आऔँ दल खोलौं

४ मंसिर २०८२ ९:०९
आऔँ दल खोलौं

देखाएर सपना समृद्धिको

पहिले

देशबाट विद्यार्थी पठायौ

त्यसपछि श्रमिक

अव लखेट्न बाँकी

यो देशमा

व्यवसायी नै छन्,

तिनलाई पनि लखेटौ

 

सेवक हुदा शासक बन्यो

जसले हाजिर लगाए वाफत

तलव खायो

काम गरे वाफत घुस

त्यो राष्ट्र सेवकलाई

नागरिकका असुविधा

बेस्सरी याद आएका छन्,

यतिबेला

र, गाली गर्दैछ, उसैले सरकारलाई

 

जसले कहिल्यै खोजेन

गाडी, बंगला र बैभवको स्रोत

जसले प्रश्न गरेन घरमा

बासंग

आमासंग

त्यही युवा

खोज्दैछ, हिसाव शासकको

 

क्यारिकेचर गरेर नेताको

बटुल्यो वाहीवाही

कमायो नाम

उसलाई त्यसले पुगेन

दलमा मिसियो उ पनि

आखिर कलाकार न प¥यो

अभिनय गर्न कोही

उबाट सिकोस

 

डाक्टर

नेताले देश बिगा¥यो भन्दै

बिरामीलाई शैयामा

छोडेर अलपत्र

दल खोल्न हिडेको छ

 

अन्तर्वार्ता लिन छोडेर नेताको

पत्रकार

दल खोल्न हिडेको छ

 

संस्कृति, कला र

धरोहरहरु जलाएर

एउटा नयाँ सभ्यता

शुरु भएको छ, गालीको

 

आगो पैचो मागेर हुर्किएको

समाज

मर्दा पर्दाको छिमेकी

अचेल

छिमेकी छिमेकी रहेन

माग्दैन पैचोमा आगो

उ हुल बाँधेर

आगो झोस्दैछ, छिमेकमा

त्यस्ले घर किन ठूलो बनायो ?

उ आफूभित्रको आगो

ओकल्दैछ,

 

जसले

रासन र भत्ता बाँकी राखेन

जवानको

त्यही निवृत्त सुरक्षाअधिकारी

कुर्लिदैछ, सुशासनका लागि

 

जसले न्यायलाई बन्धक बनायो

र, अध्याँरोमा नियुक्ति दियो

न्यायधिशहरुलाई

हामी उसैबाट

गर्दैछौ, न्यायको आस

 

जसले अध्याँरोमा छोपेर

आफ्ना कर्तुतहरु

उज्याला सपनाहरुको

कारोबार गरिरह्यो

उ मसिहा, जो बनेको छ

यतिबेला

 

भगवानको बिरोध गर्दा गर्दै

आफै भगवान भएको

घोषणा गर्नेहरु

पूँजिएकै छन्, सर्वत्र

 

चित्त नबुझ्ने राशीफल

नछुटाई हेर्नै पनि त्यही

हेर्न मन नलाग्ने

नेताको अनुहार

बन्नु पर्ने सबैलाई नेता

 

जसले

चहारिरह्यो दल

चाखिरह्यो सत्ताको स्वाद

जो भएन कहिल्यै स्वतन्त्र

उ कुर्लिदैछ

जनता स्वतन्त्र भएन भन्दै

र, खोल्दैछ, आफ्नै दल

 

आऔँ सबै मिलेर उद्योग बन्द गरौ

व्यवसायमा आगजनी गरौं

र, खोलौ दलहरु

बाँकी सबै बन्द गरेर

खोल्ने त दल नै रहेछ ।।

 

धनगढी, कैलाली, २०८२ मंसिर ३ गते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

खोज्नुहोस