लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

द एभरेष्ट पोष्ट
१० मंसिर २०८१ २:२६
लेइटर अमेरिकाका लागि इजरायली राजदूत नियुक्त

काठमाडौँ, १० मङ्सिर : इजरायली सरकारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका सहयोगी येचिएल लेइटरलाई संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूतमा मनोनीत गरेको छ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी प्रशासनमा इजरायलका लागि अमेरिकी राजदूतका लागि कट्टर राष्ट्रवादी नेता माइक हकाबीलाई नियुक्त गरेपछि यो घोषणा गरिएको हो ।

“सरकारले संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा येचिएल लेइटरको नियुक्तिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ,” विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नेतन्याहूका पूर्व सल्लाहकार ६५ वर्षीय लेइटर अमेरिकी मुलका इजरायली हुनुहुन्छ र हाल कब्जा गरिएको वेस्ट बैङ्कका बासिन्दा हुनुहुन्छ ।

अमेरिकी रिपब्लिकन पार्टीनिकट लेइटर सन् १९९० को दशकमा वेस्ट बैंकमा इजरायली बसोवास गर्नेहरूको प्रतिनिधित्व गर्ने छाता समूह येशा काउन्सिलका नेतामध्ये एक हुनुहुन्थ्यो ।

उहाँ नेतन्याहूको लिकुड पार्टीका सदस्य पनि हनुहुन्छ र हाल इजरायली थिंक ट्यांकको रणनीतिक सल्लाहकारको रूपमा काम गर्नुहुन्छ ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासबीच गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा भएको आक्रमणपछि इजरायलले गाजापट्टी आक्रमण सशक्त बनाएपछि भएको झडपका क्रममा लेइटरका छोरा मोशेको सन् २०२३ को नोभेम्बरमा गाजा पट्टीमा मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस