प्रधानमन्त्री ओलीसँँग राष्ट्रसंघीय अधिकारीको भेट

बैंकक । थाइल्याण्डमा भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अमिदा सलैहले आज भेट गरेकी छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कोे छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीसँग सलैहले होटेल साङ्ग्रिलामा भेट गरेकी हुन् । भेटका अवसरमा उक्त निकायको नेपालमा सहकार्य र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नतीका सहयोगका विषयमा कुरानकारी भएको थियो ।
ट्रेन्डिङ
सम्बन्धित
जेन–जी आन्दोलनमा क्षति भएका पूर्वाधार पुनर्निर्माणका लागि कोषमा ६ करोड १० लाख सङ्कलन
३ कार्तिक २०८२ १३:०४