प्रहरीका आठ एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस
 
                                 काठमाडौँ, १० मंसिर ।
नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डिआइजीे) बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको सचिवालयले आइतबार साँझ बढुवा हुने प्रहरी अधिकृतहरूको नाम सार्वजनिक गरेको हो ।
बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईद्धारा जारी बिज्ञप्तिका अनुसार डिआईजी बढुवामा सिफारिस हुने प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमा प्रसाद चतुरवेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विक रहेका छन् ।
उनीहरुलाई आइतबार बढुवा समितिको बैठकले निर्णय गरी बढुवाका लागि सिफारिस गरेको हो ।


 
                                         
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                                          
                                      
                                      
                                      
                                      
                                      
                                      
                                     