राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्दै

द एभरेष्ट पोष्ट
२२ कार्तिक २०८२ १४:०२
राष्ट्र बैंकले २ अर्ब ७१ करोड लगानी गर्दै

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले दुई अर्ब ७१ करोड रुपैयाँ लगानी गर्ने भएको छ । विभिन्न बैंकहरुमा राष्ट्र बैंकले मुद्दती निक्षेपमार्फत लगानी गर्ने तयारी गरेको हो । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको दुई अर्ब ७१ करोड ८५ लाख रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो ।

केन्द्रिय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा यो परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ ।

वाणिज्य बैंकमा दुई अर्ब १७ करोड ४९ लाख रुपैँया, विकास बैंकमा ४० करोड ७७ लाख रुपैँया र वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैँया मुद्दती निक्षेपमा लगानी गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

तोलामा २७ सय बढ्यो सुन

१५ कार्तिक २०८२ ११:१३

खोज्नुहोस