जेनजी–सरकारबीच भएको सम्झौता ‘कलाविहीन नाटक’ : ओली

द एभरेष्ट पोष्ट
२६ मंसिर २०८२ १५:३६
जेनजी–सरकारबीच भएको सम्झौता ‘कलाविहीन नाटक’ : ओली

काठमाण्डाै- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरेका छन् ।

काठमाण्डाैमा आज सम्पादकहरूसँगको संवादमा अध्यक्ष ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनै पनि प्रकारको सम्झौता गर्न नमिल्ने बताए । कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्यान्डेट यो सरकारले कहाँबाट पायो ? भनेर प्रश्न गर्दै उनले धेरै टिप्पणी गर्न आवश्यक नहुने तर्क गरे ।

उनले भने, ‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनै पनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?’

अहिलेको सरकारले चुनाव गराउन नसक्ने जिकिर गर्दै ओलीले संसद् पुनर्स्थापना नै अन्तिम विकल्प भएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस