८ महिनामा उठ्यो साढे ७ खर्ब राजस्व

द एभरेष्ट पोष्ट
१ चैत २०८२ १७:०५
८ महिनामा उठ्यो साढे ७ खर्ब राजस्व

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा साढे ७ खर्बभन्दा बढी राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको हो।

फागुनसम्म ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो। यो लक्ष्यको ८२.६० प्रतिशत हो। फागुन महिनामा भने ८२ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो वर्षको वार्षिक राजस्व लक्ष्य भने १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस