लुम्बिनीले विराटनगरलाई दियाे १३५ रनको लक्ष्य

द एभरेष्ट पोष्ट
२६ मंसिर २०८२ १७:४२
लुम्बिनीले विराटनगरलाई दियाे १३५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को रोमाञ्चक दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई फाइनल प्रवेशका लागि १३५ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवास भण्डारीले घातक बलिङ प्रदर्शन गरेपछि लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १३४ रन बनाउन सक्यो।

एक समय राम्रो सुरुआत गरेको लुम्बिनी लायन्स मध्यक्रममा ध्वस्त हुन पुग्यो। लुम्बिनीका ओपनर डार्सी सर्ट र कप्तान रोहित पौडेल ले राम्रो साझेदारी गर्दै ६ ओभरको पावरप्लेमा ४४ रन जोडेका थिए। सर्टले ४१ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन बनाए। उनलाई मध्यक्रमका ब्याटर निरोशन डिक्वेला ले २२ बलमा ४ चौकासहित २९ रन को योगदान दिए।

मध्यक्रम भने धर्मरायो । ८ रनमा पहिलो विकेट गुमाएको लुम्बिनीले दोस्रो विकेटका लागि ७७ रनसम्मको साझेदारी बनाएको थियो। तर, कप्तान रोहित पौडेल ३० बलमा ३४ रन बनाएर आउट भएपछि स्कोर ९० रन पुग्दा सर्ट पनि पभेलियन फर्के। त्यसपछि लुम्बिनीले लगातार विकेट गुमायो र २९ रन जोड्न ६ विकेट गुमाउन पुग्यो।

यता विराटनगरका स्पिनर सुवास भण्डारीले ४ ओभरमा मात्र १४ रन खर्चेर महत्त्वपूर्ण ३ विकेट लिए । उनले लुम्बिनीको मध्यक्रम ध्वस्त पारे।

यसैगरी कप्तान सन्दीप लामिछानेले पनि धारिलो बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर २ विकेट हात पारे। प्रतिश जीसीले पनि महत्त्वपूर्ण २ विकेट लिए । यस खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस