म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ :ओली

द एभरेष्ट पोष्ट
२८ मंसिर २०८२ १५:०९
म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ :ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताएका छन्। शनिबार भक्तपुरको सल्लाघारीमा पार्टीको ११ औँ महाधिवेशनको उद्घाटन गर्दै उनले लोकतन्त्र अझै रहेको भन्दै एमाले अजम्बरी रहेको बताएका हुन्।

उनले भने, ʻपुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्न खोजिएको छ। प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अझै छ, एमाले अजम्बरी छ।ʼ

अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलमाथि भीषण हमला गरिएको बेला एमालेको सान्दर्भिकता सकिएको भाष्य निर्माण गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

एमाले सचिवालय बैठक बस्दै

२७ मंसिर २०८२ ८:०३

खोज्नुहोस