष्कर्षमा ‘ड्रीम फाप्ला’को टोली पुगेको छ । विकास समिति सञ्चालन गठन आदेशमा सहयोग रकम लिने प्रावधान रहेकाले ‘ड्रीम फाप्ला’ मा वचत रकम विकास समितिलाई हस्तान्तरण गर्ने तयारी ड्रीम फाप्लाको छ ।

‘ड्रीम फाप्ला’ अभियानको दबाब स्वरुप सरकारले आर्थिक वर्ष २०७२/०७३ को बजेटमा फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कुरा बजेट वक्तव्यमै उल्लेख गर्यो । त्यो पहिलोपटक थियो, जसबेला कुनै सरकारी कागजमा फाप्ला शब्द उल्लेख भएको थियो । सरकारको रेडबुकमा फाप्ला शब्द उल्लेख हुनु ड्रिम फाप्ला अभियानको ठूलो सफलता भएको शाही मान्छन् ।

सरकारले फाप्लालाई त चिन्न थाल्यो तर फाप्लामा रहेको सरकारी जग्गाका कारण त्यहाँ निर्माणको काम अघि बढाउँन जग्गा प्राप्ति गर्नुपर्ने मुख्य चुनौती थियो ।

साढे ३८ विघा जग्गा फाप्लाका लागि प्राप्त गर्न शाहीले १० वर्षदेखि निरन्तर संघर्ष गरेका छन् । त्यस संघर्षका साक्षीहरुमध्येका एक हुन्, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश बहादुर देउवा ।

‘सुवाशले धेरै पहल गरेर फाप्लामा अन्तर्राष्ट्रिय रंगशाला चाहिन्छ । त्यसका लागि जग्गापनि छ भनेर जग्गा प्राप्तिको फाइल अघिल्लो सरकारको क्याबिनेटसम्म पु¥याएको थियो,’ मन्त्री देउवा भन्छन्, ‘ क्याबिनेटमा त्यत्रो जग्गा त्यहाँ किन चाहिन्छ भन्ने सोच भएका मानिसहरुले वर्षौ फाइल पेन्डिङ राखेका थिए । फाइल पूरानो भएर पूरै धुलो भइसकेको अवस्था थियो । पछि शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला त्यो फाइल खोजेर ल्याएर आउनुभयो र क्याबिनेटबाट पास गरियो ।’

उनी थप्छन्, ‘हिजो पनि रंगशालाको सपना देखाउने उहाँ(सुवाश) नै हो । अहिले सपना देखेपछि पूरा पनि गर्न सकिन्छ है भनेर देखाउँने र धनगढी धनगढी चिनाउँन व्यक्तिगत रुपमा लागेको मान्छे हो । कोशिश गर्ने मानिस भेट्न धेरै गाह्रो छ । त्यसकारण पनि म उहाँलाई सम्मान गर्छु ।’

अन्ततः शाहीको लामो प्रयासपछि २०७८ माघमा मन्त्रिपरिषद वैठकले फाप्ला अन्तर्राष्ट्रिय रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिलाई साढे ३८ विघा जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।

२०७९ बैशाखमा सरकारले ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश–२०७९’ राजपत्रमा प्रकाशित भएपछि सरकारले अपनत्व ग्रहण गर्दै फाप्लामा रंगशाला निर्माणको काम अघि बढाएको हो ।

राजपत्रमा उल्लेखित क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागि ९ सदस्यीय विकास समिति गठन गरिने व्यवस्थाअनुसार अघिल्लो वर्ष जेठ अन्त्यमा मन्त्रीपरिषद्मा विकास समितिको अध्यक्षमा शाही मनोनित गरेको थियो ।

नौ सदस्यीय विकास समितिमा धनगढी उपमहानगरपालिका र कृष्णपुर नगरपालिकाका नगर प्रमुख, सुदूरपश्चिम प्रदेश सरकारको खेलकुद हेर्ने मन्त्रालयका सचिव, कैलालीका प्रमुख जिल्ला अधिकारी, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन ईकाई कैलालीका प्रमुख, उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष सदस्य रहने व्यवस्था छ ।

विकास समितिलाई क्रिकेट मैदान तथा खेलग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्वीकृत गर्ने, संरचना निर्माण गर्दा प्रचलित कानून बमोजिम गर्नु पर्ने प्रारम्भिक वातावरणिय परिक्षण वा वातावरणिय प्रभधाव मूल्यांकन गराउने, संरचना निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउने, क्रिकेट मैदान तथा खेलग्रामको पूर्वाधार निर्माण सम्पन्न गर्ने, पूर्वाधार निर्माण सम्पन्न भएपछि सञ्चालन तथा व्यवस्थापनको खाकासहित नेपाल सरकारलाई हस्तानतरण गर्ने लगायतका जिम्मेवारी दिइएको छ ।

विकास समितिको बैठकले हाल डीपीआर अघि बढाउँने निर्णय गरिसकेको छ । जसका लागि सरकारले बजेटको व्यवस्था पनि गरेको शाही भन्छन् ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भने ठूलो ब्रेक थ्रु भएको छ । दुई प्रधानमन्त्रीबीचको भेटमा भारत सरकारले डीपीएरपश्चात फाप्ला निर्माणका लागि आवश्यक पर्ने बजेटको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । जुन हुन सकेँ सच्चाकै फाप्लामार्फत समृद्ध सुदूरपश्चिमको परिकल्पना साकार हुने दिन धेरै पर छैन ।

‘असम्भव केही पनि छैन । लिड गर्ने मान्छेले हिम्मत हार्नु हुँदैन,’ शाही विगतका संघर्ष सम्झँदै भन्छन्, ‘फाप्लाको जग्गा खोज्दै जादा त्यो भेटियो । उबडखाबड युक्त थियो । मैले सम्याउन डोजर छिराई दिए । स्थानीय आएर लखेट्न थाले । डोजर जलाई दिन्छौं भने । रातभर छलफलमा बस्यौं । कन्भिन्स गरौं । सानो गेमबाट सुरु गर्यो । त्यसपछि स्थानीयहरु नै पानी चाउचाउ ल्याएर बेच्न थाले । आम्दानी हुन थाल्यो । सकरात्मक प्रभाव पर्न थाल्यो । अहिले हेर्नुस त्यहाँ वरपर जग्गाको पनि करोडौं रुपैया भन्छन् । सोच ठूलो कुरो हो, चुनौती आउँछ । चुनौती आउँदा हामीले आफ्नो रणनीति बदलियौं । सपना कहिले बदलिएनौं । एक चोटीको जीवन हो । आफ्नो सपना पूरा नगरेर जादा मज्जा आउँदैन ।’

सुवाशको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको सपनाको अन्तर्य

उनी भन्छन्, ‘खेल खेलाउँनका लागिमात्रै होइन । खेल खेलाउँन त मैदानमात्रै भए हुन्छ । धनगढीलाई अन्तर्राष्ट्रिय सिटी बनाउँन यो अभियान थालेका हौं । अन्तर्राष्ट्रिय रंगशाला बनाउँदा धनगढी आफैँ आफै ग्लोबल सिटीको रुपमा विकास हुन्छ । एउटै अन्तर्राष्ट्रिय गेम हुँदा हजारौं मानिस आउँछन् । अन्तर्राष्ट्रिय खेल हुने वित्तिकै धनगढी गर्मी छ त्यहाँ नजाऔं भन्दैनन कोही । फोर्सफुल्ली मान्छेहरु आकर्षित हुने हुन् । गेम लाइभ हुँदा विश्वभर धनगढीबाट लाइभ छ भन्ने देखिने हो । स्पोर्टसबाहेक अन्य जे सुँकै काम गरेपछि त्यति छिटो हामी ग्लोबल एरिनामा पुग्न सक्दैनौं ।’

ट्रम्पले इलोन मस्क, विवेक रामास्वामी र फक्स न्यूज प्रस्तोता हेग्सेथलाई दिए विशेष जिम्मेदारी

अमेरिकी राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले प्रविधि अर्बपति इलोन मस्क र रिपब्लिकन पार्टी नेता विवेक रामास्वामीलाई सरकारको बजेट कटौती गर्ने र प्रभावकारिता हेर्ने नयाँ निकायको जिम्मा दिएका छन्।

उनीहरूलाई संयुक्त राज्य अमेरिकाको स्थापनाको २५०औँ वार्षिक समारोहअघि नियमहरू कटौती गर्ने र सरकारी खर्च घटाउने जिम्मेवारी दिइएको छ। जुलाई २०२६ सम्मको समयसीमा पाएका उनीहरूको कार्यकाल त्यसपछि के हुन्छ प्रष्ट छैन।

ट्रम्पले फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो प्रशासनको भावी रक्षा मन्त्रीमा मनोनयन गरेका छन्। विगतमा अमेरिकी न्याश्नल गार्डमा सेवा गरेका उनी अफगानिस्तान र इराकमा पनि खटिएका थिए। उनले अरू पद पाउन सक्ने विवरणहरू आएका थिए।

ट्रम्पले अमेरिकी गुप्तचर निकाय सीआईएको प्रमुखमा जन र्‍याट्क्लिफ र चीनका कटु आलोचक रहेका फ्लोरिडाका सांसद माइक वाल्सलाई राष्ट्रिय सुरक्षा सल्लाहकार मनोनयन गरेका छन्।

उनले क्रिस्टी नोमलाई आन्तरिक सुरक्षा हेर्ने डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी प्रमुख नियुक्त गर्ने निर्णय पनि गरेका छन्।

ट्रम्पले आर्कान्सा राज्यका पूर्वगभर्नर माइक हकबीलाई इजरेलका लागि अमेरिकी राजदूत र व्यापारी स्टीभन विट्कोफलाई मध्यपूर्वका लागि विशेष दूत बनाउने निर्णय गरेका छन्। यसअघि उनले न्यूयोर्कबाट सांसद निर्वाचित एलिज स्टिफ्यानिकलाई संयुक्त राष्ट्रसङ्घमा अमेरिकी दूत छानेका थिए।

मस्क र रामास्वामी के भन्छन्

सरकारको खर्च र नियमहरू कटौती गर्न नयाँ निकाय गठन गर्न लागिएको पुष्टि गर्दै सार्वजनिक भएको ट्रम्पको विज्ञप्तिमा मस्कलाई उद्धृत गरिएको छ। “यसले सरकारलाई घाटा पुर्‍याउन संलग्न हुने जो कोही जसमा धेरै मानिसहरू पर्छन्, तिनलाई प्रणालीबाट झट्का दिने छ।”

रामास्वामीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्, “हामी नरम रूपमा अघि बढ्दैनौँ।”

ट्रम्पले मस्क र रामास्वामीको प्रशंसा गर्दै ती दुई जनाले मिलेर ‘सेभ अमेरिका’ आन्दोलनका लागि अनिवार्य रहेको “सरकारी कर्मचारीतन्त्रलाई भङ्ग गर्ने, अत्यधिक नियम र अनुत्पादक खर्च कम गर्ने अनि सङ्घीय निकायहरूको पुनर्संरचना गर्ने” बाटो खोल्ने उल्लेख गरेका छन्।

“सम्भवत: यो हाम्रो समयको ‘म्यान्हटन प्रोजेक्ट’ हुने छ,” आफ्नो विज्ञप्तिमा पहिलो अणुबम बनाउने अमेरिकी परियोजनाबारे उल्लेख गर्दै उनले भने।

रामास्वामी र ट्रम्प

तस्बिर स्रोत,Reuters

तस्बिरको क्याप्शन,रामास्वामीले रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग प्रतिस्पर्धा गरेका थिए

अहिले नै यो नयाँ निकायले कस्तो स्वरूप ग्रहण गर्छ स्पष्ट भइसकेको छैन तर यो सरकारको औपचारिक संरचनाभन्दा बाहिर हुने देखिन्छ।

“डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सीले सरकारबाहिर रहेर सुझाव र मार्गनिर्देशन दिने छ,” उनले भनेका छन्। यसले सरकारले कहिल्यै नदेखेको उद्यमशील अवधारणालाई स्थापना गर्ने उनको भनाइ छ।

मस्कले ट्रम्पको अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएका विवरण आएको छ। उनी ट्रम्पको चुनावी अभियानका एक मुख्य सहयोगी थिए।

रामास्वामी रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग पराजित भएका थिए। तर त्यसपछि उनले ट्रम्पलाई समर्थन गरे।

भारतीय मूलका यी अर्बपतिले अमेरिकी सङ्घीय जाँच ब्यूरो एफबीआई खारेज गर्नेसहित कतिपय क्रान्तिकारी ‍परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन्।

ट्रम्पले गरिरहेका मनोनयनमा मस्कको प्रभाव कस्तो

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्करका अनुसार विश्वका सर्वाधिक धनी व्यक्ति मस्क ट्रम्पको मार-आ-लागोमा अवस्थित संक्रमणकालीन मुख्यालयमा सक्रिय छन्।

उनले ट्रम्पलाई क्याबिनेटमा मनोनयन गर्नुपर्ने व्यक्तिहरूको नामबारे सुझाव दिइरहेका छन्। गत साता ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीसँग टेलिफोन संवाद गर्द पनि मस्क ट्रम्पसँगै थिए।

मङ्गलवार राति ट्रम्पले प्रविधि उद्यमी मस्क र भूतपूर्व रिपब्लिकन उम्मेदवार रामास्वमीलाई नयाँ बजेट कटौतीका क्षेत्रहरू पहिचान गर्ने विभागको जिम्मा दिने घोषणा गरेका थिए।

मस्कले ट्रम्पका अजेन्डा अघि बढाउन आफूले लगानी गर्ने र आगामी कङ्ग्रेस निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरूलाई सहयोग गर्ने वाचा गर्दै आएका छन्।

मस्क र ट्रम्प सधैँ साझेदार थिएनन्। सन् २०२२ मा मस्कले ट्रम्पले “जीवनको नयाँ अध्याय थाल्नुपर्ने” बताएका थिए। ट्रम्पले भने आफ्नो पहिलो कार्यकालमा अनुदानका लागि “घुँडा टेकेर याचना गर्न” मस्क तयार रहेको दाबी गरेका थिए।

तर राष्ट्रपति निर्वाचन र यसको परिणामसम्म आइपुग्दा मस्क ट्रम्पको निकटतम सहयोगीमध्ये एक बन्न पुगेका छन्।

फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथ

तस्बिर स्रोत,Getty Images

तस्बिरको क्याप्शन,फक्स न्यूजका प्रस्तोता पिट हेग्सेथलाई आफ्नो सरकारमा रक्षामन्त्री मनोनयन गरेका छन्

जुलाईमा हत्या गर्ने उद्देश्यले ट्रम्पमाथि गोली प्रहार भएको थियो। त्यसमा उनी जोगिए। उक्त घटनालगत्तै मस्कले ट्रम्पलाई समर्थन गरेका थिए र कम्तीमा १० करोड डलर चन्दा दिए।

उनले रिपब्लिकन पार्टीका र्‍यालीहरूमा भाग लिएका थिए र मतदानको अन्तिम समय नजिकिँदा प्रतिस्पर्धात्मक ठानिएका राज्यहरूमा प्रत्येक दिन एक मतदातालाई १० लाख डलर दिने कार्यक्रम ल्याए। मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोप लगाउँदै उक्त कदमलाई अदालतमा चुनौती दिइएको थियो।

मस्कले सन् २०२२ मा ट्विटर खरिद गरेपछि ट्रम्पलाई उक्त सञ्जालमा पुन: स्वागत गरेका थिए। यसअघि सन् २०२० को निर्वाचनमा ट्रम्प पराजित भएपछि ज्यानुअरी ६ मा अमेरिकी संसद्‌मा दङ्गा भएको थियो। त्यसमा ट्रम्पको भूमिकालाई ध्यान दिँदै “थप हिंसा फैलिने जोखिम” भएको तर्क गरेर उनीमाथि प्रतिबन्ध लगाइएको थियो।

ट्रम्प र मस्कबीच सबै कुरामा सहमति छैन तर मतदान सकिएको रात उनी ट्रम्प र उनको परिवारसँगै थिए।

निर्वाचनमा जित हासिल गरेपछि ट्रम्पले केही मिनेट मस्कको प्रशंसा गर्ने क्रममा उनलाई “नयाँ नायक” र “निकै प्रतिभाशाली” भनेका थिए।

बीबीसीबाट ।

खोज्नुहोस