सुनको भाउ इतिहासकै उच्च

द एभरेष्ट पोष्ट
२४ साउन २०८२ १२:२१
सुनको भाउ इतिहासकै उच्च

काठमाडौं । शुक्रबार सुनको मूल्य इतिहासकै उच्च भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार रुपैयाँ बढेको हो । यसअघि गत मंगलबार मूल्यले १ लाख ९८ हजार ५ सयको उच्चतम रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँ बढेसँगै २३२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्यमा भने यसअघि २३५० को रेकर्ड बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस