सेयर बजारमा उछाल

द एभरेष्ट पोष्ट
८ चैत २०८२ १५:४२
सेयर बजारमा उछाल

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सक्चेञ्ज (नेप्से) ५४.५१ अंकले बढेर २९३१ विन्दुमा पुगेको छ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।

आज दिनभरमा २३ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो दिन २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

१८३ कम्पनीको मूल्य बढ्दा ७३ को घट्यो भने ८ को स्थिर रह्यो ।

व्यापार बाहेक सबै समूहका परिसूचक बढेका छन्। माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ४.२१ प्रतिशत बढ्यो।

बैंकिङ २.४९, विकास बैंक २.४६ , फाइनान्स २.१३, होटल तथा पर्यटन ३.०५, हाइड्रोपावर ०.३३, लगानी ०.७७, जीवन बीमा २.००, उत्पादन तथा प्रशोधन १.९३,  निर्जीवन बीमा २.७२, अन्य २.७१ प्रतिशत बढे।

व्यापार भने ०.११ प्रतिशत घट्यो।

यसदिन छ कम्पनीमा सकारात्मक सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ  हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ।

होटल फरेस्ट इन ९.९८, विजय लघुवित्त ९.९५ र एनआईसी एसिया लघुवित्त ९.१८ प्रतिशतले बढे।

आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम सिमेन्ट र ङादी ग्रुप छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस