चुनावका लागि सरकारद्धारा ५ अर्ब बजेट स्वीकृत

द एभरेष्ट पोष्ट
२९ कार्तिक २०८२ १५:०९
चुनावका लागि सरकारद्धारा ५ अर्ब बजेट स्वीकृत

काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ ।
आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रूपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

`निर्वाचनका लागि स्रोत सुनिश्चितता भएको छ,´ भट्टराईले भने ।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

३२ वटा दल दर्ताको प्रक्रियामा

२९ कार्तिक २०८२ १०:३९

खोज्नुहोस